मुख्य पृष्ठ हटलाइन समाचार शिक्षा / स्वास्थ्य राजनिती खेलकुद समाज अपराध अर्थ / व्यापार अन्तराष्ट्रिय भिडियो लेख तथा रचना

कृषि तथा सहकारी


ललितपुर । ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघकाे २८ औं साधारण सभाबाट पुन: अध्यक्षमा रामहरि बजगाई निर्वाचित भएकाे छ । अध्यक्षमा बिजयी भएका बजगाईले २२५ मत ल्याएका थिए । भने उनका प्रत्यासी उम्मेदवार नरेन्द्र महर्जनले १३३ मत ल्याएका थिए ।

बरिस्ठ उपाध्यक्ष, उपाध्यक्ष र काेषाध्यक्षमा रामहरि बजगाई प्यानलकै उम्मेदवारहरु क्रमश: करुणारत्न बज्राचार्य २३३ मत, लक्ष्मी शाक्य २३८ मत र वसन्त माली २०४ मत ल्याई बिजयी भएका छन् । सचिवमा भने स्वतन्त्र उम्मेदवार श्यामकृष्ण महर्जन १९२ मत ल्याई बिजयी भए । स्वतन्त्रमा उम्मेदवारमा बियय भएका महर्जन यस अघिकाे कार्यकालमा पनि संघका सचिव थिए ।

संघकाे संचालकमा
१. सानुकाजी महर्जन २५३ मत
२. रमिला महर्जन २४५ मत
३. सरिता महर्जन अवाले २४२ मत
४. नवराज बस्ताकाेटी २१९ मत
५.  उर्मिला सापकोटा शाक्य २१२ मत
६.  बिनाेद महर्जन २०३ मत
७. कृष्ण देशार २०३ मत
८. राजेन्द्र घिमिरे १९७ मत
९. देवेन्द्र श्रेष्ठ १९३ मत
१०. राजकृष्ण महर्जन १८२ मत
मत ल्याई बिजयी भएका छन् ।

लेखा सुपरिवेक्षण संयाेजक सानुकाजी महर्जन २३५ मत ल्याई बिजयी भए ।  भने सदस्यमा लक्ष्मी श्रेष्ठ १८४ कान्छा बज्राचार्य २१८ मत ल्याई बिजयी भएकाे निर्वाचन समितिका संयाेजक लक्ष्मण महर्जनले बताए ।

ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघमा ४ सय ८१ वटा सहकारी संस्था सदस्य छन् । त्यसमध्ये ३ सय ६८ वटा प्रतिनिधि साधारण सभामा सहभागी  भएकाेमा ३ सय ६३ मत मात्र खसेकाे थियाे । ७ वटा विद्युतिय मतदानबाट मतदान भएकाे थियाे ।

ललितपुर महालक्ष्मीस्थान स्थित डिलाईट पार्टी प्यालेसकाे सभा हलमा राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कडेलकाे प्रमुख आतिथ्यतामा संघकाे २८ औं साधारण सभा सम्पन भएकाे थियाे ।

पुरा हेर्नुहोस्

ललितपुर । ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघकाे २८ औं साधारण सभाबाट पुन: अध्यक्षमा रामहरि बजगाई निर्वाचित भएकाे छ । अध्यक्षमा बिजय भएका बजगाईले २२५ मत ल्याएका थिए भने प्रत्यासी उम्मेदवार नरेन्द्र महर्जनले १३३ मत ल्याएका थिए ।

ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघमा ४ सय ८१ वटा सहकारी संस्था सदस्य छन् । त्यसमध्ये ३ सय ६८ वटा प्रतिनिधि साधारण सभामा सहभागी  भएकाेमा ३ सय ६३ मत मात्र खसेकाे थियाे । ७ वटा विद्युतिय मतदानबाट मतदान भएकाे थियाे ।

ललितपुर महालक्ष्मीस्थान स्थित डिलाईट पार्टी प्यालेसकाे सभा हलमा राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कडेलकाे प्रमुख आतिथ्यतामा संघकाे २८ औं साधारण सभा सम्पन भएकाे थियाे ।

पुरा हेर्नुहोस्

संघमा चुनावी सरगर्मी : बजगाई र महर्जनको प्यानलसहित भिडन्त भाेटिङ हुँदै 

ललितपुर । ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघकाे २८ औं साधारण सभा संघका अध्यक्ष रामहरि बजगाईकाे अध्यक्षतामा राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कडेलकाे प्रमुख आतिथ्यतामा महालक्ष्मीस्थान स्थित डिलाईट पार्टी प्यालेसकाे सभाहलमा सुभारम्भ भएकाे छ । 

संघका सचिव श्यामकृष्ण महर्जनकाे संचालनमा सुभारम्भ भएकाे उद्घाटन सत्रमा विशेष अथितिकाे रुपमा राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष ओमदेवी मल्ल, सहकारी अभियानका नेतृत्वकर्ताहरु रामप्रसाद आचार्य, केदार गाेर्खाली, रामशरण बस्नेत, कृष्ण सापकोटा, अम्बिका थापा, राेहिणी जाेशी, चन्द्रलाल डंगाेल, तेज प्रसाद बजगाई लगाएतका व्यक्तिहरुकाे उपस्थिति रहेकाे थियाे ।

उपस्थित सम्पूर्ण व्यक्तित्वहरुलाई  संघका बरिस्ठ उपाध्यक्ष करुणाराज बज्राचार्यले स्वगत मन्तब्यद्वारा स्वागत गरेका थिए । सर्वसम्मत नेतृत्व चयनकाे कसरत टुङ्गिएकाले नयाँ नेतृत्व चयनका लागि चुनाब हुने निश्चित भएकाे छ ।

सहकारी चुनावी सरगर्मी सुरु भएको छ । सहमतिमा नेतृत्व छनोट गर्ने प्रयास भएपनि वर्तमान अध्यक्ष रामहरी बजगाई र सञ्चालक नरेन्द्र महर्जनले प्यानलसहित उम्मेदवारी दिएपछि चुनाव हुन लागेको हो । संघको भदौं २७ गते आज हुने २८ औं वार्षिक साधारणसभाले नयाँ नेतृत्व चयन गर्नेछ । 

समाचार स्रोतका अनुसार बजगाईले महर्जनलाई वरिष्ठ उपाध्यक्ष वा सचिव बन्नका प्रस्ताव गरेका थिए । तर, महर्जनले अघिल्लो पटकको साधारणभामै सचिव छोडेको भन्दै यसपाली अध्यक्ष नै चाहिने अडान लिएपछि सहमति हुन सकेन ।

बजगाईको प्यानलबाट वरिष्ठ उपाध्यक्षमा करुणारत्न बर्जाचार्य, उपाध्यक्षमा लक्ष्मी शाक्य, सचिवमा दिपक घिमिरे र कोषाध्यक्षमा बसन्त माली छन् ।

यस्तै महर्जनको प्यानलमा वरिष्ठ उपाध्यक्ष कर्ण देसार, उपाध्यक्षमा उजला बज्राचार्य शाक्य, सचिवमा राजु ताम्राकार र कोषाध्यक्षमा विभोषण शाक्य छन् । अध्यक्षका उम्मेदवारमध्ये बजगाई सहकारी अभियानमा पूरानो, अनुभवी र खारिएका व्यक्ति मान्छिन् ।

उनको प्यानलमा रहेका पदाधिकारीको संस्था समेत ठूला र अब्बल रहेको बजगाई बताउँछन् । ‘सहमतिका लागि अन्तिमसम्म बसियो तर उहाँहरु सहमतिमा जान मान्नुभएन, पहिल्यैदेखि तयारी रहेछ ।’ उनले भने, ‘बाँकी काम पूरा गर्न एक कार्यकालमा नेतृत्व गर्ने चाहाना गरेको छु।’ यो कार्यकालमा रचनात्मक काम गरेको र आगामी कार्यकालमा अझ राम्रोसँग काम गर्ने उनको दावी छ। 

बजगाईले संघबाट आधुनिक ब्यवस्थापन सहित बित्तिय सेवा दिने, ५५ करोडको कारोबारलाई २ अर्ब १२ करोड पुर्याउने, नियमित शिक्षा तालिम तथा नियमन निकायसँग बहस पैरवी गर्ने योजना रहेको बताए ।

यस्तै स्थानीय सरकारसँग साझेदारी कार्यक्रम, समस्याग्रस्त सहकारीमा बिज्ञ सहित आर्थिक सहायता, चुस्त  अनुगमन, न्यायोचित कार्य बिभाजन र उपसमिति परिचालन, बित्तिय  साक्षरता कार्यक्रम, नीति विधि र प्रविधि मैत्री संस्था निर्माणमा जोड दिने उनको योजना छ । 

यसैगरी संस्था एकीकरण प्रक्रियामा जोड, सुशासनका लागि सञ्चालकहरुको क्षमता अभिवृद्दि गर्ने, अन्तर जिल्ला समन्वय क्रियाकलाप, बैक नेफ्सकुन र बचत संघबिच समन्वयात्मक कार्यक्रम, जिल्ला संघ र बिषयगत  संघसँग अन्तरंग बहस पैरवी, न्यायोचित  संस्था सम्मान  तथा प्रोत्सान कार्यक्रम, निरन्तर सहकारी अभियानको पहरेदार, निशुल्क प्रशिक्षणलगायतका काम गर्ने बजगाईको योजना छ ।

अध्यक्षका अर्का दावेदार महर्जन आफुले नेतृत्व गर्दा सहकारीमा समस्या सम्बोधन गर्न पहल गर्ने, तरलता अभाव हटाउने बताउँछन् । ‘केही खराब संस्था पनि छन्, भ्रम चिर्न नसक्दा पनि सबै सहकारी समस्यामा छन्’ उनले भने, ‘सहकारीको बदमासी रोक्दै सुशासन ल्याउन मेरो पहल हुनेछ ।’

संघको वर्तमान नेतृत्वले काम गर्न नसकेकाले आफुले नेतृत्व गर्न लागेको पनि उनले दावी गरे । ‘नेतृत्वले धेरै काम गर्न सक्थ्यो तर खासै केही काम गरेन’ उनले भने । बचत संघमा ४ सय ८१ वटा सहकारी संस्था सदस्य छन् । त्यसमध्ये ३ सय ६८ वटा प्रतिनिधि रहेका छन् ।

पुरा हेर्नुहोस्

ललितपुर । २०७८ बैसाख ३० गते सम्पन्न स्थानीय तहकाे निर्वाचनमा ललितपुर महालक्ष्मी नगरपालिका ५ वडा अध्यक्षमा निर्वाचित कपिल केसीलाई आधारशिला बचत तथा ऋण सहकारी संस्थाले सम्मान गरेकाे छ ।

वडा अध्यक्षमा निर्वाचित अधिवक्ता कपिल केसी २०७१ साल साउन २ गते बाट संस्थाकाे सेयर सदस्यकाे रुपमा आबद्ध भै साेही साल भदाै १ गते देखि संचालन समिति सदस्य भएका थिए । संस्थाकाे नबाैँ साधरण सभाबाट संचालन समितिकाे उपाध्यक्षमा निर्वाचित भै ४ वर्षे कार्यकाल पूरा गर्दै २०७७ अाश्विन ३ गते सम्पन्न दशाैँ साधरण सभाबाट संस्थाकाे अध्यक्षमा निर्वाचित भएका थिए । अध्यक्षमा निर्वाचित भए पश्चात् सहकारी भवन निर्माण गर्ने देखि लिएर संस्थालाई उत्कृष्ट र सफल बनाउन विभिन्न महत्त्वपूर्ण र एतिहासीक कार्य गर्न सफल भएकाे साे संस्थाका कार्यकारी निर्देशक इन्द्र श्रेष्ठले बताए ।

आधारशिला बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष  अधिवक्ता कपिल केसी गत बैसाख ३० मा सम्पन्न स्थानीय चुनावमा वडा अध्यक्षमा निर्वाचित भए पश्चात् अध्यक्ष केसीले सार्वजनिक पदमा निर्वाचित भएको कारण देखाई  प्रचलित सहकारी ऐन कानुन अनुसार संचालक अध्यक्ष पदबाट दिएकाे राजीनामा संस्थाकाे आजकै बैठकबाट स्विकृत गरी आगामी साधारण सभा सम्मलाई उपाध्यक्ष प्रेम ब कार्कीलाई कार्यवाहक अध्यक्ष तोक्ने र निवर्तमान  अध्यक्ष एवं वडाध्यक्ष कपिल के.सी. लाई सल्लाहकार सदस्यमा नियुत्त गर्ने निर्णय समेत गरेकाे छ ।

संस्थाले निवर्तमान अध्यक्ष कपिल के.सी महालक्ष्मी न.पा.को वडा नं.५ को वडाध्यक्षमा निर्वाचित भएकोमा संस्थाको तर्फबाट सम्मान पत्र, मायाकाे चिनाेबाट सम्मान सहित हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना समेत व्यक्त गरेकाे छ ।

पुरा हेर्नुहोस्

ललितपुर । सम्माननीय उपराष्टपति नन्द बहादुर पुनकाे प्रमुख आतिथ्यतामा ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडकाे  चाैथाे ललितपुर साकाेस समिट-२०७८ सुरु भएकाे छ ।

चाैथाे ललितपुर साकाेस समिटकाे उद्घाटन सम्माननीय उपराष्ट्रपति नन्द बहादुर पुनले पानसमा दीप बालेर सुभारम्भ गर्नु भएकाे थियाे । कार्यक्रममा विशिष्ट अथितिकाे रुपमा नेपाल सरकारका उर्जा, जलस्रोत तथा सिचाई मन्त्री माननीय पम्फा भुषाकाे  उपस्थिति रहेकाे थियाे ।

चाैथाे साकाेस समिट कार्यक्रममा सम्माननीय उपराष्टपति पुनले ३ दिने समिटकाे भब्य सफलताकाे शुभकामना दिनुहुदै नेपाली जनताले राजनैतिक परिवर्तनका लागि झण्डै सात दशक लामाे संघर्ष गरे सबै खालका क्रान्ति तथा आन्दाेलनबाट नेपालमा गणतन्त्र, संघियता धर्म निरपेक्षता, सामाजिक न्याय सहितकाे समानुपातिक समावेशी ब्यवस्थालाई नयाँ संविधानले संस्थागत गरेकाे छ । नयाँ संविधान मार्फत प्रतेक नेपाली जनताकाे आर्थिक सामाजिक रुपान्तरण सहित सुन्दर र समृद्ध समाज निर्माणकाे परिकल्पना गरेकाे बताउनुभयाे ।
शाेषण रहित समाज निर्माण गर्न, राष्ट्रिय अर्थतन्त्रलाई आत्मनिर्भर स्वतन्त्र  तथा उन्नतिशील बनाउदै समाजवाद प्रति प्रतिबद्ध, समाजवाद उन्मुख स्वतन्त्र र समृद्ध अर्थतन्त्रको विकास गर्ने राज्यकाे आर्थिक उद्देश्य हाे । त्यसका लागी सरकारले  सार्वजनिक, निजि र सहकारी क्षेत्रकाे सहभागी रहने गरि तीन खम्बे अर्थ नीति लिएकाे कुरा सबैलाई जानकारी रहेकाे बताउनु भयाे । 

सार्वजनिक, निजी र सहकारी क्षेत्रकाे सहभागी तथा  विकास मार्फत उपलब्ध साधन स्राेतकाे अधिकतम परिचालन गरि तिब्र आर्थिक वृद्धि हासिल गर्दै दिगाे आर्थिक विकास गर्ने र न्यायाेचित बितरण गरी आर्थिक असमानताकाे अन्त गर्दै समाजवाद उन्मुख अर्थतन्त्रको विकास गर्ने लक्ष्य रहेकाे बताउनुभयाे ।

नेपाल सरकारले बाेकेकाे आकांक्षाहरुलाई पूरा गर्ने तीन खम्बा मध्य एक खम्बा सहकारी हाे । जसकाे विषयमा यहाँ धेरै चर्चापरिचर्चा भईसकेकाे  छ । याे कुरा सार्वभौम नयाँ संविधानमा पनि उल्लेख छ । देशकाे अर्थतन्त्र विकासकाे लागि सहकारी एउटा मेरुदण्ड हाे ।देशमा भएका विभिन्न प्रकारका सहकारी मध्य बचत तथा ऋण सहकारी साकाेस हाे । बचत तथा ऋण सहकारीहरु सदस्यहरुकाे बैंककाे रुपमा स्थापीत छ ।तसर्थ याे समुदायकाे बैंक हाे । सहकारी आफ्नै सदस्यहरुकाे पहुच र चाहान अनुरुप निर्भिक रुप संचालनहुने हुदा सदस्यहरुकाे सुख दुखकाे सारथिहरु पनि हुन् । सहकारीले देशकाे अर्थतन्त्र विकासका लागि धेरैठुलाे भुमिका निर्वाह गर्दै आएकाे छ । स-साना पुँजीहरु एकिकृत गर्ने र लगानी गर्ने विशेषता भएकाे सहकारी बाट लाखौं नेपालीहरु लाभान्वित भएकाे बताउनुभएकाे थियाे ।

समाजवाद उन्मुख अर्थतन्त्रकाे विकास गर्न, समाजवाद प्रतिकाे प्रतिबद्धता पूरा गर्न र समृद्ध राष्ट्र निर्माण गर्न सहकारी क्षेत्रकाे विकास गर्नुकाे विकल्प नभएकाे र सहकारी प्रति जनताकाे विश्वास बढ्दाे छ याे विश्वासलाई टिकाई राख्न र सहकारी मार्फत जनताकाे आर्थिक  सामाजिक सामाजिक जिवनमा परिवर्तन ल्याउन राज्यले सहकारीलाई गर्दै आएकाे प्राेत्साहन सराहनीय भएकाे र त्यसलाई अझै बढाउनु पर्नेमा सम्माननीय उपराष्ट्रपति पुनले जाेडदिनुभएकाे थियाे ।

कार्यक्रमका विशिष्ट अतिथि माननीय मन्त्री भुषालले काेभिड-१९ काे बिकराल अबस्थामा पनि निरन्तर जनताकाे सुख-दु:खमा सहयात्री बनी जनताकाे सेवामा निरन्तर अघिबढ्ने कार्य एकदमै सराहनीय रहेकाे बताउनु भयाे । मन्त्री भुषालले समाजवादकाे आधार तयारकाे महत्वपूर्ण खम्बा सहकारी क्षेत्र नै रहेकाे समेत बताउनुभयाे ।

मन्त्री भुसालले बिधुत्तिय चुलाे, विधुत्तिय सवारी साधन खरीद गरि प्रयाेग गरी राष्ट्रिय पुँजीलाई बाहिर जान राेक्न समेत अपिल गर्नुभयाे । सहकारीकाे आबश्यकता अनुसार सधै साथ रहने बताउनु भयाे ।

बागमती गाउँपालिका अध्यक्ष वीर बहादुर लाेप्चन, काेन्जाेसाेम गाउँपालिका अध्यक्ष गाेपिलाल सिङ्तान, नेप्सुनका अध्यक्ष परिताेस पाैडेल, सहकारी विभागका रजिस्ट्रार झलकराम अधिकारी, गाेदावरी नगरपालिका का मेयर गजेन्द्र महर्जन, राष्ट्रिय सहकारी बैंकका अध्यक्ष के बी उप्रेती, राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कडेल लगाएतले सफलताकाे शुभकामना सहित शुभकामना मन्तव्य राख्नुभएकाे थियाे ।

संघका बरिस्ठ उपाध्यक्ष करुणारत्न बज्राचार्यले कार्यक्रममा उपस्थित प्रमुख अतिथि, विशिष्ट अतिथि, अतिथि र उपस्थित सम्पूर्ण सहभागी प्रतिनिधिहरुलाई शब्दद्वारा स्वागत गर्नुभएकाे थियाे । साथै कार्यक्रममा कुमारी चरीया नित्य समेत प्रस्तुत भएकाे थियाे ।

ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघका सचिव श्याम महर्जनकाे संचालन तथा संघका अध्यक्ष  रामहरि बजगाईकाे सभापतित्वमा मंसिर ८ गते देखि १० गते सम्म संचालन हुने चाैथाे ललितपुर साकाेस समिटमा विभिन्न विषयका विज्ञहरूबाट सहकारीसंग सम्बन्धित विभिन्न विषयका कार्यपत्र तथा प्रतिवेदनहरू पेश गर्ने कार्यक्रम रहेकाे छ । 

राष्ट्रिय सहकारी बैंकका संचालक तथा ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्ष  साकाेस समिट-२०७८ काे अाैचित्य प्रकाश पार्नुभएकाे थियाे ।

कार्यक्रममा प्रमुख अतिथिद्वारा ललितपुर जिल्ला अन्तर रहेकाे स्थानीय तहका प्रमुखहरु, ज्याेती लाईफ ईन्सुरेन्सका सि.ओ. प्रकाश बिक्रम खत्री, राष्ट्रिय रमेश रघुबंशी, राष्ट्रिय सहकारी बैंकका अध्यक्ष  प्रसम्सा पत्रद्वारा सम्मान गर्नुभएकाे थियाे ।

राष्ट्रिय सहकारी महासंघका संस्थापक अध्यक्ष सहकारी अभियान्ता दिपक प्रकाश बास्काेटालाई उपराष्टपति पुनद्वारा अभिनन्दन गर्नुभएकाे थियाे । संस्थापक अध्यक्ष बास्काेटाले अभिनन्दित हुन पाउँदा अत्यन्तै खुशी भएकाे र यसले मलाई निरन्तर सहकारी अभियानमा लाग्न प्रेरित गरेकाे र अभिनन्दन पत्रमा उल्लेख गर्नुभए जस्तै  निरन्तर सहकारी क्षेत्रमा उब्जिएको समस्यालाई समाधान गर्न उपायहरुकाे खाेजी गर्न लाग्ने बताउनु भयाे । साथै उहाँले विदेशी सहयाेग र ऋण तिर भन्दा राष्ट्रिय पुजीलाई राम्राे संग संचालन गर्न स्पस्ट निति बनाउनु पर्नेमा जाेड समेत दिनुभयाे ।

कार्यक्रमकाे अन्तमा प्रमुख अतिथि, विशिष्ट अतिथि , अतिथि र सम्पूर्ण सहभागी प्रनिधिहरुलाई आफ्नाे अमुल्य समय सहित उपस्थिति हुनु भएकाेमा धन्यवाद सहित धन्यवाद ज्ञापन संघका उपाध्यक्ष लक्ष्मी शाक्यले धन्यवाद मन्तव्य राख्नुभएकाे थियाे ।

ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघले पहिलाे साकाेस समिट नगरकाेटमा दाेस्राे साकाेस समिट धुलिखेलमा र तेस्रो साकाेस समिट नगरकाेटमा सम्पन्न गरेकाे थियाे ।

पुरा हेर्नुहोस्

ललितपुर । ललितपुर महालक्ष्मी नगरपालिका - ५ टिकाथलीमा "स्वावलम्बन, समुन्नती र पारस्परिकताका लागि अाधारशिला" भन्ने स्लाेगनका साथ संचालन भएकाे अाधारशिला बचत तथा ऋण सहकारी संस्थाकाे नवनिर्मित भवन उद्घघाटन तथा ११ अाैँ वार्षिक साधरण सभा सम्पन्न भएकाे छ ।

महालक्ष्मी नगर प्रमुख मेयर रामेश्वर श्रेष्ठकाे प्रमुख अातिथ्यता तथा ललितपुर बचत संघका अध्यक्ष रामहरि बजगाईकाे विशेष अातिथ्यतामा सम्पन्न भएकाे नवनिर्मित भवन उद्घाटन तथा ११ अाैँ साधरण सभामा प्रमुख अतिथि श्रेष्ठ र विशेष अतिथि बजगाईले संस्थाले सहकारीकाे सिद्धान्त, मुल्य मान्यता र नितिलाई पुर्णरुपमा पालना गर्दै प्रविधिलाई भरपुर प्रयाेग गर्दै सहकारीलाई नगरपालीका कै नमुनाकाे सहकारीकाे रुपमा स्थापित गर्न सफल भएकाेमा धन्यवाद ब्यक्त गर्दै अागमी दिनमा जिल्ला, प्रदेश र देशकै नमुनाकाे सहकारी बन्न सफल हुनेमा विश्वास ब्यक्त गर्दै सफलताकाे शुभकामना ब्यक्त गर्नु भएकाे थियाे । साथै नगरपालिकामा मात्रै ८७ वटा सहकारी रहेकाेले सहकारी मर्ज गर्दै विश्वासनिय, अाकर्षक, भरपर्दाे र ब्यवस्थित सहकारी बनाउन अपिल समेत गर्नुभएकाे थियाे । प्रमुख अतिथि, विशेष अतिथि, अतिथि गणद्वारा  सहकारी भवनकाे कार्यालयहरुकाे समेत अनुगमन गर्नुभएकाे थियाे ।

अाधारशिला बचत तथा ऋण सहकारी संस्थाकाे कार्यकारी प्रमुख ईन्द्र बहादुर श्रेष्ठले संस्थाकाे वार्षिक प्रतिवेदन प्राेजेक्टर मार्फत प्रस्तुत गर्दै संस्थाकाे सुरुवाती चरण देखि अाज सम्मकाे अबस्थाकाे चित्रण गर्नुभएकाे थियाे । भने साधरण सभामा सहभागी सम्पुर्ण महानुभावहरुलाई सदस्य सत्यवती थापाले स्वागत गर्नुभएकाे थियाे ।

संस्थाका सचिव गुरु प्रसाद काफ्ले काे संचालनमा सम्पन्न भएकाे ११ अाैँ  वार्षिक साधरण सभामाले उत्कृष्ट कर्मचारी सर्मिला धिमाल, उत्कृष्ट सदस्य दुर्गा के सी र ध्रुव थापा, भवन निर्माण कन्ट्याक्टर ईन्जिनियर दिनेश बिक्रम श्रेष्ठ, नयाँ सेयर सदस्यहरुलाई प्रमुख अतिथि र विशेष अतिथिकाे हात बाट प्रमाण पत्र तथा खादाद्वारा सम्मान समेत गरेकाे थियाे । साथै संस्थाका अध्यक्ष कपिल केसीले प्रमुख अतिथि, विशेष अतिथि र अतिथि वर्गलाई मायाकाे चिनाे प्रदान गरी सम्मान ब्यक्त गर्नुभएकाे थियाे ।

साधरण सभामा महालक्ष्मी - ५ का वडा अध्यक्ष राजकुमार सिलवाल, माेतेश्वर समाजका अध्यक्ष माेहन के सी, राधाकृष्ण खानेपानी सरसफाई उपभोक्ता समितिका अध्यक्ष सुमन कुमार के सी, महालक्ष्मी -५ टिकाथली क्षेत्रमा सक्रिय सहकारी संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरु तथा उक्त संस्थाका संचालक समिति र कर्मचारीहरुकाे उपस्थितिमा अाज सम्पन्न भएकाे हाे । 

काेराेना भाईरस  काेभिड-१९ काे भयावह अबस्थालाई मध्य नजर गर्दै भाद्र २४ बाट सुरु भएकाे ११ अाैँ वार्षिक साधरण सभा अाज अाैपचारीक रुपमा नवनिर्मित भवन उद्घाटन तथा संथाकाे वार्षिक प्रतिवेदन र अागामी कार्ययाेजना  पास गर्दै सम्पन्न भएकाे संस्थाका अध्यक्ष कपिल केसीले बताउनु भयाे  ।

पुरा हेर्नुहोस्

ताजा समाचार


रामेछापका पाण्डेद्वारा अफ्रिकाको सर्वोच्च शिखर किलिमञ्जारोको सफल आरोहण

१५ कात्तिक, काठमाडौं । रामेछाप निवासी युवा पर्वतारोही प्रकाशराज पाण्डेले अफ्रिकाको सर्वोच्च शिखर किलिमञ्जारो सफल आरोहण गरेका छन्। यही अक्टुबर ३१ तारिखका दिन बिहान ६स्ः४० बजे उनले तान्जेनियाको किलिमाञ्जारो हिमाल आरोहण‍ गरेका हुन्। पाण्डेले किलिमञ्जारोमा नेपालको राष्ट्रिय झण्डासमेत फहराएका छन् । उक्त हिमाल पाँच हजार ८ सय ९५ मिटर अग्लो छ। पर्वतारोही पाण्डेले आधार शिविरबाट तीन दिनमा आरोहण पूरा गरेको रामेछाप न्युजलाइ बताए ।

पाण्डेले सातै महादेशका उच्च हिमाल आरोहण गरी सेभेन समिट पूरा गर्ने लक्ष्यका साथ गत जुन २९ तारिखका दिन बिहान ९ बजे युरोपको सर्वोच्च शिखर रुसमा रहेको माउन्ट एलब्रस हिमाल पनि आरोहण गरेका थिए। उनले यस अगाडि सगरमाथा, मनास्लु, आमादब्लमलगायत नेपालका ६ वटा हिमालको सफल आरोहण गरिसकेका छन् । सात वटा महादेशका अग्ला हिमाल चढ्ने तयारी गरिरहेका पाण्डेले सबैभन्दा पहिला युरोपकै अग्लो हिमाल रुसको माउन्ट एल्ब्रसबाट आफूले अभियान सुरु गरेकोगरेको बताए । 

हाल पाण्डेले अफ्रिकाको सर्वोच्च शिखर किलिमञ्जारोको पनि सफल आरोहण गरेका छन् । उनी गत अक्टुबर २३ मा आरोहरणका लागि नेपालबाट त्यसतर्फ प्रस्थान गरेका थिए।रामेछाप लिखु तामाकोसी गाउँपालिका निवासी पाण्डेले सात वटै प्रदेशका उच्च हिमाल आरोहण गरेर विश्व रेकर्ड कायम गर्ने उद्देश्य लिएका छन्।



पुरा हेर्नुहोस्

महासचिव कार्की २८ औं टफिसा विश्व कंग्रेसमा सहभागी हुन जर्मनी प्रस्थान

महासचिव कार्की २८ औं टफिसा विश्व कंग्रेसमा सहभागी हुन जर्मनी प्रस्थान काठमाडौं । नेपाल विद्यालय खेलकुद महासंघका महासचिव राजकुमार कार्की जर्मनीको डुसेलडोर्फमा हुने २८ औं टफिसा विश्व कंग्रेसमा सहभागी हुन जर्मनी प्रस्थान गरेकाछन् । राष्ट्रिय खेलकुद परिषदमा आयाेतित एक औपचारीक कार्यक्रम विच परिषदका उपाध्यक्ष शिव काेईराला (ज्वाला) ले महासचिव कार्कीलाई विदाई गर्नुभएकाे थियाे ।

२८ औं टफिसा विश्व कंग्रेसमा सहभागी भए पश्चात् स्पेनको मेड्रिडमा हुने मुभ कंग्रेस र इन्टरनेसनल स्पोर्ट एन्ड कल्चर एशाेसिएसन (इस्का) को साधारण सभामा समेत सहभागी हुने कार्यक्रम रहेकाे महासचिव कार्कीकाे सचिवालयले जनाएकाे छ ।



पुरा हेर्नुहोस्

नेपाली कुस्ती टोलीले भारतमा प्रशिक्षण गर्ने

काठमाडौं । चीनको हाङझाउमा हुने १९औं एसियाली खेलकुदको थप तयारी गर्न नेपाली कुस्ती टोली वैदेशिक प्रशिक्षणका लागि भारतको उत्तर प्रदेश जाने भएको छ ।
४ खेलाडीसहित ५ सदस्यीय टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव टंकलाल घिसिङले आइतबार बिदाइ गरे ।

भारत जान लागेका चारै खेलाडी १३ औं दक्षिण एसियाली खेलकुदका पदक विजेता हुन् । एसियाली खेलकुदमा पुरुषतर्फ सुरेश चुनारा (७४ केजी) र राज यादव (१ सय २५ केजी) तथा महिलातर्फ शिवाङगी दुवे (५७ केज) र सुशिला चन्द (६२ केजी)  ले नेपालको प्रतिनिधित्व गर्नेछन् । 

 १३ औं सागमा सुरेश र राजले कांस्य तथा बाँकी दुई खेलाडीले रजत जितेका थिए । टोलीको प्रशिक्षकमा मुमताज अली इद्रिसी छन् ।

टोली सोमबार काठमाडौंबाट नेपालगन्ज जाने छ । नेपालगन्जमा एक साताको प्रशिक्षणपछि टोली उत्तर प्रदेश जाने छ । उत्तर प्रदेशको नन्दनीनगरस्थित टाटा मोटर्स एकेडेमीमा भदौसम्म गर्ने  प्रशिक्षण मुख्य प्रशिक्षक इद्रिसीले जानकारी गराए ।

खेलाडी सुरेशले पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगिताको तयारीका लागि वैदेशिक प्रशिक्षणमा जान पाउदा सबै खेलाडी उत्साहित भएको प्रतिकृया दिए ।
 



पुरा हेर्नुहोस्


२६ जना सहसचिवको सरुवा (सूचीसहित)

काठमाडौँ, ७ साउन ।  संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २६ जना सहसचिवहरुको सरुवा गरेको छ ।

एक प्रमुख जिल्ला अधिकारी र दुई महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतसहित आइताबार मन्त्रालयले २६ जना सहसचिवको सरुवा निकालेको हो ।

जाजरकोटका प्रमुख जिल्ला अधिकारी रामकुमार महतोको संघीय मामिला मन्त्रालयमा सरुवा भएको छ । यस्तै ललितपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालको गृह मन्त्रालयमा सरुवा भएको छ ।

अर्यालको ठाउँमा पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विरेन्द्रदेव भारती आएका छन् । पोखरा महानगरपालिकामा कर्णाली प्रदेशको अर्थ सचिव श्याम कृष्ण थापा सरुवा भएका छन् ।

हेर्नुस सूची

पुरा हेर्नुहोस्


रामेछापका पाण्डेद्वारा अफ्रिकाको सर्वोच्च शिखर किलिमञ्जारोको सफल आरोहण

१५ कात्तिक, काठमाडौं । रामेछाप निवासी युवा पर्वतारोही प्रकाशराज पाण्डेले अफ्रिकाको सर्वोच्च शिखर किलिमञ्जारो सफल आरोहण गरेका छन्। यही अक्टुबर ३१ तारिखका दिन बिहान ६स्ः४० बजे उनले तान्जेनियाको किलिमाञ्जारो हिमाल आरोहण‍ गरेका हुन्। पाण्डेले किलिमञ्जारोमा नेपालको राष्ट्रिय झण्डासमेत फहराएका छन् । उक्त हिमाल पाँच हजार ८ सय ९५ मिटर अग्लो छ। पर्वतारोही पाण्डेले आधार शिविरबाट तीन दिनमा आरोहण पूरा गरेको रामेछाप न्युजलाइ बताए ।

पाण्डेले सातै महादेशका उच्च हिमाल आरोहण गरी सेभेन समिट पूरा गर्ने लक्ष्यका साथ गत जुन २९ तारिखका दिन बिहान ९ बजे युरोपको सर्वोच्च शिखर रुसमा रहेको माउन्ट एलब्रस हिमाल पनि आरोहण गरेका थिए। उनले यस अगाडि सगरमाथा, मनास्लु, आमादब्लमलगायत नेपालका ६ वटा हिमालको सफल आरोहण गरिसकेका छन् । सात वटा महादेशका अग्ला हिमाल चढ्ने तयारी गरिरहेका पाण्डेले सबैभन्दा पहिला युरोपकै अग्लो हिमाल रुसको माउन्ट एल्ब्रसबाट आफूले अभियान सुरु गरेकोगरेको बताए । 

हाल पाण्डेले अफ्रिकाको सर्वोच्च शिखर किलिमञ्जारोको पनि सफल आरोहण गरेका छन् । उनी गत अक्टुबर २३ मा आरोहरणका लागि नेपालबाट त्यसतर्फ प्रस्थान गरेका थिए।रामेछाप लिखु तामाकोसी गाउँपालिका निवासी पाण्डेले सात वटै प्रदेशका उच्च हिमाल आरोहण गरेर विश्व रेकर्ड कायम गर्ने उद्देश्य लिएका छन्।

पुरा हेर्नुहोस्


विवादित संवाद हटाएपछि ‘आदिपुरुष’ले पायो नेपालमा प्रदर्शन अनुमति

काठमाडौं । अन्ततः विवादित संवाद फिल्मबाट हटाइएपछि नेपाली सेन्सर बोर्डले दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’लाई प्रदर्शन अनुमति दिएको छ । बिहीवार राती ८ बजे सेन्सर बोर्डका अध्यक्ष अनिलकुमार दत्तले हस्ताक्षर गरेको अनुमति पत्र वितरकलाई दिएका हुन् ।

फिल्ममा समावेश ‘जानकी भारतकी छोरी हुन्’ भन्ने वाक्यमा आपत्ति जनाउँदै बिहीवार अपरान्ह बोर्डले प्रदर्शन अनुमति दिन अस्वीकार गरेको थियो । भारतीय वितरकले फिल्मबाट विवादित वाक्य हटाएर नेपाल पठाएपछि मात्र बोर्डले अनुमति दिएको हो ।

सेन्सर बोर्डको अनुमतिपछि ‘आदिपुरुष’ शुक्रबार नेपालमा रिलिज हुने पक्का भएको छ । तर, काठमाडौं महानगरका मेयर बालेन शाहको फेसबुक स्टाटसले भने संशय पैदा गराएको छ । उनले भारतमा समेत उक्त विवादित वाक्य तीन दिनभित्र नहटाए कुनै पनि हिन्दी फिल्म काठमाडौं महानगरमा प्रदर्शन अनुमति नदिने उल्लेख गरेका छन् ।

बालेनको सचिवालयले पनि आफूहरुले तीन दिन प्रतीक्षा गर्ने तर उक्त वाक्य हटाएर माफी नमागेसम्म काठमाडौंमा कुनैपनि हिन्दी फिल्म प्रदर्शन गर्न अनुमति नदिने र सबै हललाई यसबारे पत्राचार गरिने उल्लेख गरेको छ । प्रभास र कृति सेनन स्टारर आदिपुरुष रामायणको कथावस्तुमा आधारित छ । यो फिल्मलाई नेपालमा ब्यांकटेस इन्टरटेनमेन्टले रिलिज गर्न लागेको हो ।

पुरा हेर्नुहोस्