मुख्य पृष्ठ हटलाइन समाचार शिक्षा / स्वास्थ्य राजनिती खेलकुद समाज अपराध अर्थ / व्यापार अन्तराष्ट्रिय भिडियो लेख तथा रचना

नेपाली कांग्रेस


काठमाडौँ । व्यवसायीलगायतका प्रतिनिधिले खचाखच नेपाल प्रज्ञा-प्रतिष्ठानको सभाहलमा आज  ७१औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवसको औपचारिक समारोह सञ्चालन भइरहेको थियो ।

आरोही कल्याणकारी कोष बनाउने घोषणा गरेर औपचारिक मन्तव्य समापन गर्नुअघि प्रमुख अतिथि प्रधानमन्त्री पुष्पकमल दाहालले  विगत स्मरण गर्नुभयो । उहाँ एक्कासी भक्कानिनुभयो । उहाँको गला अवरुद्ध भयो । आँखा रसाए । केहीछिनमा उहाँ सम्हालिनुभयो अनि भन्नुभयो, “सगरमाथा आरोहीलाई आज सम्मान गर्ने अवसर प्राप्त भयो । मेरो आफ्नै परिवारका दुई सदस्य छोरा र बुहारीले सगरमाथा आरोहण गरेको हुनाले मलाई आरोही भनेपछि आफ्नै परिवारको सदस्य जस्तै महशुस हुन्छ ।” उहाँको भावुकताले केहीबेर सभाहलका सहभागी सबै भावविहल बने ।

उहाँले आरोहीको कल्याणकारी कोष बनाउने कार्यमा सरकारले पहलकदमी लिने प्रतिबद्धता गर्नुभयो । उहाँले भन्नुभयो, “आरोहीको हकहित र उनीहरुको सुरक्षाका लागि आरोही कल्याणकारी कोष बनाइयोस् भनिएको छ । हामी (सरकार) अर्थमन्त्रालयसँग समन्वय गरेर कोष बनाउनेतिर पहल गर्ने विश्वास दिलाउन चाहन्छु, त्यसका साथै पर्वतीय पर्यटन क्षेत्रलाई व्यावसायिकता वृद्धि तथा व्यवसायलाई सहज बनाउन कर छुटको व्यवस्थाका लागि पहल गर्ने विश्वास दिलाउँछु ।”

प्रधानमन्त्री दाहालले सगरमाथा दिवसले नेपालको पर्यटकीय आगमन वृद्धि गर्न, हिमालको संरक्षण गर्न, हिमाली क्षेत्रमा भइरहेको फोहर न्यूनीकरण गर्न एवं जलवायु परिवर्तनले हिमाली क्षेत्रमा पारेको प्रभाव न्यूनीकरण गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

सगरमाथाबाट आरम्भ भएको हिमाल आरोहणको यात्रा नेपाललगायत विश्वका विभिन्न हिमशिखरहरुको आरोहण हुँदै विश्वव्यापी फैलिएको उल्लेख गर्दै सरकारले हिमाल आरोहणलाई सुरक्षित र आरोहीहरुको आत्मसम्मानलाई उच्च प्राथमिकता राखेर नीति तथा कार्यक्रम तर्जुमा गर्ने जानकारी दिनुभयो ।

संस्कृति, पर्यटन तथा नगारिक उड्डयनमन्त्री हितबहादुर तामाङले प्रधानमन्त्रीले सरकार प्रमुखको हैसियतले घोषणा गर्नुभएको आरोहीको कल्याण कोष गठन गर्ने विषयलाई पर्यटन मन्त्रालयकोतर्फबाट औपचारिक प्रस्ताव अगाडि बढाइने उल्लेख गर्नुभयो ।

सरकारले आगामी वर्ष १६ लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य लिएको र यसलाई सफल बनाउन पर्यटन क्षेत्रका सरोकारवालासँग सहकार्य र समन्वयकासाथ लक्ष्य पुरा गर्न पहल गर्ने पर्यटनमन्त्रीको भनाइ थियो । पर्यटनमन्त्री तामाङले नेपालको समग्र पर्यटन र विशेषतः पर्वतीय पर्यटनमा देखापरेको समस्या समाधानका लागि सरकार तत्पर रहेको बताउनुभयो ।

उहाँले बढ्दो तापमान र हिमाली क्षेत्रमा बढ्दो मानवीय गतिविधिका कारण वातावरणमा परेको नकारात्मक प्रभावलाई सन्तुलन कायम गर्न सगरमाथाको आधार शिविरको समग्र अध्ययनका लागि कार्यदल बनाईसकिएको र त्यसले चाँडै प्रतिवेदन सरकारलाई बुझाउने जानकारी दिनुभयो । उहाँले  प्रतिवेदनका आधारमा अघि बढ्ने बताउनुभयो । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले सगरमाथाको संरक्षण र प्रवद्र्धनमा प्रदेश सरकारले सङ्घीय सरकारसँगको समन्वय र सहकार्य प्रभावकारी रहने विश्वास व्यक्त गर्नुभयो । उहाँले जलवायु परिवर्तनको जोखिमबाट हिमाल संरक्षणका लागि पहल गरिनुपर्नेमा जोड दिनुभयो ।

सगरमाथा दिवस निरन्तर मनाइने

     à¤¸à¤°à¤•à¤¾à¤°à¤²à¥‡ अन्तर्राष्ट्रिय सगरमाथा दिवसलाई विशेष दिवसका रुपमा मनाउने भएको छ । विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पहिलो मानव पाइला टेकेको दिनलाई अथात् प्रत्येक वर्ष मे २९ तारिखलाई सगरमाथा दिवसका रुपमा मनाइने भएको हो । सन् १९५३ मा नेपाली तेन्जिङ नोर्गे शेपा र सर एडमण्ड हिलारीले सगरमाथाको चुचुरोमा पहिलो पाइला टेकेको ७१ वर्ष पुगेको छ । सोही आरोहण स्मरण गर्दै सगरमाथा दिवस मनाउने निर्णय गरिएको हो ।

     à¤¸à¤¨à¥ २००८ देखि नेपालमा सगरमाथा दिवस मनाउन थालिएको थियो । अघिल्लो वर्ष १६औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवसकारुपमा मनाइएको थियो । सरकारले यो वर्षदेखि सगरमाथा आरोहण सुरु भएको वर्षदेखिकै अवधिलाई जोडेर ७१औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाएको हो । अन्तर्राष्ट्रिय जगतमा सगरमाथा आरोहण सुरु भएको दिनलाई नै सगरमाथा दिवसका रुपमा मनाउने गरिएको छ । सगरमाथाको गौरव, पहिचानलाई विश्वभर फैलाउन आरोहण सुरु भएको दिनलाई मान्यता दिई  नेपालमा अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाउन सुरु गरिएको हो ।

सरकारद्वारा सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा मङ्गलबार प्रस्तुत आर्थिक वर्ष २०८१/०८२ को बजेटमा प्रत्येक वर्ष मे २९ लाई सगरमाथा अन्तर्राष्ट्रिय विशेष दिवसका रुपमा मनाउने घोषणा गरिएको छ । दिवसका अवसरमा हिमाली पर्यटन प्रवद्र्धनमा विशिष्ट योगदान पु¥à¤¯à¤¾à¤‰à¤¨à¥‡ स्वदेशी तथा विदेशी व्यक्ति, सङ्घसंस्थालाई सम्मान गरिने जनाइएको छ । सगरमाथा आरोही सङ्घका महासचिव शिवबहादुर सापकोटाले सरकारले आरोही कल्याण कोष घोषणा गरेको विषयले आरोहीको मनोबल उकासेको र साहसिक पर्यटनका निम्ति महत्वपूर्ण फड्को भएको उल्लेख गर्नुभयो ।

उहाँले सङ्घको लामो पहलपछि आरोहीलाई परिचयपत्र दिन सुरु गरिएको भन्दै सरकारको निर्णयबाट पर्वतारोही र पर्वतारोहण क्षेत्र हर्षित भएको प्रतिक्रिया दिनुभयो । कार्यक्रममा सगरमाथा आरोहणमा कीर्तिमान कायम गर्ने आरोही एवं सरोकारवालालाई सम्मान गरिएको थियो । हालसम्म आठ हजारभन्दा बढीले ससगरमाथा आरोहण गरिसकेका छन् । विभिन्न कीर्तिमान कायम भएका छन् ।

अन्तर्राष्ट्रिय सगरमाथा पुरस्कार लाक्पा सोनाम शेर्पालाई

नगद रु एक लाख राखिको अन्तर्राष्ट्रिय सगरमाथा पुरस्कार वरिष्ठ पर्यटन व्यवसायी एवं आरोही लाक्पा सोनाम शेर्पालाई प्रदान गरिएको छ । शेर्पा पाँच दशकदेखि पर्यटन तथा पर्वतारोहण क्षेत्रमा सक्रिय हुनुहुन्छ । उहाँले विगत २५ वर्षदेखि एयरलाइन्स व्यवसायमार्फत पर्यटन प्रवर्द्धनमा टेवा पु-याउनुभएको छ । यस्तै नगद रु ५० हजार राशिको तेञ्जिङ हिलारी पुरस्कार आरोहीहरु पेमा छिरिङ शेर्पा, नरेन्द्र साही, ग्याल्जे शेर्पा, ल्हाक्पा डेण्डी शेर्पा र आङ्ग सार्की शेपालाई प्रदान गरिएको छ ।

आरोहीलाई ब्याच तथा परिचयपत्र

त्यसैगरी सगरमाथा आरोहीलाई ब्याच तथा परिचयपत्र प्रदान गरिएको छ । सगरमाथा आरोही सङ्घका महासचिव माया शेर्पा, महासचिव शिवबहादुर सापकोटा तथा आरोही दावा स्टेफन शेर्पा, मिङ्मा ग्याबु शेर्पा, फुञ्जो झामु शेर्पा, बिना मगरलाई साङ्केतिकरुपमा परिचयपत्र दिइएको हो । यो वर्ष करिब पाँच सयलाई परिचयपत्र दिइने जनाइएको छ ।

त्यस्तै ब्याच तथा परिचयपत्र नेपालीतर्फ मिङ्मा शेर्पा, सरल सहयात्री पौडेल, कर्मा तेञ्जिङ, लाक्पा शेर्पा, सोना शेर्पा, दावा याङ्जु शेर्पा, नाडसाल छयोटोन लामा तथा विदेशीमा भारत, अष्ट्रेलियन आरोही अलि पेप्परसहित भारत, बुल्गेरिया, विभिन्न सात आरोहीलाई ब्याच र परिचयपत्र प्रदान गरिएको छ ।

सगरमाथा नामाकरण गर्ने इतिहासविद् बाबुराम आचार्यलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको छ । ब्याच तथा परिचयपत्र र विभिन्न अवार्ड प्रधानमन्त्री दाहालले प्रदान गर्नुभएको थियो । यसै वर्षदेखि सुरु भएको रु ७५ राशिको इतिहास शिरोमणि बाबुराम आचार्य पुरस्कार नापी विभागका नापी अधिकृत एवं आरोही खिमलाल गौतमलाई प्रदान गरिएको थियो ।

कोशी प्रदेश सरकारकातर्फबाट विभिन्न पाँच आरोहीलाई पुरस्कृत गरिएको थियो । पर्यटन विभागका अनुसार यसवर्षको याममा सगरमाथा आरोहणका लागि चार सय २४ ले अनुमति लिएकामा आरोही र शेर्पा सहयोगी गरी छ सयभन्दा बढीले सगरमाथा आरोहण गरेका छन् ।

पुरा हेर्नुहोस्

ताजा समाचार


करातेका कुशल श्रेष्ठ बर्ष उत्कृष्ट प्रशिक्षक

काठमाडौं । पल्सर स्पाेर्टस अवाड २०८० अन्तर्गत वर्ष उत्कृष्ट प्रशिक्षक अवार्ड करातेका कुशल श्रेष्ठलेजितेका छन् ।
 
श्रेष्ठको नेतृत्वमा उनले १९औं एसियाली खेलकुदमा एरिका गुरूङले ऐतिहासिक रजत पदक दिलाएकी थिइन् ।‌

नेपालले एसियाली खेलकुदमा जितेको यो दोस्रो रजत हो । करातेमा नेपालको यो अहिलेसम्म कै ठुलो पदक पनि हो। उनकै प्रशिक्षणमा‌ दशौं विश्व कराते च्याम्पियनसिप, इन्डोनेसियामा नेपाललाई १ स्वर्ण, ३ रजत र ५ कास्य पदक सहुत नौ पदक दिलाएका थिए।

यस्तै श्रेष्ठकै नेतृत्वमा नेपालले सातौं एसियन कराते च्याम्पियनसिपमा २९ स्वर्ण, २५ रजत र ७ कास्य देशलाई दिलाएका थिए। यसैगरी युएस ओपन कराते च्याम्पियनसिप, टेक्ससमा एक स्वर्ण र एक रजत जित्दा पनि उनी नेपाली टिमका प्रशिक्षक थिए।

श्रेष्ठले पारा तेक्वान्दोका कविराज नेगी लामा, क्रिकेटका मोन्टी देसाई कबड्डीका पार्वती राई भारतोलनका सञ्जय मर्हजनलाई‌ हराउँदै अवार्ड जिते।

अवार्ड जितेपछि उनले खेलाडी जीवनमा सागमा स्वर्ण जित्दा मनोनयनमा पर्न नसकेपनि प्रशिक्षकको रूपमा अवार्ड जित्न सफल हुँदा खुसी लागेको बताए।‌ उनले यो अवार्ड जित्दा खेलाडीहरू एरिका र शेखुु अलाम सहित राष्ट्रिय टिमलाई सम्झिए। साथै उनले यो अवार्ड आनप परिवारलाई समर्पण गरे।

अवार्डमा आज कुल दश विधामा अवार्ड प्रदान गरिनेछ। अवार्डको पुरूष, महिला, युवा, प्रशिक्षक र पिपल्स च्वाइसको विजेताले पल्सर मोटरसाइकल प्राप्त गर्नेछ। यसबाहेक अन्य विजेताले १ लाख रुपैयाँ प्राप्त गर्नेछन्।‌



पुरा हेर्नुहोस्

एसियाड पदक विजेता एरिका वर्ष उत्कृष्ट महिला खेलाडी

काठमाडौं । करातेकी एरिका गुरूङले‌ पल्सर स्पोर्ट्स अवार्ड २०८० मा वर्ष उत्कृष्ट महिला खेलाडीको अवार्ड जितेकी छिन् ।

एरिकाले चीनको हाङचाउमा गत वर्ष भएको १९औं एसियाली खेलकुदमा नेपाललाई ऐतिहासिक रजत पदक दिलाएकी थिइन्। उनले ६८ केजी तौल समुहमा नेपालको लागि रजत पदक हात पारेकी हुन्।

एसियाली खेलकुदमा नेपालको लागि व्यक्तिगततर्फ रजत जित्ने उनी दोस्रो खेलाडी हुन्। यसअघि तेक्वान्दोकी सविता राजभण्डारीले रजत जितेकी थिइन्।‌

उनको यो रजत नेपाली करातेको अहिलेसम्म कै ठुलो पदक पनि हो। यस्तै वर्ष २०८० मा उनले इन्डोनेसियाको जकार्तामा भएको विश्व सितोरियो कराते च्याम्पियनसिपमा स्वर्ण पदक आफ्नो नाममा लेखाएकी थिइन्। 

यही सफलतामा उनले मनोनयनमा परेका कबड्डीकी मेनुको राजवंशी, क्रिकेटकी रुबिना क्षेत्री, फुटबलकी सावित्रा भण्डारी र एथलेटिक्सकी सन्तोषी श्रेष्ठलाई पछि पारिन्।

एरिकाले यो अवार्ड जित्नु आफ्नो लागि ठुलो प्रतिष्ठाको विषय रहेको बताइन। उनले राष्ट्रिय खेलकुद परिषद, कराते महासंघ, नेपाल ओलम्पिक कमिटी, नेपाल प्रहरी र प्रशिक्षकलाई धन्यवाद दिइन्। उनले यो अवार्ड उत्कृष्ट खेलाडी बन्ने सपना देखिरहेकाहरूलाई समर्पण गरिन्।



पुरा हेर्नुहोस्

भलिबल खेलाडी कविताले जितिन् पिपल्स च्वाइस अवार्ड

काठमाडौं । देशकाे राष्ट्रिय खेल भलिबल खेलका लाेकप्रीय उदयमान खेलाडी कविता भट्टले शुक्रबार पल्सर स्पाेर्ट्स अवार्ड २०८० अन्तर्गत वर्ष पिपल्स च्वाइस अवार्ड जितेकी छिन् । 

उनले ५६ प्रतिशत मत सहित अवार्ड जितेकी हुन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल खेलाडी कविता नेपाल काभा महिला नेसन्स लिग २०२४‌‌ मा नेपाल दोस्रो हुँदा र काभा महिला भलिबल च्यालेन्ज कप २०२३ मा तेस्रो हुँदा टोलीको सदस्य थिइन् ।

घरेलु प्रतियोगितामा उनको प्रदर्शन अब्बल रहेको थियो । उनले पल्सर मोटरसाइकल प्राप्त गरिन् । मतका आधारमा १९ प्रतिशत मतसहित कबड्डीकी मानमती बिष्ट दोस्रो, १६ प्रतिशत सहित फुटबलकी प्रिती राई तेस्रो तथा क्रिकेटका गुल्सन झा र रग्बीका श्रीराम चौथो भए ।

खेल‌ पत्रकार , राष्ट्रिय प्रशिक्षक र दर्शकको भोटको आधारमा यो विधाको विजेता चयन भएको हो । ईसेवाको मतभार ५० प्रतिशत रहेको थियो ।

त्यसैगरी, सामाजिक सञ्जाल (फेसबुक लाइक) को मतभार २५ प्रतिशत, राष्ट्रिय प्रशिक्षकको मतभार १२ दशमलब ५ प्रतिशत र खेलपत्रकारको मतभार १२ दशमलब ५ प्रतिशत रहेको थियो ।



पुरा हेर्नुहोस्


गाईजात्रा बिशेष घिन्ताङ घिसी कार्यक्रम आयाेजना गर्दै वाईसीएल नेपाल भक्तपुर नगर समिति

काठमाडौं । याेङ्ग कम्युनिस्ट लिग नेपाल, भक्तपुर जिल्ला भक्तपुर नगर समितिले गाईजात्रा बिशेश घिन्ताङ घिसी कार्यक्रम आयोजना गरि सम्पन्न गरेकाे छ  । 

गाइजात्राकाे अबसरमा वाईसीएल नगर समितिद्वारा आयाेजित घिन्ताङ घिसी कार्यक्रममा विभिन्न ब्याङ्यात्मक चित्र सहित साँस्कृतिक झाँकीद्वारा नगर परिक्रमा गरिएकाे थियाे । उक्त कार्यक्रममा प्रतिनिधि सभा सदस्य माधव सापकोटा 'सुवाेध', युवा नेता भीष्म प्रजापति, वाईसीएल नेपालका भक्तपुर जिल्ला संयाेजक सरराज उप्रेती लगाएत माओवादी केन्द्रकानेता कार्यकर्ता र स्थानीयबासीकाे उपस्थिति रहेकाे थियाे ।

पुरा हेर्नुहोस्


गरिबीबाट उठ्दै ओलम्पिक स्वर्ण जितेका नदिमलाई १५ करोड बढी पुरस्कार घोषण

काठमाडौं । गरिबीमा हुर्किँदा एक छाक मासु खाना वर्ष (इद उत्र फित्र) कुर्नुपर्ने, केही अघिसम्म पनि नयाँ ज्याभलिन खरिद गर्न चन्दा उठाउनुपर्ने परिस्थितिबाट गुज्रिएका आर्शद नदिमको पेरिस ओलम्पिक २०२४ च्याम्पियन भएपछि भाग्य फेरिने भएको छ।

पाकिस्तानलाई ३२ वर्षपछि ओलम्पिक पदक दिलाएका उनलाई करोडौं पुरस्कार घोषणाको होड नै चलेको छ। अहिलेसम्म १५ करोड रुपियाँ बढी पुरस्कार घोषणा भइसकेको छ। ज्याभलिन थ्रोमा ओलम्पिक कीर्तिमानसहित बिहीबार स्वर्णपदक जितेपछि २७ वर्षीय नदिमले वर्ल्ड एथलेटिक्सबाट ५० हजार अमेरिकी डलर (नेपाली रुपियाँ ६७,१६,७५०) पाउने पक्का छ नै। उनलाई स्वदेशमै करोडौं पुरस्कार दिने घोषणा भइरहेको छ।

पन्जाबका मुख्यमन्त्री मारियम नवाजले पाकिस्तानी रुपी १० करोड (नेपाली रुपियाँ ४,८२,१४,२१८/०५) स्वतन्त्रता दिवस (१४ अगस्ट) को अवसरमा प्रदान गर्ने घोषणा गरिन्। त्यस्तै, कराँचीमा मेयर बारिस्टर मुर्ताजा वाहबले नदिमलाई सिन्ध सरकारको तर्फबाट पाकिस्तानी रुपी ५ करोड (नेपाली रुपैयाँ २,४१,०७,१०९/०३) दिने सामाजिक सञ्जाल एक्समार्फत् जनाएका छन्। उनले नदिमलाई व्यक्तिगत रूपमा १० लाख पाकिस्तानी रुपी दिने पनि बताएका छन्।

सिन्धका गभर्नर कामरन खान तेसोरीले २० लाख, गायक अली जाफरले १० लाख दिने एक्सले लेखेका छन्। सुक्कुरमा मेयर बारिस्टर अर्सलन इस्लाम शैखले नदिमलाई सुनको मुकुटबाट सम्मान गर्दै उनकै नाममा सुक्कुरमा नयाँ रंगशालामा निर्माण गर्ने घोषणा गरे। कराँचीमा आर्शद नदिम एथलेटिक्स एकेडेमी स्थापना गर्ने घोषणा पनि भइसकेको छ।

गत वर्षको विश्व च्याम्पियनसिपमा रजत पदक हात पारेका नदिमले पेरिसमा ९२.९७ मिटर फाल्दै ज्याभलिन थ्रोमा स्वर्ण जितेका हुन्। पाकिस्तानले ओलम्पिकमा जितेको चौथो स्वर्ण हो यो। ४० वर्षयता ओलम्पिकमा पाकिस्तानको पहिलो स्वर्ण हो भने व्यक्तिगत स्पर्धाको पहिलो स्वर्ण पनि नदिमले नै दिलाएका हुन्।

उनले भारतका डिफेन्डिङ च्याम्पियन नीरज चोपरालाई रजतमा खुम्च्याउँदै ऐतिहासिक सफलता हात पारेका हुन्। नीरजले ८९.४५ मिटर फालेका थिए। निरजले ३ वर्षअघि टोकियोमा स्वर्ण जित्दा नदिम पाँचौं भएका थिए। नदिमले दशरथ रंगशालामा १३औं दक्षिण एसियाली खेलकुद (साग २०१९) अन्तर्गत ज्याभलिन थ्रोमा स्वर्ण पदक जितेका थिए।

एकपछि अर्को सफलता चुमिरहेका नदिमको ओलम्पिक स्वर्णलाई पाकिस्तानमा देशको स्वतन्त्रता दिवस नजिकिँदा उत्कृष्ट उपहारको रूपमा लिइएको छ। त्यसैले पनि उनी करोडौं पुरस्कारको हकदार हुने नै भए।

पुरा हेर्नुहोस्


गीतकार गिता गिरीको ‘मै हुँ शिवको शिवानी ’ सार्वजनिक

काठमाण्डौं । ‘मै हुँ शिवको शिवानी ’ बोलको तीज गीत सार्वजनिक भएको छ । नजिकिँदै गरेको तीजलाई लक्षित गरेर निर्माण गरिएको गीतमा गायिका शान्ति श्री परियार को स्वर रहेको छ । भगवान शिवले गरेको योगदान र उनको प्रसंसा गर्दै गीत निमार्ण गरिएको छ ।

कृष्ण देव रुपाखेतीले निर्देशन गरेको भिडियोमा स्मारिका ढकाललाई फिचरिङ गरिएको छ । मौलिक लोक लयमा आधारित गीतको भिडियो उत्सव दाहालले खिचेका हुन् भने भिडियोको सम्पादन मिन रावल रहेको छ । गीतमा अभि वाग्लेले कोरियोग्राफी गरेका छन । यस गीतको शब्द गीतकार गिता गिरी तथा संगीत भद्र वली रहेको छ ।

ग्रेट एविजी को ब्यानरबाट युट्युबमार्फत् सार्वजनिक भएको गीतको निर्माण राम बहादुर गिरी र भगवती गिरीले निमार्ण गरेकी हुन ।

‘मै हुँ शिवको शिवानी ’ गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

https://www.youtube.com/watch?v=RKOM9wvVZb0
 

पुरा हेर्नुहोस्



शिक्षा / स्वास्थ्य


अरु हेर्नुहोस्


अन्तराष्ट्रिय


  • ⇒ गरिबीबाट उठ्दै ओलम्पिक स्वर्ण जितेका नदिमलाई १५ करोड बढी पुरस्कार घोषण
  • ⇒ ब्राजिलमा विमान दुर्घटना, ६२ को मृत्यु
  • ⇒ बिहीबारसम्म पेरिस ओलम्पिकमा ३० स्वर्णसहित अमेरिक शीर्ष स्थानमा
  • ⇒ बंगलादेशमा १७ सदस्यीय अन्तरिम सरकार : २६ वर्षका विद्यार्थीदेखि पूर्व जर्नेलसम्म मन्त्री
  • ⇒ फ्रान्सबाट बंगलादेश फर्किए युनुस, साँझ साढे ८ बजे शपथ
  • अरु हेर्नुहोस्


    अन्य


  • ⇒ करातेका कुशल श्रेष्ठ बर्ष उत्कृष्ट प्रशिक्षक
  • ⇒ एसियाड पदक विजेता एरिका वर्ष उत्कृष्ट महिला खेलाडी
  • ⇒ भलिबल खेलाडी कविताले जितिन् पिपल्स च्वाइस अवार्ड
  • ⇒ पल्सर स्पाेर्ट्स अवाड २०८० मा पलेशालाई‌ पारा एथलिट अवार्ड
  • ⇒ IBA ले बुड्वा युवा विश्व बक्सिङ च्याम्पियनसिपमा सबै बक्सरहरूको आवास खर्च प्रदान गर्ने
  • अरु हेर्नुहोस्