मुख्य पृष्ठ हटलाइन समाचार शिक्षा / स्वास्थ्य राजनिती खेलकुद समाज अपराध अर्थ / व्यापार अन्तराष्ट्रिय भिडियो लेख तथा रचना

लेख तथा रचना


समाजसेवी क.सानुकान्छा श्रेष्ठ 

✍️ अनुराग अरुण 

२०५२ सालमा लुभुमा खानेपानीको साह्रै समस्या थियो । बिहान टोल टोलमा रहेको सार्वजनिक धारामा एक दुई घण्टा पानी आउँथ्यो । टोलभरिका महिलाहरु गाग्री लाइनमा लश्करै राखेर आफ्नो पालो अनुसार पानी थाप्थे । कुनैबेला पानीको लागि टोल टोलमा महिलाहरु आपसमै झगडा गरिरहेको दृश्य यदाकदा देखिन पाईन्थ्यो । कुनै टोलमा टोकन अनुसार पालैपाला पानी थाप्थे । कुनै बेला चार पाँच दिन धाराबाट पानी आउँथेन । तब मान्छेहरु साइकल, गाडी र मोटरसाइकलमा पानी राख्ने ग्यालेन लिएर लामाटार ढुगिंनसम्म पानी लिन जान्थे ।

त्यतिबेला लुभुबासीहरु नुहाउन र लुगा धुन इनारको पानी र गोदावरी खोलाको पानी प्रयोग गर्थे । चैत्र बैसाखको गर्मीमा इनारमा पानी पनि उतिसारो हुन्थिएन । नुहाउन र लुगा धुने झन समस्या थियो । एक एक थोपा पानीको अति नै अमुल्य महत्व थियो ।

तर आज अधिकांश लुभुबासीहरुको घर घरमा खानेपानीको धारा जडान भएको छ । बिहान बेलुका धारामा पानी आइरहन्छ । अब पहिले जस्तो नुहाउन, लुगाधुन र पिउन पानीको कुनै समस्था छैन । पहिले जस्तो टोल टोलमा खानेपानीको लागि झगडा गरिरहनुपर्ने अब अवस्था छैन । 

जब म पानी पिउँछु । पिउने पानीको गिलासमा क.सानुकान्छा श्रेष्ठको पसिनाले लतपतिएको अनुहार झल्झल देख्छु । यिनैको भगिरथ त्याग, तपश्या र अथक प्रयासले आज लुभुभरिमा खानेपानीको सर्व सुलभता भएको छ । अहिले लुभु खानेपानीको सञ्चालक समितिमा सबै पार्टीका मान्छेहरु सञ्चालक हुनुहुन्छ । उहाँहरु सबैलाई यो कुरा विदितै छ, लुभुमा खानेपानीको लागि सानुकान्छा श्रेष्ठले के कति गरे ? सधैं दिन रात आफै खटेका छन् । यति मात्र होइन, खानेपानीलाई आफ्नो करौडौं मुल्यपर्ने जग्गा समेत दिएका छन् ।

दु:ख लाग्छ, हामी कुनै अमुक दलका कार्यकर्ता वा मतदाता त भयौं । तर हामीमा राजनीतिको उच्च सभ्य संस्कार भएन । चेतना आएन । मलाई लाग्छ, आज नभए भोलि कुनै न कुनै एकदिन कुनै पुस्ताले क.सानुकान्छा श्रेष्ठको यो योगदानको इतिहास खोजी गर्नेछ, र त्यसको निष्पक्ष मुल्याकंन अवस्य गर्नेछ ।

पुरा हेर्नुहोस्

नेपाली कम्युनिस्ट आन्दोलनमा विश्व कम्युनिस्ट आन्दोलनका महान नेता माओत्सेतुङको प्रभाव प्रचुर भेटिन्छ । वि.सं. २००६ सालमा नेपाल कम्युनिस्ट पार्टीको स्थापना गरिँदा चीनमा माओत्सेतुङको नेतृत्वमा भर्खर नयाँ जनवादी क्रान्ति सम्पन्न भएको स्थिति थियो  त्यसैले नेपाली  क्रान्तिको ढाँचा, सिद्धान्त, नारा, नीति तथा कार्यक्रमहरुमा माओ बिचारको स्पष्ट छाप देखिन्छ ।
माओत्सेतुङको व्यक्तित्व, व्यवहार र दैनिकी समेत नेपाली नेताहरुको लागि एक मोडेल बन्यो । यो प्रभाव पछिल्लो समयमा ‘माओवाद’ र ‘माओवादी जनयुद्ध’को रुपमा उत्कर्षमा पुग्यो । यसै परिप्रेक्षमा माओवादी पार्टीभित्र नेता तथा कार्यकर्ताहरुले हिजोको समयमा काम गर्ने तरिकामा माओको शैलीलाई कतिको अनुसरण गरे भन्ने कुराको समीक्षा गर्नु सान्दर्भिक हुन्छ । यसको लागि चीनमा क्रान्तिपछि पार्टी नेता तथा कार्यकर्ताहरुका लागि काम गर्ने तरिकासम्बन्धी माओत्सेतुङले जारी गरेका सोह्रवटा निर्देशक बुँदाहरु सम्झनु उपयुक्त होला । 
कमरेड माओत्सेतुङको १२८ औं जयन्तीको अवसरमा हामीले उहाँको उच्च सम्मान सहित यो सामग्री यहाँ प्रस्तुत गरेका छौं ।

१. समझदार बन, निर्णायक बन
हाम्रा केही कामरेडहरूमा बिलकुलै सुझबुझ छैन र निर्णय पनि लिन सक्दैनन् । सुझबुझ हुनुको अर्थ हो कि तपाईं मातहत, सचिव, कारखाना म्यानेजर, मजदुर तथा किसानका अलग-अलग राय सुन्ने इच्छा राख्नुहोस् र खासगरीकन अलग विचार सुन्न तयार हुनुहोस् ।

२. केही सम्भावना देख
एउटा आम कथन के छ भने हामीले भावी कामको लागि सम्भावना देख्नुपर्छ । काममा केही लचिलोपनको सम्भावना देख्नु महत्वपूर्ण हुन्छ । क्वमिन्ताङ्ग सेनाविरुद्ध कार्वाही गर्दा हामीले तिनीहरूलाई दमन गर्न उनीहरूभन्दा कैयौं गुना बढी सैनिकलाई एकत्रित गर्दथ्यौं । बिना तयारी हामी कुनै लडाईं लड्दैन थियौं । समाजवादी निर्माण र नियोजनको लागि पनि काममा हामीले सम्भावना देख्नुपर्दछ। हाम्रो काम हाम्रो योजनाभन्दा महत्त्वपूर्ण हुनुपर्दछ। हामीले यो सम्भवना देख्नुपर्छ कि जनसाधारणले योजनाभन्दा पनि अगाडि बढेर काम गरून् । यदि लक्ष्य निकै नै ठूलो छ भने त्यहाँसम्म पुग्न कठिन हुनेछ, त्यसलाई पार गर्नु त टाढैको कुरा हो। उत्पादन टिमको प्रमुखको अक्सर भनाइ के छ भने “१०,००० को लक्ष्य हाम्रो लागि ठूलो कुरा हैन, तर असफलताको एक सम्भावनालाई प्रतिवाद गर्न १०, ००० सित हामी डराउँछौ ?” अतीतमा यो भनाइले काम गर्ने मजदुरहरूलाई काममा उत्साहित गर्न खराब असर गर्दथ्यो । यदि हामीले जानीबुझीकन जनसाधारणलाई उत्पादन लक्ष्य पार गर्न दिने हो भने तिनीहरू उत्साहित हुनेछन् र पहिलेभन्दा पनि बढी कठोर परिश्रम गर्नेछन् । यसको साथै हामीले उत्पादनप्रति पनि ध्यान केन्द्रित गर्नुपर्दछ किनकि कुनै पनि चीजप्रति ध्यान केन्द्रित भएन भने यसको अर्थ हुन्छ – त्यसप्रति कुनै पनि नीति नै छैन । यसरी नै साहित्य र कला कर्मको क्षेत्रमा पनि त्यही कुरा सत्य हो । कुनै पनि नाटक प्रदर्शनमा दर्शकहरूद्वारा सोचविचार, चर्चा गर्ने ठाउँ राखिदिनुपर्दछ । यदि नाटकको पहिलो अङ्क देखेपछि तपाईलाई दोस्रो अङ्कमा के हुँदैछ भन्ने कुरा थाहा हुने हो भने प्रदर्शन असफल हुनेछ । यसै किसिमले वक्तालाई केही कुरा नभनिकनै छाडिदिनुपर्दछ ।
३. छालको गति सरह अघि बढ
१९५७ मा हामीले दुस्साहसवादको विरोध गर्यौं । परिणामतः प्रगतिको स्तर एकदम तल झर्यो र फेरि घोडाको काठीजस्तै माथि उठ्यो । त्यस वर्ष हामीले उत्पादन लक्ष्य तल झार्नु परेको थियो । काम छालको गतिमा अघि बढ्न आवश्यक छ । यस वर्ष पनि हामीले उत्पादन लक्ष्य थोरै तल झार्यौं । वृद्धिदर ४० प्रतिशत रहेको छ । यस वर्ष हामीले १ करोड ६५ लाख टन स्टीलको उत्पादन गर्न कटिबद्ध छौँ र हामीलाई विश्वास छ कि हामीले कोइलाको कोटा पनि पूरा गर्नेछौं । कृषिको लक्ष्यमा हामीले अन्न र कपासको उत्पादनमा बढी जोड दिनुपरेको छ । आगामी वर्ष, उत्पादनको आँकडा केही कम गर्नुपर्ने हुन सक्छ । १९६१ मा हामीले एउटा महान् अग्रगामी छलाङ्ग मार्न सक्दछौं । “समाजवादी निर्माणलाई प्रवाहको गतिमा अधि बढाउनु पर्दछ ।” “स्वर्ग रिसाएपछि मनुष्यको उमेर घट्दछ, जब पृथ्वीमा वसन्त आउँदछ, अनेकौं बरदान घर भित्रिन्छ ।” प्रत्येक दिन ज्वार आउन सक्दैन । म प्रवाहको गतिमा अघि बढ्ने कार्यको विरोधी हैन, तर म दुस्साहसवादको विरोधी हुँ ।
४. बढीभन्दा बढी प्रभावको लागि प्रयास गर
बढीभन्दा बढी प्रभावको लागि योजना बनाऊ । परिस्थितिमा परिवर्तन आएअनुसार योजनामा पनि परिवर्तन गर । यदि परिस्थितिमा परिवर्तन भयो भने परिस्थितिअनुसार मानिसको सोचाइमा पनि परिवर्तन हुनुपर्दछ । यदि त्यसो भएन भने ऊ निश्क्रिय अवस्थामा पुग्नेछ । मस्तिष्कलाई जीवावशेष (fossil) बन्न नदेऊ । सामग्रीहरूको मात्रा र मानिसहरूको सङ्ख्याअनुसार योजनाहरूको निर्माण गर । मनोगत रुपले योजनाको निर्माण नगर ।

५. स्थितिको निरीक्षण गर्न कुशल बन
आफ्नो मस्तिष्कलाई जीवावशेष (fossil) बन्न नदेऊ। राजनीतिक स्थितिको अड्कल गर्न, मानिसहरूको सोच्ने प्रवृत्तिलाई अनुसन्धान गर्न र आर्थिक स्थिति पत्ता लगाउन सक्षम बन । पे-ताई-हो सम्मेलनमा उच्च लक्ष्य राखिएको थियो। होपे र शानतुङ्गको यात्राको दौरानमा मैले त्यो व्यवहारिक देखिन। चिनियाँ कम्युनिस्ट पार्टीको छैठौँ सम्मेलनमा स्टील उत्पादनको लक्ष्य घटाएर दुई करोड टन गरिदियौं। सङ्घाई सम्मेलनमा यसलाई अझ न्यून गरिदियौं। यस किसिमले हामीले कदम-कदम उत्पादनलाई पूरा गर्न योग्य बन्यौँ  ।
६. ठीक समयमा निर्णय गर
स्थितिको निरीक्षण गर्नाले नै तपाईं  महत्त्वपूर्ण मौकामा निर्णय गर्न सक्नु हुनेछ । केही कमरेडले स्थितिलाई सम्पूर्ण रुपले बुझ्न सक्दैनन् । अन्य केही काम गर्ने बेलामा निर्णय त लिन सक्दछन्, तर सही किसिमले निर्णय लिन सक्दैनन्। हुलमुलपन र निर्णयविहिनता खराब कुरा हुन्। निर्णय दृढ़तापूर्वक लिन आवश्यक छ। कुनै पनि अवसर नगुमाऊ किनकि एकपटक समय गएपछि फेरि फर्केर आउँदैन। कम्युनको समस्याबाट यो निकै स्पष्ट हुन्छ।
७. विचारलाई व्यक्त हुन देऊ
विचारहरूलाई व्यक्त हुने मौका नदिने हो भने बैठकहरू कामकाजी हुँदैनन् । कुनै पनि विचार-विमर्शभन्दा पहिला त्यसको तयारीको लागि समय चाहिन्छ। केही बैठकहरूमा कुनै विषय हुँदैन । मैले न्यूनतम पनि सय पटक यो कुरा औँल्याए हुँला कि विचार अभिव्यक्त नहुनु गलत हो। कुनै पनि समस्यालाई ढाकछोप नगर। सही अर्थमा समस्या के हो भन्ने कुरा जनतालाई बुझ्नबाट नरोक। समस्या हल गर्नुभन्दा पहिला त्यो समस्याको बारेमा सम्पूर्ण रुपले बुझ्नुपर्दछ र त्यसमाथि चर्चा हुनुपर्दछ।
८. गतिरोधलाई तोड
प्रत्येक रिपोर्टमा कुनै दृष्टिकोण हुनुपर्छ। कुनै समस्यालाई हल गर्न केही वैकल्पिक तरिका सोच। आफ्नो आधारभूत स्थिति, अलग-अलग दृष्टिकोण, समस्याको मूल बिन्दु र वास्तविक कार्य अवस्थाको बारेमा बताऊ। कुनै गतिरोध हुनु हुँदैन।

९. अल्पमत होस् । तर, सत्य नछोड

यदि एकजना व्यक्ति पनि सत्यताको पक्षमा छ भने उसले बहुसङ्ख्यकलाई आफ्नो पक्षमा लिन सक्दछ। लेनिनले के भन्नुभएको छ भने हामीमा उल्टो प्रवाहको विरोध गर्ने, आफ्नो स्वतन्त्र दृष्टिकोण राख्ने र आफ्नो कुरा भन्ने साहस हुनुपर्दछ। हाम्रा केही कमरेड गलत परिणामसित डराउँछन्। तसर्थ हामीले सोचेर तथा साहसी कम्युनिस्ट बोल्ने चरित्रलाई प्रोत्साहित गर्नुपर्दछ। आफू खत्तम हुनसम्म नडराउने साहसी व्यक्तिले मात्र सम्राटलाई घोडाबाट ओराल्न सक्दछ।


१०. समस्याहरूलाई ऐतिहासिक दृष्टिकोणबाट हेर
कुनै पनि योजनालाई परिवर्तन गर्दा त्यो परिवर्तन ऐतिहासिक प्रक्रियाको मातहत हुनुपर्दछ । गत साल हामीले महान् अग्रगामी छलाङ्ग मार्यौं । यदि यो २० प्रतिशत भए यो महान् अग्रगामी छलाङ्ग हो । यदि यो ३० प्रतिशत भए यो निरन्तर जारी महान् अग्रगामी छलाङ्ग हो ।
११. बुझ्न सकिने शैलीमा लेख, अर्ध-साहित्यिक र अर्ध-बोलचाल वा अर्ध-शास्त्रीय र अर्ध-आधुनिक शैलीमा नलेख, बुझ्न सकिने शैलीमा जोड देऊ र स्पष्ट रुख अपनाऊ ।
तिब्बतमा विद्रोहको बारेमा न्यू चाइना न्यूज एजेन्सी रिपोर्टहरूमा घटनाहरूको स्पष्ट सिलसिला देखिन्छ । हामीले लेख्दा हाम्रो पार्टी र राष्ट्रको हितलाई ख्याल राख्नुपर्दछ ।
कुनै लेखहरूमा सम्झाउन सक्ने शक्ति हुँदैन । त्यसबाट लेखकहरूलाई आफ्नो कामको क्षेत्रको कुनै स्पष्ट बुझाइ छैन र उनीहरूले जनताको मनोविज्ञानको बारेमा न त जानेका छन्, न त बुझेका छन् भन्ने कुरा थाहा हुन्छ । ताङ्ग वंशका प्रसिद्ध लेखक हान यू गद्य लेखकको रूपमा परिचित छन् । होनानमा उनी स्यू-वू होनानमा रहन्थे । उनले के कुराको वकालत गर्दथे भने आफ्नो शिक्षकको विचार अपनाऊ, तर शिक्षकको शब्दमा हैन । उनी ढर्रा र परम्परा पालना गर्ने कुराको विरोधी थिए । उनले के कुरामा जोड दिए भने हरेकसित आफ्नो विशिष्टता र शैली हुन जरुरी छ र उसले त्यसको आलोचना या प्रशंसाप्रति ध्यान दिनु हुँदैन । समानान्तर निर्माणको बारेमा पान त्सुङ्ग-जुको लेखाई पढ्न कठिन छ । यस्तो लाग्दछ कि उनले जानीजानी आफ्नो लेखलाई पढ्न कठिन बनाएका छन् ।

१२. जिम्मेवार बन
आफ्नो हातमा अधिकार भए तपाईंले आदेश दिन सक्नुहुन्छ । साहसपूर्वक जिम्मेवारी पूरा गर, नेतृत्वको अनुसरण गर ।

१३. गलत चिन्तनबाट मुक्त होऊ

राक्षससित नडराऊ, लाज नमान, कायर नबन । साहसी र दृढ होऊ । हाम्रा केही कामरेडहरूको चरित्र कमजोर छ। उनीहरू गलत चिन्तनबाट मुक्त भएका छैनन्। उनीहरू दोष हटाउन डराउँछन्। कार्यकर्ताहरूमा सत्यतामा कायम रहने साहस हुनुपर्दछ र उनीहरूले सामन्ती कालको व्यवहारको अनुसरण गर्न हुँदैन। तपाईं के कुरासित डराउनु हुन्छ ? अरु केही होइन यी ६ चीजसित डराउनु हुन्छ – पदबाट बर्खास्त, पदावनती (माथिल्लो पदबाट तल्लो पदमा झर्नु), पार्टीबाट निस्कासन, पत्नीसित छोडपत्र, हत्या र जेल जाने ।

१४. आलोचनाबारे

हामी सबै सही कमरेड हौँ । कामरेडहरूको बीचको आलोचनाको उद्देश्य सही किसिमले काम गर्ने र काम गर्ने कुशल तरिकाहरूको खोजी हो । आलोचना गर्दा पश्चात्ताप हुन्छ कि भनेर कहिल्यै पनि कल्पना गर्नु हुँदैन । आलोचना तथा आत्मालोचना मानिसहरूलाई शिक्षित गर्ने पार्टीको हतियार हो । हामीसित न त पूर्वजन्मको शिकायत छ, न त भविष्यमा नै हुनेछ । पीडा प्रगतिको लागि एक प्रेरक पक्ष हो ।

१५. सामूहिक नेतृत्व

पार्टी केन्द्रीय कमिटीको बैठक केन्द्रीय महत्त्वको विषय हो । यसका निर्णयहरूलाई जहाँतहीँ सबै ठाउँमा लागु गरिनुपर्दछ ।

१६. विभिन्न विभागहरू बीचमा सम्बन्ध
औद्योगिक विभागहरूसित सुदृढ सम्बन्ध कायम गरिनुपर्दछ । तीन राजकीय आयोगहरू (राजकीय योजना आयोग, राजकीय आर्थिक आयोग र राजकीय पूंजीगत निर्माण आयोग) र दुई मन्त्रालयहरू (धातु उद्योग मन्त्रालय र मेसिन निर्माणसम्बन्धी प्रथम मन्त्रालय) सित घनिष्ठ सम्बन्ध हुनुपर्छ।
(लाेकपाटीबाट साभार )

पुरा हेर्नुहोस्

म कम्युनिष्ट पार्टीमा जोडिनु मेरो जीवनमा साथै मेरो काममा एउटा तर्क संगत कदम हो र यसले यि चिजहरुलाई अर्थ प्रदान गर्छ । मैले परिकल्पना र रंङ्गद्धारा विश्व र मानव जातिको ज्ञानको गहिराई पहिल्याउन खोजें ताकी यो ज्ञानले हामीलाई मुक्त गरोस् । मैले सधैभरि भनेको छु जे मैले सवैभन्दा सत्य, सवैभन्दा न्याय संगत र उत्कृष्ट ठान्छु । त्यसकारण, त्यसलाई सुन्दर मान्छु । तर दमन र विद्रोहको बेला मैले के महशुस गरे भने त्यतिमात्र पर्याप्त छैन् । अर्थात मैले मेरो पेन्टीङसँग मात्र होइन पुरै अस्तित्वसँग लड्नु पथ्र्यो । पहिले मेरो एक प्रकारको निर्दाेषिताको कारणले गर्दा यो बुझ्न सकेको थिईन । म कम्युनिष्ट यसकारण बने की हाम्रो पार्टीले विश्वलाई बुझ्न र निर्माण गर्न, मानिशलाई स्पष्ट चिन्तक, अझ बढि स्वतन्त्र र सुखि बनाउन अरु कसैले भन्दा ज्यादा प्रयत्न गर्छ ।

म कम्युनिष्ट भए किनकी मेरो आफ्नो देश स्पेनमा जस्तै फ्रान्स, सोभियतसंघमा कम्युनिष्टहरु योद्धा हुन । म पार्टी प्रवेश गरेपछी जत्तिको बढि स्वतन्त्र भएको, बढी पुर्ण भएको महशुस पहिले कहिल्यै गरेको थिइन । जबको मैले त्यो समयको प्रतिक्षा गर्छु जतिबेला स्पेन मलाई फेरी फिर्ता लैजान सकोस्, फ्रेन्च कम्युनिष्ट पार्टी मेरो लागि पितृभूमी भएको छ । यहाँ फेरी मैले आफ्ना सवै मित्रहरु, महान वैज्ञानिकहरु पाउल लन्जेभिन र फ्रेडरिक जोलिएट क्युरी, महान लेखकहरु लुइस एरोगान र पाउल एलुवार्द साथे पेरिस विद्रोहका अन्य धेरै सुन्दर मुहारहरुलाई भेटाए । म फेरी मेरा दाजुभाईहरुको विचमा छु ।

अक्टोवर, १९४४

पुरा हेर्नुहोस्

टिङरिङ टिङरिङ घन्टी
मुखमा मैलो मास्क लगाएको
लाग्छ उ तिर्खाएको छ
थोत्रो साइकल गुडाउदै
एकातिर केही खालीसिसी
अर्कोतिर केही पुराना कागज 
केही टुटे फुटेका 
भाडा बोक्दै प्रत्येक दिन
उ आउँछ
प्रत्येक  घर को 
दहिलामा पुग्छ
र उसको युग को गित गाउछ
लयबद्ध गर्दै
ए हजुर........... खाली सिसि पुराना कागज
यो कोरोना युग मा पनि
एक नेपाली नागरिक !

बेला बेला
ख्वांङ्ग ख्वाङ्ग गर्दै
खोक्न खोज्छ 
र सधै भन्दा
अनुहार अलि चिन्तित
सुस्ताएको रंग
सधै भन्दाअलि मन्द गति
काधमा राखेको 
सेतो तर मैलो धोती
र त्यसको छेउले 
अनुहार पुछ्दै 
 पुन उसले
उसको युग को गित गाउछ
लयबद्ध गर्दै 
ए हजुर....... खालिसिसी पुराना कागज 
यो कोरोना युगमा पनि
एक नेपाली नागरिक !!

गहभरी
आँसु जमे जस्तो
आखाले केही बोल्न
केही भन्न खोजे जस्तो
सपनाहरु धमिलिए जस्तो
र पनि
जिम्मेवारी मचक्क बोके जस्तो
उ साइकल को चेन मिलाउदै 
पुन प्रत्येक   घर को दहिला मा पुग्छ 
र उसको युग को गित गाउछ
लयबद्ध गर्दै
ए हजुर.......... खालिसिसी पुराना कागज
यो कोरोना को युगमा पनि
एक नेपाली नागरिक !!!

 उसलाई अह,
अह केही थाह छैन
अन्जान छ उ
यो कोभिड को युग हो भनेर
के हो औषधी,के को उपचार
के को समिक्षा, के को गोष्टि 
के  हो आयोजना,के हो परियोजना 
सीमा दसगजा
थेप्चो वा चुच्चे नक्शा
न त अग्रगमन
न त प्रतिगमन
न सर्बोच्च को आदेश 
न देश को प्रमुख ले 
खाएको शपथ
अह केही थाहा छैन
मात्र
उसले 
उसको युग को गित 
गाउछ गाइरहन्छ 
लयबध्द गर्दै 
ए हजुर............ खाली सिसि पुराना कागज
यो कोरोना को युगमा पनि
एक नेपाली नागरिक !!!!

केही दिन भयो उ आएन 
उसले गाउने गित गाएन 
म सधैं
उसको गित सुन्ने बानी परेकी थिए
म उसलाइ देख्न चाहन्थे
म उस लाई सुन्न चाहन्थे
श्रद्धाले ओत प्रोत भएको मान्छे
नियतिले हिर्काएको मान्छे
बाच्न का लागि
उसले कहिल्यै 
स्वाभिमान लाई बधंकी राखेन
ढाटेन, चोरेन,
घमण्ड गरेन उसले
भोक शोक र रोग मा पनि
आत्मसम्मान गुमायएन उसले 
मात्र गाई रहन्थ्यो
लयबध्द गर्दै उसको गित 
ए हजुर............खालिसिसी पुराना कागज 
यो कोरोना को युग मा 
एक नेपाली नागरिक !!!!!

घाम मध्य भैसक्यो
चराहरु उडिसके
आएन उ
म छ्टपटिन थाले 
मन खलबलिन थाल्यो
कतै देखिन्छ की
कतै सुनिन्छ की
ज्ञानेन्द्रीयहरु चनाखो पारे
अह उ आएन
आउदै आएन
वर पर
गाइगुइ हल्ला हल्ला भयो
र सुनियो 
उफ.............
अलिपर 
एक कवाडिखाना मा
यो युग लाई चुनौती दिदै
एक नेपाली नागरिक ले
हामिलाइ अलबिदा गरेछ !!!!!!
                   रचना- भिमा गौतम

पुरा हेर्नुहोस्

ऊ संग एक थान हिहि छ (सपथ खुवाउने)
केही थान ओम्नी बैध र यतीहरू छ
केही थान प्रतिगमनका अश्र-शश्र छ,अपहरण धाक धम्की र प्रलोभन हरू छन्
एक थान उनैले च्याईतिदिएको संबिधान छ
केही थान अध्यादेशहरू छ
केही थान संबैधानिक आसेपासे पारिवारिक पदाधिकारी छ
अब त केही थान पुक्क हानेका संधर्षको मैदानमा.. नथाकेका र साईवर स्याल भनेर भाषण गर्न जानेका नी भए क्यार 
केही थान बधाई छ
यस्तै यस्तै फगत के के पो छ । छ त अझ
थुप्रै नागरिकका पिडा चित्कार आँसु र लाशहरूको चिहान माथी ठडिएको एक थान सत्ता छ।
तर,
हामी संग फाल्गुन २८ मा प्रतिगमन मुर्दावाद भनेका लाखौ नागरिकका साथ र आवाजहरू छ तिनै नागरिकका अथाह जिम्मेवारीहरू छ।
संगै अलपत्र परेको बामघोषणा पत्र छ।
🙏 घन्यवाद !

पुरा हेर्नुहोस्

हिजो कर्णाली र नाईल जस्तै लामो यात्रा तय गरेको । याङ त्से नदी जस्तै गडगडाएको । तर आज खहरे जस्तै बीचैमा सुकेर एकाएक निरस-निर्जन बगरमा परिणत भएको । त्यो अकलुषित-अदम्य  क्रान्तियात्राको अनुभूतिको दैलो उघार्दैछु । म त्यो अदम्य जनक्रान्तिको एक फकिर-मुसाफिर । क्रान्तिनायकको आदेश आउने बित्तिकै हूरी झैं हुत्तिने  एक संवेद्य बरकरार-छापामार । अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनको पाठ घोकेको नूतन-नविनतम विद्यार्थी । द्वन्द्वात्मक भौतिकवादी दर्शनले लठ्याएको एक बहुलट्ठी । व्यक्तिगत स्वार्थको परिहार गरी सामूहिक स्वार्थको लागि पूरानो राज्यसत्ताको मुटुमै प्रहार गर्न हिंडेको एक लडाकु । कम्युनिस्ट आचरण र सिद्धान्त दिल दिमागमा  अटाएको एक जोदाहा योद्धा । नयाँ नेपाल निर्माण गर्न चाहने आन्दोलनको एक नामी-ज्यामी । मुटुमा देश र जनताको माया सजाएर हिंड्ने अथक क्रान्तियात्री । ती महासमरको दौरानमा दौडिएका असीमित आनन्दानुभूति । खोकिलामा मृत्युको गोटी बोकेर हिंड्ने पूर्खाको विरासत बोकेको एक महामूर्ख । टाउकोमा सहिदको रगतले लतपतिएको झन्डाको कफन बाँधेर हिंड्ने लाल दस्ताको एक सिपाही । सफरका अनगिन्ती यादहरू । यही शिलशिलामा एक आल्हादित मृत्युको अनुभूति भएको मोर्चाको बेलीबिस्तार लगाउन गईरहेको छु ।
सय थुम्काको पहिचान बोकेको शैलुङ्को काखमा अवस्थित । सुन्दर प्रकृतिको गादोमा लुकेको  घ्याङसुकाठोकरको कुने गाउँ । तामाङ समुदायको बाहुल्यता । अनि हाम्रो आधार ईलाका । ठूलो हृदय भएका जनताको बस्ती । क. परवानाको कमान्डमा भर्खर निर्माण भएको अस्थायी कम्पनीको फर्मेशन । (जुन कम्पनी पूर्वी कमान्डकै सबै जिल्लाहरूको स्क्वायडबाट साथीहरू छनौट गरी बनाईएको थियो । नियमित फर्मेशन चाहिँ छ जिल्लाको तीन प्लाटुन थियो ।) सो कम्पनीलाई क. कन्चनले दिएको भावोत्तेजक प्रशिक्षण । नयाँ फौजी योजनाको महत्त्व । भर्खरै पार्टीको दोस्रो राष्ट्रिय सम्मेलनले विचार संश्लेषण गरेको अजनवी पथ ‘ प्रचण्डपथ ‘ । फौजी रणनीति ‘ दुश्मन जहाँ टेक्छ, त्यहीँ पड्कने ‘ यी मुख्य दुई रणनीतिक मक्सद । कार्यनीतिक ट्याक्टिस भूगोल, परिवेश र समयानुकूल । ” महान अग्रगामी छलाङ,  इतिहासको अपरिहार्य आवस्यकता ” शिर्षकको उथलपुथलकारी दस्तावेज । धक्का, क्रमभङ्ग, छलाङ्ग र महाविपत्तिबाट गुज्रिदै जाने मार्गतय । जताततै मार्क्सवाद-लेनिनवाद-माओवाद र प्रचण्डपथको ब्याख्या, विश्लेषण र महिमामण्डन । आकाश धर्तीमा खस्ला जस्तो । धर्ती आकाशमा उड्ला जस्तो । अब त छिट्टै जनवादी घाम उदाउला जस्तो स्थिति। प्रचण्डपथ बारे लेखिएका हाम्रा  नेताहरूका लेखहरू डायरीमा सारेर राख्दाको हैरानी आफ्नै ठाउँमा छ । तत्कालीन अबस्थामा सेक्सन कमान्डरको जिम्मेवारी । (त्यतिबेला सेक्सन कमान्डरको काम टार्गेटको रेक्की गर्ने र एसाल्ट कमान्ड गर्ने हुन्थ्यो ।
प्रायः सेक्सन सह-कमान्डरले सेक्सन चलाउँथ्यो । लडाइँमा एसाल्ट कमान्ड गर्ने हुन्थ्यो । लडाइँ जित्नु र हार्नु एसाल्ट कमान्डरहरूकै साहसमा भर पर्थ्यो ।) फौजी योजनाको पहिलो धक्का सफल पार्न दोलखा-सिन्धुपाल्चोकको थुप्रै चौकीहरूको रेक्की सक्ने काम गरियो । जिल्ला पार्टीसँग सहकार्य गरेर युद्ध सामाग्री र खाद्यान्नको जोहो पनि भईरहेको थियो । एक चरणको रेक्कीको काम सकेपछि क. परवानाको उपस्थितिमा रेक्की समीक्षा सकियो । र टार्गेटको छनौट भयो । टार्गेट दोलखा जिल्लाको मैनापोखरी स्थित ईलाका प्रहरी कार्यालय थियो । अत्यन्त बलियो फोर्टीफिकेशन । दंगा नियन्त्रण गणबाट ल्याईएको फोर्स । तत्कालीन शाही सेनाले तालिम दिएको फोर्स । र लडाइँको थप जटिलता के थियो भने चौकी वरिपरि माइन पनि विछ्याइएको थियो । तर रेक्कीको निष्कर्ष के थियो भने उसको फोर्टीफिकेशन एउटा सुन्दरीले झरिझुट्ट गहना लगाए जस्तो मात्र भएको । हाम्रो तागतले फोर्टीफिकेशन सजिलै तोड्न सकिन्छ भन्ने थियो ।
टार्गेट छनौट भएपछि विभिन्न चरणमा सबै एसाल्ट कमान्डरहरूले रेक्की गर्ने काम सम्पन्न गर्‍यौं । तीव्र गतिमा युद्ध सामग्रीहरू जुटायौं । र हाम्रो फोर्स घ्याङसुकाठोकर, शैलुङेश्वर, फस्कु, काटाकुटी हुँदै मागादेउराली आईपुग्यो । मागादेउरालीमा पनि केही युद्ध सामग्रीहरू निर्माण गरियो । त्यसपछि रातारात चरंगे खोला तरेर चरिकोट सदरमुकाम नजिकैबाट मकैबारी-सुस्पा देउराली हुँदै कालिन्चोकको काखमा लुट्पुटिंदै लापिलाङको गुजर्पा हुँदै जार्नापाले पुगियो । जार्नापाले पुगेपछि सुईरेको चौरमा म्याप बिफ्रीङ, एसाल्ट ग्रुपहरू निर्माण गरियो । र डमी क्याम्प बनाएर ब्याटल रिहर्सल पनि गरियो । आफू जन्मेको भूमिमा लालसेनाले परेड खेल्दा छुट्टै उमंग थपिएको थियो । जनवादी व्यवस्था आएपछि जनमुक्ति सेनाको एउटा ब्यारेक यहीँ बनाउनुपर्छ भन्ने पनि लागिरहेको थियो । एसाल्ट ग्रुप बनाउने क्रममा क. शिशिर र मेरो बीचमा हानाथाप पर्‍यो । मैले एक नं एसाल्टको जिम्मेवारी लिन खोज्दा क. शिशिरले एक नं एसाल्ट नपाएमा लडाइँ नै लड्दिन भनेर जिद्दी गरेपछि मैले दुई नं एसाल्टको जिम्मेवारी लिएँ । मर्नको लागि पनि तँछाडमछाड हुने के जादु थियो होला त्यतिबेला ? स्थानीयताको हिसाबले मुख्यत: हाम्रो प्लाटुनले नै मोर्चाको मुख्य पहलकदमी लिनुपर्ने थियो । अरु फोर्स त तराईबाट र सकेसम्म पूर्वी कमान्डका सबै जिल्लाहरूका स्क्वायडका साथीहरू पनि छनौट गरेर ल्याईएको थियो । सात वटा एसाल्ट ग्रुपहरू, स्टप ग्रुपहरू, माईनिङ ग्रुपहरू, भि. जि. पी. ग्रुपहरू, माइनको तार काट्ने ग्रुपहरू बनाईयो । र आर्कहरू पनि विभाजन गरियो । पर्याप्त मात्रामा डमी क्याम्प बनाएर रिहर्सल गरियो । हतियार विन्यास गरियो । यति गरेपछि हामीहरूमा छुट्टै खालको रक्तसञ्चार भईरहेको थियो ।
सबै एसाल्टहरू जुर्मुराईरहेका थिए । सही विचार र वस्तुवादी योजना भएपछि मान्छे मर्न पनि पछि नपर्दोरहेछ । त्यसपछि लामिडाँडाको बिसमूरे पुगेर सेल्टर लिईयो । त्यहाँ पनि केही टि.एन.टि. माइनहरू, माना पाथी माईनहरू, कचौरा माइनहरू, ईलेक्ट्रीक ग्रिनेडहरू बनाईयो । र थप म्याप ब्रीफिङ पनि गरियो । (त्यो  बेलामा दोलखा सिन्धुको पूरै जिल्ला पार्टी पनि जुटेको थियो । संयोगवश चर्चित नेता क. रित बहादुर खड्का पनि जिल्लामै थिए ।) त्यसपछि  २०५७ साल चैत्र १८ गते बेलैमा खाना खाएर साँझ पर्दा नपर्दै हाम्रो टोली मुभ भयो । तामाकोसीको झोलुङ्गे पूल तर्दै गर्दा मन एकतमासको भईरहेको थियो । हाम्रो लक्ष्य पनि पूलमुनी बगिरहेको नदीको पानीको जस्तै थियो । पूल तरेर जुँगुमा मा पुगेपछि अन्तिम सेल्टर लिईयो । र योजना बचाउनको लागि अति गोप्य तरीकाले बसियो । योजना खुल्छ कि भन्ने ठूलो चिन्ता थियो । किनकि रेक्की गर्दागर्दै एक जना प्लाटुन कमान्डर डराएर भागेका थिए । त्यसले गर्दा पनि सार्‍है चिन्ता थपिएको थियो । क्रान्तिमा विभिन्न खालका मान्छेहरू  भेटिंदारहेछन । (तिनै मान्छेहरू अहिले बहादुर र अब्बल क्रान्तिकारी देखिएकाछन । नवधनाढ्य भएकाछन ।) सम्झँदा हाँस उठ्छ कि रिस उठ्छ ! छुट्याउन पनि गार्‍हो । क्रान्तिको भोगाइ यस्तै हुने !
२०५७ साल चैत्र १९ गते । हाम्रो जिन्दगीमा छुट्टै खालको आनन्द आएको क्षण । माथि चेर्दुङ र हनुमन्ते डाँडा । हामीमा पनि हनुमानकै जस्तो बल भरिएको आभाष । साँझ पर्दा नपर्दै हाम्रो फोर्स जुगुबाट हिंड्छ । यबोमा पुगेपछि रोकिन्छ । र अन्तिम रेक्कीको लागि साथीहरू जान्छन् । तर आधा रात बितिसक्दा पनि अन्तिम रेक्कीको केही खबर आउँदैन । (खबर नआएको कारण चौकी सुनसान रहेछ । पुलिसहरू कतै अलआउट भए कि भन्ने शंका गर्दागर्दै समय बितेछ । आखिर उनीहरू जाँड खाएर सुतेका रहेछन् । पछि मात्र थाहा भयो ।) हामी जबर्जस्त ब्याटल फर्मेशनमा अगाडि बढ्छौं । बाटामा फेरी लगाउने जोगी भेटिन्छ । र हल्ला नगर भन्छौं । रातको एघार बजे फायर खोल्ने योजना थियो । तर हामी धेरै ढिला भईसकेका हुन्छौं । सबै एसाल्टहरूले चौकीलाई चारैतिरबाट घेरेपछि सवा तीन बजे क. शिशिरको एसाल्टले पहिलो फायर खोल्छ । र हाम्रो दुई नं एसाल्टले हावाको गतिमा गएर अगाडिको मुख्य बंकरमा माइन विस्फोट गर्छ । ( यो बंकरमा माइन बिस्फोट गर्ने हाम्रै गाउँको एउटा काजी पाण्डे भन्ने भाइ थियो । त्यो बंकर कस्तो थियो भने दुई ईन्च बाक्लो फलामको पाता राखेको । गाडीको टायर राखेको । र बाक्लो स्यान्डबोरीको मजबुत बंकर थियो । यसलाई एकै झड्कामा तोड्नु थियो ।) मुख्य अनि मजबुत बंकर तोडेपछि  दुश्मनहरू हायलकायल हुन्छन । चिच्याउँछन, कराउँछन । अन्धाधुन्ध फायर गर्छन् । हामीले पनि तीव्र रुपमा हमला गरिरहन्छौं । हाम्रो एसाल्टले चौकीको अगाडिको भागलाई छिट्टै नियन्त्रणमा लिन्छ । केही राईफलहरू टिपेपछि म एउटा हातमा टर्च र एउटा हातमा राईफल लिएर सर्च गर्दै अगाडि जान्छु । लडाइँ भीषण रुपमा चलिरहेकै छ । बाहिरपट्टिको किचन भित्रबाट छिचोलिएको टनेल हुँदै अगाडि बढ्दै जाँदा एउटा पुलिस ढलेको देख्छु र उसको राइफल टिप्न खोज्छु । त्यहाँ एउटा टि.एफ.जी. पनि बलिरहेको छ । जब राईफल हातले उठाउन खोज्छु तब ठूलो आवाजमा राइफल पड्किन्छ । र मलाई कमिलाले चिले जस्तो हुन्छ र एक्कासि रगतको धारा बग्न थाल्छ । रिंगटा लाग्छ । चारैतिर रातो, कालो, नीलो, पँहेलो देख्छु । खलखल पसिना आउँछ । के भयो ? के भयो ? जस्तो हुन्छ । उभिन सक्दिन र त्यही ढलेको पुलिसको लासमाथि पल्टिन पुग्छु । खप्टिन पुग्छु । यसो पछाडि छाम्दा देब्रे हिपमा आफ्नो हातै छिर्ने प्वाल भेट्टाउँछु । कम्ब्याट पाईन्ट पनि गोलीले ठूलो भ्वाङ पारेको हुन्छ । बल्ल पो मलाई गोली लागेछ भन्ने थाहा हुन्छ । पेटबाट गोलीले छिचोलेर देब्रे हिपबाट निस्केछ । त्यो चौकीको भित्ताको बंकरबाट हानेको गोली रहेछ । त्यो गोप्य भूमिगत बंकर रेक्कीमा आउन सकेको थिएन । दुश्मनले अझै पनि म ढलेको ठाउँमा एकोहोरो फायरिङ गरिरहेकै छ । आफ्नै एसाल्टको साथीलाई मलाई गोली लाग्यो भनेपछि कभर फायर दिएर बल्लतल्ल सुरक्षीत स्थानमा घिसार्दै ल्याउँछन । त्यसपछि पो म निस्लाम निदाउन पुगेछु । र आल्हादित मृत्युको डुंगामा सैर गरेछु । कहिले ब्युँझंदा रहेछु । कहिले मर्दो रहेछु ।यस्तै प्रक्रियालाई स्वर्गमा पुगेको भन्छन् होला सायद ! यस्तै क्रम-उपक्रम चलिरहँदो छ । अझै पनि गोलीहरू जोड-जोडले पड्किरहेका थिए । हाम्रो एसाल्टहरूले फायर गरिरहेकै थिए । उज्यालो हुनै लागेको थियो । समय प्रतिकूल हुँदै थियो । हृदयमा लडाइँ हारिन्छ कि भन्ने चिन्ता लागिरहेको थियो । उज्यालो हुन लागेपछि पुलिसहरू छतमा बसेर पशुपतिनाथको जय ! भनेर नारा लगाउन शुरु गरिसकेका थिए । किनकि उज्यालो हुन लागेपछि उनीहरूको मनोबल बढ्दै गईरहेको थियो । क. क्षीतिजको टोलीले सामान्य ब्याण्डेज गरेपछि साथीहरूले मलाई बोकेर हिंडाए । एकछिन पछाडि छ्याङ्गै उज्यालो भयो । घाम उदायो । आकाशमा चील उडे झैं हेलिकप्टरले फन्का मार्न थाल्यो ।
साथीहरू पनि रिट्रीट हुन लागे । लडाइँ पूरै फाइनल हुन सकेन । अर्को घरको छानामा चढेर बाँसको टाँगोबाट चौकीको छतमा पाथी माइन हान्ने क. लालबीर तामाङ (सज्जन) को अर्को घरभित्रै शहादत भयो। क. धर्मेन्द्र र एसाल्ट कमान्डर क. जितेन्द्रको पनि शहादत भयो । प्लाटुन सह कमान्डर क.पहल गम्भीर घाइते भए । त्यतिबेला हाम्रो प्लाटुन कमान्डर चाहिँ क. मुक्ति थिए । जिल्ला सचिवालय सदस्य क. दिनेश र क.विक्रम पनि घाइते भए । (यो मोर्चामा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने क. रित बहादुर खड्का र क. दिनेशको पनि शहादत भईसकेको छ ।) मोर्चामा आठ जना पुलिसको मृत्यु भयो । आठ थान ३०३ राइफल कब्जा भयो । दुश्मनलाई नियन्त्रण गर्न नसक्दा आत्मसमर्पण गरेको पुलिसले पनि भागेर माथि छतमा गएर ग्रिनेड हान्यो । लडाइँ नापे तौले जस्तो अवस्य नहुने रहेछ । मैले के संकल्प गरेको थिएँ भने कि सहिद हुन्छु ! कि कुशल कमान्डर बन्छु । तर त्यो दुई मध्य केही पनि हुन सकिँन । अधमरो मात्र भएँ । मेरो सपना अधूरै भयो । जिन्दगी मधुरै भयो । उज्यालो भएपछि यस्तै अधमरो जिन्दगीहरूलाई बोकेर हाम्रो टोली माथि डाँडामा उक्लेर क्षेत्रपाको ओरालो झर्दै जुगुतिर लाग्यो ….।
पछि एउटा रोचक पक्ष के सुनियो भने घाइते साथीहरूलाई उपचार गर्नको लागि गएको एक जना स्वास्थ्यकर्मीलाई उल्टै बोकेर ल्याउनु परेको । र पूर्वबाट लडाइँ लड्न आएकी एक जना महिला कमरेड फायर खुलेपछि बेहोस भएर ढलेको र घाम उदाएपछि मात्र ब्युँझेर घटनास्थलबाट हिंडेको । तर पछि तिनै कमरेड जनमुक्ति सेनाको अब्बल कमान्डर बनेको । लडाइँका यी रोचक पक्ष हुन । झट्ट सुन्दा चाहिँ हाँसो पनि उठ्छ । लडाइँका तीतो यथार्थ हुन यी ।
पुनश्च : अन्तिम रेक्की स्पष्ट र एकिन गर्न नसक्नु । ढिला आक्रमण हुनु । पूरै चौकी कब्जा गर्न नसक्नु । लडाईंको मुख्य कमजोरी रह्यो । तर बलियो फोर्टिफिकेशन तोडेर जनमुक्ति सेनाको मनोबल उच्च हुनु । फौजी श्रेष्ठता हाँसिल गर्नु । अरु ठूल्ठूला फौजी आक्रमणको ढोका खुल्नु । फौजी आक्रमणमा नयाँ साथीहरू सहभागी गराएर फौजी आक्रमणको अनुभव गर्नु । यही मोर्चापछि जनमुक्ति सेनाको स्थायी कम्पनीको संरचना बन्नु । मोर्चाको मुख्य र दूरगामी उपलब्धिहरू थिए । क्रमशः
 

 

पुरा हेर्नुहोस्

ललितपुर  खरानीभित्र पूरिएको आगो जस्तै ।
ज्वालामुखी पहाडको गर्भमा लुकेको लाभा जस्तै ।
मीर फाटेपछी बिहानीमा उदाउने सूर्यको आभा जस्तै ।
जनयुद्धका अदम्य साहस, सौर्य र वीरताका अनगिन्ती कीर्तिमानहरू ।
बलिदानका शृङ्खलाहरू ।
जो भित्र भित्रै पूरिएर बसेकाछन ।
पूरा नभएका उद्देश्य झैं झुरिएर बसेकाछन ।
सार्‍है ओझेलमा पिल्सिएर रहेकाछन ।
म त्यसलाई अलि अलि गर्दै खोतल्ने प्रयास गर्दैछु ।
जतन गरेर खोस्रीने प्रयास गर्दैछु ।
यसलाई इतिहासको एउटा कडीसँग पनि जोड्न खोज्दैछु ।
जो हाम्रा अमूल्य निधिहरू हुन ।
वैभवहरु हुन् ।
अमूल्य आर्जनहरू हुन ।
अनुभवजन्य कठिन भोगाईहरू हुन् ।
छोटो समयको उपलब्धिहरू हुन ।
युद्धानुभवहरू हुन ।
युद्धका जवाहरत हुन ।
इतिहासका ठेलीहरू हुन ।
नेपाली क्रान्तिका नागबेलीहरू हुन् ।
साथै नालीबेली पनि ।

 
 

यिनै नालीबेलीहरूबाट केही शिक्षा मिलोस भन्ने हेतुले त्यो अदम्य प्रसंगको उजागर गर्दैछु ।

प्रसंग हो धादिङ जिल्लाको पृथ्वी राजमार्गको आडैमा रहेको गजुरी सैनिक ब्यारेकको । र सैनिक हिरासतको । २०६१ साल कार्तिक २९ गते तिहारको भाइटीकाको दिनको ।
आफूहरू सैनिक हिरासतमा रहँदा । उल्टै दुश्मनको गार्डलाई गुरिल्ला ट्याक्टिस अपनाएर अनाम कम्ब्याट प्रयोग गरेर गार्डको हतियार समेत खोसी सैनिक हिरासत ब्रेक गर्न सफल । साहसिक, ईस्पातिला लाल योद्धाहरूको । जनमुक्ति सेनाका जोदाहा सिपाहीहरूको । हाम्रो टोली (जनमुक्ति सेनाको फर्मेशन, सि कम्पनी) मकवानपुर, धादिङको भूगोलमा मार्चपास गरिरहेको बेला उनीहरूसँग पहिलो सम्पर्क भएको अविस्मरणीय क्षणको । धर्ती उचाले झैं लागिरहेको दिनको । वीरताको गगनभेदी तोप पड्काएर विजयोत्सव मनाए झैं लागेको दिनको । साथै आश्चर्य पनि लागेको क्षणको ।

 
जनमुक्ति सेनाको बेथान स्मृति ब्रीगेड पन्ध्रौं बटालियन अन्तर्गत सि कम्पनीको टोलीले पर्सा, मकवानपुर र धादिङको भूगोलमा त्रि-लक्ष्य अभियान चलाईरहेको थियो । क्रान्तिका तीन जादुगरी हतियार (पार्टी, सेना र संयुक्त मोर्चा) ले चलाएको यो अभियान निकै महत्त्वपूर्ण थियो । हाम्रो कम्पनी जिल्ला पार्टीसँग एकाकार भएको थियो । हुनुपर्ने जरुरी पनि थियो । हाम्रो कम्पनीको भूगोल धेरै ठूलो भए पनि केही संघर्षका प्रतिरोधपूर्ण योजनाहरू सफल पारेका थियौं । हाम्रो लागि त्यो भूगोल नितान्त नयाँ भए पनि हामीले पहाडदेखि चूरे अनि तराईसम्मको भूगोलमा फौजी पहलकदमी लिनुपर्ने अवस्था थियो । कतै कमाण्डो आक्रमण । कतै सेबोटेज । कतै एम्बुस । कतै बुबिट्रयाप्स । कुनै न कुनै हिसाबले दुश्मनलाई चक्मा दिईरहेका थियौं । ठूल्ठूला सैनिक ब्यारेकको बीचमा रहेर हाम्रो गतिविधि बढाउनु मामूली कुरा थिएन । भूगोल प्रतिकूल भएकोले भमराले झैं चक्कर काट्ने सैन्य रणनीति अपनाएका थियौं । यसरी प्रतिकूलतालाई अनुकूलतामा बदल्नु पर्ने जरुरी थियो । साथै फौजी कार्वाहीलाई अगाडि बढाउनु पर्ने पनि । त्यसैले जनसमुदायसँग एकाकार हुँदै थियौं । विशेष गरी चेपाङ र तामाङ जाति बाहुल्य भएको भूगोलमा हामीलाई काम गर्न सजिलै थियो । किनकि यी आस्थाका धरोहर । क्रान्तिका खम्बा । उत्पीडित जनसमुदायले सि. आई. डि. सुराकी गर्न जानेका थिएनन् । पार्टी र क्रान्तिप्रति पूरै समर्पित भएका थिए । युद्ध सामग्रीका भारीहरू निश्चिन्त रुपमा बोकिदिने ! योद्धाहरूलाई त्यस्तो विकट बस्तीहरूमा पनि रासन बोकेर सहयोग गर्ने ती चेपाङ दाइहरूको समर्पण देख्दा अझै पनि मन बहकिएर आउँछ । (दुई महिना पनि मुस्किलले खाना नपुग्ने । गाँस, बास, कपास, स्वास्थ्य , शिक्षा , रोजगारबाट बन्चित भएका । सुत्केरीलाई पनि जंगली कन्दमूल खोजेर खुवाउनु पर्ने । गिठा भ्याकुर खोजेर खानु पर्ने । दिन रात नभनी मजदूरी गरेर आफ्नो परिवार पाल्ने । राज्यको आँखा कहिल्यै पनि नपुगेको । सिधा-सोझा चेपाङ समुदायको जिन्दगीमा केही परिवर्तन आयो कि आएन होला ? छोरीको बिबाहमा चिउरीको रुख दाइजो दिने मौलिक चलन भएको जाति । चेपाङ-चिउरी र चमेराको घनिष्ठ सम्बन्ध भएको अनौठो चलन भएको । पहराको डिलमा घर बनाएर बस्ने ती सोझा र ईमान्दार जातिको झुपडीमा गणतन्त्रको घाम उदायो कि उदाएन होला ? सार्‍है कौतुहलता जागेको छ । सार्‍है दु:ख पनि लागेको छ । यिनै जनताको झुपडीमा परिवर्तन ल्याउन भनी दिलोज्यान दिईयो । घुम्दै फिर्दै रुम्जाटार भने जस्तै हालत उही रह्यो ।) यिनै महान जनसमुदायसँग एकाकार हुँदा छुट्टै आनन्दानुभूति पैदा भएको थियो । नौलो अनुभूति पनि ।

२०६१ साल मंसिर १ गते हाम्रो टोलीले मकवानपुर जिल्लाको अति विकट गाउँ कैलाश बैकुण्ठमा हार्बोरिङ सेट गरेको थियो । त्रि-लक्ष्य अभियानको शिलशिलामै हामी त्यहाँ पुगेका थियौं । जाडो याम शुरु भईसकेको थियो । बिहानै सबै टोलीलाई अल आउट गरिसकेपछि एक्कासि संचारबाट खबर आयो । “दुई थान एस एम जी सहित तत्कालीन शाही सेनाहरूले हतियार बुझाउन आउँदैछन भनेर ।” हामी यो के हुँदैछ भनेर पर्‍यौं । हतार हतार टोलीको रोलकल गरेर हामी तयारी भयौं । (लडाइँ हो आखिर जे पनि हुन सक्छ ! शान्त वातावरणपछि भीषण आँधी पनि त आउनसक्छ । दुश्मनले हामीलाई लोभ्याएर आक्रमण पनि त गर्न सक्छ !) कम्पनीको एउटा एस.टि.एफ. कम्पनी सह-कमान्डर क. रन्जनको कमान्डमा कृष्णभीर कार्वाहीको लागि पठाईसकिएको थियो । गण्डक क्षेत्रमा काम कार्वाही बढाउने बासु स्मृति ब्रीगेडसँग हाम्रो टोलीको पनि समन्वय भएको थियो । हाम्रो टोलीसँग समन्वय गराउने काम जिल्ला ईन्चार्ज क. वीरजंगले गरेका थिए । (क. वीरजंग पनि क्रान्तिप्रति निष्ठावान । अत्यन्तै ईमान्दार र पूराना कम्युनिस्ट थिए । २०४७ सालमै जनमोर्चाको जिल्ला सेक्रेटरी भएका क. वीरजंग (मोहन बहादुर कार्की) वर्तमान सभामुख अग्नी सापकोटासँगैका मान्छे रहेछन् । उनीसँगको सहकार्य पनि अविस्मरणीय छ । आउँदा दिनहरूमा थप चर्चा गर्नेछु ।) कम्पनीको बाँकी रहेको फोर्सको एस. टि.एफ. फेरि कम्पनी कमान्डर क. ज्वालाको कमान्डमा तैनाथ गरियो । के हो ? के हो ? भन्ने भएर हाई अलर्टकासाथ हतियार सहित पोजिशन सेट गरेर राखियो । क. ज्वालाले कमान्डिङ गरे ।
म पनि क. ज्वालाको साथमै रहें । र जिल्ला ईन्चार्ज क. वीरजंग र जिल्ला सेक्रेटरी क. रमण पनि साथमै थिए । (म त्यतिबेला कम्पनीको राजनीतिक कमिशार थिएँ । प्रायः युद्धमा अग्रपंक्तिमा हतियार बोकेर लड्ने कमिशार मै नै थिएँ होला । यसो भनिरहँदा आत्मप्रसंशा भए जस्तो लाग्ला तर सत्य यही नै थियो । क्रान्तिकारी जिवनमा कहिले कमिशार भएँ । कहिले कमान्डर भएँ । कहिले ईलाका जनसरकार प्रमुख भएँ । कहिले जिल्ला जनसरकारको उपप्रमुख भएँ । कहिले एरिया सचिव पनि भएँ । कहिले क्षेत्रीय ब्यूरो सदस्य भएँ । कहिले सैन्य ब्यूरो सदस्य त कहिले डिभिजनल कमिटीको स्टाफ पनि । उछलकुद जिन्दगीका भर्‍याङरुपी पाईलाहरु रहेछन् यी । सत्ता आफ्नो हातमा आएपछि कुकुरले हड्डी नछाडे झैं कहाँ छोड्ने रहेछन् र ? नभए कमिशारहरू दुई चार वटा राजनीतिक-सैद्धान्तिक कुराहरू भट्याएर मात्रै हिंड्थे । कतिपय फर्मेशनमा कमिशारहरूलाई सदस्यहरूले भाते कमिशार भन्न पनि पछि परेनन् । राजनीतिक कमिशार हुँदा एके-४७ बोकेर लडेको मान्छे पनि हुँ । त्यही भएर यो कुरा गरेको हुँ । अन्यथा नलागोस ।) हामी करिब आधा घन्टा पोजिशनमा बसेपछि चार जना सामान्य लाग्ने मान्छेहरू प्लास्टिकको बोरामा केही बोके झैं गरेर देखा परे । बिहानीको घामको लालीसँगै मुहारमा खुशीको आभा पोतिएका मान्छे झैं लाग्थ्यो । कमान्डर ज्वालाले उनीहरूसँग तुरुन्तै मिसिएर कुराकानी गरे । ती मान्छेहरूले शुरुमै अभिवादन गरे । कमरेड भनेर सम्बोधन गरे । हामीलाई अचम्म लाग्यो । हामी एक आपसमा मुखामुख गर्‍यौं । बुझ्दै जाँदा बातचित गर्दै जाँदा आखिर ती मान्छेहरू तत्कालीन शाही सेना नभएर आफ्नै साथी जनमुक्ति सेनाका योद्धाहरू रहेछन् । शुरुमा त निकै शंका गरियो । गलत सूचना प्रवाह भएको परिणाम थियो यो । तुरुन्तै संचारलाई खबरहरू स्पष्ट बुझेर मात्र प्रवाह गर्ने चेतावनी पनि दिईयो । संवाद गर्दै जाँदा गजुरी ब्यारेकको कठोर सैनिक हिरासत ब्रेक गरेर आएका ईस्पातले बनेका योद्धाहरू रहेछन् । संकटकालको बेलामा जनमुक्ति सेनाको पोखरा शहरको स्पेसल टास्क फोर्स (एस. टि.एफ.) मा काम गर्ने योद्धाहरू भएको कुरा थाहा भयो । उनीहरूलाई २०६० साल कार्तिक १ गते गिरफ्तार गरेपछि बेपत्ता बनाउने क्रममा गजुरी ब्यारेकमा हेलिकप्टरबाट ल्याएर लुकाईएको रहेछ । मानव अधिकारवादीहरूले खोज्दा पनि नभेट्ने गरी टेन्टभित्र लुकाईएको रहेछ ।

 
तर पनि ईस्पातले बनेका मान्छेहरूलाई केही प्रवाह भएन । (“कोडभाषा प्रयोग गरेर दुश्मनलाई चक्मा दिने योजना बनाउनु । सबै योद्धाहरूलाई योजनामा एक ढिक्का बनाउनु । कार्वाहीको होल कमान्ड क. शैलेस र सहकमान्ड क. रवीन्द्रले गर्नु । योजना अनुसार क. रवीन्द्रले हतियार खोस्ने काम । क. विप्लवले समात्ने काम । क. विगुलले सेन्टीलाई थिच्ने काम । क. राजु क्षेत्रीले ठाकुरसिंहलाई थुनेको कोठाको ताल्चा खोली क. सेवकले कोतमा रहेको गोली ग्रिनेड निकाल्ने काम एकसाथ हुनु । करिब १५ सेकेन्डमा काम फत्ते हुनु । यी आश्चर्यजनक युद्धकला हुन । हाइ टेकका विरुद्ध लो टेकले लड्ने गुरिल्ला वारफेरको ट्याक्टिस हुन् ।”) आखिरमा दुश्मनको कमजोर पोईन्ट पत्ता लगाएर यो एक्सन सफल भएको रहेछ । प्लास्टिकको बोरामा दुई वटा एस. एल.आर. र ६थान ३६-ग्रीनेड प्याक गरेर ल्याएका रहेछन् । दुई रात हिंडेर बल्लतल्ल हामी भएको ठाउँमा आईपुगेका रहेछन् । सेनाले पिछा त गरेको रहेछ तर भेट्टाउन सकेनछ । अर्को कृष्णभीर (२०६१ साल मंसिर १ गते ) लडाइँमा जनमुक्ति सेनाले भीषण हमला गरेपछि पनि उनीहरूको ध्यान त्यतै केन्द्रित भएछ । त्यो कार्वाहीले पनि ठूलो सपोर्ट गर्‍यो । सबै कुरा पछि मात्र थाहा भयो । हामी उनीहरूको साहस देख्दा आश्चर्यचकित भयौं । यो नेपाली क्रान्तिको एउटा मौलिक युद्धकला थियो । क्रान्तिकारीहरूले सुरुङ खनेर जेल ब्रेक त गरेका थिए । तर हातमा हतकडी र खुट्टामा नेल भिरेको योद्धाले उल्टै दुश्मनको हतियार खोसेर बाहिर आउनु धेरै ठूलो साहसको पर्याय पनि थियो । सायद नेपालको इतिहासमा यो पहिलो घटना हुनसक्छ । अत्यन्तै दुर्लभ घट्ना हुनसक्छ ।

यसरी साथीहरूसँग भेट भएपछि सुरक्षाको चिन्ता बढ्यो । हामीसँग पनि तत्कालीन अबस्थामा हाम्रो नफ्री कमै थियो । फौजी कार्वाहीको लागि विभिन्न ठाउँमा शक्ति विन्यास भएको थियो । साथीहरूलाई कसरी सुरक्षा गर्ने भनेर जिल्लाका साथीहरूसँग पनि सल्लाह गरियो । जिल्ला ईन्चार्ज क. विरजंग र जिल्ला सेक्रेटरी क. रमणसँग सल्लाह गरेर साथीहरू केही समय हामीसँगै रहे । कडा सेन्ट्री, ड्युटी र ईन्टलीजेन्स, मोबाइल गस्ती गरेर अलि सुरक्षीत ठाउँतिर बसियो । सैनिक हिरासतमा भोगेका कहालीलाग्दा यातनाहरूको शृङ्खला सुनाउँदा अझै पनि आङ सिरिङ्ग हुन्छ । (यी सबै घटनाको नालीबेली आईसकेको छ । क. रवीन्द्रको “उज्यालो” क. राजु क्षेत्रीको “गजुरी ब्यारेक ब्रेक” र क. शैलेसको पनि हिरासतका भोगाइहरू पुस्तककै रुपमा आईसकेको छ । सम्पूर्ण घटनाका फेहरिस्तहरू यी पुस्तकका पानामा सुनौलो अक्षरले कोरिएर आईसकेको छ । मैले केवल सम्झनाका लागि मात्र यी कुराहरू उल्लेख गरेको हुँ ।) सैनिक हिरासत ब्रेक गरेका साथीहरू सात जना थिए । क. प्रकाश खनाल (शैलेस) चितवन, क. बुद्धि पाण्डे (बिगुल) चितवन, क. देवी बहादुर पराजुली (रवीन्द्र) सिन्धुपाल्चोक, क. बद्री बहादुर कार्की (विप्लव) दोलखा, क. कृष्ण पन्त (सेवक) गोर्खा, पत्रकार क. राजु क्षेत्री (विवेक) पोखरा, कास्की र क. ठाकुरसिंह तामाङ धादिङ । ठाकुरसिंह तामाङ चाहिँ माओवादी आरोपमा गिरफ्तार परेका सामान्य समर्थक मात्र थिए । यो कार्वाहीको कमान्डर क. शैलेस र सह कमान्डर क. रवीन्द्र भएको कुरा पनि थाहा भयो । र हामीसँग भेट भएका साथीहरू चार जना (क. रवीन्द्र, क. बिगुल, क. विप्लव र क. राजु) थिए ।

फाेटाे

केही समय हामी संगसँगै रह्यौं । क. रवीन्द्र खुब हक्की र साहसिक स्वभावका थिए । जतिखेर पनि बडो उर्जावान कुरा गर्थे । क. विप्लव पनि हक्की स्वभावकै थिए । उनी त झन आफ्नै जिल्लाका भएकाले पनि गर्वबोध भएको थियो । (कामको शिलशिलामा पोखरा पुगेका क. बद्री उतैबाट भूमिगत भएछन् । दर्जनौं लडाइँहरूमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेकै कारण एस. टि. एफ. को टोलीमा परेका रहेछन् । उनको जीवनसंगिनी क. देवकी कार्कीको पनि कास्कीको भूमिमा रगत बगेको रहेछ । पछि उनको पनि २०६१ सालमा लेखनाथमा सेनाले गिरफ्तार गरेर ढुंगाले किचिकिची बीभत्स हत्या गरे । र उनको पनि कास्कीकै भूमिमा रगत बग्यो । योद्धाहरूको रगत जहाँ पनि बग्न सक्ने स्थिति थियो त्यो बेला ।) क.विगुल पनि उस्तै स्वाभवका थिए । क. राजु क्षेत्री चाहिँ अलि भावुक स्वभावका रहेछन् । सायद पत्रकार भएको कारणले होला । यसरी केही समय साथीहरू हामीसँग रहेपछि दु:ख सुख साटासाट गरेपछि चितवन जिल्ला पार्टीसँग सम्पर्क गरेर उतै सम्पर्कमा लागे । चितवन पुगेपछि सबै साथीहरू (सातै जना ) जम्मा भएर पत्रकार सम्मेलन गरेर सबै कुरा सार्वजनिक गरेछन् । पछि थाहा भयो । हामी खुशीले माथि-माथि उचालियौं । टाढैबाट बधाई तथा शुभकामनाका राता मुट्ठीहरू उठायौं ।
 
त्यसपछि कृणभीर कारबाहीमा सहभागी भएर हाम्रो कम्पनीको एस.टि.एफ. को टोली पनि फर्किएर सम्पर्कमा आयो । नेपाल वान टेलीभिजनको पत्रकारले भिडन्तको प्रत्यक्ष प्रसारण गरेको सो लडाइँ पनि नेपालकै इतिहासमा चर्चित भयो । कार्वाहीको होल कमाण्डिङ गरेका थिए हालका नेपाली सेनाका जर्नल याम बहादुर अधिकारी (क. प्रतीक्षा) ले । (संकीर्णता त जहाँ पनि हुने । क्रान्तिकारी भनेर पनि के गर्नु ? शुरुमा बासु स्मृति ब्रीगेडका एसाल्ट कमान्डरहरूले हाम्रो टोलीलाई कुन कुन हतियार चलाउन आउँछ ? भनेर सोधेछन । आखिर हाम्रो टोली पनि दर्जनौं लडाइँ लडेको अनुभवी टोली थियो । यस्तो बिडम्बना पनि हुँदोरहेछ कहिलेकाहीँ । साथीहरूलाई सम्झाउने काम गरियो ।) साथीहरूले मोर्चामा राम्रै भूमिका निभाएछन । बहादुरिपूर्वक लडेछन । जीवन देवकोटा (क. श्रोत) ले त्रिशुलीको किनारमा सबैभन्दा पहिला हतियार टिपेको कुरा गरेका थिए । जे होस हाम्रो टोली लडाइँमा सहभागी भएर आयो । समग्रमा भन्नुपर्दा कार्वाही शानदार ढंगले सफल भयो । दुश्मनको लाईफलाईनमा गरिएको आक्रमण बिना क्षति सफल भयो । साथीहरूले हाम्रो टोलीलाई दुई थान ग्रिनेड दिएर पठाएछन । हामीले यसैमा चित्त बुझायौं । र क्रान्तिका बाँकी कार्यभारहरू पूरा गर्न नयाँ राजनीतिक र फौजी योजना बनाएर त्रि-लक्ष्य अभियानलाई नै निरन्तरता दिईरह्यौं ।

डम्बर बहादुर  थामी ‘अनुपम’
३० अक्टोबर २०२०, पराईभूमी ।

पुरा हेर्नुहोस्

प्रेमलकुमार खनाल

नेकपा केन्द्रीय सदस्य

अक्टोबर २५ तारिखकाे दिन साेभीयत रुसमा समाजवादी क्रान्तिकाे सफलता संगै समाजवाद स्थापना भएको घाेषणा भएको दिन ।

रुसमा फरवरी क्रान्तिकाे सफलता पछि (नेपालमा २०६२/०६३ मा भएको पुंजीवादी क्रान्ति झै ) समाजवादी क्रान्तिका लागि कामरेड लेनिनको अगुवाइमा शुरुभएकाे समाजवादी क्रान्ति २५ अक्टोबर १९१७ मा पुग्दा सफलता प्राप्त भएको थियोे र यसलाई अक्टोबर क्रान्ति भनिन्छ । यहीँ अक्टोबर क्रान्तिकाे सफलता र प्रेरणाबाट विश्वका विभिन्न देशमा बामपंथी  आन्दोलनकाे शुरुआत भए संगै कम्युनिस्ट पार्टी स्थापना भएर समाजवादी  आन्दोलनकाे शुरुआत भएको थियोे, त्यस अर्थमा पनि अक्टोबर क्रान्तिकाे ऐतिहासिक महत्त्व रहेको छ।

नेपालकाे सन्दर्भमा पनि २०६२/६३ काे पुंजीवादी क्रान्तिकाे सफलता संगै नेपाली क्रान्तिलाई पुर्णतामा पुर्‍याउन  समाजवादी क्रान्तिकाे उदघाेष गरेर अगाडी बढन जरुरी छ । संविधान जारी भएको  ५ वर्ष व्यतीत भएको छ । नेपालकाे बाम आन्दोलनकाे मियाे भनेकाे नेपाल कम्युनिस्ट पार्टी (नेकपा) हाे । दुई तिहाइकाे जनमत प्राप्त सरकारले राज्य संचालनकाे नेतृत्व गरिरहेकाे भए पनि समाजवादी क्रान्तिकाे दिशा  अनुरुप सरकार मार्फत आमूल परिवर्तनकारी नीति, कार्यक्रमलागू गर्न नसकेको, नवउदारवादी नीति कार्यक्रमलाई विस्थापित गर्ने गरि शिक्षा, स्वास्थ्य , आवास, खाध्यान्न, खानेपानी, प्राकृतिक श्राेत साधन, बन, जंगल, खनीज, खानी, उर्जा  आदि क्षेत्रमा समाजबादी आर्थिकसामाजिक कार्यक्रमकाे खाका बनाई लागू गर्न नसकेको  उल्टै  दलाल पुंजीवादले पार्टीका नेता र सरकारलाई घेरावन्दीमा पारिरहेको भन्ने टिप्पणीले कम्युनिस्ट पार्टीको साखमा गंभीर प्रकारकाे चुनौती खडा गर्दै  लगेको छ । साम्राज्यवादी अमेरिकाले एमसीसी परियोजनाका नाममा पार्टी भित्र नै द्वन्द्व, विवाद र बिभाजन गराउने हर्कत गरिरहेकाे छ ।

नवउदारवादी फाेहाेरलाई फालेर जनतालाई राहत र परिवर्तनकाे अनुभुति हुने गरि काम गर्न जरुरत छ ।तत्कालीन नेकपा  एमालेकाे ९ महिने सरकारले झै “आफ्नो गाउँ आफै बनाऊ” नौ “स”काे अभियान   सामाजिक सुरक्षाका सुविधाबाट बृद्धअबस्थाका नागरिककाे सम्मान, सन्तुलित परराष्ट्र नीति, असमान सन्धिकाे पुनरावलोकनका लागि  अग्रसरताले जनताको मन छुने  काम गरेकाे थियोे ।

आज न्युनतम पनि  गरिब, बेरोजगार, साना उधमी, स्वराेजगारी व्यबसायीले  त्यतिकाे ९ महिने सरकार ले झै राहतमुखी, जनमुखी, कार्यक्रमकाे अपेक्षा  गरेका छन् र याे नेकपाकाे चुनावी प्रतिबद्धता पनि हाे ।

पुंजीवादी क्रान्तिकाे सफलताबाट अब मुलुकलाई समाजबादी क्रान्तिकाे दिशामा  अगाडि बढाउनु पर्ने  अभिभारालाई मुलतः नेकपाले नेतृत्व गर्नेे अभिभारा छ ।

 

सरकार मार्फत सुधार र परिवर्तन संगै जनतालाई राहत र परिवर्तनको अनुभुति प्रदान गर्न आवश्यक छ । तर पार्टीको कमान्डमा, नीति र निर्णयका आधारमा  सरकारका नीति र निर्णय नहुने जुन स्थिति उत्पन्न  भएको छ । यसले समाजबादी क्रान्तिकाे थालनी गर्न नै थप चुनौती खडा  हुदैछ । यस्तो स्थितिमा रुसमा लेनिनको अगुवाइमा भएको  अक्टोबर क्रान्तिकाे स्प्रीट अर्थात  वाेल्सेेभीक पार्टी निर्माण गरेर समाजवादी क्रान्तिकाे अगुवाइ गर्ने अभिभारा नेकपा सामु आएकाे छ ।

अक्टोबर क्रान्तिबाट विचार, संगठन, कार्यशैली र नेतृत्व निर्माणमा वाेल्सेभीक स्प्रीटका साथ  अगाडि बढने प्रेरणा सबैले लिन जरुरी छ ।

 

 

पुरा हेर्नुहोस्

यहि कात्तिक १९ देखि २१ गते (नोभेम्बर ४ देखि ६ तारेख) सम्म नेपाल भ्रमणमा रहने भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणेको भ्रमण तालिका नेपाली सेनाले सार्वजनिक केहि दिन अघि गरेको छ । उनलाई कात्तिक २० गते नेपाली सेनाको मानार्थ महारथीको दर्जा दिइने छ । 
तीन दिने नेपाल भ्रमणका क्रममा नरवणेले सैनिक मञ्चको वीर स्मारकमा श्रद्धाञ्जली अर्पण, जंगी अड्डामा सम्मान गारद निरीक्षण तथा समकक्षी नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापासँग छलफल गर्नेछन् । उनलाई विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्नेछिन् । नरवणेले स्वदेश फर्किने दिन कात्तिक २१ गते प्रधानमन्त्री तथा रक्षामन्त्री केपी शर्मा ओलीसँग पनि भेट गर्ने कार्यक्रम रहेको नेपाली सेनाले जानकारी दिएको छ ।
तर के नेपालको सार्वभौम अखण्डतामा धावा बोल्नेलाई मानार्थ सेनापति दिन मिल्छ त ? नेपालले आफ्नो भुमि समेटेर नयाँ नक्सा जारी गर्दा नेपालबिरुद्द बोल्ने उनी कसरी मानार्थ सेनापति हुन् सक्छन ? उनलाई किन दिने मानार्थ ? हो यसको जवाफ या त सरकारले या त सेनाले नदिए पनि अब समय र परिस्थितिले मागेको छ । उनले राजनीतिक र कुटनीतिक मर्यादा समेत नाघेर नेपालको सीमा र सार्वभौमिकताबिरुद्ध अभिव्यक्ति दिएका थिए । आज त्यहि व्यक्ति र संस्थालाई नै मानार्थ प्रधानसेनापतिको उपाधि दिने कार्यले नेपाली राष्ट्रियता र नेपाली सार्वभौमसत्ताको सम्मान हुन्छ कि अपमान ? अब हामीले पुरानो ढर्राबाट हेर्ने दिन सकिएको छ भने नयाँ कोणबाट हेर्नुपर्ने दिनको सुरुवात गर्ने बेला आएको छ । अब हामीले भारतीय साम्राज्यवादी अतिक्रमण बन्द गर्नुपर्ने बेला आएको छ भने कालापानीबाट भारतीय सेना फिर्ता गर्न आबस्यक छ ।

बिमस्टेक राष्ट्रहरुको संयुक्त सैन्य अभ्यासमा नेपालले सहभागिता नजनाउने निर्णय गरेकोमा पनि भारतीय सेनाको असन्तुष्टि थियो । त्यो सैन्य अभ्यास पुनेमा सम्पन्न भएको छ । नेपालले अन्तिम समयमा अभ्यासमा सहभागी नहुने निर्णय पनि लिएको थियो । त्यहि समापन कार्यक्रमपछि बोल्दै भारतीय सेनापति विपीन रावतले नेपालमाथि कटाक्ष गरेका थिए । आज त्यो दिन पनि सम्झानुपर्नेछ , भारतको नेपाललाई हेर्ने नीति के हो ? उनलाई मानार्थ सेनापति किन दिने त्यो एक पटक आम नेपालीले सोध्नुपर्ने बेला आएको छ । नेपालले चीनसँग झुकाव राख्न खोजेको आशयसहित त्यसबेला सेनापति रावतले भनेका थिए , भौगोलिक कारणले नेपाल र भुटानजस्ता राष्ट्रहरु भारततिर ढल्किनै पर्छ । जहाँसम्म चीनसँगको निकटताको कुरा छ, यो अस्थायी हो । पाकिस्तान र अमेरिकाको सम्वन्धको उदाहरण दिएर उनले नेपालको अपमान गरेका थिए ।

भारतीय सेना नेपालमा आफ्नो हेपाहा प्रबृति पटक-पटक देखाइरहँदा अब उसले मानार्थ सेनापति पाउने हैसियत पनि गुमाइसकेको हुनाले यो परम्परा तोड्नुपर्ने बेला आएको छ । उसले पटक-पटक नेपालमाथि शक्तिको धाक लगाउने गर्दछ तर नेपाललाई दबाउन खोज्ने भारत भने चीनको सामु सधैं लाचार बन्दै आइरहेको छ । अब नेपाली राष्ट्रियता र सार्वभौमसत्ताको रक्षा, अतिक्रमित नेपाली भूमि फिर्ताका लागि थप राजनीतिक, कूटनीतिक पहल र अन्तर्राष्ट्रियकरणका निम्ति विश्वभरिका नेपालीहरु एकजुट हुनुपर्ने बेला आएको छ । भारतीय अतिक्रमणमा परेको हाम्रो भुमि लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र दुवै देशले वार्ता गरेर तत्काल समधान गर्न सक्नुपर्छ ।

सन् १९६२ मा चीनसँग भारतको युद्ध हुँदा कालापानीमा तत्कालिन राजा महेन्द्रसँग अनुरोध गरेर भारतले केही समयका लागि सेना राखेको थियो, तर त्यहाँ भारतीय सेनाले स्थायी अखडा नै बनाउँदा अहिले अवस्था जटिल भएको हो तर कालापानी नेपालको हिस्सा हो । कालापानी र लिपुलेकलाई लिएर नेपाल र भारतबीच रहेको पुरानो विवाद अब दुवै देशका सरकारले वार्तामा बसेर यसको समाधान गर्नुपर्छ । नेपालको जमिन भारतले लिन पाउदैन र उसले नेपाली भुमि यथाशीघ्र फिर्ता गर्नुपर्छ । भारतले सधैँ यस्तो व्यवहार गरिरहे अब मानार्थ सेनापति पनि यहि अन्तिम हुन् सक्छ । त्यसैले भारतीय सेनापतिले नेपालको मानार्थ सेनापतिको दर्जा पाउन नेपालको सार्वभौम अखण्डताको सम्मान गर्न सक्नुपर्छ ।
( राजन गौतम नेकपा नुवाकोटका जिल्ला सचिवालय सदस्य तथा साविक याेङ्ग कम्युनिस्ट लीगका ३ नम्बर प्रदेश संयाेजक हाल राष्ट्रिय युवा संघका केन्द्रिय सदस्य समेत रहेका छन् । )

 

पुरा हेर्नुहोस्

प्रेमलकुमार खनाल 
ललितपुर । मुलुकमा २०६२/६३काे युगान्तकारी परिवर्तनबाट संघीय लाेकतान्त्रिक गणतन्त्र स्थापना भयो । लाेकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने संविधान निर्माण गर्न १० वर्ष लाग्यो । २०७२मा जारी भएको संविधानले केन्द्रीकृृत र एकात्मक ढांचाकाे शासन प्रणालीलाई पुनर्संरचना गरेर संघीय ढाँचाकाे तीन तहकाे सरकार रहने संघीय शासन प्रणालीको सुनिश्चित गर्याे । संघीयशासन  प्रणालीलाई व्यवस्थापन गर्ने  तीनवटा पक्षहरु - राजनीतिक  व्यवस्थापन, वित्तीय व्यवस्थापन र प्रशासनिक  व्यवस्थापन पर्दछन । राजनीतिक  व्यवस्थापन  अन्तर्गत  संघ, प्रदेश र स्थानीय तहको  राजनीतिक पुनर्संरचना गरेर निर्वाचन सम्पन्न भइ जननिर्वाचित प्रतिनिधिहरुकाे नेतृत्वमा  तीनवटै तहमा सरकार गठन भएका छन् ।  र संविधानले तीनवटै तहका सरकारका काम कर्तव्य र अधिकार र राज्य शक्तिको बांडफांड गरेको छ ।  यही आधारमा वित्तीय  व्यवस्थापन  अन्तर्गत तीनवटै तहका सरकारका लागि राजश्वका श्राेतकाे वांडफांड हुने उल्लेख भए  बमोजिम कानुन , नियमका आधारमा  वित्तीय व्यवस्थापन गर्ने  काम  भएका छन । संविधान  निर्माणका क्रममा राजनीतिक र वित्तीय व्यवस्थापनका विषयमा जति धेरै  छलफल  बहस  भयो, तर प्रशासनिक पुनसंरचनाका बारेमा  छलफल भएन । 

संविधान  निर्माण भएको  २ वर्षका बीचमा तीनवटै तहका  निर्वाचन  भए  तर यी तीन तहका  सरकार संचालन  गर्न चाहिने जनशक्तिको परिचालन के कसरी  गर्ने  भन्ने  व्यवस्था भएन । निर्वाचन  भएर प्रदेश र स्थानीय सरकार गठन भयो । जनप्रतिनिधिहरु निर्वाचीत भएर सरकारकाे नेतृत्व गर्नेेअभिभारा बाेकेर तत् ठाउँमा आई सके,तर त्यस पुर्व नै न कुनै  कार्यालयकाे व्यवस्था भएको थियोे, नत कर्मचारी परिचालन  गर्ने  कुनै  व्यवस्था  हुन सकेको  थियोे । यस्तै  अस्तव्यस्त र भद्रगोलका विचमा संघ र प्रदेशका सरकार संचालन  हुन थाले । त्यस पछि  संगठन तथा  व्यवस्थापन अध्ययन  प्रतिवेदन र संविधानकाे धारा  ३०२ बमोजिम कर्मचारी समायोजन सम्बन्धि  अध्यादेश र ऐन र स्थानीय तहकाे वार्षिक याेजना, बजेट तर्जुमा र कार्यसंचालन निर्देशीका लागू भए पछि  कर्मचारी परिचालन  र सरकार संचालन गर्ने  आधार तयार भएको छ । यधपी कर्मचारी समायोजनवाट उत्पन्न  भएका अनेकन समस्या समाधान नहुदा  तीनवटै तहका सरकारका विचमा समस्या  उत्पन्न भएका छन । संविधान बमोजिम  तीनवटै तहका सरकार अन्तर्गत कर्मचारी परिचालन सम्बन्धि  नयाँ  ऐन कानुन नबन्दा सार्वजनिक प्रशासनमा माथि देखिन तल सम्म  तदर्थ , दिशाहिन,अस्थिर र अन्यैैाल ढंगले संचालन भएको छ । यस्तै संविधानमा तीन तहकाे सरकारकाे व्यवस्था भए पनि व्यबहारमा स्थानीय र प्रदेश सरकारकाे प्रशासन प्रमुख र लेखा प्रमुख संघीय सरकारका कर्मचारीवाट काम गराइएको स्थिति  यस्तै     प्रमुख जिल्ला  अधिकारी ,जिल्ला समन्वय समिति,प्रहरी प्रशासन जस्ता कार्यालयहरु संघीय सरकार मातहत रहने स्थितिले संघीयता हाेईन, केन्द्रीय शासन प्रणाली यथावत रहेको देखिन्छ ।  प्रशासनिक संघीयताको व्यवस्थापन गर्न मुख्यतःसरकार , राजनीतिक दल , संसद र सराेकारवाला ट्रेड युनियनहरुकाे गंभीर रुपमा ध्यान जान पर्ने  हाे तर यश बिषयलाई  राजनीतिक  क्षेत्रले कम महत्त्व दिएका कारण आज संघीयताको मुख्य चालक शक्ति प्रशासनिक संरचना पनि रमीते झै बनेको छ ।  

संघीय निजामती सेवा ऐन संघीय संसदले बनाउने  भनिए पनि संविधान जारी भए यताका  तीनवटा संसदको  अधिवेशनमा पनि संघीय निजामती सेवा विधेयक सराेकारवालाहरु संगकाे सहमतिमा पारित गर्नु पर्नेमा राजनीतिक जाेड घटाउकाे कारणले सरकारवाट  चालू संसदको  अधिवेशन नै हतार हतारमा  स्थगन गरिएको छ।यसवाट के स्पष्ट हुन्छ भने  राजनीतिक क्षेत्र  प्रशासनिक व्यवस्थापन गर्न गंभीर देखिएको छैन । यस्तै   अब प्रदेश निजामती सेवा  कहिले  कसरी  लागू गर्ने  भन्नेे अन्याैलता  रहेको छ। संविधानमानै प्रदेशले स्थानीय तहका ऐन कानुन बनाउने उल्लेख  गरिएको स्थितिमा संघीय  निजामती सेवा  ऐन नियमावली जारी  नभए सम्म यी दुई  तहका  कानुन पनि  जारी  हुने स्थिति छैन ।

सघीयताका जानकार लेखक विनाेद न्याैपानेका अनुसार "प्रदेश र स्थानीय तहमा विकेन्द्रीत भएर आएका वित्तीय अधिकार , स्वायत्तता जस्ता विषयका साथ साथै श्राेत -साधन  चलायमान बनाउन ,खर्चको विनियोजन ,व्यवस्थापन गर्ने कार्य पनि प्रशासनिक संघीयतामा पर्दछ । र यस्तो प्रशासनिक संघीयताकाे संयन्त्रले वित्तीय  अनुशासन कायम गर्ने ,पारदर्शिता देखाउन सक्ने र  नतिजामुखी परिणाममुखी काम हुन पर्दछ । यसका साथै संविधानमा उल्लेख भए बमोजिम समाजबादकाे आधार  निर्माणकाे विजाराेपण गर्दै  लैङ्गिक,समतामुखी र समावेशी विकासको  अवधारणालाई स्थानीयतह र प्रदेश तहमा हुर्काउने बढाउने कार्यका लागि  प्रशासनिक कानुन बनाएर क्रियान्वयन गर्नु पर्दछ ।"

प्रशासनिक ब्यबस्थापन  अन्तर्गत  केवल  कर्मचारीहरुकाे सेवा शर्त सुविधा सम्बन्धि  कानुन मात्रै  हाेईन, राज्यको पुनर्सरचना भए पछि  जनतालाई घर दैलाेमै पुगेर सेवा प्रदान  गर्ने  संघीयताको जुन अवधारणा  हाे तदनुरुपकाे जनशक्ति व्यवस्थापन  गरिनु पर्दछ । नेपाल त्यसैत अन्य देश भन्दा कम जनशक्तिबाट जनतालाई सेवा प्रवाह गरिरहेकाे देशमा पर्दछ । त्यहाँ माथि  नवउदारवादी अर्थनीति अवलम्बन गरे यताका  ३० वर्षमा सरकारकाे आकार सानो बनाउने नाममा ३० ओै हजार   सरकारी कर्मचारीकाे दरबन्दी घटाएर सानो आकारमा सिमित  गरिएकाे पृष्ठभूमिमा कर्मचारी समायोजन सम्बन्धि कार्य भयो । उच्च तहका कर्मचारी र विज्ञ जति माथि माथि रहने खालको दरबन्दी  श्रृजना गरेर तल स्थानीय सरकार संचालन गर्न र जनताको घर दैलाेकाे सेवामा  चाहिँ सहायक स्तरका कर्मचारी परिचालन   गर्ने  गरि दरबन्दी  निर्धारण गरियाे। वास्तवमा ७५३ वटा स्थानीय सरकारहरु भनेकाे विकास ,समृद्धिकाे आधारशीला निर्माण गर्ने मात्रै  हाेईन यी सरकारहरु भनेकाे त समाजबादकाे  आधार  निर्माण गर्ने  माध्यम पनि हुन। त्यसाे भएको हुदा स्थानीय स्तरका सरकार  र वडा तह सम्म नै अनुभव , ज्ञान र विज्ञताले भरिपुर्ण जनशक्तिको परिचालन  गरिनु पर्दथ्याे तर  स्थानीय स्तरमा  कार्यालय प्रमुख बाहेक  प्रायः सबै   उपसचिव स्तरका कर्मचारी प्रदेश र संंघमा परिचालन हुने   गरि  समायोजन गरिएको छ । याे वास्तवमा केन्द्रीकृृत र सामन्ती साेंचकै उपज हाे । 


आज गाउँ तहमा  हरेक विषयका विज्ञहरूवाट सेवा पुर्‍याउने जनशक्तिको खांचाे छ।स्वास्थ्य  क्षेत्रमा  कम्तीमा वरिष्ठ डाक्टरहरुकाे सेवा , कृषि र पशु पंक्षीबिकासकाे क्षेत्रमा बरिस्ठ  विज्ञहरुकाे सेवा आवश्यकछ। र यहीँ अनुरुपको स्थानीय तहमा कर्मचारी परिचालन सम्बन्धि दरबन्दी  निर्धारण हुन आवश्यक छ।तर उच्च स्तरका अधिकृत र विज्ञहरु चाहिँ सिंहदरबार वरिपरि रहने खालको प्रशासनिक संरचनाबाट कसरी जनतालाई गुणस्तरीय  सेवा प्रदान गर्ने भन्ने  अहं सवाल खडा  भएको छ । हरेक स्थानीय सरकारमा गुणस्तरीय र विज्ञता सहितको स्तरयुक्त सेवा प्रदान गर्न र स्थानीय सरकारलाई सक्षमताका साथ संचालन गर्न पनि  राजपत्रांकित प्रथम श्रेणी स्तरको नेतृत्वमा प्रसासनिक नेतृत्व गर्ने संरचना निर्माण हुदा  मात्रै  मातहतमा याेजना तर्जुमा , बित्त व्यवस्थापन ,  शिक्षा ,स्वास्थ्य, वातावरण , जनसंख्या , कृषि ,भौतिक पुर्वाधार आदि  क्षेत्रमा , बरिस्ठ  प्राविधिक  विज्ञ जनशक्ति स्थानीय तहमा  परिचालन हुने  आधार  तयार हुनेछ । अहिले स्थानीय सरकार मातहतका वडा कार्यालयहरुबाट ३०/३५ प्रकारका सेवाहरु जनतालाई  सेवा प्रबाह गर्नुु पर्ने  आवश्यकता छ।तर यी सेवाहरु अधिकृत स्तरवाट नभई सहायक  स्तरका  त्योभन्दा पनि न्युन  जनशक्ति बाट मात्रै प्रदान  गर्ने जुन स्थिति छ, यसले गर्दा सेवा प्रवाहमा गुणस्तरीयता आउन  सकेको छैन । अब दलहरूले पनि आफ्नोतर्फबाट निर्वाचनमा जनप्रतिनिधिहरु पनि राजनीतिक रुपले मात्रै सक्षम हाेईन  आर्थिक , प्राविधिक  ज्ञान र सिपले युक्त व्यक्तिलाई निर्वाचनमा उम्मेदवार बनाउन ध्यान दिन जरुरी छ । 

नवउदारबादी अर्थनीतिले   अस्थायी ,करारमा  श्रमिक कर्मचारीलाई श्रम गराएर वृत्ति विकास पनि नहुने  र जीवन निर्वाह गर्न पनि नपुग्ने तलब ज्याला दिएर काम लगाइ चर्काे रुपमा श्रम शाेषण गर्दै  आएको छ।तर अहिले वामपन्थीकाे नेतृत्वमा सरकार संचालन हुदा पनि  स्थानीय तहका सरकारहरुले स्वास्थ्यकर्मी, प्राविधिक कर्मचारी  र शिक्षकहरु धमाधम  अस्थायी र करारमा  नियुक्ति  गरेर नवउदारवादी नीतिलाई निरन्तरता दिने काम गरिएको छ ।

निर्वाचित जनप्रतिनिधिहरुकाे पनि शासकीय मामला र प्राविधिक विषयमा न्यून ज्ञानका कारण  कर्मचारीतन्त्रले नै जनप्रतिनिधिहरुलाई याेजना तर्जुमा ,बजेट तर्जुमा  देखिन  सम्पुर्ण प्राविधिक  विषयमा पुर्ण रुपमा सहयोग पुर्याउनु पर्ने  हुन्छ तर कर्मचारीतन्त्रकै  अनुभव र क्षमता कमजोर हुदा अपेक्षित याेजना,कार्यक्रम र सेवा  प्रवाह प्रभावकारी बन्ने स्थिति नै रहदैन ।


प्रशासनिक व्यवस्थापन गर्नलाई तीनवटै तहका कर्मचारी सम्बन्धि कानुन र संविधान  अनुरुपका तीनवटै तहका सरकारका काम कारबाहीलाई व्यबस्थित ढंगले  समन्वय र संचालन गर्ने कानुन  नबन्दा तीनवटा तहका सरकारका काम कारबाहीमा समन्वयको  अभाव छ। कुन क्षेत्रका बिकाश आयोजना कुन सरकारले  संचालन गर्ने ? कर्मचारीकाे सेवा सुरक्षा ,वृत्ति विकास ,सेवासुविधामा एकरुपता कसरी  कायम गर्ने ? हिजोको स्थानीय निकायमा कार्यरत कर्मचारीलेकाे सेवा सुरक्षा,स्थायीत्व र वृत्ति विकासको सुनिश्चितता   कसरी कायम गर्ने ? सरकारी निजामती सेवामा विसाै वर्ष देखिन  अस्थायी ,ज्यालादारी ,र करारमा कार्यरत कर्मचारीहरुकाे सेवालाई कसरी स्थायीत्व  प्रदान  गर्ने ? लाेकसेवा आयोगवाट  स्थानीय तहमा नियुक्ति  भएका झन्डै  १० हजार नयाँ कर्मचारीकाे सेवा शर्त सुविधा के हुने ? तीनवटै  तहमा कर्मचारीहरुकाे ट्रेड युनियन  अधिकार र गुनासो व्यवस्थापन र सामुहिक सौदाबाजीकाे अधिकारलाई कसरी व्यबस्थित गर्ने ?  भनेर  कानुनमा व्यवस्था गर्न जरुरी छ। स्थानीय  तहमा वित्त  व्यवस्थापन ,  आर्थिक अनुशासन कायम  गर्न  सम्बन्धित  अधिकारीहरु  र जनताकाे भुमिका  आदि वारेमा स्पष्ट व्यवस्था नहुदा खास गरि स्थानीय तहमा  बढदै गएको आर्थिक  अनुशासन  हिनता,  गाउँघरमै वसेर पनि   राजनीतिलाई सेवा  भाव भन्दा पनि आम्दानी गर्ने ,जागिरे  पेसाकाे रुपमा लिने  प्रवृत्ति बढदाे छ। जनप्रतिनिधि भए बापत हरेकले तलव सुविधा लिने , महंगो महंगाे गाडी खरिद गर्ने  ,  कर्मचारीतन्त्रका सक्षम व्यक्तिबाट सेवा  लिनकाे सट्टामा नीजि स्वकीय  सचिव , विज्ञ,सल्लाहकार नियुक्ति गरि जथाभावी  खर्च गर्ने  प्रवृत्ति  र  विकास याेजना  तर्जुमा गर्दा  लाभ ,लागत र प्रतिफलमा आधारित याेजना वनाएर  बजेट तर्जुमा नहुदा संघीय शासन प्रणालीमा गंभीर खालका प्रश्नहरु खडा हुन थालेका छन। र संघीय प्रणाली  खर्चिलो भएको र  राज्यको श्राेत साधनले संघीयता धान्नैै नसक्ने  भनेर टिप्पणी  हुन थालेका छन।


महालेखा परिक्षक विभागकाे २०७७ काे सन्ताउन्नौ प्रतिवेदनले प्रशासनिक व्यवस्थापन नगरिएका कारण  प्रदेश र स्थानीय स्तरमा  अनेक खालका समस्याहरु झांगिन थालेकाे ओैल्याएकाेछ । खासगरी  प्रदेश स्तरमा अझै थुप्रै कानुन  निर्माण नभएको ,दरबन्दी बमोजिमका कर्मचारी पदपूर्ति  हुन नसकेको , सेवा र  कामलाई  प्रभावकारी वनाउन एकद्वार र एकीकृत कार्यालयीय सेवाकाे अवधारणा  लागू नभएको ,जनप्रतिनिधिहरुले जथाभावी रुपमा  सेवा सुविधा  लिएको , राजश्व संकलन गरि  श्राेत परिचालनमा आत्मनिर्भर हुने  याेजना लागू हुन नसकेको , अनुत्पादक खर्च वृद्धि  भएको ,मितव्ययिता कायम  नभएको , दिगो विकासका लागि संघीय र स्थानीय सरकार वीच समन्वय हुन नसकेको ओैल्याएकाे छ । ससाना टुक्रे याेजना र वितरण मुखी याेजनामा  बजेट  विनियोजन हुने  गरेको , खर्च गरे  पछि  मात्रै  बजेट कार्यक्रम संशोधन गर्ने  प्रवृत्ति बढेको ,जनसहभागिता श्रमदानबाट भन्दा उपभोक्ता समितिवाट विकास  निर्माण गर्ने परिपाटी बढेर गएको स्थिति छ ।

यस्तै  स्थानिय तहमा आर्थिक काराेवार र सम्पतीकाे हिसाब यकिन राखि आय व्ययकाे प्रतिवेदन समयमै तयार  गरि रिपोर्टिङ  गर्ने र समयमै   लेखापरीक्षण  गराउने कार्य नभएकाे ,लेखापरीक्षणबाट देखिएको बेरुजु बारे संघीय संसदमा झै स्थानीय तहमा छलफल  गर्ने र वेरुजु असुल उपर र फर्छाैट गर्ने  गराउने संयन्त्रको  अभावमा  झन अनियमितता र भ्रष्टाचार बढेर जाने देखिएको छ ।

संघीयताको मेरुदण्ड भनेकै प्रशासनिक व्यवस्थापन हाे। राजनीतिक नेतृत्व त आउने जाने गर्दछ।तर संघीय शासन प्रणालीलाई स्थीर ढंगले संचालन गर्ने  भनेकाे कर्मचारीतन्त्रले नै हाे। अतः संघीय शासन प्रणालीको स्थायीत्वका लागि , जनतालाई घरदैलो सम्म पुगेर गुणस्तरीय सेवा प्रदान  गर्न याेग्य, अनुभवी ,विज्ञ जनशक्तिको स्थानीय तहका वडा सम्म  परिचालन गर्ने  गरि जनशक्तिको याेजना सहित कर्मचारीकाे सेवा सुरक्षा, राेजगारीकाे स्थायित्व ,बृत्ति बिकासकाे सुनिश्चितता ,समान र एकरुपता खालको न्युनत्तम तलब सुविधा , सबै तहमा  ट्रेड युनियन अधिकार र सामुहिक साैदावाजीकाे सुनिश्चितता गर्न  आवश्यक छ। यस्तै सुशासन कायम गर्न  र  कर्मचारी तथा जनप्रतिनिधिहरुकाे  निरन्तर क्षमता अभिबृद्दिकाे याेजना लागू गर्ने   ऐन कानुनकाे खांचाे छ। यस्तै  स्थानीय र प्रदेश  तहमा  संवैधानिक अंगकाे रुपमा रहेको महालेखा परिक्षककाे बिभाग र  अख्तियार दुरुपयोग  निवारण  आयाेग र लाेकसेवा आयाेगकाे संरचना विस्तार र शसक्तीकरण गर्नका साथै  आत्म निर्भर   भएर श्राेत साधनको परिचालन गर्नेे याेजना ,जनसहभागिता र जनश्रमदानमा आधारित विकासका याेजना संचालन  गरेर जनतालाई विकासको प्रतिफल र अपनत्व वाेध गराउने  गरि ऐन कानुन तर्जुमा  गरिनु पर्दछ। यसरी  समग्र दृष्टिकोणका साथ प्रशासनिक व्यवस्थापन गर्ने  दिशामा  तत्काल ध्यान  दिन सके मात्रै  प्रशासनिक व्यवस्थापन प्रभावकारी भई संघीय शासन प्रणालीकाे व्यवस्थापनकाे  पहिलो  चरण पूरा हुने  विश्वास  लिन सकिन्छ ।

 

पुरा हेर्नुहोस्

कविता : दशैँ
डम्बर थामी 'अनुपम'
रेगिस्तानको तातो हावा बहिरहने
बाफिलो-बाफिलो भावरमा
पिठ्यूँमा आफ्नो सिंगै देश बोकेर
भोकाएका गिद्धहरूबाट जोगाउँदै
भेडाका बथानहरू चराउँदै गर्दा
एक्कासि फोनको घण्टी बज्छ
र, सानी छोरीले तोतेबोली लर्बराउँदै सोध्छिन्
बाबा ! दशैँ आयो !
घर कहिले आउनुहुन्छ ?
म झसङ्ग हुन्छु
ए ! दशैं पो आएछ !

कालिन्चोक गाउँ पालिका- ६,
दोलखा, नेपाल
हाल : बहराइन

पुरा हेर्नुहोस्

जानुका धमला
संयोग पनि अनौठो छ मौसम पनि मेरो मनको भावनालाई बुझे जस्तो आँखाको टिलपिल आँसु जस्तै आकाशले पनि धुम्म परेर मेरो मनको भावनालाई साथ दियो । सिमसिम पानी झर्ने तरखरमा छ मन बाँधे,बेस्कीन पाइडल दबाए साइकलको टाँडी तिर । सर्वहाराको जिन्दगी न हो वर्गमुक्तिको खातिर घरबाट निष्कदा पनि यस्तै र आज पनि उही संयोग मिल्यो एउटा झोला १५ वर्ष पछि पनि कयाैँ युद्धमा नहारेको सिपाही आफ्नै मनसँग हारेर हिडदा क्षणको के बयान गरु र ? जीबनको कुनै समय यही झोला घर थियो । कहिले यही झोलामा कफन र कात्रो पनि हुन्थ्यो तर यो पटक त्यो सबै छैन मात्र छ प्रिय मनहरुको सुमधुर सम्झना एउटा महिलो झोला घाईते शरिर अनमिनले अहिलेसम्म बिद्रोही सेना भएर १५ बर्षसम्म बर्गमुक्ति युद्ध लडे बापतको ३ लाखको चेक र ३ हजार बाटो खर्च ।
अगाडि बढाए यात्रा कहाँ गएर टुंगिन्छ मलाई पनि थाहा छैन । महिलो झोला सहित नारायणगढको एउटा होलटको कोठा बुक गरे आजको रात यही बस्ने निणर्य सहित । मनमोजि मान्छेको चिन्ता पनि कसलाई पो हुन्छ र ? हिजोसम्म मैले बाँचेको जीबन र आजको जीबनमा कति धेरै अन्तर छ । हिजो म सँग हजारौँ सहयोद्धा र बर्गको निष्ठा त्याग थियो आज मसँग छ मात्रै महिलो झोला एक थान घाइते शरिर । मलाई आजकाल ती विगतले पछयाउछ की त म पछयाउँछु । मेरो विगतलाई निकै प्यारो लाग्छ मेरो विगत । वर्गीय प्रितमा रमेको मेरो इतिहास त्यो दिन पनि त्यही प्यारले चुमे मेरा प्रिय यादहरुलाई । विद्रोही सिपाही खै त मैले मेरो सहयोद्धाको बलिदानबाट प्राप्त भएको एके ४७ गलिल लगायतका राइफलहरु ? त्यो रातको सपनामा र्बबराए छु । मैले जनमुक्ति सेनामा भर्ना भए पछि पाएको राइफलहरु त जसलाई हिजो हाम्रो नेतृत्व पंक्तिले दुश्मन करार गरेको थियो उनीहरुलाई पो बुझाए त मेरो अथार्त जनमुक्ति सेनाको इतिहास त त्यही दिन सकिएको हो जुन जनमुक्ति सेना सहित हतियार बुझाउने सम्झौता भयो ।

नारायणगढबाट यात्रा काठमाण्डौ सम्मको तय गरे एक थान साइकल सहित काठमाण्डौ आईपुगेँ १५ बर्षमा गाँउको स्वरुप केही बदलिय छ तर शहर निकै विरूप बनेको रहेछ अझ काठमाण्डौ त कंक्रिड र गिद्धहरुको सहरमा परिणत भए छ । काष्ठमाण्डको सुन्दरता नै हराएछ कस्तो बिडम्बना । १५ वर्षको बिचमा मैले कमाएको भनेको घाइते जीबन र महिलो झोला । म नुवाकोट घर गए मलाई घर एकदमै चिसो लाग्यो । सायद चितवनको तातोमा सेकिएर पनि होला । डेढ दशकपछि घर फिरेको मान्छे मुलुकमा के–के मात्रै भएन । जनयुद्धको समाप्ती २०६२/६३ को जन आन्दोलन राजसंस्थाको बहिर्गमन पहिलो संविधान सभाको चुनाव, माओवादी सरकार लोकतान्त्रिक गणतन्त्र स्थापना अनि भुइँचालो आदि इत्यादी ।

यो पटक मैले मेरो साथी सुप्रिमसँग कमरेड चटानको बारेमा सोधेँ । संकटकालको बेला उनी भैरबनाथ गणमा सँगै बेपत्ता पारिएका थिए भन्ने खवर पनि सुनेको थिएँ । उनले लामो श्वास तान्दै भने ‘क्रान्तिकारी बिचारमा विचलन यो अवस्थामा न सहिदको सम्मान ? न बेपत्ताको खोजी ? न घाइतेको उपचार? न त परिवर्तनको खातिर जीबन बली चढाउन तयार भएकाहरुको उचित ब्यवस्थापन ? न त राहत ? उफ !

सुप्रिमका अनुसार कमरेड चटानको नाम बेपत्ताको सुचिमा नै थिएन । त्यसो भए के उनी जिउँदै छन त ? मन ढक्क फुल्यो । केही आशाको सुनाखरी पलायो । के साच्चै मैले कमरेड चटानसँग फेरि भेटेर बर्ग मुक्तिको खातिर भएको बलिदान र विरताको गाथा सुन्न सुनाउन पाँउछु ? मनमा असैय पिडा भयो क.कौशिल्या पोखरेल र अर्जुन पोखरेलको घरमा गएँ ।

कौशिल्याको आमाले नै मलाई पन्चकन्याको कृष्ण बहादुर तामाङ वा जनयुद्धको बेलामा राखिएको नाम पि.के बी को नम्बर दिनुभयो । युद्धताका कृष्ण बहादुर नुवाकोट जिल्ला कमिटी र जनसरकारको सदस्य समेत थिए सायद । उहाँलाई भोलिपल्टै भेट्न म काठमाडौ हानिए ।

उनको मोबाइल अफ थियो लामो समयसम्म भोलिपल्ट मात्रै खुल्यो  । म यो समय अष्टनारायण सिनेमाहल पुगें । हल बन्द थियो । फिल्म चल्न छाडेछ नेपालमा । मैले पालेलाई पाँच सय रुपैयाँ दिएर फकाएँ । भित्र छिरेँ । बाल्कोनीको सिटमा गएर बसें । दाहिनेतिर अनुहार फर्काएँ । चटान कौशिल्या, गौरी सिटौला, गायत्री उप्रेती, चन्चला आलेमगर, उषा थापा कोही पनि त्यहाँ थिएन । उनीहरुको हातको स्पर्श पनि थिएन, थियो त मात्र एक थान सपना ।
मेरो अनौठो व्यवहार देखेर पाले छक्क परे । मैले खोजेको कुरा पाएको थिइन म मेरा तेही साथी खोज्दै थिएँ जोसँग मैले यही सिनेमा हलमा २०५८ सालको युद्ध विरामको बेलामा हेरेको सिनेमा थियौ बलिदान । खै मलाई के भयो मैले फेरि सडक पेटीको अपाङ वृद्ध मान्छेलाई अर्को पाँच सय थमाइदिएर आफनो बाटो लागे ।

अर्को दिन मोबाइलमा सम्पर्क भयो आपासँग । मैले भने आपा मलाई तपाई सँग भेटनु छ । उनले खुशी हुदै भने कहाँ भेटने ? मैले भने ककनी । खुशी हुँदै आफनो बाटो लागे । त्रिशुली रानीपौवा हुँदै काठमाडौसम्मकोे ५ बर्षदेखिको अलपत्र बाटो म भने चटानलाई भेटने आशमा हुइँकिरहेकै थिएँ गाडीमा । जब आपा अर्थात पि.के.बी लाई भेटे आपा चुपचाप थिए । खासमा मलाई उनले केही पनि भनेका थिएनन् । यति भनेका थिए कि म तपाईंलाई कमरेड चटानसँग भेटाइदिनेछु ।
अब चाहिँ गाडीको रफ्तार अलि कम भयो आपाले केही कुराहरु भन्नु हुन्छ की चटानको बारेमा भनेर घना उत्सुकता बोकेर मनको हावामा कावा खाइरहेको थिएँ ।
२०५८ साल पछिको चटानसँगको भेट के भन्ने होला, के कमरेड चटानको बिबाह भयो होला ? कतै सालडाडा तिर दशैमा पिरु थाप्ने चौतारोमा मलाई भेटन कुरेर त बसेको छैन ? अब त उमेर पनि स्याउँस्याउँती बालबच्चालाई खेलाएर बस्ने बेला भयो नि उसको पनि ? तिनले मलाई कसरी भुल्न सकेको होला हँ ? छुटै उत्सुकताको न्यानो त्यान्द्रो ।

लोकल बस भैरबनाथ गणको ब्यारेकको समिप पारेर अगाडि बढ्यो मनमा झन उत्सुकता थपियो । उ अर्थात बस पनि थाकेछ क्यारे उकालो जानै मानेन । ग्यारेजमा फोन गरे गाडी मिस्त्री आज आउन नसक्ने कुरा बताए आपा सँग माफी मागे । आपा पनि मौन थिए म भने उत्सुकतापुर्ण मन लिएर यात्रामा थिएँ । भोलिपल्ट बिहान ८ बजे भेट्ने गरी आपाको छोरी सूचना पनि सँगै थिइन ।

हामी त्यहाँबाट हिडेर बुढानिलकण्ठ विष्णुमति खोलाको मुहानमा थियौं । कुरुप सहर भित्र पसेपछि बदलिएको बिष्णुमतिको सुन्दरतालाई नियाल्दै एक झमेट झरर्ना सँग रमायौँ । यहाँ यति सग्लो बग्ने विष्णुमति ढलसँगको दुर्रगतिमा पुगे पछिको अवस्थालाई नियाल्दै । पार्कमा पनि पस्न मनलाग्यो लमतन्न परेर चिर निन्द्रामा हराएको निलकण्डको प्रतिमालाई एक पटक चटानसँग पनि तुलना गर्न मन लाग्यो उ पनि त्यस्तै थियो है निन्द्रा लागेपछि जता पनि सुतिदिने ।

‘खै कमरेड चटान ? आपालाई मैले सोधें ?
‘आज हैन भोलि भेट हुन्छ,’ आपाले भन्नु भयो ।
त्यो साँझ हामी सूचनाको घरमा बास बस्यौं । अनौठो के भने क्यान्टोमेन्ट छोडेर आएपछि मलाई सपनाले पछ्याउन छाडेको थियो ।

संकटकालमा कयौ पटक यो गोरेटाहरुसँगको मिठो प्यार छ म सँग । भुमिगत जीबनकालमा पनि बाटोमा सुन लुटन आउने तन्नेरीहरुसँग पनि एक्लै पो भिडेको थिए त शिवपुरीको गेरा गाँउमा । शिबपुरी जंगलको चेक पोष्टै पछि संकट कालमा हुलिया बदलेर ब्यारेक सर्बे गर्नुको मज्जा पनि के थाहा हुन्थ्यो र उनीहरुलाई । दुश्मनसँग लुकामारी खेलेका क्षण झन ताजा भयो गाँउ अनि फेरि चटान सँगको मिलन कल्पनाको सुन्दरता नै अर्कै थियो । जंगलको गोरेटो बाटो हिड्यौं लाँकुरी भञ्जयाङ जाने बाटो रहेछ त्यो । तीन घण्टा हिँडेपछि एउटा गाउँ आयो । कमरेड चटानले बिबाह गरेको ससुराली गाँउ यही पो हो कि ? तर आपाको जबाफ केही थिएन ।
गाउँ मास्तिरको नागबेली बाटो शिबपुरी जंगलको सुन्दरता आपा लेकतिर उकालो लाग्दै हुनुहुन्थ्यो । अघि–अघि आपा पछि–पछि म । अचम्म ! सपनामा देखिएको जस्तै लेकाली उतिसको बोटहरुको घनाजंगल आइपुग्याे, चुत्रो, ऐँसेलु, काफलका बोटहरु ऐँसेलुका काडाहरुले चिथोरेर रगताम्य भएको शरिर ।
घुर्माइलो मौसम । घाम डाँडापारी डुबिसकेको भए पनि आकाश रातो थियो । रक्तिम किरणले डढेको बादल मन रुवाउने गरी साम्राज्य विस्तार गरिरहेझैं देखिन्थ्यो । एउटा लोभलाग्दो नागबेली बाटो लेकतिर मोडिन्थ्यो ।

हामी त्यही बाटोमा उभियौं, जसरी म सपनामा सुनसान उभिएको थिएँ ।
अब उ त्यहाँ रोडको छेउको छारुगा छेउमा जाउँ ठूलो घुम्तीमा सबै तिर सुन्सान थियो आपाको स्वर कामेजस्तो भयो ।
हामी सरासर ढिस्कोमा पुग्यौं । ठूलो घुम्तीसँगै बगेको झरना निकै तल बगिरहेको थियो— शिबपुरी खोला बनेर ।
‘कमरेड चटान लगायत ४५ जनालाई भैरबनाथ गणबाट बेपत्ता पारेर यही फालिएको थियो आपाको स्वर झन काँप्यो ।
मेरो मनमा एकाएक भयको ढ्याङ्ग्रो बज्यो, के सोचेको थिएँ के भयो ?
कयौँ  साथीहरुलाई यातना दिएर भैरबनाथ गणमा नै मारिसकेका थिए । मारेका र जिउदो लाई फरक फरक गाडीमा हालेर ल्याइएको थियो । म लागायत ७ जनालाई यहाँ लस्करै बाँधिएका थियौं । आँखामा पट्टी लगाएर । कमरेड चटान ‘जनयुद्ध जिन्दावाद’ भन्दै जोड–जोडले चिच्याइरहेका थिए ।
‘अनि ?’ म अधीर हुँदै गएँ ।
आपाले भन्दै थिए—
यही बेला गोली चलेको आवाज सुनियो । कमरेड चटानको आवाज बन्द भयो । मेरो पालो आयो सुनसान रात बन्दुकको मजलबाट छोडिने तातो गोलिको प्रतिक्षामा थिए गोली छोडियो गोली सँगै मलाई पनि फाले उनीहरुले तातो पदार्थ सल्बलाएको जस्तो भयो । त्यो क्षण एउटा अँध्यारो सुरुङ जस्तो खाडलमा खसे म । निकै पछि एउटा भयंकर आवाजसहित चिसो पानीको दहमा खसेको रहेछु । पानीको छालले मेरो आँखाको पट्टी खुल्यो । हामीलाई यही ढिस्कोबाट गोली हानेर तल खोलामा खसाइएको रहेछ । मेरो दाहिने पाखुराबाट रगत बगिरहेको थियो । पानी मुन्तिर लुक्दै निकै तल पुगेर म निस्के । अनि राती नै काठमाण्डौ जिल्लाको पाटीको सम्पर्कमा पुगेर रिपोर्ट गरे क.चटान लगायत ४५ जना साथीहरुलाई सामुहिक चिहानमा छोडेर आएको कुरा ।

यति भनेपछि आपा भक्कानिदै रुन थाल्नु भयो । एकाएक मेरो मुटुको चाल रोकियो । आँखामा आक्रोशको आँसु बग्न थाल्यो । आँसुमा एउटा इन्द्रेणी खडा भयो । इन्द्रेणीभित्र सपनामा आईरहने चटानको उही आकृति मुस्कुराउँदै उभियो । एक छिनपछि आकृतिको अनुहार सुस्तरी मलिन बन्दै गयो । तल–तल खस्दै गयो । म फेरि दौडिदै सामुहिक चिहानमा पुगें । आकृति निकै तल पुगिसकेको थियो । शिवपुरी खोलाको सुसाइमा बिलाउनु अघि चटानको आकृति झन् स्पष्ट भयो । उनी भन्न खोज्दै थिए सन्ध्या मलाई माफ गर, मैले तिमीलाई भुलेको छैन मैले देखेको वर्गमुक्तीको सपना पुरा भएकै छैन । यातनाको हरेक दस्तावेजहरुमा हस्ताक्षर गरेर भएको मेरो बलिदानको अहिलेसम्म पनि मूल्यांकन कदर हुनै सकेन ।

पुरा हेर्नुहोस्

जनप्रतिनिधिले सुबिधा पाउने कि नपाउने ? बहस:
पंचायतकालमा नि जनप्रतिनिधिहरु हुन्थे तर तलब पारिश्रमिक  लिदैनथे । किनकि घरबाट  भ्याएर नै गाउँपंचायतकाे काम  गर्ने  चलन थियो  उ बेला ,फेरि  जनप्रतिनिधि  भनेकाे त जनताकाे सेवा गर्ने  पद हाे, राज्यकाे तलब,सुबिधा  लिएर जनप्रतिनिधि  बन्ने काम त्यति हजम हुन्नथ्यो । 
पंचायतीकालका असल परम्परा मध्ये याे परम्परा राम्रो  थियो । तर बहुदल आए पछि प्रधानमन्त्री शेरबहादुर देउवा जी भएकाे बखत  सांसदहरूलाई, पारिश्रमिककाे अलावा  पजेरो ,पेन्सन ,अाैषधी सुबिधा दिएर अाफ्नाे दुनाे साेझ्याउने बिकृत राजनीतिक परम्पराकाे शुरुआत  भयाे।सांसदहरूलाई पजेरो ,पैसा,सुबिधा ,बिदेश शयर,  अाफ्नाे निर्बाचन क्षेत्रमा  सांसदले भने बमोजिमको बिकाश याेजना र बजेट दिएर सरकार बनाउने  र गिराउने जस्ता फाेहाेरी राजनीतिक  अभ्यासको शुरुआत भयाे । यहि मेसाेमा कर्मचारी तन्त्र,संस्थान बैकतिर पनि अफिसकाे गाडीको सट्टामा उच्च तहका अधिकृतहरुलाई  निजी गाडी सुबिधा,पेट्रोल ,ड्राइभर र मर्मत खर्च दिने परिपाटी बस्याे।कतिपयले प्राप्त गाडी सुबिधा(भन्सार शुल्क नलाग्ने )काे उपयाेग गरे कतिले पजेरो सुबिधा लिएर भाडामा लगाएर अाम्दानी खाने(Rent seeking politics )राजनीति काे शुरुआत भयाे।सांसदहरुलाई पेन्सन ,पजेरो सुबिधा दिनु हुन्न भनेर त्यतिखेर संसद र बाहिर पनि बिराेध भयाे।तर त्यतिखेर कम्युनिस्ट पार्टीकै उच्च तहका नेताले त के सांसदहरुले गिट्टी  कुटेर खानेत ? राजनीतिज्ञहरु जाेगीबन्न राजनीतिमा लागेका हाेईनन भन्दै  पेन्सन,पजेरो सुबिधाकाे पक्षमा वकालत गरेका थिए । 

पेन्सनसुबिधाकाे बिराेधकाे अगुवाइ त्यतिखेर युवा नेता गाेकर्ण बिष्टकाे अगुवाइमा  भयाे । त्यसपछि पेन्सन बिधेयक रद्द भयाे  धेरै बिराेध भए पछि पजेरो सुबिधा  पनि बन्द भएकाे थियो । २०६२/०६३ काे अान्दोलनमा पनि यहीँ बिकृती बिसंगतीपुर्ण राजनीतिकाे अन्त्य गरि राजनीतिक स्वच्छता कायम गर्ने मुलनारालाई राजनीतिक दलहरुले अगाडि सारेका  थिए । तब मात्र अान्दोलनकाे राप र ताप बढेकाे थियोे ।  अान्दोलन सफल भई गणतन्त्रकाे स्थापना भयाे । 

गणतन्त्र आए पछि बनेकाे संबिधानले ३ तहकाे सरकारकाे गठन भएकाे छ।निर्वाचन हुनु अगाडि सम्म निर्बाचित जनप्रतिनिधिले के कस्ताे सुबिधापाउने भन्ने कुनै ब्यबस्था थिएन।त्यतिखेर अहिले जस्तो जनप्रतिनिधिले सुबिधा पाउने भन्ने यकिन भएमा स्थानीय तहहका सबै पदमा झन धेरै उम्मेदवार खडा भएर एकले अर्कोलाई जसरी  नी हराएर अाफु जसरी पनि(घरघडेरी बेच बिखन गरेर,सरसापट लिएरठुलाे धन राशि खर्च गरेर चुनाब जित्ने  अभ्यासमा लाग्ने थिए हाेला भनेर सहजै  अनुमान  गर्न  सकिन्छ । र जनप्रतिनिधिकाे तलब सुबिधा सहितका बारेमा जनताले निर्वाचनमा अनुमाेदन गरेका पनि थिएनन।र सुबिधाका बारेमा  पार्टीको  नीति  निर्माणकाे तहमा छलफल निर्णय  भएकाे पाईएकाे छैन ।

देशमा संघीय शासन प्रणालीको थालनी भएकाे छ ।संघीयतामा केन्द्रीकृत शासन प्रणालीमा भन्दा शासकीय संरचना बिस्तार हुने कारण खर्च बढेर जान्छ । गरिब देशका जनताले तिरेकाेझण्डै ९ खर्ब राजश्व रकमबाट साधारण खर्च पुग्न नसक्ने  अबस्थामा मुलुक पुगेको छ।झण्डै  १ खरब रकम राजश्वबाट  साधारण  खर्चका लागि नपुग्ने  भई सकेको  छ। देशमा बामपंथीकाे नेतृत्वमा सरकार गठन भईरहेकाे बेला देशको सिमित र दुर्लभ श्राेतसाधश्राेतसाधनलाई बिकाश ,समृद्धि र उत्पादन बृद्धि हुने क्षेत्रमा लगानी गर्नु पर्ने अभिभारा ३वटै तहका सरकारका सामु अभिभारा अाएकाे छ । अझ कम्युनिस्ट पार्टीले यसबारेमा ठाेस नीति बनाउन जरुरी  छ । स्थानीय तहमा जे जस्ताे पनि सुबिधा लिन जसले पनि पाउने खालका बिकृतीपुर्ण अभ्यासका बारेमा कम्युनिस्ट पार्टी  गंभीर बन्नै पर्दछ । हिजो  पुंजीबादीहरुले राज्यकाे श्राेत साधनलाई  सुबिधा, पारिश्रमिक वा अन्य नाममा दाेहन गरेर मुलुककाे अर्थतन्त्रलाई कमजोर बनाउने काम गरे,अब कम्तीमा बामपंथीहरुले यस्ताे गर्नु हुन्न । 

साेभियतसंघमा क्रान्ति पछि  लेनिनले मन्त्री  र सांसदहरुकाे तलब सुबिधा  अाधा घटाएर बचत रकम देशको  अार्थिक पुर्ननिर्माणमा खर्च गरेकाे इतिहासलाई नेपालका बामपंथीहरुले सिक्न जरुरी  छ । स्थानीय जनप्रतिनिधिहरु अाफ्नै घरमा बसेर, घरकै खाना खाएर स्थानीय सरकारकाे काम र गाउँ घर छिमेकीको  जनसेवा  गर्ने  हुन । उनीहरुले कर्मचारीतन्त्रका मानिस  झै मासिक  तलब सुबिधा  पाउनु  पर्दछ, अन्यथा भ्रष्टाचार बढछ भनेर कम्युनिस्ट  पार्टीकै  नेता कार्यकर्ता बाट अहिले  तर्क हुन थालेकाे छ । 
  स्थानीयतहमा जनप्रतिनिधि का नाममा महंगा महंगा गाडी  किन्ने , हिजो भएकाेअाफ्नाे नीजि गाडी चाहिँ ग्यारेजमा राख्ने वा भाडामा लगाउने वा बिक्रिबितरण गर्ने गरेको समाचार पनि अाउने गरेकाे छ।यस्ताे कार्यलाई  जनताले पटक्कै रुचाएका छैनन् । गाडी सुबिधा  पाए पछि यसका लागि  ड्राईभर, पेट्रोल र मर्मत तथा पार्टपुर्जा बापत ठुलाे रकम खर्च हुने र अनियमितता हुने गरेकाे पनि सार्वजनिक  भएकै बिषय छ ।
यतिखेर  यसबारेमा सतारूढ पार्टी  भित्र ब्यापक बहस छलफल गर्न जरुरी  छ । कम्युनिस्टहरु भनेका  सादा जिबनशैली बिताउदछन, मितब्ययीता कायम गर्दछन, भन्ने जनतामा छाप छाेडन सक्दा मात्रै  पुंजीबादीहरु भन्दा बामपंथीहरुकाे जीवनशैली सादगी हुन्छन भन्ने  जनतामा बिश्वास भएमा मात्रै  जनताकाे नजरमा अाखांकाे नानी बन्न सक्ने अाधार बन्न पुग्दछ ।
अतः बामपंथीहरुकाे सादगी जीवनशैलीकाे पहिचान कायम राख्दै राज्यको दुर्लभ  श्राेत साधनकाे सहि  बिन्यास र जनप्रतिनिधिका सुबिधाका बारेमा ठाेस नीति  बनाई सरकारलाई  नीति लागू गर्न  निर्देशित  गर्न  जरुरी  छ ।

लेखक- प्रेमल कुमार खनाल 

पुरा हेर्नुहोस्

लेखक-प्रेमल कुमार खनाल

शिर्षक :  सन्त्रास र आतंक 
===========
खाेलापारीकाे खेतवारीमा
शहरबाट छाेडिएका सांढेहरु  पसे देखिन नै 
गाउँमा  आतंक छाएको छ
गाउँमा पाकेको वाली विनाश गरिरहेका छन
पल्लो गाउँका गाउँलेहरु खाेलापारीकाे डिलमा उभिएर 
वल्लाे गाउँका गाउँलेहरुलाई 
वाली विनाश गर्ने सांढेहरुलाई  "ठाेक" "ठाेक "भनिरहेका छन
काेही हाेइन ,यिनीहरुले दुखःपाएकाछन
भाेकै छन खाउन न, फेरि टुसा पलाई हाल्दछनी भन्दैछन
काेही यिनीहरु अघाए पछि 
आफै आफ्नो वाटाे लागी हाल्दछन भन्दैछन
काेही खाउन  न कति न खालान र? भन्दैछन
गाउँलेहरुकाे  यस्तै यस्तै भनाइले 
हेर्दाहेर्दै सखाप  पारेर नै छाेडे  सांढेहरुले
गाउँले हरुले दुखः कष्ट गरेर लगाएको पाकेको बाली
पाकेको वाली विनाश संगै भाेकमरी हुने भयो गाउँभरी
याे भाेकमरीले पिराेल्छ भावी सन्ततिसम्मनलाई 
राेगव्याधी फैलने भयाे  यततत्र गाउँ भरी
उता  ती अगाएकाहरु डुक्रिन थालेकाछन
गाउँलेहरुलाई पाे अाक्रमण गर्ने हुन कि भन्ने
सन्त्रास र अातङ्क छाएको छ गाउँ भरी
वाली खाएर डुक्रने सांढेहरुकाे 
सन्त्रास र आतंक छाएको छ गाउँभरी।।

 

पुरा हेर्नुहोस्

१० वर्ष लामो जनयुद्धको इतिहासमा कृष्णभीर भिडन्त एउटै घटना हो, जहाँ माओवादीले दिउँसैको आक्रमण-योजना बनाएर लडेका थिए । करिब चार वर्षअगाडिको सो भिडन्त’bout आक्रमणका कमान्डर भन्छन्, ‘त्यो क्षण अहिले सम्झिँदा चलचित्रजस्तो लाग्छ ।’
जम्मा पैंतालीस मिनेटसम्म चलेको सो भिडन्त माओवादी जनयुद्धको प्रत्याक्रमण चरणको पहिलो योजना र पहिलो कारबाही थियो । एउटा टेलिभिजनले प्रत्यक्ष प्रसारण नै गरेको उक्त भिडन्तका योजनाकार थिए, जनमुक्ति सेनाका वासु स्मृति ब्रिगेडका तत्कालीन ब्रिगेड कमान्डर यमबहादुर अधिकारी ‘प्रतीक्षा’ । नवलपरासी, झ्याल्टुङडाँडास्थित चौथो डिभिजनको मुख्यालयमा नयाँ पत्रिकासित कुरा गर्दै उनले उक्त आक्रमणको योजना र तयारी तीन दिन मात्र भएको बताए । राजमार्ग र कृष्णभीर क्षेत्रको भूगोल’bout पूर्ण जानकारी भएकाले छोटो अवधिमै तयारी पूरा भएको उनको कथन छ ।
मझिमटार बेसक्याम्पबाट कृष्णभीर झन्डै अढाई किलोमिटरको दूरीमा छ भने हवाई रेन्जमा सात सय मिटरजति मात्र । प्रतीक्षाका अनुसार भिडन्त हुनुभन्दा केही दिनअघि मात्र मझिमटारमा सुरक्षाफौज ल्याएर राखिएको थियो । ‘डर लागेन । ’cause भूगोल, सूचना, जनता सबै हिसाबले बलिया थियौं,’ कमान्डर प्रतीक्षाले कृष्णभीर भिडन्तको स्मरण गर्दै भने, ‘तर दिउँसैको योजना बनाएर लडिएकाले अलिकति नर्भस थियौं ।’
त्यस घटनामा आफ्नोतर्फ कम्पनी कमान्डर लखन मारिएको र पाँचजना घाइते भएको उनले बताए । सुरक्षाकर्मीतर्फ भने कति मारिए वा घाइते भए भन्ने अनुमान गर्न नसकिने उनको भनाइ छ । ‘पाँचजनालाई कब्जा गरेका थियौं, त्यही दिन नेपाल वानका पत्रकारको रोहवरमा छाड्यौं,’ उनले भने ।
कृष्णभीर भिडन्त हुनुभन्दा दुई दिनअघि मात्र गजुरी सैन्य क्याम्पबाट हतियार लिएर ६ जना माओवादी कार्यकर्ता भागेका थिए । उनीहरू भागेपछि सेना उनीहरूको खोजमा बाहिर निस्कने सम्भावना रहेकाले योजना बताउन सजिलो भएको प्रतीक्षाले बताए । ‘रेक्की गर्ने गु्रप हिँडेपछि पछिपछि साथीहरूलाई कोचिङ गरी मुभ गराएँ,’ उनले भने, ‘जम्मा ४५ मिनेटजति भिडन्त भयो होला । पछि सर्च गर्दा सवा घन्टाजति लाग्यो कि ?’
माओवादीले जनयुद्ध प्रत्याक्रमण चरणमा प्रवेश गरेको केही दिनमै कृष्णभीर कारबाही गरेको थियो । कृष्णभीर कारबाही जनयुद्धको प्रत्याक्रमण चरणको पहिलो योजना र पहिलो कारबाही थियो । माओवादीले जनयुद्धलाई रक्षात्मक, सन्तुलन र प्रत्याक्रमण नाम दिएको छ । प्रतीक्षाले कृष्णभीरलाई छनोट गर्नुका धेरै कारण बताए । विद्यार्थी राजनीति गर्दा जनयुद्धपूर्व नै त्यस क्षेत्रमा काम गरेकाले त्यस ’roundको भूगोलको उनले राम्ररी अध्ययन गरेका थिए । त्यस ’round थुप्रै एम्बुस थापेको उनीसँग अनुभव थियो । राजमार्ग कहाँ कस्तो अवस्थामा छ भन्ने कुरा आफूलाई जानकारी रहेको उनले दाबी गरे ।
‘त्यही कृष्णभीरकै छेउ भैंसेगौंडा, कृष्णभीरको पश्चिमपट्टिको जबाङखोलामा दुईचोटि एम्बुस, चितवनको सिमलटारका थुप्रै ठाउँमा कारबाही गरेको अनुभव थियो,’ प्रतीक्षाले भने, ‘अर्को कारण थियो, ‘दुश्मन’ आउँछ भन्ने ग्यारेन्टी, त्यस ’roundका जनता हाम्रा सहयोगी, त्यस ठाउँमा लड्नका लागि हामीसँग जनशक्ति, हतियार पुग्दो थियो ।’
प्रतीक्षा जनयुद्ध अवधिभर सानाठूला गरी जम्मा ८१ वटा ‘कारबाही’मा सहभागी भए जसमध्ये २६ वटाको उनी आफैंले कमान्ड गरेका थिए । ‘सदस्यले आफ्नो जिम्माको क्षेत्रबाट कसरी लड्ने भन्ने मात्र हुन्छ भने कमान्डरलाई सबै कमान्डको चिन्ता हुन्छ,’ उनले अनुभव सुनाए ।
यमबहादुर अधिकारी ‘प्रतीक्षा’ जनमुक्ति सेना, चौथो डिभिजन कमान्डर
१ मंसिरको बिहान पातलो कुहिरो लागेको थियो । मौसम चिसो थियो । अन्तिम सेल्टरबाट अघिल्लो राति ११ बजेतिर नै कृष्णभीर पुग्यौं । कुहिरोमा बिहानसम्म तयारी गरिरहेका थियौं । बाटोमा हिँडिरहेका थियौं । शाही सेना सके बिहानै नभए बेलुकीसम्म त पक्कै आइपुग्छ भन्ने लागेको थियो । बिहानपख माइन राख्दै गर्दा अचानक विस्फोट भयो । विस्फोट भएपछि उनीहरूले थाहा नपाउने कुरै भएन । त्यो रिमोट माइन थियो । त्यस्ता माइन अलि सेन्सेटिभ पनि हुन्छन् । माइन पड्केपछि सेना आउने कुरामा झन् ढुक्क भइयो । हामी त भोलिसम्म सेना आए पनि लड्ने तयारीसाथ पुगेका थियौं ।
विभिन्न ठाउँमा १४ वटा माइन राख्यौं । माइन सडकमै राखेका थियौं । कारबाहीका योजना कार्यान्वयनमा जहिले पनि दुश्मनको ढोकामा नै गुप्तचर खटाएका हुन्छौं । त्यसमा जनताले सघाएका हुन्छन् । त्यस कारबाहीमा पनि दुश्मनको ढोकामै हामीले गुप्तचर खटाएका थियौं । मिनेट-मिनेटमा जानकारी आइरहेको थियो ।
समय त अहिले बिर्सें, मेरो सञ्चार सेट बज्यो, ‘गजुरीबाट दुश्मन निस्क्यो’ भनेर । त्यसपछि त सेट लगातार बज्न थाल्यो, ‘गजुरीबाट सेनाको गाडी निस्क्यो । …मलेखु आइपुग्यो । … विशालटार आइपुग्यो । चरौंदी पुलनेर आइपुग्यो ।’ त्यसपछि अन्तिम जानकारी आयो, ‘अब दस सेकेन्डमै आइपुग्छ । ल अब तयार हुनुस् ।’ त्यसपछि सबै कमान्डरलाई ‘अब आइपुग्यो तयार हुनुस्’ भनेर एलर्ट गराएँ ।
म पहिरोको पश्चिमपट्टकिो मोहडामा बसेको थिएँ । जहाँबाट टाढासम्म पनि शाही सेना आएको सजिलै देख्न सक्थें । अग्लो तर भिरालो ठाउँ थियो । त्यहाँबाट अन्य कमान्डरहरूलाई कमान्ड गर्न सजिलो हुन्थ्यो ।
कहाँ बसेर लड्ने ? कसरी कहाँबाट लडाइँ लडाउने भनेर पहिले नै मैले राम्ररी हेरिसकेको थिएँ । यी सारा कुरा मैले तीन दिनमै गरेको थिएँ । मेरा साथीहरूलाई यहाँबाट लडाउँछु, म यहाँ बसेर कमान्ड गर्छु भन्ने सबै कुरा पहिल्यै तय गरेको थिएँ । लडाइँ जसरी पनि जित्छौं भन्नेमा ढुक्क थिएँ । त्यसका लागि हामीले दुश्मनलाई बोलाउन धेरै कुर्नुपर्ने अवस्था पनि थिएन । अघिल्लो दिन मात्र मझिमटार, जहाँ अहिले सैन्य क्याम्प राखिएको छ, त्यहाँ सेना बसेका थिए । त्यसकारण त्यसको सपोर्टका लागि भए पनि सेना जरुर बाहिर आउँछ भन्ने थियो । फेरि कृष्णभीर ब्यारेकदेखि नजिक पनि थियो । त्यो ठाउँ अढाई किलोमिटर थियो । हवाई रेन्जबाट त सात सय मिटर जति होला ।
ठीक ८ बजेर १० मिनेट जाँदा गजुरीतिरबाट सेनाको ट्रक आयो । झन्डै पचास मिटरको दूरीमा पछिपछि बख्तरबन्द गाडी पनि आइरहेको थियो । ‘आउँदैछ’ भन्ने कुरा इन्टेलिजेन्सबाट थाहा पाइसकेको थिएँ । गाडीको आवाजले गर्दा उनीहरूले सुन्न सक्ने अवस्था थिएन । त्यसैले हाम्रा सबै कमान्डरले सुन्ने गरी ‘आक्रमणका लागि तयार होऊ’ भनें । उनीहरूले सुने । हाम्रो फोर्स त्रिशूली पारिपट्टि गोरखाको घ्याल्चोक साइडमा पनि तयारी पोजिसनमा बसेको थियो ।
हाम्रो माइननेर आउनेबित्तिकै ट्रक र बख्तरबन्द दुवैलाई निशाना बनाएर माइन ड्याम्म पड्कियो । त्यस माइनको नाम थियो ‘गमला माइन’ । धूलोको कुहिरीमण्डली छुट्यो । कृष्णभीर धूलोले छोपियो । ट्रक पर्‍यो तर बख्तरबन्दचाहिँ फुत्किहाल्यो । उनीहरू चिच्याउन थाले । अन्धाधुन्द जिपिएमजी चलाउन थाले । उडेको धूलोमा रनभुल्ल परेका उनीहरू भएकै ठाउँमा हाम्रो समूह पुगिहाल्यो । माइन टिमपछि एलएमजी टिम तयार थियो ।
योजनाबमोजिम नै माइनको धूलोमा दुश्मनकहाँ पुगे, फस्ट एसल्टका साथीहरू । कम्पनी कमान्डर लखनको सुरुमै सहादत भइहाल्यो । घमासान लडाइँ चल्यो । ओहो, त्यसपछि त खेदाखेद सुरु भयो । ड्यामडुम गोलीको आवाजमा त्रिशूली नै थर्कियो । प्रत्यक्ष आँखाले देखेको, उनीहरू चारजना ठाउँमै ढले । घाइते कति भए कुन्नि ? अनुमान मात्र लाउन सकिन्छ । हाम्रोतर्फ चारजना घाइते भए । उनीहरू पाँचजना हाम्रो कब्जामा परे । एकजना पत्रकारको रोहवरमा छोडिदियौं । ती नेपाल वानका पत्रकार थिए । उनी कृष्णभीरछेउकै गाउँमा आफ्ना आफन्तकहाँ पुगेका रहेछन् । हामी लडाइँका लागि अन्तिम तयारी गर्दै थियौं । उनी पुगे । लडिरहेको पनि उनले भिजुअल गरे । हामी लडिरहेको सारा जनताले टिभीबाट हेरेछन् ।
मैले आफैं त गोली चलाइनँ । आफ्नो सुरक्षाका लागि मसँग सानो हतियार त थियो । साथीहरूलाई कमान्ड गर्न नै ठिक्क हुन्छ कमान्डरलाई । दुश्मनका हतियार कब्जा गर्‍यौं । टु इन्च मोर्टार एक थान, इन्सास आठ थान, एसएलआर एक थान, एसएमजी दुई थान, टु इन्च मोर्टारको सेल १४ थान, विभिन्न हतियारका गोली पाँच हजारजति कब्जा गर्‍यौं । एउटा एलएमजी पनि पायौं । त्यो एलएमजीको रोचक कथा छ । शाही सेना हतियारसहितका देख्यौं । तर, कब्जामा पर्दासम्म उनीहरूले ती हतियार कहाँ लुकाए कहाँ । एकछिनमै बगर र जंगलमा ती हतियार हराए । पत्तै भएन । एलएमजी बोकेका तिनीहरूलाई कब्जामा त लियौं तर हतियार भेटिएनन् । एक महिनापछि जनताले एउटा एलएमजी भेटेर हामीलाई बुझाए ।
फाइटकै हिसाबले त ४५ मिनेटजति लड्यौं होला । पछि सर्च गर्दा यस्तै सवा घन्टा भयो कि ? राजमार्गमै यसरी दिउँसो घमासान नै लडेको पहिलो भए पनि त्यस्तो डर त लागेन । ’cause भूगोल, हाम्रो इन्टेलिजेन्स सबै त्यत्तिकै अनुकूल थिए । दिउँसो लड्दा पहलकदमी गुम्छ कि भन्ने कताकता डर त लाग्नु स्वाभाविकै हो ।
लडाइँ सकिँदा घाम लागेको थियो । लडाइँपछि गोर्खा जाने घ्याल्चोक पुल तरेर उकालियौं । दुईवटा हेलिकोप्टरले हामीलाई पिछा गर्दै बमबारी गरिरहेका थिए । हेलिकोप्टरले माथिबाट बमबारी गरिरहे, हामी आफ्नो सेल्टर पुग्न उकालिइरह्यौं । उकालोका गाउँमा जनताले ‘यहाँ हेर्नुस् तपाईंहरू लडेको टिभीमा आइरहेको छ’ भन्दै बोलाए । हामीले त आफैं उकालिइरहेको टिभीमा देख्यौं । जनता घरी हामीलाई हेर्थे घरी टिभीमा । त्यसपछि हामीले पनि हेर्‍यौं आफैंले लडेको टिभीमा । देख्दा एकछिन त होइन कि जस्तो पनि लाग्यो । आफू लडेको, उकालिएको, आकाशमा हामीलाई पिछा गर्दै हेलिकोप्टर उडेको । फिल्मजस्तो पो छ त !
कृष्णभीर कारबाही हाम्रो जनयुद्धको प्रत्याक्रमण चरणको पहिलो योजना र पहिलो कारबाही थियो । केही दिनअघि मात्र माओवादीले जनयुद्धको प्रत्याक्रमणको चरणमा प्रवेश गरेको घोषणा गरेको थियो ।
म सहभागी भएका जम्मा ८१ कारबाहीमध्ये कृष्णभीर मेरो ६७औं थियो । मैले कमान्ड गरेका जम्मा २६ कारबाहीमध्ये त्यो २३औं थियो । त्यसबेला म ३० वर्षको थिएँ र वासु स्मृति चौथो बि्रगेडको भर्खरै कमान्डर भएको थिएँ । ०५३ को धादिङको कटुन्जे एम्बुस मेरो पहिलो एक्सन हो भने पछिल्लो कपिलवस्तुको सदरमुकाम तौलिहवा एक्सन ।

पुरा हेर्नुहोस्

मेष– भोगविलासमा खर्च हुनेछ । यात्राको योग बन्नेछ । प्रेममा खुशी मिल्नेछ ।
वृष- कृषिबाट आर्थिक लाभ हुनेछ । व्यापारमा वृद्धि हुनेछ । महिलाबाट सहयोग मिल्नेछ ।
मिथुन– नयाँ काममा योजना बन्नेछ । सानो यात्रा हुनेछ । दाजुभाइबाट राहत मिल्नेछ
कर्कट– बोली वचनको राम्रो प्रभाव पर्नेछ । पुरानो सम्पत्ति बढ्नेछ । इष्टमित्रबाट सहयोग पाईनेछ ।
सिंह– काममा अलमल हुनेछ । इष्टजनसँग भेटघाट हुनेछ । मित्रबाट सहयोग आउनेछ ।
कन्या–प्रेम मनमुटाव हुनेछ । मनोरन्जनमा बढी व्यय हुनेछ । आर्थिक कारणले मित्रता टुट्नेछ ।

तुला- मित्रबाट धन लाभ मिल्नेछ । कृषिबाट विशेष फाइदा हुनेछ । महिलाबाट सहयोग मिल्नेछ ।
वृश्चिक– मानसम्मान पदोन्नतिको चर्चा हुनेछ । नेताबाट आश्वासन मिल्नेछ । सरकारी काममा लाभ हुनेछ ।
धनु – विदेशबाट आर्थिक लाभ मिल्नेछ । पुरानो काम पुरा हुनेछ । पुरानो काम शुरु हुनेछ ।
मकर– मनमा व्यग्रता आउनेछ । स्वास्थ्यमा समस्या बढ्नेछ । काममा मनोवल खस्किनेछ ।
कुम्भु– पारिवारिक साथ मिल्नेछ । प्रेममा सुधार देखिन्छ । नयाँ सम्बन्ध कायम हुनेछ ।
मीन– स्वास्थ्यमा सुधार हुनेछ । विरोधीहरु चुप बस्नेछन् । काम विभाजनमा भनाभन पर्न सक्नेछ ।

प्रस्तुतिः ज्योतिष एवं वास्तुविद् सुरेन्द्र सापकोटा
सम्पर्कः ९८५१०७१५७४ पशुपति जयवागेश्वरी

पुरा हेर्नुहोस्

श्याम श्रेष्ठ

विश्वमा यतिबेला पनि पुँजीवाद निकै बलियो छ । बलियो बने पनि पुँजीवादको प्रमुख शत्रु समाजवाद नै भएको छ। आज पनि पुँजीवादको दुश्मन छ भने त्यो समाजवाद छ। पुँजीवादीहरु कोहीसँग डराएका छन् भने त्यो समाजवादसँग डराएका छन् । अहिले पनि समाजवाद पुँजीवादीहरुका लागि ठूलो खतरा बनेर उभिएको छ । समाजवाद अहिले हारेको अवस्थामा छ। समाजवाद पराजयको स्थितिमा रहेको भएपनि पुँजीवाद समाजवादबाट त्राहीमाम छ ।

जतिखेर विश्वमा समाजवाद आएको थिएन, त्यो बेला महिलाहरुलाई भोट दिने अधिकार थिएन । मजदुरहरुको काम गर्ने समय निकै लामो थियो । सामाजिक सुरक्षा जनताका लागि पहुँचमा थिएन । त्यो बेला न स्वास्थ्यको अधिकार थियो, न त रोजगारीको थियो । केही पनि थिएन। समाजवाद आइसकेपछि पुँजीवादीहरुले समाजवादबाट कयौं कुराहरु लिन बाध्य भए । जस्तो कि रोजगारीको हक दिने कुरा। स्वास्थ्यको हक दिने कुरा । शिक्षामा हक दिने कुरा । महिलालाई भोटिङ राइट दिने कुरा ।

स्वीजरल्याण्डमा त सन् १९७१ मा मात्र महिलाहरुलाई भोटिङ राइट दिइएको थियो । समाजवाद आएको धेरै वर्षपछि विश्वमा समाजवादको खतरा आफुहरुलाई महसुश भइसकेपछि पुँजीवादीहरुले सामाजिक अधिकार दिन थालेका हुन् । बेलायतले त समाजवाद आएको धेरै वर्षपछि मात्र यी अधिकारहरु दिएको हो । जो कुरा उनीहरु (बेलायती पुँजीवादीहरु) ले आफ्नो डकुमेन्टमा उल्लेख गरेका छन् । पुँजीवादी देशहरुले जनतालाई स्वास्थ्यसम्वन्धी हक दिनुपर्ने, रोजगारीसम्वन्धी हक दिनुपर्ने, शिक्षामा हक दिनुपर्ने बाध्यता समाजवादले पैदा गरिदियो ।

जब सोभियत संघमा समाजवाद ढल्यो, सामाजिक अधिकारका कयौं हकहरु छिनियो । त्यसको पहिलो प्रभाव बेलायतमा देखियो। जहाँ सामाजिक अधिकारका मुल्य–मान्यताहरुलाई छिन्ने काम गरियो । तर, सत्य के हो भने पुँजीवादीहरुले समाजवादका नीतिहरुलाई आफ्नो देशमा लागु गर्नै पर्ने अवस्था सिर्जना भयो। खासगरी परिवर्तनका लागि समाजवादले पुँजीवादीहरुलाई समेत धकेल्न बाध्य बनायो ।
समाजवादले संसारभरका गरिखाने वर्गलाई तिमीहरु संगठिन होऊ। तिमीहरुको राज्य आउँछ । तिमीहरु संघर्ष गर्न तयार होऊ। तिमीहरुको राज्य आउँछ भनेर गरिखाने वर्गलाई पहिलोपटक संगठित गर्यो। इतिहासमा के हुने गरेको छ भने कहिलेकाही युद्ध जितिन्छ, कहिले हारिन्छ । पुँजीवादी देशहरुमा पनि त्यस्तो हुने गरेको छ । यस्तो बेला आउँछ, जुन बेला समाजवाद आउँछ ।

अहिले पनि समाजवादको युग, समाजवादको सान्दर्भिकता घटेको छैन भन्ने कुरा अक्टोबर समाजवादी क्रान्तिले देखाएको छ । समाजवाद ढल्नेबित्तिकै सोभियत संघमा कति ठूलो फरक आयो भने जहाँ कि समाजवाद हुँदा रुसमा महिलाहरु सबैभन्दा बढी पार्लियामेन्टमा थिए । सत्ताका विभिन्न अंगमा महिलाहरुको निकै प्रभावशाली सहभागिता थियो ।

जतिबेला रुसमा समाजवाद ढल्यो त्यसको प्रभाव रुसमै देखा पर्यो । जहाँ अहिले असाध्यै न्युन रुपमा महिलाहरु संसदमा रहेको अवस्था छ । महिलाहरुलाई त्यतिसाह्रो फरक पार्दो रहेछ समाजवादले। उत्पादनमा सबै हिसाबले अमेरिकालाई टक्कर दिन सक्ने रुस थियो त्यो बेला, जतिबेला समाजवाद थियो। समाजवाद ढल्ने बित्तिकै अमेरिकालाई टक्कर दिेने देश अहिले चीन भएको छ, रुस होइन ।

वास्तवमा समाजवाद ढल्नुले कति फरक पार्दोरहेछ भन्ने कुराको यो सामान्य उदाहरण हो । यसले पनि के देखाउछ भने समाजवादको महत्व निकै माथि रहेको देखाउँछ । अहिले पनि समाजवादको महत्व घटेको छैन । पुँजीवादीहरुले केही हल्ला मच्चाएका छन्। अहिले पनि पुँजीवादीहरु कोहीसँग डराउछन् भने समाजवादसँग डराउँछन् । अहिले पनि उनीहरुको कोही शत्रु छ भने त्यो समाजवादीहरु नै भएका छन् ।

समाजवादका कमजोरीहरु

रुसमा १०१ वर्षअघि समाजवादी क्रान्ति भएको समयपछि आज आउँदा समाजवादी व्यवस्था लागू गर्दा भएका केही कमजोरी र गल्तीहरुप्रति कम्युनिस्टहरुले पनि केही पाठहरु सिक्नु पर्ने भएको छ। समाजवाद ढल्नुमा मुख्य चार पाँच वटा कमजोरीहरु रहेको देखा पर्छ ।

पहिलो कमजोरी थियो, समाजवादले राज्यसत्ता त हातमा लियो। तर त्यसले व्युरोक्रेसीहरुलाई निकै बलियो बनायो । पार्टीलाई बलियो बनायो। तर, जनतालाई शक्तिशाली बनाएन । अनि जनताले भित्रभित्रै शक्तिहिन भएको महसुश गर्न थाले। यो नै समाजवाद ढल्नुको पहिलो कमजोरी थियो ।

दोस्रो कमजोरी थियो, सोभियत रुसमा कम्युस्टिहरुले ठूलो राजनीतिक क्रान्ति त गरे । तर, आफूहरुलाई रुपान्तरण गर्ने सांस्कृतिक क्रान्ति गरेनन् । राजनीतिक, आर्थिक र सामाजिक रुपान्तरण धेरै हदसम्म गरे। तर सांस्कृतिक क्रान्तिमा जोड दिएनन् । बदलिएको राजनीतिक व्यवस्था र नबदलिएको बानी व्यहोरा र संस्कृतिबीच अन्तरविरोध पैदा हुन पुग्यो ।
बानी–व्यहोरा भनेको लामो समयसम्म रहने रहेछ। व्यवस्था नयाँ छ । तर, बानी व्यहोरा पूरानो छ। जसले अन्तरविरोध पैदा भयो । रुसको सोभियत समाजवादी देशमा यो दोस्रो कमजोरी रहन पुग्यो । यसले पनि समाजवादलाई कमजोर बनाउन पुग्यो ।

तेस्रो कारण, सेनालाई बलियो र झन् शक्तिशाली बनाइयो। लेनिनको कुरा के थियो भने सेनामा सबै जनतालाई सैन्यकरण गर्ने र सेनाको आकारलाई सानो बनाए जाने भन्ने थियो। तर, लेनिनको निधनपछि उल्टो बाटो समाइयो । जनतालाई सैन्यकरण गरिएन, सेनालाई झन् शक्तिशाली र बलियो बनाइयो। त्यो गलत बाटो थियो । जसले गर्दा समाजवाद ढल्न पुग्यो।

चौथो कारण, पुँजीवादीहरुले त समाजवादीहरुलाई एक्लो पार्न घेर्दा रहेछन् । जो उनीहरुको धर्म नै भइहाल्यो । पुँजीवादीहरुले अत्याधुनिक ज्ञान–विज्ञानको क्षेत्रबाट सिद्धान्तको विकास गर्दा रहेछन् । तर, हामी कम्युनिस्टहरुको ज्ञान–विज्ञान एकातिर, समाजवादको सिद्धान्त अर्कोतिर भयो। ज्ञान–विज्ञानको क्षेत्रबाट समाजवादको विकास गर्न सकेनौं। लेनिनको जीवनकालसम्म समाजवादको सिद्धान्तको विकास भएको देखिन्छ। स्टालिनको पालामा आउँदा त्यो रोकिएको देखिन्छ। यो पनि ठूलो गल्ती थियो ।

पाँचौं गल्ती भनेको स्टालिनको पालामा अलि बढी तानाशाहीजस्तो शासन देखा पर्यो । त्यो बेला पार्टीको एउटा सानो कोटरी शक्तिशाली भयो । बाँकी अरु सबै शक्तिहिन भए । यी कारणहरु थिए, जसले रुसमा समाजवादी सत्ता ढल्न पुगेको हो । आजका हामी कम्युनिस्टहरुले यी कमजोरीलाई सच्चाएर समाजवादका उपलव्धि र सीमाबारे गम्भीर रुपमा बहस गर्नुभएको छ ।

 

 

 

 

पुरा हेर्नुहोस्

फेरि पनि रगतले कटकटिएका स्मृतिको पत्रहरू पल्टाउने कोशिश गर्दैछु ।
जहाँ जिवनोत्सर्ग गरेका हजारौं सहयोद्धाहरूको आकृति पनि देखिरहेछु र त यो कुरा लेखिरहेछु । हजारौं घाइते योद्धाहरूको प्रतिबिम्बको झझल्को पनि आईरहेको छ । लाखौंलाख श्रमजीवी जनसमुदायको याद पनि उत्तिकै मात्रामा आईरहेको छ । र “रगत क्रान्तिको उर्जा हो ।” भन्ने महान गुरु क. मार्क्सको भनाइ पनि स्मृतिपटलमा घुमिरहेछ ।
यो अजीव पत्रहरू क्रान्तिकारी ज्ञान चेतले भरिपूर्ण छ । मालेमावादी दर्शनले लैस छ । सर्वहारावादी सिद्धान्तले ओतप्रोत छ । र मुटुको रगत जस्तै जीउँदो इतिहास पनि ।
यो क्यामेराको रिल घुमे झैं फनफनी घुमेर आईरहन्छ । आँसु, रगत र पसिनाको त्रिवेणीबाट गुज्रंदै आएको परिवेश चित्रमा कार्चोपी भर्नु झैं सजिलो थिएन । हुँदैन पनि ! यो त रक्ताश्रुमिश्रीत झन्झावातबाट पैदा भएको एक अकाट्य तथ्य थियो ।
सर्वहारा क्रान्तिको विज्ञान थियो । टाउकोमा आफू छोपिने कफनको फेटा बाँधेर शुरु गरिएको महान यात्रा थियो । वर्गसंघर्षको दावानलमा होमिएको छुट्टै खालको साहस थियो । शोषित-पीडित बस्तीहरूलाई ब्युँझाउने लम्बे अभियान थियो । सर्वहारावर्गको हक, अधिकार प्राप्त गर्ने एक चुनौतीपूर्ण बाटो थियो ।
यो कष्टसाध्य बाटोको बयान जति गर्दा पनि कम हुँदै जान्छ । र क्रान्ति अन्तिममा आएर सम्झौतामा टुंगिंदा दिल असाध्यै दुखेको आभाष पनि हुन्छ । संसदीय दलदलको बिरोध गर्ने र त्यहीँ आएर फँस्ने जस्तो विडम्बना अरु केही हुन सकेन । सर्वहारावर्गलाई ठूलो घात हुन पुग्यो ।
संसदीय प्रणालीलाई खसीको टाउको झुन्ड्याएर कुकुरको मासु बेच्ने अखडा भएको संज्ञा दिनु र अन्तिममा आएर त्यहीँ जाकिनु बहुत ठूलो विडम्बना मान्नुपर्छ । यसरी भावी पुस्ताले पनि नेपाली माटोमा फैलिएको जनयुद्धको अनुभूति गर्न पाउन । र जनयुद्धको मर्म कसरी पत्तासाफ भयो ? भन्ने शिक्षा लिन पाउन भन्ने उद्देश्यले यो संस्मरणात्मक अनुभूति पस्कन गईरहेको छु ।
केही समयअघि सिन्धुपाल्चोक जिल्लाको पश्चिमी भाग बाँणेगाउँमा एउटा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको थियो । त्यतिबेला महान जनयुद्धको तेस्रो योजना आएको थियो । “महान सम्भावना र गम्भीर चुनौती” शिर्षकको दस्तावेज प्रस्तुत भएको थियो । त्यो प्रशिक्षणले मलाई निकै उद्वेलित बनायो । हुन त जनयुद्ध शुरु हुनु भन्दा अगाडि नै मेरो पार्टी सम्पर्क भएको थियो ।
म त्यतिबेला क्षमावती मा. वि. सुस्पामा पढ्थें । छुट्टिमा घरमा आउँदा रित बहादुर दाइसँग भेट हुन्थ्यो । (रित बहादुर खड्का जनयुद्धका एक उज्ज्वल तारा थिए । उनको जति बयान गरे पनि कम हुन्छ । र उनका योगदानहरूको बारेमा धेरै पटक उल्लेख गरिसकेको छु ।
उनीसँग बारम्बार क्रान्तिको बारेमा कुरा हुन्थ्यो । म त्यतिबेला बेला क्रान्तिको बारेमा निकै जिज्ञासु थिएँ । गुरिल्ला तालीम गरेर गुरिल्ला बन्ने ठूलो धोको थियो । उत्कट चाहना थियो । गुरिल्ला तालीम कस्तो होला ? भन्ने कौतुहलता जागृत भएको थियो ।
हुन त बुबाआमा २०३६ सालदेखि नै कम्युनिस्ट आन्दोलनको प्रभावमा पर्दै आउनु भएको थियो । बुबाआमा तत्कालीन ने.क.पा. (मा-ले) मा आबद्ध हुनुहुन्थ्यो । संगठित हुनुहुन्थ्यो । र २०४० सालको पिस्कर हत्याकाण्डपछि त झन घरमा बाक्लै रूपमा भूमिगत नेताहरू बस्थे ।
संगठन बनाउँथे । घरमा अमृत बोहरा, केशव बडाल, माधव पौडेल र मीरा थामीहरू धेरै वर्ष भूमिगत बसे । नेपाली क्रान्तिको बारेमा प्रशिक्षण दिए । हामीलाई पनि बाल सिपाही चाङ का ज, ल्यूलान, चाङ जुते को बारेमा धेरै पढाए ।
हाम्रो घर त्यतिबेलादेखि नै क्रान्तिको पाठशाला बनेको थियो । बुबाले बाह्रबिसेदेखि कोदो बोकेर भूमिगत पार्टीका नेताहरूलाई पाल्नुहुन्थ्यो । बुबाआमाको क्रान्तिप्रतिको समर्पण त्यतिबेलादेखि नै थियो । (बहुदल आएपछि ती नेताहरू सांसद, मन्त्री भए ।
तिनीहरूको जीवनशैली फेरियो । हामी जस्ताको तस्तै भयौं । उनीहरू कुनै दिन पनि हाम्रो घरमा फर्केर आएनन। र हाम्रो जीवनस्तर कहिल्यै पनि सुध्रिएन । सँधै अभावै अभावले पिरोलिरह्यो । हाम्रो जीवनस्तर झन् खस्किंदै गयो ।
भद्रावती खोलामा धेरै धेरै पानी बग्यो तर हाम्रो जिन्दगी जस्ताको तस्तै भयो ।) कसै कसैलाई यो कथा पनि लाग्न सक्ला । यो हाम्रो जिन्दगीको अविस्मरणीय राजनीतिक घुम्ती हो । हाम्रो परिवारले नेपाली क्रान्तिलाई दिएको योगदान हो।
यो पनि सजिलो र सहज अबस्य थिएन । तर यसको अनुभवले गर्दा पनि मलाई क्रान्तिमा लाग्न धेरै ठूलो प्रेरणा मिल्यो । जिन्दगीको एउटा महत्त्वपूर्ण कडीको रुपमा स्थापित भएर आयो । यो सामान्य अबस्था पक्कै पनि थिएन ।
यसरी कम्युनिस्ट इतिहासको रंगमन्चबाट हाम्रो परिवार गुज्रंदै आएको अबस्था थियो । र त हाम्रो परिवार एक हदसम्म बुझ्ने भईसकेको थियो । तर पनि विगतको भूतले बारम्बार तर्साउने गर्थ्यो । ‘अगुल्टाले हानेको कुकुर बिजुली चम्किंदा पनि तर्सन्छ ‘ भने झैं हत्तपत्त विश्वास चाहिँ लागेको थिएन ।
किनकि हामीले विगतमा पनि ठूलो धोका खाईसकेका थियौं । फेरि माओवादी नेताहरूको शैली पनि पहिला पहिला एमालेहरूले बोल्ने शैली जस्तै थियो । क्रान्तिको उही कुरा । पार्टीको उही कुरा । विचार सिद्धान्तको उही कुरा ।
तर फरक एउटा के थियो भने सेना निर्माण गर्ने कुरा । र विगतको जस्तो गद्दारी अवस्य हुँदैन भनेर आश्वास्त पार्न खोजेपछि मात्र केही विश्वास जागेको थियो । माओवादी नेताहरूले सत्ता कायापलट नै गर्ने कुराले खुब छोएको कारणले नै गुरिल्ला बन्न उत्प्रेरित गरेको थियो ।
माओवादी गुरिल्लाहरू बन्दुक बोकेर आउँदा मलाई पनि खुब रहर लाग्थ्यो । यदि देश शोषणको चंगुलबाट मुक्त हुन्छ ! र हामी जस्ता श्रमजीवीवर्ग पनि मुक्त हुन्छौं भने किन बन्दुक नबोक्ने ? भन्ने कुराले नै असाध्यै प्रभाव पारेको कारणले बन्दुक बोकेर हिंड्ने प्रण गरेको थिएँ ।
घरमा बारम्बार माओवादी छापामारहरू आउने । कार्यक्रम गर्ने । बन्दुक पड्काउने गतिविधिहरू भएपछि हाम्रो घर प्रशासनको पहिलो निशानामा परेको थियो । तर पनि हाम्रो परिवार राजनीतिक परिवार भएकोले स्थितिलाई सहजतामा ल्याउने कोशिश गर्थ्यौं । र हामीले गाउँलेहरूलाई पनि आश्वास्त पार्न खोज्थ्यौं । विस्तारै संगठन बनाउँथ्यौं । र भित्रभित्रै फौजी र प्राविधिक तयारीहरू पनि गर्थ्यौं । मलाई फेरि सानै उमेरदेखि भरुवा बन्दुक चलाउने बानी परेकोले पनि केही साहस थपिएको थियो ।
त्यसैले त विचार, सिद्धान्त र भौतिक कुराको संयोजन भएपछि क्रान्तिकारी उर्जा पैदा भएको थियो । यसरी मा. वि. तहको शिक्षा पूरा भएपछि कलेज लाईफमा अबस्य नै राजनीतिक प्रभावले घर गरेको हुन्थ्यो । यसरी क्रान्तिमा पूर्णकालिन भएर हिंड्ने भावभूमी तयार भएको थियो । जो अझै पनि बेस्सरी सम्झनामा गढेर बसेको छ ।
यसरी संगठनको काम गर्दै जाँदा मैले पनि अखिल (क्रान्तिकारी) जिल्ला संगठन समितिको सदस्य भएर काम गर्दै आएको थिएँ । यसरी म जुनसुकै जोड र कोणबाट पनि गुरिल्ला नै बन्न चाहन्थें । यो मेरो दृढ ईच्छाशक्ति थियो । युवा उमेरको महत्त्वपूर्ण निर्णय थियो ।
ऋतुचक्रहरू फेरिंदै जाने क्रममा २०५४ सालको वर्षा ऋतु सकिएर हेमन्त ऋतुको आगमन भयो । हिलोमैलोहरू हट्दै गयो । र नेपालीहरूको महान चाड दशैं पनि आयो । दशैंको फूलपातीको दिन हाम्रो घरमा माओवादी नेताहरू बन्दुक बोकेर आए । रित बहादुर खड्का (चम्किलो तारा), ध्रुव पराजुली (सन्तोष), दावा शेर्पा (प्रकाश) लगायतका साथीहरू आए । बारुद बनाउने, बन्दुक पड्काउने गरे ।
र गाउँस्तरीय प्रशिक्षण सकेर गए । त्यो प्रशिक्षणमा क्रान्तिमा बन्दुक बोकेर हिंड्न को ? तयार छ ? भनेर हात उठाउन लगाए । हामी चार जना डम्बर थामी (अनुपम), देबेन्द्र थामी (चिमाल), ठिल बहादुर थामी (गगन), ईन्द्र बहादुर थामी (सागर) हामी चार जनाले हात उठायौं । वहाँहरूले हामीलाई दशैं मानेर आउनु भनेर जुँगु रित बहादुर दाइको घरमा सम्पर्कमा आउनु भनेर जानुभयो । यसरी हामी २०५४ साल असोज २५ गते बुबा आमाको हातबाट टीका लगाएर क्रान्तिको बाटोमा समाहित भयौं ।
मेरो बुबा आमालाई यो अर्थमा सलाम गर्न चाहन्छु कि क्रान्तिमा निसंकोच टीका लगाएर मलाई पठाउनुभयो । यस्ता बुबा आमा इतिहासमा विरलै पाईएलान । आफ्नो छोरालाई क्रान्तिमा निसंकोच क्रान्तिमा पठाउन तयार हुनुभयो । दशैंको रमझम चलिरहेको बेला हामी चाहिँ झोला बोकेर नयाँ उत्साह र उमंगकासाथ आफ्नो गाउँ घर, पाखा, पखेरा खोलानाला, वन जंगलबाट बिदाई हुँदै तामाकोसी तरेर जुँगुतिर उकालो लाग्यौं ।
- क. डम्बर थामी (अनुपम)

पुरा हेर्नुहोस्

सुचना ! सुचना ! सुचना ! कमरेड हराएको सुचना !
आज जस्तो लाग्छ मानसपटलमा परिवर्तनको सपनालाइ मुर्तरुप दिन मृृृत्यु पत्रमा हस्ताक्षर गर्दै कमरेड तिमी र म ब्याटलमा बारुद सग र वर्गसंघर्ष को अग्निज्वालामा लुकामारी खेलेको त्यो दिन ।

हामी र हाम्रो नाता कत्ती प्यारो थियो । निस्वार्थ र रास्ट्रका लागि बलिदानमा प्रतिस्पर्धा गर्थेउ हामी । आज तिमी कता हारएउ म सम्झीरहन्छु तिमिलाइ । जनताले खोजी रहन्छन सोधी रहन्छन ।

गाउँ बस्ती कुना कन्दरा तिम्रो बाटो हेरिरहन्छन । खै के जवाफ दिउ । म निसब्द हुन्छु । यो समाजमा जिउन र एक छाक खान पनि जनता हरु रात दिन पिल्सिरहेका छन ।

अनि झोला बोकेर सानो आशाको दियो बोकि अन्धकारमा धेरै चोटि म तिमिलाइ खोज्न निक्लन्छु । अह कत्तै पत्ता लाउन सकिन । सबै सामन्तबादका अडाहरुमा नियाले । सरकारी अड्डा तिर पनि पुगे । देखे देखे जस्तो लाग्यो तिमिलाइ निकै बेर ठम्याउन मुस्किल पर्यो । 

तिम्रा वरिपरि पुराना सहयोद्दा कोहि थियेनन सबै नयाँ अनुहार । आशा लाग्यो अब चाहिँ हाम्रा साथिहरुको दुख पिर भोगाइ अनि जनताको गुनासो सबै सुनाउछु ।

सहयोद्दाहरु एक एक गर्दै अभावमा मिर्त्यु झेलिरहेका दुखेसो सुनाउछु भन्ने उत्साह झनै बेग बडेर आयो कमरेड तिमिलाइ सरकारी अड्डामा देखेपछी । म आफुलाइ रोक्न सकिन कमरेड भन्दै तिमी तिर दौडिएको के थिए गार्डले रोक्यो मलाइ । उसले भन्यो यहि उभिनुस । फेरि महिले भने गार्ड दाइ हाम्रो सहयोद्दा कमरेड हो भेट्नुछ ।

नजिकै बसेका एक हुल मानिसहरु भन्दै थिये ।इ निहरु कमरेड होइनन । तपाइले चिन्नु भएन भाइ । इनिहरु त कमाउरेड हुन । तपाईं झुक्किनु भो ।

हामी पनि पश्चिम रोल्पा बाट आएको । रोल्पा भन्ने सुन्ने बितिकै मनमा अतीत सम्झना आयो । म त्यो ठाउँ संग परिचित थिए । हाम्रो निकै बेर भलाकुसारी भयो ।
हो रहेछ म झुक्किएछु भन्ने आभास भो । जुरुक्क उठेर म खोज्न हिडे हराएको कमरेडलाइ ।

लेखक शुरेन्द्र प्रसाद रेग्मी 

पुरा हेर्नुहोस्

सरोज श्रेष्ठ
म एमबिबिएस तेस्रो वर्षमा अध्यनरत विद्यार्थी । कोभिड-१९ महामारीका कारण कलेज बिदा भएपछि नेपालगञ्जबाट फर्किएर गत चैतदेखि काठमाडौंमा परिवारसॅग बस्दै आएको थिएँ । कोरोना सङ्क्रमितको सङ्ख्यासॅगै यसको डर-त्रास पनि दिन प्रतिदिन बढिरहेको थियो  l

करिब चार महिनाको लकडाउनपछि लकडाउन खुकुलो भयो । काठमाडौं प्रवेश गर्नेहरुको घुइँचो बढ्न थाल्यो । यससँगै काठमाडौंमा कोरोना सङ्क्रमितको सङ्ख्या पनि ह्वात्तै बढ्यो । केही काम परेकोले एक/दुई पटक घरबाट बाहिर निस्किएको थिएँ । एक पटक सार्वजनिक सवारीसाधन पनि प्रयोग गरेको थिएँ । 
साउन ३० गते दिउँसोबाट शरीर हल्का तात्तिएको महसुस भयो । जिउ गल्ने, टाउको भारी हुने र बेलाबेला सुख्खा खोकी लाग्ने समस्या पनि सुरु भयो । सुत्नु अगाडि एउटा पारासिटामोलको चक्की खाएर सुतें । गाह्रो भएर बिहान तीन बजे नै ब्युझिएँ । हनहनी ज्वरो आउनुका साथै टाउको पनि एकदम दुखेको थियो । उठेर थर्ममिटरले तापक्रम नाप्दा 101.5°F देखायो । एउटा पारासिटामोलको चक्की खाएपछि अलिक आनन्द भयो अनि फेरि सुतें । 

भोलिपल्टबाट ज्वरो र टाउको दुखाइ कम हुँदै गयो । कतै कोरोनाकै सङ्क्रमण भयो कि भन्ने शंका लागेर पर्सिपल्ट चेकअप गराउन पाटन अस्पताल पुगें । पिसिआर जाँचको लागि नाक र घाँटीबाट स्वाब दिएर घर फर्किएँ । जिउ गल्ने बाहेक सबै लक्षण ठिक भइसकेका थिए । औषधि (पारासिटामोल) तीन दिन मात्र खाँए । तर विस्तारै गन्ध थाहा पाउन भने छोडें  । तीन दिनपछि राति ९ बजेतिर रिपोर्ट आएको मेसेज आयो । अस्पतालको अनलाइन साइटबाट हेर्दा रिपोर्ट नेगेटिभ आएको रहेछ । खुसी हुँदै परिवार अनि साथी-भाइलाई सुनाएर ढुक्क भएर सुतें  । 
भोलिपल्ट बिहान ८ बजे पाटन अस्पतालबाट फोन आयो । मेरो नाममा दुई वटा फरक रिपोर्ट आएको कारण मैले फेरि अस्पताल गएर स्वाब दिनुपर्ने कुरा गर्नुभयो । तर त्यसै दिनबाट काठमाडौंमा निषेधाज्ञा सुरु भएको थियो । कसरी जाने भनेर सोच्दै गर्दा दिउँसो १ बजेतिर फेरि फोन आयो । पाटन अस्पतालको मोलिक्युलर बायोलोजिस्ट बोलिरहेको र अस्पतालमा यस्तो गल्ती पहिलो पटक भएको हुनाले झन्झट नमानी फेरि स्याम्पल दिन आग्रह गर्नुभयो । मैले निषेधाज्ञाको कुरा राख्दा बाटोमा कतै रोक्यो भने उहाँलाई सम्पर्क गर्नु भनेपछि मैले तुरुन्तै बाइकमा गएर स्वाब दिएर आएँ  । 

देशकै एक प्रतिष्ठित अस्पतालबाट महामारीको समयमा यस्तो गल्ती हुनु लज्जास्पद कुरा हो जस्तो लाग्छ । फोनमा कुरा हुँदा रिपोर्ट सकेसम्म एक दिनपछि नै उपलब्ध गराइदिउँला भन्नुभए तापनि तीन दिनसम्म पनि रिपोर्ट आएन । अस्पतालमा सोधपुछ गर्दा टेक्निकल समस्या भएको कारण ढिलो भएको बताउनुभयो । पाँच दिनपछि बल्ल बेलुका फोन आयो । स्वास्थ्य कार्यालयबाट रहेछ।  मेरो रिपोर्ट पोजेटिभ आएको थाहा पाएँ । म आत्तिएँ । यसरी लक्षण देखिएको एघार दिनपछि मात्र म सङ्क्रमित रहेको कुरा प्रमाणित भयो । नेपालमा कोभिडको व्यवस्थापन कति अव्यवस्थित र सुस्त छ भन्ने कुरा यसबाट पनि आकलन गर्न सकिन्छ ।
रिपोर्ट पोजेटिभ आएको कुरा परिवारलाई सुनाउँदा सबै जना आत्तिनु भयो । सबैको मुहार मलिन भयो । पोजेटिभ थाहा भएपछि डरको माहोल सिर्जना भएको कारण घरमै बस्न मन लागेन, त्यसैले आइसोलेसन सेन्टरमै जाने निधो गरें । परिवारमा सबैलाई नआत्तिन र केही दिनमा सबै सामान्य हुनेछ भनेर सम्झाएँ । वडालाई पनि खबर गरें । चाहिने सरसामान सबै तयार पारेर बेलुका सात बजेतिर एम्बुलेन्स चढेर आइसोलेसन सेन्टर पुगें ।
त्यहाँ पुगेपछि एक जना नर्सले सबै विवरण रेकर्ड गरेर कोठा तोकिदिनुभयो । सुरुमै आउनुभएको एक सङ्क्रमित दाइले मलाई कोठा देखाएर वाइफाइको पासवर्ड पनि भन्दिनु भयो । कोठाभित्र एउटा खाट, टेबल, पङ्खा, कुर्सी, बाटा, अनि बाल्टीभित्र नयाँ साबुन, सेम्पु, स्यानिटाइजर, टिस्यु पेपर, तौलिया, चप्पल, थर्मस इत्यादि राखिएका थिए । सबै सामान झिकेर मिलाएर कुर्सीमा आराम गरें ।

मनमा अनेकौं कुरा खेलिरहेका थिए । एउटा साहसिक यात्रा सुरु गरेको अनुभूति भइरहेको थियो । सम्पर्कमा आएका साथीभाइ र आफन्तजनलाई खबर गरें । सबैको डरको केन्द्रविन्दु आफू बन्दा साह्रै दु:ख लागिरहेको थियो । केही बेरपछि एक जना छिमेकी दाइको फोन आयो । बेकारमा किन पिसिआर गराएको, रिपोर्ट पक्कै पनि गलत आएको हुनसक्ने र मैले गर्दा उहाँहरु सबैललाई अप्ठेरोमा पारे भन्ने जस्ता कुराहरू गर्नुभयो । थाहा नभई सङ्क्रमण फैलाउनुभन्दा जाँच गराएर सतर्कता अपनाउनु ठिक हो र केही दिनपछि सबै सामान्य भइहाल्छ नि दाइ भनेर उहाँलाई सम्झाएँ । त्यसैगरी टोलका अरु दुई/तीन जना दाइले पनि फोन गर्नुभयो। सबैको आसय उस्तै थियो । मिडियाबाट पिसिआरप्रति भ्रम फैलिएको कारण धेरेजसोको यसप्रतिको बुझाइ गलत थियो । नतिजा सततिशत सही नहुने भएपछि यसमा विश्वास गर्न नहुने र मेरो रिपोर्ट पनि गलत आएको हुनसक्ने र मैले पिसिआर टेस्ट गरेर गल्ती गरें भन्ने आसय उहाँहरुको थियो । सबैलाई बुझाउने प्रयास गरें तर उहाँहरु बुझ्ने पक्षमा देखिनुभएन । यसरी मलाई मेरो समाजले पिसिआर जाँच गरेर गल्ती पो गरेछु भन्ने अनुभूति गरायो ।

वडाले मेरो परिवार र मसँग सम्पर्कमा आएका व्यक्तिको पिसिआर जाँच एक हप्ता क्वारन्टाइनमा बसेपछि गराउने भन्नुभएको थियो । तर सोही छिमेकी दाइ जसले पिसिआर गर्नु नै गलत र रिपोर्टमा भर पर्न नहुने कुरा गर्नुभएको थियो, उहाँकै कचकच र प्रेसरले गर्दा एक हप्ता पुग्नु अगावै प्राइभेटमा ममीको पिसिआर गराउन बाध्य भएँ । भोलिपल्ट ममीको पिसिआर रिपोर्ट नेगेटिभ आयो । खुसीको सीमा रहेन ।
दुई वर्षदेखि गठिया बाथका कारण ममीले लगातार औषधि खानु भइरहेको थियो । त्यसै कारण पनि ममीलाई सङ्क्रमण भइहाल्यो भने केही नराम्रो असर गर्ला की भनेर मन पिरोलिइरहेको थियो। नेगेटिभको खबरले आधा भन्दा बढी तनाव त्यसै ठिक भयो। हप्ता दिन पुगेपछि वडाले बाँकी सबैको पिसिआर गरायो। पाँच दिनपछि सबैको रिपोर्ट नेगेटिभ आएको थाहा पाउँदा झन् खुसी थपियो। मेरा डर, पिर, चिन्ता, तनाव सबै सकिएको महसुस भयो ।
मसँगै आइसोलेसन सेन्टरमा छेउको कोठामा बसिराख्नुभएका दुई जना दाइको श्रीमती र बच्चाको रिपोर्ट पनि नेगेटिभ आएको थाहा पाएर खुसी हुनुभयो । उहाँहरु खुसी त हुनुहुन्थ्यो तर सँगै बस्ने श्रीमती र साथमा खेल्ने बच्चाको रिपोर्ट नेगेटिभ आउँदा आश्चर्यचकित हुनुहुन्थ्यो । आफ्नै रिपोर्ट पो गलत आएको हो कि भन्ने प्रश्न पनि उहाँहरुको थियो।
लक्षण नदेखिएका संक्रमितबाट संक्रमण फैलिने सम्भावना कम हुन सक्ने हुँदा त्यस्तो भएको हुनसक्ने भनेर उहाँहरुलाई बुझाएँ । मिडियामा केही व्यक्तिहरुले भ्रम फैलाउने गरी मास्क लगाउँदा स्वास्थ्यलाई असर गर्छ, स्यानिटाइजरले हात खराब गर्छ, पिसिआरको विश्वसनीयता छैन भन्ने जस्ता कुरा व्याप्त रुपमा फैलिसकेको थियो । त्यहाँका धेरै जनाले मलाई यी कुराको विषयमा पनि सोध्नुहुन्थ्यो। आफूले बुझेजति र सकेजति बुझाउने प्रयास गर्थें अनि यस्ता भ्रमको पछि नलाग्न पनि आग्रह गर्थें । 
आइसोलेसन सेन्टरमा दिनदिनै संक्रमितहरु थपिँदै थिए । सबैसँग अनुभव साटासाट हुन्थ्यो। एक जना दिदीले आफू भौतिक सम्पर्कमा नै नआएको माइतीमा समेत उहाँको रिपोर्ट पोजेटिभ आएकै कारण माइतीलाई समेत दुर्व्यवहार र घरमा विरोध गर्न आएको कुरा सुनाउँदा मन सिरिङ्ग अनि साह्रै नै खिन्न भयो। आफ्नो समाजप्रति घृणा जागेर आयो।
धेरै जना परिवार पूरै संक्रमित भएर त्यहाँ आउनु भएकाहरु हुनुहुन्थ्यो । त्यहाँ संक्रमित प्रहरीको संख्या पनि धेरै थियो। प्रहरी दाइहरुसँग कुरा बुझ्दा संक्रमितको सम्पर्कमा आएका र संकास्पद प्रहरीहरुको पिसिआरको लागि स्याम्पल लिएपछि रिपोर्ट नआउन्जेल क्वारन्टाइनमा नराखी फेरि काममा खटाउने व्यवस्था रहेछ। धेरै जनाले काममा खटिएकै बेला रिपोर्ट पोजेटिभ आएपछि बल्ल पोसाक परिवर्तन गरी एम्बुलेन्स चढेर सिधै त्यस आइसोलेसन सेन्टरमा आउनुपरेको कुरा बताउनुभयो। यस्तो कमजोर व्यवस्थापनका कारण बाँकी प्रहरीमा त संक्रमण अवश्य फैलिने भइहाल्यो । यसका साथै सुरक्षा दिन खटिएका प्रहरीहरुबाटै समुदायमा समेत संक्रमण फैलिने जोखिम उच्च रहेको देखिन्छ ।
दिनहरु बित्दै गए। त्यहीँको वातावरणमा रमाउन थालें। बिहान सात बजे उठ्थें। नास्तामा चिया, अन्डा, पाउरोटी अथवा बिस्कुट हुन्थ्यो। खाइसकेर घाम ताप्न कौसीमा जान्थें । कौसीबाट एकातिर काठमाडौं सहरको दृश्य अनि अर्कातिर हरियालीले छपक्कै ढाकेको नागार्जुन जङ्गलको मनोरम दृश्य हेर्न पाउँदा मन प्रफुल्लित हुन्थ्यो। दृश्य हेर्दै टोलाउँदै रमाउँदै आधा घन्टा कसरत गरेर कोठामा जान्थें । ताजा दिमागको सदुपयोग गर्दै साथमा लगेका केही किताबहरु पढ्थें।
दस बजे खानामा सादा दाल, भात र तरकारी (प्राय: लौका, घिरौंला, करेला) र अचार हुन्थ्यो । ती सबै पहिला मिठो नलाग्ने तरकारी थिए। तर त्यहाँ के मिठो के नमिठो सबै कुरालाई हेर्ने दृष्टिकोण नै आफूमा फरक भइरहेको पाएँ । दिउँसोको समयमा आफूले लगेको फलफूल जुस र अन्य खानेकुरा मिलाएर खान्थें। तीन बजेको खाजामा अन्डा चिउरा/चाउमिन/रोटी/तरकारी आदि हुन्थ्यो। खाएपछि एकछिन कौसीमा हिँडडुल गर्थें अनि मन लागेमा केहीबेर पुस्तकहरु पढ्थें । मिल्ने साथीहरुसँग लगातार कुरा भइराख्थ्यो । फुर्सदको समयमा अनलाइन लुडो पनि खुब खेलिन्थ्यो। राति आठ बजे खाना खाएपछि फेरि कौसीमा गएर हिँड्दै आकासमा ताराहरु हेर्दै रमाउँथे । कौसीमा बिताएका पलहरु मेरा लागि खास बन्न पुगे। कोठामा फर्किएर लगभग बाह्र बजेतिर सुत्थें  ।
त्यसै आइसोलेसन सेन्टरमा बसिरहनुभएका एक जना दाइले कोभिडका कारण तीन दिन अन्तरालमा आफ्नो बुबा र भिनाजु गुमाउनुपर्‍यो । उहाँसँगै बसिरहेकी दम रोगी कोरोना संक्रमित आमालाई बुबाको मृत्युको खबर सुनाउने हिम्मत उहाँमा थिएन। तनावका कारण विक्षिप्त भई तलमाथि गर्दै अनि कौसीमा भौँतारिदै हिँड्नुहुन्थ्यो । भेटेका सबैसँग हाँसीहाँसी बोलचाल गरेर तनाव कम गर्ने प्रयास गर्नुहुन्थ्यो। जीवनभर भुल्न नसक्ने गरी लागेको चोट भए तापनि आफूले सकेजति उहाँलाई सम्झाइबुझाइ गर्थें । 
केही दिनपछि अर्को एक जना दाइको तीन जना परिवारको डिस्चार्ज हुने मिति पुग्न लागेको थियो। मिति पुग्नु एक दिनअघि नै घरबेटीले फोन गरेर डिस्चार्ज भएपछि एक हप्ता घर नआउन आदेश दिएका रहेछन् । त्यहाँको नर्सलाई यो कुरा राखेपछि घरबेटीलाई सम्झाउन खोज्दा कुरा झन् बिग्रियो । त्यसपछि घरबेटीले पुन: फोन गरेर नानाथरी गालीका साथै आफ्नो घर आफ्नो मर्जी हुने र फेरि पनि अरुलाई फोन गर्न लगाएर धम्क्याएमा घरबाट निकाल्दिने चेतावनी दिएछन्छ। आश्चर्यको कुरा त त्यस घरबेटी आफैं पनि कोरोना संक्रमित थिए र उनको छोरा समेत त्यही सेन्टरबाट केही दिन अगाडि डिस्चार्ज भएर घर गएका थिए । आफू स्वयं संक्रमित भएर अर्को संङ्क्रमितको मर्म बुझ्न त परै जाओस्, त्यसमा घाउ थप्ने घरबेटी देखेर हाम्रो मानवता हराएको समाजलाई धिक्कार्न मन लाग्छ ।
लक्षण नभएका संक्रमितलाई १४ दिन आइसोलेसनमा राखी पिसिआर नगराई घर पठाउने र घरमा एक हप्ता क्वारेन्टाइन बस्न सुझाव दिने गरी सरकारले नयाँ प्रोटोकल लागू गरेको थियो । डिस्चार्ज भएर घर फर्किएपछि पाटन अस्पताल गएर फेरि पिसिआर गराएँ। तीन दिनपछि रिपोर्ट नेगेटिभ भनेर थाहा पाउँदा बल्ल पूर्ण रुपमा ढुक्क भएको महसुस गरें। कोभिडका कारण भोग्नुपरेका सबै सास्ती र केही नमिठा अनुभवहरु याद गर्दै केही बेर मुस्कुराएर बसें ।
प्लाज्मा दान रिपोर्ट नेगेटिभ आएको १४ दिनपछि अथवा संक्रमण भएको २८ दिन पुगेपछि मात्र गर्न मिल्छ। आफू योग्य भएपछि प्लाज्मा बैंक नेपाललाई म प्लाज्मा दान गर्न इच्छुक छु भनेर खबर गरें । केहीबेरमा नै एक जना डाक्टरले फोन गरेर उहाँको बुबा कोभिडको कारण सिकिस्त भई आइसियुमा उपचार गराइराख्नु भएको र अवस्था झन् बिग्रिँदै गएको कुरा सुनाउनुभयो। शनिबार परेको कारण त्रिवि शिक्षण अस्पतालमा नमिल्ने भएपछि ग्राण्डी अस्पतालमा आउन आग्रह गर्नुभयो। त्यहाँ कार्यरत नेपालको एक मात्र ट्रान्सफ्युजन मेडिसिन विशेषज्ञ डा विपिन नेपाललाई भेट्न पाउँदा खुसी लाग्यो । उहाँले सबै रिपोर्ट हेरेर फारम भरिसकेपछि रक्तदान गरी घर फर्किएँ ।
चाहिने सबै टेस्ट गरेर प्लाज्मा छुट्याइएपछि राति ९ बजे उक्त बिरामीलाई प्लाज्मा चढाइएको रहेछ। बिरामीको अवस्थामा अहिले उल्लेखनीय सुधार आएको खबरले म निकै हर्षित छु । कोरोना संक्रमित भई त्यसलाई जितेर अर्को एक सिकिस्त संक्रमितलाई प्लाज्मा दान गरी बचाउनु झन् ठूलो जित हो। कोरोनालाई जितेर प्लाज्मा दान गर्न योग्य भएका सबैलाई प्लाज्मा दान गरी असल नागरिकको पहिचान दिन आग्रह गर्दछु ।
यस महामारीले हरेकलाई भिन्नाभिन्नै अनुभव दिएको छ। लक्षण नदेखिएका संक्रमितलाई यो रोग नै होइन भन्ने लाग्ला। सामान्य लक्षण देखिएकालाई यो सामान्य रोग लाग्ला। धेरैलाई चालै नपाई ठिक भइसकेको पनि होला। संक्रमणका कारण सिकिस्त भएकाहरुको अकल्पनीय अनुभव रहने छ। परिवारका सदस्य गुमाएकाहरुलाई यो अभिसाप ठहरिएको छ । डर, त्रास र भ्रमका कारण अनेकौं घिनलाग्दा घटनाका साथै सामाजिक विभेद र कुरीति स्थापित भएको छ।
अधिकांशलाई कोभिड-१९ १४ दिनभित्र निको त होला तर हाम्रो समाजका कारण खेप्नुपरेका सास्ती र दुर्व्यवहार भने जीवनभर भुल्न सकिँदैन । भ्रामक कुराको पछि नलागी आफैं सत्यतथ्य जान्ने प्रयास गरी यस्ता सामाजिक विकृतिको अन्त्य गरौं। मास्क, साबुन, स्यानिटाइजरको सही प्रयोग गर्दै भौतिक दूरी कायम गर्नुका साथै सामाजिक सद्भाव र मेलमिलाप कायम गरी मानवता उजागर गरौं ।
 

पुरा हेर्नुहोस्

ताजा समाचार


विश्व बक्सिङ संघ (आइबा) काे अध्यक्षमा उमार क्रेकलेभलाई निरन्तरता

काठमाडौं । अन्तर्राष्ट्रिय बक्सिङ संघ (आइबा)को अध्यक्षमा पुनः उमर क्रमलेभले नै निरन्तरता पाएका छन् । यसअघि मे १३–१४ मा टर्कीको इस्तानबुलमा सम्बन्न आइबाको विशेष साधारण सभाबाट उमार अध्यक्ष पदमा चुनिएका थिए ।

तर, अध्यक्षका अर्का प्रत्यासी वोरिश मान डी भोसेले स्वीटजरल्यान्डको खेलकुद सम्बन्धी अदालतमा उजुरी हालेसँगै पुनः निर्वाचन गर्न आदेश आएको थियो । सोही अनुसार अर्मेनियाको राजधानी येरेभानमा आइतबार भएको विशेष साधारण सभामा पुनः निर्वाचन गर्नु पर्दैन भन्ने पक्षमा बहुमत आएपछि उमारले नै निरन्तरता पाएका हुन् ।

भौतिक रुपमा उपस्थित ९९ र अनलाइनबाट सहभागी भएका ५६ सदस्य राष्ट्रका प्रतिनिधिबीच फेरि चुनाव गर्ने किन नगर्ने भन्ने पक्षमा मतदान भएको थियो । उक्त निर्वाचनमा १ सय ६ राष्ट्रले पर्दैन, ३८ वटाले फेरि गर्नुपर्छ र चार मुलुकले तटस्थ बस्ने पक्षमा मतदान गरे । बाँकी सात मत बदर भएको थियो ।

करिब ७५ प्रतिशत सदस्यबाट विश्वासको मत पाएसँगै उमारले नै आइबाको आगामी चार वर्षको बागडोर सम्हाल्ने भएका छन् ।



पुरा हेर्नुहोस्

आईबा अध्यक्षमा पुन: उमार क्रेमलेभ दुई तिहाई बहुमतका साथ विजयी

अन्तर्राष्ट्रिय बक्सिङ संघका अध्यक्षमा रसियाका उमार क्रेमलेभ दुई तिहाई बहुमतका साथ पुन: दाेस्राे कार्यकालकाे लागि निर्वाचित भएका छन् ।  

आर्मेनियाको राजधानी येरेभानमा आज सेप्तेम्बर २४ तारिख मा सम्पन्न अन्तर्राष्ट्रिय बक्सिङ्ग संघ (आईबा) को एक्स्ट्रा अर्डीनरी कांग्रेसले उमर क्रेमलेभको लागि विश्वासको मत व्यक्त गरेकाे हाे । 

इन्टरनेशनल बक्सिङ एसोसिएसन (आईबीए) को कांग्रेसले आज अर्मेनियाको येरेभानमा भएको साधारण सभामा अध्यक्ष उमर क्रेमलेभको लागि विश्वासको मतलाई पुन: पुष्टि गरेकाे छ ।

कांग्रेसले नयाँ निर्वाचनको विपक्षमा मतदान गर्‍यो । प्रतिनिधिहरूले विपक्षमा १०६ मत खसाले, जुन ७५ % हो, १४६ योग्य राष्ट्रिय संघहरू मध्ये ३६ मत विपक्षमा र ४ राष्ट्र अनुपस्थित रहेका थिए । कांग्रेसको निर्णय अनुसार क्रेमलेभले ४ वर्षको लागि आफ्नो पदमा बहाल रहनेछन् ।

यस अघि गत मे १३–१४ तारिखसम्म टर्कीको राजधानी ईस्टानबुलमा सम्पन्न आईबा कंग्रेसबाट निर्विरोध निर्वाचित भएका आईबा अध्यक्ष उमार क्रेमलेभ बिरुद्ध हल्याण्डका अध्यक्ष पदको प्रत्यासी वोरिश मान डि.भोसेले स्वीच्जरल्याण्डको कोर्ट अफ आर्बिट्रेसन अफ स्पोर्टस (कास) मा हालेको उजुरी उपर २०२२ जुन १४ मा वोरिसलाई पनि सहभागीता गराएर निर्वाचन गर्नु भन्ने आदेश भएबाट अध्यक्ष पदको लागि पुन निर्वाचन भएकाे थियाे ।



पुरा हेर्नुहोस्

आईबा अध्यक्षमा पुन: उमार क्रेमलेभ दुई तिहाई बहुमतका साथ विजयी

अन्तर्राष्ट्रिय बक्सिङ संघका अध्यक्षमा रसियाका उमार क्रेमलेभ दुई तिहाई बहुमतका साथ पुन: दाेस्राे कार्यकालकाे लागि निर्वाचित भएका छन् ।  

आर्मेनियाको राजधानी येरेभानमा आज सेप्तेम्बर २४ तारिख मा सम्पन्न अन्तर्राष्ट्रिय बक्सिङ्ग संघ (आईबा) को एक्स्ट्रा अर्डीनरी कंग्रेसमा दुई तिहाई मतका साथ क्रेमलेभ निर्वाचित भएका हुन ।

प्रत्यक्ष १५५ राष्ट्र सहभागी आईबाकाे एक्स्ट्रा अर्डीनरी कंग्रेसमा भर्चुअल माध्यमबाट ५७ राष्ट सहभागी भएकाे मध्य अध्यक्षमा निर्वाचित  क्रेमलेभकाे पक्षमा फेरी चुनाब गर्नुपर्दैन भन्ने पक्षमा १०६ मत प्रत्यासी अध्यक्षका उम्मेदवार वोरिश मान डि.भोसेलेकाे पक्षमा ३८ मत, न्युटल ४ मत र ७ मत बदर भएकाे थियाे ।

यस अघि गत मे १३–१४ तारिखसम्म टर्कीको राजधानी ईस्टानबुलमा सम्पन्न आईबा कंग्रेसबाट निर्विरोध निर्वाचित भएका आईबा अध्यक्ष उमार क्रेमलेभ बिरुद्ध हल्याण्डका अध्यक्ष पदको प्रत्यासी वोरिश मान डि.भोसेले स्वीच्जरल्याण्डको कोर्ट अफ आर्बिट्रेसन अफ स्पोर्टस (कास) मा हालेको उजुरी उपर २०२२ जुन १४ मा वोरिसलाई पनि सहभागीता गराएर निर्वाचन गर्नु भन्ने आदेश भएबाट अध्यक्ष पदको लागि पुन निर्वाचन भएकाे थियाे ।

उमार क्रेमलेभ अध्यक्षमा निर्वाचित भएसंगै आईबा अध्यक्षमा क्रेमलेभ अब ४ वर्ष बाहल रहनेछन् ।



पुरा हेर्नुहोस्


अर्थ मन्त्री शर्माकाे लाेकप्रिय निर्णय : जनयुद्धका सहिद र बेपत्ता परिवारले मासिक तीन हजार पाउने

काठमाडौं- तत्कालीन नेकपा (माओवादी) ले सञ्चालन गरेकाे १० वर्षे जनयुद्धका सहिद तथा बेपत्ता परिवारले अब मासिक भत्ता पाउने भएका छन् ।

नेकपा (माओवादी केन्द्र) का नेता समेत रहेका अर्थमन्त्री जनार्दन शर्माले जनयुद्धका शहिद तथा बेपत्ता परिवारलाई अब मासिक भत्ता उपलब्ध गराउने मन्त्रीस्तरिय निर्णय गरेका हुन् ।

अर्थ मन्त्रालयले गृह मन्त्रालयलाई ‘राजनीतिक आन्दोलनमा बलिदान गर्ने परिवारका लागि जीवनवृत्ति वापत मासिक रकम उपलब्ध गराउनेसम्बन्धी कार्यविधिमा सहमति प्रदान गरेको छ ।

मस्यौदामा उल्लेखित ‘आन्दोलन’ को परिभाषामा ‘सम्भव २०५२ सालबाट सुरु भएको सशस्त्र द्वन्द्व र मधेस आन्दोलनलाई सम्झनुपर्छ भनि मिलाउने’ र ‘बलिदानको परिषाभामा ‘…सशस्त्र द्वन्द्व र मधेस आन्दोलनका घटनामा परी वीरगति प्राप्त गरेका भनि नेपाल सरकारबाट एकीन भई अभिलेख भएको सम्झनुपर्छ भनि मिलाउने गरी र सो क्रममा बेपत्ता पारिएका व्यक्तिहरुको परिवारलाई समेत समेट्नेगरी सहमति’ प्रदान गरिएको हो ।

पुरा हेर्नुहोस्


विश्व बक्सिङ संघ (आइबा) काे अध्यक्षमा उमार क्रेकलेभलाई निरन्तरता

काठमाडौं । अन्तर्राष्ट्रिय बक्सिङ संघ (आइबा)को अध्यक्षमा पुनः उमर क्रमलेभले नै निरन्तरता पाएका छन् । यसअघि मे १३–१४ मा टर्कीको इस्तानबुलमा सम्बन्न आइबाको विशेष साधारण सभाबाट उमार अध्यक्ष पदमा चुनिएका थिए ।

तर, अध्यक्षका अर्का प्रत्यासी वोरिश मान डी भोसेले स्वीटजरल्यान्डको खेलकुद सम्बन्धी अदालतमा उजुरी हालेसँगै पुनः निर्वाचन गर्न आदेश आएको थियो । सोही अनुसार अर्मेनियाको राजधानी येरेभानमा आइतबार भएको विशेष साधारण सभामा पुनः निर्वाचन गर्नु पर्दैन भन्ने पक्षमा बहुमत आएपछि उमारले नै निरन्तरता पाएका हुन् ।

भौतिक रुपमा उपस्थित ९९ र अनलाइनबाट सहभागी भएका ५६ सदस्य राष्ट्रका प्रतिनिधिबीच फेरि चुनाव गर्ने किन नगर्ने भन्ने पक्षमा मतदान भएको थियो । उक्त निर्वाचनमा १ सय ६ राष्ट्रले पर्दैन, ३८ वटाले फेरि गर्नुपर्छ र चार मुलुकले तटस्थ बस्ने पक्षमा मतदान गरे । बाँकी सात मत बदर भएको थियो ।

करिब ७५ प्रतिशत सदस्यबाट विश्वासको मत पाएसँगै उमारले नै आइबाको आगामी चार वर्षको बागडोर सम्हाल्ने भएका छन् ।

पुरा हेर्नुहोस्


कुनै एकदिन कुनै पुस्ताले सानुकान्छा श्रेष्ठको योगदानको इतिहास खोजी गर्नेछ ।

समाजसेवी क.सानुकान्छा श्रेष्ठ 

✍️ अनुराग अरुण 

२०५२ सालमा लुभुमा खानेपानीको साह्रै समस्या थियो । बिहान टोल टोलमा रहेको सार्वजनिक धारामा एक दुई घण्टा पानी आउँथ्यो । टोलभरिका महिलाहरु गाग्री लाइनमा लश्करै राखेर आफ्नो पालो अनुसार पानी थाप्थे । कुनैबेला पानीको लागि टोल टोलमा महिलाहरु आपसमै झगडा गरिरहेको दृश्य यदाकदा देखिन पाईन्थ्यो । कुनै टोलमा टोकन अनुसार पालैपाला पानी थाप्थे । कुनै बेला चार पाँच दिन धाराबाट पानी आउँथेन । तब मान्छेहरु साइकल, गाडी र मोटरसाइकलमा पानी राख्ने ग्यालेन लिएर लामाटार ढुगिंनसम्म पानी लिन जान्थे ।

त्यतिबेला लुभुबासीहरु नुहाउन र लुगा धुन इनारको पानी र गोदावरी खोलाको पानी प्रयोग गर्थे । चैत्र बैसाखको गर्मीमा इनारमा पानी पनि उतिसारो हुन्थिएन । नुहाउन र लुगा धुने झन समस्या थियो । एक एक थोपा पानीको अति नै अमुल्य महत्व थियो ।

तर आज अधिकांश लुभुबासीहरुको घर घरमा खानेपानीको धारा जडान भएको छ । बिहान बेलुका धारामा पानी आइरहन्छ । अब पहिले जस्तो नुहाउन, लुगाधुन र पिउन पानीको कुनै समस्था छैन । पहिले जस्तो टोल टोलमा खानेपानीको लागि झगडा गरिरहनुपर्ने अब अवस्था छैन । 

जब म पानी पिउँछु । पिउने पानीको गिलासमा क.सानुकान्छा श्रेष्ठको पसिनाले लतपतिएको अनुहार झल्झल देख्छु । यिनैको भगिरथ त्याग, तपश्या र अथक प्रयासले आज लुभुभरिमा खानेपानीको सर्व सुलभता भएको छ । अहिले लुभु खानेपानीको सञ्चालक समितिमा सबै पार्टीका मान्छेहरु सञ्चालक हुनुहुन्छ । उहाँहरु सबैलाई यो कुरा विदितै छ, लुभुमा खानेपानीको लागि सानुकान्छा श्रेष्ठले के कति गरे ? सधैं दिन रात आफै खटेका छन् । यति मात्र होइन, खानेपानीलाई आफ्नो करौडौं मुल्यपर्ने जग्गा समेत दिएका छन् ।

दु:ख लाग्छ, हामी कुनै अमुक दलका कार्यकर्ता वा मतदाता त भयौं । तर हामीमा राजनीतिको उच्च सभ्य संस्कार भएन । चेतना आएन । मलाई लाग्छ, आज नभए भोलि कुनै न कुनै एकदिन कुनै पुस्ताले क.सानुकान्छा श्रेष्ठको यो योगदानको इतिहास खोजी गर्नेछ, र त्यसको निष्पक्ष मुल्याकंन अवस्य गर्नेछ ।

पुरा हेर्नुहोस्