मुख्य पृष्ठ हटलाइन समाचार शिक्षा / स्वास्थ्य राजनिती खेलकुद समाज अपराध अर्थ / व्यापार अन्तराष्ट्रिय भिडियो लेख तथा रचना

अपराध


काठमाडौं, ८ साउन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार जाँच पार गरेर बाहिरिएको एक क्विन्टल सुन बरामद प्रकरणमा अनुसन्धानका लागि राजस्व अनुसन्धान विभागले प्रहरीको सहयोग मागेको छ ।

राजस्व अनुसन्धान विभागले सुन प्रकरणको छानबिनका लागि प्रहरीको सहयोग मागेपछि प्रहरी प्रधान कार्यालय, नक्सालले एसपी कृष्ण पंगेनीलाई पठाउने निर्णय गरेको उच्च सरकारी स्रोतले बतायो ।

पंगेनी यसअघि उपत्यकाभित्र हुने गम्भीर प्रकृतिका अपराध अनुसन्धान गर्ने निकाय उपत्यका अपराध अनुसन्धान कार्यालयमा काम गरिसकेका अधिकृत हुन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत रहेको राजस्व अनुसन्धान विभागले एक क्विन्टल सुन बरामद गरेपछि त्यसबारे बुझ्न आइतबार गृहमन्त्री नारायणकाजी श्रेष्ठ विमानस्थल भन्सार कार्यालय पुगेका थिए ।

त्यसक्रममा उनले राजस्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगाना, अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारी लगायतसँग छलफल गरेका थिए । त्यसपछि विभागले प्रहरी प्रधान कार्यालय, नक्साललाई पत्राचार गरेर सहयोग मागेको स्रोतको भनाइ छ ।

मंगलबार हङकङबाट क्याथे प्यासिफिक एयरलाइन्स मार्फत आएको कम्तीमा १०० किलो सुन राजस्व अनुसन्धान विभागको टोलीले बरामद गरेको थियो ।

मोटरसाइकल र स्कुटरको ‘ब्रेक शु’भित्र लुकाएर ल्याएको सुन भन्सार जाँच पार गरेर विमानस्थलबाट बाहिरिएको थियो । यस प्रकरणमा संलग्नहरुलाई पक्राउ गर्न विभागले सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको विशेष ब्यूरोको सहयोग लिएको थियो ।

१७ माघ २०७९ मा २२११.७६ को बिन्दुमा बन्द भएको नेप्से पछिल्लो एक वर्षमा त्यसभन्दा माथि जान सकेको थिएन ।

तर, आइतबार नेप्से बन्द भएपछि नेपाल राष्ट्र बैंकले आयोजना गरेको पत्रकार सम्मेलनमा गभर्नर महाप्रसाद अधिकारीले सबै सेयर धितो कर्जाको जोखिम भार घट्ने नभई ५० लाख रुपैयाँसम्मको सेयर धितो कर्जाको जोखिम भार मात्रै १०० प्रतिशतमा झार्ने जानकारी दिएका थिए । ५० लाखभन्दा माथिको सेयर धितो कर्जाको जोखिम भार यथातव रहेको उनले बताए ।

सो जानकारी पाएपछि आइतबार उत्साहित भएका लगानीकर्तामा सोमबार उक्त उत्साह कायम रहेन । जसले गर्दा नेप्सेमा ४९.९७ अंकको उतारचढावका बीच २६.६६ अंकको गिरावट भएको छ ।

सोमबार नेप्सेमा गिरावटपछि नेप्से २२००.०५ को बिन्दुमा बन्द भएको छ । लगातार बढ्दो क्रममा रहेको वाणिज्य बैंकहरुको सेयर मूल्यमा नै उच्च गिरावट हुँदा सोमबार नेप्से पनि घटेको छ । वाणिज्य बैंकको बैंकिङ उपसूचक २ प्रतिशतले गिरावट भए पनि सोही समूहको ग्लोबल आईएमई बैंकको सेयरमूलय भने ३.६३ प्रतिशतले बढेको छ ।

सोमबार अन्य र म्युचुअल फण्ड बाहेक सबै उपसूचकमा गिरावट हुँदा विकास बैंक उपसूचक सर्वाधिक ३.५ प्रतिशत र व्यापार उपसूचक २.९२ प्रतिशतले गिरावट भएको छ । यता अन्य उपसूचक २.८७ प्रतिशतले वृद्धि हुँदा म्युचुअल फण्ड उपसूचक ०.९५ प्रतिशतले वृद्धि भएको हो ।

नेप्सेमा गिरावट आए पनि कारोबार रकम भने करिब पौने ५ अर्ब पुगेको छ । लगातार बढेको बजारमा कतिपय लगानीकर्ताले नाफा बुक गरेको विश्लेषण गरिएको छ । सानो कर्जामा मात्रै जोखिम भार घटेको हुँदा बजारको वृद्धि दिगो नहुने विश्लेषणका आधारमा पनि लगानीकर्ताले शेयर बेचेको देखिन्छ। उतारचढावबीच नेप्सेमा कारोबार उच्च भएकाले सेयर खरिदकर्ता पनि सक्रिया रहेको देखिन्छ ।

सोमबार नेप्सेमा लगानीकर्ताको आकर्षण नेपाल पुनर्बीमा कम्पनीमा देखिएको छ । कम्पनीको सेयरमूल्य ५.९६ प्रतिशतले वृद्धि भएको छ भने कारोबार रकम पनि सर्वाधिक २५ करोड ५७ लाखको कारोबार हुँदा ग्लोबल आईएमई बैंकको १९ करोड र प्रभु बैंकको १५ करोड २० लाखको कारोबार भएको छ ।

सोमबार नेप्सेमा कुल २१९ सुचिकृत कम्पनीको सेयर कारोबार भएको छ । जसमध्ये १६३ कम्पनीको सेयरमूलयमा गिरावट हुँदा ५० कम्पनीकधो सेयरमूल्य बढेको छ । यस्तै ६ कम्पनीको सेयरमूलय स्थिर छ । सोमबार किसान लघुवित्तको सेयरमूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट मूल्यमा बन्द हुादा सर्वाधिक रकमको सेयर किनबेच भएको नेपाल पुनर्बीमा कम्पनीको सेयरमूल्य ५.९६ प्रतिशत र बलेफी हाइड्रोपावरको सेयरमूल्य ४.१० प्रतिशतले गिरावट भएको छ ।

एनआईबीएल ग्रोथ फण्डको इकाइमूल्य सर्वाधिक ६.९३ प्रतिशतले गिरावट हुँदा लिवर्टी इनर्जीको सेयरमूल्य ६.२५ प्रतिशत र विशाल बजार कम्पनीको सेयरमूल्य ५.३३ प्रतिशतले गिरावट भएको छ ।

पुरा हेर्नुहोस्

काठमाडौँ, ७ साउन । एक क्विन्टल सुन तस्करी प्रकरणमा त्रिभुवन विमानस्थल भन्सार कार्यालयका ३ जना कर्मचारी र ३ जना भन्सार एजेन्ट पक्राउ परेका छन् ।

राजस्व अनुसन्धान विभागको विशेष टोलीले आइतबार उनीहरूलाई पक्राउ गरिएको हो । योसँगै सुन तस्करी प्रकरणमा पक्राउ पर्नेको संख्या १६ जना पुगेको छ ।

आइतबार पक्राउ पर्नेमा भन्सार अधिकृत सन्तोष चन्द, खरिदार एवम् जाँचकी कुमार ढकाल र एक्सरे अपरेटर सरोज श्रेष्ठ रहेका छन् । यस्तै सुन भन्सार पास गराउन संलग्न रहेको आरोपमा भन्सार एजेन्ट यादवशंकर पराजुली, सुदर्शन गौतम र रुकमिना सुब्बा पनि पक्राउ परेका छन् ।

यसअघि विभागले सुन तस्करीमा संलग्न १० जनालाई नियन्त्रणमा लिइसकेको छ ।

गत मंगलबार हङकङबाट आएको क्याथे प्यासिफिक एयरमार्फत १०० केजी सुन स्कुटरको ‘ब्रेक शू’ मा लुकाएर काठमाडौं ल्याइएको थियो । सो सुन भन्सार प्रणाालीबाट सहजै पास भएर बाहिरिन लाग्दा विभागको टोलीले बरामद गरेको थियो ।

पुरा हेर्नुहोस्

काठमाडौँ, ७ साउन । ललितानिवास जग्गा प्रकरणमा थप एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा नापी विभागकका तत्कालीन कर्मचारी अरुणकुमार श्रेष्ठ रहेका प्रहरीले जनाएको छ ।

उनलाई नेपाल प्रहरीका केन्द्रीय अनुसन्धान विभाग सीआईबीले जोरपाटीस्थित निवासबाट पक्रेको हो ।

पुरा हेर्नुहोस्

ेकाठमाडौं, ५ साउन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद करिब एक क्विन्टल सुन प्रकरणबारे विस्तृत अध्ययन गर्न राजस्व अनुसन्धान विभागले छुट्टै समिति गठन गरेको छ ।

मंगलबार त्रिभुवन विमानस्थल कार्गो भवन अघि बरामद सुनबारे विस्तृत अनुसन्धान गर्न राजस्वले अनुसन्धान अधिकृत तोकेको हो ।

विभागका महानिर्देशक नवराज ढुंगानाकाअनुसार राजस्व र प्रसाशनका निर्देशकहरुसहितको चार सदस्यीय अनुसन्धान अधिकृत तोकिएको हो । यही समितिले अब सुन तस्करी प्रकरणबारे विस्तृत अनुसन्धान गर्ने उनले बताए ।

‘सुन बरामद र त्यसका संलग्नहरुको पहिलो लेयर पक्राउ गरेपछि हामी आंशिक रुपमा सफल भएका छौं,’ महानिर्देशक ढुंगानाले भने,‘ अहिलेसम्मको सबै काम सिंगो विभागले ग¥यो अब हुने अप्रेशनमा सामूहिक रुपमै काम हुन्छ । तर, प्राप्त प्रमाण र थप तथ्यमा केन्द्रिकृत भएर अनुसन्धान अधिकृतहरुले काम गर्छन् ।’

विभागले सुन तस्करी प्रकरणको पहिलो जालो पक्राउपछि थप अनुसन्धानलाई तीब्र पारिएको उनले बताए ।

पुरा हेर्नुहोस्

काठमाडौं, ५ साउन । दाङमा एक वृद्धामाथि बसभित्र सामूहिक बलात्कार भएको छ । बलात्कारको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

बिहीबार राति तुलसीपुर उपमहानगरपालिका–५ स्थित बसपार्कमा पार्किङ गरेर राखिएको ना ४ ख ७८४८ नम्बरको बसभित्र प्युठानकी ७३ वर्षीया वृद्धामाथि सामूहिक बलात्कार भएको प्रहरीले जनाएको छ । वृद्धामाथि बलात्कार गरेको आरोपमा दुई जनालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी पुष्पराज मल्लले जानकारी दिए ।

पक्राउ पर्नेमा दाङको तुलसीपुर उपमहानगरपालिका–१५ का ३० वर्षीय पुष्कर रोका र सल्यान कुमाख गाउँपालिका–७ का २० वर्षीय रेशम विक रहेका छन् ।

डिएसपी मल्लका अनुसार वृद्धामाथि बलात्कार भइरहेको सूचना पाएपछि सूचनाको आधारमा पुगेको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

पुरा हेर्नुहोस्

काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ललितानिवास जग्गा प्रकरणमा किर्ते र जालसाझीपूर्ण कार्य गरेको भन्दै सरकारका बहालवाला सचिवलाई पक्राउ गरेपछि कर्मचारी क्षेत्रमा तरंग सिर्जना भएको छ। ललितानिवासको जग्गा व्यक्ति र गुठीको नाममा बनाउनुअघि टिप्पणी उठाउने तत्कालीन शाखा अधिकृत र हालका बहालवाला सचिव कृष्णबहादुुर राउतलाई पक्राउ गरेकोमा कर्मचारी वृत्तमा असन्तुष्टि सिर्जना भएको छ। सीआईबीले सञ्चार सचिव राउतलाई बिरामी बुबालाई भेट्न आइतबार विराटनगर जाने क्रममा काठमाडौंस्थित एयरपोर्टबाट पक्राउ गरेको थियो।

सीआईबीले सोही प्रकरणमा अन्य ५ पूर्वसचिव र १७ सहसचिवलगायतका दर्जनौं कर्मचारीमाथि पक्राउ पुर्जी जारी गरिरहँदा सो कार्यमा संलग्न उच्च राजनीतिक नेतृत्वमाथि सीआईबीले केही गर्न नसकेको भन्दै कर्मचारीवृत्तमा असन्तुष्टि पैदा भएको छ। सोमबार केही बहालवाला र पूर्व कर्मचारीले सामाजिक सञ्जालमार्फत अन्तिम निर्णय गर्ने राजनीतिक नेतृत्वलाई बचाएर टिप्पणी मात्रै उठाउने कर्मचारीलाई पक्राउ गर्नु गलत भएको भन्दै विरोध गरेका छन्।

सरकारका पूर्व मुख्य सचिव डा. विमल कोइरालाले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राउत पक्राउ परेपछि त्यसप्रति विरोध जनाए। कोइरालाले सामाजिक सञ्जालमार्फत शाखा अधिकृत हुँदा लेखेको टिप्पणीको आधारमा सचिव भइसकेपछि पक्राउ गर्नु ठीक नभएको बताए।पूर्व मुख्यसचिव कोइरालाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘कृष्ण राउत शाखा अधिकृत हुँदाको कसुरमा परेछन्, उपल्लो निर्णयकर्तालाई केरकार नगरी तल्लो तहकोलाई समात्नु ठीक भएन।’

ललितानिवासको सरकारी जग्गा व्यक्तिको नाममा ल्याउने गिरोहमा राजनीतिक नेतृत्व, भूमाफिया र कर्मचारीहरू गरी त्रिपक्षीय नेक्सस देखिए पनि सीआईबीले भने कर्मचारीहरूलाई बढी निशाना बनाएको भन्दै कर्मचारी संयन्त्रबाट विरोध भएको हो।

सरकारी जग्गा व्यक्तिको नाममा बनाउने किर्ते धन्दा सञ्चालन गर्ने र कर्मचारीतन्त्रलाई बाध्य पार्ने राजनीतिक नेतृत्वमाथि सीआईबीले पक्राउ पुर्जी जारी गर्न सकेको छैन। यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ।

 

पुरा हेर्नुहोस्

काठमाडौं, २० असार। जिल्ला अदालत काठमाडौंले नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्यामा संलग्न भएको आरोप लागेका समीरमान सिंह बस्नेतलाई जन्मकैदको फैसला सुनाएको छ ।

न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासले घटनामा संलग्न भएको ठहर भइसकेका बस्नेतलाई बुधबार सजाय निर्धारण गरेको हो ।

त्यही आरोपमा दोषी ठहर भएका लोप्साङ लामालाई १५ वर्ष, माया शेरचनलाई १० वर्ष कैद सजाय र ६० हजार रुपैयाँ जरिवाना निर्धारण भएको जिल्ला अदालत काठमाडौंका स्रेस्तेदार ज्ञानेन्द्र इटनीले बताए ।

गौचनको २३ असोज २०७४ मा काठमाडौंको बानेश्वर खरीको बोट नजिकै गोली हानी हत्या भएको हो थियो । गोली प्रहार भएलगत्तै अस्पताल पुर्‍याइएका उनलाई चिकित्सकले मृत घोषित गरेका थिए ।

दोषी ठहर भएको समूहमाथि चन्दा असुली र फिरौतीमा संलग्न भएको आरोप थियो । प्रहरीको केन्द्रिय अनुसन्धान व्यूरोको अनुसन्धानमा, उनीहरुले भाडाको व्यक्ति प्रयोग गरेर गौचनको हत्या गरेको खुलेको थियो ।

पुरा हेर्नुहोस्

काठमाडौं, २० असार। गत माघमा पूर्वी नवलपरासीमा गैंडाको माउ र बच्चा मारेको अभियोगमा ३ जना पक्राउ परेका छन् । गत १२ जेठमा नै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धन ब्यूरो (सीआईबी) को टोलीले पक्राउ गरेको उनीहरुलाई बुधबार चितवन राष्ट्रिय निकुञ्जले सार्वजनिक गरेको छ ।

दुई गैंडा मारेको घटनामा प्रत्यक्ष संलग्नको आरोपमा पश्चिम नवलपरासी रामग्राम नगरपालिका–१८ घरमपुर बस्ने कृष्णबहादुर महतो पक्राउ परेका हुन् । त्यस्तै खाग किनबेचको आरोपमा सिखाराम थारु र होमबहादुर बिक पक्राउ परेका हुन् ।

यो घटनामा अझै दुई जना फरार रहेको प्रहरीको भनाइ छ । पक्राउ परेका तीनै जनालाई चितवन राष्ट्रिय निकुञ्जले वुधबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । उनीहरुबाट बरामद गरेको खाग र मारिएको गैंडाको अवस्था आदिको प्राविधिक जाँच पछि खाग सोही गैंडाको भएको पुष्टि भएको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनले जानकारी दिए ।

६ माघ २०७९ मा पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका–२ सीतापुर नजिकैको क्रान्तिघाटमा गैंडाका माउ बच्चा मृत अवस्थामा भेटिएका थिए । १४ बर्षको पोथी गैंडालाई करेन्ट लगाएर मारेर खाग काटिएको थियो । खाग काटिएको ठाउँबाट बगिरहेको रगत पानीमा मिसिएको दृश्य घटनास्थलमा देखिथ्यो ।

माउ मारेको केही मिटर पर खागसमेत नपलाएको चार बर्षको केटो गैंडा मृत अवस्थामा भेटिएको थियो । घटनास्थलको झण्डै ३५० मिटर नजिकै सैनिकहरुको भूताहा पोष्ट छ । निकुञ्जको कोर क्षेत्रमा अर्को शहरी पोष्ट छ । तस्करहरुले सैनिकको आँगन अगाडि खुला ठाउँमा हृदय विदारक ढंगले गैडा मारेका थिए ।

निकुञ्जले यो घटनापछि सहायक संरक्षण अधिकृत शान्तबहादुर मगरलाई अनुसन्धान अधिकृत तोकेर घटनाको अनुसन्धान थालेको थियो । चितवन राष्ट्रिय निकुञ्ज, नेपाली सेना, डिभिजन वन कार्यालय पश्चिम नवलपरासी, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले उनीहरुलाई १२ जेठमा पक्राउ गरेको थियो ।

सीआईबीका प्रहरी कर्मचारीले गैंडाको खाग किन्ने ग्राहक बन्दै महंगो शुल्क दिने लोभ देखाएर उनीहरुलाई पक्राउ गर्न सफल भएको हो ।

पक्राउ परेकाहरूको साथबाट लु ४५ प ५११७ नम्बरको मोटरसाइकल, ४ वटा मोवाइल, गैंडाको खाग, बाँसको किल्ला र बेण्डिङ तार बरामद गरिएको छ ।

घटनास्थल मध्यवर्ती क्षेत्र र पूर्वी नवलपरासी भएकाले गत जेठ ३० गते जिल्ला सरकारी वकिल कार्यालयको निर्देशनमा चितवन राष्ट्रिय निकुञ्जलाई पक्राउ परेका अभियुक्तहरुसहित वरामद गरिएका सम्पूर्ण सामाग्रीहरू बुझाइएको थियो ।

निकुञ्जले ४१ दिनदेखि पक्राउ परेकाहरुसँग सोधपुछ र अनुसन्धान गरिरहेको छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत पुनले पक्राउ परेका तीनै जनाविरुद्ध नवलपुर जिल्ला अदालतमा मुद्दा दर्ताका लागि वुधबार नै लैजाने जानकारी दिए ।

थप कसैको संलग्नता अनुसन्धानको क्रममा खुल्न आएमा पुनः अनुसन्धान गरी पूरक अभियोग पत्र दायर गर्ने मागदाबीसहित मुद्दा दायर गर्न लागेको उनले बताए ।

राष्ट्रिय निकुञ्ज वन्यजन्तु संरक्षण ऐन, २०२९ को दफा ५ को उपदफा १ को खण्ड (क) ले निषेध गरेको कसुर अपराध गरेकोले सोही ऐनको दफा २६ को उपदफा १ बमोजिम ५ देखि १० लाखसम्म जरिवाना, ५ देखि १५ बर्षसम्म कैद सजाय वा दुबै सजाय हुने व्यवस्था छ ।

युटुब हेरेर गैंडा मार्ने योजना बनाए, दोस्रो प्रयासमा मारे

गैंडा मार्ने अभियोगमा पक्राउ परेका कृष्णबहादुर महतो डकर्मी हुन् । युटुबमा गैंडाको खाग बेचेर पैसा कमाउन सकिने देखेको र आफूले पनि उनले गैंडा मार्ने योजना बनाएको उनको भनाइ छ ।

निकुञ्जका अधिकारीसमक्ष दिएको वयानका अनुसार उनले त्यसपछि गैंडा बढी ओहोरदोहोर गर्ने ठाउँको पहिचान गरे । पहिला उनले पोलबाट विजुली हुक गरेर गैंडा मार्ने प्रसा गरे । पछि उनले नजिकै रहेको मन्दिरबाट जीआई तारबाट करेन्ट लगाएर गैंडा मार्न सफल भएका निकुञ्जका अधिकारीहरु बताउँछन् ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुनका अनुसार कृष्णबहादुर यसभन्दा अगाडि गैंडा मात्र होइन कुनै पनि वन्यजन्तु मार्ने काममा संलग्न थिएनन् । ६ माघको घटना उनको पहिलो संलग्नता हो ।

खाग बिक्री आरोपमा पक्राउ परेका सिखाराम कृष्णबहादुर महतोका फुपाजु हुन् । सिखाराम भने यसअघि पनि यस्ता घटनामा संलग्न भएको निकुञ्जका अधिकारीहरु बताउँछन् । यो गिरोह ब्यवसायिक गिरोह नभएको प्रमुख संरक्षण अधिकृत पुनले बताए ।

यो वर्ष २२ गैंडाको मृत्यु, ३ वटा तस्करले मारे

चितवन राष्ट्रिय निकुञ्जका अनुसार चालु आर्थिक वर्ष २०७९/८० मा ३३ वटा एक सिङ्गे गैँडा मरेका छन् । तीमध्ये १९ गैंडा प्राकृतिक कारणले र ३ गैंडा चोरी शिकारीले मारेका हुन् । ६ वटा गैंडाका बच्चा बाघको आक्रमणबाट मरेका छन् ।

चितवन राष्ट्रिय निकुञ्जमा गत आर्थिक वर्षमा ३७ गैंडा मरेका थिए । सन् २०२१ मा गरिएको गणना अनुसार नेपालमा ७५२ गैंडा छन् । तीमध्ये ६९४ चितवनमा छन् । सन् २०१५ मा ६०५ र सन् २०११ को गणनामा ५०३ गैंडा पाइएको थियो ।

प्राकृतिक कारणले गैंडा धेरै मरेपछि राष्ट्रिय निकुञ्ज तथा संरक्षण विभागले विभिन्न अध्ययन टोली खटाएर अध्ययन गरे पनि संरक्षणमा ठोस प्रगति भएको छैन ।

पुरा हेर्नुहोस्

काठमाडौं, १६ असार । बाराको जितपुर सिमरा उप–महानगरपालिका–७ बाट प्रहरीले ठुलो परिमाणमा लागु औषध गाँजा बरामद गरेको छ । जितपुर सिमरा उप–महानगरपालिका स्थित जितपुर– वीरगन्ज सडक खण्डमा पार्किङ गरेर राखेको भारतीय नम्बरको ट्रकबाट २ सय ६२ केजी गाँजा बरामद गरिएको बाराका एसपी होबिन्द्र बोगटीले बताए ।

सुराकको आधारमा इलाका प्रहरी कार्यालय सिमरा र प्रहरी चौकी पथलैया बाराबाट खटिएको प्रहरीले ट्रकमा खानतलासी गरेको थियो । असार १४ मा मकवानपुरबाट वीरगन्ज तर्फ जाँदै गरेको ट्रक चालकले जितपुर–वीरगन्ज सडकमा पार्किङ गरेर छाडेका थिए ।

बिआर–२५ जिए १४५८ नम्बरको ट्रकको छतभन्दा तलको भागमा गाँजा कारोबारीले फल्ट बटन बनाएर गाँजा लोड गरेका थिए । वीरगन्ज भन्सारबाट खाली नेपाल तर्फ आएको सो ट्रक गाँजा लिनकै लागी मकवानपुर पुगेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।

ट्रक चालक र धनीको खोजी भइरहेको एसपी बोगटीले जानकारी दिए । गाँजा तस्करले सो गाँजा भारत तर्फ लैजान लागेको आशङ्का गरिएको छ ।

पुरा हेर्नुहोस्

काठमाडौं, १६ असार । बैंकमा सेवाग्राहीको खाताबाट लाखौं रुपैयाँ अन्य खातामा ट्रान्सफर गर्ने गिरोहलाई रौतहट प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ। स्थानीय वृन्दावन नगरपालिका ३ का रामेश्वर राय यादवको माछापुच्छ्रे बैंकको खाताबाट ९ लाख रुपैयाँ ट्रान्सफर गर्ने गिरोहका ७ जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो।

पक्राउ पर्नेमा वीरगन्ज नगवाका वर्ष २१ को राज नारायण चौरासिया, वीरगन्ज १९ केहुनी विन्दाबासनीका वर्ष २१ को महम्द मुस्तुफा हवारी, दोलखा बैदेश्वर गाउँपालिका ५ सिमवारिका वर्ष २९ को सुन्दर खड्का, काभ्रेपलान्चोक भुम्लु गाउँपालिका ९ पिङगोलाका वर्ष १९ को महेश थापा, उदयपुर रौउतामाई गाउँपालिका २ भुट्टारका वर्ष २० को केवल रास्कोटी, सिराहा मिर्चैया नगरपालिका ८ भगवानपुरका वर्ष १९ को दिपे सदा र गोलबजार नगरपालिका ८ चोहर्वाका वर्ष २३ को श्रवण दास रहेको प्रहरीले जनाएको छ।

उनीहरूको साथबाट विभिन्न वैंकको १५ थान एटिएम कार्ड,६६ हजार रुपैयाँ,१ थान मोटरसाइकल बरामद भएको प्रहरीले जनाएको छ। उनीहरूले माछापुच्छ्रे बैङ्क चन्द्रनिगाहपुर शाखामा सेवाग्राही रामेश्वर यादवको खाता नं. ०७५००६५३८२८०००१४ बाट गत जेठ ५ गते ३ लाख, ६ गते ३ लाख, र ७ गते ३ लाखको दरले जम्मा ९ लाख रुपैयाँ अन्य बैंकको खाता तथा खल्ती खातामा ट्रान्सफर गरेका थिए।

त्यसको दुई दिन पछि स्वाग्रही यादव स्वयं चेक मार्फत पैसा झिक्न बैंकमा जाँदा खातामा रकम नदेखेपछि ठुलो विवाद हुँदा इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले अनुसन्धान सुरु गरेको थियो। अनधिकृत रूपमा रकम ट्रान्सफर गरी ठगी गरेको घटनाको अनुसन्धानको क्रममा घटनामा संलग्न रहेका मानिसहरूले अनधिकृत रूपमा ट्रान्सफर भएको रकम एटिएमबाट गैह्रकानूननी तवरले निकाली आर्थिक लाभ समेत लिई ठगी कार्यमा संलग्न रहेको डिएसपी एक नारायण कोइरालाले बताएका छन्।

उनीहरुले विभिन्न व्यक्तिहरूलाई आर्थिक प्रलोभनमा पारी खाता खोल्न लगाई खातावालाको मोबाइल अनलाइन बैकिङको युजर नेम र पासवर्ड समेत लिएका थिए। सोही आधारमा खाताहरूबाट रकम ट्रान्सफर गरी रकम ठगी गर्ने हालसम्म अनुसन्धानबाट खुल्न आएका ११ जना मध्ये ७ जनालाई पक्राउ गरी ठगी सम्बन्धी मुद्दा दर्ता गरी जिल्ला अदालत रौतहट बाट म्याद थप गरी अनुसन्धान कार्य भइरहेको डिएसपी कोइरालाले जानकारी दिएका छन्।

यस्तो घटनामा संलग्न लाई पक्राउ गर्न निकै कठिन भए पनि विभिन्न कोण बाट अनुसन्धान गर्दै जाँदा उक्त गिरोहलाई नियन्त्रणमा लिन सम्भव भएको डिएसपी कोइरालाले स्पष्ट पारे।

पुरा हेर्नुहोस्

काठमाडौं, १३ असार । बालुवाटारस्थित ललितानिवासको जग्गा हडप्न सरकारी कागजात कीर्ते गरेको अभियोगमा पक्राउ परेका चार जना आरोपीलाई ७ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

जिल्ला अदालत, काठमाडौंले निर्वाचन आयोगका पूर्वआयुक्त सुधीरकुमार शाह, भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, तत्कालीन डिल्लीबजार मालपोत कार्यालयका कर्मचारी गोपाल कार्की र धर्मप्रसाद गौतमलाई हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का एसपी नवराज अधिकारीले बताए ।

उनीहरुलाई प्रहरीले काठमाडौंको विभिन्न स्थानबाट मंगलबार पक्राउ गरेको थियो । प्रहरीले ७ जनालाई पक्राउ गरेपनि ३ जनाको नाममा पहिल्यै निषेधाज्ञाको आदेश जारी भइसकेको पाइएपछि छाडिएको थियो ।

प्रहरीले पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाह, भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ र तत्कालीन सरकारी कर्मचारी गोपाल कार्की र धर्मप्रसाद गौतमलाई मंगलबार बालुवाटारस्थित ललिता निवास जग्गा हिनामिना प्रकरणमा संलग्न भएको अभियोगमा पक्राउ गरेको थियो ।

पुरा हेर्नुहोस्

काठमाडौं, १२ असार । ललिता निवास प्रकरणको अनुसन्धान गरिरहेको प्रहरीले थप एक जना पक्राउ गरेको छ ।

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले मालपोत कार्यालय, डिल्लीबजारका पूर्व कर्मचारी गोपाल कार्कीलाई पक्राउ गरेको हो । सीआईबीले मंगलबार नै भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङसहित ५ जनालाई पक्राउ गरिसकेको छ ।

पुरा हेर्नुहोस्

काठमाडौं, १२ असार । प्रहरीका उच्च अधिकृत र राजनीतिक दलका नेताहरुसँग निकट सम्बन्ध रहेको भन्दै विभिन्न व्यक्तिहरुबाट रकम ठगी गरेको आरोपमा ‘शिवसुतक गौरीभक्त बाबा’ भनिने पुरुषोत्तम काफ्ले पक्राउ परेका छन् ।

काफ्लेलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी)को टोलीले काफ्लेलाई भारतको हरिद्वारबाट पक्राउ गरी सोमबार काठमाडौं ल्याइएको सीआईबी प्रमुख किरण बज्राचार्यले जानकारी दिइन् ।

काफ्लेविरुद्ध २ करोड ६९ लाख रुपैयाँ ठगेको आरोप छ । पीडितहरुबाट उजुरी आउने क्रम जारी रहेकाले उनले ठगेको रकमको परिणाम थप बढ्ने सीआईबीका एक अधिकृतले बताए ।

उनले विभिन्न नेताहरु, नेपाल प्रहरीका बहालवाला तथा पूर्व अधिकृत लगायतसँग फोटो खिचाउने र त्यही फोटो देखाएर विभिन्न व्यक्तिहरुका काम गराइदिने भन्दै रकम असुल्ने गरेको पाइएको सीआईबी स्रोतले बतायो ।

उनीविरुद्ध उजुरी परेपछि प्रहरीले खोजी सुरु गरेको थियो । प्रहरीले उनलाई भारतको उज्जैन, जयपुर हुँदै हरिद्वारसम्म पछ्याएर नियन्त्रणमा लिएको हो । उनलाई नियन्त्रणमा लिन सीआईबीले डिएसपी नेतृत्वको टोली हरिद्वार पठाएको थियो । उनलाई सीआईबीको हिरासतमा राखेर थप अनुसन्धान अघि बढाइएको छ ।

 

पुरा हेर्नुहोस्

काठमाडौं, १२ असार । ललिता निवास प्रकरणमा भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ पक्राउ परेका छन्। केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले सञ्चालक गुरुङलाई नक्सालबाट पक्राउ गरेको हो।

प्रहरी स्रोतका अनुसार बालुवाटारको सरकारी जग्गा हिनामिना गरेको आरोप लागेका गुरुङलाई सोधपुछका लागि मंगलबार बिहान सिआईबीकोे टोलीले नक्सालस्थित निवासबाट पक्राउ गरेको हो। ​

ललिता निवासको २९९ रोपनी ३ आना सरकारी जग्गा हिनामिना प्रकरणमा गुरुङ प्रहरीको फरार सूचीमा थिए।

 

पुरा हेर्नुहोस्

काठमाडौं, ११ असार । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्य सचिव डा. प्रदीप ढकालविरुद्ध गैरकानूनी सम्पत्ति आर्जनको अभियोगमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

सोमबार विशेष अदालतमा ढकालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीमाथि १ करोड ४४ लाख ११ हजार रुपैंया स्रोत नखुलेको सम्पत्ति आर्जन गरेको अभियोगमा मुद्दा दायर गरेको हो ।

उनी २०७४ साउन ३२ देखि २०७९ साल जेठ ३० गतेसम्म कोषको सदस्य सचिव थिए । अख्तियारले यही अवधिमा उनले आर्जन गरेको सम्पत्तिमाथि अनुसन्धान गरेको जनाएको छ ।

पुरा हेर्नुहोस्

काठमाडौं, ८ असार । नेपालमा हालसम्मकै ठूलो परिमाणमा अवैध लागूऔषध लाइसर्जिक डाइथेरामाइड एसिड (एलएसडी) बरामद भएको छ ।

लागूऔषध नियन्त्रण ब्यूरो (एनसीबी) ले चलाएको विशेष अपरेशनका क्रममा प्रहरीले १० हजार १३० पिस एलएसडीसहित ५ जनालाई पक्राउ गरेको छ ।

ब्यूरोका एसपी चक्रराज जोशीका अनुसार प्रहरीले ५ असारमा ठमेलबाट सुगम मैनालीलाई ७ पिस एलएसडीसहित पक्राउ गरेको थियो । उनीमार्फत अनुसन्धान गर्दै जाँदा ठमेलबाट मुखिया गुरुङ, पोखराबाट चेक रिपब्लिकन नागरिक मार्टिन सेरना र बचन भन्ने राज गौतम पक्राउ परेका थिए ।

सेरना र गौतमको बयानका आधारमा प्रहरीले गिरोहका मुख्य व्यक्ति इटालियन नागरिक डेबिड मण्डियोलाई पक्राउ गरेको जोशीले बताए । सन् १९६०/७० को दशकमा हिप्पीहरुले नेपालमा लागूऔषध एलएसडी भित्र्याएको मानिन्छ ।

तर, पछिल्ला वर्षहरुमा नेपालमा एलएसडीको प्रयोग भएको देखिएको थिएन । निकै महँगो पर्ने र स्टिकरका रुपमा विक्री वितरण गरिने यो लागूऔषध नेपालका ट्रान्सपार्टी (लागूऔषधको पार्टी) मा प्रयोग हुने गरेको आशंका गरिएको जोशी बताउँछन् ।

ब्यूरोका पूर्वनिर्देशक हेमन्त मल्ल ठकुरीका अनुसार ब्यूरोले समातेको एलएसडीको यो परिमाण हालसम्मकै सबैभन्दा ठूलो हो । ‘यत्रो परिमाणमा एलएसडी नेपालमा देखिएको थिएन, यसको प्रयोगकर्ता पनि नेपाली नै हुन् भने यो झनै गम्भीर विषय हो’, उनले अनलाइनखबरसँग भने ।

ब्यूरोका अधिकृतहरुका अनुसार बरामद एलएसडी स्थलमार्गमार्फत भारतबाट नेपाल ल्याइएको अनुसन्धानका क्रममा खुलेको छ । ‘यसको मुख्य व्यक्ति इटालियन नागरिक डेबिड नै हुन्’, जोशी थप्छन्, ‘थप नेक्ससबारे खोजी गरिरहेका छौं ।’

के हो एलएसडी ?

ब्यूरोले एलएसडी कारोबारमा संलग्न पाँचै जनालाई शुक्रबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको छ ।

पत्रकार सम्मेलनमा उपस्थित नेपाल प्रहरी केन्द्रीय विधि विज्ञान प्रयोगशालाका नार्कोटिक्स शाखाका डीएसपी पवन ढुंगानाका अनुसार एलएसडी केमिकलमा आधारित हेलोजेनिक (भ्रमित पार्ने) हार्ड ड्रग हो । ‘प्रयोगकर्तामा यसको गम्भीर असर पर्छ’, उनी भन्छन् ।

एलएसडी स्ट्याम्प आकारको कागजको टुक्रामा राखेर प्रयोग गरिन्छ । ‘झट्ट हेर्दा हुलाकको टिकट जस्तो देखिन्छ, यसको प्रयोगबाट मानिस एकदम भ्रममा जान्छ, अनेकथोक कल्पना गर्छ’, ब्यूरोका पूर्वनिर्देशक ठकुरी पनि भन्छन्, ‘यो ड्रग प्रयोग गर्ने धेरैमा सुसाइडको ट्रेन्ड पनि देखिन्छ । झुण्डिने, माथिबाट हाम फाल्ने जस्ता घटना यसको प्रयोगकर्ताले गरेको देखिएका छन् ।’

नेपालमा बरामद एलएसडीको बजार मूल्य दुई करोड रुपैयाँभन्दा बढी छ ।

पुरा हेर्नुहोस्

काठमाडौं, ४ असार । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जलस्रोत तथा सिँचाइ विभागका तत्कालीन महाप्रबन्धक मधुकरप्रसाद राजभण्डारीविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।

उनको ३ करोड ८५ लाख ५१ हजार ७४० रुपैयाँ ४८ पैसा सम्पत्तिको स्रोत नखुलेको ठहर गर्दै अख्तियारले विशेष अदालत, काठमाडौंमा मुद्दा दायर गरेको हो ।

पुरा हेर्नुहोस्

काठमाडौँ, ३ असार । मकवानपुरको रातोमाटेबाट भन्सार छली गरी ल्याएको करिब डेढ करोड मूल्य बराबरको कपडासहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । भारतबाट नेपालतर्फ भन्सार छलेर ल्याएको ९० बोरा कपडासहित हेटौंडा उपमहानगरपालिका–१५ स्थित रातोमाटे चौकीबाट २ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले नियन्त्रणमा जनाएको छ ।

सिराहाबाट हेटौँडातर्फ आउँदै गरेको भारतीय नम्बरको बी आर ०६ जी ई ५०५३ नम्बरको ट्रकलाई हेटौँडा–१५ रातोमाटेस्थित प्रहरी चेकपोष्टबाट शनिबार प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए । उनका अनुसार सो ट्रकमा चारैतिरबाट प्याजको बोराहरुले छोपी बीच भागमा लुकाएर ल्याएको अवस्थामा ९० बोरा कपडा बरामद भएको हो ।

विशेष सूचनाको आधारमा गत शुक्रबार साँझ ७ः ४० बजेको समयमा बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडा र जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले रातोमाटे चेकपोष्ट सो ट्रकलाई नियन्त्रणमा लिइएको थियो । पूर्व पश्चिम सडकखण्ड अन्तर्गत पर्ने उक्त चेकपोष्टमा सिराहाबाट हेटौंडातर्फ आउँदै गरेको सो ट्रकलाई रोकी चेकजाँच गर्ने क्रममा सो ट्रकको पछाडीको भागमा चारैतिरबाट १६८ बोरा प्याजको बोराले छोपी ल्याइएको कपडा बरामद भएको उनले बताए ।

प्रहरीका अनुसार ट्रकमा ल्याएको १६८ बोरा प्याजको प्रतिकिलो ५० दरले भन्सार काटिएको छ । प्याजको बोराले छोपेर ल्याइएको अवस्थामा सो परिमाणको अबैध भन्सार छलिका विभिन्न किसिमका कपडाहरु बरामद भएको उनले बताए । नियन्त्रणमा लिएको उक्त कपडाको बजार मूल्य एक करोड ५५ लाख ६९७ रुपयाँ बराबर रहेको प्रवक्ता कार्कीले बताए ।

पक्राउ पर्नेमा ट्रक चालक भारत पन्जाब प्रान्त लोदियाना ग्राम रसलपुर वडा नम्बर–७ बस्ने वर्ष ३३ का रन्जौद सिंह र सह–चालक विहार प्रान्त मोजफरपुर माहामाद बस्ने वर्ष २६ का सुधीरकुमार सहनी रहेको उनले बताए । ट्रकमा पाइन्टको कपडा एक करोड २८ लाख ९६ हजार रुपैयाँ, सुटको कपडा ३ लाख रुपैयाँ, सर्टको कपडा १६ लाख ७६ हजार २५० रुपैयाँ, सेरवानी कुर्था एक लाख ३ हजार रुपैयाँ र कोरा कपडा ५ लाख २५ हजार ४४७ रुपैयाँ बराबरको बरामद भएको प्रवक्ता कार्कीले बताए । कार्कीले ट्रकमा २ लाख ५२ हजार रुपैयाँ बराबरको ८४ कुन्टल प्याजको रहेको बताए ।

ट्रक, कपडा र मानिस प्रहरीको नियन्त्रणमा रहेको र थप अनुसन्धान कार्य अघि बढाइएको उनले बताए । उका अनुसार उक्त ट्रक र कपडा अनुसन्धानका लागि राजस्व कार्यालय हरिहर भवन लतितपुर पठाइने प्रहरीले जनाएको छ ।

पुरा हेर्नुहोस्

काठमाडौँ, १ असार । नक्कली भुटानी शरणार्थी प्रकरणमा बहस सकिएको छ । जिल्ला अदालत काठमाडौँमा भएको बहस सकिएपछि शुक्रबार नै थुनछेक आदेश आउने भएको छ । गत जेठ २१ गतेबाट जारी थुनछेक बहसमा सुरुमा वादी नेपाल सरकारका तर्फबाट बहस गरिएको थियो । तीन दिन नेपाल सरकारको तर्फबाट बहस गरिएपछि चौथो दिन वादीका तर्फबाछ स्वागत नेपाल, ध्रुवलाल श्रेष्ठ लगायत चारजना कानुन व्यवसायीले बहस गरेका थिए ।

वादीका तर्फबाट बहस गर्ने सरकारी वकिल र कानुन व्यवसायीहरुले प्रतिवादीहरुलाई बाहिर छाड्दा प्रमाण नष्ट गराउनसक्ने र जाहेरवालालाई नै खतरा भएको भन्दै उनीहरुलाई थुनामै राखेर मुद्दाको पुर्पष गर्नुपर्ने जिकिर लिएका थिए । त्यसपछि प्रतिवादीतर्फका कानुन व्यवसायीहरुको बहस भएको थियो । कानुन व्यवसायीहरुले प्रतिवादीहरुलाई राज्यले नै फसाएको भन्दै उनीहरुले कुनै अपराध नगरेको र अपराध गरेको पुष्टि नहुने भन्दै साधारण तारेखमै छाड्न माग गरेका थिए ।

शुक्रबार सरकारी वकिलका तर्फबाट भएको जवाफी बहसमा सह न्यायाधिवक्ता अच्युतमणि नेउपाने, जिल्ला न्यायाधिवक्ताहरु महेश खत्री तथा लक्ष्मण घिमिरे र सहायक जिल्ला न्यायाधिवक्ता निर्मला मरासिनीले जावाफी बहस गर्दै प्रतिवादीहरुलाई थुनामै राख्नुपर्ने माग गरेका थिए । जाहेरवालाको तर्फबाट बहस गर्ने भद्रप्रसाद नेपाल (स्वागत नेपाल) र ध्रुवलाल श्रेष्ठले पनि प्रतिवादीहरुलाई बाहिर छाड्दा झनै खतरा हुने र उनीहरुलाई हुने सजाय तीन वर्षभन्दा बढी हुने भएकाले थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने जिकिर लिएका छन् ।

जवाफी बहस सकिएपछि न्यायाधीश प्रेमप्रसाद न्यौपानेले घडी हेर्दै आदेशका लागि प्रयास गर्ने बताएर इजलासबाट निस्किएका छन् । शुक्रबार अबेरसम्म भएपनि आज नै थुनछेक आदेश आउने तयारी गरिएको छ । हालसम्म पक्राउ परेकामध्ये १८ जना प्रतिवादीहरुको थुनछेक बहस हुन लागेको हो । थुनछेक बहसबाट प्रतिवादीमध्ये को कसलाई पुर्पक्षका लागि थुनामा पठाउने, के कसलाई धरौटी लिएर छाड्ने वा के कसलाई साधारण तारेखमा छाड्ने भन्ने आदेश आउनेछ ।

पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएकाहरुको हकमा थुनामा राख्न पत्रसहित कारागार कार्यालयमा पठाइनेछ भने धरौटी माग गरिएकाहरुको हकमा धरौटी रकम बुझाएपछि थुनामुक्त भएर मुद्दाको पुर्पक्ष गर्न पाउनेछन् । साधारण तारेखमा रिहा हुने आदेश भएकाहरुको हकमा भने आदेश प्राप्त हुनेबित्तिकै रिहा हुनेछन् । वादी नेपाल सरकारले संगठित अपराधको कसुरमा समेत मुद्दा चलाएकाले संगठित अपराधमा सबै प्रतिवादीको दायित्व र अपराध बराबर हुने सिद्धान्त बमोजिम प्रत्यक्षरुपमा नजोडिएका बाहेक अन्य सबैको एकमा एकै प्रकृतिको आदेश आउने आंकलन गरिएको छ ।

पुरा हेर्नुहोस्

काठमाडौँ । अनलाइन बेटिङको प्रवर्द्धनमा लागेको अभियोगमा पक्राउ परेका ५ कलाकार र ३ जना युट्युबरलाई ४ दिन हिरासतमा राख्न काठमाडौँ जिल्ला अदालतले अनुमति दिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँले उनीहरुलाई अदालतमा उपस्थित गराएकामा ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बिहीबार कलाकारहरु राजु पौडेल (राजु मास्टर), मरिचमान श्रेष्ठ (बल्छी ध्रुवे), भटभटे माइला (बेगम नेपाली), पवन खतिवडा (म्याकुरी) र सरोज घिमिरेलाई पक्राउ गरेको हो । यस्तै युट्युबर एलिस राई, जलन घर्ती मगर र गणेश देवकोटालाई पनि राजधानीको विभिन्न स्थानबाट पक्राउ गरिएको कार्यालयका प्रमुख एसएसपी डा.मनोज केसीले जानकारी दिए ।

उनीहरुले बेटिङलाई प्रमोशन गरेको आरोप प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनीहरुले आफ्नो स्वामित्वका फेसबुक पेज र यु्ट्युबमार्फत अनलाइन बेटिङको प्रवर्द्धन गरेको पाइएको छ । पक्राउ पछि अपराध अनुसन्धान कार्यालयले जिल्ला प्रहरी परिसर काठमाडौँमा कारबाही प्रकिया अघि बढाउन पठाएपछि अदालतमा उपिस्थित गराइएको हो । प्रहरीले वानएक्स बेटमार्फत करोडौंको सट्टेवाजी भएको अनुसन्धानबाट खुल्न आएको बताएको छ ।

पुरा हेर्नुहोस्

ताजा समाचार


रामेछापका पाण्डेद्वारा अफ्रिकाको सर्वोच्च शिखर किलिमञ्जारोको सफल आरोहण

१५ कात्तिक, काठमाडौं । रामेछाप निवासी युवा पर्वतारोही प्रकाशराज पाण्डेले अफ्रिकाको सर्वोच्च शिखर किलिमञ्जारो सफल आरोहण गरेका छन्। यही अक्टुबर ३१ तारिखका दिन बिहान ६स्ः४० बजे उनले तान्जेनियाको किलिमाञ्जारो हिमाल आरोहण‍ गरेका हुन्। पाण्डेले किलिमञ्जारोमा नेपालको राष्ट्रिय झण्डासमेत फहराएका छन् । उक्त हिमाल पाँच हजार ८ सय ९५ मिटर अग्लो छ। पर्वतारोही पाण्डेले आधार शिविरबाट तीन दिनमा आरोहण पूरा गरेको रामेछाप न्युजलाइ बताए ।

पाण्डेले सातै महादेशका उच्च हिमाल आरोहण गरी सेभेन समिट पूरा गर्ने लक्ष्यका साथ गत जुन २९ तारिखका दिन बिहान ९ बजे युरोपको सर्वोच्च शिखर रुसमा रहेको माउन्ट एलब्रस हिमाल पनि आरोहण गरेका थिए। उनले यस अगाडि सगरमाथा, मनास्लु, आमादब्लमलगायत नेपालका ६ वटा हिमालको सफल आरोहण गरिसकेका छन् । सात वटा महादेशका अग्ला हिमाल चढ्ने तयारी गरिरहेका पाण्डेले सबैभन्दा पहिला युरोपकै अग्लो हिमाल रुसको माउन्ट एल्ब्रसबाट आफूले अभियान सुरु गरेकोगरेको बताए । 

हाल पाण्डेले अफ्रिकाको सर्वोच्च शिखर किलिमञ्जारोको पनि सफल आरोहण गरेका छन् । उनी गत अक्टुबर २३ मा आरोहरणका लागि नेपालबाट त्यसतर्फ प्रस्थान गरेका थिए।रामेछाप लिखु तामाकोसी गाउँपालिका निवासी पाण्डेले सात वटै प्रदेशका उच्च हिमाल आरोहण गरेर विश्व रेकर्ड कायम गर्ने उद्देश्य लिएका छन्।



पुरा हेर्नुहोस्

महासचिव कार्की २८ औं टफिसा विश्व कंग्रेसमा सहभागी हुन जर्मनी प्रस्थान

महासचिव कार्की २८ औं टफिसा विश्व कंग्रेसमा सहभागी हुन जर्मनी प्रस्थान काठमाडौं । नेपाल विद्यालय खेलकुद महासंघका महासचिव राजकुमार कार्की जर्मनीको डुसेलडोर्फमा हुने २८ औं टफिसा विश्व कंग्रेसमा सहभागी हुन जर्मनी प्रस्थान गरेकाछन् । राष्ट्रिय खेलकुद परिषदमा आयाेतित एक औपचारीक कार्यक्रम विच परिषदका उपाध्यक्ष शिव काेईराला (ज्वाला) ले महासचिव कार्कीलाई विदाई गर्नुभएकाे थियाे ।

२८ औं टफिसा विश्व कंग्रेसमा सहभागी भए पश्चात् स्पेनको मेड्रिडमा हुने मुभ कंग्रेस र इन्टरनेसनल स्पोर्ट एन्ड कल्चर एशाेसिएसन (इस्का) को साधारण सभामा समेत सहभागी हुने कार्यक्रम रहेकाे महासचिव कार्कीकाे सचिवालयले जनाएकाे छ ।



पुरा हेर्नुहोस्

नेपाली कुस्ती टोलीले भारतमा प्रशिक्षण गर्ने

काठमाडौं । चीनको हाङझाउमा हुने १९औं एसियाली खेलकुदको थप तयारी गर्न नेपाली कुस्ती टोली वैदेशिक प्रशिक्षणका लागि भारतको उत्तर प्रदेश जाने भएको छ ।
४ खेलाडीसहित ५ सदस्यीय टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव टंकलाल घिसिङले आइतबार बिदाइ गरे ।

भारत जान लागेका चारै खेलाडी १३ औं दक्षिण एसियाली खेलकुदका पदक विजेता हुन् । एसियाली खेलकुदमा पुरुषतर्फ सुरेश चुनारा (७४ केजी) र राज यादव (१ सय २५ केजी) तथा महिलातर्फ शिवाङगी दुवे (५७ केज) र सुशिला चन्द (६२ केजी)  ले नेपालको प्रतिनिधित्व गर्नेछन् । 

 १३ औं सागमा सुरेश र राजले कांस्य तथा बाँकी दुई खेलाडीले रजत जितेका थिए । टोलीको प्रशिक्षकमा मुमताज अली इद्रिसी छन् ।

टोली सोमबार काठमाडौंबाट नेपालगन्ज जाने छ । नेपालगन्जमा एक साताको प्रशिक्षणपछि टोली उत्तर प्रदेश जाने छ । उत्तर प्रदेशको नन्दनीनगरस्थित टाटा मोटर्स एकेडेमीमा भदौसम्म गर्ने  प्रशिक्षण मुख्य प्रशिक्षक इद्रिसीले जानकारी गराए ।

खेलाडी सुरेशले पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगिताको तयारीका लागि वैदेशिक प्रशिक्षणमा जान पाउदा सबै खेलाडी उत्साहित भएको प्रतिकृया दिए ।
 



पुरा हेर्नुहोस्


२६ जना सहसचिवको सरुवा (सूचीसहित)

काठमाडौँ, ७ साउन ।  संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २६ जना सहसचिवहरुको सरुवा गरेको छ ।

एक प्रमुख जिल्ला अधिकारी र दुई महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतसहित आइताबार मन्त्रालयले २६ जना सहसचिवको सरुवा निकालेको हो ।

जाजरकोटका प्रमुख जिल्ला अधिकारी रामकुमार महतोको संघीय मामिला मन्त्रालयमा सरुवा भएको छ । यस्तै ललितपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालको गृह मन्त्रालयमा सरुवा भएको छ ।

अर्यालको ठाउँमा पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विरेन्द्रदेव भारती आएका छन् । पोखरा महानगरपालिकामा कर्णाली प्रदेशको अर्थ सचिव श्याम कृष्ण थापा सरुवा भएका छन् ।

हेर्नुस सूची

पुरा हेर्नुहोस्


रामेछापका पाण्डेद्वारा अफ्रिकाको सर्वोच्च शिखर किलिमञ्जारोको सफल आरोहण

१५ कात्तिक, काठमाडौं । रामेछाप निवासी युवा पर्वतारोही प्रकाशराज पाण्डेले अफ्रिकाको सर्वोच्च शिखर किलिमञ्जारो सफल आरोहण गरेका छन्। यही अक्टुबर ३१ तारिखका दिन बिहान ६स्ः४० बजे उनले तान्जेनियाको किलिमाञ्जारो हिमाल आरोहण‍ गरेका हुन्। पाण्डेले किलिमञ्जारोमा नेपालको राष्ट्रिय झण्डासमेत फहराएका छन् । उक्त हिमाल पाँच हजार ८ सय ९५ मिटर अग्लो छ। पर्वतारोही पाण्डेले आधार शिविरबाट तीन दिनमा आरोहण पूरा गरेको रामेछाप न्युजलाइ बताए ।

पाण्डेले सातै महादेशका उच्च हिमाल आरोहण गरी सेभेन समिट पूरा गर्ने लक्ष्यका साथ गत जुन २९ तारिखका दिन बिहान ९ बजे युरोपको सर्वोच्च शिखर रुसमा रहेको माउन्ट एलब्रस हिमाल पनि आरोहण गरेका थिए। उनले यस अगाडि सगरमाथा, मनास्लु, आमादब्लमलगायत नेपालका ६ वटा हिमालको सफल आरोहण गरिसकेका छन् । सात वटा महादेशका अग्ला हिमाल चढ्ने तयारी गरिरहेका पाण्डेले सबैभन्दा पहिला युरोपकै अग्लो हिमाल रुसको माउन्ट एल्ब्रसबाट आफूले अभियान सुरु गरेकोगरेको बताए । 

हाल पाण्डेले अफ्रिकाको सर्वोच्च शिखर किलिमञ्जारोको पनि सफल आरोहण गरेका छन् । उनी गत अक्टुबर २३ मा आरोहरणका लागि नेपालबाट त्यसतर्फ प्रस्थान गरेका थिए।रामेछाप लिखु तामाकोसी गाउँपालिका निवासी पाण्डेले सात वटै प्रदेशका उच्च हिमाल आरोहण गरेर विश्व रेकर्ड कायम गर्ने उद्देश्य लिएका छन्।

पुरा हेर्नुहोस्


विवादित संवाद हटाएपछि ‘आदिपुरुष’ले पायो नेपालमा प्रदर्शन अनुमति

काठमाडौं । अन्ततः विवादित संवाद फिल्मबाट हटाइएपछि नेपाली सेन्सर बोर्डले दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’लाई प्रदर्शन अनुमति दिएको छ । बिहीवार राती ८ बजे सेन्सर बोर्डका अध्यक्ष अनिलकुमार दत्तले हस्ताक्षर गरेको अनुमति पत्र वितरकलाई दिएका हुन् ।

फिल्ममा समावेश ‘जानकी भारतकी छोरी हुन्’ भन्ने वाक्यमा आपत्ति जनाउँदै बिहीवार अपरान्ह बोर्डले प्रदर्शन अनुमति दिन अस्वीकार गरेको थियो । भारतीय वितरकले फिल्मबाट विवादित वाक्य हटाएर नेपाल पठाएपछि मात्र बोर्डले अनुमति दिएको हो ।

सेन्सर बोर्डको अनुमतिपछि ‘आदिपुरुष’ शुक्रबार नेपालमा रिलिज हुने पक्का भएको छ । तर, काठमाडौं महानगरका मेयर बालेन शाहको फेसबुक स्टाटसले भने संशय पैदा गराएको छ । उनले भारतमा समेत उक्त विवादित वाक्य तीन दिनभित्र नहटाए कुनै पनि हिन्दी फिल्म काठमाडौं महानगरमा प्रदर्शन अनुमति नदिने उल्लेख गरेका छन् ।

बालेनको सचिवालयले पनि आफूहरुले तीन दिन प्रतीक्षा गर्ने तर उक्त वाक्य हटाएर माफी नमागेसम्म काठमाडौंमा कुनैपनि हिन्दी फिल्म प्रदर्शन गर्न अनुमति नदिने र सबै हललाई यसबारे पत्राचार गरिने उल्लेख गरेको छ । प्रभास र कृति सेनन स्टारर आदिपुरुष रामायणको कथावस्तुमा आधारित छ । यो फिल्मलाई नेपालमा ब्यांकटेस इन्टरटेनमेन्टले रिलिज गर्न लागेको हो ।

पुरा हेर्नुहोस्