खेलकुद

चितवनमा निर्माणाधीन अवस्थाको गौतम बुद्ध क्रिकेट रंगशालाको बाँकी काम बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाको संयुक्त लगानीमा निर्माण हुने भएको छ। मंगलबार बागमती प्रदेशको मुख्यमन्त्री कार्यालय हेटौँडामा बसेको बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाबीचको बैठकले उक्त रंगशाला निर्माणका लागि संयुक्त लगानी गर्ने सहमति भएको हो। सहमतिअनुसार गौतम बुद्व क्रिकेट रंगशाला निर्माणका लागि ७० प्रतिशत बागमती प्रदेश सरकार र ३० प्रतिशत भरतपुर महानगरपालिकाले व्यहोर्ने निर्णय भएको मुख्यमन्त्री कार्यालयले जनाएको छ। बैठकले यसअघि भएका आर्थिक क्रियाकलाप र ऋणसम्बन्धी सम्पूर्ण जिम्मेवारी महानगरपालिका र संघीय सरकारले व्यवस्थापन गर्ने निर्णय गरेको छ।
मुख्यमन्त्री शालिकराम जम्कट्टेलका स्वकीय सचिव उपेन्द्र जम्कट्टेलका अनुसार बैठकले तत्काल ठेक्का आह्वान गरी रंगशाला निर्माणको काम अघि बढाइने निर्णय गरेको छ। उनका अनुसार भरतपुर महानगरपालिकाले तयार पारेको पहिलो चरणको लागत अनुमानको प्रस्वावअनुसार काम सुरु गरिने भएको छ। महानगरपालिकाले पहिलो चरणमा १० हजार दर्शक अट्ने प्यारापिटसहित क्रिकेट पिच र मैदान निर्माणको काम गर्ने निर्णय भएको उनले जानकारी दिए।
उक्त कामका लागि महानगरपालिकाले तयार पारेको लागत अनुमान प्रस्तावअनुसार ७५ करोड रुपैयाँ लगानी लाग्ने र उक्त लागत रकमको ७० प्रतिशत बागमती प्रदेश सरकार र ३० प्रतिशत रकम महानगरपालिकाले व्यहोर्ने सहमति भएको हो।

महासचिव कार्की २८ औं टफिसा विश्व कंग्रेसमा सहभागी हुन जर्मनी प्रस्थान काठमाडौं । नेपाल विद्यालय खेलकुद महासंघका महासचिव राजकुमार कार्की जर्मनीको डुसेलडोर्फमा हुने २८ औं टफिसा विश्व कंग्रेसमा सहभागी हुन जर्मनी प्रस्थान गरेकाछन् । राष्ट्रिय खेलकुद परिषदमा आयाेतित एक औपचारीक कार्यक्रम विच परिषदका उपाध्यक्ष शिव काेईराला (ज्वाला) ले महासचिव कार्कीलाई विदाई गर्नुभएकाे थियाे ।
२८ औं टफिसा विश्व कंग्रेसमा सहभागी भए पश्चात् स्पेनको मेड्रिडमा हुने मुभ कंग्रेस र इन्टरनेसनल स्पोर्ट एन्ड कल्चर एशाेसिएसन (इस्का) को साधारण सभामा समेत सहभागी हुने कार्यक्रम रहेकाे महासचिव कार्कीकाे सचिवालयले जनाएकाे छ ।

हाङ्गचौं (हाम्रो खेलकुद) – एसियाली खेलकुद (एसियाड) ५ वटा संस्करणको रिपोर्टिङ गरेका नेपाली खेलकुद पत्रकार निरञ्जन राजवंशीलाई एसियाली खेलकुद पत्रकार महासंघ (एआइपिएस एसिया) ले सम्मान गरेको छ । एआइपिएस एसियाले ५ र सो भन्दा बढी पटक एसियाली खेलकुदको रिपोर्टिङ गर्दै लामो समय योगदान दिएका एसियाभरका पत्रकारहरुलाई चीनमा जारी १९ औं एसियाडका क्रममा कदर गर्ने क्रममा एआइपिएस एसियाले ५ र सो भन्दा बढी पटक एसियाली खेलकुदको रिपोर्टिङ गर्दै लामो समय योगदान दिएका एसियाभरका पत्रकारहरुलाई चीनमा जारी १९ औं एसियाडका क्रममा कदर गर्ने क्रममा राजवंशी सम्मानित भएका हुन्।
मेन प्रेस सेन्टरमा आयोजित कार्यक्रममा ओलम्पिक च्याम्पियन तथा अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी) का सदस्य सियोङ मिन रियु, एआइपिएस एसियाका अध्यक्ष हि डोङ जोङ र उपाध्यक्ष मुबारक अल बोनिनले प्रमाणपत्र प्रदान गरेका थिए ।
एआइपिएसले अन्तर्राष्ट्रिय रुपमा लामो समय रिपोर्टिङ गर्ने पत्रकारहरुलाई सम्मान गर्ने परम्पराको सुरु गरेपछि एआइपिएस एसियाले यो वर्षको एसियाड सम्मानको अभियान सुरु गरेको हो । जसमा यो वर्ष ६९ जना पत्रकारहरु सम्मानित भए ।
राजवंशीले सन् १९९८ को बैंकक, सन् २००२ को बुसान, सन् २०१० को ग्वान्जाउ, सन् २०१४ को इन्चोन तथा हाङ्गचौं एसियाडमा रिपोर्टिङ गरेका थिए । सम्मानित भएपछि राजवंशीले भने,’एसियाली खेलकुदमा रिपोर्टिङ गरेको पनि २५ वर्ष भइसकेछ । त्यसमा अन्तर्राष्ट्रिय रुपमा सम्मानित हुन पाउँदा खुसी लागेको छ ।’ राजवंशी एआइपिएस एसियाका कोषाध्यक्ष र नेपाल खेलकुद पत्रकार मन्चका पूर्व अध्यक्ष हुन् ।
सम्मानित हुनेहरुमा सबैभन्दा वढी १० पटक एसियाडमा भाग लिएका चीनका वेई सेङ थिए ।कार्यक्रममा एआइपीएस एसियाका अध्यक्ष हि डोङ जोङ अब एसियाडको हरेक संस्करणमा धैर्यतापूर्वक लामो समय योगदान पुर्याउने पत्रकारहरुलाई सम्मान नियमित रुपमा गर्ने बताए । उनले भने, ‘ एसियामा लामो समय खेलकुद पत्रकारितामा योगदान दिनेहरु धेरै छन् । हामी ती सबैलाई सम्मान गर्दै जानेछौं।’

काठमाडौं । मित्रराष्ट्र चिनकाे हान्झाउ शहरमा जारी एशियन गेम्समा बक्सिङ खेलका मुक्केबाज रविन थापाले जित हासिल गरेकाछन् ।
प्रिलिमिनरी बाउट सेशन थ्री अन्तर्गत आज भएकाे खेलमा इन्डाेनेशियन मुक्केबाज काेएबानु दियाेलाई ४:१ अंककाे आधारमा फराकिलाे जित हासिल गरेकाे नेपाली बक्सिङ टाेलीका ब्यबस्थापक तथा नेपाल बक्सिङ महासंघका उपाध्यक्ष श्यामकाजी अवालेले जानकारी दिएकाछन् । रविनले अब अन्तिम १६ मा उत्तर कोरियाका चोनयोङ सोसँग खेल्नेछन् ।
उपाध्यक्ष श्यामकाजी अवालेका अनुसार आज बेलुका सेशन चारमा नेपाली मुक्केबाजहरु बिनिता थापामगर ६० केजीले चिनचेन निईन (चाईनिज ताईपेई) संग र दिपेश लामा ७१ केजीमा निसान्त देभ (इन्डिया) संग प्रतिस्पर्धा गर्नेछन् ।

काठमाडौं । शनिबार सम्पन्न निर्वाचनबाट नेपाल क्रिकेट संघ (क्यान)ले नयाँ पदाधिकारी पाएको छ। चतुरबहादुर चन्दकाे नेतृत्वमा संघको नयाँ टिम तयार भएकाे हाे। बर्दियाका विनय राजभण्डारीले नाम फिर्ता लिएपछि चन्द निर्विरोध अध्यक्ष निर्वाचित भएका हुन्।
संघको उपाध्यक्षमा रोशनकुमार सिंह र कोषाध्यक्षमा पदमबहादुर खड्का निर्विरोध चयन हुँदा सचिव पदका लागि प्रतिस्पर्धा भएको थियो। प्रशान्तविक्रम मल्ललाई पराजित गर्दै सचिवमा राष्ट्रिय टोलीका पूर्वकप्तान पारस खड्का विजयी भएका छन्।
त्यसैगरी, महिला सदस्यमा जयन्तीदेवी भट्ट निर्विरोध निर्वाचित भइन्। खुला सदस्यहरूमा धीरेन्द्र साउद, दुर्गाराज पाठक, आयुष श्रेष्ठ, वीरेन्द्रबहादुर चन्द र करन महत्रा क्षेत्री निर्वाचित भएका छन्। बराबर मत पाएपछि करन महत्रा क्षेत्री गोला प्रथाबाट चुनिएका हुन्।
प्रदेश सदस्यहरूमध्ये लुम्बिनी र कर्णालीबाट निर्विरोध चयन भएका छन् भने पाँचजना प्रतिस्पर्धाबाट आएका छन्। कोशीबाट अर्जुन पौडेल, मधेशबाट माधवकुमार कर्माचार्य, बागमतीबाट दिवाकर घले, गण्डकीबाट सुदीप शर्मा, लुम्बिनीबाट प्रदीप मजगैया, कर्णालीबाट श्रीधर केसी र सुदूरपश्चिमबाट विक्रम विष्ट छन्।

काठमाडौं । चीनको हाङझाउमा हुने १९औं एसियाली खेलकुदको थप तयारी गर्न नेपाली कुस्ती टोली वैदेशिक प्रशिक्षणका लागि भारतको उत्तर प्रदेश जाने भएको छ ।
४ खेलाडीसहित ५ सदस्यीय टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव टंकलाल घिसिङले आइतबार बिदाइ गरे ।
भारत जान लागेका चारै खेलाडी १३ औं दक्षिण एसियाली खेलकुदका पदक विजेता हुन् । एसियाली खेलकुदमा पुरुषतर्फ सुरेश चुनारा (७४ केजी) र राज यादव (१ सय २५ केजी) तथा महिलातर्फ शिवाङगी दुवे (५७ केज) र सुशिला चन्द (६२ केजी) ले नेपालको प्रतिनिधित्व गर्नेछन् ।
१३ औं सागमा सुरेश र राजले कांस्य तथा बाँकी दुई खेलाडीले रजत जितेका थिए । टोलीको प्रशिक्षकमा मुमताज अली इद्रिसी छन् ।
टोली सोमबार काठमाडौंबाट नेपालगन्ज जाने छ । नेपालगन्जमा एक साताको प्रशिक्षणपछि टोली उत्तर प्रदेश जाने छ । उत्तर प्रदेशको नन्दनीनगरस्थित टाटा मोटर्स एकेडेमीमा भदौसम्म गर्ने प्रशिक्षण मुख्य प्रशिक्षक इद्रिसीले जानकारी गराए ।
खेलाडी सुरेशले पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगिताको तयारीका लागि वैदेशिक प्रशिक्षणमा जान पाउदा सबै खेलाडी उत्साहित भएको प्रतिकृया दिए ।

काठमाडौं । जापानको फुकुओकामा आयोजना भइरहेको २० औं वर्ल्ड एक्वाटिक च्याम्पियनसिप २०२३ मा नेपाली पौडी खेलाडी गौरिका सिंहले नयाँ राष्ट्रिय कीर्तिमामन बनाएकी छन् ।
१३औं सागकी ४ स्वर्ण पदकधारी गौरिकाले १०० मिटर ब्याक स्ट्रोकमा १ मिनेट ६.८० सेकेन्ड समयमा दूरी पूरा गर्दै आप्नै नाममा रहेको राष्ट्रिय कीर्तिमानमा सुधार गरेकी नेपाल पौडी संघका अध्यक्ष अशोक बज्राचार्यले जानकारी गराएका छन् ।
गौरिकाको यसअघिको भारतको गुवाहटीमा आयोजना भएको १२ औं दक्षिण एशियाली खेलकुदमा १ मिनेट ७.३१ सेकेन्ड समयको रेकर्ड बनाएकी थिइन् ।
नेपाली पौडीबाज नासिरले भने लगातार दोस्रो दिन नयाँ कीर्तिमान बनाए ।
नासिरले सोमबार २०० मिटर फ्रिस्टाइलमा आफ्नै नाममा रहेको १ मिनेट ५८.२३ सेकेन्डको राष्ट्रिय कीर्तिमानमा सुधार गर्दै १ मिनेट ५७.२६ सेकेन्ड समयका नयाँ राष्ट्रिय कीर्तिमान बनाएका हुन् ।
यस अघि नासिरले आइतबार ४०० मिटर फ्रिस्टायलमा पनि आप्नै नामको कीर्तिमान सुधार गर्दै नयाँ कीर्तिमान बनाएका थिए ।
अर्की खेलाडी डुवाना लामाले मंगलबार २०० मिटर फ्रिस्टायलमा प्रतिस्पर्धा गर्ने टोली ब्यवस्थापक नरेश बैद्यले जानकारी गराएका छन् ।
विश्व पौडी महासंघले आफ्नो नाम फिनालाई परिवर्तन गर्दै वर्ल्ड एक्वाटिक्सको नामाकरण गरेको छ ।

काठमाडौं, ८ साउन । दक्षिण एसियाली फुटबल महासङ्घ (साफ)ले भुटानमा आयोजना हुने यु–१६ पुरुष साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेको छ ।
आगामी सेप्टेम्बर १ देखि १० तारिखसम्म आयोजना हुने प्रतियोगितामा नेपालले पहिलो खेल बङ्गलादेशसँग खेल्नेछ । उक्त खेल सेप्टेम्बर ३ तारिखमा हुनेछ । प्रतियोगितामा विभिन्न ६ राष्ट्रको सहभागिता रहनेछ । जसलाई दुई समूहमा विभाजन गरिएको छ ।
समूह ‘ए’ मा नेपालसँगै बङ्गलादेश र भारत रहेका छन् भने समूह ‘बी’ मा आयोजक भुटानसँगै माल्दिभ्स र पाकिस्तान छन् । उक्त प्रतियोगिताको उद्घाटन खेलमा भारत र बङ्गलादेश भिड्नेछन् । सबै खेल भुटानको चाङ्लिमिथाङ रङ्गशालामा हुनेछन् ।

काठमाडौं, ८ असार । नेकपा (माओवादी केन्द्र) निकट युवा संगठन योङ्ग कम्युनिष्ट लिग (वाईसिएल) का अध्यक्ष सुबोधराज शेर्पालीले सुन काण्डका मुछिएका विवादित व्यवसायी दीपक मल्होत्रासँग त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा भएका सम्झौताहरु खारेजीको माग गरेका छन् ।
व्यवसायी मल्होत्रा एक सय किलो सुन काण्डमा मुछिएका व्यवसायी हुन् । यद्यपि उनलाई अहिलेसम्म अनुसन्धानका लागि कुनै पनि निकायले बोलाएको छैन । मल्होत्रा पटक–पटक सुन काण्डमा मुछिँदा पनि सरकारले कारबाहीको दायरामा ल्याउन नसकेको अध्यक्ष शेर्पाली बताउँछन् ।
‘सरकार दीपक मल्होत्रासँगको सम्झौता खारेज गरियोस् । पटक–पटक सुन प्रकरणमा मुछिएका उनीइ किन पक्राउ पर्दैनन् ? सरकार यस्तोलाई अनुसन्धान गर्न ढिला गर्नुहुन्न । नेपाललाई सुनचोरीको मार्ग बनाएर कहाँ सप्लाई गर्छन् ? तुरुन्तै अनुसन्धान होस् कारबाही होस्,’– उनले सामाजिक सञ्जालमा लेखेका छन् ।
अन्तराष्ट्रिय विमानस्थल तर्फको आगमन कक्ष (पार्किङसहित) लगायतका संरचनाहरु व्यवसायी मल्होत्राले लिजमा लिएर भाडामा दिएका छन् । विमानस्थलको क्लोज सर्किट टेलिभिजन (सिसिटिभी) आइएमएस ग्रुपको नियन्त्रणमा रहेको पाइएको छ। विमानस्थल बाहिर र भित्रका गतिविधि हेर्न जडान गरिएका सिसीटिभीको मुख्य नियन्त्रण कक्ष उक्त ग्रुपको नियन्त्रणमा रहेको पाइएको हो। सिसिटीभीमा कैद हुने गतिविधिमा सिधै सो कम्पनीका कर्मचारीको पहुँच छ। उक्त ग्रुप पनि व्यवसायी मल्होत्राको नै हो ।

पाेखरा । नेपाल बक्सिङ महासंघकाे महासचिवमा मान बहादुर भण्डारी निर्वाचित भएका छन् । नेपाल बक्सिङ संघकाे छैटौं साधारणसभा तथा अधिबेशनले महासचिवमा सर्वसम्मत भण्डारीलाई निर्वाचित गरेकाे हाे ।
महासचिवमा निर्वाचित भण्डारी देशका लाेकप्रिय पुर्व बक्सिङ खेलाडी हुन । उनले वि.स.२०४४-४५ सालबाट वि.सं.२०५६ सालसम्म बक्सिङ खेले उनी त्यसताका लाेकप्रिय खेलाडीकाे रुपमा देशैभरि परिचित थिए ।
नेपालका चर्चित बक्सिङ प्रशिक्षक स्वर्गीय नरबहादुर याेन्जन र मदन कुमार गुरुङका प्रिय चेलाका रुपमा परिचित भण्डारी लामाे समय नेपाल प्रहरी बक्सिङ क्लबबाट बक्सिङ खेले । खेल जिवनबाट सन्यास लिए पश्चात् राेजगारिकाे सिलसिलामा मकाउमा करिव १४ वर्ष ब्यतित गरे ।
महासचिव भण्डारी राेजगारिकाे सिलसिलामा मकाउ बसेता पनि मन भने स्वदेशमै थियाे । उनले बक्सिङ खेल र खेलाडीलाई सधै माया गरिनै रहन्थे । उनले कहिले स्वर्ण पदक विजेता खेलाडीलाई नगद पुरस्कारकाे व्यवस्था गर्थे त कहिले राष्ट्रिय टिमका खेलाडीहरुलाई ट्रयाकसुट प्रदान गर्थे भने कहिले चाेट लागेका खेलाडीलाई औषधि उपचारकाे लागि आर्थिक सहयाेग प्रदान गर्थे । उनले त्यसताका बक्सिङ ग्लाेब्स धेरै खेलाडीलाई वितरण समेत गरेका थिए ।
मकाउमा रहदा एक्स बक्सिङ क्लब मकाउ गठन गरि कुनैन कुनै तरिकाले नेपालमा बक्सिङ खेल विकास र विस्तारमा लागिरहेका भण्डारीकाे पहलमा त्रिपुरेश्वर स्थित बक्सिङ हलमा पार्केटिङ गर्ने, रंगराेगन गर्ने र पन्चिङ ब्याग राख्ने कार्य समेत भएकाे थियाे ।
महासचिवमा निर्वाचित भण्डारी नेपाल फर्केपछि संघकाे सदस्यमा रहेर निरन्तर बक्सिङकाे हितमा लागिरहे उनकै पहलमा बक्सिङ भित्रकाे द्वन्द अन्त गर्दै बक्सिङ संघलाई एकढिक्का बनाएका थिए । उनले संघलाई एकताबद्ध बनाउन महत्त्वपूर्ण भुमिका खेलेकै कारण आज बक्सिङ संघ एकताबद्ध छ । उनले नेपालमा सम्पन्न १३ औं साग सफल बनाउन पनि महत्त्वपूर्ण भुमिका खेलेका थिए ।
भण्डारीकाे संयाेजकत्वमा नेपाल बक्सिङ संघकाे आयाेजनामा भएकाे दाेश्राे प्रकाश दाहाल स्मृति खुल्ला राष्ट्रिय महिला तथा पुरुष बक्सिङ प्रतियोगिता सम्पन भएकाे थियाे । साे प्रतियोगितामा संघका अध्यक्ष राम अवाले, बरिस्ठ उपाध्यक्ष अर्जुन बहादुर के.सी. र महासचिव भण्डारीकाे पहलमा आईबाका अध्यक्ष उमार क्रेमलेभलाई प्रमुख अतिथिकाे रुपमा उपस्थित गराउन सफल समेत भएका थिए । भने अध्यक्ष क्रेमलेभले साे समयमा विजेता खेलाडीलाई नेपालकाे ईतिहासमा सबैभन्दा धेरै धनराशि पुरस्कार प्रथम ५०० युराे, दितिय ४०० युराे र तृतीय ३०० युराे सहित बक्सिङ ग्लाेब्स प्रदान समेत गरेका थिए ।
अध्यक्ष क्रेमलेभसंग भएकाे छलफल पश्चात् नेपालमा एउटा अन्तर्राष्ट्रिय बक्सिङ कभर्डहल बनाउने कार्यमा सहयाेग गर्ने वचन अध्यक्ष क्रेमलेभले दिए संगै हाल राखेप सदस्य सचिव टंकलाल घिसिङले कागेश्वरी मनहरा नगरपालिकाकाे मेयरसंग छलफल गरि करिब ८६ राेपनी जग्गा समेत उपलब्ध भईसकेकाे छ । साे जग्गामा अन्तर्राष्ट्रिय स्तरकाे बक्सिङ कभर्डहल निर्माणकाे डिपिआरकाे तयारी भैरहेकाे छ । उक्त कार्यमा समेत भण्डारीले महत्त्वपूर्ण भुमिका खेलेका थिए ।
महासचिव भण्डारीले आफ्नाे संयाेजकत्वमा बागमती प्रदेशद्वारा आयाेजित पहिलाे र दाेश्राे संस्करणमा संयाेजककाे भुमिका निर्वाह गरि बक्सिङ प्रतियोगिता भव्यरुपमा सम्पन्न समेत गरेका थिए । भण्डारी महासचिवमा निर्वाचित भएसंगै बक्सिङमा अझै नयाँ धेरै कुराहरु सम्भव हुनेमा विश्वस्त रहेकाे सहभागी एक प्रतिनिधिले बताए ।

पाेखरा । नेपालका ए टिमका महिला तथा पुरुष बक्सिङ्ग खेलाडीहरु र पन्जाब प्रान्त, भारतका खेलाडीहरुबीच एक दिवसीय फ्रेन्ससिप म्याच पोखरा स्थित बक्सिङ सेमिकभर्डहलमा सम्पन्न भएको छ ।
१२ वटा तौल समुहमा आज सम्पन्न भएका खेलहरुमा पुरुष ५१ किलो तौल समुहका नेपालका रविन थापाले पन्जाबका सुभम पान्डेलाई २ः१ को आधारमा पराजित गरे ।
५७ किलो तौलमा नेपालका भुपेन्द्र थापामगरले पन्जाबका विनय रौनिया ३ः० को आधारमा पराजित गरे ।
७१ किलो तौल समुहमा पन्जाबका जशन प्रीतले नेपालका दिपेश लामालाई ३ः० को युनानिमस डिसिजनमा पराजित गरे ।
८० किलो तौल समुहमा दिपक श्रेष्ठले ३ः०को मुस्तफा हनितलाई ३ः०को आधारमा पराजित गरे ।
भने ९२ किलामा भारतका जगविन्दरले नेपालका रविन नेपाललाई आरएससीको आधारमा पराजित गरे ।
९२ प्लस किलोमा नेपालका आशिस दुवाडीले भारतका केपी सिंहलाई ३ः० मा पराजित गरे ।
महिला तर्फ ५० किलो तौल समुहमा शुस्मा तामांगले पन्जाका कोमल लाई ३ः०को युनानिमसको आधारमा पराजित गरे ।
५४ किलोमा नेपालका मिनु गुरुंगले पन्जाबका अरिवालाई २ः१ को स्पिलट डिसिजनमा पराजित गरे ।
महिला ५७ किलोमा नेपालका चन्द्रकला थापाले ३ः०को फरकमा पन्जाबका मनितलाई पराजित गरे । ६० किलो महिला तर्फ पन्जाबका मन्दिप कौरले नेपालका संगीता सुनारलाई ३ः०को अन्तरले पराजित गरे ।
६६ किलो तौलमा पन्जाबका कोमल प्रीतले २ः१को फरकमा नेपालका विनिता थापामगरलाई पराजित गरे ।
१९ औं एशियाडका लागि बन्द प्रशिक्षणमा रहेका नेपाली टाेली र पन्जाव भारतका खेलाडी बिच भएकाे मैत्रीपूर्ण बक्सिङ खेलकाे मिश्रति परिणाम आएकाे थियाे ।
खेल पछि कुरा गर्दै हालै मात्र नेपाली राष्ट्रिय टिम सम्हालन नेपाल आएका प्रशिक्षक शिव सिंहले आफूले टिम सम्हाले पछिको पहिलो प्रतियोगिता रहेकोले खेलाडीहरुको अवस्था बारे केही कुरा वुझ्न पाएको बताए । उनले भने–“नेपाली राष्ट्रिय टिम उत्कृष्ट छ । तर निर्खान धेरै बाँकी छ । अरु देशहरु पदक भिर्न तयार भएर बसेका छन् । तर हामी बल्ल तयारी गर्दैछौं ।” उनले १९ औं एसियाली खेलकुदमा पदक पाउनु भन्दा पनि पेरिस ओलम्पिककोलागि समेत छनौट खेल भएकोले उत्तिकै चुनौती रहेको बताए । उनले भने–“बक्सिङमा यसै हुन्छ भन्न सकिन्न ‘प्रेडिक्सन’ गर्न गाह्रो हुन्छ, सम्भवानै नभएको होइन तर हामी संग समय एकदमै कम छ । यस्तै प्रतियोगिताहरु यस अघि ६/७ वटा भएको भए निकै सुधार हुन्थ्यो ।

पाेखरा । नेपाल बक्सिङ महासंघकाे अध्यक्षमा राम अवाले निर्वाचित भएकाे छ । "बक्सिङ खेलाडी राष्ट्रका चिनारी" भन्ने मुल नाराकाे साथ सम्पन्न छैटौं साधारण सभा तथा अधिवेशनले पुन अध्यक्षमा राम अवालेलाई सर्वसम्मत निर्वाचित गरेकाे हाे ।
राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङकाे प्रमुख आतिथ्यता तथा ओलम्पिक कमिटीका सहमहासचिव पुर्व राखेप उपाध्यक्ष पिताम्बर तिमल्सिनाकाे विशेष उपस्थिति तथा प्रतिनिधित्वमा सम्पन अधिवेशनले बरिस्ठ उपाध्यक्षमा अर्जुन बहादुर के.सी., उपाध्यक्षमा भाेजराज सिटौला, गणेश बहादुर भट्टराई, सविन भट्टचार्य, ओम नारायण श्रेष्ठ, राम बहादुर गिरीलाई सर्वसम्मत निर्वाचित गरेकाे थियाे ।
पाेखरा लेक साइड १५ नम्बर स्ट्रिट स्थित त्रिपुरा लाउन्ज एण्ड बारमा बुधबार सम्पन्न छैटौं साधारणसभाले महासचिवमा मान बहादुर भण्डारी, सचिवमा आइटिओ
पुष्करराज पन्त, काेषाध्यक्षमा गाैतम सुजखुलाई सर्बसम्मत निर्वाचित गरेकाे थियाे ।
कास्की जिल्ला बक्सिङ संघका अध्यक्ष सुमन कुमार श्रेष्ठकाे ब्यबस्थापनमा सम्पन अधिवेशनले सदस्यहरुमा गाेविन्द डंगोल, रेशम पुन, मिलनध्वज राना बम बहादुर स्याङ्तान, रेखा थापा, रमेश अधिकारी, दुर्गा गहतराज, लक्ष्मण कार्की, संजय कुमार पासवान, समरजंग बहादुर चन्दलाई सर्वसम्मत निर्वाचित गरेकाे थियाे ।
बागमती प्रदेश, काेशी प्रदेश, लुम्बिनी प्रदेश, सुदुरपश्चिम प्रदेश, ४० जिल्ला, एनआरएन, साउथ एशियन गाेल्ड मेडलिष्ट, एशियन मेडलिष्ट, महिला खेलाडी, पुरुष खेलाडी, ओलम्पियन लगायत बाट ७३ जना प्रतिनिधिकाे उपस्थितिमा सम्पन भएकाे छैटौं साधारणसभा सभा तथा अधिबेशनले विधान संशोधन गर्दै २९ जनाकाे कार्यसमितिबाट ३७ जनाकाे कार्यसमित बनाउन सक्ने, नेपाल बक्सिङ संघकाे सट्टा नेपाल बक्सिङ महासंघ, प्रदेश बक्सिङ संघकाे कार्य समिति १९ जना, जिल्ला बक्सिङ संघकाे कार्यसमिति १७ जनाकाे बनाउन सक्ने र सबै प्रदेशका अध्यक्षहरु मताधिकार सहित पदेन उपाध्यक्ष रहने गरि विधान संशोधन गर्ने निर्णय साधारणसभा सभाले सर्वसम्मत पारित गरेकाे नेपाल बक्सिङ महासंघका अध्यक्ष राम अवालेले बताएकाे छ । अध्यक्ष अवालेले सबै मिल्दा मात्रै बक्सिङ खेलकाे विकास र विस्तार हुने हुदा याे निर्यण गर्न आबश्य रहेकाे बताएकाछन् ।
नेपाल बक्सिङ महासंघकाे प्रथम बैठकले श्यामकाजी अवाले, किरण बहादुर श्रेष्ठ र शाेभाजंग के.सी.लाई उपाध्यक्षमा मनाेनित गरेकाे छ । त्यसैगरी सचिवमा देबेन्द्र लिम्बू, सह-काेषाध्यक्षमा महेश सिंह र सदस्यहरुमा राजेन्द्र पाहाडी, सुशील घिमिरे, सुमन बुमार के.सी., कृष्ण महर्जन, सुनिता महर्जन, नविन्द्रमान प्रधान, संजय सिंह थापा, रमेश श्रेष्ठ र नवीन तण्डुकारलाई मनाेनित गरेकाे छ ।

काठमाडौं । एन्फा यू-१६ युथ लिग खेलिरहेको संकटाको युवा टिमले मोरक्कोमा हुने फुटबल प्रतियोगिता खेल्ने भएको छ । नेक्सस-संकटा एकेडेमीको टिम नेपालको प्रतिनिधित्व गर्दै मोरक्कोमा खेल्न जान लागेको हो ।
इन्टरनेसनल स्कुल स्पोर्ट्स फेडेरेरेसनलको आयोजनामा हुने आईएसएस डब्लुएससी पुटबल प्रतियोगितामा नेपालसँगै विधिन्न देशका युवा टोली सहभागी हुनेछन् ।
संकटा रहेको समूह ए मा फ्रान्स, चिली र युगान्डाको टिम छ । सहभागी कूल ३२ टिमलाई ८ समूहमा विभाजन गरेर खेलाइनेछ ।
उक्त प्रतियोगिता यही जुलाई २२ देखि ३१ सम्म हुनेछ । हाल यू-१६ लिगमा दुई खेल खेल्दा संकटा एक जित र एक हारको नतिजा निकालेको छ ।
पहिलो खेलमा एपीएफसँग २-१ ले पराजित भएको संकटाले दोस्रो खेलमा बिहीबार चर्च ब्वाइज युनाइटेडलाई ४-१ ले पराजित गरेको थियो ।
१७ खेलाडीसहित २० सदस्यी टोली शुक्रबारै मोरक्को प्रस्थान गर्नेछ ।

पोखरा । नेपाल बक्सिङ महासंघको अध्यक्षमा राम अवाले निर्वाचित भएको छ । बक्सिङ खेलाडी राष्ट्रका चिनारीू भन्ने मुल नाराको साथ सम्पन्न छैटौं साधारण सभा तथा अधिवेशनले पुन अध्यक्षमा राम अवालेलाई सर्वसम्मत निर्वाचित गरेको हो ।
राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङको प्रमुख आतिथ्यता तथा ओलम्पिक कमिटीका सहमहासचिव पुर्व राखेप उपाध्यक्ष पिताम्बर तिमल्सिनाको विशेष उपस्थिति तथा प्रतिनिधित्वमा सम्पन अधिवेशनले बरिस्ठ उपाध्यक्षमा अर्जुन बहादुर के.सी., उपाध्यक्षमा भोजराज सिटौला, गणेश बहादुर भट्टराई, सविन भट्टचार्य, ओम नारायण श्रेष्ठ, राम बहादुर गिरीलाई सर्वसम्मत निर्वाचित गरेको थियो ।
पोखरा लेक साइड १५ नम्बर स्ट्रिट स्थित त्रिपुरा लाउन्ज एण्ड बारमा बुधबार सम्पन्न छैटौं साधारणसभाले महासचिवमा मान बहादुर भण्डारी, सचिवमा आइटिओ पुष्करराज पन्त, कोषाध्यक्षमा गौतम सुजखुलाई सर्बसम्मत निर्वाचित गरेको थियो ।
कास्की जिल्ला बक्सिङ संघका अध्यक्ष सुमन कुमार श्रेष्ठको ब्यबस्थापनमा सम्पन अधिवेशनले सदस्यहरुमा गोविन्द डंगोल, रेशम पुन, मिलनध्वज राना बम बहादुर स्याङ्तान, रेखा थापा, रमेश अधिकारी, दुर्गा गहतराज, लक्ष्मण कार्की, संजय कुमार पासवान, समरजंग बहादुर चन्दलाई सर्वसम्मत निर्वाचित गरेको थियो ।
बागमती प्रदेश, कोशी प्रदेश, लुम्बिनी प्रदेश, सुदुरपश्चिम प्रदेश, ४० जिल्ला, एनआरएन, साउथ एशियन गोल्ड मेडलिष्ट, एशियन मेडलिष्ट, महिला खेलाडी, पुरुष खेलाडी, ओलम्पियन लगायत बाट ७३ जना प्रतिनिधिको उपस्थितिमा सम्पन भएको छैटौं साधारणसभा सभा तथा अधिबेशनले विधान संशोधन गर्दै २९ जनाको कार्यसमितिबाट ३७ जनाको कार्यसमित बनाउन सक्ने, नेपाल बक्सिङ संघको सट्टा नेपाल बक्सिङ महासंघ, प्रदेश बक्सिङ संघको कार्य समिति १९ जना, जिल्ला बक्सिङ संघको कार्यसमिति १७ जनाको बनाउन सक्ने र सबै प्रदेशका अध्यक्षहरु मताधिकार सहित पदेन उपाध्यक्ष रहने गरि विधान संशोधन गर्ने निर्णय साधारणसभा सभाले सर्वसम्मत पारित गरेको नेपाल बक्सिङ महासंघका अध्यक्ष राम अवालेले बताएको छ । अध्यक्ष अवालेले सबै मिल्दा मात्रै बक्सिङ खेलको विकास र विस्तार हुने हुदा यो निर्यण गर्न आबश्य रहेको बताएकाछन् ।
नेपाल बक्सिङ महासंघको प्रथम बैठकले श्यामकाजी अवाले, किरण बहादुर श्रेष्ठ र शोभाजंग के.सी.लाई उपाध्यक्षमा मनोनित गरेको छ । त्यसैगरी सचिवमा देबेन्द्र लिम्बू, सह-कोषाध्यक्षमा महेश सिंह र सदस्यहरुमा राजेन्द्र पाहाडी, सुशील घिमिरे, सुमन बुमार के.सी., कृष्ण महर्जन, सुनिता महर्जन, नविन्द्रमान प्रधान, संजय सिंह थापा, रमेश श्रेष्ठ र नवीन तण्डुकारलाई मनोनित गरेको महासंघका महासचिव मान बहादुर भण्डारीले जानकारी दिएकाछन् ।

काठमाडौं । प्रथम विश्वविद्यालय खेलकुद प्रतियोगिता २०८० आयाेजना हुने भएकाे छ ।
विश्वविद्यालय अनुदान आयोगको समन्वय तथा राखेपको आयोजनामा सम्पन्न भएकाे छलफलले प्रथम विश्वविद्यालय खेलकुद प्रतियोगिता २०८० आगामी माघ तेस्रो हप्ता आयाेजना गरिने जनाएकाे छ ।
विश्वविद्यालय खेलकुदकाे आयाेजनाले नेपाली खेलकुदको इतिहासमा नयाँ आयाम थप्ने सदस्य सचिव टंकलाल घिसिले बताएकाछन् । छलफलमा राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष, सदस्य सचिव, बाेर्ड सदस्य, विभिन्न विश्वविद्यालयका उपकुलपति, रजिष्टर, रेक्टर र खेलकुद विभाग प्रमुख, युवा तथा खेलकुद मन्त्रालयको प्रतिनिधि, नेपाल ओलम्पिक कमिटीको प्रतिनिधिको उपस्थितिमा सम्पन्न भएकाे थियाे ।

काठमाडौं । प्रथम विश्वविद्यालय खेलकुद प्रतियोगिता २०८० आयाेजना हुने भएकाे छ ।
विश्वविद्यालय अनुदान आयोगको समन्वय तथा राखेपको आयोजनामा सम्पन्न भएकाे छलफलले प्रथम विश्वविद्यालय खेलकुद प्रतियोगिता २०८० आगामी माघ तेस्रो हप्ता आयाेजना गरिने जनाएकाे छ ।
विश्वविद्यालय खेलकुदकाे आयाेजनाले नेपाली खेलकुदको इतिहासमा नयाँ आयाम थप्ने सदस्य सचिव टंकलाल घिसिले बताएकाछन् । छलफलमा राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष, सदस्य सचिव, बाेर्ड सदस्य, विभिन्न विश्वविद्यालयका उपकुलपति, रजिष्टर, रेक्टर र खेलकुद विभाग प्रमुख, युवा तथा खेलकुद मन्त्रालयको प्रतिनिधि, नेपाल ओलम्पिक कमिटीको प्रतिनिधिको उपस्थितिमा सम्पन्न भएकाे थियाे ।

काठमाडौं । आइसीसी विश्वकप छनोट अन्तर्गत सातौं स्थानका लागि भएको खेलमा नेपालले आयरल्याण्डलाई २६९ रनको लक्ष्य दिएको छ । हरारेकोे ताकाशिङगा स्पोर्ट्स क्लबमा टस हारेको नेपालले पहिले ब्याटिङ गर्दै निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २६८ रन बनाएको हो ।
नेपाललाई सम्मानजनक स्थितिमा पुर्याउन आठौं विकेटका लागि सन्दीप लामिछाने र गुल्सन झाले ८० रनको साझेदारी गरे ।
झाले सर्वाधिक ५७ रनको अविजित अर्धशतकीय पारी खेले । उनले ४१ बलमा ४ चौका र ३ छक्का प्रहार गरे । यससँगै उनले एकदिवसीय अन्तर्राष्ट्रियमा तेस्रो अर्धशतक पूरा गरेका हुन् ।
सन्दीप लामिछानेले ३० बलमा ३ चौका र १ छक्कासहित ३२ रन बनाए ।
ओपनर ब्याटर अर्जुन साउदले ४८ रन बनाए । उनले ४ बल खेल्दै ३ चौका र २ छक्का प्रहार गरेका हुन् । अर्का ओपनर कुशल भुर्तेल क्रेग योङ्गको बलमा विकेटकिपरको हातबाट क्याच आउट भए ।
ज्ञानेन्द्र मल्ल ७ रन क्याच भए । त्यसपछि आएका कप्तान रोहित पौडेलले ३५ बल खेल्दै २ चौका र १ छक्का सहित २९ रन जोड्दै विकेटकिपरको हातबाट क्याच भए ।
भीम सार्कीले २०, कुशल मल्लले ३ बल खेल्दै ५ चौका र २ छक्का सहित ४४ रन जोडे ।
सातौं स्थानको सेमिफाइनल खेलमा उत्कृष्ट ब्याटिङ गरेका दिपेन्द्र सिंह ऐरी खाता नै नखोली एन्डी म्याकब्राइनको बलमा एलबीडब्ल्यू आउट भए ।
करण केसी ३ बलमा १ चौका सहित ४ रनमै क्याच आउट भए ।
अन्तिम ब्याटरको रुपमा आएका किशोर महतो १ रनमा अविजित रहे ।
आयरल्याण्डका लागि ब्यारी म्याकार्थी, क्रेग गोङ्गे, मार्क एडरले समान २/२ विकेट लिए । ग्रेथ डिलाने, एन्डी म्याकब्राइन, कार्टिस क्याम्फरले १/१ विकेट लिए ।

काठमाडौं । नेपालले लगातार तेस्रो पल्ट एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको उपाधि जितेको छ ।
आज मंगलबार भएको फाइनलमा घरेलु टोली मलेसियालाई २२१ रनको फराकिलो अन्तरले हराएको हो । एसियाली क्रिकेट काउन्सिलले यसअघि एसीसी यू-१६ इस्टर्न रिजनको नाममा प्रतियोगिता आयोजजा गरेको थियो र नेपालले २०१७ र २०१९ मा लगातार उपाधि जितेको थियो ।
नेपालविरुद्ध २५३ रनको लक्ष्य पछ्याएको मलेसिया १४.५ ओभरमा मात्र ३१ रन बनाएर आउट भयो । मलेसियाका मोहमद अक्रमले १० रन बनाउनु बाहेक अरु ब्याटरले दोहोर स्कोरमा रन नै बनाउन सकेनन् । मलेसयाका ५ जना ब्याटरले खाता खेल्न सकेनन् ।
नेपालका अभिषेक तिवारीले ५ तथा सन्तोष यादवले ३ विकेट लिए । ६ ओभर बलिङ् गरेका तिवारीले १ मेडन राखेर जम्मा ७ रन मात्र दिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले नरेन भट्टको शतक मद्दतमा ८ विकेटको क्षतिमा पूरै ३५ ओभर खेल्दै २५२ रन बनाएको थियो ।
नेपालका लागि नरेन भट्ट एक्लैले ८९ बलमा सर्बाधिक अविजित ११२ रनको योगदान गरे । उनले १० चौका र दुई छक्का मद्दतमा ११२ रन बनाए ।
नेपालका लागि निरजकुमार यादवले ४७, सन्तोष यादवले २६, सूर्यांशु कोइरालाले १८, अशोक धामीले ११, दिपु कुमारले ५, क्याप्टेन अभिशेक तिवारीले ४, आशिष लुहारले २ र प्रतिक भट्टराईले एक रन बनाए । नेपालले २६ रन अतिरिक्त पायो ।
मलेसियाका मोहम्मद अकरमले तीन तथा हजिक हाइकल, अरिन अक्ल र मुहम्मद फथुल मुइनले समान एकरएक विकेट लिए ।

काठमाडौं । एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको फाइनलमा नेपालले घरेलु टोली मलेसियालाई २५३ रनको लक्ष्य दिएको छ । नरेन भट्टको शतक मद्दतमा नेपालले मलेसियालाई जितका लागि चुनौतीपूर्ण लक्ष्य पेस गरेको हो ।
उमेर समूहको क्रिकेट नेपालले उत्कृष्ट प्रदर्शन गर्दै आएको छ । यसपटक नेपालले उपाधि जित्दै ह्याट्रक गर्ने लक्ष्य राखेको छ ।
एसियाली क्रिकेट काउन्सिलले यसअघि एसीसी यू-१६ इस्टर्न रिजनको नाममा प्रतियोगिता आयोजजा गरेको थियो र नेपालले २०१७ र २०१९ मा लगातार उपाधि जितेको थियो ।
नेपालले २०१७ मा रित गौतमको कप्तानीमा सिंगापुरलाई फाइनलमा हराएर उपाधि जितेको थियो भने २०१९ मा मलेसियालाई नै हराएर च्याम्पियन बनेको थियो ।
यसअघि समूह चरणको खेलमा नेपालले मलेसियालाई फराकिलो अन्तरमा पराजित गरेको थियो ।

काठमाडौं । नेपाल मलेसियामा चलिरहेको एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको फाइनलमा पुगेको छ ।बायोमास ओभल क्रिकेट मैदानमा सिंगापुरलाई ९७ रनले हराउँदै नेपाल फाइनलमा पुगेको हो ।
जितका लागि १८५ रनको लक्ष्य पछ्याएको सिंगापुर ३१.३ ओभरमा ८७ रनमा अलआउट भयो ।
सिंगापुरको इनिङ्स कमजोर बनाउन नेपालका सबै बलरहरुले उत्कृष्ट प्रदर्शन गरे । कृतिक कामतले सर्बाधिक ३ विकेट लिए । उनले २.३ ओभरमा ९ रन खर्चेर ३ विकेट लिए । कप्तान अभिषेक तिवारी, प्रतीक पोखरेल, सन्तोष यादव, अशोक धामी र नरेनले १र१ विकेट लिए ।
सिंगापुरका ओपनर श्रेयन च्यायु २ रनमा आउट भएपछि आएका रहील थाक्करले अर्का ओपनर रोशन रविचन्द्रनसंग मिलेर ४३ रनको साझेदारी गरे । रविचन्द्रनले सर्वाधिक २४ रन बनाए भने थाक्करले ७ रन जोडे । कविर बेर्लियाले ११ र प्रनव धनुकाले १४ रन बनाउनुबाहेक दोहोरो अंकको रन छुन सकेनन् ।
यसअघि टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ३५ ओभरमा ९ विकेट गुमाउँदै १८४ रन बनाएको थियो। नेपालका लागि ओपनरद्वय सूर्यांशु कोइराला र निरजकुमार यादवले पहिलो विकेटका लागि ६३ रनको साझेदारी गरेका थिए ।
कोइरालाले ४३ रन बनाए भने निरजकुमार यादव चौथो विकेटका रुपमा ४२ रनमा आउट भए । कप्तान अभिषेक तिवारी २५ रनमा आउट भए ।
सिंगापुरका हरिहरणले ३ विकेट लिए ।
नेपालले अब फाइनलमा भोलि मंगलबार घरेलु टोली मलेसियासँग खेल्ने छ । अर्को सेमिफाइनलमा हङकङलाई हराउँदै मलेसियाले नेपालसँगको फाइनल भेट पक्का गरेको हो ।
ताजा समाचार
रामेछापका पाण्डेद्वारा अफ्रिकाको सर्वोच्च शिखर किलिमञ्जारोको सफल आरोहण

१५ कात्तिक, काठमाडौं । रामेछाप निवासी युवा पर्वतारोही प्रकाशराज पाण्डेले अफ्रिकाको सर्वोच्च शिखर किलिमञ्जारो सफल आरोहण गरेका छन्। यही अक्टुबर ३१ तारिखका दिन बिहान ६स्ः४० बजे उनले तान्जेनियाको किलिमाञ्जारो हिमाल आरोहण गरेका हुन्। पाण्डेले किलिमञ्जारोमा नेपालको राष्ट्रिय झण्डासमेत फहराएका छन् । उक्त हिमाल पाँच हजार ८ सय ९५ मिटर अग्लो छ। पर्वतारोही पाण्डेले आधार शिविरबाट तीन दिनमा आरोहण पूरा गरेको रामेछाप न्युजलाइ बताए ।
पाण्डेले सातै महादेशका उच्च हिमाल आरोहण गरी सेभेन समिट पूरा गर्ने लक्ष्यका साथ गत जुन २९ तारिखका दिन बिहान ९ बजे युरोपको सर्वोच्च शिखर रुसमा रहेको माउन्ट एलब्रस हिमाल पनि आरोहण गरेका थिए। उनले यस अगाडि सगरमाथा, मनास्लु, आमादब्लमलगायत नेपालका ६ वटा हिमालको सफल आरोहण गरिसकेका छन् । सात वटा महादेशका अग्ला हिमाल चढ्ने तयारी गरिरहेका पाण्डेले सबैभन्दा पहिला युरोपकै अग्लो हिमाल रुसको माउन्ट एल्ब्रसबाट आफूले अभियान सुरु गरेकोगरेको बताए ।
हाल पाण्डेले अफ्रिकाको सर्वोच्च शिखर किलिमञ्जारोको पनि सफल आरोहण गरेका छन् । उनी गत अक्टुबर २३ मा आरोहरणका लागि नेपालबाट त्यसतर्फ प्रस्थान गरेका थिए।रामेछाप लिखु तामाकोसी गाउँपालिका निवासी पाण्डेले सात वटै प्रदेशका उच्च हिमाल आरोहण गरेर विश्व रेकर्ड कायम गर्ने उद्देश्य लिएका छन्।
महासचिव कार्की २८ औं टफिसा विश्व कंग्रेसमा सहभागी हुन जर्मनी प्रस्थान

महासचिव कार्की २८ औं टफिसा विश्व कंग्रेसमा सहभागी हुन जर्मनी प्रस्थान काठमाडौं । नेपाल विद्यालय खेलकुद महासंघका महासचिव राजकुमार कार्की जर्मनीको डुसेलडोर्फमा हुने २८ औं टफिसा विश्व कंग्रेसमा सहभागी हुन जर्मनी प्रस्थान गरेकाछन् । राष्ट्रिय खेलकुद परिषदमा आयाेतित एक औपचारीक कार्यक्रम विच परिषदका उपाध्यक्ष शिव काेईराला (ज्वाला) ले महासचिव कार्कीलाई विदाई गर्नुभएकाे थियाे ।
२८ औं टफिसा विश्व कंग्रेसमा सहभागी भए पश्चात् स्पेनको मेड्रिडमा हुने मुभ कंग्रेस र इन्टरनेसनल स्पोर्ट एन्ड कल्चर एशाेसिएसन (इस्का) को साधारण सभामा समेत सहभागी हुने कार्यक्रम रहेकाे महासचिव कार्कीकाे सचिवालयले जनाएकाे छ ।
नेपाली कुस्ती टोलीले भारतमा प्रशिक्षण गर्ने

काठमाडौं । चीनको हाङझाउमा हुने १९औं एसियाली खेलकुदको थप तयारी गर्न नेपाली कुस्ती टोली वैदेशिक प्रशिक्षणका लागि भारतको उत्तर प्रदेश जाने भएको छ ।
४ खेलाडीसहित ५ सदस्यीय टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव टंकलाल घिसिङले आइतबार बिदाइ गरे ।
भारत जान लागेका चारै खेलाडी १३ औं दक्षिण एसियाली खेलकुदका पदक विजेता हुन् । एसियाली खेलकुदमा पुरुषतर्फ सुरेश चुनारा (७४ केजी) र राज यादव (१ सय २५ केजी) तथा महिलातर्फ शिवाङगी दुवे (५७ केज) र सुशिला चन्द (६२ केजी) ले नेपालको प्रतिनिधित्व गर्नेछन् ।
१३ औं सागमा सुरेश र राजले कांस्य तथा बाँकी दुई खेलाडीले रजत जितेका थिए । टोलीको प्रशिक्षकमा मुमताज अली इद्रिसी छन् ।
टोली सोमबार काठमाडौंबाट नेपालगन्ज जाने छ । नेपालगन्जमा एक साताको प्रशिक्षणपछि टोली उत्तर प्रदेश जाने छ । उत्तर प्रदेशको नन्दनीनगरस्थित टाटा मोटर्स एकेडेमीमा भदौसम्म गर्ने प्रशिक्षण मुख्य प्रशिक्षक इद्रिसीले जानकारी गराए ।
खेलाडी सुरेशले पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगिताको तयारीका लागि वैदेशिक प्रशिक्षणमा जान पाउदा सबै खेलाडी उत्साहित भएको प्रतिकृया दिए ।
२६ जना सहसचिवको सरुवा (सूचीसहित)
काठमाडौँ, ७ साउन । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २६ जना सहसचिवहरुको सरुवा गरेको छ ।
एक प्रमुख जिल्ला अधिकारी र दुई महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतसहित आइताबार मन्त्रालयले २६ जना सहसचिवको सरुवा निकालेको हो ।
जाजरकोटका प्रमुख जिल्ला अधिकारी रामकुमार महतोको संघीय मामिला मन्त्रालयमा सरुवा भएको छ । यस्तै ललितपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालको गृह मन्त्रालयमा सरुवा भएको छ ।
अर्यालको ठाउँमा पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विरेन्द्रदेव भारती आएका छन् । पोखरा महानगरपालिकामा कर्णाली प्रदेशको अर्थ सचिव श्याम कृष्ण थापा सरुवा भएका छन् ।
हेर्नुस सूची
रामेछापका पाण्डेद्वारा अफ्रिकाको सर्वोच्च शिखर किलिमञ्जारोको सफल आरोहण

१५ कात्तिक, काठमाडौं । रामेछाप निवासी युवा पर्वतारोही प्रकाशराज पाण्डेले अफ्रिकाको सर्वोच्च शिखर किलिमञ्जारो सफल आरोहण गरेका छन्। यही अक्टुबर ३१ तारिखका दिन बिहान ६स्ः४० बजे उनले तान्जेनियाको किलिमाञ्जारो हिमाल आरोहण गरेका हुन्। पाण्डेले किलिमञ्जारोमा नेपालको राष्ट्रिय झण्डासमेत फहराएका छन् । उक्त हिमाल पाँच हजार ८ सय ९५ मिटर अग्लो छ। पर्वतारोही पाण्डेले आधार शिविरबाट तीन दिनमा आरोहण पूरा गरेको रामेछाप न्युजलाइ बताए ।
पाण्डेले सातै महादेशका उच्च हिमाल आरोहण गरी सेभेन समिट पूरा गर्ने लक्ष्यका साथ गत जुन २९ तारिखका दिन बिहान ९ बजे युरोपको सर्वोच्च शिखर रुसमा रहेको माउन्ट एलब्रस हिमाल पनि आरोहण गरेका थिए। उनले यस अगाडि सगरमाथा, मनास्लु, आमादब्लमलगायत नेपालका ६ वटा हिमालको सफल आरोहण गरिसकेका छन् । सात वटा महादेशका अग्ला हिमाल चढ्ने तयारी गरिरहेका पाण्डेले सबैभन्दा पहिला युरोपकै अग्लो हिमाल रुसको माउन्ट एल्ब्रसबाट आफूले अभियान सुरु गरेकोगरेको बताए ।
हाल पाण्डेले अफ्रिकाको सर्वोच्च शिखर किलिमञ्जारोको पनि सफल आरोहण गरेका छन् । उनी गत अक्टुबर २३ मा आरोहरणका लागि नेपालबाट त्यसतर्फ प्रस्थान गरेका थिए।रामेछाप लिखु तामाकोसी गाउँपालिका निवासी पाण्डेले सात वटै प्रदेशका उच्च हिमाल आरोहण गरेर विश्व रेकर्ड कायम गर्ने उद्देश्य लिएका छन्।
विवादित संवाद हटाएपछि ‘आदिपुरुष’ले पायो नेपालमा प्रदर्शन अनुमति

काठमाडौं । अन्ततः विवादित संवाद फिल्मबाट हटाइएपछि नेपाली सेन्सर बोर्डले दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’लाई प्रदर्शन अनुमति दिएको छ । बिहीवार राती ८ बजे सेन्सर बोर्डका अध्यक्ष अनिलकुमार दत्तले हस्ताक्षर गरेको अनुमति पत्र वितरकलाई दिएका हुन् ।
फिल्ममा समावेश ‘जानकी भारतकी छोरी हुन्’ भन्ने वाक्यमा आपत्ति जनाउँदै बिहीवार अपरान्ह बोर्डले प्रदर्शन अनुमति दिन अस्वीकार गरेको थियो । भारतीय वितरकले फिल्मबाट विवादित वाक्य हटाएर नेपाल पठाएपछि मात्र बोर्डले अनुमति दिएको हो ।
सेन्सर बोर्डको अनुमतिपछि ‘आदिपुरुष’ शुक्रबार नेपालमा रिलिज हुने पक्का भएको छ । तर, काठमाडौं महानगरका मेयर बालेन शाहको फेसबुक स्टाटसले भने संशय पैदा गराएको छ । उनले भारतमा समेत उक्त विवादित वाक्य तीन दिनभित्र नहटाए कुनै पनि हिन्दी फिल्म काठमाडौं महानगरमा प्रदर्शन अनुमति नदिने उल्लेख गरेका छन् ।
बालेनको सचिवालयले पनि आफूहरुले तीन दिन प्रतीक्षा गर्ने तर उक्त वाक्य हटाएर माफी नमागेसम्म काठमाडौंमा कुनैपनि हिन्दी फिल्म प्रदर्शन गर्न अनुमति नदिने र सबै हललाई यसबारे पत्राचार गरिने उल्लेख गरेको छ । प्रभास र कृति सेनन स्टारर आदिपुरुष रामायणको कथावस्तुमा आधारित छ । यो फिल्मलाई नेपालमा ब्यांकटेस इन्टरटेनमेन्टले रिलिज गर्न लागेको हो ।
शिक्षा / स्वास्थ्य
- ⇒ एसईई परीक्षार्थीले पुनर्योगका लागि निवेदन दिने आज अन्तिम दिन
- ⇒ अंग प्रत्यारोपण समितिको अध्यक्षमा डा श्रेष्ठ, तीन जना सदस्य पनि नियुक्त
- ⇒ एसईईको नतिजा सार्वजनिक, २ देखि २.४ जीपीए ल्याउने सबैभन्दा धेरै
- ⇒ एसइईको नतिजा आजै सार्वजनिक गर्ने बोर्डको निर्णय
- ⇒ एसईईको नतिजा प्रकाशन गर्न बोर्ड बैठक बस्दै
लेख तथा रचना
- ⇒ विवादित संवाद हटाएपछि ‘आदिपुरुष’ले पायो नेपालमा प्रदर्शन अनुमति
- ⇒ सुनचाँदीको मुल्य स्थिर, प्रतितोला कति ?
- ⇒ कुनै एकदिन कुनै पुस्ताले सानुकान्छा श्रेष्ठको योगदानको इतिहास खोजी गर्नेछ ।
- ⇒ कम्युनिस्ट कार्यकर्ताले कसरी काम गर्ने ? माओका १६ बुदा ।
- ⇒ विश्वविख्यात चित्रकार पाब्लो पिकासोः म किन कम्युनिष्ट भए ?