मुख्य पृष्ठ हटलाइन समाचार शिक्षा / स्वास्थ्य राजनिती खेलकुद समाज अपराध अर्थ / व्यापार अन्तराष्ट्रिय भिडियो लेख तथा रचना

कोरना भइरस


ललितपुर । विश्व व्यापी रुपमा फैलिएकाे काराेना भाईरस काेभिड-१९ राेकथाम तथा उपचारार्थ ललितपुर महानगर पालिका वडा न २८ र २९ ले २० बेड सहितकाे हरिसिद्वी पार्टी प्यालेसमा अाईसाेलेशन वार्ड संचालन गरेकाे छ । वडा अध्यक्ष राजेश महर्जनका अनुसार विश्वमा महामारीकाे रुपमा फैलिएकाे काेराेना भाईरस काेभिड-१९ काे संक्रमण बढे संगै अाफ्नाे हाता भित्र समस्यामा परेका काेभिड -१९ संक्रमित बिरामीहरुलाई निशुल्क उपचार गर्न गत बैसाख ३१ गते बाट सुरु गरेकाे हाे । 

अध्यक्ष महर्जनका अनुसार हाल सम्म २९ जना काेभिड संक्रमित उपचारकाे लागि अाईसाेलेट भएकाे र ९ जना पुर्णरुपमा काेभिड जितेर घर फर्किएकाे बताउनु भयाे । उहाँले यस कार्यमा सहयाेग गर्नुहुने सम्पूर्ण महानभावहरुलाई  युवा सन्देश मार्फत हृदय देखि नै धन्यवाद समेत ब्यक्त गर्नुभयाे ।

ललितपुरका महानगर वडा नम्बर २८ र २९ ले संयुक्त रुपमा हरिसिद्धि पार्टी प्यालेसमा संचालन गरेकाे अाईसाेलेशन वार्डमा उपचारार्थ रहेकाे बिरामीहरुलाई निशुल्क खाना, अाैषधि, फलफुल, भिटामिन, अक्सिजन लगाएत अावश्यक स्वास्थ्य सामाग्री, खाध्यन्न र लत्ता कपडा उपलब्ध गरेर सर्वसाधारण जनतालाई सेवा गरिरहेकाे एक स्थानीय जेष्ठ नागरिकले बताउनु भयाे ।

काेभिड संक्रमण बाट बच्न र काेभिड संक्रमण भैहालेमा तुरुन्त अाबश्यक स्वास्थ्य साबधानि अपनाउन हटलाईमा रहेर वडा अध्यक्ष राजेश महर्जन र वडा सदस्य प्रज्वल महर्जन रात बिहान नभनि निरन्तर जनताकाे साथमा रहेर काम गरिरहेकाे र उहाँहरुले उपचारलाई ब्यबस्थित बनाउन २ जना डाक्टर, ९ जना स्टाफ नर्स, पानी, सरसफाई गर्न अाबश्य जनशक्ति, खाना बनाउने हेल्पर सहित अाइसाेलेसनलाई अाबश्यक सबै पुर्वाधरकाे राम्राे ब्यबस्थापन गरि निति नै बनाएर ब्यबस्थित तरिकाले संचालन गरेकाे सम्भबत याे जिल्लाकाे पहिलाे ब्यबस्थित अाईसाेलेसन भएकाे  ललितपुर जिल्लामा काेभिड विरुद्धकाे सामाजिक कार्यमा सक्रिय YCLललितपुर जिल्ला संयाेजक शुनिल देशारले जानकारी दिनुभयाे ।

 

पुरा हेर्नुहोस्

ललितपुर । बक्सिङका पूर्व अन्तर्राष्ट्रीय खेलाडी हरि बहादुर के.सी. काेराेना भाईरस (काेभिड -१९) संक्रमणकाे कारण बिहिबार निधन भएकाे छ ।

दाङ्ग तुलसीपुरमा जन्मेका ४८ वर्षे के.सी. वि.स.२०४४ सालबाट बक्सिङ खेल खेल्न सुरु गरेका थिए ।टेक्निकल बक्सरकाे उपनामले परिचित के.सी.ले सन् १९९९ मा नेपालमै आयोजना भएको आठौं दक्षिण एसियाली खेलकुद (साफ) मा रजत पदक तथा  भारतको मद्रासमा सम्पन्न सातौं दक्षिण एसियाली खेलकुदमा कांस्य पदक जितेर लामाे समयसम्म अन्तरास्ट्रिय जगतमा बक्सिङ खेलकाे तर्फबाट देशकाे  झण्डा फहराई रहे । 

पुर्ब अन्तर्राष्ट्रिय बक्सिङ खेलाडी तथा नेपाल बक्सिङ संघका केन्द्रीय सदस्य मान भण्डारीले बाल्यकाल देखि संगै खेल्दै, पढ्दै र नेपाल प्रहरी क्लबबाट संगै बक्सिङ खेल खेलेका एकदमै मिलन्सार परम मित्र गुमाउनु परेकाेमा एकदमै दु:ख ब्यक्त गर्दै के.सी. काेराेना भाईरस विरुद्ध उपचारकाे क्रममा निधन भएको जानकारी दिए । उनी आमाबाबु, दुई दाजुभाई , एक बहिनी , दुई छोराहरु र पत्नी सहित हाल स्वदशमै रहेर बक्सिङ खेल विकासकाे लागि राष्ट्रिय निर्णायक तथा प्रशिक्षककाे रुपमा निरन्तर सेवा गर्दै अघि बढिरहेका थिए । तिन हप्ता अघि काेराेना भाईसर (काेभिड-१९) संक्रमण भएपछि मेघा हस्पिटलमा उपचारार्थ के.सी.लाई गत बुधबार भ्यान्टिलेटरमा राख्नुपर्ने भएकाेले मनमाेहन हस्पिटलकाे भ्यान्टिलेटरमा राखि उपचार गर्दा गर्दै निधन भएकाे हाे । 

नेपाल बक्सिङ संघका अध्यक्ष राम अवालेका अनुसार - 'बक्सिङ खेल जगतमा अाफ्नाे खेल जिवनमा उत्कृष्ट खेल खेल्न सफल लाेकप्रिय, अनुशासित खेलाडीकाे रुपमा ईतिहासमा नाम दर्ज गर्न सफल खेलाडी तथा खेल जिवन पश्चात पनि निरन्तर खेल विकासकाे लागि बिदेश तथा स्वदेशमा रहेर निसर्थ मेहनत गर्ने एक कुशल प्रशिक्षक/निर्णायक गुमाउनु परेकाेमा हामी सिंगाे बक्सिङ परिवार स्तब्ध भएका छाैँ । उहाँको अकल्पनीय निधनले बक्सिङ खेल जगतमा अपुर्णिय क्षेति भएकाे छ । बक्सिङ खेल विकास र विस्तारकाे क्रममा उहाँको कमि हामीलाई सधै खड्किने छ । यस दु:खद घडीमा मृतक प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा गहिराे समवेदना प्रकट गर्दछु ।'

पुरा हेर्नुहोस्

ललितपुर । रोशी गाउँपालिका वडा नं.३ मा कोभिड संक्रमण देखा परेकाे कारण थप स्थानीय तहमा संक्रमण बढ्न नदिन पुर्व साबधानि अपनाउन स्थानीय समाजसेवी युवाहरुले रोशी ३ को नागरिकहरुको निमित्त स्वास्थ्य सामग्रीहरु सहयोग गरेका छन् ।

रोशी गाउँपालिका वडा नम्बर ३ का युवा समाजसेवीहरु अर्जुन लामा, निर बहादुर लामा र चन्द्र लामाले संयुक्त रुपमा ७०० घरधुरीको लागि ३७५०० थान माक्स, १६० लिटर सेनिटाइजर, ११ हजार पिस सिटामोल, ११ हजार पिस भिटामिन सी, ५०० बोतल खोकीको औषधी कफ सेरफ प्रत्येक टोल-टोलमा वितरण गरेको वडा अध्यक्ष धनजीत लामाले जानकारी दिए । 

केही दिन अगाडी रोशी गाउँपालिकाको अगुवाईमा ३१ जनाको काेभिड-१९ पिसिआर परिक्षण गरेकोमा १६ जनाको पोजेटिभ देखिएको थियो । उक्त १६ जना मध्ये १ जनाको  कोभिड संक्रमणको कारण मृत्यूनै भईसकेको अवस्थामा रोशी ३ उच्च जोखिममा रहेको देखिन्छ । कोभिड १९ को दोस्रो लहर सुरु भएसँगै राेशीका युवा समाजसेवी अर्जुन लामा लगाएतकाे समुहले निरन्तर स्थानिय तहमा अाबस्यक सहगाेेेग गर्दै अाएकाे  रोशी गाउँपालिका वडा नम्बर ३का अध्यक्ष लामाले बताउनुभयो ।

 

 

पुरा हेर्नुहोस्

ललितपुर । देशै भरी भयावह रुपमा फैलिएकाे काेराेना भाइरस (काेभिड-१९) विरुद्धको (भ्याक्सिन) खाेप ललितपुर महालक्ष्मी नगरपालिकाकाे १० वटै वडामा डा.दिपेश उप्रेती र महालक्ष्मी स्वास्थ्य साखा प्रमुख गाेविन्द श्रेष्ठकाे संयाेजनमा अाजबाट लगाउन सुरु गरेकाे छ ।

काेराेना भाईरस संक्रकण देशैभरी व्यापकरुपमा फैलिए पश्चात् काेभिड -१९ विरुद्धकाे भ्याक्सिन सरकारले पहिलाे चरणमा विभिन्न अस्पतालहरुमा लगाउने व्यवस्था गरेकाे थियाे भने दाेस्राे चरणकाे खाेप स्थानीय तहमा नै उपलब्ध गराउने सरकारकाे निर्णय अनुरुप नागरीकलाई सहज र थप जाेखिमकाे भयावह अबस्था न्युनिकरण गर्नका लागि नगरपालिकाले प्रतेक वडामा खाेप सुविधा उपलब्ध गराएकाे महालक्ष्मी ५ का वडा अध्यक्ष राजकुमार सलवालले बताउनु भयाे । उहाँका अनुसार ५ नम्बर वडाले महेन्दग्राम मा.वि.काे प्राङ्गणमा स्वास्थ्य मापदण्ड अनुसार वडा कार्यालयका सचिव शिव बुढाथोकी सहित भाेलेन्टियरहरु उमेश बुढाथोकी, राजन खड्का, नविन राना , सुवर्ण सापकाेटा,यमराज रिजाल, सुमन के.सी. स्वास्थ कर्मी मुना श्रेष्ठ सहितकाे टाेलिले व्यवस्थित रुपमा  संचालन गरेकाे काेराेना विरुद्धकाे खाेपमा अाज बिहान १० बजे देखि ३ बजेसम्म १९२ जनाले लगाएकाे थियाे ।

पुरा हेर्नुहोस्

टिङरिङ टिङरिङ घन्टी
मुखमा मैलो मास्क लगाएको
लाग्छ उ तिर्खाएको छ
थोत्रो साइकल गुडाउदै
एकातिर केही खालीसिसी
अर्कोतिर केही पुराना कागज 
केही टुटे फुटेका 
भाडा बोक्दै प्रत्येक दिन
उ आउँछ
प्रत्येक  घर को 
दहिलामा पुग्छ
र उसको युग को गित गाउछ
लयबद्ध गर्दै
ए हजुर........... खाली सिसि पुराना कागज
यो कोरोना युग मा पनि
एक नेपाली नागरिक !

बेला बेला
ख्वांङ्ग ख्वाङ्ग गर्दै
खोक्न खोज्छ 
र सधै भन्दा
अनुहार अलि चिन्तित
सुस्ताएको रंग
सधै भन्दाअलि मन्द गति
काधमा राखेको 
सेतो तर मैलो धोती
र त्यसको छेउले 
अनुहार पुछ्दै 
 पुन उसले
उसको युग को गित गाउछ
लयबद्ध गर्दै 
ए हजुर....... खालिसिसी पुराना कागज 
यो कोरोना युगमा पनि
एक नेपाली नागरिक !!

गहभरी
आँसु जमे जस्तो
आखाले केही बोल्न
केही भन्न खोजे जस्तो
सपनाहरु धमिलिए जस्तो
र पनि
जिम्मेवारी मचक्क बोके जस्तो
उ साइकल को चेन मिलाउदै 
पुन प्रत्येक   घर को दहिला मा पुग्छ 
र उसको युग को गित गाउछ
लयबद्ध गर्दै
ए हजुर.......... खालिसिसी पुराना कागज
यो कोरोना को युगमा पनि
एक नेपाली नागरिक !!!

 उसलाई अह,
अह केही थाह छैन
अन्जान छ उ
यो कोभिड को युग हो भनेर
के हो औषधी,के को उपचार
के को समिक्षा, के को गोष्टि 
के  हो आयोजना,के हो परियोजना 
सीमा दसगजा
थेप्चो वा चुच्चे नक्शा
न त अग्रगमन
न त प्रतिगमन
न सर्बोच्च को आदेश 
न देश को प्रमुख ले 
खाएको शपथ
अह केही थाहा छैन
मात्र
उसले 
उसको युग को गित 
गाउछ गाइरहन्छ 
लयबध्द गर्दै 
ए हजुर............ खाली सिसि पुराना कागज
यो कोरोना को युगमा पनि
एक नेपाली नागरिक !!!!

केही दिन भयो उ आएन 
उसले गाउने गित गाएन 
म सधैं
उसको गित सुन्ने बानी परेकी थिए
म उसलाइ देख्न चाहन्थे
म उस लाई सुन्न चाहन्थे
श्रद्धाले ओत प्रोत भएको मान्छे
नियतिले हिर्काएको मान्छे
बाच्न का लागि
उसले कहिल्यै 
स्वाभिमान लाई बधंकी राखेन
ढाटेन, चोरेन,
घमण्ड गरेन उसले
भोक शोक र रोग मा पनि
आत्मसम्मान गुमायएन उसले 
मात्र गाई रहन्थ्यो
लयबध्द गर्दै उसको गित 
ए हजुर............खालिसिसी पुराना कागज 
यो कोरोना को युग मा 
एक नेपाली नागरिक !!!!!

घाम मध्य भैसक्यो
चराहरु उडिसके
आएन उ
म छ्टपटिन थाले 
मन खलबलिन थाल्यो
कतै देखिन्छ की
कतै सुनिन्छ की
ज्ञानेन्द्रीयहरु चनाखो पारे
अह उ आएन
आउदै आएन
वर पर
गाइगुइ हल्ला हल्ला भयो
र सुनियो 
उफ.............
अलिपर 
एक कवाडिखाना मा
यो युग लाई चुनौती दिदै
एक नेपाली नागरिक ले
हामिलाइ अलबिदा गरेछ !!!!!!
                   रचना- भिमा गौतम

पुरा हेर्नुहोस्

ललितपुर । काेराेना भाइरस काेभिड-१९ संक्रमित बिरामीकाे उपचारकाे लागि दिनानुदिन अक्सिजन अभाव भैरहेकाे बेला सरकारले छिमेकी मुलुकबाट अक्सिजन सिलिन्डर अायात गरिने चर्चा चलिरहेकाे बेला ललितपुर महालक्ष्मी नगरका मेयर रामेश्वर श्रेष्ठले  सिलिन्डर  अायात गर्नु भन्दा हस्पिटलहरुमा नै अक्सिजन प्लान्ट राख्ने कार्यमा लाग्नु पर्ने बताएका छन् ।
 
मेयर श्रेष्ठका अनुसार "कोभिड १९ संक्रमण तीब्र हुँदै गएको वर्तमान जटिल परिस्थितिमा मेडिकल अक्सिजन अभाव हुनु ज्यादै दुखद हो । समाचारहरुमा जनाइएअनुसार अहिले मृत्यु भएकाहरुमा केही हिस्सा अक्सिजन अभाव पनि हो । केन्द्रीय कोभिड अस्पताल घोषित वीर अस्पतालमा नै अक्सिजन अभावमा १२ जनाको मृत्यु भएको र ट्रमामा ६ जनाको मृत्यु भएको समाचार सार्वजनिक भएको छ ।

कोरोना संक्रमितको संख्यामा कुनै कमी आएको छैन । यही गतिमा जाने हो भने अझै केही महिना संक्रमण यही गतिमा फैलावट हुने सम्भावना छ ।

अक्सिजन अभावलाई हल गर्न सरकारले सिलिन्डर आयात गर्नुभन्दा निजी र सरकारी अस्पतालमा अक्सिजन प्लान्ट नै राख्नु उचित देखिन्छ । छिमेकी चीनबाट प्लान्ट आयात गर्दा छिटो हुने र केही दिनमै जडान हुन सक्ने सम्भावना देखिएको छ ।

अतः सरकारले निजी अस्पताललाई समेत निर्ब्याजी ऋण प्रदान गरेर भए पनि प्लान्ट जडान गर्न सहजीकरण गर्नुपर्ने देखिएको छ । कम्तिमा अक्सिजन आपूर्ति अभावमा नागरिकको ज्यान त जाने थिएन कि !"

पुरा हेर्नुहोस्

ललितपुर । नेपाल कम्युनिष्ट पार्टी (माअाेवादी केन्द्र) काे सहायक संगठन याेङ्ग कम्युनिष्ट लिग नेपाल ललितपुर जिल्ला समितिका संयाेजक शुनिल देशारले काेराेना भाईरस (भाेभिड-१९) संक्रमित बिरामीलाई अाबश्यक परे जुनकुकै बेला अक्सिजन उपलब्ध गराउने जानकारी दिएका छन् । 

विश्व महामारीको रुपमा फैलिएकाे काेराेना भाईरस (काेभिड-१९) काे कारण देश दुई हप्ता अघि देखि पुर्ण लकडाउनकाे अबस्थामा गुज्रिरहेकाे छ । दैनिक दुई सयकाे हाराहारी नागरीकहरुकाे मृत्यु भैरहेकाे छ ।काेभिड उपचारहुने हस्पिटलहरुमा अाइसियू, भेन्टिलेटर र नर्मल वेडहरुमा संक्रमित भरिभराउ छन् । संक्रमितहरु वेडकाे अभावमा हस्पिटलकाे पेटिहरुमा खुल्ला अाकाशमुनि उपचारकाे प्रतिक्षामा बस्दाबस्दै जीवन गुमाईरहेका छन् । साथै हस्पिटलले अक्सिजन नपाएर मृत्यु भएमा हस्पिटल जवाफदेही हुने छैन भनि पहिलानै मृत्य पत्रमा बिरामी वा बिरामीकाे अाफन्तलाई हस्ताक्षर गर्न लगाउछन् । यसर्थ हाम्राे संगठनले नागरिकको स्वास्थ्यलाई ध्यानमा राख्दै खाली सिलिन्डरमा अक्सिजन भरेर जुनसुकै समयमा दिई अक्सिजन  अभाव कम गराई  अकालमा संक्रमितकाे मृत्यु नहाेस भनि याे अभियान संचालन गरेकाे संयाेजक देशारले बताए । 

 

पुरा हेर्नुहोस्

ललितपुर । विश्वव्यापी रुपमा फैलिएको नयाँ भेरियन्ट सहितको कोभिड–१९  भयावह बन्दै गएपछि संक्रमण  रोकथामका लागि योङ्ग कम्युनिष्ट लिग (YCL) नेपाल, बागमती प्रदेश खेलकुद विभाग प्रमुख धनकुमार मैनाली (अभिलाष) ले उच्च सतर्कता अपनाउन अपिल गरेका छन् । 
काठमाडौं भ्यालीमा सरकारले समयमै काेराेना भाईरस (काेभिड-१९)काे राेकथाम गर्न अाबश्यक पुर्व तयारी नगरेकाे कारण अाज अबस्था भयावह बनेकाे छ । काेभिड भाइरसकाे  दैनिक संक्रमण र मृत्युुदर डरलाग्दाे रुपमा बढ्दै जादा जनजीवन अस्तब्यस्त बनेकाेछ  ।
केही दिनदेखि काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रे लगायतकाे जिल्लामा अप्रत्याशित रुपमा देखिएकाे काेभिड-१९ संक्रमणले सरकारी र गैर सरकारी अस्पतालहरुमा भ्यान्टिलेटर, अाइसियू र नर्मल बेडहरु अभाव भैरहेकाे छ । साथै अस्पतालहरुमा बिरामीलाई आवश्यक पर्ने अक्सिजन पर्याप्त पुर्याउन नसकिने कुरा लिखित रूपमा सार्वजनिक जानकारी गराएका छन् कि अक्सिजनकाे अभावका कारण बिरामीको मृत्यु भएमा हस्पिटल जिम्मेवार हुने छैन । जसका कारण अाज काेभिड बिरामीहरुले अकालमा नै ज्यान गुमाउन परेकाे छ । 
बागमती प्रदेश खेलकुद बिकास परिषद बाेर्ड सदस्य समेत रहेका  मैनालीका अनुसार - "नयाँ भेरियन्टकाे रुपमा देखिएकाे कोरोनाकाे संक्रमण रात दुई गुणा दिन चाैगुणाकाे दरले देशभर फैलिदा स्थिति भयावह बनेकाे छ । फरक-फरक लक्षणहरु सहितको बिरामी भेटिन थालेकाे कारण झन जटिल र भयावह अवस्था हुने भएकाेले यसलाई न्यूनीकरण गर्न घरभित्रै बस्ने र बाहिर निस्कनै पर्दा स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउन सकेमात्र संक्रमणबाट आफैं बच्न सकिन्छ । बरु जाउलाे खाउँ सकेसम्म घरबाट बाहिर ननिस्काैँ । नियमित घर भित्रै बिहान बेलुका व्यायाम गराैँ । महामारीकाे बढ्दाे रुपबाट बच्न अरुलाई दोष दिनुभन्दा आफैं सचेत हुनुपर्ने अवस्था आएकोले सतर्क रहन हार्दिक अपिल गर्छु । साथै याे जटिल समयमा  समस्यामा परेकाे मानिसलाई सकेकाे सहयाेग गरी मानवताकाे परिचय दिन समेत म सम्पूर्ण युवाहरुमा अावहान गर्छु ।"

नेकपा (माअाेवादी केन्द्र) ललितपुर जिल्लाका युवा नेता समेत रहेका संयाेजक मैनाली काेराेना भाईरस (काेभिड-१९) काे पहिलाे कहरमा काेराेना भाईरसबाट बच्न जनचेतना जगाउने, माक्स, सेनिटाईजर वितरण गर्ने, समस्यामा परेका मजदुरहरुलाई खाद्यान्न, अाैषधि उपचारकाे लागि अाबश्यक खर्च जुटाई दिने देखि सिन्धुपाल्चोक जिल्लामा बाढिकाे कारण समस्यमा परेकालाई खाद्यान्न,न्यानाे कपडा सहयाेग गर्ने कार्यहरुमा ललितपुर जिल्लाबाट सकृय थिए । अस्पतालमा ब्लडकाे अभाव भएकाे जानकारी अाए संगै तत्कालीन समयमा राष्ट्रिय युवा संघ नेपाल ललितपुर जिल्ला इन्चार्जकाे रुपमा रहेका मैनालीले अाफ्नाे संयाेजकत्वमा अाकस्मिक रक्तदान कार्यक्रम अायाेजना गरी १७३ पिन ब्लड संकलन गरेका थिए । उनले प्राणघातक राेगहरु मृगाैला पीडित, क्यान्सर पीडित बिरामीहरुलाई अाैषधि उपचारकाे लागि सहयाेग आह्वान गरी सकेकाे सहयाेग गर्दै अाएका छन् ।  मैनालीले काेराेनाकाे दाेस्राे भयावह कहरमा विशेष कारण बस सहयाेग गर्न फिल्डमा निस्कन नपाएकाेमा दु:ख ब्यक्त गरे ।

पुरा हेर्नुहोस्

ललितपुर  । याेङ्ग कम्युनिष्ट लिग नेपाल, चितवन जिल्ला भरतपुर महानगर कमिटीले काेभिड - १९ आपतकालिन सेवा कक्षकाे सम्पर्क कार्यलय भरतपुर महानगरपालिका १ रामनगरमा  सुरू गरेकाे छ । अाजबाट अाैपचारीक रूपमा नै सम्पुर्ण सेवाहरूकाे सुरूवात हुनेछ । बिशेष गरि आफ्नो गाउँ-ठाँउको लागि आफैं सुरक्षित र तयारी अबस्थामा रहनु पर्दछ भन्ने उद्देश्यले भरतपुर १ रामनगर, ठिमुरा र देवघाटको लागि YCL नेपालका नेताकार्यकर्ताहरुले यो सेवा केन्द्रको संचालन गरेकाे कार्यक्रममाका संयाेजक राजु मल्ल ठकुरीले जानकारी दिएका छन् ।  
आपतकालीन सहयाेग कक्ष सहितकाे मेडीकल परामर्स कक्ष, रक्तदान सेवा समेत रहनेगरि ब्यवस्था गरिएकाे सम्पर्क कार्यलयमा अक्सिजन सहितकाे अटो तथा एम्बुलेन्स सेवा पनि उपलब्ध रहनेछ । 
याे जटिल समयमा काेही पनि सुरक्षीत र समुचित स्वास्थ्य सेवाबाट बन्चित हुन नपराेस्, रगत अभाव वा अाैषधीकाे अभावमा कसैले ज्यान गुमाउन नपराेस् र आपतकालिन समस्यामा परेकाहरूकाे लागि उद्धार सहयाेग कार्य गर्न सकियाेस भन्ने लक्ष्य सहित याे अभियानकाे सुरूवात गरिएकाे संयाेजक ठकुरीले बताए ।

संयाेजक ठकुरीका अनुसार - "हामीलार्इ विश्वास छ हामीले यहाँहरूकाे माया, साथ, सहयोग र सुझाव निरन्तर पार्इरहनेछाैँ । सुरक्षीत रहनुहाेला, स्वस्थ रहनुहोला । धन्यवाद !"

अापतकालिन सहयाेग कक्षका सल्लाहकारहरु : 
योङ्ग कम्युनिस्ट लिग भरतपुर १ चितवन परिवार 

सम्पर्क नम्बरहरु: 
भरतपुर १ रामनगरको लागि
१. राजु मल्ल ठकुरी:   9861354127 (संयोजक)
२. प्रवेश कंडेल      :   9845888278 (सह-संयोजक)
३. मनोज नहर्की    :   9865522767 (अध्यक्ष )
४. नवीन सापकोटा:   9865506299 (कोषाध्यक्ष )

भरतपुर १ ठिमुराको लागि 
१. प्रकाश देवकोटा : 9845327576 (उपाध्यक्ष )

भरतपुर १ देवघाटको लागि 
१. बिकास ढकाल :  9845004395 (सचीव )

चालक : कृष्ण खड्का : 9824242136

पुरा हेर्नुहोस्

आज हिजो अस्ति जस्तै लकडाउनले गर्दा घरमै रहियो । बिहान एकै छिन चाबहिल चोक सम्म TV को ज्याक खोज्न र तरकारी लिन निस्कें । मानिसहरू को भिड्भाड उस्तै छ बिहान । 
हिजो सबैभन्दा बढी संक्रमीत र मृत्यु दर देखिएको ले मनमा डर पैदा भएको थियो । त्यसैले बिहान सबै तिर आफन्तहरुको खबर बुझ्ने चेष्टा गरे । बहिनी सम्झना ५ दिन देखि मुलपानी सामुदायिक अस्पतालमा छिन । जेठो दाइ आर्मी ब्यारेक भित्र  १२/१३ दिन देखि  कोभिड संग लडिरहनु भएको छ । गङ्गा काका र बहिनीका सबै परिवार घर भित्रै क्वारेन्टाइन बनाएर कोरोना जित्दै छन । ठुलो आमा (पवन भाइको आमा ) टिचिङ हस्पिटल मा हुनुहुन्छ । भाइ प्रकाश हिजोराती वीर हस्पिटलको आइसियुमा भर्ना भएको छ र  परिवारका अन्य सदस्यमा पनि कोरोना पोजेटिभ देखिएर आइसोलेसनमा छन । साथीभाइहरु र आफ्नो वरिपरि  त्यतिकै सङ्क्रमित  भइरहेका छ्न । बद्री सर र ठुलोकान्छा काका कोभिडकै कारण बितिसक्नुभयो ।  आखै अगाडि उमेर कै जल्दाबल्दा साथिभाइ मरिराख्दा बाचिन्न कि जस्तो र ६० नाघेका र दिर्घ रोग भएकाले पनि कोरोना पचाएको देख्दा फेरि आत्तिनु नपर्ने रैछ जस्तो लाग्छ । समाचार हेर्यो कोभिड भन्दा अर्को  छैन । धन्न पार्टीहरुको छलफल र कुर्सीको खेलको समाचारले देशमा  केही नभएको जस्तो बनाउछ एकै छिन । 
आज रबि लामिछानेले एउटा के कुन्नी मन्त्रीलाई सिलिन्डर मागेर झस्काइदिनु भएछ । गङ्गालाल अस्पतालका निर्देशक तथा डाक्टरको न्युज ले आउदो भयावह स्थिति को उजागर र सरकार को निकम्मापन देखाउछ । मानिस को मरन कुकुर को जतिको पनि नहुने भयो कोभिड्ले गर्दा  । कोभिडले भीषण बमबारी गरे झै कति दिन कोठा भित्र लुक्नु पर्ने हो त्यो कि कोरोना लाई थाहा होला कि त लावालस्कर लिएर उद्घाटन गर्दै हिड्ने PM र  उनका स्वाथ्य मन्त्री लाई थाहा होला ।
हामी त खोप पहिला कि कोरोना पहिला भन्दैमा पालो कुर्ने परेम । 😂😂
२०७८बैशाख २९ बुलबुले, चाबहिल
#COVID2019
स्राेत - गाेविन्द बिक्रम घिमिरे 

 

पुरा हेर्नुहोस्

ललितपुर । महालक्ष्मी नगरपालिका वडा नं ५ स्थित केयर एण्ड क्युर मल्टिस्पेस्लिष्ट हस्पिटलबाट महालक्ष्मी नगरपालिकाका गम्भीर प्रकृतिका कोभिड-१९ संक्रमितहरूको उपचारार्थ निःशुल्क “कोभिड हाई केयर आइसोलेसन युनिट” अाजबाट सञ्चालनमा आएको छ ।
महालक्ष्मी नगरपालिका र केयर एण्ड क्युर हस्पिटलबीच कोभिड हाई केयर युनिट सञ्चालनका लागि वैशाख २३ गते सम्झौता भएको थियो र सम्झौता पत्रमा नगरपालिकाको तर्फबाट नगर प्रमुख रामेश्वर श्रेष्ठ र केयर एण्ड क्युर अस्पतालको तर्फबाट डा. प्रेम देवानले हस्ताक्षर गर्नु भएको छ । सम्झौता अनुसार केयर एण्ड क्युर मल्टीस्पेशलिष्ट हस्पिटलबाट महालक्ष्मी नगरपालिका भित्रका कोभिड-१९ का विरामीहरूलाई अक्सीजन थेरापी सहितको केयर सर्भिस उपलब्ध गराउने छ । सम्झौता बमोजिम सेवा प्रदान गरे वापत अस्पतालले नेपाल सरकारको निर्णय बमोजिमको शुल्क शोधभर्ना पाउने छ । हाललाई कोभिड हाई केयर आइसोलेसन युनिटमा १० बेड सञ्चालनमा ल्याइएको छ र यसलाई क्रमश बढाइदै लगिनेछ। नगर प्रमुख श्री रामेश्वर श्रेष्ठज्यूले विरामीको चाप अनुसार उक्त युनिटमा ३० बेडसम्म सञ्चालनमा ल्याइने बताउनु भयो । कोभिड हाईकेयर आइसोलेसन युनिट सञ्चालनमा आवश्यक सहयोग, समन्वय एवम् सुपरभिजनका लागि नगरपालिकाबाट मेडिकल अधिकृत डा. दिपेश उप्रेतिको संयोजकत्वमा स्वास्थ्य प्राविधिक टोलि खटाइएको छ ।

 

पुरा हेर्नुहोस्

कोभिड १९ संक्रमित बिरामीहरुलाई स्वस्थ, पोषिलो र सन्तुलित खानाको आवश्यकता हुन्छ। कोभिड १९ संक्रमितलाई अन्य दीर्घ रोग भए नभएको एकिन गरि आवश्यक पोषण व्यवस्थापन गर्नु पर्दछ। मधुमेह, उच्च रक्तचापजस्ता जीवनशैलीसँग सम्बन्धित दीर्घ रोग भएका व्यक्तिहरु कोभिड १९ संक्रमित भएमा संक्रमणका लक्षण र दीर्घरोगको प्रकृति समेतलाई ध्यानमा राखेर खानपान गर्नु पर्दछ। दीर्घ रोग समेत रहेका कोरोना संक्रमितले चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको सल्लाहमा खानपानमा ध्यान दिन आवश्यक छ।
यस रोगको उपचारका लागि कुनै प्रभावकारी औषधि तयार भई नसकेको अवस्थामा खानपान र जीवनशैलीलाई स्वस्थ राख्दै संक्रमणबाट जोगिने उपायहरु अवलम्बन गर्नु मात्र अहिलेसम्मको विकल्प हो। यस महामारीमा संक्रमणको दर, संक्रमणको जोखिम र मृत्युमा व्यक्तिको पोषण अवस्थाले प्रत्यक्ष प्रभाव पारिरहेको हुन्छ। त्यसैले कोभिड १९ बाट संक्रमित व्यक्तिहरुको जीवन रक्षाका लागि उपयुक्त पोषण अत्यावश्यक हुन्छ। उचित पोषणले रोग प्रतिरक्षा प्रणाली बढाउँनुका साथैसंक्रमणको जटिलता र अस्पताल बस्ने दिन समेत घटाउँदछ।
सामान्यतया कोभिड-१९ संक्रमित (लक्षण नभएकाले समेत) खानामा दैनिक रुपमा कार्बोहाईड्रेटका स्रोतहरु जस्तैः आटा, कोदो, फापर, चामल, तरुल जस्ता खानेकुराहरु ठिक्क मात्रामा खानुपर्दछ। प्रोटिनजन्य खानेकुराहरुले रोग प्रतिरोधात्मक क्षमता बढाउनका साथैशरिरमा मांसपेशिहरु निमार्ण गर्ने लगायतका कार्य गर्ने भएकोले खानामा प्रोटिनका स्रोतहरु जस्तैः अण्डा, माछा, मासु, दाल, गेडागुडी, पनिर, तोफू जस्ता खानेकुरा दैनिक रुपमा खान आवश्यक छ। 
टुसा उम्रेका गेडागुडीमा आईरन, भिटामिन सि जस्ता सूक्ष्म पोषक तत्व, रेसादार (फाइबर) तथा अन्य फाइदाकर तत्वहरु पाइनुका साथै पाचन प्रणालीलाई समेत स्वस्थ राख्नेहुनाले टुसा उमारिएकोगेडागुडी नियमित खाने।
फर्मेन्टेड खानेकुराहरु जस्तैः दहि, मोहि, गुन्द्रुक, सिन्की, मसौरा, किनेमा, तामा (मेसो) आदिमा क्याल्सियम, आइरन, म्याग्नेसियम, जिंक जस्ता शुक्ष्म पोषक तत्व, प्रोबायोटिक्स, एन्टिअक्सिडेन्ट आदि प्रशस्त पाइनुका साथै पाचन प्रणालीलाई सुदृढ गर्ने भएकाले दैनिक रुपमा आवश्यकताका आधारमा खाने।
दैनिक रुपमा मौसम अनुसारको हरियो सागसब्जी तथा फलफूलहरु प्रशस्त मात्रामा खाने।
कम्तिमा २ लिटर पानी दैनिक पिउने।
बिहान, बेलुका बेसार पानी वा दूधमा बेसार राखेर पिउने।
चपाउन समस्या भएको खण्डमा खिचडी, लिटो, गिलो खाना खाने।
६० बर्षमाथिको उमेर समूहकाहरुको हकमा उनीहरुको हड्डी कमजोर हुन सक्ने भएकोले क्याल्सियम बढि पाईने खानेकुराहरु जस्तैः दूध, दहि, मोहि, दूधबाट बनेका परिकारहरु जस्तैः पनिर, केफिर, छेना जस्ता परिकारहरु नियमित खाने।
रोग प्रतिरोधी क्षमता बढाउने पोषक तत्व पाइने खानेकुराहरु प्रशस्त मात्रामा खाने। भिटामिन ए, भिटामिन सि, भिटामिन इ, जिङ्खजस्ता पोषक तत्वहरुलाई रोगप्रतिरोधी क्षमता बढाउने पोषकका रुपमा लिइन्छ। भिटामिन ए का स्रोतहरु ः मासु, कलेजो, अण्डाको पहेलो भाग, माछा, घिउ, दुध, पाकेको मेवा, सुन्तला रंगको सखरखण्ड, गाँजर, हरिया सागपात तथा पहेला फलफूलहरु आदि।
भिटामिन सि का स्रोतहरु : अमिला फलफूल जस्तैः अमला, कागती, सुन्तला, मौसम आदि फलफुल तथा पालकजस्ता हरिया सागपात आदि।
भिटामिन इ का स्रोतहरु : काजु, बदाम, ओखर, घिउ, एभोकाडो, आलस जस्ता तैलिय दानाहरु, माछा, हरिया सागसब्जीहरु आदि।
जिङ्कका स्रोतहरु : गेडागुडी, बोक्रासहितका अन्नहरु, काजु, बदाम, ओखर, दुधका परिकारहरु, रातो मासुआदि।
दैनिक रुपमा कम्तिमा ३० मिनेट योगाभ्यास, शारीरिक ब्यायाम गर्ने, चिन्तामुक्त रहने, दैनिक रुपमा नाचगानजस्ता मनोरन्जन गर्ने।
धेरै नुन वा चिनि भएका बजारिया खानेकुरा नखाने।
बट्टा (क्यान) मा लामो समय राखेका परिकारहरु नखाने।
कार्बोनेटेड पेय पदार्थहरु नखाने।
चिल्लो, तारेको खानेकुराहरु नखाने।
धुम्रपान तथा मद्यपान नगर्ने।
लक्षणका आधारमा खानपानको व्यवस्थापन
१. खोकी लागेमा
मह, कागती, मन तातो बेसार पानी, झोलिलो खानेकुरा प्रसस्त पिउनु पर्दछ।
२. छिट्टै अघाएको महसुस भएमा
पटक पटक थोरै थोरै शक्तिवद्र्धक खानेकुरा खानु पर्दछ।
३. खान मन नलागे वा भोक कम लागेमा
फलफूल प्रसस्त मात्रामा खानु पर्दछ।
पाचन प्रक्रियामा मद्दत गर्ने र खान रुची बढाउन मद्दत गर्न भिटामिन तथा खनिज पदार्थहरु खाद्य पूरक
मार्फत पूर्ती गर्न सकिन्छ तर चिकित्सक वा डाइटिसियनको सिफारिसमा मात्र खाद्य पुरक खानु पर्दछ।
४. तौल घटेमा
पर्याप्त मात्रामा पोषणयुक्त तथा सन्तुलित खाना खाने गर्नु पर्दछ।
पटक पटक थोरै मात्रामा खाना खाने गर्नु पर्दछ।
पर्याप्त मात्रामा शक्ति तथा प्रोटिन दिनेखाना खानु पर्दछ।
कम शक्ति दिने खानेकुरा जस्तै पातलो सुप, चिया, जुस धेरै खानु हुँदैन। यस्ता खाने कुराले पेट भर्ने काम गर्दछ तर क्यालोरीको कमी हुन सक्छ।
५. सास फेर्न गाह्रो भएमा
कार्वोहाइड्रेड कम भएको खानेकुरा खानु पर्दछ।
शक्तिका लागि स्वास्थ्यवद्र्धक चिल्लोभएको खाना खानुपर्दछ।
प्रोटिनको लागि उच्च कोटीको प्रोटिनका स्रोतहरु जस्तै अण्डा, छाला निकालिएको मासु, तोफु, पनिर खानामा समावेश गर्नु पर्दछ।
पेट चर्किने गरि अनावश्यक रुपमा खानु हुँदैन।
कुनै कुनै अवस्थामा दैनिक क्यालोरी आवश्यकतामा ५० प्रतिशतले सम्म कम गर्नु पर्ने हुन सक्छ र बिस्तारै खानेकुराको मात्रा बढाउदै जानुपर्दछ जसले गर्दा श्वासप्रश्वासमा सहज हुन्छ।
६. शरीर दुखेमा वा थकाई लागेमा
खानामा प्रोटिनयुक्त खानेकुराहरु पर्याप्त मात्रामा समावेश गर्ने।
चिनी वा गुलिया खानेकुरा कम खाने।
मध्यपान, धुम्रपान नगर्ने र चिया, कफी नखाने।
पटक पटक गरि थोरै थोरै मात्रामा खानेकुरा खाने।
पर्याप्त मात्रामा खाना खान नसके भिटामिन र खनिज पदार्थ खाद्य पूरक मार्फत पूर्ती गर्ने।
शरीरको अवस्था अनुसारको योगा वा शारीरिक व्यायम गर्ने।
७. धेरै खकार, सिगान आएमा
भिटामिन सि युक्त फलफूल, तरकारी, अमिला फल, हरिया सागपात बढी मात्रामा खाने।
मनतातो झोलिलो खानेकुरा, सुप प्रशस्त मात्रामा पिउने।
हिस्टामिनयुक्त खानेकुराहरु जस्तै प्रशोधित मासु, सुकाएको फलफूल, एभोकाडो, टमाटर, पालुबगो,
च्याउ, भान्टा, चिज, दही, मोही, माछा आदीले कफ वा खकार उत्पादनमा मद्दत गर्ने भएकाले यस्ता खानेकुरा लक्षण नहटेसम्म कम खाने।
८. वान्ता भएमा
थोरै थोरै गरी पटक पटक खाना खाने।
बिहान उठ्ने वितिक्कै सुख्खा खाना खाने।
धेरै तातो खानेकुरा नखाने।
चिल्लो कम भएका खानेकुरा खाने।
खाना सँगसँगै झोल वा पानी नपिउने।
थोरै पछाडी ढल्किएर (४५ देखि ९० डिग्री कोणमा) बसाएर खाना खाने÷खुवाउने।
बढी मसलेदार, बढी गुलियो, बढी चिल्लो भएका र कडा गन्ध भएका खानेकुरा नखाने÷नखुवाउने।
९. रक्तअल्पता देखिएमा
आइरन बढी भएका खानेकुरा जस्तैः हरिया सागपात, मासु, कलेजो, माछा, दाल, गेडागुडी खाने।
खानासँगै भिटामिन सि भएका अमिला फलफूलहरु जस्तैः कागती, अमला आदि खाने।
चिया, कफी नखाने।
चिकित्सकको सिफारिसमा मात्र रगत बढाउने औषधि खाने।
१०. शरिर सुन्निएमा, फोक्सोमा पानी जमेमा
खानामा नुनको मात्रा घटाउनु पर्दछ।
झोलिलो खानेकुरा र पानीको मात्रा घटाउनु पर्दछ।
प्रसस्त पोटासियम पाउने खानेकुरा खानु पर्दछ। मेथीको साग, बन्दा, हरियो धनिया, नास्पाती, आँप, चाइनिज साग, मुला÷गाँजर, लट्टेको साग, भुईँकटहर, अमला, घिरौँला, करेलो, पालुंगो, साग, मेवा, आलुबखडा, चिचिन्डो, भान्टा, आलु÷पिँडालु÷तरुल, स्याउ, कागती, लौका, काउली, सख्खरखण्ड, अम्बा, आरु, इस्कुस, सिमी, कर्कलो, खरबुजा, केरा, परवल, भिन्डी, सबैखालको गाढा हरियो सब्जीहरु, स्टबेरी, जुनार, सुन्तला, काँक्रो, हरियो प्याज, सजिवन, अनार, एभोकाडो, बकुल्ला, फर्सी, हरियो मेवा, मटर कोसा, हरियो भटमास लगायतका तरकारी तथा फलफुलमा पोटासियम पाइन्छ।
११. ज्वरो आएमा
ज्वरो आउँदा शरीरलाई नियमित बेला भन्दा बढी शक्ति आवश्यक हुनाले खानाको मात्रा बढाउनु पर्दछ।
आफ्नो नियमित खानामा शक्तिवर्धक, प्रोटिनयुक्त तथा भिटामिन र खनिज पदार्थयुक्त खानेकराहरु जस्तैः अन्न, माछा मासु, दुध, दाल, गेडागुडी, फलफूल तरकारी प्रयाप्त मात्रामा समावेश गर्नु पर्दछ।
बिरामीले प्रयाप्त खाना नखाएर भिटामिन ए, सि, बि, डि, ई, जिंक, आइरन, फोलेट, फाइबर खानाबाट आवश्यक मात्रामा प्राप्त गर्न नसके चिकित्सक वा डाइटिसियनको सिफारिसमा खाद्य पुरकको प्रयोग गर्नुपर्दछ।

पुरा हेर्नुहोस्

ललितपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सिन्धुपाल्चोकले यो वर्षको दशैं लगायतका विभिन्न पर्वहरुमा चियापान, खेलकुद, सांस्कृतिक तथा सबै प्रकारका औपचारिक कार्यक्रमहरु नगर्ने निर्णय गरेको छ ।
शुक्रबार पार्टीका जिल्ला अध्यक्ष झम्क नेपाल र सचिव दावा तामाङले एक विज्ञप्ति जारी गर्दै अघिल्ला वर्षहरुमा गर्दै आएका विभिन्न प्रकारका औपचारिक कार्यक्रम नगर्न अनुरोध गरेका छन् । 

विश्वमा नै महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) को जोखिमलाई मध्यनजर गर्दै सिंगो पार्टीपंक्ति, जनसंगठनहरु लगायत सम्पूर्णलाई उत्साहका साथ स्वास्थ्य र सुरक्षाको मापदण्ड अपनाउँदै संक्रमण रोक्न समेत अपिल गरिएको छ । 
जिल्ला कमिटीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘कोरोना भाइरसको संक्रमण नेपालमा पनि तीव्र रुपमा बढिरहेको छ । कोभिडको कारणले मानव गुमाउने पहिलो जिल्ला रहेको सिन्धुपाल्चोकमा हाल यसको संक्रमण समुदायस्तरमै फैलिसकेको छ । जसले गर्दा कोभिड साझा समस्या तथा चुनौतीको रुपमा देखिएकोले यसको रोकथाम, नियन्त्रण तथा उपचारका लागि कुनै निश्चित मात्र भन्दा पनि सबैको साझा प्रयत्नको आवश्यक्त बढेर गएको छ । यसमा आफ्नो र समाजको सुरक्षाको लागि प्रत्येक व्यक्ति थप जिम्मेवार हुन जरुरी छ ।’

यसअघि कोरोना महामारीमा खटिएका प्रत्यक्ष वा अप्रत्यक्ष निकायलाई धन्यवाद दिँदै नेकपा सिन्धुपाल्चोकले भनेको छ,‘सुरुवाती दिनदेखि हालसम्म प्रत्यक्ष/अप्रत्यक्ष रुपमा खटिने सम्पूर्ण निकाय, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, कर्मचारी, सबै तहका जनप्रतिनिधि एवम् राजनीतिकर्मीहरुमा उद्योग व्यवसायी, नागरिक समाज, संचारकर्मी लगायत सम्पूर्णमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सिन्धुपाल्चोक हार्दीक धन्यवाद व्यक्ति गर्दछ ।’

पार्टीले जारी गरेको विज्ञप्तिलाई आधार मानि सोही अनुसार गर्न गराउन अनुरोध गरिएको छ । साथै, विजया दशमी । नेपाल सम्वत् र ल्होछार लगायतका सम्पूर्ण चाडपर्वहरुको सन्दर्भमा सबै जनामा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै स्वास्थ्य महामारी र प्राकृतिक विपद्हरुको सामानाका निम्ति सबैमा पार्टीले कामना गरेको छ ।

 

पुरा हेर्नुहोस्

ललितपुर  । राष्ट्रिय युवा संघ नेपालका संयोजक रामप्रसाद सापकोटा 'दिपशिखा'लाई लक्षणसहितको कोरोना संक्रमणं पुष्टि भएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य समेत रहेका युवा नेता दिपशिखालाई शुक्रबार कोरोना पोजेटिभ देखिएको हो । 

संयोजक दिपशिखाले कोरोना संक्रमण पुष्टि भएपछि आफ्नो सम्पर्कमा आएका सबैलाई सचेत रहन समेत आग्रह गर्नुभएकाे छ ।
आफुलाई रुघाखोकी लागेपछि कोरोना परिक्षण गराएको र अहिले होम आइसोलेसनमै रहेको जनाउनुभएकाे  छ ।

पुरा हेर्नुहोस्

ललितपुर  । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपा संसदीय दलका मुख्य सचेतक देव गुरूङलाई कोरोना संक्रमण भएको छ ।
मुख्य सचेतक गुरूङले आइतबार पीसीआर परीक्षण गराएकोमा हिजो सोमबार कोरोना रिपोर्ट पोजेटिभ आएको हो ।
सामान्य ज्वरो र खोकी भएपनि  सचेतक गुरूङको स्वास्थ्यअवस्था सामान्य रहेको भन्दै उनको सचिवालयले केहिदिन यता उनको प्रत्यक्ष सम्पर्कमा रहेका सबैलाई सुरक्षित रहन आग्रह गरेको छ ।
गुरूङ अहिले आफ्नै निवासमा होम आइसोलेसनमा रहेका छन् ।

 

पुरा हेर्नुहोस्

ललितपुर  । मानिसको शरीरमा रोग प्रतिरोधी क्षमता बढाउने गुर्जो नेपालका जहाँसुकै रोप्न सकिने अमूल्य जडिबुटी हो । नेपालमा धेरै ठाउँमा घर वरिपरि वा गमलामा रोपेर नियमित प्रयोग गर्न सकिने लहरे जडिबुटी गुर्जो, यसले अमृत समान काम गर्दछ भनिन्छ । यसको लहरा लामो समयसम्म सुक्दैन ।

यसको प्रयोग गर्दा मात्रा मिलाएर खान नसक्दा शरीरलाई बेफाईदा गर्छ । कस्ता मानिसले सेवन गर्दा ध्यान दिनुपर्छ ।

गुर्जो सेवन गर्ने विधि

१. ताजा गुर्जोको लहरा १० देखि २० ग्राम सिलौटो, खल वा मिक्स्चरमा पिसेर पानी राखी उमाल्ने आवश्यकता अनुसार अन्य जडिबुटी तथा मसला पनि संगै उमाली रस छान्ने । त्यसपछि १ चम्चा मह वा मिश्री मिलाएर नियमित विहान पिउने ।

२. सामान्य अवस्थाको रोगी वा निरोगी व्यक्तिले तल दिइएको विभि अनुसार गुर्जोको सेवन गर्न सकिन्छ । तर व्यक्तिको उमेर र रोगको अवस्था अनुसार फरक मात्रा र विधिबाट प्रयोग गर्नुपर्दछ । अनुभवी वैद्य वा आयुर्वेदिक डाक्टारको सल्लाह अनुसार प्रयोग गर्नाले पूर्ण रुपमा लाभ पाउन सकिन्छ ।
३. बेलुकी पिसेर पानि मिलाएर राख्दा विहान भाँडोको पिंधमा सेतो मिश्रीको धुलो जस्तो सेतो गिलोय सत‌ जमेको हुन्छ । त्यस सतलाई मात्र खाए पनि हुन्छ ।
४. हप्तामा १/२ पटक मात्र गुर्जोको जु्स पिउन सकेमा पनि धेरै लाभ मिल्दछ ।
५. टुक्रा बनाएर सुपारी जस्तै चपाउँदै खान पनि सकिन्छ ।
६. सुकेको गुर्जोको धुलो ४ देखि १० ग्राम १ चम्चा मह वा मिश्री तातो पानीमा मिलाएर विहान बेलुका सेवन गर्ने ।
७. ताजा गुर्जोको सेवनले कम्तीमा ३/४ महिना भित्र शरीरमा अद्‌भुत परिवर्तन ल्यउँदछ ।

गुर्जोको फाईदाहरु

१. यसले जन्डिस, कलेजोको कमजोरी र विकारलाई हटाउँदछ ।
२. युरिक एसिड तथा वाथ र जोर्नी दुखाइको समस्याहरुमा गुर्जो लाभकारी छ । 
३. गुर्जो शितल गुण भएकोले यसले गर्मीबाट टाउको दुखेको, आँखा, पिसाब, पैताला, हात, खुट्टा तथा जीउ पोलेको र पुरानो ज्वरोलाई अत्यन्तै उपयोगी छ । 
४. किड्नीको दुर्बलता तथा फोहोर विकारलाई हटाएर पिसाब सम्बन्धि सम्पुर्ण समस्या÷रोग हरुमा धेरै लाभ पुऱ्याउँदछ । 
५. गुर्जोले इन्सुलिन उत्पादनमा सहयोग गरी मधुमेहमा लाभ पुऱ्याउँदछ ।
६. गुर्जो सबै किसीमका रोगी र निरोगीले पनि प्रयोग गर्न सकिने जडिबुटी खुराक पनि हो। । 
७. रक्तविकार रगतको फोहोर खराबी हटाउँदछ साथै रक्तअल्पता रगतको कमी हुन दिदैन् ।
८. अम्लपित्त –अमिलो पानी मुखमा आउने र पेट पोल्ने उल्टी आउने बिरामीलाई निकै उपयोगी छ । 
९. टिबी (क्षयरोग) का किटाणुहरुलाई समेत गुर्जोले रोक्ने काम गर्दछ ।
१० गुर्जो इम्युन पावर बढाउन अत्यन्तै उपयोगी छ । त्यसैले गुर्जोले कोरोना, स्वाइन फ्लु, वर्ड फ्लु, डेंगु , भाइरस, जिवाणु किटाणु तथा विषाणुहरुलाई समेत रोक्ने साथै लड्ने क्षमता बढाउँदछ । ११ उच्च रक्तचापको रोगीलाई पनि यसले धेरै फाइदा पुऱ्याउँदछ ।
१२ गुर्जोको प्रयोगले मुटुलाई बलियो बनाई मुटु सम्बन्धि रोगमा फाइदा गर्दछ ।

ध्यान दिनु पर्ने कुराहरु

१. चिसो लागेको र संवेदनसिल तथा कमजोर (जीर्ण) अवस्थाका विरामीले उमालेर छानेर सेवन गर्नु पर्दछ ।
२. प्रेसर लो छ भने हरियो बोक्रा फालेर मह, मिश्री, सखर वा विरेनुन मिलाएर आधा मात्रा खाने ।
३. गर्भवती, दुधपान गराइरहेका आमा, ५ बर्ष मुनिका बच्चा, पखाला लागेका विरामीले प्रयोग गर्नु हुँदैन ।
काेराेनाबाट बच्न नेपाल आयुर्वेद चिकित्सक संघका अध्यक्ष डा. प्रकाश ज्ञवालीको यस्तो छ अनुरोध खबरवेभ बाट

पुरा हेर्नुहोस्

काठमाडौंको ठमेलमा जन्मिएकी पुनम प्रधान घर अगाडीको बकाइनोको रुखमा झाँगिएको गुर्जो हेरेर हुर्किइन् । धेरै लहरा हुने र सजिलै झाँगिने गुर्जो बारीबाट हटाउन दुःख भयो भन्दै उनकी आमा गुनासो गर्थिन् ।

अहिले कोरोना भाइरसको कहरमाझ एकाएक चर्चा हुन थालेपछि पुनमले आफन्तको घरबाट गुर्जोको डाँठ मात्रै ल्याएकी छैनन्, यसको बिरुवा पनि बालकुमारीस्थित घरमा रोपेकी पनि छन् ।
“यसको फाइदाको कुरा थाहा पाएँ । अहिले हामी परिवार नै दैनिक खान थालेका छौँ,” इन्टेरियर डिजाइनर प्रधानले भनिन् ।

पुनमको घरमा मात्रै होइन अहिले गुर्जोको प्रयोग धेरै घरमा हुन थालेको छ ।

गुर्जोको बढ्दो प्रयोग

सहरमा बस्ने कतिले गाउँबाट मगाउन थालेका छन् भने कतिले किनेर गुर्जोको रस पिउन थालेका छन् ।

कुनै बेला गाउँघरतिर बस्तुभाउलाई दिइने गुर्जोको प्रयोगप्रति कोरोना भाइरसको महामारीपछि मानिसहरूको चासो बढ्न थालेको आयुर्वेदका वरिष्ठ चिकित्सक डा. ऋषिराम कोइराला बताउँछन् 

“हामी सानो छँदा गाउँघरतिर दूध धेरै दिन्छ भनेर गाईबस्तुलाई खुवाउने गर्थ्यौँ । पछि अध्ययनका क्रममा मैले यसमा भएको गुणकारी तत्वले शरीरका विकारहरू निकाल्न मद्दत गर्ने, रोग प्रतिरोधात्मक क्षमता बढाउने र पाचनशक्ति सबल बनाउने फाइदाबारे थाहा पाएँ,” डाक्टर कोइरालाले बीबीसीलाई भने ।

कोरोना भाइरसको महामारीका कारण यसको फाइदाबारे मानिसहरूले धेरै थाहा पाउन पाएको र महत्त्व बुझेको उनले बताए । 

कतिपय प्रयोगकर्ताहरू भारतीय योगगुरु रामदेवले यसको फाइदाबारे बताएपछि खोजेर खान थालेको बताउँछन् ।

किन खाने गुर्जो ?

कोइरालाका अनुसार कोरोना भाइरस अगाडी पनि ज्वरो आउँदा, जन्डिस हुँदा, हाडजोर्नी वा क्यान्सरको समस्या भएका बिरामीलाई खान दिइन्थ्यो ।

दक्षिण एशियाका भारत र श्रीलङ्कामा पाइने गुर्जो नेपालको पनि तराईदेखि हिमाली क्षेत्रसम्मै पाइने आयुर्वेदका चिकित्सकहरू बताउँछन् ।

रोगसँग लड्ने प्रतिरोध क्षमता बलियो बनाउने भएकोले गुर्जो खाँदा सङ्क्रमणबाट जोगिन मद्दत पुग्ने कोइराला बताउँछन् ।

“गुर्जो बहुउपयोगी जडिबुटी हो । यसको अवगुण वा शरीरलाई अन्य असर गर्ने तत्व नभएकोले यो खाँदा फाइदा हुन्छ,” उनले भने । 

“यसमा भएको एन्टिअक्सिडेन्ट गुणका कारण कतिपय मानिसले यो खाएपछि अलि कमजोर भएको महसुस गर्न सक्छन् । त्यस्तो भए मह मिसाएर खाँदा हुन्छ ।”

उनका अनुसार यसले शरीरमा चिनीको मात्रा थोरै घटाउन सक्छ । तर त्यो असर लामो समय रहँदैन ।

गुर्जो कति र कसरी खाने ?

चिकित्सक कोइरालाको सुझाव यस्तो छ:
गुर्जो नेपाली बजारमा धूलो वा डाँठका रूपमा उपलब्ध हुन्छ ।

धुलो खाने भए पाँचग्राम गुर्जोको पाउडर दुई गिलास पानीमा हालेर उमाल्ने अनि एक चौथाइ भएपछि छानेर वा नछानेरै दिनमा एकपटक खान सकिन्छ ।

डाँठ छ भने बूढीऔँला जतिको मोटाइ र त्योभन्दा थोरै कम लम्बाइ भएको गुर्जोलाई थिचेर टुक्रा बनाउने अनि पानीमा उमालेर आधा घटाइ दिनको एक कप खान सकिन्छ ।
गुर्जो खाना खानुभन्दा अघि खाँदा त्यसले फाइदा गर्छ । बीबीसी

पुरा हेर्नुहोस्

ललितपुर । ललितपुरको महालक्ष्मी नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठ २२ दिनपछि कोरोना संक्रमण मुक्त भएका छन् ।
पछिल्लो पटक भएको पिसिआर परीक्षण नेगेटिभ आएपछि उनी २२ दिनपछि सोमबार कोरोनालाई जितेर घर फर्किएका हुन् । उनकी श्रीमती अन्जिका श्रेष्ठ गएको शुक्रबार १९ औं दिनमा कोरोना संक्रमणमुक्त भएकी थिइन ।

कोरोना भएपछिको जटिल स्वास्थ्यका बीच निरन्तर उपचार, निगरानी र हेरचाह गर्ने डाक्टरहरुलाई मेयर श्रेष्ठले धन्यवाद दिएका छन् ।
काेराेना भएपछि उनी किष्ट मेडिकल कलेजको आइसोलेसनमा बसेका थिए ।
किस्ट शिक्षण अस्पतालका चिकित्सकहरु प्रा.डा. मिलेस सिजापती, प्रा.डा. सुरज बज्राचार्य र कन्सल्ट्यान्स सर्जन डा. अभिषेक थापाप्रति विशेष धन्यवाद व्यक्त गर्दछु । उपचारमा संलग्न डा. सन्तोष, डा. एलिना, डा. मुकेश लगायत चिकित्सकहरु, नर्सहरु, हाउस किपिङ स्टाफ र कर्मचारीहरुहरुप्रति आभार व्यक्त गर्दछु ।
उपचार व्यवस्थापनमा सहयोग गर्नुहुने किस्ट शिक्षण अस्पतालका प्रमुख डा बालमानसिंह कार्की र अध्यक्ष आशीष थापाप्रति आभार व्यक्त गर्दछु ।
मेरो स्वास्थ्यको विशेष चासो राख्नुहुने शुभेच्छुक एवं नगरबासीहरुप्रति कृतज्ञता व्यक्त गर्दछु, मेयर श्रेष्ठले सामाजिक सञ्जालममा लेखेका छन् ।

पुरा हेर्नुहोस्

ललितपुर । नेपालमा कोरोना भाइरसको संक्रमणबाट पहिलो पटक एक डाक्टरको मृत्यु भएको छ । कर्णाली प्रादेशिक अस्पताल सुर्खेत कालागाउँमा कार्यरत डा.हरि सापकोटाको उपचारको क्रममा भेरी अस्पताल नेपालगञ्जमा आज मृत्यु भएको बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वाङले जानकारी दिए ।

बाँकेको खजुर गाउँपालिका वडा नं. ३ घर भएका ५९ वर्षीय सापकोटाको कोरोना संक्रमितको उपचारमा खटिएका समयमा गरिएको पिसिआर परीक्षण पोजेटिभ आएको थियो ।
भदौ २९ गते संक्रमण पुष्टि भएसँगै स्वास लिन समस्या भएको र असोज १ गते उनलाई भेरी अस्पताल नेपालगञ्जमा उपचारका लागि ल्याएको थियो । सापकोटा मधुमेह र उच्च रक्तचापको समस्याबाट पीडित थिए ।
प्लाज्मा थेरापी र रेमडिसिभरको प्रयोग गरिए पनि आज बिहान उनको अवस्था गम्भीर बनेको थियो । त्यसपछि भेन्टिलेटरमा राखेर उपचार थालिए पनि उनको दिउँसो ३ बजेर १० मिनेट जाँदा निधन भएको भेरी अस्पतालले जनाएको छ ।
सापकोटा कर्णाली प्रादेशिक अस्पताल सुर्खेत कालागाउँमा चिफ कन्सल्टेन्ट अर्थोपेडिक सर्जनकोरुपमा कार्यरत थिए । उनी कोरोनाबाट ज्यान गुमाउने नेपालको पहिलो डाक्टर हुन् । यसअघि दुईजना स्वास्थ्यकर्मीको मृत्यु भएको थियो ।

पुरा हेर्नुहोस्

सरोज श्रेष्ठ
म एमबिबिएस तेस्रो वर्षमा अध्यनरत विद्यार्थी । कोभिड-१९ महामारीका कारण कलेज बिदा भएपछि नेपालगञ्जबाट फर्किएर गत चैतदेखि काठमाडौंमा परिवारसॅग बस्दै आएको थिएँ । कोरोना सङ्क्रमितको सङ्ख्यासॅगै यसको डर-त्रास पनि दिन प्रतिदिन बढिरहेको थियो  l

करिब चार महिनाको लकडाउनपछि लकडाउन खुकुलो भयो । काठमाडौं प्रवेश गर्नेहरुको घुइँचो बढ्न थाल्यो । यससँगै काठमाडौंमा कोरोना सङ्क्रमितको सङ्ख्या पनि ह्वात्तै बढ्यो । केही काम परेकोले एक/दुई पटक घरबाट बाहिर निस्किएको थिएँ । एक पटक सार्वजनिक सवारीसाधन पनि प्रयोग गरेको थिएँ । 
साउन ३० गते दिउँसोबाट शरीर हल्का तात्तिएको महसुस भयो । जिउ गल्ने, टाउको भारी हुने र बेलाबेला सुख्खा खोकी लाग्ने समस्या पनि सुरु भयो । सुत्नु अगाडि एउटा पारासिटामोलको चक्की खाएर सुतें । गाह्रो भएर बिहान तीन बजे नै ब्युझिएँ । हनहनी ज्वरो आउनुका साथै टाउको पनि एकदम दुखेको थियो । उठेर थर्ममिटरले तापक्रम नाप्दा 101.5°F देखायो । एउटा पारासिटामोलको चक्की खाएपछि अलिक आनन्द भयो अनि फेरि सुतें । 

भोलिपल्टबाट ज्वरो र टाउको दुखाइ कम हुँदै गयो । कतै कोरोनाकै सङ्क्रमण भयो कि भन्ने शंका लागेर पर्सिपल्ट चेकअप गराउन पाटन अस्पताल पुगें । पिसिआर जाँचको लागि नाक र घाँटीबाट स्वाब दिएर घर फर्किएँ । जिउ गल्ने बाहेक सबै लक्षण ठिक भइसकेका थिए । औषधि (पारासिटामोल) तीन दिन मात्र खाँए । तर विस्तारै गन्ध थाहा पाउन भने छोडें  । तीन दिनपछि राति ९ बजेतिर रिपोर्ट आएको मेसेज आयो । अस्पतालको अनलाइन साइटबाट हेर्दा रिपोर्ट नेगेटिभ आएको रहेछ । खुसी हुँदै परिवार अनि साथी-भाइलाई सुनाएर ढुक्क भएर सुतें  । 
भोलिपल्ट बिहान ८ बजे पाटन अस्पतालबाट फोन आयो । मेरो नाममा दुई वटा फरक रिपोर्ट आएको कारण मैले फेरि अस्पताल गएर स्वाब दिनुपर्ने कुरा गर्नुभयो । तर त्यसै दिनबाट काठमाडौंमा निषेधाज्ञा सुरु भएको थियो । कसरी जाने भनेर सोच्दै गर्दा दिउँसो १ बजेतिर फेरि फोन आयो । पाटन अस्पतालको मोलिक्युलर बायोलोजिस्ट बोलिरहेको र अस्पतालमा यस्तो गल्ती पहिलो पटक भएको हुनाले झन्झट नमानी फेरि स्याम्पल दिन आग्रह गर्नुभयो । मैले निषेधाज्ञाको कुरा राख्दा बाटोमा कतै रोक्यो भने उहाँलाई सम्पर्क गर्नु भनेपछि मैले तुरुन्तै बाइकमा गएर स्वाब दिएर आएँ  । 

देशकै एक प्रतिष्ठित अस्पतालबाट महामारीको समयमा यस्तो गल्ती हुनु लज्जास्पद कुरा हो जस्तो लाग्छ । फोनमा कुरा हुँदा रिपोर्ट सकेसम्म एक दिनपछि नै उपलब्ध गराइदिउँला भन्नुभए तापनि तीन दिनसम्म पनि रिपोर्ट आएन । अस्पतालमा सोधपुछ गर्दा टेक्निकल समस्या भएको कारण ढिलो भएको बताउनुभयो । पाँच दिनपछि बल्ल बेलुका फोन आयो । स्वास्थ्य कार्यालयबाट रहेछ।  मेरो रिपोर्ट पोजेटिभ आएको थाहा पाएँ । म आत्तिएँ । यसरी लक्षण देखिएको एघार दिनपछि मात्र म सङ्क्रमित रहेको कुरा प्रमाणित भयो । नेपालमा कोभिडको व्यवस्थापन कति अव्यवस्थित र सुस्त छ भन्ने कुरा यसबाट पनि आकलन गर्न सकिन्छ ।
रिपोर्ट पोजेटिभ आएको कुरा परिवारलाई सुनाउँदा सबै जना आत्तिनु भयो । सबैको मुहार मलिन भयो । पोजेटिभ थाहा भएपछि डरको माहोल सिर्जना भएको कारण घरमै बस्न मन लागेन, त्यसैले आइसोलेसन सेन्टरमै जाने निधो गरें । परिवारमा सबैलाई नआत्तिन र केही दिनमा सबै सामान्य हुनेछ भनेर सम्झाएँ । वडालाई पनि खबर गरें । चाहिने सरसामान सबै तयार पारेर बेलुका सात बजेतिर एम्बुलेन्स चढेर आइसोलेसन सेन्टर पुगें ।
त्यहाँ पुगेपछि एक जना नर्सले सबै विवरण रेकर्ड गरेर कोठा तोकिदिनुभयो । सुरुमै आउनुभएको एक सङ्क्रमित दाइले मलाई कोठा देखाएर वाइफाइको पासवर्ड पनि भन्दिनु भयो । कोठाभित्र एउटा खाट, टेबल, पङ्खा, कुर्सी, बाटा, अनि बाल्टीभित्र नयाँ साबुन, सेम्पु, स्यानिटाइजर, टिस्यु पेपर, तौलिया, चप्पल, थर्मस इत्यादि राखिएका थिए । सबै सामान झिकेर मिलाएर कुर्सीमा आराम गरें ।

मनमा अनेकौं कुरा खेलिरहेका थिए । एउटा साहसिक यात्रा सुरु गरेको अनुभूति भइरहेको थियो । सम्पर्कमा आएका साथीभाइ र आफन्तजनलाई खबर गरें । सबैको डरको केन्द्रविन्दु आफू बन्दा साह्रै दु:ख लागिरहेको थियो । केही बेरपछि एक जना छिमेकी दाइको फोन आयो । बेकारमा किन पिसिआर गराएको, रिपोर्ट पक्कै पनि गलत आएको हुनसक्ने र मैले गर्दा उहाँहरु सबैललाई अप्ठेरोमा पारे भन्ने जस्ता कुराहरू गर्नुभयो । थाहा नभई सङ्क्रमण फैलाउनुभन्दा जाँच गराएर सतर्कता अपनाउनु ठिक हो र केही दिनपछि सबै सामान्य भइहाल्छ नि दाइ भनेर उहाँलाई सम्झाएँ । त्यसैगरी टोलका अरु दुई/तीन जना दाइले पनि फोन गर्नुभयो। सबैको आसय उस्तै थियो । मिडियाबाट पिसिआरप्रति भ्रम फैलिएको कारण धेरेजसोको यसप्रतिको बुझाइ गलत थियो । नतिजा सततिशत सही नहुने भएपछि यसमा विश्वास गर्न नहुने र मेरो रिपोर्ट पनि गलत आएको हुनसक्ने र मैले पिसिआर टेस्ट गरेर गल्ती गरें भन्ने आसय उहाँहरुको थियो । सबैलाई बुझाउने प्रयास गरें तर उहाँहरु बुझ्ने पक्षमा देखिनुभएन । यसरी मलाई मेरो समाजले पिसिआर जाँच गरेर गल्ती पो गरेछु भन्ने अनुभूति गरायो ।

वडाले मेरो परिवार र मसँग सम्पर्कमा आएका व्यक्तिको पिसिआर जाँच एक हप्ता क्वारन्टाइनमा बसेपछि गराउने भन्नुभएको थियो । तर सोही छिमेकी दाइ जसले पिसिआर गर्नु नै गलत र रिपोर्टमा भर पर्न नहुने कुरा गर्नुभएको थियो, उहाँकै कचकच र प्रेसरले गर्दा एक हप्ता पुग्नु अगावै प्राइभेटमा ममीको पिसिआर गराउन बाध्य भएँ । भोलिपल्ट ममीको पिसिआर रिपोर्ट नेगेटिभ आयो । खुसीको सीमा रहेन ।
दुई वर्षदेखि गठिया बाथका कारण ममीले लगातार औषधि खानु भइरहेको थियो । त्यसै कारण पनि ममीलाई सङ्क्रमण भइहाल्यो भने केही नराम्रो असर गर्ला की भनेर मन पिरोलिइरहेको थियो। नेगेटिभको खबरले आधा भन्दा बढी तनाव त्यसै ठिक भयो। हप्ता दिन पुगेपछि वडाले बाँकी सबैको पिसिआर गरायो। पाँच दिनपछि सबैको रिपोर्ट नेगेटिभ आएको थाहा पाउँदा झन् खुसी थपियो। मेरा डर, पिर, चिन्ता, तनाव सबै सकिएको महसुस भयो ।
मसँगै आइसोलेसन सेन्टरमा छेउको कोठामा बसिराख्नुभएका दुई जना दाइको श्रीमती र बच्चाको रिपोर्ट पनि नेगेटिभ आएको थाहा पाएर खुसी हुनुभयो । उहाँहरु खुसी त हुनुहुन्थ्यो तर सँगै बस्ने श्रीमती र साथमा खेल्ने बच्चाको रिपोर्ट नेगेटिभ आउँदा आश्चर्यचकित हुनुहुन्थ्यो । आफ्नै रिपोर्ट पो गलत आएको हो कि भन्ने प्रश्न पनि उहाँहरुको थियो।
लक्षण नदेखिएका संक्रमितबाट संक्रमण फैलिने सम्भावना कम हुन सक्ने हुँदा त्यस्तो भएको हुनसक्ने भनेर उहाँहरुलाई बुझाएँ । मिडियामा केही व्यक्तिहरुले भ्रम फैलाउने गरी मास्क लगाउँदा स्वास्थ्यलाई असर गर्छ, स्यानिटाइजरले हात खराब गर्छ, पिसिआरको विश्वसनीयता छैन भन्ने जस्ता कुरा व्याप्त रुपमा फैलिसकेको थियो । त्यहाँका धेरै जनाले मलाई यी कुराको विषयमा पनि सोध्नुहुन्थ्यो। आफूले बुझेजति र सकेजति बुझाउने प्रयास गर्थें अनि यस्ता भ्रमको पछि नलाग्न पनि आग्रह गर्थें । 
आइसोलेसन सेन्टरमा दिनदिनै संक्रमितहरु थपिँदै थिए । सबैसँग अनुभव साटासाट हुन्थ्यो। एक जना दिदीले आफू भौतिक सम्पर्कमा नै नआएको माइतीमा समेत उहाँको रिपोर्ट पोजेटिभ आएकै कारण माइतीलाई समेत दुर्व्यवहार र घरमा विरोध गर्न आएको कुरा सुनाउँदा मन सिरिङ्ग अनि साह्रै नै खिन्न भयो। आफ्नो समाजप्रति घृणा जागेर आयो।
धेरै जना परिवार पूरै संक्रमित भएर त्यहाँ आउनु भएकाहरु हुनुहुन्थ्यो । त्यहाँ संक्रमित प्रहरीको संख्या पनि धेरै थियो। प्रहरी दाइहरुसँग कुरा बुझ्दा संक्रमितको सम्पर्कमा आएका र संकास्पद प्रहरीहरुको पिसिआरको लागि स्याम्पल लिएपछि रिपोर्ट नआउन्जेल क्वारन्टाइनमा नराखी फेरि काममा खटाउने व्यवस्था रहेछ। धेरै जनाले काममा खटिएकै बेला रिपोर्ट पोजेटिभ आएपछि बल्ल पोसाक परिवर्तन गरी एम्बुलेन्स चढेर सिधै त्यस आइसोलेसन सेन्टरमा आउनुपरेको कुरा बताउनुभयो। यस्तो कमजोर व्यवस्थापनका कारण बाँकी प्रहरीमा त संक्रमण अवश्य फैलिने भइहाल्यो । यसका साथै सुरक्षा दिन खटिएका प्रहरीहरुबाटै समुदायमा समेत संक्रमण फैलिने जोखिम उच्च रहेको देखिन्छ ।
दिनहरु बित्दै गए। त्यहीँको वातावरणमा रमाउन थालें। बिहान सात बजे उठ्थें। नास्तामा चिया, अन्डा, पाउरोटी अथवा बिस्कुट हुन्थ्यो। खाइसकेर घाम ताप्न कौसीमा जान्थें । कौसीबाट एकातिर काठमाडौं सहरको दृश्य अनि अर्कातिर हरियालीले छपक्कै ढाकेको नागार्जुन जङ्गलको मनोरम दृश्य हेर्न पाउँदा मन प्रफुल्लित हुन्थ्यो। दृश्य हेर्दै टोलाउँदै रमाउँदै आधा घन्टा कसरत गरेर कोठामा जान्थें । ताजा दिमागको सदुपयोग गर्दै साथमा लगेका केही किताबहरु पढ्थें।
दस बजे खानामा सादा दाल, भात र तरकारी (प्राय: लौका, घिरौंला, करेला) र अचार हुन्थ्यो । ती सबै पहिला मिठो नलाग्ने तरकारी थिए। तर त्यहाँ के मिठो के नमिठो सबै कुरालाई हेर्ने दृष्टिकोण नै आफूमा फरक भइरहेको पाएँ । दिउँसोको समयमा आफूले लगेको फलफूल जुस र अन्य खानेकुरा मिलाएर खान्थें। तीन बजेको खाजामा अन्डा चिउरा/चाउमिन/रोटी/तरकारी आदि हुन्थ्यो। खाएपछि एकछिन कौसीमा हिँडडुल गर्थें अनि मन लागेमा केहीबेर पुस्तकहरु पढ्थें । मिल्ने साथीहरुसँग लगातार कुरा भइराख्थ्यो । फुर्सदको समयमा अनलाइन लुडो पनि खुब खेलिन्थ्यो। राति आठ बजे खाना खाएपछि फेरि कौसीमा गएर हिँड्दै आकासमा ताराहरु हेर्दै रमाउँथे । कौसीमा बिताएका पलहरु मेरा लागि खास बन्न पुगे। कोठामा फर्किएर लगभग बाह्र बजेतिर सुत्थें  ।
त्यसै आइसोलेसन सेन्टरमा बसिरहनुभएका एक जना दाइले कोभिडका कारण तीन दिन अन्तरालमा आफ्नो बुबा र भिनाजु गुमाउनुपर्‍यो । उहाँसँगै बसिरहेकी दम रोगी कोरोना संक्रमित आमालाई बुबाको मृत्युको खबर सुनाउने हिम्मत उहाँमा थिएन। तनावका कारण विक्षिप्त भई तलमाथि गर्दै अनि कौसीमा भौँतारिदै हिँड्नुहुन्थ्यो । भेटेका सबैसँग हाँसीहाँसी बोलचाल गरेर तनाव कम गर्ने प्रयास गर्नुहुन्थ्यो। जीवनभर भुल्न नसक्ने गरी लागेको चोट भए तापनि आफूले सकेजति उहाँलाई सम्झाइबुझाइ गर्थें । 
केही दिनपछि अर्को एक जना दाइको तीन जना परिवारको डिस्चार्ज हुने मिति पुग्न लागेको थियो। मिति पुग्नु एक दिनअघि नै घरबेटीले फोन गरेर डिस्चार्ज भएपछि एक हप्ता घर नआउन आदेश दिएका रहेछन् । त्यहाँको नर्सलाई यो कुरा राखेपछि घरबेटीलाई सम्झाउन खोज्दा कुरा झन् बिग्रियो । त्यसपछि घरबेटीले पुन: फोन गरेर नानाथरी गालीका साथै आफ्नो घर आफ्नो मर्जी हुने र फेरि पनि अरुलाई फोन गर्न लगाएर धम्क्याएमा घरबाट निकाल्दिने चेतावनी दिएछन्छ। आश्चर्यको कुरा त त्यस घरबेटी आफैं पनि कोरोना संक्रमित थिए र उनको छोरा समेत त्यही सेन्टरबाट केही दिन अगाडि डिस्चार्ज भएर घर गएका थिए । आफू स्वयं संक्रमित भएर अर्को संङ्क्रमितको मर्म बुझ्न त परै जाओस्, त्यसमा घाउ थप्ने घरबेटी देखेर हाम्रो मानवता हराएको समाजलाई धिक्कार्न मन लाग्छ ।
लक्षण नभएका संक्रमितलाई १४ दिन आइसोलेसनमा राखी पिसिआर नगराई घर पठाउने र घरमा एक हप्ता क्वारेन्टाइन बस्न सुझाव दिने गरी सरकारले नयाँ प्रोटोकल लागू गरेको थियो । डिस्चार्ज भएर घर फर्किएपछि पाटन अस्पताल गएर फेरि पिसिआर गराएँ। तीन दिनपछि रिपोर्ट नेगेटिभ भनेर थाहा पाउँदा बल्ल पूर्ण रुपमा ढुक्क भएको महसुस गरें। कोभिडका कारण भोग्नुपरेका सबै सास्ती र केही नमिठा अनुभवहरु याद गर्दै केही बेर मुस्कुराएर बसें ।
प्लाज्मा दान रिपोर्ट नेगेटिभ आएको १४ दिनपछि अथवा संक्रमण भएको २८ दिन पुगेपछि मात्र गर्न मिल्छ। आफू योग्य भएपछि प्लाज्मा बैंक नेपाललाई म प्लाज्मा दान गर्न इच्छुक छु भनेर खबर गरें । केहीबेरमा नै एक जना डाक्टरले फोन गरेर उहाँको बुबा कोभिडको कारण सिकिस्त भई आइसियुमा उपचार गराइराख्नु भएको र अवस्था झन् बिग्रिँदै गएको कुरा सुनाउनुभयो। शनिबार परेको कारण त्रिवि शिक्षण अस्पतालमा नमिल्ने भएपछि ग्राण्डी अस्पतालमा आउन आग्रह गर्नुभयो। त्यहाँ कार्यरत नेपालको एक मात्र ट्रान्सफ्युजन मेडिसिन विशेषज्ञ डा विपिन नेपाललाई भेट्न पाउँदा खुसी लाग्यो । उहाँले सबै रिपोर्ट हेरेर फारम भरिसकेपछि रक्तदान गरी घर फर्किएँ ।
चाहिने सबै टेस्ट गरेर प्लाज्मा छुट्याइएपछि राति ९ बजे उक्त बिरामीलाई प्लाज्मा चढाइएको रहेछ। बिरामीको अवस्थामा अहिले उल्लेखनीय सुधार आएको खबरले म निकै हर्षित छु । कोरोना संक्रमित भई त्यसलाई जितेर अर्को एक सिकिस्त संक्रमितलाई प्लाज्मा दान गरी बचाउनु झन् ठूलो जित हो। कोरोनालाई जितेर प्लाज्मा दान गर्न योग्य भएका सबैलाई प्लाज्मा दान गरी असल नागरिकको पहिचान दिन आग्रह गर्दछु ।
यस महामारीले हरेकलाई भिन्नाभिन्नै अनुभव दिएको छ। लक्षण नदेखिएका संक्रमितलाई यो रोग नै होइन भन्ने लाग्ला। सामान्य लक्षण देखिएकालाई यो सामान्य रोग लाग्ला। धेरैलाई चालै नपाई ठिक भइसकेको पनि होला। संक्रमणका कारण सिकिस्त भएकाहरुको अकल्पनीय अनुभव रहने छ। परिवारका सदस्य गुमाएकाहरुलाई यो अभिसाप ठहरिएको छ । डर, त्रास र भ्रमका कारण अनेकौं घिनलाग्दा घटनाका साथै सामाजिक विभेद र कुरीति स्थापित भएको छ।
अधिकांशलाई कोभिड-१९ १४ दिनभित्र निको त होला तर हाम्रो समाजका कारण खेप्नुपरेका सास्ती र दुर्व्यवहार भने जीवनभर भुल्न सकिँदैन । भ्रामक कुराको पछि नलागी आफैं सत्यतथ्य जान्ने प्रयास गरी यस्ता सामाजिक विकृतिको अन्त्य गरौं। मास्क, साबुन, स्यानिटाइजरको सही प्रयोग गर्दै भौतिक दूरी कायम गर्नुका साथै सामाजिक सद्भाव र मेलमिलाप कायम गरी मानवता उजागर गरौं ।
 

पुरा हेर्नुहोस्

ताजा समाचार


रामेछापका पाण्डेद्वारा अफ्रिकाको सर्वोच्च शिखर किलिमञ्जारोको सफल आरोहण

१५ कात्तिक, काठमाडौं । रामेछाप निवासी युवा पर्वतारोही प्रकाशराज पाण्डेले अफ्रिकाको सर्वोच्च शिखर किलिमञ्जारो सफल आरोहण गरेका छन्। यही अक्टुबर ३१ तारिखका दिन बिहान ६स्ः४० बजे उनले तान्जेनियाको किलिमाञ्जारो हिमाल आरोहण‍ गरेका हुन्। पाण्डेले किलिमञ्जारोमा नेपालको राष्ट्रिय झण्डासमेत फहराएका छन् । उक्त हिमाल पाँच हजार ८ सय ९५ मिटर अग्लो छ। पर्वतारोही पाण्डेले आधार शिविरबाट तीन दिनमा आरोहण पूरा गरेको रामेछाप न्युजलाइ बताए ।

पाण्डेले सातै महादेशका उच्च हिमाल आरोहण गरी सेभेन समिट पूरा गर्ने लक्ष्यका साथ गत जुन २९ तारिखका दिन बिहान ९ बजे युरोपको सर्वोच्च शिखर रुसमा रहेको माउन्ट एलब्रस हिमाल पनि आरोहण गरेका थिए। उनले यस अगाडि सगरमाथा, मनास्लु, आमादब्लमलगायत नेपालका ६ वटा हिमालको सफल आरोहण गरिसकेका छन् । सात वटा महादेशका अग्ला हिमाल चढ्ने तयारी गरिरहेका पाण्डेले सबैभन्दा पहिला युरोपकै अग्लो हिमाल रुसको माउन्ट एल्ब्रसबाट आफूले अभियान सुरु गरेकोगरेको बताए । 

हाल पाण्डेले अफ्रिकाको सर्वोच्च शिखर किलिमञ्जारोको पनि सफल आरोहण गरेका छन् । उनी गत अक्टुबर २३ मा आरोहरणका लागि नेपालबाट त्यसतर्फ प्रस्थान गरेका थिए।रामेछाप लिखु तामाकोसी गाउँपालिका निवासी पाण्डेले सात वटै प्रदेशका उच्च हिमाल आरोहण गरेर विश्व रेकर्ड कायम गर्ने उद्देश्य लिएका छन्।



पुरा हेर्नुहोस्

महासचिव कार्की २८ औं टफिसा विश्व कंग्रेसमा सहभागी हुन जर्मनी प्रस्थान

महासचिव कार्की २८ औं टफिसा विश्व कंग्रेसमा सहभागी हुन जर्मनी प्रस्थान काठमाडौं । नेपाल विद्यालय खेलकुद महासंघका महासचिव राजकुमार कार्की जर्मनीको डुसेलडोर्फमा हुने २८ औं टफिसा विश्व कंग्रेसमा सहभागी हुन जर्मनी प्रस्थान गरेकाछन् । राष्ट्रिय खेलकुद परिषदमा आयाेतित एक औपचारीक कार्यक्रम विच परिषदका उपाध्यक्ष शिव काेईराला (ज्वाला) ले महासचिव कार्कीलाई विदाई गर्नुभएकाे थियाे ।

२८ औं टफिसा विश्व कंग्रेसमा सहभागी भए पश्चात् स्पेनको मेड्रिडमा हुने मुभ कंग्रेस र इन्टरनेसनल स्पोर्ट एन्ड कल्चर एशाेसिएसन (इस्का) को साधारण सभामा समेत सहभागी हुने कार्यक्रम रहेकाे महासचिव कार्कीकाे सचिवालयले जनाएकाे छ ।



पुरा हेर्नुहोस्

नेपाली कुस्ती टोलीले भारतमा प्रशिक्षण गर्ने

काठमाडौं । चीनको हाङझाउमा हुने १९औं एसियाली खेलकुदको थप तयारी गर्न नेपाली कुस्ती टोली वैदेशिक प्रशिक्षणका लागि भारतको उत्तर प्रदेश जाने भएको छ ।
४ खेलाडीसहित ५ सदस्यीय टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव टंकलाल घिसिङले आइतबार बिदाइ गरे ।

भारत जान लागेका चारै खेलाडी १३ औं दक्षिण एसियाली खेलकुदका पदक विजेता हुन् । एसियाली खेलकुदमा पुरुषतर्फ सुरेश चुनारा (७४ केजी) र राज यादव (१ सय २५ केजी) तथा महिलातर्फ शिवाङगी दुवे (५७ केज) र सुशिला चन्द (६२ केजी)  ले नेपालको प्रतिनिधित्व गर्नेछन् । 

 १३ औं सागमा सुरेश र राजले कांस्य तथा बाँकी दुई खेलाडीले रजत जितेका थिए । टोलीको प्रशिक्षकमा मुमताज अली इद्रिसी छन् ।

टोली सोमबार काठमाडौंबाट नेपालगन्ज जाने छ । नेपालगन्जमा एक साताको प्रशिक्षणपछि टोली उत्तर प्रदेश जाने छ । उत्तर प्रदेशको नन्दनीनगरस्थित टाटा मोटर्स एकेडेमीमा भदौसम्म गर्ने  प्रशिक्षण मुख्य प्रशिक्षक इद्रिसीले जानकारी गराए ।

खेलाडी सुरेशले पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगिताको तयारीका लागि वैदेशिक प्रशिक्षणमा जान पाउदा सबै खेलाडी उत्साहित भएको प्रतिकृया दिए ।
 



पुरा हेर्नुहोस्


२६ जना सहसचिवको सरुवा (सूचीसहित)

काठमाडौँ, ७ साउन ।  संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २६ जना सहसचिवहरुको सरुवा गरेको छ ।

एक प्रमुख जिल्ला अधिकारी र दुई महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतसहित आइताबार मन्त्रालयले २६ जना सहसचिवको सरुवा निकालेको हो ।

जाजरकोटका प्रमुख जिल्ला अधिकारी रामकुमार महतोको संघीय मामिला मन्त्रालयमा सरुवा भएको छ । यस्तै ललितपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालको गृह मन्त्रालयमा सरुवा भएको छ ।

अर्यालको ठाउँमा पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विरेन्द्रदेव भारती आएका छन् । पोखरा महानगरपालिकामा कर्णाली प्रदेशको अर्थ सचिव श्याम कृष्ण थापा सरुवा भएका छन् ।

हेर्नुस सूची

पुरा हेर्नुहोस्


रामेछापका पाण्डेद्वारा अफ्रिकाको सर्वोच्च शिखर किलिमञ्जारोको सफल आरोहण

१५ कात्तिक, काठमाडौं । रामेछाप निवासी युवा पर्वतारोही प्रकाशराज पाण्डेले अफ्रिकाको सर्वोच्च शिखर किलिमञ्जारो सफल आरोहण गरेका छन्। यही अक्टुबर ३१ तारिखका दिन बिहान ६स्ः४० बजे उनले तान्जेनियाको किलिमाञ्जारो हिमाल आरोहण‍ गरेका हुन्। पाण्डेले किलिमञ्जारोमा नेपालको राष्ट्रिय झण्डासमेत फहराएका छन् । उक्त हिमाल पाँच हजार ८ सय ९५ मिटर अग्लो छ। पर्वतारोही पाण्डेले आधार शिविरबाट तीन दिनमा आरोहण पूरा गरेको रामेछाप न्युजलाइ बताए ।

पाण्डेले सातै महादेशका उच्च हिमाल आरोहण गरी सेभेन समिट पूरा गर्ने लक्ष्यका साथ गत जुन २९ तारिखका दिन बिहान ९ बजे युरोपको सर्वोच्च शिखर रुसमा रहेको माउन्ट एलब्रस हिमाल पनि आरोहण गरेका थिए। उनले यस अगाडि सगरमाथा, मनास्लु, आमादब्लमलगायत नेपालका ६ वटा हिमालको सफल आरोहण गरिसकेका छन् । सात वटा महादेशका अग्ला हिमाल चढ्ने तयारी गरिरहेका पाण्डेले सबैभन्दा पहिला युरोपकै अग्लो हिमाल रुसको माउन्ट एल्ब्रसबाट आफूले अभियान सुरु गरेकोगरेको बताए । 

हाल पाण्डेले अफ्रिकाको सर्वोच्च शिखर किलिमञ्जारोको पनि सफल आरोहण गरेका छन् । उनी गत अक्टुबर २३ मा आरोहरणका लागि नेपालबाट त्यसतर्फ प्रस्थान गरेका थिए।रामेछाप लिखु तामाकोसी गाउँपालिका निवासी पाण्डेले सात वटै प्रदेशका उच्च हिमाल आरोहण गरेर विश्व रेकर्ड कायम गर्ने उद्देश्य लिएका छन्।

पुरा हेर्नुहोस्


विवादित संवाद हटाएपछि ‘आदिपुरुष’ले पायो नेपालमा प्रदर्शन अनुमति

काठमाडौं । अन्ततः विवादित संवाद फिल्मबाट हटाइएपछि नेपाली सेन्सर बोर्डले दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’लाई प्रदर्शन अनुमति दिएको छ । बिहीवार राती ८ बजे सेन्सर बोर्डका अध्यक्ष अनिलकुमार दत्तले हस्ताक्षर गरेको अनुमति पत्र वितरकलाई दिएका हुन् ।

फिल्ममा समावेश ‘जानकी भारतकी छोरी हुन्’ भन्ने वाक्यमा आपत्ति जनाउँदै बिहीवार अपरान्ह बोर्डले प्रदर्शन अनुमति दिन अस्वीकार गरेको थियो । भारतीय वितरकले फिल्मबाट विवादित वाक्य हटाएर नेपाल पठाएपछि मात्र बोर्डले अनुमति दिएको हो ।

सेन्सर बोर्डको अनुमतिपछि ‘आदिपुरुष’ शुक्रबार नेपालमा रिलिज हुने पक्का भएको छ । तर, काठमाडौं महानगरका मेयर बालेन शाहको फेसबुक स्टाटसले भने संशय पैदा गराएको छ । उनले भारतमा समेत उक्त विवादित वाक्य तीन दिनभित्र नहटाए कुनै पनि हिन्दी फिल्म काठमाडौं महानगरमा प्रदर्शन अनुमति नदिने उल्लेख गरेका छन् ।

बालेनको सचिवालयले पनि आफूहरुले तीन दिन प्रतीक्षा गर्ने तर उक्त वाक्य हटाएर माफी नमागेसम्म काठमाडौंमा कुनैपनि हिन्दी फिल्म प्रदर्शन गर्न अनुमति नदिने र सबै हललाई यसबारे पत्राचार गरिने उल्लेख गरेको छ । प्रभास र कृति सेनन स्टारर आदिपुरुष रामायणको कथावस्तुमा आधारित छ । यो फिल्मलाई नेपालमा ब्यांकटेस इन्टरटेनमेन्टले रिलिज गर्न लागेको हो ।

पुरा हेर्नुहोस्