मुख्य पृष्ठ हटलाइन समाचार शिक्षा / स्वास्थ्य राजनिती खेलकुद समाज अपराध अर्थ / व्यापार अन्तराष्ट्रिय भिडियो लेख तथा रचना

अन्तराष्ट्रिय


१५ कात्तिक, काठमाडौं । रामेछाप निवासी युवा पर्वतारोही प्रकाशराज पाण्डेले अफ्रिकाको सर्वोच्च शिखर किलिमञ्जारो सफल आरोहण गरेका छन्। यही अक्टुबर ३१ तारिखका दिन बिहान ६स्ः४० बजे उनले तान्जेनियाको किलिमाञ्जारो हिमाल आरोहण‍ गरेका हुन्। पाण्डेले किलिमञ्जारोमा नेपालको राष्ट्रिय झण्डासमेत फहराएका छन् । उक्त हिमाल पाँच हजार ८ सय ९५ मिटर अग्लो छ। पर्वतारोही पाण्डेले आधार शिविरबाट तीन दिनमा आरोहण पूरा गरेको रामेछाप न्युजलाइ बताए ।

पाण्डेले सातै महादेशका उच्च हिमाल आरोहण गरी सेभेन समिट पूरा गर्ने लक्ष्यका साथ गत जुन २९ तारिखका दिन बिहान ९ बजे युरोपको सर्वोच्च शिखर रुसमा रहेको माउन्ट एलब्रस हिमाल पनि आरोहण गरेका थिए। उनले यस अगाडि सगरमाथा, मनास्लु, आमादब्लमलगायत नेपालका ६ वटा हिमालको सफल आरोहण गरिसकेका छन् । सात वटा महादेशका अग्ला हिमाल चढ्ने तयारी गरिरहेका पाण्डेले सबैभन्दा पहिला युरोपकै अग्लो हिमाल रुसको माउन्ट एल्ब्रसबाट आफूले अभियान सुरु गरेकोगरेको बताए । 

हाल पाण्डेले अफ्रिकाको सर्वोच्च शिखर किलिमञ्जारोको पनि सफल आरोहण गरेका छन् । उनी गत अक्टुबर २३ मा आरोहरणका लागि नेपालबाट त्यसतर्फ प्रस्थान गरेका थिए।रामेछाप लिखु तामाकोसी गाउँपालिका निवासी पाण्डेले सात वटै प्रदेशका उच्च हिमाल आरोहण गरेर विश्व रेकर्ड कायम गर्ने उद्देश्य लिएका छन्।

पुरा हेर्नुहोस्

काठमाडौं । दक्षिण अफ्रिकामा विषाक्त नाइट्रेट अक्साइड ग्याँस लिक हुँदा १६ जनाको मृत्यु भएको छ । दक्षिण अफ्रिकामा जोहनिसबर्गको बोक्सबर्ग भन्ने स्थानमा यो घटना भएको हो ।

स्थानीय अधिकारीहरुले नाइट्रेट अक्साइड ग्याँस लिक हुँदा महिला र बालबालिकासहित १६ जनाको मृत्यु भएको जानकारी दिएको बीबीसीले जनाएको छ ।

बीबीसीका अनुसार नाइट्रेट अक्साइड ग्याँस सुनको अवैध उत्खनन र प्रशोधन गर्नेहरुले प्रयोग गर्दछन् र यसलाई जामा जमास भनिन्छ ।

बोक्सबर्गको बाक्लो बस्ती भएको क्षेत्रबाट नाइट्रेट अक्साइड ग्याँस लिक भइरहेको एक सिलिण्डर बरामद भएको छ । मृतकहरु सबै सोही क्षेत्रको एक सय मिटर वरपरको क्षेत्रका हुन् ।

अधिकारीहरुले अरुको पनि ज्यान गएको हुन सक्ने अनुमान गरेका छन् । सो क्षेत्रमा उद्धारकर्ताहरुलाई तैनाथ गरिएको छ ।

पुरा हेर्नुहोस्

काठमाडौं । अमेरिकाको पेन्सिलभेनिया प्रान्तको फिलाडेल्फियामा गोली चल्दा चार जनाको मृत्यु भएको छ । आक्रमणकारीलाई हिरासतमा लिइएको र अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

प्रत्यक्षदर्शीका अनुसार बुलेटप्रुफ ज्याकेट लगाएका एक व्यक्तिले अन्धाधुन्द गोली चलाएका थिए । आठ जनालाई गोली लागेको थियो । तीमध्ये चार जनाको मृत्यु भएको छ । चार जना घाइते भएका छन् । घाइतेहरुमध्ये दुई जना बालबालिका छन् ।

गोली चलाउने व्यक्तिको पहिचान भएको छैन र उनले गोली किन चलाए भन्ने पनि खुलेको छैन ।

सोमबार राति साढे ८ बजेतिर फ्रेजियर स्ट्रिटको १८०० ब्लकमा गोली चलेको आवाज सुनेपछि प्रहरी घटनास्थल पुगेको थियो । त्यहाँ एक व्यक्तिले गोली चलाइरहेको र मानिसहरु भुइँमा लडेको दृष्य थियो । प्रहरीले तत्कालै स्थानीयवासीलाई घर बाहिर ननिस्किन आग्रह गर्दै हतियारधारी व्यक्तिलाई केही समयपछि नियन्त्रणमा लियो । घटनाको अनुसन्धानका लागि त्यहाँको सडकखण्ड प्रहरीले बन्द गराएको छ ।

पुरा हेर्नुहोस्

काठमाडौं, १६ असार । भारतको महाराष्ट्रस्थित मुम्बई–नागपुर राजमार्गमा एउटा बसमा आगलागी हुँदा २५ जनाको मृत्यु भएको छ।

एक निजी बसमा अचानक आगो लाग्दा ठूलो संख्यामा मानवीय क्षति भएको महाराष्ट्र प्रहरीले जनाएको छ। महाराष्ट्रको बुलढाणा जिल्लाका एसपी सुनिल कडासनेका अनुसार ३२ यात्रु सवार बसमा आगो लाग्दा धेरैजसो यात्रु निन्द्रामा थिए, जसका कारण उनीहरू तत्काल बसबाट ओर्लिनसमेत नसकेको आशंका गरिएको छ।

तीव्र गतिमा रहेको बसको टायर पड्किएपछि बस एउटा खम्बा र त्यसपछि एउटा पुलमा गएर ठोक्किएको थियो। त्यसपछि बसको डिजेल ट्यांकी फुटेपछि आगलागी भएको हो। बसमा सवार बाँकी यात्रुले झ्यालका शिशा फोडेल ज्यान जोगाउन सफल भए पनि अधिकांश घाइते छन्।

यसैबीच,पश्चिमी केन्यामा एउटा अनियन्त्रित ट्रकको ठक्करबाट कम्तीमा ४८ जनाको मृत्यु भएको छ। व्यस्त क्षेत्रमा तीव्र गतिमा आएको ट्रकको ठक्करबाट अरु ३० जना गम्भीर घाइते भएका छन्।

तीव्र गतिको ट्रक भिडभाड भएको क्षेत्रमा आइपुग्दा नियन्त्रण गुमाएको अधिकारीहरुले जनाएका छन्। कैयौँ मानिसलाई ठक्कर दिएपछि ट्रक पल्टिएको थियो।

पुरा हेर्नुहोस्

काठमाडौं । भारतको ओडिसामा यात्रुबस दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ । आठ यात्रु गम्भीर घाइते भएका छन् । सामाचार एजेन्सी एएनआईका अनुसार ओडिसाको गंजम जिल्लामा गएराति बस दुर्घटना भएको हो ।

ओडिसा राज्यको सडक परिवहन निगमको बस र एक निजी बस ठोक्किएर दुर्घटना भएको हो । मृतकहरु निजी बसमा सवारहरु रहेको बताइएको छ ।

ओडिसाका मुख्यमन्त्रीले दुर्घटनामा दुःख व्यक्त गर्दै मृतकका परिवारलाई ३-३ लाख रुपैयाँ राहत उपलब्ध गराउने घोषणा गरेका छन् ।

पुरा हेर्नुहोस्

काठमाडौँ, १० असार । रुसमा सैन्य विद्रोहबाट पछि हटेका भाडाको सैन्य समूह वाग्नर ग्रुपका प्रमुख येभ्गेनी प्रिगोजिनले रुस छोड्ने भएका छन्।

हिजो दिनभरको तनावपछि साँझ भएको बेलारुससँगको छलफलअनुसार उनले रुस छोड्ने र बेलारुस जाने सहमति भएको हो। साथै रुसी सहरहरु कब्जा गर्न अघि बढेको वाग्नर ग्रुप पनि सहरहरुबाट फिर्ता भएको छ। रुसले वाग्नर ग्रुपको सम्भावित विद्रोह रोक्न सहयोगी देश बेलारुसलाई मध्यस्थताको जिम्मेवारी दिएको थियो।
बेलारुसका राष्ट्रपति अलेक्जेण्डर लुकासेन्कोले वाग्नर समूहलाई विद्रोहबाट पछि हट्न सहत गराएका थिए। रुसको रोस्तोभ सहर नियन्त्रणमा लिइसकेको वाग्नर समूह त्यहाँबाट पछि हटेको छ भने अब उसले यसअघि जस्तै रुसी सेनाको सहयोगीका रुपमा काम गर्नेछ।

रुसले वाग्नर समूहको सुरक्षाको प्रतिबद्धता गरेको छ। यसअघि युक्रेन युद्धमा अग्रपंक्तिमा लडेको वाग्नर ग्रुपमाथि रुसी सेनाले मिसाइल प्रहार गरेपछि वाग्नर भड्किएको थियो। वाग्नर कमाण्डर प्रिगोजिनले न्यायका लागि भन्दै रुसी सैनिकविरुद्ध नै विद्रोहको उद्घोष गरेका थिए।

पुरा हेर्नुहोस्

काठमाडौं, ८ असार । आन्ध्र महासागरमा डुबेको चर्चित जहाज टाइटानिकको भग्नावशेष हेर्न गएकाहरु सवार पनडुब्बी विस्फोट हुँदा सबै ५ जनाको मृत्यु भएको छ ।

उनीहरु सवार टाइटन पनडुब्बी विस्फोट भएको र सबै ५ जनाको समुन्द्र भित्रै मृत्यु भएको खोजकर्ताहरुलाई उदृत गर्दै बीबीसीले जनाएको छ ।

गत आइतबार महासागरमा डुबुल्की लगाएको १ घन्टा ४५ मिनेटमा नै पनडुब्बीसँगको सम्पर्क टुटेको थियो । जबकी पनडुब्बी ८ घन्टामा टाइटानिकको भग्नावशेष अवलोकन गरेर माथि उत्रिसक्नु पर्ने थियो ।

टाइटन बेपत्ता भएपछि खोजी तिब्र पारिएको थियो । त्यसैक्रममा खोजकर्ताहरुले टाइटन पनडुब्बीका टुक्राहरु फेला पारेका थिए ।

त्यसकै आधारमा उनीहरुले टाइटन विस्फोट भएको र सबै ५ जनाको मृत्यु भएको घोषणा गरेका हुन् ।अमेरिकी जल सेनाले विस्फोटको आवाज सुनिएको बताएका बीबीसीले दाबी गरेको छ ।

टुर कम्पनी ओसियनगेटको त्यो पनडुब्बीमा पाकिस्तानी अरबपति ४८ वर्षका शहजादा दाउद र उनका छोरा १९ वर्षका सुलेमान तथा बेलायती व्यवसायी हामिस हार्डिङ्ग, फ्रेञ्च अन्वेशक पल अनर नार्जेलेट र ओसियनगेटका प्रमुख कार्यकारी स्टाकटन रस सवार थिए ।

टाइटानिकको भग्नावशेष समुन्द्रको ३ हजार ८०० मिटरको गहिराइमा छ । त्यसकै १६०० फिट मुनि पनडुब्बी टाइटनका ५ वटा टुक्राहरु भेटिएको हो ।

सन् १९१२ मा बेलायतबाट अमेरिकाका लागि हिँडेको टाइटानिक जहाज हिउँको ठूलो टुक्रासँग ठोक्किएपछि समुन्द्रमा डुबेको थियो ।

२ हजार २ सय जना सवार यो जहाजका ७ सय यात्रीको सकुशल उद्धार गरिएको थियो भने बाँकी १ हजार ५०० जनाको मृत्यु भएको थियो ।

टाइटानिक जहाजको भग्नावशेष दुर्घटनाको ७३ वर्षपछि सन् १९८५ मा फेला परेको थियो । टाइटानिक २ टुक्रामा विभाजित छ र एक टुक्राबाट अर्को टुक्रासम्मको दूरी २ हजार ६ सय मिटर छ ।

टाइटनिकको भग्नावशेष भएको ठाउँबाट नजिकको जमिन क्यानडाको न्यूफाउन्डल्याण्ड ७०० किलोमिटर टाढा छ ।

– एजेन्सीको सहयोगमा

पुरा हेर्नुहोस्

काठमाडौं । चीनको उत्तरपश्चिमी क्षेत्रमा पर्ने निङ्गसियाको एक रेष्टुरेन्टमा विस्फोट हुँदा ३१ जनाको मृत्यु भएको छ । घटनामा सात जना घाइते भएका छन् । उनीहरुको अस्पतालमा उपचार जारी छ ।

बुधबार राति निङ्गसिया हुई स्वायत्त क्षेत्रको यिनचुआन शहरस्थित एक बारबीक्यु रेष्टुरेन्टमा ग्यास चुहावट भएर विस्फोट भएको थियो ।

चिनियाँ राष्ट्रपति सी जिनफिङले घटनाप्रति दुःख व्यक्त गर्दै घाइतेहरुको शीघ्र उपचार गर्न र उद्योग क्षेत्रमा सुरक्षाको प्रबन्ध मिलाउन निर्देशन दिएको समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ ।

चीनमा एयसअघि सन् २०१५ मा ग्यास र केमिकल प्लान्टमा श्रृंखलाबद्ध विष्फोट हुँदा १७३ जनाको मृत्यु भएको थियो ।

पुरा हेर्नुहोस्

काठमाडौं । भ्रमण तयारीको पाँच महिनापछि बेइजिङ पुगेका अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेनले समकक्षी क्वीन गाङसँग साढे सात घण्टा वार्ता गरेका छन् । यो भ्रमण आपसी सम्बन्ध सुधारका लागि महत्वपूर्ण पहल हुने अपेक्षा अमेरिकी कूटनीतिज्ञहरूले गरेका छन् ।

दुई विदेशमन्त्री बीचको वार्ता निकै रचनात्मक ढंगले भएको चिनियाँ समाचार संस्था साउथ चाइना मर्निङ पोस्टले लेखेको छ । चिनियाँ विदेशमन्त्रीले वाणिज्य, शिक्षा तथा सांस्कृतिक सहकार्यबारे खुलेर कुरा राखे पनि ताइवान मामिलामा अनावश्यक हस्तक्षेप नगर्न विगतमाझैं चेतावनी दिएको उसको समाचारमा उल्लेख छ ।

आइतबार बेइजिङ टेकेका ब्लिंकेनले अमेरिकाका लागि पूर्व चिनियाँ राजदूत समेत रहेका क्वीनसँग सरकारी आवासमा वार्तामा गरेका थिए । उनीहरूले साढे पाँच घण्टा वान–टु वान वार्ता गरेका थिए भने रात्रिकालीन भोजमा थप दुई घण्टा बिताएका थिए ।

चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता ह्वा चुनयिङले विदेशमन्त्री बीचको लामो वार्ताले तनावरहित सम्बन्ध स्थापनामा सहयोग पुग्ने विश्वास लिएको बताएकी छिन् । ‘बालीमा दुई मुलुकका राष्ट्रप्रमुखले आपसी सहकार्यमा जोड दिएका थिए । त्यसको आधार तयार पार्दै स्थिर सम्बन्ध स्थापनाका लागि यो छलपल महत्वपूर्ण छ,’ उनले भनेकी छन् ।

समकक्षी ब्लिंकेनलाई क्वीनले चीन र अमेरिकाको कूटनीतिक सम्बन्ध सन् १९७९ यताकै न्युन विन्दुमा पुगेको बताएका थिए । ताइवान मामिलामा अमेरिकी नीतिले दुई मुलुक बीचको सम्बन्धमा दरार पैदा गरेको उनले बताएका थिए ।

भेटमा अमेरिकी विदेशमन्त्री ब्लिंकेनले अमेरिका आफ्नो जनताको हित र आफ्नो मूल्य–मान्यता रक्षाका लागि सधैं अघि बढ्ने बताएका थिए । ‘अमेरिका आफ्नो जनताको हित तथा मूल्य र मान्यताको रक्षाका लागि आफ्ना सहयोगीसँग सहकार्य गर्दै अघि बढ्छ । स्वतन्त्र, खुला र अन्तर्राष्ट्रिय नियममा आधारित व्यवस्थाको प्रतिरक्षामा अमेरिकाले सहकार्य गर्छ,’ उनले समकक्षी क्वीनलाई भनेका छन् । आइतबारको भेटमा ब्लिंकेनले चिनियाँ समकक्षी क्वीनलाई वासिंटन भ्रमणको निम्तो समेत दिएका छन् ।

राष्ट्रपति सीलाई पनि भेट्ने तयारी

अमेरिकी अधिकारीहरूका अनुसार चीनसँगको तनावपूर्ण सम्बन्धको सुधार हालको भ्रमणको प्रमुख एजेण्डा हो । संवादमार्फत नै सबै असझदारीको समाधानका लागि अमेरिकाले यसपटक पहल गर्ने छ । ब्लिंकेनले सुरक्षा मामिलामा बढी छलफल गर्ने छन् ।

अमेरिकाले चीनले एशिया, अफ्रिका तथा मध्यपूर्वमा स्थापना गर्न खोजेको सैन्य क्याम्पबारे चासो राखेको छ । यसका साथै रूसलाई जारी राखेको हतियार सहयोगबारे कडा निन्दा गर्ने ब्लिंकेनको तयारी छ । ब्लिंकेनले चीनले नियन्त्रणमा लिएका अमेरिकीलाई रिहा गर्न अपिल गर्ने बताइएको छ ।

ब्लिकेनले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग पनि भेटका लागि पहल गर्ने भएका छन् । आइतबार आ–आफ्ना एजेण्डामा अडिग रहेको वार्ताले केही उल्लेखनीय परिणाम निकाल्न सकेको छैन ।

सोमबार हुने वार्ताको परिणामले सी र ब्लिंकेनबीचको भेटको निधो गर्ने बताइएको छ । सी र ब्लिंकेनको भेट सन् २०११ यता भएको छैन ।

पुरा हेर्नुहोस्

सुडानको राजधानी खार्तुममा भएको हवाई आक्रमणमा कम्तीमा १७ जनाको मृत्यु भएको छ।

राजधानीको यार्मोक जिल्लामा सेनाले गरेको हवाई आक्रमणमा मारिनेमा ५ बालबालिका समेत छन् । आक्रमणबाट कम्तीमा २५ वटा घर ध्वस्त भएका छन्। त्यहाँका एक उच्च सैन्य अधिकारीले विद्रोही समूह ¥यापिड सपोर्ट फोर्स आरएसएफलाई आन्दोलन रोक्न चेतावनी दिएको भोलिपल्ट हवाई आक्रमण भएको हो।

गत मध्य–अप्रिलमा सुरु भएको विद्रोहका कारण हालसम्म सुडानमा एक हजारभन्दा बढी सर्वसाधारणले ज्यान गुमाइसकेका छन्।

यो बीचमा पटकपटक भएका युद्धविराम दुवै पक्षले उल्लंघन गर्दै आएका छन्। युद्धका कारण हालसम्म झण्डै २२ लाख मानिस विस्थापित भइसकेको संयुक्त राष्ट्र संघको तथ्यांक छ।

पुरा हेर्नुहोस्

काठमाडौं । ग्रिसमा प्रवासीहरु सवार डुंगा दुर्घटना हुँदा ७८ जनाको मृत्यु भएको छ । डुंगामा सवार ७५० जनाहरुमध्ये ७८ जनाको शव फेला परेको हो । अन्य व्यक्तिहरु वेपत्ता छन् । उनीहरुको खोजी जारी छ ।

बीबीसीले धेरै व्यक्ति वेपत्ता भएकाले मृत्यु हुनेको संख्या बढ्न सक्ने जनाएको छ ।

उक्त डुंगाको तल्लो तलामा करिब एक सय जना बालबालिका र महिलाहरु पनि थिए । दुर्घटनाबाट बाँचेकाहरुले बालबालिकाको संख्याबारे जानकारी दिएको बीबीसीले जनाएको छ । ती महिला र बालबालिकाहरुको अवस्था अज्ञात छ । दुर्घटना बाँचेकाहरुमा धेरैजसो पुरुषहरु छन् । त्यसैले महिला र बालबालिकाहरुको हताहती भएको हुनसक्ने आशंका अधिकारीहरुले गरेका छन् ।

क्षमताभन्दा धेरै मानिस भएकाले डुंगा दुर्घटना भएको अनुमान छ । ग्रिसको सरकारी टेलिभिजन ईआरटीका अनुसार डुंगा दुर्घटनापछि कोस्टगार्डका १२ जनालाई हिरासतमा लिइएको छ । ग्रिस कोस्टगार्डले प्रवासीहरुले खचाखच भरिएको डुंगा देखेको तर रोक्ने कोसिस नगरेको आरोप छ ।

पुरा हेर्नुहोस्

काठमाडौं, २७ जेठ । विमान दुर्घटना परी हराइरहेका चारजना बालबालिका कोलम्बियाको जंगलमा ४० दिनपछि जीवितै फेला परेका छन्। ती चार बालबालिकालाई कोलम्बियाको जंगलबाट उद्धार गरी शनिबार बिहान राजधानी बोगोटा पुर्याइएको छ।

बालबालिका बोकेको कोलम्बियाई सेनाको मेडिकल विमान बिहान (०५३० जिएमटी) मा सैन्य विमानस्थलमा अवतरण भएको हो। बच्चाहरूलाई तुरुन्तै एम्बुलेन्सबाट अस्पताल पुर्याइएको छ।

पुरा हेर्नुहोस्

काठमाडौं । बंगलादेशले भारतको नयाँ संसद भवनमा राखिएको ‘अखण्ड भारत’ नक्साबारे भारतीय विदेश मन्त्रालयसँग स्पष्टीकरण माग गर्न दिल्लीस्थित आफ्नो मिसनलाई निर्देशन दिएको छ ।

बंगलादेशका विदेश मामिला राज्यमन्त्री शहरियार आलमले ढाकामा पत्रकारसँग कुरा गर्दै उक्त नक्साको विषयमा भारतसँग स्पष्टीकरण माग्ने प्रक्रियामा रहेको बताए ।

उनले प्राचीन भारतको साम्राज्य पूर्वदेखि पश्चिम फैलिएको देखिएको उक्त नक्सामा नेपाल र पाकिस्तानमा समेत विरोध भइरहेको जानकारी गराए ।

बंगलादेशको विपक्षी दल बंगलादेश नेसनलिस्ट पार्टीका नेताले उक्त नक्सा ‘बंगलादेशको स्वतन्त्रता र सार्वभौमिकताको लागि खतरा’ भनेर वर्णन गरेको दुई दिन पछि विदेश राज्यमन्त्री आलमको यो टिप्पणी सार्वजनिक भएको हो ।

‘नक्सालाई लिएर व्यापक आक्रोश देखिएको छ । यसको स्थापनामा कुनै शंका छैन । यद्यपि, थप स्पष्टीकरणको लागि, हामीले दिल्लीस्थित मिसनलाई भारतको आधिकारिक धारणा के हो भनेर बुझ्नको लागि त्यहाँको विदेश मन्त्रालयसँग कुरा गर्न भनेका छौं,’ विदेश राज्यमन्त्री आलमको भनाइलाई उद्धृत गर्दै ढाका ट्रिब्यूनले सामग्री प्रकाशन गरेको छ ।

भारतको नयाँ संसद भवनमा राखिएको उक्त नक्सा २८ मे मा प्रधानमन्त्री नरेन्द्र मोदीले उदघाटन गरेपछि त्यसको नेपाल र पाकिस्तानमा विरोध भइरहेको छ ।

नेपालबाट प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो चार दिने भ्रमणका क्रममा उक्त विषयलाई नउठाएको भन्दै संसदमा प्रतिपक्षी दल नेकपा एमालेले आलोचना गरिरहेको छ ।
यसअघि विपक्षी दलले उठाएको अखण्ड भारत नक्सामाथि जवाफ दिँदै प्रचण्डले ‘भारतको संसद भवनमा राखिएको उक्त नक्सा अखण्ड भारतको सांस्कृतिक नक्सा भएको र समकक्षी मोदीसँग आफूले यस विषयमा कुरा उठाएको’ बताएका थिए ।

त्यसपछि प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले मुलुकको सार्वभौमिकतामाथि प्रश्न उठ्दा प्रधानमन्त्रीले नै सांस्कृतिक नक्सा भनेर भन्नु उचित नभएको संसदमा बताएका थिए ।

पुरा हेर्नुहोस्

काठमाडौं, २१ जेठ । भारत सरकारबाट डेढ करोड मूल्य तोकिएको भारतीय कम्युनिस्ट पार्टी माओवादीका एक नेताको निधन भएको छ । माओवादी पोलिटव्युरो सदस्य कट्टम सुदर्शनको हृदयाघातका कारण निधन भएको हो ।

माओवादी केन्द्रीय कमिटीका प्रवक्ता अभयले प्रेस नोट जारी गर्दै सुदर्शनको हृदयाघातका कारण निधन भएको जानकारी दिएका हुन् ।

भारत सरकारले उनको टाउकोको मूल्य १ करोड ५५ लाख भारु तोकेको थियो । पार्टीमा दोस्रो बरियतामा रहेका उनलाई भारतीय कम्युनिस्ट पार्टी माओवादीभित्र आन्द, भास्कर, मोहन, वीरेन्द्र, मोहन, रमेश, महेश र एएन नामबाट पनि चिनिन्थ्यो ।

तलंगानाको आदिवाबाद घर भएका उनी ६६ वर्षका थिए । उनी भारतका विभिन्न ठाउँमा भएका माओवादी आक्रमणमा संलग्न भएको आरोप छ ।

प्रहरीका अनुसार १९७४ देखि माओवादी आन्दोलनमा सक्रिय कट्टम सुदर्शनमाथि छत्तिसगढमा भाजपा विधायक भिमा मंडावीको हत्यामा संलग्न भएको आरोपसमेत छ ।

पुरा हेर्नुहोस्

काठमाडौँ । भारतको ओडिसामा रेल दुर्घटना हुँदा कम्तीमा दुई सय ८० जनाको निधन भएको छ । ओडिसाको बालासोरनजिक भएको उक्त दुर्घटनामा परी नौ सय जनाभन्दा बढी घाइते भएको स्थानीय प्रशासनले जनाएको छ ।

घटना शुक्रबार राति भएको थियो । घाइतेको उद्धारका लागि दुई सयभन्दा बढी एम्बुलेन्स परिचालन गरिएको ओडिसाको प्रमुख सचिव प्रदीप जेनाले बताएका छन् ।

उक्त घटना भारतमा भएका प्रमुख रेल दुर्घटनामध्येको एक भएको समाचारमा जनाइएको छ । स्थानीय अधिकारीहरूले मृतकको सङ्ख्या अझ बढ्न सक्ने बताएका छन् ।

घटनाको अनुसन्धान गर्न एक समिति गठन गरिएको छ । समितिले काम सुरु गरिसकेको केन्द्रीय रेल मन्त्री अश्विनी वैष्णव जानकारी दिएका छन् ।

ओडिसाका मुख्यमन्त्री नवीन पटनायकले रेल दुर्घटनापछि राज्य दिवस मनाउने कार्यक्रम रद्द गर्दै एक दिने राजकीय शोकको घोषणा गरेका छन्। रेल दुर्घटनाको विषयमा पश्चिम बङ्गालकी मुख्यमन्त्री ममता बनर्जी आज ओडिशाको भ्रमण गर्न लागेकी छन् । रेलवेको खड़गपुर डिभिजनका डीआरएमका अनुसार रेल दुर्घटनापछि कम्तीमा १३ वटा ट्रेन या त डाइभर्ट गरिएको छ ।

पुरा हेर्नुहोस्

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेन बिहीबार कोलोराडोमा एयर फोर्स एकेडेमीको कार्यक्रममा भुइँमा पछारिएका छन् । दीक्षान्त समारोहमा सहभागी हुन आएका बाइडेनले मन्तव्य दिएपछि क्याडेटसँग हात मिलाए । जब आफ्नो सिटतर्फ जाँदै थिए उनी भुइँमा पछारिए ।

वायुसेनाका अधिकारीहरूको सहयोगमा उनी उठे । भिडियोमा उनलाई उठ्न अलि अप्ठ्यारो परेको देख्न सकिन्छ ।

ह्वाइट हाउसका सञ्चार निर्देशक बेन लाबोल्टले ट्वीट गर्दै राष्ट्रपति ठिक रहेको र चोट नलागेको स्पष्ट पारेका छन् । बालुवा भरिएको कालो रंगको झोलामा खुट्टा अड्किएर उनी लडेको बताइएको छ ।

बाइडेन अमेरिकामा राष्ट्रपति पद सम्हाल्ने सबैभन्दा वृद्ध नेता हुन् । ८० वर्षीय डेमोक्र्याट नेताले जनवरी २०, २०२१ मा राष्ट्रपतिको रूपमा शपथ लिएका थिए। उनले रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पलाई हराएका थिए ।

बुढ्यौली लागे पनि उनले २०२४ मा फेरि चुनाव लड्ने घोषणा गरेका छन् ।

एक दिन अघि उनका डाक्टरले बाइडेन शारीरिक रूपमा फिट रहेको र दैनिक व्यायाम गरिरहेको रिपोर्ट जारी गरेका थिए ।

बाइडेन यसअघि पनि सार्वजनिक कार्यक्रममा लडेका थिए । नोभेम्बर २०२० मा बाइडेनको दाहिने खुट्टामा स्ट्रेस ९हेयरलाइन० फ्र्याक्चर भएको थियो। उनी आफ्नो कुकुरसँग खेलिरहेको बेला उक्त दुर्घटना भएको थियो ।

गत फेब्रुअरी २३ मा पोल्याण्डबाट अमेरिका फर्कने क्रममा एयरफोर्स वनको भर्‍याङ उक्लिइरहेको बेला पनि उनी लडेका थिए ।

त्यस्तै १६ नोभेम्बर २०२२ मा जी-२० शिखर सम्मेलनमा भाग लिन बाली गएका बेला पनि जङ्गलमा हिंड्नेक्रममा उनी लडेका थिए । सोही वर्ष जुनमा लस एन्जलसमा टेलिभिजन अन्तर्वार्ता दिन जाने क्रममा विमानको भर्‍याङ चढ्ने बेला उनी ठोक्किएर लडेका थिए ।

पुरा हेर्नुहोस्

काठमाडौं । भारतको जम्मुमा बस दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ । १२ जना घाइते भएका छन् ।

अमृतसरबाट कटरा जाँदै गरेको बस झज्जर कोटली भन्ने स्थानमा दुर्घटना हुँदा सात जनाको मृत्यु भएको समाचार एजेन्सी एनएनआईले जनाएको छ । सो बसमा बिहारका बासिन्दा चढेका थिए ।

घाइतेहरुमध्ये चार जनाको अवस्था गम्भीर छ । उनीहरुको उपचार सरकारी अस्पतालहरुमा उपचार भइरहेको छ ।

पुरा हेर्नुहोस्

काठमाडौं, १४ जेठ । घानाको सभाना क्षेत्रमा डुङ्गा डुब्दा कम्तीमा पाँच जनाको मृत्यु हुनुका साथै थुप्रै मानिस बेपत्ता भएका छन् ।

राष्ट्रिय प्रकोप व्यवस्थापन सङ्गठन (एनएडीएमओ)का सवाना क्षेत्रीय संयोजक बावुक एडम्सले सिन्ह्वालाई बताएअनुसार केपान्डाई जाँदै गरेको डुङ्गा बाटोमा रहेको रुखमा ठोक्किएपछि उक्त दुर्घटना भएको हो।

रूखमा ठोक्किएपछि डुङ्गा डुबेको बएडम्सले बताएका छन् । घटनास्थलबाट पाँचवटा शव निकालिएको छ। उक्त डुङ्गाका यात्रुको निश्चित सङ्ख्या पुष्टि हुन बाँकी छ ।

खोज एवं उद्धार टोलीले केही यात्रुहरूलाई सकुशल उद्धार गरेको छ भने खोजी कार्य अझै जारी छ।

पुरा हेर्नुहोस्

काठमाडौं, १२ जेठ । दिल्लीको कहालीलाग्दो श्रद्धा हत्या प्रकरण जस्तै भारतको हैदरावादमा पनि एउटा घटना बाहिर आएको छ। आफ्नी प्रेमिकाको छुरा प्रहार गरी हत्या गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीका अनुसार ती व्यक्तिले दुईवटा ढुङ्गा काट्ने मेसिन किनेको र शवलाई टुक्रा-टुक्रा पारेर पोलिथिनमा हालेका थिए।

यति मात्र होइन फ्रिजमा समेत राखेको प्रहरीले जनाएको छ। उक्त टुक्रा ती व्यक्तिले केही दिनपछि फोहोरको थुप्रो नजिकै फालिदिएका थिए।

यसपछि उनले कुनै प्रमाण नराख्ने गरी घर सफा गरेको बताइएको छ। यति मात्र होइन, उनले मृतक महिलाको फोनबाट आफ्ना चिनेजानेकालाई म्यासेज पठाइरहन्थे, ताकि मानिसहरूले उनी जिउँदै छिन् भन्ने महसुस गरून्।

वास्तवमा यो घटनाको पर्दाफास मे १७ मा सुधाकर नामका कर्मचारीले थियागलगुडा रोडको फोहोर फाल्ने ठाउँबाट कालो रंगको पोलिथिनमा एक महिलाको काटिएको शव फेला पारेपछि भएको थियो। ती कर्मचारीले प्रहरीलाई खबर गरेका थिए।

सबै अनुसन्धानपछि प्रहरीले मृतक महिलाको पहिचान येरम अनुराधा रेड्डी रहेको पत्ता लगाएको थियो। उनको ४८ वर्षीय चन्द्रमोहनसँग १५ वर्षदेखि अवैध सम्बन्ध थियो। अनुराधाका श्रीमानले उनलाई धेरै पहिले नै छाडेर गएकाले उनी चन्द्रमोहनको घरमा बस्दै आएकी थिइन्।

अनुराधाले ब्याजमा पैसा दिने गरेको अनुसन्धानमा खुलेको छ। चन्द्रमोहनले पनि २०१८ मा अनुराधासँग ७ लाख रुपैयाँ लिएका थिए। अनुराधाले चन्द्रमोहनलाई पैसा फिर्ता गरिदिन आग्रह गरिरहेकी थिइन् तर चन्द्रमोहनले पैसा फिर्ता गरेनन्। यस्तो अवस्थामा अनुराधाले पैसा फिर्ता गर्न बारम्बार दबाब दिइरहेकी थिइन्।

यही विषयलाई लिएर दुईबीच झगडा हुने गरेको थियो। यस्तो अवस्थामा चन्द्रमोहन उनीबाट मुक्त हुने षड्यन्त्र गरे। मे १२ मा चन्द्रमोहन र अनुराधाबीच पैसालाई लिएर झगडा भएको अनुसन्धानले देखाएको प्रहरीले जनाएको छ। त्यही क्रममा चन्द्रमोहनले अनुराधामाथि चक्कु प्रहार गरेका थिए। उक्त आक्रमणमा उनको मृत्यु भएको थियो।

हत्यापछि शव लुकाउने योजना

अनुराधाको हत्या गरेपछि चन्द्रमोहनले शवलाई फाल्ने योजना बनाए। यसका लागि उनले पहिले दुई वटा ढुङ्गा काट्ने मेसिन किने। मेसिनले शवलाई टुक्रा-टुक्रा बनाए। टाउको कालो रंगको पोलिथिनमा राखे।

त्यसपछि काटिएका हात खुट्टालाई पोलिथिनमा राखेर फ्रिजमा लुकाए। चन्द्रमोहनले मे १५ गते अटोमा आएर काटिएको टाउको डम्पिङ ग्राउन्डमा फालेर भागेका थिए। त्यसपछि आरोपीले फिनाईल, डेटोल, अत्तर, अगरबत्ती, कपूर किन्थे र अनुराधाको मृत शरीरमा लगाइदिन्थे, ताकि वरपरको क्षेत्रमा दुर्गन्ध नफैलियोस्।

यति मात्र होइन, आरोपीले अनुराधाको फोनबाट उनको चिनजानलाई म्यासेज पठाइरहेका थिए, ताकि मानिसहरूलाई उनको मृत्यु भएको थाहा नहोस्।

 

पुरा हेर्नुहोस्

काठमाडौं । युरोपेली मुलुक फ्रान्सले छोटो दुरीका हवाई उडानमा रोक लगाएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार कार्बन उत्सर्जन कम गर्न भन्दै फ्रान्सले छोटो दुरीका गन्तव्यमा जहाज उडाउन नपाइने नियम ल्याएको हो । रेलमा साढे दुई घण्टामा पुगिने गन्तव्यमा अब जहाज उड्ने छैनन् ।

फ्रान्स सरकारको यस्तो नियमले ट्रान्जिट उडानमा भने कुनै पनि असर नगर्ने समाचारमा उल्लेख छ । फ्रान्सले यो नियम खासगरी निजी जेटहरुको बढ्दो संख्या नियन्त्रण गर्न ल्याएको बताइएको छ ।

समाचारमा अनुसार व्यावसायिक उडानको तुलनामा निजी जेटले १४ गुणा बढी प्रदूषण गर्छन् । फ्रान्समा चल्ने रेलको तुलनामा व्यावसायिक उडानले ७७ गुणा प्रदूषण फैलाउँछ । सोही कारण ट्रेनको तुलनामा प्राइभेट जेट बढी हानिकारक मानिन्छन् ।

पुरा हेर्नुहोस्

ताजा समाचार


रामेछापका पाण्डेद्वारा अफ्रिकाको सर्वोच्च शिखर किलिमञ्जारोको सफल आरोहण

१५ कात्तिक, काठमाडौं । रामेछाप निवासी युवा पर्वतारोही प्रकाशराज पाण्डेले अफ्रिकाको सर्वोच्च शिखर किलिमञ्जारो सफल आरोहण गरेका छन्। यही अक्टुबर ३१ तारिखका दिन बिहान ६स्ः४० बजे उनले तान्जेनियाको किलिमाञ्जारो हिमाल आरोहण‍ गरेका हुन्। पाण्डेले किलिमञ्जारोमा नेपालको राष्ट्रिय झण्डासमेत फहराएका छन् । उक्त हिमाल पाँच हजार ८ सय ९५ मिटर अग्लो छ। पर्वतारोही पाण्डेले आधार शिविरबाट तीन दिनमा आरोहण पूरा गरेको रामेछाप न्युजलाइ बताए ।

पाण्डेले सातै महादेशका उच्च हिमाल आरोहण गरी सेभेन समिट पूरा गर्ने लक्ष्यका साथ गत जुन २९ तारिखका दिन बिहान ९ बजे युरोपको सर्वोच्च शिखर रुसमा रहेको माउन्ट एलब्रस हिमाल पनि आरोहण गरेका थिए। उनले यस अगाडि सगरमाथा, मनास्लु, आमादब्लमलगायत नेपालका ६ वटा हिमालको सफल आरोहण गरिसकेका छन् । सात वटा महादेशका अग्ला हिमाल चढ्ने तयारी गरिरहेका पाण्डेले सबैभन्दा पहिला युरोपकै अग्लो हिमाल रुसको माउन्ट एल्ब्रसबाट आफूले अभियान सुरु गरेकोगरेको बताए । 

हाल पाण्डेले अफ्रिकाको सर्वोच्च शिखर किलिमञ्जारोको पनि सफल आरोहण गरेका छन् । उनी गत अक्टुबर २३ मा आरोहरणका लागि नेपालबाट त्यसतर्फ प्रस्थान गरेका थिए।रामेछाप लिखु तामाकोसी गाउँपालिका निवासी पाण्डेले सात वटै प्रदेशका उच्च हिमाल आरोहण गरेर विश्व रेकर्ड कायम गर्ने उद्देश्य लिएका छन्।



पुरा हेर्नुहोस्

महासचिव कार्की २८ औं टफिसा विश्व कंग्रेसमा सहभागी हुन जर्मनी प्रस्थान

महासचिव कार्की २८ औं टफिसा विश्व कंग्रेसमा सहभागी हुन जर्मनी प्रस्थान काठमाडौं । नेपाल विद्यालय खेलकुद महासंघका महासचिव राजकुमार कार्की जर्मनीको डुसेलडोर्फमा हुने २८ औं टफिसा विश्व कंग्रेसमा सहभागी हुन जर्मनी प्रस्थान गरेकाछन् । राष्ट्रिय खेलकुद परिषदमा आयाेतित एक औपचारीक कार्यक्रम विच परिषदका उपाध्यक्ष शिव काेईराला (ज्वाला) ले महासचिव कार्कीलाई विदाई गर्नुभएकाे थियाे ।

२८ औं टफिसा विश्व कंग्रेसमा सहभागी भए पश्चात् स्पेनको मेड्रिडमा हुने मुभ कंग्रेस र इन्टरनेसनल स्पोर्ट एन्ड कल्चर एशाेसिएसन (इस्का) को साधारण सभामा समेत सहभागी हुने कार्यक्रम रहेकाे महासचिव कार्कीकाे सचिवालयले जनाएकाे छ ।



पुरा हेर्नुहोस्

नेपाली कुस्ती टोलीले भारतमा प्रशिक्षण गर्ने

काठमाडौं । चीनको हाङझाउमा हुने १९औं एसियाली खेलकुदको थप तयारी गर्न नेपाली कुस्ती टोली वैदेशिक प्रशिक्षणका लागि भारतको उत्तर प्रदेश जाने भएको छ ।
४ खेलाडीसहित ५ सदस्यीय टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव टंकलाल घिसिङले आइतबार बिदाइ गरे ।

भारत जान लागेका चारै खेलाडी १३ औं दक्षिण एसियाली खेलकुदका पदक विजेता हुन् । एसियाली खेलकुदमा पुरुषतर्फ सुरेश चुनारा (७४ केजी) र राज यादव (१ सय २५ केजी) तथा महिलातर्फ शिवाङगी दुवे (५७ केज) र सुशिला चन्द (६२ केजी)  ले नेपालको प्रतिनिधित्व गर्नेछन् । 

 १३ औं सागमा सुरेश र राजले कांस्य तथा बाँकी दुई खेलाडीले रजत जितेका थिए । टोलीको प्रशिक्षकमा मुमताज अली इद्रिसी छन् ।

टोली सोमबार काठमाडौंबाट नेपालगन्ज जाने छ । नेपालगन्जमा एक साताको प्रशिक्षणपछि टोली उत्तर प्रदेश जाने छ । उत्तर प्रदेशको नन्दनीनगरस्थित टाटा मोटर्स एकेडेमीमा भदौसम्म गर्ने  प्रशिक्षण मुख्य प्रशिक्षक इद्रिसीले जानकारी गराए ।

खेलाडी सुरेशले पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगिताको तयारीका लागि वैदेशिक प्रशिक्षणमा जान पाउदा सबै खेलाडी उत्साहित भएको प्रतिकृया दिए ।
 



पुरा हेर्नुहोस्


२६ जना सहसचिवको सरुवा (सूचीसहित)

काठमाडौँ, ७ साउन ।  संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २६ जना सहसचिवहरुको सरुवा गरेको छ ।

एक प्रमुख जिल्ला अधिकारी र दुई महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतसहित आइताबार मन्त्रालयले २६ जना सहसचिवको सरुवा निकालेको हो ।

जाजरकोटका प्रमुख जिल्ला अधिकारी रामकुमार महतोको संघीय मामिला मन्त्रालयमा सरुवा भएको छ । यस्तै ललितपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालको गृह मन्त्रालयमा सरुवा भएको छ ।

अर्यालको ठाउँमा पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विरेन्द्रदेव भारती आएका छन् । पोखरा महानगरपालिकामा कर्णाली प्रदेशको अर्थ सचिव श्याम कृष्ण थापा सरुवा भएका छन् ।

हेर्नुस सूची

पुरा हेर्नुहोस्


रामेछापका पाण्डेद्वारा अफ्रिकाको सर्वोच्च शिखर किलिमञ्जारोको सफल आरोहण

१५ कात्तिक, काठमाडौं । रामेछाप निवासी युवा पर्वतारोही प्रकाशराज पाण्डेले अफ्रिकाको सर्वोच्च शिखर किलिमञ्जारो सफल आरोहण गरेका छन्। यही अक्टुबर ३१ तारिखका दिन बिहान ६स्ः४० बजे उनले तान्जेनियाको किलिमाञ्जारो हिमाल आरोहण‍ गरेका हुन्। पाण्डेले किलिमञ्जारोमा नेपालको राष्ट्रिय झण्डासमेत फहराएका छन् । उक्त हिमाल पाँच हजार ८ सय ९५ मिटर अग्लो छ। पर्वतारोही पाण्डेले आधार शिविरबाट तीन दिनमा आरोहण पूरा गरेको रामेछाप न्युजलाइ बताए ।

पाण्डेले सातै महादेशका उच्च हिमाल आरोहण गरी सेभेन समिट पूरा गर्ने लक्ष्यका साथ गत जुन २९ तारिखका दिन बिहान ९ बजे युरोपको सर्वोच्च शिखर रुसमा रहेको माउन्ट एलब्रस हिमाल पनि आरोहण गरेका थिए। उनले यस अगाडि सगरमाथा, मनास्लु, आमादब्लमलगायत नेपालका ६ वटा हिमालको सफल आरोहण गरिसकेका छन् । सात वटा महादेशका अग्ला हिमाल चढ्ने तयारी गरिरहेका पाण्डेले सबैभन्दा पहिला युरोपकै अग्लो हिमाल रुसको माउन्ट एल्ब्रसबाट आफूले अभियान सुरु गरेकोगरेको बताए । 

हाल पाण्डेले अफ्रिकाको सर्वोच्च शिखर किलिमञ्जारोको पनि सफल आरोहण गरेका छन् । उनी गत अक्टुबर २३ मा आरोहरणका लागि नेपालबाट त्यसतर्फ प्रस्थान गरेका थिए।रामेछाप लिखु तामाकोसी गाउँपालिका निवासी पाण्डेले सात वटै प्रदेशका उच्च हिमाल आरोहण गरेर विश्व रेकर्ड कायम गर्ने उद्देश्य लिएका छन्।

पुरा हेर्नुहोस्


विवादित संवाद हटाएपछि ‘आदिपुरुष’ले पायो नेपालमा प्रदर्शन अनुमति

काठमाडौं । अन्ततः विवादित संवाद फिल्मबाट हटाइएपछि नेपाली सेन्सर बोर्डले दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’लाई प्रदर्शन अनुमति दिएको छ । बिहीवार राती ८ बजे सेन्सर बोर्डका अध्यक्ष अनिलकुमार दत्तले हस्ताक्षर गरेको अनुमति पत्र वितरकलाई दिएका हुन् ।

फिल्ममा समावेश ‘जानकी भारतकी छोरी हुन्’ भन्ने वाक्यमा आपत्ति जनाउँदै बिहीवार अपरान्ह बोर्डले प्रदर्शन अनुमति दिन अस्वीकार गरेको थियो । भारतीय वितरकले फिल्मबाट विवादित वाक्य हटाएर नेपाल पठाएपछि मात्र बोर्डले अनुमति दिएको हो ।

सेन्सर बोर्डको अनुमतिपछि ‘आदिपुरुष’ शुक्रबार नेपालमा रिलिज हुने पक्का भएको छ । तर, काठमाडौं महानगरका मेयर बालेन शाहको फेसबुक स्टाटसले भने संशय पैदा गराएको छ । उनले भारतमा समेत उक्त विवादित वाक्य तीन दिनभित्र नहटाए कुनै पनि हिन्दी फिल्म काठमाडौं महानगरमा प्रदर्शन अनुमति नदिने उल्लेख गरेका छन् ।

बालेनको सचिवालयले पनि आफूहरुले तीन दिन प्रतीक्षा गर्ने तर उक्त वाक्य हटाएर माफी नमागेसम्म काठमाडौंमा कुनैपनि हिन्दी फिल्म प्रदर्शन गर्न अनुमति नदिने र सबै हललाई यसबारे पत्राचार गरिने उल्लेख गरेको छ । प्रभास र कृति सेनन स्टारर आदिपुरुष रामायणको कथावस्तुमा आधारित छ । यो फिल्मलाई नेपालमा ब्यांकटेस इन्टरटेनमेन्टले रिलिज गर्न लागेको हो ।

पुरा हेर्नुहोस्