मुख्य पृष्ठ हटलाइन समाचार शिक्षा / स्वास्थ्य राजनिती खेलकुद समाज अपराध अर्थ / व्यापार अन्तराष्ट्रिय भिडियो लेख तथा रचना

याेङ्ग कम्युनिष्ट लिग नेपाल


राम प्रसाद सापकोटा ‘दीपशिखा’

श्रीमान्, म माओवादी हुँ। पक्का माओवादी। मेरो नशानशामा माओवादी छ। त्यो दिनदेखि–जुनदिनदेखि माओवादीले न्यायको हतियार उठायो ।

म हजुरको कानुनले व्याख्या गर्ने गरेको त्यो अपराधी र माओवादी हुँ । हजुरलाई फेरि भनुँ–म लड्खडाएको छैन र उस्तै त्यो कालको जस्तै आज पनि माओवादी हुँ ।

यो बयान होइन –हजुरलाई भ्रम नपरोस् । यो आरोप होइन –हजुर हैरान नपरिस्योस्। यो सफाई पनि होइन–म सफाई लेख्न जरुर ठान्दिन। यो बिन्ति होइन–आक्रोश हो । यो हजुरहरुमाथिको नालिस हो। फैसला जनताले गर्छ–किनभने आज पनि म जनताको अदालतलाई सलाम गर्छु । 

हजुरले मेराहरुमाथि लेखेको फैसला देखेपछि मलाई केही लेखुँ लाग्यो – 

हो, म लडेकै हो । मैले युद्ध गरेकै हुँ । हामीले सप्ताह लगाएको थियौं– म भनिरहेको छैन । त्यो १२ वर्षे ‘राम वनबास’ पनि थिएन । न भद्रभलाद्मी बोलाएर रुद्री गरिएको थियो । त्यो युद्ध थियो । न्यायका लागी लडिएको एउटा महान युद्ध । 

म सम्झाउँ हजुरलाई –युद्ध रक्तपातपूर्ण हुन्छ । युद्ध भयानक हुन्छ । युद्ध रहरमा जन्मदैंन । युद्ध पिडामा जन्मन्छ, आक्रोशमा जन्मन्छ । न्यायका लागि अन्यायका विरुद्धमा जन्मन्छ । संसारमा युद्धको नियम यही हो । युद्धमा मानिसहरु मर्छन् र मारिन्छन् । हो त्यही युद्धको म सिपाही हुँ ।

हामीले लडेको युद्ध आंतकवाद थिएन । त्यो न्यायिक युद्ध थियो । न्यायिक थिएन भने त्यो युद्धसँग हजुरको राज्य झुक्दैनथ्यो । युद्धका सिपाहीहरुसँग राज्यले सम्झौता गर्दैनथ्यो । ती सिपाहीहरु राज्यका राष्ट्रिय सिपाही बन्दैनथे । 

हजुरलाई हेक्का होस्–हामी हजुरको राज्यले युद्धमा हराएर दाम्लोले बाँध्दै हजुरको कठघरामा उभ्याइएको युद्धबन्दी होइनौं । राज्यका विद्यमान कानून फेर्ने र उत्पीडितहरुलाई राज्य चलाउन दिने शर्तनामामा दुई सत्ताबिच भएको समझदारीमा आएका हौं । 

हजुरलाई थाहा छ –युद्धमा घटेका जघन्य घटनाहरुमाथि विद्यमान न्यायसिदान्तभन्दा अलग्गै निकायले जाँचबुझ गर्छ । हाम्रो युद्धका सवालमा पनि सोही भनिएको छ । माओवादी सेना समायोजन भए । माओवादी युद्धका कमाण्डरहरु आज पनि राज्यको सम्मानित निकायमा जनताले जिताएर पठाएका छन् । ‘सत्य निरुपण तथा मेलमिलाप आयोग’ बनाउने कुरा सम्झौतामा उल्लेख छ । 

हजुरको आदेश त्यो ‘आयोग बनाउ’ भनेर कहिल्यै आएन । तर ति लड्नेहरुलाई थुन भनेर आयो । लड्नेहरुलाई नछोड भनेर आयो । ती अपराधी हुन् भनेर आयो । 

श्रीमान, कानुन पढिएको छैन । उसो त हामी ‘जंगलीहरु’ले त्यति जान्ने कुरा पनि भएन । तर हामीले लडेर ल्याएको गणतन्त्र र नयाँ संविधानको कानून भन्दा हजुर कसरी माथि होइसिन्छ रु एक मनमा लाग्छ–कानुन फेरियो । कानुनले राज्य फेर्र्यो । तर हजुरहरु फेरिनु भएन । फेरिन जरुर ठान्नु भएन । भनिस्योस् न श्रीमान, राणाहरुको जंगी कानून र हजुरको उदण्ड फैसलामा के फरक छ? उ बेला कानुन भन्दामाथि राणाहरु हुन्थे । पञ्चायतमा पंचहरु भए । 

प्रजातन्त्रमा कानुन बेपत्ता थियो । गणतन्त्रमा हजुरहरु कानून भन्दा माथि होइसिन्छ । ती जंगीहरु, ती पन्चहरु भन्दा हजुर कसरी फरक हुनुभयो? 

हजुरले मानिस्यन। अरुको पूनर्रसंरचना, न्यायलयको हुनुहुँदैन भनिस्यो । हजुरहरु फेरिन परेन । हजुरहरुको काम गर्ने शैलि बदल्नु परेन । हजुरहरु कानूनभन्दा माथि होइसिन्थ्यो र’त लड्नेहरुमाथि कानूनका डण्ठा बजार्दै हुनुहुन्छ । म र म जस्तैले लडेर आएको गणतन्त्र, संघियता, र धर्मनिरपेक्षताको महान व्याख्या वा नजिर कायम गर्ने स्थानमा हजुर विराजमान होइसिन्छ। त्यो आसन त हजुरको हिजोकै हो । त्यो आसन फेर्न लडेको म, त्यो आसनमा न्यायको तराजु झुण्ड्याउने श्रीमान होइन तराजु जस्तै अडिग श्रीमानका लागि लडेको एउटा लडाकु हुँ ।

भनिस्योस्–हजुरको न्यायलयमा अहिले विचाराधीन मुद्धा कति छन्? हाम्रा दाजुभाइले न्यायका लागी हालेका दरखास्तको चाङ हजुरभन्दा कति फिट अग्लो छ? यो देशका ठालुहरुका विरुद्ध परेको मुद्धा कता बेपत्ता छन्? हजुरलाई ख्याल होस् –हजुरको न्यायघर धाउँदाधाउँदै तिन पुस्ते पूस्ता सकिएका हजारौं छोरानातिहरु छन् । बा हरु भन्थे–कानुन अन्धो हुन्छ । मलाई लाग्थ्यो–गणतान्त्रिक कानुन अन्धो हुँदैन । बा’लाई अब मैले भन्नपर्ने भयो–ए मेरा बा, कानून बहिरो पनि छ । 

हजुरको कानुनले ठालुहरुसँग घुडा टेक्छ, निर्धाहरुसँग परेड खेल्छ । बलात्कारको उजुरी नलाग्ने र प्रचण्डमाथि लाग्ने हजुरको कानुन आफ्नाहरुसँग अन्धो हुन्छ, पराईहरुका इन्द्रीय देख्छ ।

कानूनले देख्दैन । कानुनले सुन्दैन । श्रीमान, अड्कलेर सुन्ने र देख्ने यो कानुन कि हजुरको रीत? कानून विवेकले चल्छ कि चल्दैन? कानून आवेगले चल्छ कि चल्दैन? कानुन दुखमा रुन्छ कि रुँदैन?  कानून खुशीमा हाँस्छ कि हाँस्दैन? कहिले लाग्छ–कानुन मौन हुन्छ, यसले केही गर्दैन । कहिले काग्छ–कानुन मिथ्यको वायुपंखी घोडाजस्तै चलायमान छ, यसले जे पनि गर्छ । 

कानून एउटै हो–हजुरको हातमा परेपछि छुट्टीभिन्न हुन्छ । अँ साँच्चि, हजुरको कानूनले पालो फेरिफेरि एउटैलाई योग्य र एउटैलाई अयोग्य देख्छ । 

हजुरको कानुनले ठालुहरुसँग घुडा टेक्छ, निर्धाहरुसँग परेड खेल्छ । मैना सुनुवारको बलात्कारमाथि नलाग्ने र माओवादीमाथि लाग्ने हजुरको कानुन आफ्नाहरुसँग अन्धो हुन्छ, पराईहरुका इन्द्रीय देख्छ । 

अचम्म लाग्छ । त्यही युद्धका योजनाकारहरु यो देशका उपल्लो निकायमा यत्रतत्र छन् । अहिले पनि युद्धका सिपाहीहरु राष्ट्रिय सेनामा छन् । कूटनीतिक निकायहरु हुँदै ती अरु देशमा पनि छन् । तिनले हजुरहरुलाई सपथ ख्वाउँछन् । ती यो राज्य चलाउँछन् भने तिनका सहयात्रीहरु कसरी अपराधी र हत्यारा हुनसक्छन्?

श्रीमान नरिसाइयोस्–हजुरका टाढाकाहरुले हजुरको न्यायलयमा पलाँतीको पुस्तासम्म न्याय पाएका छैनन् । हजुरका नजिककाहरुलाई चौबिस घण्टा नबित्दै न्याय उपलब्ध छ । यो न्याय हो कि खरिद विक्रीको बजारीकरण? यो कानून कस्तो कानून? अब हजुर भन्नुस् –यस्तो विभेदी कानून कसैले किन मानोस् । अन्तिममा भनिराँखु, –हामी लडेवापत जेल जान्नौ ।

हामी गणतन्त्रका लागी लडेवापत सजाय काट्न सक्दैनौं । बृहत शान्ति सम्झौता अनुसार सत्य निरुपण आयोगमा जनयुद्धकालिन जघन्य घटनाहरु पठाइस्योस् । कि भनिस्योस्– मेरो इजलासले ‘शान्ति सम्झौता’ मान्दैन । हजुर मानिन्न भने हामी पनि मान्दैनौं । नमानेपछि के हुन्छ हजुरलाई थाहा छ। आगे हजुरको जो मर्जी? 

(लेखकको यो आलेख केही वर्ष अघिको हो । द्वन्द्वकालीन मुददा पुन ब्युँतिएको परिवेशमा सान्दर्भिक ठानी पुन प्रकाशितथ गरिएको छ–सम्पादक)

पुरा हेर्नुहोस्

दोषिलाई कडा कारवाहिको माग

मध्यपुर थिमि नगरपालिकाको विकास निर्माणको कार्यक्रम अन्तर्गत ढुङ्गा छपाई कार्यको शुरुवातको क्रममा उपप्रमुख विजयकृष्ण श्रेष्ठ माथि मध्यपुर थिमि नगरपालिका वडा नं. ५ बस्ने सुमन जोशी लगायतका समूहहरुले हिजो गरेको हातपातको घटना प्रति वाईसियल नेपाल भक्तपुर जिल्ला समंन्वय समितिले कडा आपति जनाएको छ ।

वाईसिएल नेपाल भक्तपुर जिल्ला समंन्वय समितिले आज एक प्रेस बिज्ञप्ती जारि गर्दै बिधी सम्मत तरिकाले नगर प्रमुख र उपप्रमुखको सहभागितामा शुरु भएको सो योजनाको बिरोधको कुनै अर्थ नभएको तथा योजना कार्यान्वयन गर्ने क्रममा कामको  शुरूवात लागि योजना स्थल पुगेका नगरपालिकाका उपप्रमुख तथा नेकपा माओबादी केन्द्र मध्यपुर थिमी नगरकमितिका अध्यक्ष बिजयकृष्ण श्रेष्ठ माथि भएको हातपातको घोर भत्सर्ना गर्दै दोषिलाई तत्काल कडा भन्दा कडा कानुनी कारबाहिकाे माग समेत गरेको छ ।

वाईसिएल नेपाल भक्तपुर जिल्ला समंन्वय समितिका इन्चार्ज तथा संगठनका केन्द्रिय सदस्य नरेश रंजित तथा समितिका सचिब सरराज उप्रेतीद्धारा हस्ताक्षरित उक्त बिज्ञप्तीमा जनतासँग जोडिएका हरेक बिकास निर्माणका योजनाहरु कार्यान्वयन गराउन वाईसिएल नेपाल भक्तपुर जिल्ला समंन्वय समिति सधै साथमा रहि सहकार्य गरी अगाडी बढ्न प्रतिबद्ध रहेको समेत बताइएको छ ।

वाईसियल नेपालका केन्द्रिय सदस्य तथा भक्तपुरका युवा नेता राजु क़ुटुले बिकासको काममा अबरोध पुर्याउन कुनै पनि आबरणमा आउने तत्वहरुलाई वाईसियलले तह लगाउने चेतावनी समेत दिएकाछन् । आफ्ना नेताहरुको सुरक्षामा वाईसिय नेपाल सदैब अग्रपंक्तिमा रहने भन्दै युवा नेता कुटुले घटनामा संलग्न दोषिमाथि कडा कारवाहिको माग गरेकाछन् ।

पुरा हेर्नुहोस्

काठमाडौं । याेङ्ग कम्युनिष्ट लिग नेपाल (वाईसीएल) काे तेस्राे पुर्ण बैठक काठमाडौंमा सुरु भएकाे छ । संगठनका अध्यक्ष सुबाेधराज सेर्पालीकाे अध्यक्षतामा गाेल्डेन लाईट पार्टी प्यालेस मित्रपार्ककाे सभा हलमा दिउसाे १ बजेबाट बैठक सुरु भएकाे छ ।

नेकपा (माओवादी केन्द्र) काे मेरुदण्डको रुपमा स्थापित क्रान्तिकारी युवाहरुकाे संगठन वाईसीएलकाे तेस्रो पुर्ण बैठककाे उद्घाटन पार्टी उपाध्यक्ष कृष्ण बहादुर महराले गर्नुभएकाे थियाे । बिहान ११ बजे बाट सुरु हुने भनिएकाे बैठक दिउँसो १ बजेबाट सुरु भएकाे थियाे ।

बागमती प्रदेश ईन्चार्ज तथा केन्द्रीय सचिव ललित श्रेष्ठ  'अभियान' का अनुसार बैठकले वडा देखि केन्द्र सम्म संगठनलाई ब्यबस्थित गर्न भेला/सम्मेलनकाे मिति तय गर्ने, जनताकाे वास्तविक समस्या समाधानका लागि संगठनले सरकार र जनता बिच पुलकाे भुमिका निर्वाह गर्ने, जनमुखी सरकार बनाउन नेतृत्वलाई आबश्यकता अनुसार सल्लाहा-सुझाव र ध्यानाकर्षण गराउने जस्ता महत्त्वपूर्ण निर्णयहरु गर्ने छ । 

संगठनका फ्याक्शन ईन्चार्ज तथा पार्टी पाेलिटब्यूरो सदस्य रामप्रसाद सापकाेट 'दिपशिखा' काे विशेष उपस्थितिमा बसेकाे बैठक दुई दिन सम्म चल्ने र बैठक काे दाेस्राे दिन सम्माननिय प्रधानमन्त्री तथा पार्टी अध्यक्ष  पुष्पकमल दाहाल 'प्रचण्ड'ले सम्बाेधन गरि युवाहरुलाई जनताकाे सेवक र समाजवाद निर्माणकाे पहरेदार बन्न दिशा निर्देश गर्ने कार्यक्रम रहेकाे सचिव श्रेष्ठले बताएका छन् ।

पुरा हेर्नुहोस्

काठमाडौँ  नेकपा (माओवादी केन्द्र) को सहायक संगठन योङ कम्युनिष्ट लिग (वाईसीएल) नेपालले आज राजधानीमा दोस्रो राष्ट्रिय भेलाले पारित गरेका १५ बुँदे समसामयिक प्रस्तावहरु सार्वजनिक गर्दै “सबै युवा वाइसिएलमा संगठित गरौ” भन्ने मूल नारा सहित तीन महिने संगठन बिस्तार अभियान तय गरेको छ । उक्त अभियान अहिले भाइरल भएको छ । वाईसिएल नेपालका अध्यक्ष सुबोधराज सेर्पालीले जनताको भरोसा योग्य संगठन बनाउन युवाहरु केन्द्रित भएर आर्थिक, सामाजिक, संस्कृतिक तथा राजनीतिक बैचारिक दृस्टी मार्फत समाज र राज्य निर्माण गर्न युवा लाम्बद्दा हुनुपर्ने बताए ।

वाईसिएल नेपालले अब महंगी, भ्रस्टाचार, दलालिकरण र चरम श्रम शोषणको बिरुद्द धावा बोल्ने प्रण गर्ने बताएको छ । श्रम र उत्पादनमा वाईसिएल भन्ने नारा सहित युवाहरुलाई उद्यमशिल बनाउन एक पालिका १०० जना युवा जोडिने कार्यक्रम सहित राष्ट्रिय श्रम सहकारी गठन गरि उत्पादन, ब्यबस्थापन र बजारीकरण गर्ने योजना रहेको वाइसिएलले बताएको छ ।

साथै नेपालको भू-भाग समेटिएको नक्सा भारतीय दुतावास लगायतमा नराखिएको, चिन र भारत सिमा क्षेत्रमा अतिक्रमण बढेको भन्दै सिमा अध्ययन कार्यदल बनाई त्यसको अध्ययन गर्ने र देशको भूमि रक्षाको निम्ति शंघर्षका कार्यक्रम संचालन गर्ने प्रतिबद्दता व्यक्त गरिएको छ ।

विभेद पूर्ण असमान सन्धि सन् १९५० , बिप्पा, SPP, MCC लगायतका सम्झौता राष्ट्र हित बिरुद्द भएको नभएको अध्ययन गरी देशको हित बिरुद्द भए तेस्को बिरुद्द खारेजीको माग गरि संघर्षका कार्यक्रम ल्याउने वाईसीएलले जनाएको छ ।

बिस्तृत शान्ति सम्झौताको मर्म अनुरुप सत्यनिरुपण तथा मेलमिलापको कार्य सिघ्र अगाडी बढाउन समेत माग गरेको छ ।

कार्यक्रममा अध्यक्ष सेर्पालीले आफ्नो नेतृत्वमा सहिद परिवारसंग भेटघाट तथा सम्मान कार्यक्रम र कार्यकर्ता संरक्षण अक्षय कोष निर्माण गरिने कुरा समेत जानकारी दिए । साथै विदेश पलायन रोक्न युवा मैत्री कार्यक्रमहरु संचालन गर्ने योजनाहरु निर्माण गर्न सक्रिय रहने प्रतिबद्दता व्यक्त गरेका थिए ।

पुरा हेर्नुहोस्

काठमाडौं । भाद्र ३ गते देखि काठमाडौं स्थित राष्ट्रिय सभागृहमा जारी दाेश्राे राष्ट्रिय भेलाले २९९ जनाकाे केन्द्रीय समिति बनाउने निर्णय गरेकाे छ ।

भेलाकाे दाेश्राे दिन जारी बन्दसत्रमा विधान प्रतिवेदन माथिकाे छलफल बाट एकमतले विधान पास गरेसंगै वाईसीएल नेपालकाे केन्द्रीय समिति २९९ जनाकाे बन्ने निश्चित भएकाे हाे । वाईसीएल केन्द्रले जनाएकाे छ ।

वाईसीएल नेपालकाे अब बन्ने समितिमा  ३३% महिला, २५ वर्ष मुनिका युवा १५% जना  समेत समावेश गर्ने छ ।

पुरा हेर्नुहोस्

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) को सहायक संगठन योङ्ग कम्युनिस्ष्ट लिग (वाइसीएल) नेपालले भदौ ३ र ४ गते गर्ने तय भएको दाेस्राे राष्ट्रिय भेलाको सबै तयारी पुराभएको  छ ।

शुक्रबार काठमाडौंको राष्ट्रियसभा गृहमा हुने राष्ट्रिय भेलाबाट नयाँ नेतृत्व चयन गर्ने र नयाँ नीति बनाउदै   सम्पूर्ण शक्ति चुनावमा केन्द्रीत गरिने वाईसीएल केन्द्रकाे याेजना रहेकाे वाईसीएलले जनाएकाे छ  ।

भेलाको उद्घाटन सत्रलाई नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्प कमल दाहाल ‘प्रचण्ड’ ले विशेष सम्बाेधन सहित समुद्घाटन गर्ने वाइसिएल नेपालले जनाएकाे छ ।

भेलाले अध्यक्षसहित ३५ सदस्यीय पदाधिकारी चयन गर्ने जनाएकाे छ । अध्यक्षमा सर्वसम्मत जस्तै भएकाले उपाध्यक्षसहित महासचिव समेत सहमतिबाटै टुंगो लगाइने वाईसीएलले जनाएकाे छ । यदि सहमति नभए चुनावी प्रतिस्पर्धाबाट चयन गर्ने तयारी छ । वर्तमान संयोजक सुमन देवकोटाको उमेर हद ४० पुरा भएकाले नयाँ नेतृत्वको रुपमा सह-संयाेजक श्रीपाली आउने सम्भावना रहेकाे स्राेतले बताएकाे छ ।

राष्ट्रिय सभागृह काठमाडौंमा हुने राष्ट्रिय भेलामा देशभरबाट ६०० प्रतिनिधि सहभागी हुने छ । माओवादी केन्द्रको सहायक संगठन वाइसिएलको राष्ट्रिय भेलालाई देश विदेशबाट महत्वको साथ हेरिएको छ ।

पुरा हेर्नुहोस्

काठमाडौं । नेकपा (माओवादी केन्द्र) काे सहायक संगठन वाईसिएल नेपालले आफ्ना कार्यकर्तालाई उद्यमशीलता र विकासमा जोड्ने उद्देश्य सहित वित्तिय साक्षरता कार्यक्रम आयोजना गरेको छ ।

शनिवार राजधानीको के एल टावर स्थित हलमा तालिम सञ्चालन हुने संगठनका केन्द्रीय संयाेजकले बताएका छन् । युवा संगठन बेरोजगारहरुको सङ्गठन जस्तो हुन नहुने भन्दै विभिन्न तवरले जागीर पेसा भन्दा बाहिर रहेका युवाहरुलाई निःशुल्क स्वरोजगार बनाउन तालिम सञ्चालन गरिएको संयाेजक देवकोटाले जानकारी दिएकाछन् ।

कार्यक्रममा एक भुगोलबाट कम्तिमा २० जनालाई अनिवार्य उपस्थितिको लागि सुचित गरीएको छ । सामन्तवादी सोचहरु त्यागेर उद्यमशिलता र स्वरोजगारको तालीम सञ्चालन गरी नवयुवाहरूको भाग्य र भविष्य, मेहनत र पसिनामा रहेकाे उद्घोष गर्न वाईसिएल देशकै एकमात्र सङ्गठन भएको संयोजक देवकोटा दावी छ । झण्डा र डण्डा बोकेर दगुर्ने संगठन वाईसिएल नभएको संयोजक देवकोटा बताए । साथै वाईसिएल नेपालले दोश्रो राष्ट्रिय भेलाको मुल नारा पनि

“आत्मनिर्भताका लागी नीति निर्माणमा युवा सहभागिता सुनिश्चित गरौं !
सुदृढ संगठन विस्तारका लागी दोस्रो राष्ट्रिय भेला सफल पारौं !!”
भन्ने तय गरेको छ । शनिवार राजधनीमा आयोजना हुने बित्तिय साक्षरताकार्यक्रमले नयाँ अभियान छेड्ने वाईसिएलको उद्घोष छ । युवा उद्यम बिना राजनीति र विकास सम्भव नभएको भनाई रहेको छ ।  समाजवाद उन्मुख युवा तयार पार्न लागिएको संयोजक देवकोटाले उद्घाेष गरे ।

नवयुवाहरुलाई विभिन्न सिपमुलक तालिम दिएर संगठित गर्ने , युवाहरुलाई आर्थिक रुपमा आत्मनिर्भर बनाउन याेजना केन्द्रित गर्ने, समाजवादकाे आधार तयार गर्न राजनीतिक, बैचारिक, सांगठानिक र साँस्कृतिक रुपान्तरणमा भेलाको एजेण्डा तथा छलफल केन्द्रित हुने वाईसीएलस्रोतले जानकारी गराएको छ ।

 

पुरा हेर्नुहोस्

उदयपुर । वाईसीएल नेपाल एक नम्बर प्रदेश समितिको कार्यालयको विस्तारित बैठक सम्पन्न भएकाे छ । नेकपा (माओवादी केन्द्र) काे केन्द्रीय सदस्य तथा वाईसीएल नेपालका संयोजक सुमन देवकोटाको प्रमुख आतिथ्यतामा प्रदेश समितिकाे बैठक सम्पन्न भएकाे हाे ।

वाईसीएल नेपाल एक नम्बर प्रदेश संयोजक डम्बर पुलामी "कर्म" को अध्यक्षतामा उदयपुर जिल्लाकाे गाईघाटमा सम्पन्न बैठकले प्रदेश भित्रका सबै जिल्लाहरूमा संगठनकाे सदस्यता वितरण गर्ने, दोस्रो राष्ट्रिय भेलाका लागि प्रतिनिधि छनौट गर्ने, विभागीय जिम्मेवारी हेरफेर गर्ने र आगामी भाद्र ३ र ४ गते काठमाण्डौँमा सम्पन्न हुने "दोस्रो राष्ट्रिय भेला" भव्य बनाउन आबश्यक पूर्व तयारी सम्पन्न गर्न मातहतका जिल्ला समितिहरुलाई बैठक /भेला आयाेजना गर्न निर्देशन दिएकाे छ ।

प्रदेश कार्यालयकाे विस्तारित वैठकमा संगठनका सह-संयाेजक सुबाेध श्रीपाली, केन्द्रीय नेता मिङ्मा डन्डु शेर्पा लगाएतका नेताहरुकाे उपस्थिति रहेकाे थियाे । 

पुरा हेर्नुहोस्

काठमाडौं । वाईसीएल नेपाल विशेष प्रदेश समितिकाे तेस्राे पुर्ण बैठक सम्पन्न भएकाे छ ।  माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा वाईसीएल नेपालका केन्द्रीय संयाेजक सुमन देवकोटाकाे प्रमुख आतिथ्यतामा उक्त प्रदेशकाे तेस्राे पुर्ण बैठक सम्पन्न भएकाे हाे ।

वाईसीएलका स्थायी समिति सदस्य तथा विशेष प्रदेशकाे संयाेजक ललित श्रेष्ठ अभियानकाे अध्यक्षता तथा संचालनमा सम्पन्न बैठकले भदौ ३ र ४ गते काठमाडौंमा आयाेजना हुने केन्द्रीय भेलालाई भब्यरुपमा सम्पन्न गर्न पुर्व तयारीमा लाग्न मातहतका नेता कार्यकर्तालाई निर्देशन समेत दिएकाे छ ।

विशेष प्रदेशकाे तेस्रो पुर्ण बैठकमा संगठनका केन्द्रीय सह-संयाेजक सुबाेध श्रीपाली, संगठन विभाग प्रमुख ज्ञानेन्द्र बहादुर गुरुङ 'कसम', विशेष प्रदेश ईन्चार्ज सुबित दुङ्गाना लगाएतका नेताहरुकाे उपस्थिति रहेकाे थियाे ।

पुरा हेर्नुहोस्

ललितपुर । नेकपा (माओवादी केन्द्र) को सहायक संगठन वाइसीएल नेपालको ललितपुर जिल्ला समन्वय समितिले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई पदमुक्त गर्न माग गरेको छ । ललितपुर  सिडिओ घनश्याम उपाध्याय मार्फत प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष पत्र पठाउदै गभर्नर अधिकारीलाई अविलम्ब पदमुक्त गर्न माग गरिएको छ ।

वाइसीएल नेपाल ललितपुर जिल्ला सचिव राेशन कार्की, संयोजक सुनिल देशार र इन्चार्ज धनकुमार मैनाली (अभिलाष) द्वारा हस्ताक्षर गरिएको पत्रमा  गभर्नर अधिकारीले नेकपा एमालेको अर्थ समितिमा रहेर पार्टीको इशारामा देशलाई टाट पल्टाउन खोजेको आरोप लगाइएको छ ।

प्रेषित पत्रमा राष्ट्र बैंकको प्रमुख पदमा बसी पार्टीको अर्थ विभागमा रहेर राष्ट्रको भन्दा पनि पार्टीको काममा बढी सक्रिय र दलको प्रभावमा परी दल विशेषको संंगठनात्मक जिम्मेवारी पदमा बसेर मुलुकको अर्थतन्त्र तहसनहस पर्ने प्रयास गर्नु र नेपाल श्रीलंका जस्तो हुँदैछ भनेर जनमानसमा त्रासको वातावरण सिर्जना गर्नु गभर्नरको पदीय मूल्य मान्यताविरुद्ध भएको ठहर गरिएको छ ।

साथै पत्रमा नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा २१ को व्यवस्था प्रतिकूल हुने गरी भएको अधिकारीको नियुक्तिको समेत बदर गर्न माग गरिएको छ ।

अधिकारीको विवादास्पद अभिव्यक्तिकै कारण शेयरबजारमा पनि प्रतिूकल असर परिरहेको, देशमा महँगी बढेको, उद्योग धन्दा धराशायी भएकाे अवस्थामा पनि हतियार खरिद गर्ने नेपाल सरकारकाे निर्णय अबिलम्ब फिर्ता गर्न लिगले जाेडदार माग गरेकाे छ । संविधान माथिकाे हमलाकुनै पनि हालतमा स्वीकार नभएकाेले तत्काल संवैधानिक परिषद् सम्बन्धि विधेयक फिर्ताकाे माग गरेकाे छ ।

महिला हिंसा बन्द गर्न समयनुकुल ऐन कानुन परिमार्जन गरि सबै खाले हिंसा तुरुन्त नियन्त्रण गर्न, किसानलाई समयमै मल उपलब्ध गराउन, विद्यार्थीलाई पाठ्य पुस्तक अविलम्ब उपलब्ध गराउन र विपद व्यबस्थापन तथा आकस्मिक उद्दार साथै युवाहरूकाे क्षमता अभिवृद्धिका लागि अनिवार्य १८ वर्ष देखि ४० वर्ष सम्मका युवाहरुलाई तालिमकाे व्यबस्था गर्न समेत ज्ञापनपत्र मार्फत ध्यानाकर्षण गराएकाे वाईसीएल नेपालका युवा नेता धनकुमार मैनालीले बताएका छन् ।

पुरा हेर्नुहोस्

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को सहायक संगठन योङ कम्युनिस्ट लिग नेपाल (वाइसिएल)ले विभिन्न माग राख्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएको छ । विभिन्न सातबुँदे माग राख्दै वाइसिएलले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको हो ।

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई पदमुक्त गरी छानबिनको दायरामा ल्याउन तथा नेपाल प्रहरीका लागि हतियार खरिदका लागि निकासा भएको बजेट खारेज गर्न वाइसिएलले माग गरेको छ। सरकारी अधिकारीहरू नै अर्थतन्त्रबारे नकारात्मक अभिव्यक्ति दिएर परिस्थिति भड्काउने षड्यन्त्रमा लागेका र सरकारका कतिपय निर्णयले त्यस्ता अभिव्यक्तिको मलजल गरिरहेको उसको आरोप छ ।

‘राज्यका उच्च निकायमा कार्यरत अधिकारीहरू नै ‘नेपाल श्रीलंका बन्न सक्न’ भन्ने खालका अत्यन्त नकारात्मक अभिव्यक्ति दिँदै देशमा निराशाको सञ्चार गरी परिस्थिति भड्काउने षड्यन्त्रमा छन् भने सरकारका तर्फबाट गरिएका कतिपय निर्णयले त्यस्ता अभिव्यक्तिको मलजल गरिरहेको छ। सरकारका यस्ता गतिविधि र निर्णय देशको हितको पक्षमा नभएकाले यसले दूरगामी रूपमा नकारात्मक प्रवृत्तिको बिजारोपण गर्छ,’ ध्यानाकर्षणपत्रमा उल्लेख छ ।

विश्वले नै आर्थिक संकटको सामना गरिरहेको र नेपालमा विदेशी डलरको सञ्चिति घटिरहेको समयमा हतियार खरिद गर्नु उपयुक्त नहुने भन्दै ध्यानाकर्षणपत्रमा भनिएको छ, ‘अर्थतन्त्रको जटिल परिस्थितिको सामना गरिरहेको परिस्थितिमा हतियार खरिदका निम्ति थप बजेटको व्यवस्था गर्नु राष्ट्रिय आवश्यकता र नागरक चाहना दुवै हुन सक्दैन।’

केपी ओली सरकारले संवैधानिक परिषद्लाई बुहमत/अल्पमतको थलोका रूपमा संकुचित गरी यससम्बन्धी व्यवस्थालाई अपव्याख्या गरेकाे तथा वर्तमान सरकारले समेत ओली सरकारकै पदचाप पछ्याएको भन्दै वाइसिएलले परिषद्सम्बन्धी विधेयक रोक्न माग गरेकाे छ। आफ्ना माग सम्बोधन नभए आन्दोलनमार्फत पूरा गर्न बाध्य हुने वाइसिएलको चेतावनी छ ।

पुरा हेर्नुहोस्

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को सहायक संगठन याेङ्ग कम्युनिष्ट लीग नेपाल  (वाईसीयल) ले स्थानीय तह निर्वाचनमा माओवादीको तर्फबाट निर्वाचित जनप्रतिनिधिहरूलाई सम्मान गरेको छ ।  

संगठनकाे केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा वाईसीयल इन्चार्ज दीपशिखाले नवनिर्वाचित जनप्रतिनिधिहरुलाई  चुनाव जित्नु सफलता हाेईन सफलता त ५ वर्षे कार्यकाल समाप्त भएर बाहिरीदै गर्दा मापन हुनेछ तसर्थ तपाईंहरुकाे दिन सुरु भएकाे छ । जनताको सेवामा लाग्न र सानो सानो कामले जनताको मन जित्न आग्रह गरे ।

साथै, जनप्रतिनिधिहरुको अग्नि परीक्षा सुरु भएको र यो परीक्षाको नतिजा आगामी चुनावमा देखिने भएकोले नतिजामा राम्रो अंकले पास हुने गरि काम गर्न आग्रह गरे।

देशभरबाट वाईसीयलका विभिन्न पदमा रही काम गरेका र हाल स्थानीय तह निर्वाचनमा माओवादी केन्द्रको तर्फबाट निर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान गरेको हो ।

कार्यक्रममा वाईसीयल संयोजक सुमन देवकोटाले स्थानीय तहमा युवाहरुको प्रतिनिधित्व बढाउनु पर्नेमा जोड दिए ।

 

पुरा हेर्नुहोस्

काभ्रे बनेपा नेकपा माओवादी केन्द्रकाे सहायक संगठन वाईसीएल नेपाल र विद्यार्थी संगठन अनेरास्ववियू (क्रान्तिकारी)ले मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)कोे विरोध गर्दै मशाल जुलुस निकालेका छन् ।

बुधबार वाईसीएल नेपाल काभ्रे जिल्ला समन्वय समिति र अनेरास्ववियू (क्रान्तिकारी) का नेता-कर्याकर्ताले  बनेपा स्थित चाँदनीचोकबाट मशाल जुलुस निकालेर चारदोबाटोमा पुगि समापन गरेका थिए ।

सो क्रममा प्रहरीलाई छल्दै चारदोबाटो पुगेका उनीहरुलाई प्रहरीले हस्तक्षेप गरेर मशाल निभाएको थियो । प्रर्दशनका क्रममा उनीहरुले राष्ट्रघाती एमसीसी खरेज गर ! राष्ट्रघाती दलालहरु होसियार ! अमेरिकी साम्राज्यवाद मुर्दावाद ! माओवादी केन्द्र जिन्दावाद ! वाईसीएल नेपाल जिन्दावाद ! अखिल क्रान्तिकारी जिन्दावाद ! जस्ता नाराहरु लगाएका थिए । उनीहरुले एमसीसीलाई कुनै पनि हालतमा पास हुन नदिन सदन, सरकार र सडकबाट संघर्ष थालेको र आवाज उठाएको बताए ।

वाईसीएल नेपालका केन्द्रिय सदस्य तथा काभ्रे जिल्लाका इन्चार्ज अविलाश लामा, संयाेजक प्रदिप याेन्जन,अनेरास्ववियू (क्रान्तिकारी) केन्द्रिय सदस्य तथा काभ्रेका इन्चार्ज दुधराज लामा, अध्यक्ष विजय लामाले कोणसभालाई सम्बोधन गर्ने क्रममा एमसीसी मुलुकको हित विपरीत रहेकाले यसलाई पारित गर्न नहुने बताएका छन् ।

मशाल जुलुसमा निस्किएका माओवादी निकट युवा विद्यार्थीले एमसीसी फिर्ता नभएसम्म आन्दोलन जारी रहने बताएका छन् । त्यस्तै उनीहरूले प्रधानमन्त्री शेर बहादुर देउवाविरुद्ध समेत नारा बाजीसमेत गरेका थिए ।

पुरा हेर्नुहोस्

ललितपुर । एमसीसीको विरोधमा प्रदर्शनमा उत्रिएका नेकपा माओवादी केन्द्रको सहायक संगठन  वाईसीएल नेपाल ललितपुर जिल्ला समन्वय समितिका संयाेजक शुनिल देशार घाइते भएका छन् । बानेश्वर स्थित संसद भवन अगाडि प्रहरीसँगको झडपका क्रममा प्रहरीको लाठी प्रहारबाट संयाेजक देशार घाइते भएका हुन् ।

यस्तै वाईसीएल नेपाल ललितपुर जिल्लाका नेताहरु दिपेन्द्र श्रेष्ठ, राजाराम बस्नेत, समीर थापा, कृष्ण मुरारी घिमिरे लगायत एक दर्जनभन्दा बढी अरु नेता तथा कार्यकर्ता समेत घाइते भएका छन् ।

उनीहरुको एभरेस्ट अस्पतालको आकस्मिक कक्षमा उपचार भइरहेको छ ।

प्रतिनिधिसभाको आइतबार दिउँसो १ बजेपछिको बैठकमा सरकारका तर्फबाट सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले एमसीसी संसद्‍मा टेबल गरेका छन् । लगत्तै आक्रोशित बनेका आन्दोलनकारीले बानेश्वर क्षेत्रमा आन्दोलन थप चर्काएका छन् ।

पुरा हेर्नुहोस्

ललितपुर । अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) काे बिरुद्धकाे विरोध प्रदर्शनको क्रममा वाईसीएल नेपालका संयाेजक सुमन देवकाेटाकाे टाउकाेका गम्भीर चाेट लागेकाे छ ।

अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) संसदमा टेबल गर्ने र पास गर्ने सडेत्रकाे विरुद्ध नेकपा माओवादी केन्द्रकाे सहायक संगठन वाईसीएल नेपाल र भातृ संगठन अखिल क्रान्तिकारीको संयुक्त आयाेजनामा भएकाे बिराेध प्रदर्शनकाे क्रममा प्रहरीसंगकाे झडपमा नेता देवकोटाको टाउकोमा गहिरो चोट लागेकाे हाे । संयाेजक देवकाेटासंगै एक दर्जन भन्दा बढी नेता-कार्यकर्ताहरु झडपकाे क्रममा घाईते भएकाे वाईसीएलका नेता संगठन विभाग प्रमुख ज्ञानेन्द्र बहादुर गुरुङ कशमले बताउनुभएकाे छ ।

संयुक्तरुपमा आयाेजित विराेध सभा ११ बजे सुरु भएर २ बजे काेण सभामा परिणत भै समापन भएकाे थियाे । संसदमा आज MCC टेबल नहुने भएकाले आजकाे विराेध प्रदर्शन समाप्त भएकाे र पुन सरकारकाे निर्णय हेरेर कुनै पनि हालतमा MCC पास हुन नदिन देशै भरी जस्ताेसुकै कडा कार्यक्रम आयाेजना गर्न पछि नहट्ने युवा नेता दिपशिखाले बताउनुभएकाे छ । 

विराेध प्रदर्शनमा माओवादी केन्द्रका नेताहरु कृष्ण के.सी.,रामप्रसाद सापकाेटा (दिपशिखा), वाईसीएल संयाेजक सुमन देवकोटा, सह-संयाेजक सुबाेध श्रीपाली, अखिल क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंह लगाएत हजारौं युवा विद्यार्थी नेता-कार्यकर्ताहरुकाे उपस्थिति रहेकाे थियाे । घाईते नेता देवकोटाकाे हेल्पिङ हस्पिटलमा उपचार भैरहेकाे छ ।

विराेध प्रदर्शनमा लगाईएका नाराहरु
१.GO back MCC !
२.राष्ट्रघातिहरु हाेसियार !
३.अमेरिकी साम्राज्यवाद मुर्दावाद !
४.विदेशी हस्तक्षेप बन्द गर !
५.विदेशी दलाल  हाेसियार !
६.MCC चाहिदैन देश बेच्न पाईदैन !

 

पुरा हेर्नुहोस्

ललितपुर । नेकपा (माओवादी केन्द्र)को सहायक संगठन योङ्ग कम्युनिष्ट लिग नेपाल YCL ललितपुर जिल्ला समन्वय समितको सचिवमा राेशन खड्का चयन भएका छन् । खड्का YCL नेपाल बागमती प्रदेश समिति सदस्य समेत हुन् ।

सर्वसम्मत रुपमा उनलाई जिल्ला कार्यसमितिको सचिवमा चयन गरिएको बागमती प्रदेश इन्चार्ज प्रकाशचन्द्र पाण्डे’प्रलोक’ले पुष्टि गरे । YCLले जिल्लामा संयाेज र सचिव बाहेक पदाधिकारी भने टुंगो लगाएको छैन । ललितपुर जिल्ला संयाेजकमा भने शुनिल देशार ले नै जिम्मेवारी पाएका छन् । देशार यस अघि पनि जिल्ला संयाेजककाे भुमिका मै थिए ।

ललितपुर जिल्लाबाट केन्द्रीय विभागहरुमा साँस्कृतिक विभाग सदस्यमा सानुराजा घिमिरे (राज), महिला विभाग सदस्यमा विमला आचार्य (प्रतिज्ञा) र न्याय तथा कानुन विभाग सदस्यमा सावित्री के.सी.चयन भएकाछन् ।

YCL नेपाल ललितपुरबाट संजय लामा, कुमार थापा, विजय स्याङ्तान, रामलाल थिङ, दिपक अधिकारी, समीर थापा, राजाराम बस्नेत, दिपेन्द्र शाही, शैलेश जाेशी (शनिस), गंगालाल श्रेष्ठ, उमंग के.सी. मंगलवार बागमती प्रदेश सदस्यमा मनोनित भएकाे समेत जानकारी गराइएको छ । यसैगरी प्रदेशकाे अनुशासन आयाेग सदस्यमा राजु घले, लेखा आयाेग सदस्यमा राकेश बज्राचार्य, निर्वाचन आयाेग सदस्यमा अमुल्य राना चयन भएका छन् । 

बागमती प्रदेश बिभागीय समितिको प्रमुखमा महिला विभाग प्रमुख डाेल्मा माया गाेले (ललित), खेलकुद विभाग प्रमुख गंगालाल श्रेष्ठ, साँस्कृतिक विभाग प्रमुख आईते तामाङ चयन भएकाछन् ।  भने प्रदेशका अन्य विभागहरुमा यस अघि नै चयन भएका नामावली अनुसार रहेकाे बताईएकाेछ । जुन यस प्रकार रहेकाे छ ।

१.संगठन विभाग प्रदेश सदस्य - पुण्य शाक्य
२.आर्थिक विभाग प्रदेश सदस्य - दिपेन्द्र देशार
३.प्रशिक्षण विभाग प्रदेश सदस्य- नवराज दाहाल 
४.प्रकाशन विभाग प्रदेश सदस्य  - गाेपी कार्की
५.कृषि तथा उत्पादन विभाग प्रदेश सदस्य-राहुल शाक्य्
६.घाईते याेद्धा सहिद परिपार विभाग प्रदेश सदस्य- मदन स्याङ्तान
७.पुर्व जनमुक्ति सेना विभाग प्रदेश सदस्य- राेशन कुमार कार्की 
८.खेलकुद विभाग प्रदेश सदस्य - चन्द्र घलान
९.न्याय तथा कानुन विभाग प्रदेश सदस्य -दिपेश के.सी.
१०.शिक्षा स्वास्थ्य तथा विज्ञान प्रविधि विभाग प्रदेश   सदस्य - पमिर तिमल्सिना, जिल्ला प्रमुख- रुपेश के.सी.
११.उद्योग/पर्यटन विभाग प्रदेश सदस्य - संरचना सिङ्तान
१२.याेजना तथा अनुसन्धान विभाग प्रदेश सदस्य - मनिस स्वाँर
१३.साँस्कृतिक विभाग प्रदेश सदस्य - प्रकाश थाेकर 
१४.स्वयमसेवक विभाग प्रदेश सदस्य- सुरेन्द्र स्याङ्तान
जिल्ला प्रमुख - सराेज महर्जन (पान)
१५.महिला बिभाग प्रदेश सदस्य-

YCL नेलाल ललितपुर जिल्लाको इन्चार्जमा भने यस अघि नै YCL नेपाल केन्द्रीय समितिले चयन गरेका धनकुमार मैनाली (अभिलाष) रहेका छन् । ईन्चार्ज मैनालीलाई प्रदेशको बैठकले अनुशासन आयाेगकाे प्रदेश प्रमुखकाे जिम्मेवारी समेत दिइएको छ । 

पुरा हेर्नुहोस्

ललितपुर । नेकपा माओवादी केन्द्रकाे सहायक संगठन याेङ कम्युनिष्ट लिग नेपाल, बागमती प्रदेश संयाेजकमा राजन गाैतम चयन भएका छन् । वाईसीएल नेपालले मंगलबार जारी गरेकाे सर्कुलर अनुसार संयाेजकमा  गाैतम चयन भएका हुन ।

संयाेजकमा चयनभएका नेता गाैतम तत्कालीन माओवादी पार्टीले संचालन गरेकाे १० वर्षे जनयुद्ध ताका स्थापना गरेकाे जनमुक्ति सेना नेपालका कम्पनी कमान्डर हुन् । तीन दर्जन भन्दा बढि साना तथा ठुला लडाई लडेका नेता गाैतम बम र गाेलि लागेर कयाैँ पटक घाईते समेत भएका थिए । उनका शरिरमा अझै पनि बमका छर्राहरु झिक्न बाँकि नै छ ।

वाईसीएल नेपालकाे स्थापना कालदेखि नै संगठनमा सक्रिय रहेका नेता गाैतम भुमिगत कालमा कमरेड राजनकाे नामले परिचित थिए । नुवाकाेट निवासी गाैतम पुन: दाेस्राे पटक वाईसीएल नेपाल बागमती प्रदेश संयाेजकमा चयन भएका हुन् । 

पुरा हेर्नुहोस्

ललितपुर । नेकपा माओवादी केन्द्रकाे सहायक संगठन याेङ कम्युनिष्ट लिग नेपाल, विशेष प्रदेश ईन्चार्जमा ज्ञान बहादुर  ढुङ्गाना 'सुवित' र संयाेजकमा ललित श्रेष्ठ 'अभियान' चयन भएका छन् । वाईसीएल नेपालले मंगलबार जारी गरेकाे सर्कुलर अनुसार ईन्चार्जमा ज्ञनन बहादुर ढुङ्गाना 'सुवित' र संयाेजकमा ललित श्रेष्ठ 'अभियान' चयन भएका हुन ।

विशेष प्रदेश ईन्चार्जकाे जिम्मेवारी पाएका दाेलखा जिल्ला स्थायी घर भएका नेता ढुङ्गाना याेङ्ग कम्युनिष्ट लिग नेपालकाे निवर्तमान केन्द्रीय सचिव हुन् । भने संयाेजकमा चयनभएका श्रेष्ठ  तत्कालीन माओवादी पार्टीले संचालन गरेकाे १० वर्षे जनयुद्ध ताका स्थापना गरेकाे जनमुक्ति सेना नेपालका कम्पनी कमान्डर हुन् । तीन दर्जन भन्दा बढि साना तथा ठुला लडाई लडेका श्रेष्ठ बम र गाेलि लागेर कयाैँ पटक घाईते समेत भएका थिए । उनका शरिरमा अझै पनि बमका छर्राहरु झिक्न बाँकि नै छ । उनी भुमिगत कालमा कमरेड अभियानकाे नामले परिचित थिए । सिन्धुपाल्चोक निवासी  श्रेष्ठ वाईसीएल नेपालका निवर्तमान विशेष प्रदेश संयाेजक हुन् ।

पुरा हेर्नुहोस्

ललितपुर । नेकपा माओवादी केन्द्रकाे सहायक संगठन याेङ कम्युनिष्ट लिग नेपालकाे संगठन विभाग प्रमुखमा जि.बि.गुरुङ चयन भएका छन् । वाईसीएल नेपालले मंगलबार जारी गरेकाे सर्कुलर अनुसार नेता गुरुङ संगठन विभाग प्रमुखमा चयन भएका हुन ।

संगठन विभाग प्रमुखकाे जिम्मेवारी पाएका नेता गुरुङ तत्कालीन माओवादी पार्टीले संचालन गरेकाे १० वर्षे ससस्त्र विद्राेह (जनयुद्ध ) ताका स्थापना गरेकाे जनमुक्ति सेना नेपालकाे व्रिगेड सह-कमाण्डर हुन । उनी जनमुक्ति सेनामा रहेर ४ दर्जन भन्दा बढि साना तथा ठुला लडाईहरु लडेका साहसि कमाण्डर हुन । उनीभुमिगत कालमा कमरेड कसमकाे नामले परिचित थिए । नेता गुरुङ वाईसीएल नेपालका निवर्तमान केन्द्रीय सचिव तथा बागमती प्रदेश ईन्चार्ज समेत थिए ।

त्यसैगरी वाईसीएल नेपालले अन्य १६ विभागकाे जिम्मेवारी पनि चयन गरेकाे छ । जुनयस प्रकार रहेकाे छ ।

१.अन्तराष्ट्रिय विभाग - रेसम महरा "राहुल"- प्रमुख
२. प्रशिक्षण विभाग - गणेश शाही"प्रकाण्ड सिंह"- प्रमुख
३.महिला विभाग      - मञ्जु बम - प्रमुख
४.कृषि तथा उत्पादन  - मिङ्मा डण्डु शेर्पा - प्रमुख
५.उद्योग पर्यटन          - उमेश घोरासैनि - प्रमुख
६.सांस्कृतिक विभाग     - नविन खड्का - प्रमुख
७.नीति तथा अनुसन्धान - नवराज ढुंगाना"विश्वास"- प्रमुख
८. प्रकाशन प्रचार प्रसार - पुष्प ओली"महेन्द्र"- प्रमुख
९.घाइते योद्धा सहिद परिवार - गोगन बहादुर मल्ल- प्रमुख
१०.पूर्व पि एल विभाग    - ठाकुर सौराग - प्रमुख
११.आइटी विभाग            - शिव पौडेल - प्रमुख
१२.श्रम तथा रोजगार        - नवराज एर - प्रमुख
१३.शिक्षा स्वास्थ्य तथा विज्ञान प्रविधि- दीपक डोटेल - प्रमुख
१४.खेलकुद विभाग - भरत पराजुली "राजेश" - प्रमुख
१५.श्वयेम सेवक विभाग - अकिल शाही - प्रमुख
१६.आर्थिक विभाग   - अरुण कुमार क्षेत्री - सचिव

पुरा हेर्नुहोस्

ललितपुर । नेकपा माओवादी केन्द्रकाे सहायक संगठन याेङ कम्युनिष्ट लिग नेपाल बागमती प्रदेश ईन्चार्जमा प्रकाश चन्द्र पाण्डे चयन भएका छन् । वाईसियल नेपालले मंगलबार जारी गरेकाे सर्कुलर अनुसार नेता पाण्डे बागमती प्रदेश ईन्चार्ज भएका हुन ।

नेता पाण्डे एकात्मक सामन्ती राज्य व्यबस्थाकाे अन्त सहित जातिय, क्षेत्रीय, लिङ्गिय,भाषिक र साँस्कृतिकरुपमा राज्यद्वारा उत्पिडनमा परेका जनताकाे मुक्ति सहित संघिय लाेकतान्त्रीक गणतन्त्र नेपाल स्थापनाकाे लागि तत्कालीन माओवादी पार्टीले संचालन गरेकाे १० वर्षे जनयुद्धमा सरकारी जागिर  छाडेर युद्धमा हाेमिएका थिए ।

बागमती प्रदेश ईन्चार्जमा चयन भएका नेता पाण्डे जनयुद्ध ताका कमरेड प्रलाेककाे टेक नामले चिरपरिचित थिए । उनी जनमुक्ति सेना नेपालकाे सदस्य हुदै वटालीयन कमाण्डर सम्म भए र चार दर्जन भन्दा बढि छापामार र माेर्चाबन्दी लडाईहरु लडेका साहसिक कमान्डर हुन् । उनकाे शरिरमा अझै पनि बम र गाेलीका छर्राहरु निकाल्न बाँकी छ ।

जनताकाे ठुलाे त्याग र बलिदानीबाट प्राप्त उपलब्धिलाई नै उल्याउने केपी ओलीकाे प्रतिगमनकारी र अलाेकतान्त्रीक कदमकाे विरुद्ध माओवादी केन्द्रले आवहान गरेकाे देश व्यापी आन्दाेलन उत्कर्षमा पुग्दै गर्दा पुर्व प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष प्रचण्डकाे सुरक्षा कटाैती गर्ने निर्णय गर्दै केपी ओली सरकारले सुरक्षार्थ प्रहरी फिर्ता बाेलाएर सुरक्षा चुनाैति थपिएकाे अवस्थामा पार्टी अध्यक्ष र हेडक्वाटरकाे सुरक्षा प्रमुखकाे जिम्मेवारी नेता पाण्डेले समालेका थिए ।

वाईसीएल नेपालकाे केन्द्रीय सचिवकाे जिम्मेवारी समालिसकेका नेता पाण्डे युवा माझ लाेकप्रिय रहेकाे वाईसीएल नेपालका केन्द्रीय सदस्यले बताए 

पुरा हेर्नुहोस्

ताजा समाचार


रामेछापका पाण्डेद्वारा अफ्रिकाको सर्वोच्च शिखर किलिमञ्जारोको सफल आरोहण

१५ कात्तिक, काठमाडौं । रामेछाप निवासी युवा पर्वतारोही प्रकाशराज पाण्डेले अफ्रिकाको सर्वोच्च शिखर किलिमञ्जारो सफल आरोहण गरेका छन्। यही अक्टुबर ३१ तारिखका दिन बिहान ६स्ः४० बजे उनले तान्जेनियाको किलिमाञ्जारो हिमाल आरोहण‍ गरेका हुन्। पाण्डेले किलिमञ्जारोमा नेपालको राष्ट्रिय झण्डासमेत फहराएका छन् । उक्त हिमाल पाँच हजार ८ सय ९५ मिटर अग्लो छ। पर्वतारोही पाण्डेले आधार शिविरबाट तीन दिनमा आरोहण पूरा गरेको रामेछाप न्युजलाइ बताए ।

पाण्डेले सातै महादेशका उच्च हिमाल आरोहण गरी सेभेन समिट पूरा गर्ने लक्ष्यका साथ गत जुन २९ तारिखका दिन बिहान ९ बजे युरोपको सर्वोच्च शिखर रुसमा रहेको माउन्ट एलब्रस हिमाल पनि आरोहण गरेका थिए। उनले यस अगाडि सगरमाथा, मनास्लु, आमादब्लमलगायत नेपालका ६ वटा हिमालको सफल आरोहण गरिसकेका छन् । सात वटा महादेशका अग्ला हिमाल चढ्ने तयारी गरिरहेका पाण्डेले सबैभन्दा पहिला युरोपकै अग्लो हिमाल रुसको माउन्ट एल्ब्रसबाट आफूले अभियान सुरु गरेकोगरेको बताए । 

हाल पाण्डेले अफ्रिकाको सर्वोच्च शिखर किलिमञ्जारोको पनि सफल आरोहण गरेका छन् । उनी गत अक्टुबर २३ मा आरोहरणका लागि नेपालबाट त्यसतर्फ प्रस्थान गरेका थिए।रामेछाप लिखु तामाकोसी गाउँपालिका निवासी पाण्डेले सात वटै प्रदेशका उच्च हिमाल आरोहण गरेर विश्व रेकर्ड कायम गर्ने उद्देश्य लिएका छन्।



पुरा हेर्नुहोस्

महासचिव कार्की २८ औं टफिसा विश्व कंग्रेसमा सहभागी हुन जर्मनी प्रस्थान

महासचिव कार्की २८ औं टफिसा विश्व कंग्रेसमा सहभागी हुन जर्मनी प्रस्थान काठमाडौं । नेपाल विद्यालय खेलकुद महासंघका महासचिव राजकुमार कार्की जर्मनीको डुसेलडोर्फमा हुने २८ औं टफिसा विश्व कंग्रेसमा सहभागी हुन जर्मनी प्रस्थान गरेकाछन् । राष्ट्रिय खेलकुद परिषदमा आयाेतित एक औपचारीक कार्यक्रम विच परिषदका उपाध्यक्ष शिव काेईराला (ज्वाला) ले महासचिव कार्कीलाई विदाई गर्नुभएकाे थियाे ।

२८ औं टफिसा विश्व कंग्रेसमा सहभागी भए पश्चात् स्पेनको मेड्रिडमा हुने मुभ कंग्रेस र इन्टरनेसनल स्पोर्ट एन्ड कल्चर एशाेसिएसन (इस्का) को साधारण सभामा समेत सहभागी हुने कार्यक्रम रहेकाे महासचिव कार्कीकाे सचिवालयले जनाएकाे छ ।



पुरा हेर्नुहोस्

नेपाली कुस्ती टोलीले भारतमा प्रशिक्षण गर्ने

काठमाडौं । चीनको हाङझाउमा हुने १९औं एसियाली खेलकुदको थप तयारी गर्न नेपाली कुस्ती टोली वैदेशिक प्रशिक्षणका लागि भारतको उत्तर प्रदेश जाने भएको छ ।
४ खेलाडीसहित ५ सदस्यीय टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव टंकलाल घिसिङले आइतबार बिदाइ गरे ।

भारत जान लागेका चारै खेलाडी १३ औं दक्षिण एसियाली खेलकुदका पदक विजेता हुन् । एसियाली खेलकुदमा पुरुषतर्फ सुरेश चुनारा (७४ केजी) र राज यादव (१ सय २५ केजी) तथा महिलातर्फ शिवाङगी दुवे (५७ केज) र सुशिला चन्द (६२ केजी)  ले नेपालको प्रतिनिधित्व गर्नेछन् । 

 १३ औं सागमा सुरेश र राजले कांस्य तथा बाँकी दुई खेलाडीले रजत जितेका थिए । टोलीको प्रशिक्षकमा मुमताज अली इद्रिसी छन् ।

टोली सोमबार काठमाडौंबाट नेपालगन्ज जाने छ । नेपालगन्जमा एक साताको प्रशिक्षणपछि टोली उत्तर प्रदेश जाने छ । उत्तर प्रदेशको नन्दनीनगरस्थित टाटा मोटर्स एकेडेमीमा भदौसम्म गर्ने  प्रशिक्षण मुख्य प्रशिक्षक इद्रिसीले जानकारी गराए ।

खेलाडी सुरेशले पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगिताको तयारीका लागि वैदेशिक प्रशिक्षणमा जान पाउदा सबै खेलाडी उत्साहित भएको प्रतिकृया दिए ।
 



पुरा हेर्नुहोस्


२६ जना सहसचिवको सरुवा (सूचीसहित)

काठमाडौँ, ७ साउन ।  संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २६ जना सहसचिवहरुको सरुवा गरेको छ ।

एक प्रमुख जिल्ला अधिकारी र दुई महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतसहित आइताबार मन्त्रालयले २६ जना सहसचिवको सरुवा निकालेको हो ।

जाजरकोटका प्रमुख जिल्ला अधिकारी रामकुमार महतोको संघीय मामिला मन्त्रालयमा सरुवा भएको छ । यस्तै ललितपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालको गृह मन्त्रालयमा सरुवा भएको छ ।

अर्यालको ठाउँमा पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विरेन्द्रदेव भारती आएका छन् । पोखरा महानगरपालिकामा कर्णाली प्रदेशको अर्थ सचिव श्याम कृष्ण थापा सरुवा भएका छन् ।

हेर्नुस सूची

पुरा हेर्नुहोस्


रामेछापका पाण्डेद्वारा अफ्रिकाको सर्वोच्च शिखर किलिमञ्जारोको सफल आरोहण

१५ कात्तिक, काठमाडौं । रामेछाप निवासी युवा पर्वतारोही प्रकाशराज पाण्डेले अफ्रिकाको सर्वोच्च शिखर किलिमञ्जारो सफल आरोहण गरेका छन्। यही अक्टुबर ३१ तारिखका दिन बिहान ६स्ः४० बजे उनले तान्जेनियाको किलिमाञ्जारो हिमाल आरोहण‍ गरेका हुन्। पाण्डेले किलिमञ्जारोमा नेपालको राष्ट्रिय झण्डासमेत फहराएका छन् । उक्त हिमाल पाँच हजार ८ सय ९५ मिटर अग्लो छ। पर्वतारोही पाण्डेले आधार शिविरबाट तीन दिनमा आरोहण पूरा गरेको रामेछाप न्युजलाइ बताए ।

पाण्डेले सातै महादेशका उच्च हिमाल आरोहण गरी सेभेन समिट पूरा गर्ने लक्ष्यका साथ गत जुन २९ तारिखका दिन बिहान ९ बजे युरोपको सर्वोच्च शिखर रुसमा रहेको माउन्ट एलब्रस हिमाल पनि आरोहण गरेका थिए। उनले यस अगाडि सगरमाथा, मनास्लु, आमादब्लमलगायत नेपालका ६ वटा हिमालको सफल आरोहण गरिसकेका छन् । सात वटा महादेशका अग्ला हिमाल चढ्ने तयारी गरिरहेका पाण्डेले सबैभन्दा पहिला युरोपकै अग्लो हिमाल रुसको माउन्ट एल्ब्रसबाट आफूले अभियान सुरु गरेकोगरेको बताए । 

हाल पाण्डेले अफ्रिकाको सर्वोच्च शिखर किलिमञ्जारोको पनि सफल आरोहण गरेका छन् । उनी गत अक्टुबर २३ मा आरोहरणका लागि नेपालबाट त्यसतर्फ प्रस्थान गरेका थिए।रामेछाप लिखु तामाकोसी गाउँपालिका निवासी पाण्डेले सात वटै प्रदेशका उच्च हिमाल आरोहण गरेर विश्व रेकर्ड कायम गर्ने उद्देश्य लिएका छन्।

पुरा हेर्नुहोस्


विवादित संवाद हटाएपछि ‘आदिपुरुष’ले पायो नेपालमा प्रदर्शन अनुमति

काठमाडौं । अन्ततः विवादित संवाद फिल्मबाट हटाइएपछि नेपाली सेन्सर बोर्डले दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’लाई प्रदर्शन अनुमति दिएको छ । बिहीवार राती ८ बजे सेन्सर बोर्डका अध्यक्ष अनिलकुमार दत्तले हस्ताक्षर गरेको अनुमति पत्र वितरकलाई दिएका हुन् ।

फिल्ममा समावेश ‘जानकी भारतकी छोरी हुन्’ भन्ने वाक्यमा आपत्ति जनाउँदै बिहीवार अपरान्ह बोर्डले प्रदर्शन अनुमति दिन अस्वीकार गरेको थियो । भारतीय वितरकले फिल्मबाट विवादित वाक्य हटाएर नेपाल पठाएपछि मात्र बोर्डले अनुमति दिएको हो ।

सेन्सर बोर्डको अनुमतिपछि ‘आदिपुरुष’ शुक्रबार नेपालमा रिलिज हुने पक्का भएको छ । तर, काठमाडौं महानगरका मेयर बालेन शाहको फेसबुक स्टाटसले भने संशय पैदा गराएको छ । उनले भारतमा समेत उक्त विवादित वाक्य तीन दिनभित्र नहटाए कुनै पनि हिन्दी फिल्म काठमाडौं महानगरमा प्रदर्शन अनुमति नदिने उल्लेख गरेका छन् ।

बालेनको सचिवालयले पनि आफूहरुले तीन दिन प्रतीक्षा गर्ने तर उक्त वाक्य हटाएर माफी नमागेसम्म काठमाडौंमा कुनैपनि हिन्दी फिल्म प्रदर्शन गर्न अनुमति नदिने र सबै हललाई यसबारे पत्राचार गरिने उल्लेख गरेको छ । प्रभास र कृति सेनन स्टारर आदिपुरुष रामायणको कथावस्तुमा आधारित छ । यो फिल्मलाई नेपालमा ब्यांकटेस इन्टरटेनमेन्टले रिलिज गर्न लागेको हो ।

पुरा हेर्नुहोस्