मुख्य पृष्ठ हटलाइन समाचार शिक्षा / स्वास्थ्य राजनिती खेलकुद समाज अपराध अर्थ / व्यापार अन्तराष्ट्रिय भिडियो लेख तथा रचना

केपी शर्मा ओली


काठमाडौं, २४ फागुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रथम महिला राष्ट्रपतिका रुपमा विद्या भण्डारीको भूमिका गौरवपूर्ण रहेको बताएका छन् ।

अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा अखिल नेपाल महिला संघले बुधबार आयोजना गरेको कार्यक्रममा ओलीले भण्डारीले ७ वर्षसम्म राष्ट्रपतिको जिम्मेवारी कुशलतापूर्वक निभाएको बताएका छन ।

पहिलो कार्यकालको सफल र मर्यादित भूमिकालाई हेरेर राष्ट्रपतिमा भण्डारीलाई दोहोर्‍याएको पनि ओलीले बताएका छन। उनले अगाडि भने, ‘राजनीतिक स्वार्थ प्रेरितहरुले आफ्नो संकिर्ण स्वार्थमा ठेस लाग्दा वा पूरा नहुँदा राष्ट्रपतिको सम्मानित ओहदाको समेत मर्यादा नगरेर बकवास गरेका हुनसक्छन् । त्यसको खास अर्थ छैन ।’

पुरा हेर्नुहोस्

काठमाडौं, १४ फागुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिका उम्मेदवार सुवास नेम्वाङलाई मत दिन आग्रह गर्दै नेपाली कांग्रेस बाहेक संसदमा प्रतिनिधित्व गर्ने सबै दल र स्वतन्त्र सांसदलाई पत्र लेखेका छन् ।

एमालेबाट छुट्टिएर बनेको एकीकृत समाजवादीले ओलीको पत्रबाट सम्वादको ढोका खुलेको भन्दै निरन्तर सम्वाद रहेमा सहकार्यको वातावरण बन्न सक्ने प्रतिक्रिया दिएको छ ।

फागुन २५ गते हुने राष्ट्रपति पदको निर्वाचनका लागि नेपाली कांग्रेसका रामचन्द्र पौडेल र नेकपा एमालेबाट सुवास नेम्वाङले शनिबार मनोनयन दर्ता गराएका छन् । त्यसलगत्तै नेकपा एमालेले नेम्वाङलाई भोट माग्दै संसदमा प्रतिनिधित्व गर्ने दलका नेता र स्वतन्त्र सांसदहरुलाई पत्र पठाएको थियो ।

अध्यक्ष केपी शर्मा ओलीको हस्ताक्षर भएको पत्र संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दल र स्वतन्त्र सांसद गरी १७ जनालाई पठाइएको एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले जानकारी दिए ।

उनका अनुसार कांग्रेस बाहेकका सबै दललाई औपचारिक पत्र पठाएर नेम्वाङलाई मत दिन भनिएको छ ।

एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई पठाइएको पत्र सो पार्टीका नेता जगन्नाथ खतिवडाले सामाजिक सन्जालमा पोष्ट गर्दै प्रतिक्रियासमेत सार्वजनिक गरेका छन् ।

पत्र पठाएकोमा ओलीलाई धन्यवाद दिंदै खतिवडाले यसबाट सम्वादको ढोका खुलेको बताएका छन् । सम्वादको वातावरण बनिरहे भविष्यमा सहकार्यको वातावरण बन्नसक्ने उनले उल्लेख गरेका छन् ।

तर राष्ट्रपतिको निर्वाचनको सन्दर्भमा भने एमालेको आग्रह स्वीकार गर्न नसकिने खतिवडाले बताएका छन् । उनले लेखेका छन्, ‘राष्ट्रपति निर्वाचनको सन्दर्भमा समय निकै अगाडि बढिसकेको हुँदा एमालेको अनुरोधलाई स्विकार गर्ने स्थिति नभएता पनि सकारात्मक सोचका साथ राजनीतिक सम्वादको वातावरण निरन्तर रहिरहेमा एजेन्डाअनुसार सहकार्यको वातावरण निर्माण हुनसक्दछ ।’

एकीकृत समाजवादीले एमालेको पत्रको विषयमा आफ्नो धारणा सार्वजनिक गरिसके पनि पाँच दलका नेताहरुले भने मुख खोलेका छैनन् । राप्रपा, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाल मजदुर किसान पार्टी (नेमकिपा), हाम्रो नेपाली पार्टी र संघीय समाजवादी अनिणिर्त छन् ।

राप्रपाको प्रतिनिधि सभामा १४ र प्रदेश सभामा २८ सांसद छन् । आठ दलीय गठबन्धनले कांग्रेसका रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाएपछि राप्रपाले सरकारलाई दिएको समर्थन फिर्ता लिंदै सरकारबाट बाहिरिसकेको छ ।

प्रतिनिधि सभामा १९ सिट रहेको रास्वपाले पनि राष्ट्रपतिमा कसलाई समर्थन गर्ने भन्ने निर्णय गरिसकेको छैन ।

राष्ट्रपतिको निर्वाचनमा के गर्ने भनेर निर्णय गर्न सोमबार केन्द्रीय समितिको बैठक बसेर निर्णय गर्ने रास्वपाका उपाध्यक्ष डोल प्रसाद अर्यालले बताए । राष्ट्रपतिका उम्मेदवार पौडेलले शनिबार रास्वपा सभापति रवि लामिछानेलाई भेटेर मत मागेका थिए ।

प्रतिनिधि सभामा एक र प्रदेश सभामा तीन सांसद रहेको नेमकिपाका नेता प्रेम सुवालले सबै परिस्थिति हेरेर निर्णय गर्ने बताए ।

निर्णय लिन बाँकी हाम्रो नेपाली पार्टीका दुई प्रदेश सभा सदस्य र संघीय समाजवादी पार्टीको एक प्रदेश सभा सदस्य छन् ।

पुरा हेर्नुहोस्

काठमाडौं, १३ फागुन । । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिको निर्वाचनमा सुवास नेम्वाङलाई भोट दिन आग्रह गर्दै एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालाई पत्र पठाएका छन् । शनिवार एमालेको तर्फबाट उपाध्यक्ष नेम्वाङले राष्ट्रपतिको उम्मेदवारी दर्ता गरेसँगै अध्यक्ष ओलीले भोट माग्दै पत्र पठाएका हुन् । पत्रमा उनले अध्यक्ष नेपाललाई सम्बोधन गर्दै आम निर्वाचन २०७९ को नयाँ जनादेशअनुरूपको २०७९ पुस १० गते सरकार गठनका सन्दर्भमा भएको सहमति अनुसार एमालेबाट नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवारमा मनोनयन गरिएको जानकारी गराएका छन् । 

उनले नेपालको संविधानको मर्म र भावनाअनुरूप नेम्वाङ राष्ट्रपति पदलाई अत्यन्त योग्य एवं उपयुक्त उम्मेदवार रहेको बताउँदै राष्ट्रिय नेता नेपालको दलबाट  à¤¨à¥‡à¤®à¥à¤µà¤¾à¤™à¤•à¥‹ पक्षमा मतदानका लागि पूर्ण सहयोग गर्न आग्रह गरेका छन् ।  à¤…ध्यक्ष ओलीले कांग्रेस बाहेकका अन्य दलका प्रमुखलाई सम्बोधन गर्दै नेता नेम्वाङ्गलाई राष्ट्रवपतिमा निर्वाचित गराउन आग्रह गर्दै पत्र लेखेका छन् । मनोनयन दर्ता गर्नुअघि ललितपुरको च्यासलमा बसेको पार्टीको सचिवालयको बैठकले कांग्रेसबाहेक सबै दललाई भोट माग्न पत्र लेख्ने निर्णय गरेको थियो ।

पुरा हेर्नुहोस्

काठमाडौं, ११ फागुन । सत्तारुढ प्रमुख घटक नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले फागुन १ गते ‘जनयुद्ध दिवस’लाई राष्ट्रिय दिवसको रुपमा मनाएकोमा असन्तुष्टि व्यक्त गरेका छन्।

अध्यक्ष ओलीले फागुन १ गते जनयुद्ध दिवस नभई हिंसा दिवस भएको र त्यसलाई सरकारले राष्ट्रिय दिवसको रुपमा मनाउने निर्णय गर्नु दुःखद भएको बताएका छन। बिहीबार आफ्नै जन्मदिनको अवसर पारेर बालकोटस्थित निजी निवासमा आयोजना गरिएको ‘विश्वशान्ति प्रार्थना’ पुस्तक विमोचन कार्यक्रममा बोल्दै उनले सरकारको यो मानसिकताबाट मुलुकमा अझै पनि हिंसाको मानसिकता र हिंसाप्रति गर्व गर्ने प्रवृत्ति नछुटेको देखिएको उल्लेख गदै त्यस्ता कार्यलाई सही भन्न नसकिने बताएका छन।

प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालप्रति संकेत गर्दै अध्यक्ष ओलीले हिंसाको बाटो छोडेर शान्ति प्रक्रियामा आईसकेपछि किन फेरि हिंसाको महिमामण्डन गर्नु पर्‍यो ? भनी प्रश्नसमेत गरेका छन।

उनले हिंसाप्रतिको पुरानो लगाव सम्झिनुको कुनै पनि अर्थ नरहेको पनि बताए। ओलीले भने, ‘त्यो हिंसाको धङधङी के देखिन्छ भने अहिलेकै सरकारले पनि हिंसा दिवसलाई राष्ट्रिय दिवस भनेर मनाएर त्यसलाई फेरीदेखि राष्ट्रिय दिवस मनाउने भनेर क्यालेन्डरमा राख्नेसमेत दुःखद् निर्णय गर्‍यो। त्यसले हिंसाको मानसिकता, हिंसाप्रति गर्व गर्ने प्रवृत्ति नछुटेको देखिन्छ। जुन कुरा चाँही सही होइन। सरकारले किन त्यो गर्‍यो ? आकास्मिक रुपमा त्यो किन गर्नु पर्‍यो ? आफैँले त्यो बाटो छोडेर शान्ति प्रक्रियामा आईसकेपछि किन फेरी त्यसको महिमामण्डन गर्न पर्‍यो ? त्यो मैले पनि बुझेको छैन।

त्यस अवसरमा अध्यक्ष ओलीले नेपाल हिंसाको पक्षमा हुनै नसक्ने बताएका छन। नेपाली जनतामा परस्परमा लड्ने-लडाउने कुरा कहिल्यै पनि स्विकार्य हुन नसक्ने उनको भनाइ थियो।

सरकारले फागुन १ गतेलाई राष्ट्रिय दिवस मनाउने निर्णय गरेर सार्वजनिक बिदा दिएको थियो। यद्यपि, सत्ता गठबन्धनममा रहेका कुनै पनि दलहरूले आधिकारिक रूपमा त्यसबेला विरोध या समर्थन गरेका थिएनन्। एमाले अध्यक्ष ओलीले पनि आज ११ दिनपछि बल्ल विरोधको स्वर सुनाएका हुन्।

पछिल्लो समय राष्ट्रपतिको चुनावको विषयलाई लिएर गठबन्धनका दलहरू आरोप-प्रत्यारोप कमै उत्रेका छन्। यद्यपि, माओवादीले राष्ट्रिय सहमतिको रटान नछाडेपछि पुस १० मा बालकोटमा भएको सहमति तोड्न खोजेको भन्दै एमाले सशंकित बन्दै आएको छ। राष्ट्रपतिको निर्वाचन २५ फागुनमा हुँदै छ। त्यसका लागि १३ गते मनोनयन दर्ताका लागि समय तोकिएको छ।

पुरा हेर्नुहोस्

काठमाडौं, ७ फागुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्व राजा ज्ञानेन्द्र शाहसँग पुरानै धङधङी रहेको बताएका छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । २ सय ४० वर्ष शासन चलाउँदा देश कस्तो अवस्थामा थियो भन्ने प्रश्न गर्दै उनले १५ वर्षको अवधि मात्रै जनताको हातमा शासन आएको उनले बताएका छन ।

राष्ट्रपति निर्वाचनमा यसअघि भएकै सहमति कार्यान्वयन हुने र आफूहरूले दिएको उम्मेदवारमा नै राष्ट्रिय सहमति हुने उनले बताएका छन । अध्यक्ष ओलीले को उम्मेदवार हुने र बनाउने भन्ने विषय १३ गते थाहा हुने बताएका छन ।

पुरा हेर्नुहोस्

काठमाडौं, २ फागुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले देश भित्र र बाहिरका शक्तिहरू देश बरबाद पार्न सक्रिय रहेको बताएका छन् ।

मंगलबार अनेरास्ववियुको २३ औं राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले नेकपा एमाले देश बचाउने सुरक्षागार्ड रहेको पनि बताएका छन ।

‘हामीले पाँच दलीय गठबन्धन तोडेर अर्को एउटा सरकार बनाएका छौं । यो सफलताको कुरा हो । हाम्रो पार्टीका आम साथीहरु प्रसन्न भएको देखिन्छ । प्रसन्न हुनुपर्दछ तर कथंकदाचित यो स्थिति फेरियो भने ?’, ओलीले प्रश्न गर्दै भने, ‘यो संसद्को बनावट नै अस्थिरताको कारक हुने बनावट छ । बहुमत कसैको छैन, हाम्रो पार्टीसँग पनि छैन । बहुमतभन्दा निकै तल सिट छ । भित्र र बाहिरका धेरै शक्तिहरू यो देश बरबाद पार्न क्रियाशील छन् ।’

उनले कुनै डाकाले बैंकमा डकैती गनुपर्यो भने पहिला पालेलाई आक्रमण गर्ने भन्दै पालेकै अवस्थामा देश जोगाउने काममा एमाले लागेको बताएका छन ।

‘नेकपा एमाले यो देशमा डकैती गर्न नदिने, गेटपाले भएकाले यसमाथि नहानी भित्रै पस्न पाउँदैनन् । त्यसकारण पहिला यसमाथि प्रहार हुनसक्छ । भइआएको छ । फेरि पनि हुनसक्छ’, ओलीको भनाइ छ ।

उनले अझै अनेक प्रकारका षड्यन्त्र र प्रयास भइरहेको भन्दै सुखी नेपाली र समृद्धि नेपालको आकांक्षा गलत नभएको र त्यसबाट पछि नहट्ने बताए ।

पुरा हेर्नुहोस्

काठमाडौं, २२ माघ । आइतबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले सर्वोच्च अदालतले प्रक्रियागत त्रुटिलाई देखाएर लामिछानेमाथि अन्याय गरेको बताएका हुन् । उनले सर्वोच्च अदालतको फैसलाबाट कसलाई न्याय भयो भन्दै प्रश्न गरे । उनले उजुरी गर्ने व्यक्तिलाई लामिछानेले के अन्याय गरेको भएर उजुरी गर्नुभएको हो भन्दै प्रश्न गरे ।

उनले असम्बन्धित उजुरीकर्ताको उजुरीले र अदालतको फैसलाले न्याय कसलाई भयो भन्ने कुरा स्पष्ट नभएको बताए । उनले रवि लामिछाने प्रतिनिधि सभाको ढोका खुला भएर मात्रै प्रतिनिधि सभा नछिरेको भन्दै निर्वाचन आयोगले योग्य ठहर गरिसकेपछि मात्रै निर्वाचित भएको बताए ।

उनले विदेशमा रहेका नेपालीहरूको मतदानको अधिकार दिने भनिरहँदा सभापति लामिछानेको विषयले गैर आवासीय नेपालीहरूमाथि मताधिकार दिने वा नदिने भन्नेबारेमा प्रश्न उठेको बताए । विदेशमा रहेका नेपालीहरूलाई पनि मतदानको अधिकार दिने भनिरहँदा यस किसिमका फैसलाहरूलाई आगामी दिनमा हुन नदिन स्पष्ट नीति बनाएर अघि बढ्न आवश्यक रहेको बताए ।

उनले भने, ‘हाल सर्वोच्च अदालतबाट निर्णय भयो, सरकार उपप्रधान तथा गृहमन्त्री र जनताले अत्यधिक मतले विजयी गराएर पठाएका सांसद रवि लामिछानेको सम्बन्धमा अदालतबाट एउटा मुद्दा फैसला भयो । हामी अदालतलाई सम्मान गर्छौँ त्यस कारण त्यस निर्णयलाई मान्छौँ । त्यसपछि मेरो मनमा केही कुरा आए । उजुरकर्ता व्यक्तिलाई के मर्का परेछ ? र उजुर गरे, के सरोकार हो, के करणले हो, के अन्याय भयो र न्याय खोजे, एउटा असम्बन्धित व्यक्तिले उजुरी गरेको देखिन्छ । अदालतको काम त न्याय दिने हो, यस फैसलाबाट कसले न्याय पायो मैले बुझिनँ । न्याय दिनका लागि अदालतले काम गर्ने हो, कसले न्याय पायो, कसलाई दिइयो, बुझिएन । कुनै व्यक्ति, समूह, संस्था, राज्यका कुनै हक अधिकारमाथि उल्लङ्घन भयो भने रोक्नुपर्छ, तर सम्मानित सर्वोच्च अदालतको फैसलाले कुनै सस्टेन्सियल इरर भन्दैन, त्रुटि पनि तात्त्विक अर्थ राख्ने खालको भन्दैन, प्रक्रियागत त्रुटि । शुक्रवार रवि लामिछाने, जो पहिला नै आफ्नो स्टाटेजी सार्वजनिक गरिसकेका छन्, दोस्रो ढोका खुला रहेछ भनेर फुत्त पसेका होइनन्, निर्वाचन आयोगमा उजुरी परेको, उजुरी ठिक नठहरिएको, बदर भएको, उम्मेदवार हुन पाउँछ वैधानिक छ भनेर सदर गरेको, चुनाव लड्दा अत्यधिक मतले जनताले आफ्नो प्रतिनिधि छानेको । प्रक्रियागत त्रुटि हुन गएछ, त्यतिमा सांसद, पार्टी अध्यक्ष, गृहमन्त्री, उपप्रधानमन्त्री भयो । रवि लामिछानेलाई न्याय भएन भने कसलाई न्याय भयो त । कसले न्याय पायो, फैसलामा न्याय त कतै होला नि ।’

उनले अगाडि भने, ‘यस कुराले अब गैरआवासीय नेपालीहरूमा के असर पर्छ, नेपालमा रहेको सम्पत्तिमाथि के असर पर्छ, यी विषयमा गम्भीर हुनुपर्छ । स्पष्ट हुने गरी कानुन निर्माण गर्नुपर्छ कि, सर्वोच्च अदालतले सबै पक्षलाई मध्यनजर राखेर फैसला गर्नुपर्छ ।’

अध्यक्ष ओलीले राजनीतिक मुद्दाहरू फिर्ता लिइ राजनीतिक बन्दीहरूको रिहाइको प्रसङ्ग उठिरहेको भन्दै यसमा सरकारले छिटो कानुन निर्माण सम्बन्धी वा अन्य आवश्यक कुराका सन्दर्भमा छिटो कदम चाल्नुपर्ने बताए ।

पुरा हेर्नुहोस्

ललितपुर । प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीले कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावप्रति असन्तुष्टि जनाएका छन् । 

मन्त्रिपरिषद् बैठकमा ओलीले आफूलाई नसोधिकन प्रस्ताव दर्ता गरिएको भन्दै असन्तुष्टि जनाएका हुन् ।
प्रधानमन्त्रीले आफूले कर्णालीको अवस्थाका बारेमा बुझेको भन्दै निर्णय फिर्ता गरेर पार्टीको निर्णय मान्नुपर्ने बताए ।
उनले भने, ‘म प्रधानमन्त्री र पार्टी अध्यक्ष हुँ । अविश्वासको प्रस्ताव दर्ता गर्दा मलाई पनि सोधिएन । मैले सोधेको थिए, उनीहरुले केन्द्रबाट सिकेको भनेका थिए ! निर्णय फिर्ता गर्नुपर्छ । यो जे भयो गलत भयो ।’
प्रधानमन्त्री ओलीले कर्णालीमा दर्ता गरिएको प्रस्ताव फिर्ता हुने संकेत गरेका एक मन्त्रीले युवा सन्देशलाई जानकारी दिए ।

पुरा हेर्नुहोस्

ताजा समाचार


test test

काठमाडौं । करातेकी एरिका गुरूङले‌ पल्सर स्पोर्ट्स अवार्ड २०८० मा वर्ष उत्कृष्ट महिला खेलाडीको अवार्ड जितेकी छिन् ।

एरिकाले चीनको हाङचाउमा गत वर्ष भएको १९औं एसियाली खेलकुदमा नेपाललाई ऐतिहासिक रजत पदक दिलाएकी थिइन्। उनले ६८ केजी तौल समुहमा नेपालको लागि रजत पदक हात पारेकी हुन्।

एसियाली खेलकुदमा नेपालको लागि व्यक्तिगततर्फ रजत जित्ने उनी दोस्रो खेलाडी हुन्। यसअघि तेक्वान्दोकी सविता राजभण्डारीले रजत जितेकी थिइन्।‌

उनको यो रजत नेपाली करातेको अहिलेसम्म कै ठुलो पदक पनि हो। यस्तै वर्ष २०८० मा उनले इन्डोनेसियाको जकार्तामा भएको विश्व सितोरियो कराते च्याम्पियनसिपमा स्वर्ण पदक आफ्नो नाममा लेखाएकी थिइन्। 

यही सफलतामा उनले मनोनयनमा परेका कबड्डीकी मेनुको राजवंशी, क्रिकेटकी रुबिना क्षेत्री, फुटबलकी सावित्रा भण्डारी र एथलेटिक्सकी सन्तोषी श्रेष्ठलाई पछि पारिन्।

एरिकाले यो अवार्ड जित्नु आफ्नो लागि ठुलो प्रतिष्ठाको विषय रहेको बताइन। उनले राष्ट्रिय खेलकुद परिषद, कराते महासंघ, नेपाल ओलम्पिक कमिटी, नेपाल प्रहरी र प्रशिक्षकलाई धन्यवाद दिइन्। उनले यो अवार्ड उत्कृष्ट खेलाडी बन्ने सपना देखिरहेकाहरूलाई समर्पण गरिन्।



पुरा हेर्नुहोस्

भलिबल खेलाडी कविताले जितिन् पिपल्स च्वाइस अवार्ड

काठमाडौं । देशकाे राष्ट्रिय खेल भलिबल खेलका लाेकप्रीय उदयमान खेलाडी कविता भट्टले शुक्रबार पल्सर स्पाेर्ट्स अवार्ड २०८० अन्तर्गत वर्ष पिपल्स च्वाइस अवार्ड जितेकी छिन् । 

उनले ५६ प्रतिशत मत सहित अवार्ड जितेकी हुन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल खेलाडी कविता नेपाल काभा महिला नेसन्स लिग २०२४‌‌ मा नेपाल दोस्रो हुँदा र काभा महिला भलिबल च्यालेन्ज कप २०२३ मा तेस्रो हुँदा टोलीको सदस्य थिइन् ।

घरेलु प्रतियोगितामा उनको प्रदर्शन अब्बल रहेको थियो । उनले पल्सर मोटरसाइकल प्राप्त गरिन् । मतका आधारमा १९ प्रतिशत मतसहित कबड्डीकी मानमती बिष्ट दोस्रो, १६ प्रतिशत सहित फुटबलकी प्रिती राई तेस्रो तथा क्रिकेटका गुल्सन झा र रग्बीका श्रीराम चौथो भए ।

खेल‌ पत्रकार , राष्ट्रिय प्रशिक्षक र दर्शकको भोटको आधारमा यो विधाको विजेता चयन भएको हो । ईसेवाको मतभार ५० प्रतिशत रहेको थियो ।

त्यसैगरी, सामाजिक सञ्जाल (फेसबुक लाइक) को मतभार २५ प्रतिशत, राष्ट्रिय प्रशिक्षकको मतभार १२ दशमलब ५ प्रतिशत र खेलपत्रकारको मतभार १२ दशमलब ५ प्रतिशत रहेको थियो ।



पुरा हेर्नुहोस्

पल्सर स्पाेर्ट्स अवाड २०८० मा पलेशालाई‌ पारा एथलिट अवार्ड

काठमाडौं पल्सर स्पाेर्ट्स अवाड २०८० मा शुक्रबार पारा तेक्वान्दोकी पलेशा गाेवर्धनले पारा एथलपट अवार्ड प्राप्त गरेकी छिन् ।

पलेशा गाेवर्धन पछिल्लो समय नेपाललाई पेरिस पारालिम्पिक्समा नेपाललाई ऐतिहासिक कास्य दिलाएर चर्चामा रहेकी छिन् । तर यो अवार्ड उनले १९ औँ एसियाली खेलकुदमा ऐतिहासिक कास्य पदक जितेको कारण प्राप्त गरेकी हुन् ।

२०८० मा उनले जितेको सो कास्य पदक एसियन पारा गेम्समा जितेको पहिलो पदक पनि हो । साथै उनी पेरिस पारालिम्पिक्समा पनि छनोट भएकी थिइन् ।

यीनै सफलताका लागि उनले यो अवार्ड सहित १ लाख रुपैयाँ प्राप्त गरिन् । अवार्ड जितेपछि पलेशाले सबैलाई धन्यावाद दिइन् । उनले विशेषगरी प्रशिक्षक कविराज नेगी र परिवारलाई धन्यवाद दिइन् ।

अवार्डमा यसअघि भारत्तोलनका हेमन्यपालले वर्ष युवा खेलाडी, कुशल श्रेष्ठले वर्ष प्रशिक्षक र कुमार राईले स्पेशल अवार्ड प्राप्त गरिसकेका छ्न् ।



पुरा हेर्नुहोस्


गाईजात्रा बिशेष घिन्ताङ घिसी कार्यक्रम आयाेजना गर्दै वाईसीएल नेपाल भक्तपुर नगर समिति

काठमाडौं । याेङ्ग कम्युनिस्ट लिग नेपाल, भक्तपुर जिल्ला भक्तपुर नगर समितिले गाईजात्रा बिशेश घिन्ताङ घिसी कार्यक्रम आयोजना गरि सम्पन्न गरेकाे छ  । 

गाइजात्राकाे अबसरमा वाईसीएल नगर समितिद्वारा आयाेजित घिन्ताङ घिसी कार्यक्रममा विभिन्न ब्याङ्यात्मक चित्र सहित साँस्कृतिक झाँकीद्वारा नगर परिक्रमा गरिएकाे थियाे । उक्त कार्यक्रममा प्रतिनिधि सभा सदस्य माधव सापकोटा 'सुवाेध', युवा नेता भीष्म प्रजापति, वाईसीएल नेपालका भक्तपुर जिल्ला संयाेजक सरराज उप्रेती लगाएत माओवादी केन्द्रकानेता कार्यकर्ता र स्थानीयबासीकाे उपस्थिति रहेकाे थियाे ।

पुरा हेर्नुहोस्


गरिबीबाट उठ्दै ओलम्पिक स्वर्ण जितेका नदिमलाई १५ करोड बढी पुरस्कार घोषण

काठमाडौं । गरिबीमा हुर्किँदा एक छाक मासु खाना वर्ष (इद उत्र फित्र) कुर्नुपर्ने, केही अघिसम्म पनि नयाँ ज्याभलिन खरिद गर्न चन्दा उठाउनुपर्ने परिस्थितिबाट गुज्रिएका आर्शद नदिमको पेरिस ओलम्पिक २०२४ च्याम्पियन भएपछि भाग्य फेरिने भएको छ।

पाकिस्तानलाई ३२ वर्षपछि ओलम्पिक पदक दिलाएका उनलाई करोडौं पुरस्कार घोषणाको होड नै चलेको छ। अहिलेसम्म १५ करोड रुपियाँ बढी पुरस्कार घोषणा भइसकेको छ। ज्याभलिन थ्रोमा ओलम्पिक कीर्तिमानसहित बिहीबार स्वर्णपदक जितेपछि २७ वर्षीय नदिमले वर्ल्ड एथलेटिक्सबाट ५० हजार अमेरिकी डलर (नेपाली रुपियाँ ६७,१६,७५०) पाउने पक्का छ नै। उनलाई स्वदेशमै करोडौं पुरस्कार दिने घोषणा भइरहेको छ।

पन्जाबका मुख्यमन्त्री मारियम नवाजले पाकिस्तानी रुपी १० करोड (नेपाली रुपियाँ ४,८२,१४,२१८/०५) स्वतन्त्रता दिवस (१४ अगस्ट) को अवसरमा प्रदान गर्ने घोषणा गरिन्। त्यस्तै, कराँचीमा मेयर बारिस्टर मुर्ताजा वाहबले नदिमलाई सिन्ध सरकारको तर्फबाट पाकिस्तानी रुपी ५ करोड (नेपाली रुपैयाँ २,४१,०७,१०९/०३) दिने सामाजिक सञ्जाल एक्समार्फत् जनाएका छन्। उनले नदिमलाई व्यक्तिगत रूपमा १० लाख पाकिस्तानी रुपी दिने पनि बताएका छन्।

सिन्धका गभर्नर कामरन खान तेसोरीले २० लाख, गायक अली जाफरले १० लाख दिने एक्सले लेखेका छन्। सुक्कुरमा मेयर बारिस्टर अर्सलन इस्लाम शैखले नदिमलाई सुनको मुकुटबाट सम्मान गर्दै उनकै नाममा सुक्कुरमा नयाँ रंगशालामा निर्माण गर्ने घोषणा गरे। कराँचीमा आर्शद नदिम एथलेटिक्स एकेडेमी स्थापना गर्ने घोषणा पनि भइसकेको छ।

गत वर्षको विश्व च्याम्पियनसिपमा रजत पदक हात पारेका नदिमले पेरिसमा ९२.९७ मिटर फाल्दै ज्याभलिन थ्रोमा स्वर्ण जितेका हुन्। पाकिस्तानले ओलम्पिकमा जितेको चौथो स्वर्ण हो यो। ४० वर्षयता ओलम्पिकमा पाकिस्तानको पहिलो स्वर्ण हो भने व्यक्तिगत स्पर्धाको पहिलो स्वर्ण पनि नदिमले नै दिलाएका हुन्।

उनले भारतका डिफेन्डिङ च्याम्पियन नीरज चोपरालाई रजतमा खुम्च्याउँदै ऐतिहासिक सफलता हात पारेका हुन्। नीरजले ८९.४५ मिटर फालेका थिए। निरजले ३ वर्षअघि टोकियोमा स्वर्ण जित्दा नदिम पाँचौं भएका थिए। नदिमले दशरथ रंगशालामा १३औं दक्षिण एसियाली खेलकुद (साग २०१९) अन्तर्गत ज्याभलिन थ्रोमा स्वर्ण पदक जितेका थिए।

एकपछि अर्को सफलता चुमिरहेका नदिमको ओलम्पिक स्वर्णलाई पाकिस्तानमा देशको स्वतन्त्रता दिवस नजिकिँदा उत्कृष्ट उपहारको रूपमा लिइएको छ। त्यसैले पनि उनी करोडौं पुरस्कारको हकदार हुने नै भए।

पुरा हेर्नुहोस्


गीतकार गिता गिरीको ‘मै हुँ शिवको शिवानी ’ सार्वजनिक

काठमाण्डौं । ‘मै हुँ शिवको शिवानी ’ बोलको तीज गीत सार्वजनिक भएको छ । नजिकिँदै गरेको तीजलाई लक्षित गरेर निर्माण गरिएको गीतमा गायिका शान्ति श्री परियार को स्वर रहेको छ । भगवान शिवले गरेको योगदान र उनको प्रसंसा गर्दै गीत निमार्ण गरिएको छ ।

कृष्ण देव रुपाखेतीले निर्देशन गरेको भिडियोमा स्मारिका ढकाललाई फिचरिङ गरिएको छ । मौलिक लोक लयमा आधारित गीतको भिडियो उत्सव दाहालले खिचेका हुन् भने भिडियोको सम्पादन मिन रावल रहेको छ । गीतमा अभि वाग्लेले कोरियोग्राफी गरेका छन । यस गीतको शब्द गीतकार गिता गिरी तथा संगीत भद्र वली रहेको छ ।

ग्रेट एविजी को ब्यानरबाट युट्युबमार्फत् सार्वजनिक भएको गीतको निर्माण राम बहादुर गिरी र भगवती गिरीले निमार्ण गरेकी हुन ।

‘मै हुँ शिवको शिवानी ’ गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

https://www.youtube.com/watch?v=RKOM9wvVZb0
 

पुरा हेर्नुहोस्



शिक्षा / स्वास्थ्य


अरु हेर्नुहोस्


अन्तराष्ट्रिय


  • ⇒ गरिबीबाट उठ्दै ओलम्पिक स्वर्ण जितेका नदिमलाई १५ करोड बढी पुरस्कार घोषण
  • ⇒ ब्राजिलमा विमान दुर्घटना, ६२ को मृत्यु
  • ⇒ बिहीबारसम्म पेरिस ओलम्पिकमा ३० स्वर्णसहित अमेरिक शीर्ष स्थानमा
  • ⇒ बंगलादेशमा १७ सदस्यीय अन्तरिम सरकार : २६ वर्षका विद्यार्थीदेखि पूर्व जर्नेलसम्म मन्त्री
  • ⇒ फ्रान्सबाट बंगलादेश फर्किए युनुस, साँझ साढे ८ बजे शपथ
  • अरु हेर्नुहोस्


    अन्य


  • ⇒ भलिबल खेलाडी कविताले जितिन् पिपल्स च्वाइस अवार्ड
  • ⇒ पल्सर स्पाेर्ट्स अवाड २०८० मा पलेशालाई‌ पारा एथलिट अवार्ड
  • ⇒ IBA ले बुड्वा युवा विश्व बक्सिङ च्याम्पियनसिपमा सबै बक्सरहरूको आवास खर्च प्रदान गर्ने
  • ⇒ आईबा युथ वल्ड बक्सिङ प्रतियोगिता बुड्भा मोन्टेग्रोका लागि खेलाडी छनौट सम्पन्न
  • ⇒ वर्ल्ड सेपाकताक्रो च्याम्पियनसिपमा नेपालकाे ऐतिहासिक जित
  • अरु हेर्नुहोस्