अर्थ / व्यापार

काठमाडौँ । सरकारले गाँजा खेतीको सम्भाव्यता अध्ययनका लागि गृह मन्त्रालयको संयोजकत्वमा कार्यदल गठन गरेको छ ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०८०–८१ को बजेट प्रस्तुत गर्दा गाँजा खेतीको सम्भावनाका विषयमा अध्ययन गर्ने घोषणा गरेका थिए ।
आर्थिक वर्ष २०८०–८१ को बजेट वक्तव्य को १०५ नम्बर बुँदामा भनिएको छ–'औषधिजन्य प्रयोगका लागि गाँजा खेतीको सम्भाव्यता अध्ययन गरिनेछ ।’ यो कार्यदललाई दुईवटा विषय म्यान्डेट दिइएको छ ।
गाँजालाई औषधिका रुपमा कसरी उपयोग गर्न सकिन्छ र गाँजाबाट औद्योगिकीकरण सम्भाव्य अनुसन्धान गर्नेछ । गाँजाको डाँठ, पात र रेसाबाट कपडा बनाउन सकिन्छ भन्ने विषयमा कार्यदलले अनुसन्धान थाल्ने छ ।
मन्त्री डा. महतको अध्यक्षतामा अर्थ मन्त्रालयमा सोमबार बसेको बैठकले गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा प्रधानमन्त्री कार्यालय, अर्थ, उद्योग, कानुन, परराष्ट्र मन्त्रालयका सहसचिव र नेपाल प्रहरीका प्रतिनिधि सदस्य तथा कृषि मन्त्रालयको सहसचिव सदस्यसचिव रहने गरी कार्यदल बनाएको हो । कार्यदलले काम सुरु गरेको एक महिनाभित्रमा प्रतिवेदन बुझाउन अर्थ मन्त्री डा। महतले निर्देशन दिएका छन् ।

काठमाडौं, ८ साउन । पशुपति बचत तथा ऋण सहकारी संस्था समस्याग्रस्त घोषणा भएको छ । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय १ असारमा सहकारीलाई समस्याग्रस्त घोषणा गरेको मन्त्रालय हो ।
मन्त्रिस्तरीय निर्णयले पशुपति सहकारीलाई समस्याग्रस्त घोषणा गरेको हो । सहकारी विभागको नियमन क्षेत्रभित्र रहेको पशुपति सेभिङ एण्ड क्रेडिट को-अपरेटिभ लिमिटेडले २०७७ सालदेखि बचतकर्ताको बचत फिर्ता नगरेको सम्बन्धमा कारवाही हुँदा उक्त सहकारी संस्थामा सहकारी ऐन, २०७४ अनुसार समस्याग्रस्त घोषणा गरेको मन्त्रालयले जनाएको छ ।
ऐनको दफा १०४ को उपदफा (१) को खण्ड (क) देखि (च) सम्मको अवस्था विद्यमान रहेकोले सहकारी विभागका रजिष्ट्रारको सिफारिसमा सोही ऐनको दफा १०४ को उपदफा (२) बमोजिम समस्याग्रस्त घोषणा गरेको मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
मन्त्रालयले उक्त संस्थाको सम्पत्ति व्यवस्थापन र दायित्व भुक्तानीसम्बन्धी कार्य गर्न सोही ऐनको दफा १०५ बमोजिम गठित समस्याग्रस्त सहकारी व्यवस्थापन समितिमा पठाइएको हो ।
सहकारी विभागले २९ फागुन २०७९ मा सहकारीलाई समस्याग्रस्त घोषणा गर्न सिफारिस गरेको थियो । यस्तै विभागले सहकारीका अध्यक्ष सीबी लामासहित सञ्चालक र व्यवस्थापकलाई पक्राउ गरी अनुसन्धान गर्न सीआईबीलाई १९ जेठमा पत्राचार गरेको थियो ।
विभागले सीआईबीलाई अनुसन्धानको लागि पत्राचार गरेपनि अहिलेसम्म सीआईबीले भने कारबाही अगाडि बढाएको छैन ।
सहकारी विभागमा ५३ करोडको माग दाबीसहित बचकर्ताले उजुरी दिएका छन् । सहकारी एक अर्ब ७२ करोड निक्षेप दायित्व रहेको विवरण सहकराी विभगमा थियो । जसमध्ये केही केही रकम फिर्ता गरिसकेको दाबी सहकारीका अध्यक्ष लामाको छ ।
भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयको उपसचिव तथा सहकारी समन्वयन शाखा प्रमुख रघुनाथ महत सहकारी व्यवस्थापन समितिले अब सम्पत्ति र दायित्वको व्यवस्थापन गर्ने काम गर्ने बताए । यस्तै सीआईबीले गर्नु अनुसन्धानमा कुनै बाधा नपर्ने उनले बताए ।
लामाले काभ्रे चिवतन लगायतका ठाउँमा ठूलो परिमाण्मा जग्गा किनेका छन् । कतिपय जग्गा काभ्रे तेमालकै पुष्पराज कोइरालाको नाममा समेत रहेको छ ।

काठमाडौँ, ७ साउन । मौद्रिक नीति २०८०/८१ लाई सेयर बजारले न्यानो स्वागत गरेको छ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गरेको दिन आइतबार सेयर बजार ६३.२४ अंकले बढेर २२२७.१६ विन्दुमा उक्लिएको छ । यो २.९२ प्रतिशतको वृद्धि हो ।
साताको पहिलो कारोबार दिन सबै उपसूचकहरु हरियो देखिए । सबैभन्दा धेरै बैक, विकास बैंक, व्यापार उपसूचकको मूल्य बढेको छ । आइतबार २६६ धितोपत्रको ७५ हजार ८६ वटा कारोबारबाट १ करोड २० लाख २ हजार ३०८ कित्ता सेयर किनबेच भएको छ । यसबाट ४ अर्ब ३७ करोड ५१ लाख ९६ हजार २३२ रुपैयाँ बराबरको कारोबार भएको छ ।
आइतबार किसान लघुवित्त, चन्द्रागिरि हिल्स, लिवेर्टी इनर्जी, स्वरोजगार लघुवित्तसहितका धितोपत्रको सकारात्मक सर्किट लेवलमा कारोबार भयो । ग्लोबल आईएमई बैंक, कालिञ्चोक दर्शन, विशाल बजार कम्पनी, प्रभु बैंकसहितका धितोपत्रको मूल्य धेरैले बढेको छ ।
एनआईबीए ग्रोथ फण्डको मूल्य नकारात्मक सर्किट लेवलमा घटेको छ । नेपाल बैंक डिभेञ्चर, बीपीडब्लू लघुवित्तसहितका धितोपत्रका लगानीकर्ताले समेत धेरैले गुमाए । शिवम् सिमेन्ट, ज्योती विकास बैंक, ग्लोबल आईएमई बैंकसहितका धितोपत्रको धेरैले कारोबार भएको छ ।

काठमाडौँ, ७ साउन । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०८०–८१ को मौद्रिक नीति जारी गर्दै आवासीय घर कर्जाको सीमा बढाएको छ । आज आइतबार चालू वर्षका लागि मौद्रिक नीति जारी गर्दै आवासीय घर कर्जाको सीमा बढाउने व्यवस्था गरेको हो ।
नयाँ व्यवस्थाअनुसार आवासीय घर कर्जाको सीमा २ करोड रुपैयाँ पुगेको छ । यसअघि, यस्तो कर्जाको सीमा १ करोड ५० लाख रुपैयाँ मात्रै थियो । यो ५० लाख रुपैयाँको वृद्धि हो । यस्तै, वित्तीय क्षेत्रको स्थायित्वलाई असर पुर्याउने गैर–व्यावसायिक तथा उच्छृङ्खल गतिविधिलाई समेत नियन्त्रण गर्ने नीति मौद्रिक नीतिले लिएको छ ।
यसका लागि विद्यमान बैङ्किङ कसुर ऐन, २०६४ मा समसामयिक संशोधन प्रक्रिया अगाडि बढाउने व्यवस्था केन्द्रीय बैंकले गरेको छ । पारस्परिक मूल्याङ्कनबाट प्राप्त सुझाव समेतका आधारमा सम्पत्ति शुद्धीकरण निवारणसँग सम्बन्धित निर्देशनहरू जारी गरिने छ । साथै, सम्बन्धित कानुनको समसामयिक परिमार्जन गर्न र राष्ट्रिय रणनीति तर्जुमा गर्न सहजीकरण गरिनेछ ।
यस्तै, बैंक तथा वित्तीय संस्थामा खाता खोली विप्रेषण पठाएमा कम्तीमा एक प्रतिशत थप ब्याज दिने व्यवस्थालाई निरन्तरता दिइएको छ । बैंक तथा वित्तीय संस्थाको सुझाव समेतको आधारमा चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शनमा आवश्यक पुनरावलोकन गरिने छ ।
यसबाहेक, प्राकृतिक प्रकोप वा अन्य विशेष परिस्थितिजन्य कारणले समस्यामा परेका ऋणीहरूको कर्जा पुनर्संरचना लगायतका व्यवस्था गरेर पुनरुत्थान तथा अन्य व्यवस्थापनका लागि बैंक तथा वित्तीय संस्थाले अवलम्बन गर्नु पर्ने उपायको व्यवस्था समेत गरिने केन्द्रीय बैंकले जनाएको छ ।

काठमाडौं, ७ साउन । आइतबार नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ । आज छापावाला सुन तोलामा ५ सय रुपैयाँ घटेर प्रतितोला एक लाख १२ हजार ३ सय रुपैयाँमा कारोबार भैरहेको छ । त्यस्तै तेजावी सुन प्रतितोला एक लाख ११ हजार ७५० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदी तोलामा १५ रुपैयाँ घटेर प्रतितोला एक हजार ४ सय ६५ रुपैयाँमा कारोबार भैरहेको छ ।
काठमाडौं, ७ साउन । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीति सार्वजनिक गर्दै छ । आइतबार बिहान बस्ने सञ्चालक समिति बैठकले मौद्रिक नीति पारित गरेपछि गभर्नर महाप्रसाद अधिकारीले आजै सार्वजनिक गर्ने तयारी गरेको स्रोतले जनाएको छ ।
मौद्रिक नीतिमा नियामकीय नीतिभन्दा पनि बाह्य क्षेत्रमा भएको सुधारलाई कायम राख्ने गरी मौद्रिक उपकरणमा लचकता अपनाउन सक्ने राष्ट्र बैंकका अधिकारीहरू बताउँछन् ।
४ प्रतिशत रहेको सीआरआरलाई यथावत राख्दै घट्दो मुद्रा स्फीतिलाई मध्यनजर गर्दै नीतिगत दरलगायत ब्याजदर करिडोर अन्तर्गतका दरहरूलाई घटाउन सक्ने अवस्था रहेको राष्ट्र बैंकका अधिकारीहरू बताउँछन् ।
राष्ट्र बैंकले सिथिल अर्थतन्त्रलाई केही चलायमान बनाउन मौद्रिक नीतिको कार्यदिशा केही खुकुलो बनाए पनि निजी क्षेत्रमा जाने कर्जा उच्च दरमा विस्तार गर्ने पक्षमा छैन । खस्कँदो कर्जाको गुणस्तरलाई मध्यनजर गर्दै कर्जा विस्तार भन्दा पनि असुली गर्नुपर्ने गभर्नर अधिकारीले बताउँदै आएका छन् ।
मौद्रिक नीतिले निजी क्षेत्रमा जाने कर्जाको विस्तार करिब १० प्रतिशतको नजिक हुने लक्ष्य लिनसक्ने स्रोतको दाबी छ ।
मौद्रिक नीति अगाडि गत शुक्रबार मात्रै अन्तर्राष्ट्रिय मुद्रा कोषको मिसनले गभर्नर महाप्रसाद अधिकारीसँग छलफल गरेको थियो । आईएमएफले विस्तारित कर्जा सुविधा (ईसीएफ) को विषयमा छलफल गरेको राष्ट्र बैंकले दाबी गरे पनि छलफलमा मौद्रिक नीति लचिलो बनाएर बाह्य क्षेत्रमा दबाब बढाउने नीति नलिन दबाब दिएको स्रोतको दाबी छ ।
काठमाडौं, ५ साउन । नेपाल धितोपत्र बोर्डले थप ११ कम्पनीलाई ब्रोकर लाइसेन्स इजाजत दिएको छ । इजाजत पाएका ११ कम्पनीमध्ये एउटा कम्पनीले भने स्टक डिलरसहितको लाइसेन्स पाएको बोर्डले जनाएको छ ।
बोर्डकाअनुसार मिल्की वे सेयर ब्रोकर कम्पनी, क्यापिटल हब प्रा. लि., आकाशभैरव सेक्युरिटिज लि., पाही इन्भेष्टमेन्ट प्रा. लि., ए.पी.ए.ए. सेक्युरिटिज लि।, एन.एम.बि. सेक्यूरिटिज लिमिटेड र सानिमा सेक्यूरिटिज लिमिटेडले लाइसेन्स पाएका छन् ।
यस्तै स्टक्स्कार्टस् सेक्युरिटिज लि., इन्दिरा सेक्युरिटिज प्रा.लि., ब्लु चिप सेक्युरिटिज लिमिटेड र गरिमा सेक्युरिटीज् नयाँ लाइसेन्स पाउने कम्पनी हुन् ।
ेकाठमाडौं, ५ साउन । कोरियामा काम गरेर फर्किएकाहरूलाई पुनः कोरिया जान भाषा परीक्षाको लागि आवेदन आह्वान गरिएको छ । वैदेशिक रोजगार विभाग अन्तर्गत ईपीएस कोरिया शाखाले साउन १३ गतेदेखि १५ गतेसम्मका लागि आवेदन आह्वान गरेको हो ।
पाँच वर्ष कोरियामा काम गरेर फर्किएकाहरूले आवेदन दिनुपर्ने शाखाले जनाएको छ । भाषा परीक्षा भने आगामी भदौं १८ देखि २९ गतेसम्म हुनेछ । त्यसको नतिजा असोज ३ गते प्रकाशित हुने शाखाले जनाएको छ ।
नेपाल सरकार कोरिया सरकारबीच सम्पन्न समझदारी अन्तर्गत कोरियामा काम गरी वैधानिक तवरले फर्केका कामदारहरूलाई पुनः कामदारको रूपमा पठाउने प्रक्रिया अनुसार आवेदन आह्वान गरेको हो ।
आवेदन दिनका लागि नेपाली नागरिक हुनुपर्ने, ईपीएस मार्फत कोरिया गएको र सन् २०१० जनवरी १ पश्चात भिसा अवधिभित्रै स्वैच्छिक रूपले नेपाल फर्किेको हुनुपर्नेछ । त्यस्तै आवेदकको उमेर १८ वर्ष पुरा भई ३९ वर्ष ननाघेको हुनुपर्नेछ ।
कोरियामा ई–९ र ई–९–१ भिसामा पाँच वर्ष भन्दा बढी अवधि नबसेका र कोरियाको मानव संशाधान विभागबाट ईपीएस भाषा परीक्षामा सहभागी हुन सक्ने भनेर नामावलीमा नाम भएकाले फारम पर्न पाउनेछन् । उनीहरूले उत्पादनमुलक र कृषि तथा पशुपालनका लागि जान पाउनेछन् ।
परीक्षा शुल्क २८ डलर लाग्नेछ । यसअघि कोरियाबाट फर्किएर आएकाहरूले आफुले कोरिया जान नपाएको भन्दै आन्दोलन गरेका थिए । उनीहरूलाई प्राथमिकता दिने सहमित भएपछि आन्दोलन रोकिएको थियो ।

ेकाठमाडौं, ५ साउन । शुक्रबार नेपाली बजारमा सुनचाँदीको मुल्य ह्वात्तै घटेको छ । आज छापावाला सुन तोलामा ८ सय रुपैयाँ घटेर प्रतितोला एक लाख १२ हजार ८ सय रुपैयाँमा कारोबार भैरहेको छ । त्यस्तै तेजावी सुन प्रतितोला एक लाख १२ हजार २५० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदी तोलामा १५ रुपैयाँ घटेर प्रतितोला एक हजार ४ सय ८० रुपैयाँमा कारोबार भैरहेको छ ।

हेटौंडा । बागमती प्रदेश सरकारको २३ अर्ब बजेट फ्रिज भएको छ। चालु आर्थिक वर्षको कुल बजेटमा ६७.१९ प्रतिशत मात्रै बजेट खर्च हुँदा २३ अर्ब २८ करोड ९४ लाख ४१ हजार ३ सय ८२ रुपैंया बजेट फ्रिज भएको प्रदेश लेखा नियन्त्रक कार्यालय हेटौंडाले जनाएको छ।
यस रकममा पनि अझै खर्च प्रतिशत घट्न सक्ने कार्यालयका सूचना अधिकारी होमनाथ रिजालले जानकारी दिए। सरकारी खाता बन्द भइसकेकोले खर्च नबढ्ने तर भुक्तानीका लागि गएको चेकहरू फिर्ता आए खर्च प्रतिशत घट्न सक्ने उनले जानकारी दिए।
चालु आर्थिक वर्षको लागि ७० अर्ब ९३ करोड ९२ लाख ९१ हजार बजेट ल्याएको प्रदेश सरकारले ७० प्रतिशत पनि खर्च गर्न नसकेको हो। लेखा नियन्त्रक कार्यालयका अनुसारे ६९.९० प्रतिशत चालु खर्च र ६७.१९ प्रतिशत पुँजीगत खर्च रहेको छ। कुल बजेटमा ४७ अर्ब ६४ करोड ९८ लाख ४९ हजार ६ सय १८ रुपैंया खर्च गरेको छ। जसमा चालु खर्च २८ अर्ब ७६ करोड २० लाख ७५ हजार रहेको छ भने पुँजीगत खर्च २८ अर्ब २८ करोड ७७ लाख ७३ हजार रहेको प्रदेश लेखा नियन्त्रक कार्यालयले जनाएको छ।
लेखा नियन्त्रक कार्यालय हेटौंडाका सूचना अधिकारी रिजालका अनुसार वित्तिय व्यवस्थापन तर्फ छुट्याइएको २ अर्ब बजेटमा ६० करोड रुपैंया अर्थात ३० प्रतिशत मात्रै खर्च भएको छ।
मन्त्रालयगत खर्च
तत्कालिन १४ मन्त्रालय रहेको बागमतीमा मन्त्रालयहरू समायोजन भएर अहिलको संख्या ११ छ।
यद्यपि समायोजन भएका मन्त्रालयहरुले पनि क्षेत्रगत रुपमा तत्कालिन अवस्थामा छुट्याएको बजेट खर्च गरेको प्रदेश लेखा नियन्त्रक कार्यालयका प्रमुख हरि प्रसाद उपाध्यायले बताए।
जसअनुसार १४ मन्त्रालयहरूमध्ये सबैभन्दा धेरै भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले ९०.२३ प्रतिशत बजेट खर्च गरेको छ। ११ करोड ७९ लाख ५३ हजार रुपैंया बजेट पाएको यस मन्त्रालयले १० करोड ६४ लाख ३० हजार खर्च गरेको छ।
सबैभन्दा धेरै बजेट पाएको भौतिक पूर्वाधार विकास मन्त्रालयले कुल बजेटको ६९.९२ प्रतिशत मात्रै बजेट खर्च गरेको छ। २१ अर्ब ९८ करोड ८९ लाख रुपैयाँ कुल बजेटमा १५ अर्ब ३७ करोड ५२ लाख ७२ हजार रुपैयाँ मात्र खर्च गर्न सकेको हो। भौतिकको चालु खर्च ६८.४६ प्रतिशत छ भने पुँजीगत खर्च ६९.९५ प्रतिशत छ।
श्रम, रोजगार तथा यातायात मन्त्रालयले चालु आर्थिक वर्षको लागि ८० करोड ७१ लाख ५५ हजार बजेट पाएकोमा ५० करोड ४४ लाख ७९ हजार अर्थात् ६२.५० प्रतिशत बजेट खर्च गरेको छ।
यस्तै, युवा तथा खेलकुद मन्त्रालयका लागि चालु आर्थिक वर्षमा १ अर्ब २४ करोड ८३ लाख ८६ हजार रुपैयाँ बजेट विनियोजन भएको थियो। जसमा ७९ करोड ३८ लाख ९ हजार रुपैयाँ अर्थात् कुल बजेटको ६३.४८ प्रतिशत रकम खर्च गरेको छ।
संस्कृति तथा पर्यटन मन्त्रालयले १ अर्ब २५ करोड ९३ लाख ३२ हजार अर्थात् ६७.२३ प्रतिशत रकम खर्च गरेको छ। यस मन्त्रालयका लागि चालु आर्थिक वर्षमा १ अर्ब ८७ करोड ३३ लाख २५ हजार रुपैयाँ बजेट विनियोजन भएको थियो।
प्रदेशको मन्त्रालयहरूमध्ये सबैभन्दा कम बजेट पाएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले ५० करोड २३ लाख ८२ हजार अर्थात् कुल बजेटको ६६.०४ प्रतिशत बजेट खर्च गरेको छ। यस मन्त्रालयका लागि चालु आर्थिक वर्षमा ७६ करोड ७ लाख ४७ हजार रुपैयाँ बजेट पाएको थियो।
यस्तै प्रदेशको स्वास्थ्य मन्त्रालयले ४ अर्ब ५६ करोड ४१ लाख १७ हजार बजेट पाएकोमा ६८.९४ प्रतिशत बजेट खर्च गरेको छ। जसअनुसार, यस मन्त्रालयले ३ अर्ब १४ करोड ६६ लाख रुपैयाँ खर्च गरेको हो।
यस्तै, सामाजिक विकास मन्त्रालयले २ अर्ब ८६ करोड ५७ लाख ५० हजार रुपैयाँ अर्थात् ७५.७४ प्रतिशत खर्च गरेको छ। यस मन्त्रालयले कुल ३ अर्ब ७८ करोड ५६ लाख ६३ हजार बजेट पाएको थियो।
मुख्यमन्त्री कार्यालयले ६१ करोड ८२ लाख ९१ हजार रुपैयाँ बजेट राखेकोमा ३५ करोड ९ लाख ६० हजार रुपैयाँ अर्थात् ५६.७० प्रतिशत बजेट खर्च गरेको छ। यस्तै, आर्थिक मामिला तथा योजना मन्त्रालयले १४ करोड ५६ लाख १६ हजार अर्थात् ६०.६६ प्रतिशत खर्च गरेको छ।
यस मन्त्रालयले चालु आवको लागि २४ करोड ७१ हजार बजेट पाएको थियो।
यस्तै, खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालयले ९ अर्ब १२ करोड ८० लाख ७९ हजार कुल बजेट पाएकोमा हालसम्मको अवधिमा ७ अर्ब ७४ करोड ३५ लाख ९२ हजार अर्थात् ८४.३७ प्रतिशत खर्च गरेको छ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले ३० करोड ५५ लाख ६९ हजार अर्थात् ५२.१६ प्रतिशत, कृषि तथा पशुपन्छी विकास मन्त्रालयले २ अर्ब ६७ करोड ४६ लाख १४ हजार रुपैयाँ अर्थात् ६८.९९ प्रतिशत बजेट खर्च गरेको हो। यस मन्त्रालयले कुल ३ अर्ब ८७ करोड ७० लाख ७० हजार रुपैयाँ बजेट पाएको थियो।
यस्तै, चालु आर्थिक वर्षको लागि ३ अर्ब ३३ करोड २३ लाख १८ हजार कुल बजेट विनियोजन भएको वन तथा वातावरण मन्त्रालयले २ अर्ब ५५ करोड ५९ लाख ८८ हजार रुपैयाँ अर्थात् ७६.६८ प्रतिशत बजेट खर्च गरेको प्रदेश लेखा नियन्त्रक कार्यालयय हेटौंडाले जनाएको छ।
सत्ता चलखेलको प्रभाव?
चालु आर्थिक वर्षमा नै बागमतीमा दुईवटा प्रदेश सरकार बन्यो। हालका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले आफैंले यस वर्षको बजेट ल्याएका थिए।
उनी गत ४ मंसिरको प्रदेशसभा निर्वाच्नमा धादिङबाट पुनः निर्वाचित भए। त्यसपछि मुख्यमन्त्री निर्वाचित भएका जम्मकट्टेलको संयोग आफैंले ल्याएको बजेटमाथि काम गर्न पाउनु बन्यो।
आफैंले ल्याएको बजेटमाथि आफू नेतृत्वको सरकारले दोस्रोपटक काम गर्दा पनि सोचे अनुरुप बबजेट खर्च भने हुन सकेन। मुख्यमन्त्री जम्मकट्टेलले बजेटमा कम्तीमा पनि ७० प्रतिशत खर्च गर्ने लक्ष्य रहेको बताएका थिए।
प्रदेश सरकारले चालु आर्थिक बर्षको लागि ल्याएको नीति तथा कार्यक्रम र बजेटमा टेकेर विकासमा अग्रता नदेखाउँदा विकास खर्च जम्मा ६७.१९ प्रतिशत मात्रै हुन सकेको छ। जसअनुसार पुँजीगत खर्च कोषको १३ अर्ब ८१ करोड ७ लाख ७३ हजार रुपैंया बजेट फ्रिज भएको छ। नेपाल खवरका लागि सुनिता विष्टले लेखेको समाचार हामिले साभार गरेका हौं ।

काठमाडौं, २१ असार । बिहिबार नेपाली बजारमा सुनचाँदीको मुल्य बढेको छ । आज छापावाला सुन तोलामा १ सय रुपैयाँ बढेर प्रतितोला एक लाख १० हजार ७ सय रुपैयाँमा कारोबार भैरहेको छ । त्यस्तै तेजावी सुन प्रतितोला एक लाख १० हजार १५० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदी तोलामा १५ रुपैयाँ बढेर प्रतितोला एक हजार ३ सय ९५ रुपैयाँमा कारोबार भैरहेको छ ।

काठमाडौं, २० असार। सेयर बजारमा उच्च अंकको गिरावट भएको छ । साताको चौथो दिन बुधबार सेयर बजार परिसूचक नेप्से ३९.३६ अंकको उच्च गिरावट हुँदा २०४९.४४ को विन्दुमा बन्द भएको छ ।
असार मसान्त नजिकिंदै गर्दा सेयर बजारमा गिरावट भएको छ । आर्थिक वर्षको अन्तिममा व्यावसायिक खाता क्लोजिङ गर्नुपर्ने भएकोले सेयर बिक्री गर्ने चापले नेप्सेमा उच्च गिरावट भएको छ । असार मसान्तमा बैंक ऋणको सावाँ तथा ब्याज र व्यवसायीले कर बुझाउने समय भएकोले सेयर बिक्रीको चाप छ । तर, बजार थप घट्ने अपेक्षमा लगानी गर्न लगानीकर्ता तयार नहुँदा नेप्सेमा गिरावट भएको हो ।
असार मसान्तमा क्लोजिङको समय भएकोले बैंकहरूले तरलता सहज भएपनि थप ऋण प्रवाह गर्दैनन् । विगतमा व्यवसायिले असारको ब्याज तिर्न चालुपूँजी कर्जाको सीमा बढाउने गरेको भएपनि राष्ट्र बैंकले चालुपूँजी कर्जा सम्पत्ति मार्गदर्शन ल्याएर ऋण तिर्न चालुपूँजी कर्जा प्रयोग गर्न नसक्ने व्यवस्था गर्नुको साथै त्रैमासको अन्तिम महिनामा चालुपूँजी कर्जाको सीमा बढाउन नसक्ने व्यवस्था गरेको छ ।
जसले गर्दा आसार मसान्तमा व्यवसायीले ब्याज तिर्न अन्य विकल्पहरु प्रयोग गर्दा नेप्सेमा सेयर बिक्रीको पनि चाप आएको हो । जसले गर्दा बैंकिङ प्रणालीमा तरलता बढ्दै गएको र ब्याजदर घट्दा पनि नेप्से पनि घटीरहेको छ ।
पछिल्लो ५ कारोबार दिनमध्ये चार दिन नेप्सेमा गिरावट भएको छ । गत साताको बुधबार सहित आइतबार र सोमबार पनि नेप्से गिरावट भएको थियो । मंगलबार दोहोरो अंकले बढेको नेप्से बुधबार पुनः घटेको हो । गत सातको मंगलबार २१८६.३६ अंकसम्म पुगेको नेप्से बुधबार २०४९.४४ को विन्दुमा बन्द भएको छ । बुधबार सबै उपसूचकहरुमा गिरावट हुँदा जीवन बीमा कम्पनीहरुको उपसूचक सवार्धिक ३.३१ प्रतिशतले गिरावट भएको हो । जीवन बीमा कम्पनीहरुको सेयरमूल्यमा बढी गिरावट हुँदा उक्त उपसूचक पनि तुलनात्मक रुपमा बढीले गिरावट भएको छ । बैंकिङ उपसूचक सबैभन्दा कम ०.९० प्रतिशतले गिरावट भएको हो ।
नेप्सेमा उच्च अंकको गिरावट भएपनि कारोबार रकम भने मंगलबारको तुलनामा बढेको छ । मंगलबार करिब साढे ३ अर्बमा सीमित भएको कारोबार रकम बुधबार ३ अर्ब नाघेको छ । लगातार ५ अर्ब माथिको कारोबार भइरहेको बजारमा नेप्से घट्न सुरु भएसँगै सोमबार ४ अर्बमा झरेको कारोबार रकम मंगलबार साढे २ अर्बमा झरेको थियो ।
बुधबार नेप्सेमा ५३ हजार १०३ वटा कारोबारमा ८० लाख ९२ हजार ९६९ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ७ करोड ४० लाखको कारोबार भएको हो । जसमध्ये शिवम् सिमेन्टको सर्वाधिक १६ करोड ४९ लाख रुपैयाँको सेयर कारोबार हुँदा हिमालयन लाइफ इन्स्योरेन्सको १३ करोड ९१ लाख रुपैयाँ र सोल्टी होटलको सेयर ९ करोड ५८ लाख रुपैयाँको कारोबार भएको हो ।
नेप्सेमा बुधबार कुल २२४ सूचीकृत कम्पनीको सेयर कारोबारमा आएका छन् । जसमध्ये सिटी होटल र रावा इनर्जी डेभलपमेन्ट कम्पनीको सेयरमूल्य ९.९९ प्रतिशतले बढेर सकारात्मक सर्किट मूल्यमा बन्द भएको छ । सिटी होटलको सेयर नेप्सेमा सूचीकृत भएपछि लगातार बढिरहेको छ । यस्तै रावा इनर्जी लिमिटेडको सेयरमूल्य नेप्सेमा सूचीकृत भएर कारोबार बुधबारदेखि कारोबारमा आएकोमा बुधबार नै सकारात्मक सर्किट लागेको हो ।
यस्तै बीपीडब्लु लघुवित्त र मोदी इनर्जी हाइड्रोपावरको सेयरमूल्य १० प्रतिशतले घटेर नकारात्मक सर्किट मूल्यमा बन्द भएको छ । मोदी इनर्जीको सेयरमूल्य नेप्सेमा सूचीकृत भएर बुधबार कारोबार सुरु भएको थियो ।

काठमाडौं, २० असार। नेपाल विद्युत प्राधिकरणले जुम्ला, हुम्ला डोल्पा र मुगुमा विद्युतीकरणका लागि सोलार परियोजनाहरु स्थापना गर्ने भएको छ । राष्ट्रिय ग्रिडबाट ११ केभीको लाइनमार्फत लगिने बिजुलीमा गुणस्तरको समस्या हुने र स्थानीय रुपमा समस्या आउँदा ‘ब्याकअप’ पनि राख्नुपर्ने अवस्था आएपछि ती जिल्लाहरुमा साना सोलार परियोजना राख्न लागिएको हो ।
त्यसका लागि नेपाल विद्युत प्राधिकरणले टेन्डर आह्वान गरिसकेको छ । प्राधिकरणको आयोजना व्यवस्थापन निर्देशनालयका प्रमुख तारा प्रधानका अनुसार एसियाली विकास बैंकको सहयोगमा ४ वटा जिल्लामा सोलार प्लान्ट राख्न लागिएको बताउँछन् । जुम्ला र हुम्लामा १र१ मेगावाट तथा मुगुमा ४०० किलोवाट र डोल्पामा ६०० किलोवाटको सोलर परियोजना राख्न लागिएको हो ।
‘एक–एक मेगावाटको परियोजनाले त्यहाँको प्रणालीमा ३–४ घण्टा ब्याकअप गर्न सक्छन्,’ उनले भने, ‘सुर्खेतबाट ११ केभीको लाइनबाट लामो दूरी पार गरेर राष्ट्रिय प्रसारणको बिजुली पुर्याउने काम भइरहेकाले त्यहाँको प्रणालीलाई सहयोग पुग्ने गरी साना सोलार परियोजनाहरु स्थापना गर्न लागेका हौं ।’
सरकारी तथ्यांकअनुसार अहिलेसम्म नेपालमा ९७.२० प्रतिशत जनता विद्युतको पहुँचमा पुगेका छन् । प्राधिरकणको राष्ट्रिय प्रसारण प्रणालीबाट ९३.६५ प्रतिशत र विभिन्न वैकल्पिक ऊर्जामार्फत विद्युत सेवा लिनेहरु ३.५४ प्रतिशत छन् ।
देशभरका ७५३ मध्ये करिब ३० वटा स्थानीय तहमा अझै राष्ट्रिय प्रसारणको बिजुली पुगेको छैन । २३० स्थानीय तहमा आंशिक मात्रै विद्युतीकरण भएको तथ्यांक छ । मुगु र हुम्लामा अझै राष्ट्रिय प्रसारणको बिजुली पुगेको छैन ।
यस्ता विद्युतीकरण गर्न बाँकी क्षेत्रमा विद्युत सेवा पुर्याउन प्राधिकरणले एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) लगायतसँग ऋण लिएरै ठूला विद्युतीकरण परियोजना अघि बढाउन लागेको छ । २ वर्षभित्र नै सबै नेपालीलाई विद्युत सेवाको पहुँच पुर्याउने गरी काम गरिरहेको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका अनुसार अहिलेसम्म कर्णालीको विद्युतीकरणको पूर्वाधार नै कमजोर अवस्थामा छ । कर्णालीमा बिजुली पुग्ने एउटै आधार कोहलपुर–सुर्खेत प्रसारणलाइन ३३ केभीको मात्रै छ ।
यसलाई १३२ केभीको बनाउने योजना भएपनि काम सुरु भएको छैन । कोहलपुरबाट जंगल हुँदै गएको त्यही ३३ केभीको लाइन भने दैलेखसम्म पुगेको छ । दैलेखबाट कालिकोट हुँदै जुम्ला हुँदै डोल्पासम्म ११ केभीको लाइन मात्रै पुगेको छ । कालिकोटसम्म ३३ केभीको लाइन तानिए पनि सबस्टेसनको काम सकिएको छैन ।
कोहलपुरबाट पोलमार्फत घिसारिएको ३३ केभीको लाइन जुम्ला र डोल्पासम्म लानु पर्दा विद्युत पुगेपनि गुणस्तरमा समस्या परेको छ । लामो दूरीमा सानो क्षमताको लाइन लैजाँदा भोल्टेज कमजोर हुने र विद्युतको गुणस्तर पनि खस्किने गरेको छ ।
कर्णालीमा विद्युतीकरणमा हुने लगानी ठूलो भएपनि त्यसबाट प्राधिकरणले नाफा कमाउने अवस्था नरहेको भन्दै प्राधिकरणले सबै कुरालाई व्यावसायिक नजरबाट हेर्न हुँदैन भनेरै योजना अघि बढेको बताएको छ ।
‘कर्णाली गरिबीको चपेटमा छ, त्यहाँको आर्थिक समाजिक अवस्था सुधार गर्न पनि विद्युतीकरण आवश्यक छ,’ प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ भन्छन्, ‘२० युनिटसम्म खपत गर्ने जनताले ३० रुपैयाँ मात्रै सेवा शुल्क तिरे हुने गरी भएको व्यवस्थाको लाभ कर्णालीले पनि छिटो पाओस् भन्नेमा हाम्रो जोड छ । यो कर्णालीका जनताको अधिकार र सरकारको दायित्व पनि हो ।’
उनले कर्णालीमा भविष्यमा फुकोट कर्णाली, मुगु कर्णालीजस्ता आयोजना बन्ने भएकाले त्यहाँसम्म ४ सय केभीको लाइन पुर्याउनुपर्ने अवस्था रहेको पनि बताए । ‘कर्णालीमा ठूलो क्षमताको प्रसारणलाइन पुर्यायौं भने त्यहाँ ठूला आयोजना बन्छन्, स्थानीय स्तरमा रोजगारी बढ्छ, आर्थिक गतिविधि बढ्छ,’ घिसिङ भन्छन्, ‘अहिले सरकारका ग्रिड र जलविद्युत उत्पादन कम्पनीले यस पक्षमा पनि अध्ययन गरिरहेका छन् ।’
विकटता, बजेटको अभाव लगायतका कारण परेका गाँठो फुकाउँदै कर्णालीलाई उज्यालो बनाउने अभियानमा सरकार र प्राधिकरण दृढ रहेको घिसिङको स्पष्टीकरण छ । ‘कर्णालीका सबै जनताको घरमा बिजुली पुर्याउने सरकारकै योजना छ,’ घिसिङ भन्छन्, ‘प्राधिकरणको सपना पनि कर्णालीका घर–घरमा बिजुली लिएर पुग्ने हो, त्यसअनुसार धमाधम काम भइरहेको छ ।’

काठमाडौं, २० असार। बुधबार नेपाली बजारमा सुनचाँदीको मुल्य बढेको छ । आज छापावाला सुन तोलामा २ सय रुपैयाँ बढेर प्रतितोला एक लाख १० हजार ६ सय रुपैयाँमा कारोबार भैरहेको छ । त्यस्तै तेजावी सुन प्रतितोला एक लाख १० हजार ५० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदी तोलामा ५ रुपैयाँ बढेर प्रतितोला एक हजार ३ सय ८० रुपैयाँमा कारोबार भैरहेको छ ।

काठमाडौं, १९ असार । लगातार ३ दिनसम्म घटेको सेयर बजारमा चौथो दिए आएर दोहोरो अंकको वृद्धि भएको छ । साताको तेस्रो कारोबार दिन मंगलबार बजार परिसूचक नेप्से १२.७३ अंक (०.६१ प्रतिशत) ले वृद्धि हुँदा २०८८.७० को विन्दुमा रोकिएको छ ।
गत साता लगातर बढेर बुधबार करिब ७ महिना यताकै उच्च विन्दु २१८६.३६ अंकसम्म पुगेको नेप्से बुधबारसहित यो सातको आइतबार र सोमबार लगातार ३ दिन गिरावट हुँदा २०७५.९७ अंकसम्म झरेको थियो । तर, मंगलबार पुनः नेप्सेमा वृद्धि भएको हो । मंगलबार नेप्सेसँगै सबै उपसूचकमा वृद्धि भएको छ । जसमध्ये होटल तथा पर्यटन उपसूचक सर्वाधिक २.३६ प्रतिशतले वृद्धि भएको हो ।
नेप्सेमा वृद्धि भएपनि कारोबार रकम भने घटेको छ । लगातार ५ अर्ब भन्दा माथिको कारोबार भइरहेको बजारमा सोमबार कारोबार रकम घटेर ४ अर्बमा झरेको थियो । आज मंगलबार कारोबार रकम झनै घटेर साढे २ अर्बमा झरेको छ । मंगलबार नेप्सेमा ४६ हजार ७७१ वटा कारोबारमा ६४ लाख ५० हजार ९३४ कित्ता सूचीकृत धितोपत्र किनबेच भएको छ । जसबाट २ अर्ब ५७ करोड ६१ लाखको कारोबार भएको छ ।
जसमध्ये नागरिक लगानी कोषको १२ करोड १७ लाखको कारोबार हुँदा एनएलजी इन्स्योरेन्सको ११ करोड ३९ लाख र हिमालयन लाइफ इन्स्योरेन्सको ११ करोड ३४ लाखको कारोबार भएको छ । मंगलबार नेप्सेमा कुल २२६ सूचीकृत कम्पनीको सेयर कारोबारमा आएका छन् । जसमध्ये १४५ कम्पनीका सेयरमूल्यमा वृद्धि हुँदा ७२ कम्पनीको सेयरमूल्यमा गिरावट हुँदा ९ कम्पनीको सेयरमूल्य स्थिर छ ।
मंगलबार कारोबार भएकामध्ये सिटी होटलको सेयरमूल्य बढेर सकारात्मक सर्किट मूल्यमा बन्द हुँदा मानुषि लघुवित्तको सेयरमूल्य ६.१५ प्रतिशत र सिंगटी हाइड्रोपावरको सेयरमूल्य ५.९५ प्रतिशतले वृद्धि भएको छ ।
यता बीपीडब्लु लघुवित्तको सेयरमूल्य घटेर नकारात्मक सर्किट मूल्यमा बन्द हुँदा खानीखोला हाइड्रोपावरको सेयरमूल्य ३.१८ प्रतिशतले गिरावट भएको छ ।

काठमाडौं, १९ असार । नेपाल नागरिक उड्डयन प्राधिकरणले तेस्रो पटक हवाई भाडा समायोजन गरेको छ । नेपाल आयल निगमले सोमबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल तथा मट्टितेलको मूल्यसँगै हवाई इन्धनको मूल्य समेत घटाएपछि प्राधिकरणले हवाई भाडा (फ्यूल सर्चाज) समेत घटाएको हो ।
घटेको मूल्य अनुसार सबैभन्दा बढी काठमाडौँ–धनगढीको हवाई भाडा ६१५ रुपैयाँले घट्ने भएको छ । यसअघि काठमाडौँ–धनगढीको फ्यूल सर्चाज ६ हजार ६२५ रुपैयाँ रहेकोमा अहिले घटेर ६ हजार १० रुपैयाँमा झरेको छ ।
यस्तै सबैभन्दा कम छोटो दुरीमा रहेको काठमाडौँ–सिमराको फ्यूल सर्चाज १२५ रुपैयाँले घट्दै १ हजार २२५ रुपैयाँ कायम भएको छ । योसँगै हवाई भाडामा व्यापक कटौती भएको छ ।
सोमबार आयात निगमले आन्तरिक उडानतर्फको इन्धनको मूल्य प्रतिलिटर १४ रुपैयाँले र अन्तर्राष्ट्रियतर्फको इन्धन मूल्य प्रतिलिटर १५ रुपैयाँले घटाएको थियो । योसँगै प्राधिकरणले छोटो समयमा तेस्रो पटक हवाई भाडा समायोजन गरेको हो ।

काठमाडौं, १९ असार । मंगलबार नेपाली बजारमा सुनचाँदीको मुल्य बढेको छ । आज छापावाला सुन तोलामा ४ सय रुपैयाँ बढेर प्रतितोला एक लाख १० हजार ४ सय रुपैयाँमा कारोबार भैरहेको छ । त्यस्तै तेजावी सुन प्रतितोला एक लाख ९ हजार ८ सय ५० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदी तोलामा ५ रुपैयाँ बढेर प्रतितोला एक हजार ३ सय ७५ रुपैयाँमा कारोबार भैरहेको छ ।

काठमाडौं, १८ असार । लगातार तेस्रो दिन पनि सेयर बजार उच्च अङ्कले घटेको छ । गत साता बुधबारदेखि घट्न थालेको नेप्से सोमबार २१.३२ अङ्कले घटेजर २०७५.९७ विन्दुमा झरेको छ । यो १.०२ प्रतिशतको गिरावट हो । सोमबार २७६ धितोपत्रको ६४ हजार ८६८ कारोबारबाट ९४ लाख १८ हजार ९५२ कित्ता कारोबार भएको छ ।
घटेको बजारमा लगानीकर्ताले सेयर बिक्री गर्न नचाहेको देखिएको छ । त्यसो हुँदा सोमबार कारोबार रकम ४ अर्ब ५ करोड १० लाखमा सीमित भएको छ । यसले किन्न चाहने लगानीकर्ता पनि पर्ख र हेरको स्थितिमा रहेको देखिन्छ ।
होटल र टुरिजम तथा व्यापार उपसूचकका लगानीकर्ताले कमाए भने अरु सबै उपसूचकका लगानीकर्ताले गुमाएका छन् । सोमबार सीवाईसी नेपाल लघुवित्त, बीपीडब्लू लघुवित्त, सिटी होटलसहितका धितोपत्रका लगानीकर्ताले धेरै कमाए ।

काठमाडौं, १८ असार । सोमबार नेपाली बजारमा सुनको मुल्य सामान्य घटेको छ भने चाँदीको मुल्य स्थिर छ । छापावाला सुन तोलामा १ सय रुपैयाँ घटेर प्रतितोला एक लाख १० हजार रुपैयाँमा कारोबार भैरहेको छ । त्यस्तै तेजावी सुन प्रतितोला एक लाख ९ हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको छ । चाँदी प्रतितोला एक हजार तिन सय ७० रुपैयाँमा कारोबार भैरहेको छ ।

काठमाडौं, १७ असार । भारतबाट डिजेल बाहेकका पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ । भारतबाट हिजो १ तारिखमा प्राप्त नयाँ मूल्य सूचीअनुसार डिजेल प्रतिलिटर २.१६ रुपैयाँ बढेर आएको हो । यसबाहेक अन्य सबै पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ । आयल निगमका प्रवक्ता मनोजकुमार ठाकुरकाअनुसार पेट्रोलको मूल्य प्रतिलिटर १४ पैसा घटेर आएको छ । यस्तै, मट्टितेलको मूल्य प्रतितिलटर ५ पैसा घटेर आउँदा हवाई इन्धनको मूल्य प्रतिलिटर ५७ पैसा घटेर आएको छ ।
यसका साथै खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर १६१ रुपैयाँले घटेर आएको छ । निगमकाअनुसार हाल सबैभन्दा धेरै नाफा बाह्यतर्फको हवाई इन्धनमा छ । बाह्यतर्फको हवाई इन्धनमा ५७ रुपैयाँ नाफा छ । यसपछि आन्तरिक हवाई इन्धनमा ३७ रुपैयाँ नाफा छ । यस्तै, डिजेलमा १३ रुपैयाँ प्रतिलिटर नाफा हुँदा पेट्रोलमा १२ रुपैयाँ नाफा छ । यसका साथै, मट्टितेलमा प्रतिलिटर २७ रुपैयाँ नाफा हुँदा एलपी ग्यासमा समेत प्रतिसिलिन्डर ७ रुपैयाँ नाफामा छ ।
ताजा समाचार
रामेछापका पाण्डेद्वारा अफ्रिकाको सर्वोच्च शिखर किलिमञ्जारोको सफल आरोहण

१५ कात्तिक, काठमाडौं । रामेछाप निवासी युवा पर्वतारोही प्रकाशराज पाण्डेले अफ्रिकाको सर्वोच्च शिखर किलिमञ्जारो सफल आरोहण गरेका छन्। यही अक्टुबर ३१ तारिखका दिन बिहान ६स्ः४० बजे उनले तान्जेनियाको किलिमाञ्जारो हिमाल आरोहण गरेका हुन्। पाण्डेले किलिमञ्जारोमा नेपालको राष्ट्रिय झण्डासमेत फहराएका छन् । उक्त हिमाल पाँच हजार ८ सय ९५ मिटर अग्लो छ। पर्वतारोही पाण्डेले आधार शिविरबाट तीन दिनमा आरोहण पूरा गरेको रामेछाप न्युजलाइ बताए ।
पाण्डेले सातै महादेशका उच्च हिमाल आरोहण गरी सेभेन समिट पूरा गर्ने लक्ष्यका साथ गत जुन २९ तारिखका दिन बिहान ९ बजे युरोपको सर्वोच्च शिखर रुसमा रहेको माउन्ट एलब्रस हिमाल पनि आरोहण गरेका थिए। उनले यस अगाडि सगरमाथा, मनास्लु, आमादब्लमलगायत नेपालका ६ वटा हिमालको सफल आरोहण गरिसकेका छन् । सात वटा महादेशका अग्ला हिमाल चढ्ने तयारी गरिरहेका पाण्डेले सबैभन्दा पहिला युरोपकै अग्लो हिमाल रुसको माउन्ट एल्ब्रसबाट आफूले अभियान सुरु गरेकोगरेको बताए ।
हाल पाण्डेले अफ्रिकाको सर्वोच्च शिखर किलिमञ्जारोको पनि सफल आरोहण गरेका छन् । उनी गत अक्टुबर २३ मा आरोहरणका लागि नेपालबाट त्यसतर्फ प्रस्थान गरेका थिए।रामेछाप लिखु तामाकोसी गाउँपालिका निवासी पाण्डेले सात वटै प्रदेशका उच्च हिमाल आरोहण गरेर विश्व रेकर्ड कायम गर्ने उद्देश्य लिएका छन्।
महासचिव कार्की २८ औं टफिसा विश्व कंग्रेसमा सहभागी हुन जर्मनी प्रस्थान

महासचिव कार्की २८ औं टफिसा विश्व कंग्रेसमा सहभागी हुन जर्मनी प्रस्थान काठमाडौं । नेपाल विद्यालय खेलकुद महासंघका महासचिव राजकुमार कार्की जर्मनीको डुसेलडोर्फमा हुने २८ औं टफिसा विश्व कंग्रेसमा सहभागी हुन जर्मनी प्रस्थान गरेकाछन् । राष्ट्रिय खेलकुद परिषदमा आयाेतित एक औपचारीक कार्यक्रम विच परिषदका उपाध्यक्ष शिव काेईराला (ज्वाला) ले महासचिव कार्कीलाई विदाई गर्नुभएकाे थियाे ।
२८ औं टफिसा विश्व कंग्रेसमा सहभागी भए पश्चात् स्पेनको मेड्रिडमा हुने मुभ कंग्रेस र इन्टरनेसनल स्पोर्ट एन्ड कल्चर एशाेसिएसन (इस्का) को साधारण सभामा समेत सहभागी हुने कार्यक्रम रहेकाे महासचिव कार्कीकाे सचिवालयले जनाएकाे छ ।
नेपाली कुस्ती टोलीले भारतमा प्रशिक्षण गर्ने

काठमाडौं । चीनको हाङझाउमा हुने १९औं एसियाली खेलकुदको थप तयारी गर्न नेपाली कुस्ती टोली वैदेशिक प्रशिक्षणका लागि भारतको उत्तर प्रदेश जाने भएको छ ।
४ खेलाडीसहित ५ सदस्यीय टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव टंकलाल घिसिङले आइतबार बिदाइ गरे ।
भारत जान लागेका चारै खेलाडी १३ औं दक्षिण एसियाली खेलकुदका पदक विजेता हुन् । एसियाली खेलकुदमा पुरुषतर्फ सुरेश चुनारा (७४ केजी) र राज यादव (१ सय २५ केजी) तथा महिलातर्फ शिवाङगी दुवे (५७ केज) र सुशिला चन्द (६२ केजी) ले नेपालको प्रतिनिधित्व गर्नेछन् ।
१३ औं सागमा सुरेश र राजले कांस्य तथा बाँकी दुई खेलाडीले रजत जितेका थिए । टोलीको प्रशिक्षकमा मुमताज अली इद्रिसी छन् ।
टोली सोमबार काठमाडौंबाट नेपालगन्ज जाने छ । नेपालगन्जमा एक साताको प्रशिक्षणपछि टोली उत्तर प्रदेश जाने छ । उत्तर प्रदेशको नन्दनीनगरस्थित टाटा मोटर्स एकेडेमीमा भदौसम्म गर्ने प्रशिक्षण मुख्य प्रशिक्षक इद्रिसीले जानकारी गराए ।
खेलाडी सुरेशले पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगिताको तयारीका लागि वैदेशिक प्रशिक्षणमा जान पाउदा सबै खेलाडी उत्साहित भएको प्रतिकृया दिए ।
२६ जना सहसचिवको सरुवा (सूचीसहित)
काठमाडौँ, ७ साउन । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २६ जना सहसचिवहरुको सरुवा गरेको छ ।
एक प्रमुख जिल्ला अधिकारी र दुई महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतसहित आइताबार मन्त्रालयले २६ जना सहसचिवको सरुवा निकालेको हो ।
जाजरकोटका प्रमुख जिल्ला अधिकारी रामकुमार महतोको संघीय मामिला मन्त्रालयमा सरुवा भएको छ । यस्तै ललितपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालको गृह मन्त्रालयमा सरुवा भएको छ ।
अर्यालको ठाउँमा पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विरेन्द्रदेव भारती आएका छन् । पोखरा महानगरपालिकामा कर्णाली प्रदेशको अर्थ सचिव श्याम कृष्ण थापा सरुवा भएका छन् ।
हेर्नुस सूची
रामेछापका पाण्डेद्वारा अफ्रिकाको सर्वोच्च शिखर किलिमञ्जारोको सफल आरोहण

१५ कात्तिक, काठमाडौं । रामेछाप निवासी युवा पर्वतारोही प्रकाशराज पाण्डेले अफ्रिकाको सर्वोच्च शिखर किलिमञ्जारो सफल आरोहण गरेका छन्। यही अक्टुबर ३१ तारिखका दिन बिहान ६स्ः४० बजे उनले तान्जेनियाको किलिमाञ्जारो हिमाल आरोहण गरेका हुन्। पाण्डेले किलिमञ्जारोमा नेपालको राष्ट्रिय झण्डासमेत फहराएका छन् । उक्त हिमाल पाँच हजार ८ सय ९५ मिटर अग्लो छ। पर्वतारोही पाण्डेले आधार शिविरबाट तीन दिनमा आरोहण पूरा गरेको रामेछाप न्युजलाइ बताए ।
पाण्डेले सातै महादेशका उच्च हिमाल आरोहण गरी सेभेन समिट पूरा गर्ने लक्ष्यका साथ गत जुन २९ तारिखका दिन बिहान ९ बजे युरोपको सर्वोच्च शिखर रुसमा रहेको माउन्ट एलब्रस हिमाल पनि आरोहण गरेका थिए। उनले यस अगाडि सगरमाथा, मनास्लु, आमादब्लमलगायत नेपालका ६ वटा हिमालको सफल आरोहण गरिसकेका छन् । सात वटा महादेशका अग्ला हिमाल चढ्ने तयारी गरिरहेका पाण्डेले सबैभन्दा पहिला युरोपकै अग्लो हिमाल रुसको माउन्ट एल्ब्रसबाट आफूले अभियान सुरु गरेकोगरेको बताए ।
हाल पाण्डेले अफ्रिकाको सर्वोच्च शिखर किलिमञ्जारोको पनि सफल आरोहण गरेका छन् । उनी गत अक्टुबर २३ मा आरोहरणका लागि नेपालबाट त्यसतर्फ प्रस्थान गरेका थिए।रामेछाप लिखु तामाकोसी गाउँपालिका निवासी पाण्डेले सात वटै प्रदेशका उच्च हिमाल आरोहण गरेर विश्व रेकर्ड कायम गर्ने उद्देश्य लिएका छन्।
विवादित संवाद हटाएपछि ‘आदिपुरुष’ले पायो नेपालमा प्रदर्शन अनुमति

काठमाडौं । अन्ततः विवादित संवाद फिल्मबाट हटाइएपछि नेपाली सेन्सर बोर्डले दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’लाई प्रदर्शन अनुमति दिएको छ । बिहीवार राती ८ बजे सेन्सर बोर्डका अध्यक्ष अनिलकुमार दत्तले हस्ताक्षर गरेको अनुमति पत्र वितरकलाई दिएका हुन् ।
फिल्ममा समावेश ‘जानकी भारतकी छोरी हुन्’ भन्ने वाक्यमा आपत्ति जनाउँदै बिहीवार अपरान्ह बोर्डले प्रदर्शन अनुमति दिन अस्वीकार गरेको थियो । भारतीय वितरकले फिल्मबाट विवादित वाक्य हटाएर नेपाल पठाएपछि मात्र बोर्डले अनुमति दिएको हो ।
सेन्सर बोर्डको अनुमतिपछि ‘आदिपुरुष’ शुक्रबार नेपालमा रिलिज हुने पक्का भएको छ । तर, काठमाडौं महानगरका मेयर बालेन शाहको फेसबुक स्टाटसले भने संशय पैदा गराएको छ । उनले भारतमा समेत उक्त विवादित वाक्य तीन दिनभित्र नहटाए कुनै पनि हिन्दी फिल्म काठमाडौं महानगरमा प्रदर्शन अनुमति नदिने उल्लेख गरेका छन् ।
बालेनको सचिवालयले पनि आफूहरुले तीन दिन प्रतीक्षा गर्ने तर उक्त वाक्य हटाएर माफी नमागेसम्म काठमाडौंमा कुनैपनि हिन्दी फिल्म प्रदर्शन गर्न अनुमति नदिने र सबै हललाई यसबारे पत्राचार गरिने उल्लेख गरेको छ । प्रभास र कृति सेनन स्टारर आदिपुरुष रामायणको कथावस्तुमा आधारित छ । यो फिल्मलाई नेपालमा ब्यांकटेस इन्टरटेनमेन्टले रिलिज गर्न लागेको हो ।
शिक्षा / स्वास्थ्य
- ⇒ एसईई परीक्षार्थीले पुनर्योगका लागि निवेदन दिने आज अन्तिम दिन
- ⇒ अंग प्रत्यारोपण समितिको अध्यक्षमा डा श्रेष्ठ, तीन जना सदस्य पनि नियुक्त
- ⇒ एसईईको नतिजा सार्वजनिक, २ देखि २.४ जीपीए ल्याउने सबैभन्दा धेरै
- ⇒ एसइईको नतिजा आजै सार्वजनिक गर्ने बोर्डको निर्णय
- ⇒ एसईईको नतिजा प्रकाशन गर्न बोर्ड बैठक बस्दै
लेख तथा रचना
- ⇒ विवादित संवाद हटाएपछि ‘आदिपुरुष’ले पायो नेपालमा प्रदर्शन अनुमति
- ⇒ सुनचाँदीको मुल्य स्थिर, प्रतितोला कति ?
- ⇒ कुनै एकदिन कुनै पुस्ताले सानुकान्छा श्रेष्ठको योगदानको इतिहास खोजी गर्नेछ ।
- ⇒ कम्युनिस्ट कार्यकर्ताले कसरी काम गर्ने ? माओका १६ बुदा ।
- ⇒ विश्वविख्यात चित्रकार पाब्लो पिकासोः म किन कम्युनिष्ट भए ?