मुख्य पृष्ठ हटलाइन समाचार शिक्षा / स्वास्थ्य राजनिती खेलकुद समाज अपराध अर्थ / व्यापार अन्तराष्ट्रिय भिडियो लेख तथा रचना

अन्य

काठमाडौँ । सरकारले गाँजा खेतीको सम्भाव्यता अध्ययनका लागि गृह मन्त्रालयको संयोजकत्वमा कार्यदल गठन गरेको छ । 

अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०८०–८१ को बजेट प्रस्तुत गर्दा गाँजा खेतीको सम्भावनाका विषयमा अध्ययन गर्ने घोषणा गरेका थिए ।
आर्थिक वर्ष २०८०–८१ को बजेट वक्तव्य को १०५ नम्बर बुँदामा भनिएको छ–'औषधिजन्य प्रयोगका लागि गाँजा खेतीको सम्भाव्यता अध्ययन गरिनेछ ।’ यो कार्यदललाई दुईवटा विषय म्यान्डेट दिइएको छ ।

गाँजालाई औषधिका रुपमा कसरी उपयोग गर्न सकिन्छ र गाँजाबाट औद्योगिकीकरण सम्भाव्य अनुसन्धान गर्नेछ । गाँजाको डाँठ, पात र रेसाबाट कपडा बनाउन सकिन्छ भन्ने विषयमा कार्यदलले अनुसन्धान थाल्ने छ । 

मन्त्री डा. महतको अध्यक्षतामा अर्थ मन्त्रालयमा सोमबार बसेको बैठकले गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा प्रधानमन्त्री कार्यालय, अर्थ, उद्योग, कानुन, परराष्ट्र मन्त्रालयका सहसचिव र नेपाल प्रहरीका प्रतिनिधि सदस्य तथा कृषि मन्त्रालयको सहसचिव सदस्यसचिव रहने गरी कार्यदल बनाएको हो ।  कार्यदलले काम सुरु गरेको एक महिनाभित्रमा प्रतिवेदन बुझाउन अर्थ मन्त्री डा। महतले निर्देशन दिएका छन् ।

पुरा हेर्नुहोस्

काठमाडौं । चीनको हाङझाउमा हुने १९औं एसियाली खेलकुदको थप तयारी गर्न नेपाली कुस्ती टोली वैदेशिक प्रशिक्षणका लागि भारतको उत्तर प्रदेश जाने भएको छ ।
४ खेलाडीसहित ५ सदस्यीय टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव टंकलाल घिसिङले आइतबार बिदाइ गरे ।

भारत जान लागेका चारै खेलाडी १३ औं दक्षिण एसियाली खेलकुदका पदक विजेता हुन् । एसियाली खेलकुदमा पुरुषतर्फ सुरेश चुनारा (७४ केजी) र राज यादव (१ सय २५ केजी) तथा महिलातर्फ शिवाङगी दुवे (५७ केज) र सुशिला चन्द (६२ केजी)  ले नेपालको प्रतिनिधित्व गर्नेछन् । 

 १३ औं सागमा सुरेश र राजले कांस्य तथा बाँकी दुई खेलाडीले रजत जितेका थिए । टोलीको प्रशिक्षकमा मुमताज अली इद्रिसी छन् ।

टोली सोमबार काठमाडौंबाट नेपालगन्ज जाने छ । नेपालगन्जमा एक साताको प्रशिक्षणपछि टोली उत्तर प्रदेश जाने छ । उत्तर प्रदेशको नन्दनीनगरस्थित टाटा मोटर्स एकेडेमीमा भदौसम्म गर्ने  प्रशिक्षण मुख्य प्रशिक्षक इद्रिसीले जानकारी गराए ।

खेलाडी सुरेशले पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगिताको तयारीका लागि वैदेशिक प्रशिक्षणमा जान पाउदा सबै खेलाडी उत्साहित भएको प्रतिकृया दिए ।
 
पुरा हेर्नुहोस्

काठमाडौं, ८ असार । नेकपा (माओवादी केन्द्र) निकट युवा संगठन योङ्ग कम्युनिष्ट लिग (वाईसिएल) का अध्यक्ष सुबोधराज शेर्पालीले सुन काण्डका मुछिएका विवादित व्यवसायी दीपक मल्होत्रासँग त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा भएका सम्झौताहरु खारेजीको माग गरेका छन् ।

व्यवसायी मल्होत्रा एक सय किलो सुन काण्डमा मुछिएका व्यवसायी हुन् । यद्यपि उनलाई अहिलेसम्म अनुसन्धानका लागि कुनै पनि निकायले बोलाएको छैन । मल्होत्रा पटक–पटक सुन काण्डमा मुछिँदा पनि सरकारले कारबाहीको दायरामा ल्याउन नसकेको अध्यक्ष शेर्पाली बताउँछन् ।

‘सरकार दीपक मल्होत्रासँगको सम्झौता खारेज गरियोस् । पटक–पटक सुन प्रकरणमा मुछिएका उनीइ किन पक्राउ पर्दैनन् ? सरकार यस्तोलाई अनुसन्धान गर्न ढिला गर्नुहुन्न । नेपाललाई सुनचोरीको मार्ग बनाएर कहाँ सप्लाई गर्छन् ? तुरुन्तै अनुसन्धान होस् कारबाही होस्,’– उनले सामाजिक सञ्जालमा लेखेका छन् ।

अन्तराष्ट्रिय विमानस्थल तर्फको आगमन कक्ष (पार्किङसहित) लगायतका संरचनाहरु व्यवसायी मल्होत्राले लिजमा लिएर भाडामा दिएका छन् । विमानस्थलको क्लोज सर्किट टेलिभिजन (सिसिटिभी) आइएमएस ग्रुपको नियन्त्रणमा रहेको पाइएको छ। विमानस्थल बाहिर र भित्रका गतिविधि हेर्न जडान गरिएका सिसीटिभीको मुख्य नियन्त्रण कक्ष उक्त ग्रुपको नियन्त्रणमा रहेको पाइएको हो। सिसिटीभीमा कैद हुने गतिविधिमा सिधै सो कम्पनीका कर्मचारीको पहुँच छ। उक्त ग्रुप पनि व्यवसायी मल्होत्राको नै हो ।

पुरा हेर्नुहोस्

पाेखरा । नेपाल बक्सिङ महासंघकाे महासचिवमा मान बहादुर भण्डारी निर्वाचित भएका छन् । नेपाल बक्सिङ संघकाे छैटौं साधारणसभा तथा अधिबेशनले महासचिवमा सर्वसम्मत भण्डारीलाई निर्वाचित गरेकाे हाे ।

महासचिवमा निर्वाचित भण्डारी देशका लाेकप्रिय पुर्व बक्सिङ खेलाडी हुन । उनले वि.स.२०४४-४५ सालबाट वि.सं.२०५६ सालसम्म  बक्सिङ  खेले उनी त्यसताका लाेकप्रिय खेलाडीकाे रुपमा देशैभरि परिचित थिए ।

नेपालका चर्चित बक्सिङ प्रशिक्षक स्वर्गीय नरबहादुर याेन्जन र मदन कुमार गुरुङका प्रिय चेलाका रुपमा परिचित भण्डारी लामाे समय नेपाल प्रहरी बक्सिङ क्लबबाट बक्सिङ खेले । खेल जिवनबाट सन्यास लिए पश्चात् राेजगारिकाे सिलसिलामा मकाउमा करिव १४ वर्ष ब्यतित गरे ।

महासचिव भण्डारी राेजगारिकाे सिलसिलामा मकाउ बसेता पनि मन भने स्वदेशमै थियाे । उनले बक्सिङ खेल र खेलाडीलाई सधै माया गरिनै रहन्थे । उनले कहिले स्वर्ण पदक विजेता खेलाडीलाई नगद पुरस्कारकाे व्यवस्था गर्थे त कहिले राष्ट्रिय टिमका खेलाडीहरुलाई ट्रयाकसुट प्रदान गर्थे भने कहिले चाेट लागेका खेलाडीलाई औषधि उपचारकाे लागि आर्थिक सहयाेग प्रदान गर्थे । उनले त्यसताका बक्सिङ ग्लाेब्स धेरै खेलाडीलाई वितरण समेत गरेका थिए ।  

मकाउमा रहदा एक्स बक्सिङ क्लब मकाउ गठन गरि कुनैन कुनै तरिकाले नेपालमा बक्सिङ खेल विकास र विस्तारमा लागिरहेका भण्डारीकाे पहलमा त्रिपुरेश्वर स्थित बक्सिङ हलमा पार्केटिङ गर्ने, रंगराेगन गर्ने र पन्चिङ ब्याग राख्ने कार्य समेत भएकाे थियाे । 

महासचिवमा निर्वाचित भण्डारी नेपाल फर्केपछि संघकाे सदस्यमा रहेर निरन्तर बक्सिङकाे हितमा लागिरहे उनकै पहलमा बक्सिङ भित्रकाे द्वन्द अन्त गर्दै बक्सिङ संघलाई एकढिक्का बनाएका थिए । उनले संघलाई एकताबद्ध बनाउन महत्त्वपूर्ण भुमिका खेलेकै कारण आज बक्सिङ संघ एकताबद्ध छ । उनले नेपालमा सम्पन्न १३ औं साग सफल बनाउन पनि महत्त्वपूर्ण भुमिका खेलेका थिए ।

भण्डारीकाे संयाेजकत्वमा नेपाल बक्सिङ संघकाे आयाेजनामा भएकाे दाेश्राे प्रकाश दाहाल स्मृति खुल्ला राष्ट्रिय महिला तथा पुरुष बक्सिङ प्रतियोगिता सम्पन भएकाे थियाे । साे प्रतियोगितामा संघका अध्यक्ष राम अवाले, बरिस्ठ उपाध्यक्ष अर्जुन बहादुर के.सी. र महासचिव भण्डारीकाे पहलमा आईबाका अध्यक्ष उमार क्रेमलेभलाई प्रमुख अतिथिकाे रुपमा उपस्थित गराउन सफल समेत भएका थिए । भने अध्यक्ष क्रेमलेभले साे समयमा विजेता खेलाडीलाई नेपालकाे ईतिहासमा सबैभन्दा धेरै धनराशि पुरस्कार प्रथम ५०० युराे, दितिय ४०० युराे र तृतीय ३०० युराे सहित बक्सिङ ग्लाेब्स प्रदान समेत गरेका थिए ।

अध्यक्ष क्रेमलेभसंग भएकाे छलफल पश्चात् नेपालमा एउटा अन्तर्राष्ट्रिय बक्सिङ कभर्डहल बनाउने कार्यमा सहयाेग गर्ने वचन अध्यक्ष क्रेमलेभले दिए संगै हाल राखेप सदस्य सचिव टंकलाल घिसिङले कागेश्वरी मनहरा नगरपालिकाकाे मेयरसंग छलफल गरि करिब ८६ राेपनी जग्गा समेत उपलब्ध भईसकेकाे छ । साे जग्गामा अन्तर्राष्ट्रिय स्तरकाे बक्सिङ कभर्डहल निर्माणकाे डिपिआरकाे तयारी भैरहेकाे छ । उक्त  कार्यमा समेत भण्डारीले महत्त्वपूर्ण भुमिका खेलेका थिए ।

महासचिव भण्डारीले आफ्नाे संयाेजकत्वमा बागमती प्रदेशद्वारा आयाेजित पहिलाे र दाेश्राे संस्करणमा संयाेजककाे भुमिका निर्वाह गरि बक्सिङ प्रतियोगिता भव्यरुपमा सम्पन्न समेत गरेका थिए । भण्डारी महासचिवमा निर्वाचित भएसंगै बक्सिङमा अझै नयाँ धेरै कुराहरु सम्भव हुनेमा विश्वस्त रहेकाे सहभागी एक प्रतिनिधिले बताए ।

पुरा हेर्नुहोस्

पाेखरा । नेपालका ए टिमका महिला तथा पुरुष बक्सिङ्ग खेलाडीहरु र पन्जाब प्रान्त, भारतका खेलाडीहरुबीच एक दिवसीय फ्रेन्ससिप म्याच पोखरा स्थित बक्सिङ सेमिकभर्डहलमा सम्पन्न भएको छ । 

१२ वटा तौल समुहमा आज सम्पन्न भएका खेलहरुमा पुरुष ५१ किलो तौल समुहका नेपालका रविन थापाले पन्जाबका सुभम पान्डेलाई २ः१ को आधारमा पराजित गरे । 

५७ किलो तौलमा नेपालका भुपेन्द्र थापामगरले पन्जाबका विनय रौनिया ३ः० को आधारमा पराजित गरे ।
७१ किलो तौल समुहमा पन्जाबका जशन प्रीतले नेपालका दिपेश लामालाई ३ः० को युनानिमस डिसिजनमा पराजित गरे ।

८० किलो तौल समुहमा दिपक श्रेष्ठले ३ः०को मुस्तफा हनितलाई ३ः०को आधारमा पराजित गरे ।

भने ९२ किलामा भारतका जगविन्दरले नेपालका रविन नेपाललाई आरएससीको आधारमा पराजित गरे ।

९२ प्लस किलोमा नेपालका आशिस दुवाडीले भारतका केपी सिंहलाई ३ः० मा पराजित गरे ।

महिला तर्फ ५०  किलो तौल समुहमा शुस्मा तामांगले पन्जाका कोमल लाई ३ः०को युनानिमसको आधारमा पराजित गरे । 

५४ किलोमा नेपालका मिनु गुरुंगले पन्जाबका अरिवालाई २ः१ को स्पिलट डिसिजनमा पराजित गरे ।

महिला ५७ किलोमा नेपालका चन्द्रकला थापाले ३ः०को फरकमा पन्जाबका मनितलाई पराजित गरे । ६० किलो महिला तर्फ पन्जाबका मन्दिप कौरले नेपालका संगीता सुनारलाई ३ः०को अन्तरले पराजित गरे । 

६६ किलो तौलमा पन्जाबका कोमल प्रीतले २ः१को फरकमा नेपालका विनिता थापामगरलाई पराजित गरे  ।

१९ औं एशियाडका लागि बन्द प्रशिक्षणमा रहेका नेपाली टाेली र पन्जाव भारतका खेलाडी बिच भएकाे मैत्रीपूर्ण बक्सिङ खेलकाे मिश्रति परिणाम आएकाे थियाे ।

खेल पछि कुरा गर्दै हालै मात्र नेपाली राष्ट्रिय टिम सम्हालन नेपाल आएका प्रशिक्षक शिव सिंहले आफूले टिम सम्हाले पछिको पहिलो प्रतियोगिता रहेकोले खेलाडीहरुको अवस्था बारे केही कुरा वुझ्न पाएको बताए । उनले भने–“नेपाली राष्ट्रिय टिम उत्कृष्ट छ । तर निर्खान धेरै बाँकी छ । अरु देशहरु पदक भिर्न तयार भएर बसेका छन् । तर हामी बल्ल तयारी गर्दैछौं ।” उनले १९ औं एसियाली खेलकुदमा पदक पाउनु भन्दा पनि पेरिस ओलम्पिककोलागि समेत छनौट खेल भएकोले उत्तिकै चुनौती रहेको बताए । उनले भने–“बक्सिङमा यसै हुन्छ भन्न सकिन्न ‘प्रेडिक्सन’ गर्न गाह्रो हुन्छ, सम्भवानै नभएको होइन तर हामी संग समय एकदमै कम छ । यस्तै प्रतियोगिताहरु यस अघि ६/७ वटा भएको भए निकै सुधार हुन्थ्यो ।

पुरा हेर्नुहोस्

पाेखरा । नेपाल बक्सिङ महासंघकाे अध्यक्षमा राम अवाले निर्वाचित भएकाे छ । "बक्सिङ खेलाडी राष्ट्रका चिनारी" भन्ने मुल नाराकाे साथ सम्पन्न  छैटौं साधारण सभा तथा अधिवेशनले पुन अध्यक्षमा राम अवालेलाई सर्वसम्मत निर्वाचित गरेकाे हाे ।

राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङकाे प्रमुख आतिथ्यता तथा ओलम्पिक कमिटीका सहमहासचिव पुर्व राखेप उपाध्यक्ष पिताम्बर तिमल्सिनाकाे विशेष उपस्थिति तथा प्रतिनिधित्वमा सम्पन अधिवेशनले बरिस्ठ उपाध्यक्षमा अर्जुन बहादुर के.सी., उपाध्यक्षमा भाेजराज सिटौला, गणेश बहादुर भट्टराई, सविन भट्टचार्य, ओम नारायण श्रेष्ठ, राम बहादुर गिरीलाई सर्वसम्मत निर्वाचित गरेकाे थियाे ।

पाेखरा लेक साइड १५ नम्बर स्ट्रिट स्थित त्रिपुरा लाउन्ज एण्ड बारमा बुधबार सम्पन्न छैटौं साधारणसभाले महासचिवमा मान बहादुर भण्डारी, सचिवमा आइटिओ
पुष्करराज पन्त, काेषाध्यक्षमा गाैतम सुजखुलाई सर्बसम्मत निर्वाचित गरेकाे थियाे ।

कास्की जिल्ला बक्सिङ संघका अध्यक्ष सुमन कुमार श्रेष्ठकाे ब्यबस्थापनमा सम्पन अधिवेशनले सदस्यहरुमा गाेविन्द डंगोल, रेशम पुन, मिलनध्वज राना बम बहादुर स्याङ्तान, रेखा थापा, रमेश अधिकारी, दुर्गा गहतराज, लक्ष्मण कार्की, संजय कुमार पासवान, समरजंग बहादुर चन्दलाई सर्वसम्मत निर्वाचित गरेकाे थियाे ।

बागमती प्रदेश, काेशी प्रदेश, लुम्बिनी प्रदेश, सुदुरपश्चिम प्रदेश, ४० जिल्ला, एनआरएन, साउथ एशियन गाेल्ड मेडलिष्ट, एशियन मेडलिष्ट, महिला खेलाडी, पुरुष खेलाडी, ओलम्पियन लगायत बाट ७३ जना प्रतिनिधिकाे उपस्थितिमा सम्पन भएकाे छैटौं साधारणसभा सभा तथा अधिबेशनले विधान संशोधन गर्दै २९ जनाकाे कार्यसमितिबाट ३७ जनाकाे कार्यसमित बनाउन सक्ने, नेपाल बक्सिङ संघकाे सट्टा नेपाल बक्सिङ महासंघ, प्रदेश बक्सिङ संघकाे कार्य समिति १९ जना, जिल्ला बक्सिङ संघकाे कार्यसमिति १७ जनाकाे बनाउन सक्ने र सबै प्रदेशका अध्यक्षहरु मताधिकार सहित पदेन उपाध्यक्ष रहने गरि विधान संशोधन गर्ने निर्णय साधारणसभा सभाले सर्वसम्मत पारित गरेकाे नेपाल बक्सिङ महासंघका अध्यक्ष राम अवालेले बताएकाे छ । अध्यक्ष अवालेले सबै मिल्दा मात्रै बक्सिङ खेलकाे विकास र विस्तार हुने हुदा याे निर्यण गर्न आबश्य रहेकाे बताएकाछन् ।

नेपाल बक्सिङ महासंघकाे प्रथम बैठकले श्यामकाजी अवाले, किरण बहादुर श्रेष्ठ र शाेभाजंग के.सी.लाई उपाध्यक्षमा मनाेनित गरेकाे छ । त्यसैगरी सचिवमा देबेन्द्र लिम्बू, सह-काेषाध्यक्षमा महेश सिंह र सदस्यहरुमा राजेन्द्र पाहाडी, सुशील घिमिरे, सुमन बुमार के.सी., कृष्ण महर्जन, सुनिता महर्जन, नविन्द्रमान प्रधान, संजय सिंह थापा, रमेश श्रेष्ठ र नवीन तण्डुकारलाई मनाेनित गरेकाे छ ।

पुरा हेर्नुहोस्

काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ललितानिवास जग्गा प्रकरणमा किर्ते र जालसाझीपूर्ण कार्य गरेको भन्दै सरकारका बहालवाला सचिवलाई पक्राउ गरेपछि कर्मचारी क्षेत्रमा तरंग सिर्जना भएको छ। ललितानिवासको जग्गा व्यक्ति र गुठीको नाममा बनाउनुअघि टिप्पणी उठाउने तत्कालीन शाखा अधिकृत र हालका बहालवाला सचिव कृष्णबहादुुर राउतलाई पक्राउ गरेकोमा कर्मचारी वृत्तमा असन्तुष्टि सिर्जना भएको छ। सीआईबीले सञ्चार सचिव राउतलाई बिरामी बुबालाई भेट्न आइतबार विराटनगर जाने क्रममा काठमाडौंस्थित एयरपोर्टबाट पक्राउ गरेको थियो।

सीआईबीले सोही प्रकरणमा अन्य ५ पूर्वसचिव र १७ सहसचिवलगायतका दर्जनौं कर्मचारीमाथि पक्राउ पुर्जी जारी गरिरहँदा सो कार्यमा संलग्न उच्च राजनीतिक नेतृत्वमाथि सीआईबीले केही गर्न नसकेको भन्दै कर्मचारीवृत्तमा असन्तुष्टि पैदा भएको छ। सोमबार केही बहालवाला र पूर्व कर्मचारीले सामाजिक सञ्जालमार्फत अन्तिम निर्णय गर्ने राजनीतिक नेतृत्वलाई बचाएर टिप्पणी मात्रै उठाउने कर्मचारीलाई पक्राउ गर्नु गलत भएको भन्दै विरोध गरेका छन्।

सरकारका पूर्व मुख्य सचिव डा. विमल कोइरालाले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राउत पक्राउ परेपछि त्यसप्रति विरोध जनाए। कोइरालाले सामाजिक सञ्जालमार्फत शाखा अधिकृत हुँदा लेखेको टिप्पणीको आधारमा सचिव भइसकेपछि पक्राउ गर्नु ठीक नभएको बताए।पूर्व मुख्यसचिव कोइरालाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘कृष्ण राउत शाखा अधिकृत हुँदाको कसुरमा परेछन्, उपल्लो निर्णयकर्तालाई केरकार नगरी तल्लो तहकोलाई समात्नु ठीक भएन।’

ललितानिवासको सरकारी जग्गा व्यक्तिको नाममा ल्याउने गिरोहमा राजनीतिक नेतृत्व, भूमाफिया र कर्मचारीहरू गरी त्रिपक्षीय नेक्सस देखिए पनि सीआईबीले भने कर्मचारीहरूलाई बढी निशाना बनाएको भन्दै कर्मचारी संयन्त्रबाट विरोध भएको हो।

सरकारी जग्गा व्यक्तिको नाममा बनाउने किर्ते धन्दा सञ्चालन गर्ने र कर्मचारीतन्त्रलाई बाध्य पार्ने राजनीतिक नेतृत्वमाथि सीआईबीले पक्राउ पुर्जी जारी गर्न सकेको छैन। यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ।

पुरा हेर्नुहोस्

हेटौंडा । बागमती प्रदेश सरकारको २३ अर्ब बजेट फ्रिज भएको छ। चालु आर्थिक वर्षको कुल बजेटमा ६७.१९ प्रतिशत मात्रै बजेट खर्च हुँदा २३ अर्ब २८ करोड ९४ लाख ४१ हजार ३ सय ८२ रुपैंया बजेट फ्रिज भएको प्रदेश लेखा नियन्त्रक कार्यालय हेटौंडाले जनाएको छ।

यस रकममा पनि अझै खर्च प्रतिशत घट्न सक्ने कार्यालयका सूचना अधिकारी होमनाथ रिजालले जानकारी दिए। सरकारी खाता बन्द भइसकेकोले खर्च नबढ्ने तर भुक्तानीका लागि गएको चेकहरू फिर्ता आए खर्च प्रतिशत घट्न सक्ने उनले जानकारी दिए।

चालु आर्थिक वर्षको लागि ७० अर्ब ९३ करोड ९२ लाख ९१ हजार बजेट ल्याएको प्रदेश सरकारले ७० प्रतिशत पनि खर्च गर्न नसकेको हो। लेखा नियन्त्रक कार्यालयका अनुसारे ६९.९० प्रतिशत चालु खर्च र ६७.१९ प्रतिशत पुँजीगत खर्च रहेको छ। कुल बजेटमा ४७ अर्ब ६४ करोड ९८ लाख ४९ हजार ६ सय १८ रुपैंया खर्च गरेको छ। जसमा चालु खर्च २८ अर्ब ७६ करोड २० लाख ७५ हजार रहेको छ भने पुँजीगत खर्च २८ अर्ब २८ करोड ७७ लाख ७३ हजार रहेको प्रदेश लेखा नियन्त्रक कार्यालयले जनाएको छ।

लेखा नियन्त्रक कार्यालय हेटौंडाका सूचना अधिकारी रिजालका अनुसार वित्तिय व्यवस्थापन तर्फ छुट्याइएको २ अर्ब बजेटमा ६० करोड रुपैंया अर्थात ३० प्रतिशत मात्रै खर्च भएको छ।

मन्त्रालयगत खर्च 
तत्कालिन १४ मन्त्रालय रहेको बागमतीमा मन्त्रालयहरू समायोजन भएर अहिलको संख्या ११ छ।

यद्यपि समायोजन भएका मन्त्रालयहरुले पनि क्षेत्रगत रुपमा तत्कालिन अवस्थामा छुट्याएको बजेट खर्च गरेको प्रदेश लेखा नियन्त्रक कार्यालयका प्रमुख हरि प्रसाद उपाध्यायले बताए।

जसअनुसार १४ मन्त्रालयहरूमध्ये सबैभन्दा धेरै भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले ९०.२३ प्रतिशत बजेट खर्च गरेको छ। ११ करोड ७९ लाख ५३ हजार रुपैंया बजेट पाएको यस मन्त्रालयले १० करोड ६४ लाख ३० हजार खर्च गरेको छ।

सबैभन्दा धेरै बजेट पाएको भौतिक पूर्वाधार विकास मन्त्रालयले कुल बजेटको ६९.९२ प्रतिशत मात्रै बजेट खर्च गरेको छ। २१ अर्ब ९८ करोड ८९ लाख रुपैयाँ कुल बजेटमा १५ अर्ब ३७ करोड ५२ लाख ७२ हजार रुपैयाँ मात्र खर्च गर्न सकेको हो। भौतिकको चालु खर्च ६८.४६ प्रतिशत छ भने पुँजीगत खर्च ६९.९५ प्रतिशत छ।

श्रम, रोजगार तथा यातायात मन्त्रालयले चालु आर्थिक वर्षको लागि ८० करोड ७१ लाख ५५ हजार बजेट पाएकोमा ५० करोड ४४ लाख ७९ हजार अर्थात् ६२.५० प्रतिशत बजेट खर्च गरेको छ।

यस्तै, युवा तथा खेलकुद मन्त्रालयका लागि चालु आर्थिक वर्षमा १ अर्ब २४ करोड ८३ लाख ८६ हजार रुपैयाँ बजेट विनियोजन भएको थियो। जसमा ७९ करोड ३८ लाख ९ हजार रुपैयाँ अर्थात् कुल बजेटको ६३.४८ प्रतिशत रकम खर्च गरेको छ।

संस्कृति तथा पर्यटन मन्त्रालयले १ अर्ब २५ करोड ९३ लाख ३२ हजार अर्थात् ६७.२३ प्रतिशत रकम खर्च गरेको छ। यस मन्त्रालयका लागि चालु आर्थिक वर्षमा १ अर्ब ८७ करोड ३३ लाख २५ हजार रुपैयाँ बजेट विनियोजन भएको थियो।

प्रदेशको मन्त्रालयहरूमध्ये सबैभन्दा कम बजेट पाएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले ५० करोड २३ लाख ८२ हजार अर्थात् कुल बजेटको ६६.०४ प्रतिशत बजेट खर्च गरेको छ। यस मन्त्रालयका लागि चालु आर्थिक वर्षमा ७६ करोड ७ लाख ४७ हजार रुपैयाँ बजेट पाएको थियो।

यस्तै प्रदेशको स्वास्थ्य मन्त्रालयले ४ अर्ब ५६ करोड ४१ लाख १७ हजार बजेट पाएकोमा ६८.९४ प्रतिशत बजेट खर्च गरेको छ। जसअनुसार, यस मन्त्रालयले ३ अर्ब १४ करोड ६६ लाख रुपैयाँ खर्च गरेको हो।

यस्तै, सामाजिक विकास मन्त्रालयले २ अर्ब ८६ करोड ५७ लाख ५० हजार रुपैयाँ अर्थात् ७५.७४ प्रतिशत खर्च गरेको छ। यस मन्त्रालयले कुल ३ अर्ब ७८ करोड ५६ लाख ६३ हजार बजेट पाएको थियो।

मुख्यमन्त्री कार्यालयले ६१ करोड ८२ लाख ९१ हजार रुपैयाँ बजेट राखेकोमा ३५ करोड ९ लाख ६० हजार रुपैयाँ अर्थात् ५६.७० प्रतिशत बजेट खर्च गरेको छ। यस्तै, आर्थिक मामिला तथा योजना मन्त्रालयले १४ करोड ५६ लाख १६ हजार अर्थात् ६०.६६ प्रतिशत खर्च गरेको छ।

यस मन्त्रालयले चालु आवको लागि २४ करोड ७१ हजार बजेट पाएको थियो।

यस्तै, खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालयले ९ अर्ब १२ करोड ८० लाख ७९ हजार कुल बजेट पाएकोमा हालसम्मको अवधिमा ७ अर्ब ७४ करोड ३५ लाख ९२ हजार अर्थात् ८४.३७ प्रतिशत खर्च गरेको छ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले ३० करोड ५५ लाख ६९ हजार अर्थात् ५२.१६ प्रतिशत, कृषि तथा पशुपन्छी विकास मन्त्रालयले २ अर्ब ६७ करोड ४६ लाख १४ हजार रुपैयाँ अर्थात् ६८.९९ प्रतिशत बजेट खर्च गरेको हो। यस मन्त्रालयले कुल ३ अर्ब ८७ करोड ७० लाख ७० हजार रुपैयाँ बजेट पाएको थियो।

यस्तै, चालु आर्थिक वर्षको लागि ३ अर्ब ३३ करोड २३ लाख १८ हजार कुल बजेट विनियोजन भएको वन तथा वातावरण मन्त्रालयले २ अर्ब ५५ करोड ५९ लाख ८८ हजार रुपैयाँ अर्थात् ७६.६८ प्रतिशत बजेट खर्च गरेको प्रदेश लेखा नियन्त्रक कार्यालयय हेटौंडाले जनाएको छ।

सत्ता चलखेलको प्रभाव?
चालु आर्थिक वर्षमा नै बागमतीमा दुईवटा प्रदेश सरकार बन्यो। हालका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले आफैंले यस वर्षको बजेट ल्याएका थिए।

उनी गत ४ मंसिरको प्रदेशसभा निर्वाच्नमा धादिङबाट पुनः निर्वाचित भए। त्यसपछि मुख्यमन्त्री निर्वाचित भएका जम्मकट्टेलको संयोग आफैंले ल्याएको बजेटमाथि काम गर्न पाउनु बन्यो।

आफैंले ल्याएको बजेटमाथि आफू नेतृत्वको सरकारले दोस्रोपटक काम गर्दा पनि सोचे अनुरुप बबजेट खर्च भने हुन सकेन। मुख्यमन्त्री जम्मकट्टेलले बजेटमा कम्तीमा पनि ७० प्रतिशत खर्च गर्ने लक्ष्य रहेको बताएका थिए।

प्रदेश सरकारले चालु आर्थिक बर्षको लागि ल्याएको नीति तथा कार्यक्रम र बजेटमा टेकेर विकासमा अग्रता नदेखाउँदा विकास खर्च जम्मा ६७.१९ प्रतिशत मात्रै हुन सकेको छ। जसअनुसार पुँजीगत खर्च कोषको १३ अर्ब ८१ करोड ७ लाख ७३ हजार रुपैंया बजेट फ्रिज भएको छ। नेपाल खवरका लागि सुनिता विष्टले लेखेको समाचार हामिले साभार गरेका हौं ।

पुरा हेर्नुहोस्

काठमाडौं- सरकारले अंग प्रत्यारोपण समितिको अध्यक्ष र सदस्यहरु नियुक्त गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले समितिको अध्यक्षमा डा पुकारचन्द्र श्रेष्ठसहित तीन जना सदस्य नियुक्त गरेको हो।

मन्त्रिपरिषदले अध्यक्षमा श्रेष्ठ र सदस्यहरुमा डा महेश सिग्देल, डा प्रवीणविक्रम थापा र डा महेश अधिकारीलाई नियुक्त गरेको एक मन्त्रीले जानकारी दिए।

'स्वास्थ्य मन्त्रालयको सिफारिसमा उहाँहरुलाई नियुक्त गरिएको हो। अंग प्रत्यारोपणसँग सम्बन्धित धेरै काम लामो समयदेखि अड्केको रहेछ। समितिमा अध्यक्ष र सदस्य नियुक्ति भएपछि ती काम अगाडि बढ्छ होला। विस्तृतमा स्वास्थ्य मन्त्रीसँग कुराकानी गर्नुहोला' ती मन्त्रीले भने।

अध्यक्ष डा श्रेष्ठ शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक हुन्। डा सिग्देल त्रिवि शिक्षण अस्पताल, डा थापा काठमाडौं मेडिकल कलेज र डा अधिकारी मेडिसिटी अस्पतालमा कार्यरत छन्। उनीहरुको पदावधी दुई वर्षको हुन्छ।

समितिमा ८ महिनादेखि अध्यक्ष र सदस्यहरु रिक्त थिए। गत कात्तिक २४ गतेदेखि रिक्त थियो। तत्कालिन अध्यक्ष प्राडा दिव्या सिंह शाहसहित सदस्यहरुको पदावधि सकिएपछि नयाँ नियुक्त भएको थिएन।

पुरा हेर्नुहोस्

काठमाडौं । प्रथम विश्वविद्यालय खेलकुद प्रतियोगिता २०८० आयाेजना हुने भएकाे छ । 

विश्वविद्यालय अनुदान आयोगको समन्वय तथा राखेपको आयोजनामा सम्पन्न भएकाे छलफलले प्रथम विश्वविद्यालय खेलकुद प्रतियोगिता २०८० आगामी माघ तेस्रो हप्ता आयाेजना गरिने जनाएकाे छ । 

विश्वविद्यालय खेलकुदकाे आयाेजनाले नेपाली खेलकुदको इतिहासमा नयाँ आयाम थप्ने सदस्य सचिव टंकलाल घिसिले बताएकाछन् । छलफलमा राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष, सदस्य सचिव, बाेर्ड सदस्य, विभिन्न विश्वविद्यालयका उपकुलपति, रजिष्टर, रेक्टर र खेलकुद विभाग प्रमुख, युवा तथा खेलकुद मन्त्रालयको प्रतिनिधि, नेपाल ओलम्पिक कमिटीको प्रतिनिधिको उपस्थितिमा सम्पन्न भएकाे थियाे ।

काठमाडौं । नेपाल बक्सिङ संघकाे तत्वबधानमा अखिल नेपाल खेलकुद संघ र बुढानिलकण्ठ नगरपालिकाकाे संयुक्त आयाेजनामा आजबाट बुढानिलकण्ठ स्थित नेशनल युनाईटेड स्कुलकाे प्राङ्गनमा आजबाट स्वर्गीय प्रकाश स्मृति तेस्रो राष्ट्रिय खुल्ला महिला तथा पुरुष बक्सिङ्ग प्रतियोगिता -२०८० सुरुभएकाे छ ।

अखिल नेपाल खेलकुद संघका अध्यक्ष तथा नेपाल बक्सिङ संघका वरिष्ठ उपाध्यक्ष अर्जुन बहादुर के.सी.काे अध्यक्षतामा आयाेजित स्वर्गीय प्रकाश दाहाल स्मृति बक्सिङ प्रतियोगिता- २०८० काे समुद्घाटन सम्माननिय प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ज्यूले गर्नुभएकाे थियाे । प्रतियोगिताकाे भब्य सफलता सहित यस प्रतियोगिताबाट अनुशासित नयाँ प्रतिभाहरु जन्माउन सफलहाेस भनी शुभकामना मन्तब्य प्रधानमन्त्री प्रचण्डले व्यक्त गर्नुभएकाे थियाे ।

प्रतियोगिताकाे उद्घाटन सत्रकाे कार्यक्रममा नेपाल सरकारका पुर्व मन्त्रीहरु  देवेन्द्र पाैडेल, बिना मगर, गणेशमान पुन, दलजित सेर्पाली, राष्ट्रिय खेलकुद परिषद् का उपाध्यक्ष शिव काेईराला ज्वाला, सदस्य सचिव टंकलाल घिसिङ, बुढानिलकण्ठ नगरपालिका प्रमुख मीठाराम अधिकारी, उप-प्रमुखअनिता लामा परिषदका सदस्यहरु अन्जन धमला, सम्राट कुसारी, नेपाल बक्सिङ संघका अध्यक्ष राम अवाले, नेपाली सेनाका महासेनानी मुनाल बस्नेत, प्रमुख सेनानी ब्रजेश महर्जन, नेपाल बक्सिङ संघका पदाधिकारी, बुुढानिलकण्ठ नगर पालीकाका प्रमुख र सम्पूर्ण कर्मचारीहरुकाे उपस्थिति रहेकाे थियाे ।

प्रतियोगिताकाे समुद्घाटन समाराेहमा  नेशनल युनाईटेड स्कुल जंग बहादुर हमाल, वडा २ का वडा अध्यक्ष राजेन्द्र श्रेष्ठ, नेपाल बक्सिङ संघका अध्यक्ष राम अवाले, नगर प्रमुख मीठाराम अधिकारी, राखेप सदस्य सचिव टंकलाल घिसिङ र प्रधानमन्त्री प्रचण्डले शुभकामनम मन्तब्य राख्नुभएकाे थियाे । प्रतियोगितामा २७ क्लबहरुबाट ९३ जना पुरुष र महिला तर्फ ३८ जनाले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा प्रथम, दितिय र तृतीय स्थान हाशिल गर्ने खेलाडीले जनही २५०००/-, २००००/-, १५००/- काे दरले नगद, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन्  । स्वर्गीय प्रकाश दाहाल राष्ट्रिय बक्सिङ प्रतियोगिताकाे पहिलाे र दाेश्राे सेसनकाे च्याम्पियन नेपाल आर्मी भएकाे थियाे ।

सम्माननिय प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' द्वारा समुद्घाटन भएकाे प्रतियोगितामा असार १७ बाट २० गते सम्म सन्चालन हुने छ । उद्घान पश्चात् २२ बाउट खेलहरु सम्पन्न भएकाे थियाे । प्रतियोगिता सन्चालनकाे जिम्मेवारीमा नेपालकाे पहिलाे आईटीओ पुष्करराज पन्त छन् । 

पुरा हेर्नुहोस्

असार १५, पोखरा। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संक्रमणकालका नाममा आर्थिक सामाजिक विकासमा ढिलाइ गर्ने छुट कसैलाई नभएको बताउनु भएको छ।

शुक्रबार दिउँसो पोखरामा आयोजित अन्तर प्रदेश मुख्यमन्त्री बैठकको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले तीनै तहमा भएका निर्वाचनले राजनीतिक सङ्क्रमणको अन्त्य गरेको र अबको हाम्रो साझा गन्तव्य सुशासन र सम्बृद्धिमार्फत् समुन्नत नेपाल निर्माण गर्नु भएको बताउँदै संक्रमणकाल देखाएर जिम्मेवारीबाट नभाग्न सबैमा आग्रह गर्नुभएको हो।

कार्यक्रममा प्रधानमन्त्रीले भन्नुभयो- हामीले निकै लामो समय राजनीतिक सङ्क्रमणमा नै बितायौं। जसले गर्दा देशको समग्र आर्थिक सामाजिक विकासका कार्यसूची ओझेलमा पर्दै गए। तीनै तहमा भएका निर्वाचनले राजनीतिक सङ्क्रमणको अन्त्य गरेको छ। त्यसैले अबको हाम्रो साझा गन्तव्य सुशासन र सम्बृद्धिमार्फत् समुन्नत नेपाल निर्माण हो। तीन तहका सरकारबीचको समन्वय र सहकार्य नभई यो लक्ष्य पूरा हुन सक्दैन। संविधानले तीन तहका सरकारहरूको कार्य र अधिकारको सूची स्पष्ट गरेको छ। उपलब्ध साधनस्रोतको अधिकतम परिचालन गर्दै ती कार्यभार पूरा गर्नेतर्फ हामी सबैले प्रयत्न गर्नुपर्दछ। सरकार आउने जाने भइरहन्छ, तर व्यवस्था संस्थागत भइसकेको र राजनीतिक सङ्क्रमणको अन्त्य भइसकेकाले अब पनि सङ्क्रमणको नाममा आर्थिक सामाजिक विकासमा ढिलाइ गर्ने छुट हामी कसैलाई छैन।

प्रधानमन्त्रीज्यूको सम्बोधनको पूर्णपाठ 

सर्वप्रथम यस सुन्दर नगरी पोखरामा अन्तर प्रदेश मुख्यमन्त्री बैठक आयोजना गर्नुभएकोमा म गण्डकी प्रदेशका माननीय मुख्यमन्त्री तथा गण्डकी प्रदेश मन्त्रिपरिषद्लाई हार्दिक धन्यवाद दिँदै बैठकको पूर्ण सफलताको कामना गर्दछु। नेपालको संविधान जारी भएपछि दोस्रो पटक आयोजना भएको यो बैठकले देशमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई थप सुदृढ गर्न र प्रदेश प्रदेशबीचको सम्बन्धलाई सबल बनाउन महत्वपूर्ण भूमिका खेल्न सक्ने मेरो विश्वास छ। 

अढाइ शताब्दी लामो एकात्मक राज्यप्रणालीमा अभ्यस्त हाम्रा लागि सङ्घीय शासन प्रणाली नितान्त नौलो अभ्यास थियो। संविधानले व्यवस्था गरेअनुरूप सहकारिता, सहअस्तित्व र समन्वयको सिद्धान्तमा आधारित सङ्घीय शासन प्रणालीको सुसञ्चालन हाम्रा लागि चुनौतीपूर्ण नै थियो। तर, तीनै तहमा चुनिएर आउनुभएका जनप्रतिनिधिहरू सीमित स्रोतसाधनको सुझबुझपूर्ण ढङ्गले परिचालन गर्दै विकास निर्माणका कामलाई अघि बढाउँदै जनताका आकाङ्क्षा पूरा गर्न क्रियाशील रहनुभएकाले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था संस्थागत हुँदै गएको छ। यस कार्यमा प्रदेश सरकारको नेतृत्व सम्हाल्नुहुने सबै माननीय मुख्यमन्त्रीज्यूहरूले खेल्नुभएको महत्वपूर्ण भूमिकाको प्रशंसा गर्दछु।

संविधान जारी भएको झण्डै सात वर्षको अवधिमा हामीले उत्साहजनक उपलब्धि हासिल गरेका छौं। तीनै तहको दोस्रो कार्यकालको निर्वाचन सम्पन्न भएको छ। सातै प्रदेशको प्रादेशिक राजधानी र नामाकरण भएको छ। राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सिफारिसबमोजिम प्रदेश तथा स्थानीय तहमा वित्तीय हस्तान्तरण व्यवस्थित हुँदै गएको छ। कर्मचारी समायोजनको काम सम्पन्न भएको छ। संघीयता कार्यान्वयनसम्बन्धी करिब ८० वटा ऐनहरू निर्माण तथा १६५ वटा कानूनहरू संशोधन भएका छन् भने केही महत्वपूर्ण ऐनहरू तर्जुमाका चरणमा छन्। तीन तहका सरकारबीच कार्यात्मक समन्वयका लागि सङ्घ, प्रदेश र स्थानीय तह समन्वय तथा अन्तरसम्बन्ध ऐन, २०७७ कार्यान्वयनमा रहेको छ। सोही ऐनबमोजिम समन्वयका संरचनाहरू क्रियाशील भएका छन्। यही ऐनमा व्यवस्था भएको राष्ट्रिय समन्वय परिषद्को पहिलो बैठक भोलि गण्डकी प्रदेशको राजधानी पोखरामै आयोजना हुँदैछ।

प्रधानमन्त्रीकै तहबाट प्रदेश मुख्यमन्त्रीहरूसँग समयसमयमा छलफल र अन्तरक्रिया हुँदै आएको छ। प्रदेश मुख्यमन्त्रीहरू समेतको सहभागितामा राष्ट्रिय विकास समस्या समाधान समितिको बैठक गर्ने पद्धतिको विकास गरिएको छ। यसबाट प्रदेश तहमा रहेका समस्या बुझ्न र तिनको उचित समाधान खोज्न महत्वपूर्ण सहयोग मिलेको छ।  

माननीय मुख्यमन्त्रीज्यूहरू,
हामीले निकै लामो समय राजनीतिक सङ्क्रमणमा नै बितायौं। जसले गर्दा देशको समग्र आर्थिक सामाजिक विकासका कार्यसूची ओझेलमा पर्दै गए। तीनै तहमा भएका निर्वाचनले राजनीतिक सङ्क्रमणको अन्त्य गरेको छ। त्यसैले अबको हाम्रो साझा गन्तव्य सुशासन र सम्बृद्धिमार्फत् समुन्नत नेपाल निर्माण हो। तीन तहका सरकारबीचको समन्वय र सहकार्य नभई यो लक्ष्य पूरा हुन सक्दैन। संविधानले तीन तहका सरकारहरूको कार्य र अधिकारको सूची स्पष्ट गरेको छ। उपलब्ध साधनस्रोतको अधिकतम परिचालन गर्दै ती कार्यभार पूरा गर्नेतर्फ हामी सबैले प्रयत्न गर्नुपर्दछ। सरकार आउने जाने भइरहन्छ, तर व्यवस्था संस्थागत भइसकेको र राजनीतिक सङ्क्रमणको अन्त्य भइसकेकाले अब पनि सङ्क्रमणको नाममा आर्थिक सामाजिक विकासमा ढिलाइ गर्ने छुट हामी कसैलाई छैन। 

यस बीचमा हामीले हासिल गरेका उपलब्धिका वाबजूद संघीयताको पूर्ण कार्यान्वयनका लागि गर्नुपर्ने थुप्रै काम बाँकी नै छन्। स्रोत, सेवा प्रवाह, सेवाको उत्पादन तथा वितरण नियमन, गुणस्तर, नीति, मापदण्ड जस्ता महत्वपूर्ण विषयमा तीन तहका सरकारबीच द्विविधा हटाउन थप स्पष्टता आवश्यक छ। तीन तहका सरकारको एकल तथा साझा अधिकार कार्य विस्तृतीकरण प्रतिवेदनमार्फत् व्याख्या भएकोमा सो व्याख्यामा थप स्पष्टताको आवश्यकताबोध सबैमा भएको छ। नेपाल सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममार्फत उक्त कार्यविस्तृतीकरणमा परिमार्जन गर्ने प्रतिबद्धता जनाइसकेको छ। प्रदेश तथा स्थानीय सरकारहरूका सुझावसमेत समेटी यसलाई कार्यमूलक बनाइनेछ। कार्यविस्तृतीकरणमा स्पष्टता भएपछि तदनुरुप संगठन संरचना र सोबमोजिम नै संस्थागत प्रबन्ध हुँदै जाँदा कार्यगत दोहोरोपना अन्त्य हुँदै जानेछ। यस बैठक र भोलि हुने राष्ट्रिय समन्वय परिषद्को बैठकले कार्यक्षेत्रमा रहेका अस्पष्टताहरू हटाउन महत्वपूर्ण विषयहरू पहिचान गर्नेछ भन्ने मेरो अपेक्षा छ। 

संघीयता कार्यान्वयनका लागि संघीय निजामती ऐन, संघीय शिक्षा ऐनलगायतका महत्वपूर्ण ऐन निर्माणलाई सरकारले प्राथमिकतामा राखेको छ। यसमा घनीभूत छलफल भइरहेको छ। छिट्टै यिनले साकार रूप लिनेछन् भन्ने मेरो विश्वास छ।   

माननीय मुख्यमन्त्रीज्यूहरू,
आर्थिक वर्ष २०८०/८१ को बजेट तथा कार्यक्रममाथिको छलफलका क्रममा प्रतिनिधि सभामा मैले भनेको थिएँ– अब हामीले निराशा र कुण्ठा होइन, आशा र विश्वासका साथ अघि बढ्नुको विकल्प छैन। 

६ महिनाको अवधि सरकारको समग्र मूल्याङ्कनका निम्ति पर्याप्त होइन, यद्यपि यस अवधिमा सामाजिक न्याय, सुशासन र समृद्धिको पक्षमा महत्वपूर्ण कामहरू भएका छन्। नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाई संगठित अपराध गर्ने प्रकरणका अभियुक्तहरूमाथि कार्वाही अगाडि बढाइएको छ, ललिता निवास प्रकरणको फाइल फेरि खोलिएको छ। भ्रष्टाचार नियन्त्रण र सुशासन अभिवृद्धिका निम्ति सरकारले गरेको भरमग्दुर प्रयासबाट आम जनतामा आशाको नयाँ रक्तसञ्चार पैदा भएको छ।

समष्टिगत आर्थिक परिसूचकहरूमा सकारात्मक सुधार आएको छ। रेमिट्यान्समा उल्लेख्य वृद्धि भएको छ, पर्यटक आगमनमा वृद्धि भएको छ, बैंकको ब्याजदर घटाई व्यवसायमैत्री वातावरण निर्माण गरिएको छ, लघुवित्त र सहकारीका समस्या दीर्घकालका लागि सम्बोधन गर्न पहल लिइएको छ, विदेशी मुद्राको सञ्चितिमा गुणात्मक वृद्धि भएको छ। निकै चुनौतीपूर्ण परिस्थितिमा गठन भएको वर्तमान सरकारले लिएको पहलकदमीका कारण देशको अर्थतन्त्र लयमा फर्किएको छ। यद्यपि, यसमा सुधार गर्नुपर्ने थुप्रै कामहरू बाँकी नै छन्। 

विदेशमा रहेका नेपालीहरूका लागि योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम लागू गरिएको छ, यसबाट लाखौं नेपाली कामदार/श्रमिकहरू लाभान्वित भएका छन्। विदेशमा रहेका नेपाली दूतावासहरूमा श्रमिक हेल्प डेस्क, अनलाइनबाटै श्रम स्वीकृति र भिसा नवीकरणको व्यवस्था, विदेशमा अलपत्र परेका नेपालीहरूको उद्दार, राहत र पुनःस्थापना, नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्र लगायत सेवा प्रदायक कार्यालयहरूका लामा–लामा लाइन हटाई सेवा प्रवाहमा सहजीकरण गरिएको छ। 

इतिहासमा पहिलो पटक समयअगाडि नै दूरदराजसहित देशभरिका विद्यार्थीका हातहातमा पाठ्यपुस्तक पुर्याइएको छ। यस वर्षका लागि आवश्यक पर्ने रासायनिक मलको समयमै प्रबन्ध गरिएको छ। नेपालमा उत्पादित सवारीसाधनलाई दर्तासहित प्रवर्धन गर्ने नीति लिइएको छ। वीर अस्पतालका ७०० शैय्या बिपन्न र असहाय नागरिकका लागि निशुल्क रूपमा उपलब्ध गराउने व्यवस्था गरिएको छ। मिटरब्याज पीडित किसानका समस्या सम्बोधन गर्न कानुन निर्माण र कार्यदल गठन गरी कार्वाहीको प्रक्रियामा तीव्रता दिइएको छ। शान्ति सुरक्षा सम्बन्धी कार्यमा खर्च हुँदै आएको सुराकी भत्ता खारेज गरिएको छ। खेलाडीहरूलाई प्रोत्साहन र पुरस्कृत गर्दै उत्प्रेरणा प्रदान गरिएको छ। सरकारका यी र यस्तै प्रयासहरूले दृढ इच्छाशक्ति, इमानदार प्रयास र पहलकदमीबाट जस्तासुकै चुनौतीलाई समेत अवसरमा बदल्न सकिन्छ भन्ने प्रमाणित गर्दछन्। 

यस बीचमा प्राप्त उपलब्धिको जगमा टेकेर थप उपलब्धि हासिल गर्दै अघि बढ्न सबैको साथ सहयोग चाहिन्छ। हामीले बाटो बिराउँदा खबरदारी गर्ने जमात चाहिएको छ, तर भएका राम्रा कामको पनि अपव्याख्या गरी आमजनतालाई दिग्भ्रमित बनाउने कार्यले कसैलाई पनि अघि बढ्न दिँदैन। यसले व्यवस्थाप्रति नै नकारात्मकता पैदा गराउने मात्र होइन, गरिबीको दुष्चक्रबाट मुक्त भई विकसित र सम्पन्न देशको नागरिक बन्ने तीन करोड नेपालीको वर्षौंदेखिको सपनामा तुषारापात हुनेछ। त्यसैले आपसी मनोमालिन्य हटाएर देश विकासमा हातमा हात मिलाएर अघि बड्न म सबैमा आग्रह गर्दछु।

हामी सबै संविधानको सीमाभित्र बसी आ–आफ्नो कार्यक्षेत्रमा इमान्दारीका साथ लाग्ने र हालसम्मको भोगाइ तथा अनुभवका आधारमा कार्यशैलीमा सुधार गर्दै अघि बढ्ने प्रण गर्न सकिएमा नेपालको तीब्र विकास र सम्बृद्धि हासिल गर्न कठिन हुने छैन भन्नेमा विश्वस्त छु।

अन्त्यमा, अन्तर प्रदेश मुख्यमन्त्री बैठक आयोजना गर्नुभएकोमा गण्डकी प्रदेशका माननीय मुख्यमन्त्रीज्यू लगायत सिङ्गो मन्त्रिपरिषद् तथा प्रदेशवासी सम्पूर्णप्रति पुनः एकपटक हार्दिक धन्यवाद व्यक्त गर्दै यस बैठकको पूर्ण सफलताको कामना गर्दछु। साथै यस बैठकले संघीयता सुदृढ गर्ने दिशामा महत्वपूर्ण निष्कर्ष निकाल्न सकोस् भन्ने शुभकामना व्यक्त गर्दछु। धन्यवाद !

ललितपुर । नेपाल बक्सिङ संघ मातहतकाे बागमती प्रदेश बक्सिङ संघकाे अध्यक्षमा धनकुमार मैनाली निर्वाचित भएका छन् । काभ्रे जिल्ला बक्सिङ संघकाे अध्यक्ष मैनाली प्रदेश बक्सिङ संघकाे प्रथम साधारण सभाले सर्वसम्मत निर्वाचित गरेकाे  हाे ।

अध्यक्षमा निर्वाचित मैनाली पुर्व राष्ट्रिय खेलाडीकाे साथै नेपालकै पहिलाे आईबिए टु स्टार रेफ्री/जज हुन् । अध्यक्ष मैनाली प्रदेश खेलकुद विकास परिषद् बागमती प्रदेशका बाेर्ड सदस्य समेत छन् ।

ललितपुर हात्तीवन स्थित क्लासिक बैंक्वेटमा प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशका बाेर्ड सदस्य हिक्मत थपलियाकाे प्रमुख आतिथ्यतामा नेपाल बक्सिङ संघका केन्द्रीय सदस्य तथा बागमती प्रदेश प्रतिनिधि मान बहादुर भण्डारीकाे सभापतित्व तथा नेपाल बक्सिङ संघका काेषाध्यक्ष गाैतम सुजखुकाे विषेश आतिथ्यतामा सम्पन्न प्रथम साधरण सभाले उपाध्यक्षमा आठौं साग स्वर्ण पदक विजेता तथा आईबा वान स्टार रेफ्री/जज रामचन्द्र थापामगर र समाजसेवी तथा पुर्व खेलाडी सुमन कुमार के.सी. सचिवमा पुर्व खेलाडी रामकृष्ण प्रजापति, काेषाध्यक्षमा पुर्व खेलाडी भुपेन्द्र विष्ट, सदस्यहरुमा पुर्व राष्ट्रिय तथा अन्तर्राष्ट्रिय  खेलाडी तथा राष्ट्रिय रेफ्री/जजहरु रमेश श्रेष्ठ, बम बहादुर स्याङ्तान, कुल बहादुर थापा, शुनिल शर्मा, रत्न अवाले, सुरज ग्वाछा सर्वसम्मत निर्वाचित भएकाछन् ।

बागमती प्रदेश बक्सिङ संघकाे प्रथम साधारण सभामा नेपाल बक्सिङ संघका केन्द्रीय सदस्य तथा प्रवक्ता श्यामकाजी अवाले, केन्द्रीय सदस्य ओमनारायण श्रेष्ठ, केन्द्रीय सदस्य तथा पहिलाे आईटीओ पुष्कर राज पन्त, नेपाल बक्सिङ संघका पुर्व केन्द्रीय सदस्य तथा पुर्व ललितपुर जिल्ला बक्सिङ संघका अध्यक्ष गाेविन्द डंगोल, नेपाल बक्सिङ संघकाे मान्यता प्राप्त ११ जिल्ला  मध्ये ९ जिल्लाका प्रतिनिधिकाे उपस्थिति रहेकाे थियाे ।

पुरा हेर्नुहोस्

ललितपुर । ललितपुर जिल्ला बक्सिङ संघको अध्यक्षमा पुन सर्वसम्मत महेश सिंह निर्वाचित भएका छन् ।

ललितपुर जिल्ला बक्सिङ संघको चौथो साधरण सभाबाट निर्वाचित अध्यक्ष सिंह बक्सिङ खेलका पुर्व लोकप्रीय राष्ट्रिय खेलाडी हुन् । उनी  ललितपुर जिल्ला बक्सिङ संघको दोस्रो कार्याकालको लागि पुनः अध्यक्षमा निर्वाचित भएको हो ।

अध्यक्षमा सर्वसम्मत निर्वाचित सिंह २०४३ सालमा आयोजित श्री पाँच विरेन्द्र विर विक्रम शाहाको जन्म उत्सवमा आयोजना हुने बर्थ डे कपका स्वर्ण पदक विजेता हुन् । उनले २० ४४ सालको जुनियर राष्ट्रिय च्याम्पियनसिपका समेत स्वर्ण पदक विजेत हुन्।

लोकप्रिय पाकिस्तानी बक्सिङ प्रशिक्षक मेजर रसिदका रोजाईको खेलाडीमा सिंह र श्यामकाजी अवाले रहेका थिए । अध्यक्ष  सिंह र सचिव श्यामकाजी अवाले एथ्लान्टा ओलम्पिक गेम्सकाे बन्द प्रशिक्षणमा सहभागी समेत भएका थिए । पुन: दोश्रो कार्यकालको लागि निर्वाचित अध्यक्ष सिंह बक्सिङ खेलको दौरान कोही प्रतिद्वन्द्वी (अपोनेन्न)संग नहार्ने शक्तिशाली लोकप्रीय खेलाडी हुन । 

दोश्रो कार्यकालको लागि ललितपुर जिल्ला बक्सिङ संघको अध्यक्षमा निर्वाचित सिंहकाे  पहिलो कार्याकालमा सन् २०१९ मा अन्डर १९  राष्ट्रिय बक्सिङ च्याम्पियनसीप प्रतियोगिता आयोजना गरेका थिए । सो समयमा आईबा वान स्टार रेफ्री/जज शर्टिफिकेशन कोर्ष समेत सन्चालन भएको थियो । सो शर्टिफिकेशन काेर्ष २१ जना प्रशिक्षार्थी सहभागी भएकोमाे १८ जना प्रशिक्षार्थी आईबा वानस्टारमा पास हुन सफल भएको थियो ।

ललितपुर जिल्ला बक्सिङसंघको आयोजनामा सम्पन्न उक्त प्रतियोगितामा सहभागी प्रशिक्षार्थी पुष्करराज पन्त हाल आईबा आईटीओ छन् भने धनकुमार मैनाली टु स्टार रेफ्री/जज शर्टिफिकेशन कोर्ष उतिर्ण गर्न सफल समेत भएका छन् ।

अध्यक्षमा निर्वाचित सिंहको कार्यकालमा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी खेलाडीहरुको लागि ट्रयाक सुट बितरण, बक्सिङ ग्लोब्स वितरण, रिङ्ग ड्रेस वितरण जस्ता कार्यक्रमहरु गर्न सफल भएका थिए ।  चौथो साधरण सभाले अध्यक्ष मा पुन: निर्वाचित गरेकोमा अझै गुणात्मक खेल विकास हुनेमा आशावादी रहेको सहभागी प्रतिनिधिले बताएका थिए ।

ललितपुर जिल्ला बक्सिङ संघको चौथो साधरण सभाको प्रमुख आतिथ्यतामा ललितपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष बिनोद महर्जन, विशेष अतिथिमा प्रदेश खेलकुद विकास परिषद् बागमती प्रदेशका बोर्ड सदस्य द्वय धनकुमार मैनाली र हिक्मत थपलिया, नेपाल बक्सिङ संघका केन्द्रीय कोषाध्यक्ष गौतम सुजखु, प्रतिनिधि तथा केन्द्रीय सदस्य मान बहादुर भण्डारी, कास्की जिल्ला बक्सिङ संघका अध्यक्ष सुमन कुमार श्रेष्ठ, काठमाडौं जिल्ला बक्सिङ संघका अध्यक्ष रमेश श्रेष्ठ, सिन्धुपाल्चोक जिल्ला बक्सिङ संघका उपाध्यक्ष सुमनकुमार केसी लगाएत बक्सिङ खेल प्रेमिमहानुभावहरुको उपस्थिति रहेको थियो । 

जिल्ला बक्सिङ संघका सदस्य पुष्कर राज पन्त को सन्चालन तथा संघका अध्यक्ष महेश सिंहको अध्यक्षतामा आयोजित चौथो साधरण सभाले अध्यक्षमा महेश सिंह उपाध्यक्षमा रामचन्द्र थापामगर र रत्न अवाले, सचिवमा श्यामकाजी अवाले, कोषाध्यक्षमा सुरेश न्याछ्यो, सदस्यहरुमा डा। सुमन नरसिंह राजभण्डारी, पुष्करराज पन्त, सुवर्ण सापकोटा, उमेश रिजाल, रिना महर्जन, विक्की महर्जन, बिनोद कुबर, कृष्ण महर्जन सर्वसम्मत निर्वाचित भएका छन् ।

पुरा हेर्नुहोस्

ललितपुर । महालक्ष्मी न.पा. ६ सिद्धिपुर तफाखल देखि वरपाच सम्म २० फिटकाे बाटाे सिमाङ्कन भएकाे छ ।

महालक्ष्मी न.पा.६ महालक्ष्मी नगरकै पुरानाे र एतिहासीक नेवारी समुदयकाे बस्ति हाे । सिद्धिपुरमा पुरानाे नेवारी सँस्कृति झल्किने सम्पदाहरु छन् । पुरानाे कला सँस्कृतिकाे संरक्षण र प्रवर्द्धन गर्दै आजकाे जनताकाे आबश्यकता अनुसतर बाटाे विस्तार गरेकाे ६ नम्बर वडा अध्यक्ष धर्म महर्जनले जानकारी दिएकाछन् ।

शनिबार बिदाकाे समयमा तफाखल देखि वरपाचसम्म २० फिटकाे बटाे बनाउन सहयाेग गर्नुहुने टाेल सुधार समिति, जग्गाधनी र उपस्थित जनसमुदायलाई वडा अध्यक्ष धर्म महर्जनले धन्यवाद ज्ञापन समेत गरेका थिए ।

पुरा हेर्नुहोस्

काठमाडौं । नेपाल बक्सिङ संघले फ्रेण्डशिप खेल आयाेजना गरि ओलम्पिक डे २०२३ मनाएकाे छ ।

सातदाेबाटाे स्थित बक्सिङ ट्रेनिङ हलमा नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष तथा कार्यकारिणी निर्देशक चतुरानन्द राज बैधकाे प्रमुख आतिथ्यता तथा नेपाल बक्सिङ संघका अध्यक्ष तथा एनओसीका सदस्य राम अवालेकाे विशेष उपस्थितिमा संघले ओलम्पिक डे २०२३ काे अबशरमा फ्रेण्डशिप बक्सिङ प्रतियोगिता आयाेजना गरेकाे हाे ।

 उक्त फ्रेण्डशिप बक्सिङ प्रतियाेगितामा एशियाडका लागि बन्द प्रशिक्षणमा रहेका खेलाडी, नेपाल आर्मी क्लब, सशस्त्र प्रहरी क्लब, प्रहरी क्लब, नक्साल क्लब, H2O बक्सिङ क्लब, जेनेक्श फिटनेश क्लब लगाएत बक्सिङ क्लबका खेलाडीहरु बिच मैत्रीपूर्ण खेल भएकाे थियाे ।

ओलम्पिक डे २०२३ काे अबसरमा आयाेजित मैत्रीपूर्ण बक्सिङ प्रतियोगितामा विदेशी प्रशिक्षक शिव सिंह, ओलम्पियन तथा बरिस्ठ बक्सिङ प्रशिक्षक प्रविन तुलाधर, टेक्निकल संयाेजक तथा आईबिए थ्री स्टार काेच दिपक महर्जन, निवर्तमान मुख्य प्रशिक्षक प्रकाश थापामगर, प्रदेश खेलकुद विकास परिषद् बागमती प्रदेशका बाेर्ड सदस्य धनकुमार मैनाली, सहायक प्रशिक्षक राज श्रेष्ठ, आईबिए वान स्टार काेच मेजर सागर शम्सेर थापा लगाएतका ब्यक्तिहरुकाे उपस्थिति रहेकाे थियाे ।

पुरा हेर्नुहोस्

काठमाडौं । काठमाडौं जिल्ला बक्सिङ संघकाे अध्यक्षमा रमेश श्रेष्ठ सर्वसम्मत निर्वाचित भएका छन् ।
आज सम्पन्न पाँचौं साधरण सभाले अध्यक्षमा सर्व सम्मत रमेश श्रेष्ठलाई निर्वाचित गरेकाे हाे ।

काठमाडौं जिल्ला खेलकुद विकास समितिका अध्यक्ष गणेशलाल कक्षपतीकाे प्रमुख आतिथ्यतामा सम्पन्न पाचौं साधरण सभाले काठमाडौं जिल्ला बक्सिङ संघकाे उपाध्यक्षमा केशव रंजित, सचिवमा राजकृष्ण महर्जन, काेषाध्यक्षमा सुनिता महर्जन र सदस्यहरुमा राजकुमार महर्जन, कविन्द्र महर्जन, राजु श्रेष्ठ, अनिस बैध, सुदिप महर्जन , सुरेन्द्र महर्जन, राजकुमार महर्जन सहित ११ जनाकाे जिल्ला बक्सिङ संघकाे कार्य समिति सर्वसम्मत निर्वाचित गरेकाे छ ।

संघका अध्यक्ष नवीन तण्डुकारकाे अध्यक्षतामा सम्पन्न  पाचौं साधरण सभामा उपस्थित प्रमुख अतिथि, विशेष अतिथि, अतिथि र सहभागी स्थानीय तहका संघ, बक्सिङ  क्लबहरुबाट सहभागी प्रतिनिधि/पर्यवेक्षकहरुलाई  स्वागत मन्तब्यद्वारा संघका सचिव रमेश श्रेष्ठले स्वागत गरेका थिए । 

जिल्ला बक्सिङ संघका पुर्व अध्यक्ष टेक बहादुर गुरुङ, बागमती प्रदेशका बाेर्ड सदस्य धनकुमार मैनाली, केन्द्रीय प्रतिनिधि  मान बहादुर भण्डारी, प्रवक्ता तथा अन्तर्राष्ट्रिय काेअडिनेटर  श्यामकाजी अवाले, संघका उपाध्यक्ष किरण बहादुर श्रेष्ठ र प्रमुख अतिथि काठमाडौं जिल्ला खेलकुद विकास समितिका अध्यक्ष गणेशलाल कक्षपतीले शुभकामना मन्तव्य मार्फत शुभकामना दिएका थिए । साथै सर्वसम्मत निर्वाचि जिल्ला बक्सिङ संघका पदाधिकारीहरुलाई संघका केन्द्रीय सदस्य ओम नारायण श्रेष्ठ, उपाध्यक्ष किरण बहादुर श्रेष्ठ र प्रमुख अतिथि गणेशलाल कक्षपतिले बधाई मन्तव्य मार्फत बधाई तथा सफलकार्यकालकाे शुभकामना व्यक्त गरेका थिए  ।

बक्सिङ संघका केन्द्रीय प्रतिनिधि एवम्  संघका केन्द्रीय सदस्य मान बहादुर भण्डारीकाे उपस्थिति रहेकाे काठमाडौं जिल्ला बक्सिङ संघकाे पाचौं साधरण सभामा नेपाल बक्सिङका ब. उपाध्यक्ष अर्जुन बहादुर के.सी., उपाध्यक्ष किरण बहादुर श्रेष्ठ, केन्द्रीय सदस्यहरु ओम नारायण श्रेष्ठ, प्रवक्ता श्यामकाजी अवाले, आईटिओ पुष्करराज पन्त, आईबा थ्रीस्टार काेचद्वय दीपक महर्जन, किरण थापा, प्रदेश खेलकुद विकास परिषद् बागमती प्रदेशका बार्ड सदस्य तथा टु स्टार रेफ्री/जज धनकुमार मैनाली, काठमाडौं जिल्ला बक्सिङ संघका निवर्तमान अध्यक्ष दिनक लाल श्रेष्ठ, पुर्व अध्यक्ष तथा संघका पुर्व महासचिव टेक बहादुर गुरुङ, नुवाकाेट जिल्ला बक्सिङ संघका उपाध्यक्ष इजिकेल परियार, टु स्टार काेच रमेश दास श्रेष्ठलगाएतकाे उपस्थिति रहेकाे थियाे ।

पुरा हेर्नुहोस्

काठमाडौं । चीनको होङझावमा हुने १९ औं एसियाली खेलकुद अन्तर्गत उसु खेलको अन्तिम खेलाडी छनौट प्रतियोगिता सोमबार सम्पन्न भएको छ ।

थाउलोमा ७ र सान्सौंमा ५ गरी जम्मा १२ खेलाडी छनौट भएको उसुका मुख्य प्रशिक्षक अम्बरकुमार थिङले जनाएका छन् । दुई खेलाडी बाहेक सबै विभागीय टोलीका हुन् ।

थाउलोतर्फ छाङ छ्वानको पुरुषमा नेपाल आर्मीका विजय सिन्जाली तथा महिलामा आर्मीकै सुस्मिता तामाङ छनोट भए । नान् छ्वान अलराउन्डको पुरुषमा कर्णाली प्रदेशका दीपक हमाल तथा महिलामा बागमतीकी निमा घर्ती मगर छानिए ।

थाइची छ्वान अलराउन्डको पुरुषमा आर्मीका पासाङ शेर्पा तथा महिलामा आर्मीकै सविता राई छनोट भए । महिला चेन सुछियाङ सुमा एपीएफकी कविता थापा छनोट हुन सफल भइन् ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को सेमी कभर्डहलमा भएको प्रतियोगिताको सान्सौंतर्फ पुरुष ५६ केजीमा एपीएफका रोहित चुनारा, ६० केजीमा एपीएफकै मंगलप्रसाद थारु, ६५ केजीमा नेपाल प्रहरीका समन घुस्री र ७० केजीमा आर्मीका पदम राईले अन्तिम छनोटमा सफलता पाए । महिला ५२ केजीमा आर्मीकी एलिना चौधरी सफल भइन् ।

पुरा हेर्नुहोस्

ताजा समाचार

रामेछापका पाण्डेद्वारा अफ्रिकाको सर्वोच्च शिखर किलिमञ्जारोको सफल आरोहण

१५ कात्तिक, काठमाडौं । रामेछाप निवासी युवा पर्वतारोही प्रकाशराज पाण्डेले अफ्रिकाको सर्वोच्च शिखर किलिमञ्जारो सफल आरोहण गरेका छन्। यही अक्टुबर ३१ तारिखका दिन बिहान ६स्ः४० बजे उनले तान्जेनियाको किलिमाञ्जारो हिमाल आरोहण‍ गरेका हुन्। पाण्डेले किलिमञ्जारोमा नेपालको राष्ट्रिय झण्डासमेत फहराएका छन् । उक्त हिमाल पाँच हजार ८ सय ९५ मिटर अग्लो छ। पर्वतारोही पाण्डेले आधार शिविरबाट तीन दिनमा आरोहण पूरा गरेको रामेछाप न्युजलाइ बताए ।

पाण्डेले सातै महादेशका उच्च हिमाल आरोहण गरी सेभेन समिट पूरा गर्ने लक्ष्यका साथ गत जुन २९ तारिखका दिन बिहान ९ बजे युरोपको सर्वोच्च शिखर रुसमा रहेको माउन्ट एलब्रस हिमाल पनि आरोहण गरेका थिए। उनले यस अगाडि सगरमाथा, मनास्लु, आमादब्लमलगायत नेपालका ६ वटा हिमालको सफल आरोहण गरिसकेका छन् । सात वटा महादेशका अग्ला हिमाल चढ्ने तयारी गरिरहेका पाण्डेले सबैभन्दा पहिला युरोपकै अग्लो हिमाल रुसको माउन्ट एल्ब्रसबाट आफूले अभियान सुरु गरेकोगरेको बताए । 

हाल पाण्डेले अफ्रिकाको सर्वोच्च शिखर किलिमञ्जारोको पनि सफल आरोहण गरेका छन् । उनी गत अक्टुबर २३ मा आरोहरणका लागि नेपालबाट त्यसतर्फ प्रस्थान गरेका थिए।रामेछाप लिखु तामाकोसी गाउँपालिका निवासी पाण्डेले सात वटै प्रदेशका उच्च हिमाल आरोहण गरेर विश्व रेकर्ड कायम गर्ने उद्देश्य लिएका छन्।

पुरा हेर्नुहोस्

महासचिव कार्की २८ औं टफिसा विश्व कंग्रेसमा सहभागी हुन जर्मनी प्रस्थान

महासचिव कार्की २८ औं टफिसा विश्व कंग्रेसमा सहभागी हुन जर्मनी प्रस्थान काठमाडौं । नेपाल विद्यालय खेलकुद महासंघका महासचिव राजकुमार कार्की जर्मनीको डुसेलडोर्फमा हुने २८ औं टफिसा विश्व कंग्रेसमा सहभागी हुन जर्मनी प्रस्थान गरेकाछन् । राष्ट्रिय खेलकुद परिषदमा आयाेतित एक औपचारीक कार्यक्रम विच परिषदका उपाध्यक्ष शिव काेईराला (ज्वाला) ले महासचिव कार्कीलाई विदाई गर्नुभएकाे थियाे ।

२८ औं टफिसा विश्व कंग्रेसमा सहभागी भए पश्चात् स्पेनको मेड्रिडमा हुने मुभ कंग्रेस र इन्टरनेसनल स्पोर्ट एन्ड कल्चर एशाेसिएसन (इस्का) को साधारण सभामा समेत सहभागी हुने कार्यक्रम रहेकाे महासचिव कार्कीकाे सचिवालयले जनाएकाे छ ।

पुरा हेर्नुहोस्

नेपाली कुस्ती टोलीले भारतमा प्रशिक्षण गर्ने

काठमाडौं । चीनको हाङझाउमा हुने १९औं एसियाली खेलकुदको थप तयारी गर्न नेपाली कुस्ती टोली वैदेशिक प्रशिक्षणका लागि भारतको उत्तर प्रदेश जाने भएको छ ।
४ खेलाडीसहित ५ सदस्यीय टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव टंकलाल घिसिङले आइतबार बिदाइ गरे ।

भारत जान लागेका चारै खेलाडी १३ औं दक्षिण एसियाली खेलकुदका पदक विजेता हुन् । एसियाली खेलकुदमा पुरुषतर्फ सुरेश चुनारा (७४ केजी) र राज यादव (१ सय २५ केजी) तथा महिलातर्फ शिवाङगी दुवे (५७ केज) र सुशिला चन्द (६२ केजी)  ले नेपालको प्रतिनिधित्व गर्नेछन् । 

 १३ औं सागमा सुरेश र राजले कांस्य तथा बाँकी दुई खेलाडीले रजत जितेका थिए । टोलीको प्रशिक्षकमा मुमताज अली इद्रिसी छन् ।

टोली सोमबार काठमाडौंबाट नेपालगन्ज जाने छ । नेपालगन्जमा एक साताको प्रशिक्षणपछि टोली उत्तर प्रदेश जाने छ । उत्तर प्रदेशको नन्दनीनगरस्थित टाटा मोटर्स एकेडेमीमा भदौसम्म गर्ने  प्रशिक्षण मुख्य प्रशिक्षक इद्रिसीले जानकारी गराए ।

खेलाडी सुरेशले पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगिताको तयारीका लागि वैदेशिक प्रशिक्षणमा जान पाउदा सबै खेलाडी उत्साहित भएको प्रतिकृया दिए ।
 
पुरा हेर्नुहोस्

२६ जना सहसचिवको सरुवा (सूचीसहित)

काठमाडौँ, ७ साउन ।  संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २६ जना सहसचिवहरुको सरुवा गरेको छ ।

एक प्रमुख जिल्ला अधिकारी र दुई महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतसहित आइताबार मन्त्रालयले २६ जना सहसचिवको सरुवा निकालेको हो ।

जाजरकोटका प्रमुख जिल्ला अधिकारी रामकुमार महतोको संघीय मामिला मन्त्रालयमा सरुवा भएको छ । यस्तै ललितपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालको गृह मन्त्रालयमा सरुवा भएको छ ।

अर्यालको ठाउँमा पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विरेन्द्रदेव भारती आएका छन् । पोखरा महानगरपालिकामा कर्णाली प्रदेशको अर्थ सचिव श्याम कृष्ण थापा सरुवा भएका छन् ।

हेर्नुस सूची

पुरा हेर्नुहोस्

रामेछापका पाण्डेद्वारा अफ्रिकाको सर्वोच्च शिखर किलिमञ्जारोको सफल आरोहण

१५ कात्तिक, काठमाडौं । रामेछाप निवासी युवा पर्वतारोही प्रकाशराज पाण्डेले अफ्रिकाको सर्वोच्च शिखर किलिमञ्जारो सफल आरोहण गरेका छन्। यही अक्टुबर ३१ तारिखका दिन बिहान ६स्ः४० बजे उनले तान्जेनियाको किलिमाञ्जारो हिमाल आरोहण‍ गरेका हुन्। पाण्डेले किलिमञ्जारोमा नेपालको राष्ट्रिय झण्डासमेत फहराएका छन् । उक्त हिमाल पाँच हजार ८ सय ९५ मिटर अग्लो छ। पर्वतारोही पाण्डेले आधार शिविरबाट तीन दिनमा आरोहण पूरा गरेको रामेछाप न्युजलाइ बताए ।

पाण्डेले सातै महादेशका उच्च हिमाल आरोहण गरी सेभेन समिट पूरा गर्ने लक्ष्यका साथ गत जुन २९ तारिखका दिन बिहान ९ बजे युरोपको सर्वोच्च शिखर रुसमा रहेको माउन्ट एलब्रस हिमाल पनि आरोहण गरेका थिए। उनले यस अगाडि सगरमाथा, मनास्लु, आमादब्लमलगायत नेपालका ६ वटा हिमालको सफल आरोहण गरिसकेका छन् । सात वटा महादेशका अग्ला हिमाल चढ्ने तयारी गरिरहेका पाण्डेले सबैभन्दा पहिला युरोपकै अग्लो हिमाल रुसको माउन्ट एल्ब्रसबाट आफूले अभियान सुरु गरेकोगरेको बताए । 

हाल पाण्डेले अफ्रिकाको सर्वोच्च शिखर किलिमञ्जारोको पनि सफल आरोहण गरेका छन् । उनी गत अक्टुबर २३ मा आरोहरणका लागि नेपालबाट त्यसतर्फ प्रस्थान गरेका थिए।रामेछाप लिखु तामाकोसी गाउँपालिका निवासी पाण्डेले सात वटै प्रदेशका उच्च हिमाल आरोहण गरेर विश्व रेकर्ड कायम गर्ने उद्देश्य लिएका छन्।

पुरा हेर्नुहोस्

विवादित संवाद हटाएपछि ‘आदिपुरुष’ले पायो नेपालमा प्रदर्शन अनुमति

काठमाडौं । अन्ततः विवादित संवाद फिल्मबाट हटाइएपछि नेपाली सेन्सर बोर्डले दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’लाई प्रदर्शन अनुमति दिएको छ । बिहीवार राती ८ बजे सेन्सर बोर्डका अध्यक्ष अनिलकुमार दत्तले हस्ताक्षर गरेको अनुमति पत्र वितरकलाई दिएका हुन् ।

फिल्ममा समावेश ‘जानकी भारतकी छोरी हुन्’ भन्ने वाक्यमा आपत्ति जनाउँदै बिहीवार अपरान्ह बोर्डले प्रदर्शन अनुमति दिन अस्वीकार गरेको थियो । भारतीय वितरकले फिल्मबाट विवादित वाक्य हटाएर नेपाल पठाएपछि मात्र बोर्डले अनुमति दिएको हो ।

सेन्सर बोर्डको अनुमतिपछि ‘आदिपुरुष’ शुक्रबार नेपालमा रिलिज हुने पक्का भएको छ । तर, काठमाडौं महानगरका मेयर बालेन शाहको फेसबुक स्टाटसले भने संशय पैदा गराएको छ । उनले भारतमा समेत उक्त विवादित वाक्य तीन दिनभित्र नहटाए कुनै पनि हिन्दी फिल्म काठमाडौं महानगरमा प्रदर्शन अनुमति नदिने उल्लेख गरेका छन् ।

बालेनको सचिवालयले पनि आफूहरुले तीन दिन प्रतीक्षा गर्ने तर उक्त वाक्य हटाएर माफी नमागेसम्म काठमाडौंमा कुनैपनि हिन्दी फिल्म प्रदर्शन गर्न अनुमति नदिने र सबै हललाई यसबारे पत्राचार गरिने उल्लेख गरेको छ । प्रभास र कृति सेनन स्टारर आदिपुरुष रामायणको कथावस्तुमा आधारित छ । यो फिल्मलाई नेपालमा ब्यांकटेस इन्टरटेनमेन्टले रिलिज गर्न लागेको हो ।

पुरा हेर्नुहोस्