मुख्य पृष्ठ हटलाइन समाचार शिक्षा / स्वास्थ्य राजनिती खेलकुद समाज अपराध अर्थ / व्यापार अन्तराष्ट्रिय भिडियो लेख तथा रचना

नवाैँ राष्ट्रिय खेलकुद सुरुहुन ५० दिन बाँकी राखेपद्वारा पत्रकार सम्मेलन


२०७९, भदौ ९, बिहीबार

News Title

काठमाडौं । नेपाली खेलकुदको गौरव पूर्ण आयोजनाका रुपमा सन्चालन हुदै आएका वृहत खेलकुद अन्तर्गत नवाैँ राष्ट्रिय खेलकुद प्रतियोगिता–२०७९ उद्घाटन हुन ५० दिन बाँकी छ । प्रतियोगिता सफल बनाउन परिषदले विभिन्न उपसमिति गठनगरी तयारी गरिरहेकाे छ । गठन भएकाे उपसमितिहरुले गरेकाे कामकाे जानकारीका लागि आज राखेपले पत्रकार सम्मेलन  सम्पन गरेकाे छ ।
 हाल सम्म सम्पन्न भएका कार्यहरु 

३६ वटा खेलका खेलाडी कोटा र खेल ईभेन्ट्स स्वीकृत 
खेलाडी संख्या प्रत्येक टिमबाटः  महिला ३३५, पुरुष ३७४ जना, जम्मा खेलाडी संख्या ७०९ जना ।

टिम ११ वटा सबै टिमबाट जम्मा ७७९९ जना, (महिला ३६८५ र पुरुष ४११४)

पदक संख्या स्वर्ण ३९३, रजतः ३९३  र कास्य ६००
६० (साठी) करोडको बजेट सुनिश्चित, पहिलो किस्ता वापत १० करोड निकासा ।  

लोगो, मस्कट, नारा छनौट भई स्विकृत भएको ।

नवौं राष्ट्रिय खेलकुदको आयोजना तथा सञ्चालन सम्बन्धमा नवौं राष्ट्रिय खेलकुद कार्यकारी समितिका संयोजक, गण्डकी प्रदेशका मुख्य मन्त्री, पोखरा महानगरपालिकाका मेयर, गण्डकी प्रदेश प्रहरी प्रमुख डि.आई.जी. सहितको वृहत बैठक सम्पन्न ।

बैठकमा प्रतियोगिताका लागि राष्ट्रिय खेलकुद परिषदबाट गरिएको अपेक्षाकृत सूचीमा सकारात्मक छलफल भई कार्यन्वयका लागि प्रतिवद्धता व्यक्त ।

 साथै  नवौं राष्ट्रिय खेलकुद–२०७९ लाई भव्यरुपमा सफल पार्न पूर्ण रुपमा सहयोग गर्ने प्रतिबद्धता जाहेर भएको । कार्यकारी समितिको सचिवालय स्थापना, काठमाण्डौ र पोखरामा ।

१३ वटा विषयगत उपसमितिका संयोजक र सचिवको मनोनयन भईसकेको । उपसमितिको कार्यविधि र बजेट कार्यकारी समितिमा पेश भई सकेको । 

 विषयगत उपसमितिको स्वीकृत ।

 उपसमितिहरुको कार्यविधि तथा कार्यतालिका बनाई काम प्रारंभ गरिएकाे ।

खेल सामाग्री लगायत खरिदका लागि लागत अनुमान कमिटि गठन भई कार्य सूरु भएको छ । 

प्रचार प्रसारको काम सुरु भएको ।

राष्ट्रिय खेलकुद परिषदको एप तथा वयसाईट मार्फत नवौ राष्ट्रिय खेलकुद प्रतियोगिताको प्रचार प्रसार तथा सूचना प्रवाह गर्ने व्यवस्था मिलाउने गरि काम अघि बढेको ।

 प्रक्रियामा रहेका महत्त्वपूर्ण कामहरु

खेलतालिका निर्माण हुदै ।

खेल सामाग्री, खेल पोशाक, किड्स ब्याग खरिदका लागि अनलाईन टेण्डर सूचना गरिसकिएको 
राष्ट्रिय ट्रफी, विजेता ट्रफी र मेडलको नमूना संकलन कार्य भई खरिद प्रक्रिया अगाडि बढिसकेको ।

उद्घाटन तथा समापन समारोहका लागि उपसमितिबाट खरिद प्रक्रिया सुरु भएको ।

भदौ २४ गते देखि पोखरा रंगशालामा मास पीटीको अभ्यास सुरु हुने ।

नवौं राष्ट्रिय खेलकुद–२०७९ मा समावेश खेलका खेलस्थलहरुको खेलस्थल व्यवस्थापन उपसमितिबाट प्रारम्भिक अध्ययन गरी खेलस्थलको नामावली पेश भईसकेको । 

खेल स्थल  निर्धारणका लागि सम्वन्धित खेल संघका पदाधिकारी र प्रविधिक टोलीबाट निरिक्षण हुने क्रम जारी । १५ भदौ सम्म खेल स्थालको टुंगो लागि सक्ने छ । 
खेलाडी तथा अफीसियलको बसोवासका लागि पोखरामा होटलको संख्या यकिन गरि व्यवस्थापनको काम भईरहेको । 

प्रतियोगिता अवधिमा आवश्यक पर्ने सवारी साधनको संख्या एकिन,दररेट निर्धारण गरि बोलपत्र आव्हान भएको ।

खेल स्थलहरुमा स्वास्थ्य सेवाका लागि सम्वन्धित पालिकाहरु संग समन्वय गरिएको ।

सबै उपसमितिले तिब्रगतिमा काम सुरु गरेकाे ।
 
सबै उपसमितिहरुले असोजको १५ गते भित्र सम्पूर्ण तयारी पुरा गर्ने लक्ष्यका साथ काम भईरहेको ।


ताजा समाचार


आईबीए अध्यक्षले आईओसी नेतृत्वलाई "खेलकुदमा वेश्या" भनेका छन् र भ्रष्टाचारको आराेप लगाए

अन्तर्राष्ट्रिय बक्सिङ संघ (आईबीए) का अध्यक्ष उमर क्रेमलेभले अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) को नेतृत्वलाई "राजनीतिमा संलग्न हुने खेलकुदमा वेश्याहरू" भनेर वर्णन गर्दै कडा हमला गरेका छन्।

क्रेमलेभले थोमस बाचले 2013 मा अध्यक्षको भूमिका ग्रहण गरेदेखि "आईओसीमा भ्रष्टाचार प्रवेश गरेको" दाबी गरे र बक्सिङ वेबसाइट NotiFight को एक रिपोर्टमा "एथलीटहरूको हितको रक्षा नगरेको" भनेर संगठनको आलोचना गरे।

आईबीए जुनमा असाधारण आईओसी सत्रमा मतदान पछि ओलम्पिक आन्दोलनबाट निष्कासित हुने पहिलो प्रशासक निकाय बनेपछि रूसी अधिकारीको घृणित टिप्पणीहरू आए।

आईओसीको प्रतिवेदनले आर्थिक, सुशासन र प्रतिस्पर्धाको विश्वसनीयताका कारणले सन् २०१९ मा लगाइएको निलम्बन हटाउनका लागि तोकिएका सर्तहरू पूरा गर्न असफल भएको निष्कर्ष निकालेको छ।

बैठकले पेरिस 2024 र लस एन्जलस 2028 को कार्यक्रममा आईओसीले बक्सिङको स्थान पुष्टि गरेको पनि देख्यो।

निकारागुवाको भ्रमणको क्रममा बोल्दै, क्रेमलेभले बाख र आईओसीको कार्यकारी बोर्डका सदस्यहरूलाई मार्नु अघि आईबीएले आफ्नो ओलम्पिक स्थिति पुन: प्राप्त गरेकोमा आफ्नो आशावाद दोहोर्याए।

"बक्सिङ अझै पनि ओलम्पिक खेलको कार्यक्रम (sic) मा छ," क्रेमलेभले NotiFight को रिपोर्टमा भने।

"उनीहरूले आईबीएको मान्यता बन्द गरे, किनभने उनीहरूलाई डर छ कि आईओसीको सदस्य भएर आईबीएले अन्तर्राष्ट्रिय महासंघको रूपमा यसको धेरै राम्रो नतिजा दिनेछ।

IOC अध्यक्ष थोमस बाचलाई IBA नेता उमर क्रेमलेभले संगठन भित्र "भ्रष्टाचार" को अध्यक्षता गरेको आरोप लगाएका छन् ।

"म विश्वस्त छु कि हामीले आईओसीबाट फेरि मान्यता पाउनेछौं।

"म पक्का छु कि हामी यसलाई प्राप्त गर्न जाँदैछौं।

"उनीहरूले बुझ्नु पर्छ कि, हाम्रो लागि, ओलम्पिक खेलहरू पनि महत्त्वपूर्ण छन्।

"हामीलाई कुनै समस्या छैन, ओलम्पिक आन्दोलनसँग कुनै विवाद छैन।

"हामीलाई आईओसीका केही अधिकारीहरूसँग समस्या छ, जो अध्यक्ष थोमस बाक र उनको टोली हुन्।

"किनभने तिनीहरू खेलकुदमा वेश्याहरू जस्तै हुन्, जो राजनीतिमा संलग्न हुन्छन् र खेलाडीहरूको हितको रक्षा गर्दैनन्।"

क्रेमलेभले संगठनको समस्याको लागि बारम्बार पूर्व अध्यक्ष सीके वू - पूर्व आईओसी कार्यकारी बोर्ड सदस्य जसले 2006 र 2017 को बीचमा प्रशासकीय निकायको नेतृत्व गरेका थिए - लाई दोष दिएका छन्।

wu पछि "घोर लापरवाही र आर्थिक कुप्रबंधन" को लागि IBA द्वारा आजीवन प्रतिबन्ध लगाइएको थियो तर IOC द्वारा स्वीकृत गरिएको छैन, जसलाई उनले २०२० मा सदस्यको रूपमा छोडेका थिए, चिकित्सा सल्लाह उद्धृत गर्दै।

जुनमा अमेरिकी बक्सिङ कन्फेडेरेसन कन्टिनेन्टल फोरममा बोल्दै, क्रेमलेभले आईओसी लगायत व्यापक रूपमा निन्दा गरिएका टिप्पणीहरूमा वूलाई "बक्सिङ नष्ट गर्न" को लागि "शट" हान्नु पर्ने दाबी गरे।

क्रेमलेभले "कुनै पनि द्वन्द्व टेबुलमा बसेर र अफिसमा फोहोर लुकेर बसेर समाधान गर्न सकिन्छ" भनी जोड दिएर धेरै पटक आईओसीसँग बैठक बोलाउन आग्रह गरेको बताए।

उनले सन् १९८० देखि २००१ सम्म आइओसीको नेतृत्व गर्ने जुआन एन्टोनियो समारान्चको अध्यक्षताको पनि प्रशंसा गरे लस एन्जलस 2028 को लागि खेलकुद कार्यक्रममा बक्सिङ पुष्टि भएको छ र IBA अध्यक्ष उमर क्रेमलेभ विश्वस्त छन् कि उनको संगठनले ओलम्पिकमा खेलकुद सञ्चालनको जिम्मेवारी पुन: प्राप्त गर्नेछ ।

"समरांच एक खेलकुद नेताको उत्कृष्ट उदाहरण थियो, जसले सबै खेलाडी, सबै खेलकुद र सबै राष्ट्रिय संघहरूको हितका लागि लडे," क्रेमलेभले थपे।

"र हामीलाई थाहा छ, थोमस बाकको अध्यक्षतामा, भ्रष्टाचार आईओसीमा प्रवेश गर्यो।

"म यो भन्न डराउँदिन, तिनीहरू मैले के भन्छु भनेर डराउँछन्।

"किनभने हाम्रो प्रतिष्ठा छ र तिनीहरू डराउँछन् कि सत्य बाहिर आउला।

"उनीहरू मलाई भेट्न पनि डराउँछन्।

"मैले धेरै पटक IOC नेताहरूसँग व्यक्तिगत भेटघाट गर्न अनुरोध गरेको छु, धेरै प्रश्नहरूको जवाफ पाउन, र जवाफमा उहाँले मलाई IBA मा आर्थिक समस्या छ भन्नुभयो, र म भन्छु 'हामीले राष्ट्रिय महासंघ र खेलाडीहरूलाई मद्दत गर्यौं भने ती समस्याहरू कहाँ छन्। '।

"यो हुन सक्छ कि तिनीहरू [आईओसी] को आर्थिक समस्याहरू छन्, किनभने तिनीहरूले ओलम्पिक खेलहरूमा भाग लिने एथलीटहरू वा संघहरूलाई कुनै समर्थन गर्दैनन्।"

बाचले आईओसी सत्रलाई बताए कि उनको संगठन आईबीए संग "अत्यन्त गम्भीर समस्या" थियो, जबकि यसको महानिर्देशक क्रिस्टोफ डे केपरले निर्णय गरे कि शरीर "नो रिटर्नको बिन्दुमा पुग्यो"।

आईबीएलाई निष्कासन गर्ने संगठनको कार्यकारी बोर्डको प्रस्तावलाई आइओसीको बैठकमा जम्मा ६९ सदस्यले समर्थन गरे पनि विपक्षमा एक मतले मात्रै मतदान भयो ।

यो एक अभूतपूर्व निर्णय थियो किनकि यसअघि कुनै पनि खेलकुद प्रशासकीय निकायलाई IOC द्वारा निष्कासन गरिएको थिएन।



पुरा हेर्नुहोस्

मंगोलिया विरुद्ध ६ विश्वकीर्तिमान बनाउदै नेपाल विजयी

चिनको हांगझाउमा सुरु भएको एसियन गेम्सको पुरुष क्रिकेट अन्तर्गत उद्घाटन खेलमा नेपालले मंगोलियालाई २७३ रनको कीर्तिमानी विशाल अन्तरले पराजित गरेको छ।
झेजियांग युनिभर्सिटी क्रिकेट मैदानमा सम्पन्न खेलमा नेपालले दिएको ३१५ रनको लक्ष्य पछ्याउने क्रममा मंगोलियाले १३.१ ओभरमा ४१ रनमा सबै विकेट गुमायो।

मंगोलियाको लागि दाभानसुरेनले १० रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्। नेपालको बलिंगमा करन केसी, अविनाश बोहरा र सन्दिप लामिछानेले २/२ तथा सोमपाल कामि, दिपेन्द्र ऐरी र कुशल भुर्तेलले १/१ विकेट लिए।

अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेको मंगोलियाले टस जितेर फिल्डिंग रोजेपछि नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर कीर्तिमानी ३१४ रन बनायो।

नेपालको ब्याटिंगमा कुशल मल्लले अविजित १३७ रन बनाए जुन क्रममा ५० बलमा ८ चौका र १२ छक्का प्रहार गरे। कप्तान रोहित पौडेलले २७ बलमा२ चौका र ६ छक्का मद्दतले ६१ रन बनाए भने दिपेन्द्र एरीले १० बलमा ८ छक्का मद्दतले अविजित ५२ रन बनाए।

खेलमा बनेका विश्वविश्वकीर्तिमान

सबैभन्दा ठूलो योगफल : ३१४ रनको योगफल टि-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा कुनै पनि देशले बनाएको सबैभन्दा ठूलो योगफल हो। पहिलो पटक कुनै देशले टि-२० अन्तर्राष्ट्रियमा तिन सय रनको योगफल पार गरेको हो। यस अघि अफगानिस्तानले आयरल्याण्ड विरुद्ध तथा चेज रिपब्लिकले टर्की विरुद्ध सन् २०१९ मा २७८ रनको योगफल बनाएका थिए जुन रेकर्ड नेपालले पछि पारेको हो।

सबैभन्दा छिटो शतक : खेलमा देब्रे हाते ब्याट्सम्यान कुशल मल्लले ३४ बलमा शतक पुरा गर्दै विश्वरेकर्ड बनाए। यस अघि अस्ट्रेलियाका डेभिड वार्नर, भारतका रोहित शर्मा र चेज रिपब्लिकका एस विक्रमसेकराले ३५ बलमा शतक बनाउदै यो रेकर्ड बनाएका थिए जसलाई कुशलले पछि पारेका हुन्।

सबैभन्दा छिटो अर्धशतक : युवराज सिंहले २००७ मा इंग्ल्यान्ड विरुद्ध बनाएको १२ बलको अर्धशतकको रेकर्ड तोड्दै दिपेन्द्र ऐरीले नयाँ विश्वरेकर्ड बनाएका छन्। ऐरीले मात्र ९ बलमा अर्धशतक पुरा गरेका हुन्। यस क्रममा उनले सामना गरेको पहिलो ६ बलमा छक्का गरेका थिए।

सबैभन्दा ठूलो साझेदारी : खेलमा तेश्रो विकेटको लागि कुशल मल्ल र रोहित पौडेलले गरेको १९३ रनको साझेदारी टि-ट्वान्टी अन्तर्राष्ट्रियमा तेश्रो विकेटको लागि सबैभन्दा ठूलो साझेदारी हो। न्युजिल्यान्डका ग्लेन फिलिप्स र डेभोन कन्वेले वेस्टइन्डिज विरुद्ध २०२० मा १८४ रनको साझेदारी गरेका थिए जुन रेकर्ड टुटेको हो।

सबैभन्दा ठूलो रन अन्तरको जित : नेपालको २७३ रनको जित टि-ट्वान्टी अन्तर्राष्ट्रियमा सबैभन्दा ठूलो रन अन्तरको जित हो। यस अघि यो रेकर्ड चेज रिपब्लिकको नाममा थियो जसले २०१९ मा टर्कीलाई २५७ रनले पराजित गरेको थियो।

सर्वाधिक छक्का : नेपालले खेलमा प्रहार गरेको २६ वटा छक्का टि-ट्वान्टी अन्तर्राष्ट्रिय इतिहासकै एकै इनिंग्समा प्रहार भएको सर्वाधिक छक्का हो। यस अघि यो रेकर्ड अफगानिस्तानको नाममा थियो जसले आयरल्याण्ड विरुद्ध २०१९ मा २२ छक्का प्रहार गरेको थियो।



पुरा हेर्नुहोस्

नेपाली कुस्ती टोलीले भारतमा प्रशिक्षण गर्ने

काठमाडौं । चीनको हाङझाउमा हुने १९औं एसियाली खेलकुदको थप तयारी गर्न नेपाली कुस्ती टोली वैदेशिक प्रशिक्षणका लागि भारतको उत्तर प्रदेश जाने भएको छ ।
४ खेलाडीसहित ५ सदस्यीय टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव टंकलाल घिसिङले आइतबार बिदाइ गरे ।

भारत जान लागेका चारै खेलाडी १३ औं दक्षिण एसियाली खेलकुदका पदक विजेता हुन् । एसियाली खेलकुदमा पुरुषतर्फ सुरेश चुनारा (७४ केजी) र राज यादव (१ सय २५ केजी) तथा महिलातर्फ शिवाङगी दुवे (५७ केज) र सुशिला चन्द (६२ केजी)  ले नेपालको प्रतिनिधित्व गर्नेछन् । 

 १३ औं सागमा सुरेश र राजले कांस्य तथा बाँकी दुई खेलाडीले रजत जितेका थिए । टोलीको प्रशिक्षकमा मुमताज अली इद्रिसी छन् ।

टोली सोमबार काठमाडौंबाट नेपालगन्ज जाने छ । नेपालगन्जमा एक साताको प्रशिक्षणपछि टोली उत्तर प्रदेश जाने छ । उत्तर प्रदेशको नन्दनीनगरस्थित टाटा मोटर्स एकेडेमीमा भदौसम्म गर्ने  प्रशिक्षण मुख्य प्रशिक्षक इद्रिसीले जानकारी गराए ।

खेलाडी सुरेशले पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगिताको तयारीका लागि वैदेशिक प्रशिक्षणमा जान पाउदा सबै खेलाडी उत्साहित भएको प्रतिकृया दिए ।
 



पुरा हेर्नुहोस्


२६ जना सहसचिवको सरुवा (सूचीसहित)

काठमाडौँ, ७ साउन ।  संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २६ जना सहसचिवहरुको सरुवा गरेको छ ।

एक प्रमुख जिल्ला अधिकारी र दुई महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतसहित आइताबार मन्त्रालयले २६ जना सहसचिवको सरुवा निकालेको हो ।

जाजरकोटका प्रमुख जिल्ला अधिकारी रामकुमार महतोको संघीय मामिला मन्त्रालयमा सरुवा भएको छ । यस्तै ललितपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालको गृह मन्त्रालयमा सरुवा भएको छ ।

अर्यालको ठाउँमा पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विरेन्द्रदेव भारती आएका छन् । पोखरा महानगरपालिकामा कर्णाली प्रदेशको अर्थ सचिव श्याम कृष्ण थापा सरुवा भएका छन् ।

हेर्नुस सूची

पुरा हेर्नुहोस्


आईबीए अध्यक्षले आईओसी नेतृत्वलाई "खेलकुदमा वेश्या" भनेका छन् र भ्रष्टाचारको आराेप लगाए

अन्तर्राष्ट्रिय बक्सिङ संघ (आईबीए) का अध्यक्ष उमर क्रेमलेभले अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) को नेतृत्वलाई "राजनीतिमा संलग्न हुने खेलकुदमा वेश्याहरू" भनेर वर्णन गर्दै कडा हमला गरेका छन्।

क्रेमलेभले थोमस बाचले 2013 मा अध्यक्षको भूमिका ग्रहण गरेदेखि "आईओसीमा भ्रष्टाचार प्रवेश गरेको" दाबी गरे र बक्सिङ वेबसाइट NotiFight को एक रिपोर्टमा "एथलीटहरूको हितको रक्षा नगरेको" भनेर संगठनको आलोचना गरे।

आईबीए जुनमा असाधारण आईओसी सत्रमा मतदान पछि ओलम्पिक आन्दोलनबाट निष्कासित हुने पहिलो प्रशासक निकाय बनेपछि रूसी अधिकारीको घृणित टिप्पणीहरू आए।

आईओसीको प्रतिवेदनले आर्थिक, सुशासन र प्रतिस्पर्धाको विश्वसनीयताका कारणले सन् २०१९ मा लगाइएको निलम्बन हटाउनका लागि तोकिएका सर्तहरू पूरा गर्न असफल भएको निष्कर्ष निकालेको छ।

बैठकले पेरिस 2024 र लस एन्जलस 2028 को कार्यक्रममा आईओसीले बक्सिङको स्थान पुष्टि गरेको पनि देख्यो।

निकारागुवाको भ्रमणको क्रममा बोल्दै, क्रेमलेभले बाख र आईओसीको कार्यकारी बोर्डका सदस्यहरूलाई मार्नु अघि आईबीएले आफ्नो ओलम्पिक स्थिति पुन: प्राप्त गरेकोमा आफ्नो आशावाद दोहोर्याए।

"बक्सिङ अझै पनि ओलम्पिक खेलको कार्यक्रम (sic) मा छ," क्रेमलेभले NotiFight को रिपोर्टमा भने।

"उनीहरूले आईबीएको मान्यता बन्द गरे, किनभने उनीहरूलाई डर छ कि आईओसीको सदस्य भएर आईबीएले अन्तर्राष्ट्रिय महासंघको रूपमा यसको धेरै राम्रो नतिजा दिनेछ।

IOC अध्यक्ष थोमस बाचलाई IBA नेता उमर क्रेमलेभले संगठन भित्र "भ्रष्टाचार" को अध्यक्षता गरेको आरोप लगाएका छन् ।

"म विश्वस्त छु कि हामीले आईओसीबाट फेरि मान्यता पाउनेछौं।

"म पक्का छु कि हामी यसलाई प्राप्त गर्न जाँदैछौं।

"उनीहरूले बुझ्नु पर्छ कि, हाम्रो लागि, ओलम्पिक खेलहरू पनि महत्त्वपूर्ण छन्।

"हामीलाई कुनै समस्या छैन, ओलम्पिक आन्दोलनसँग कुनै विवाद छैन।

"हामीलाई आईओसीका केही अधिकारीहरूसँग समस्या छ, जो अध्यक्ष थोमस बाक र उनको टोली हुन्।

"किनभने तिनीहरू खेलकुदमा वेश्याहरू जस्तै हुन्, जो राजनीतिमा संलग्न हुन्छन् र खेलाडीहरूको हितको रक्षा गर्दैनन्।"

क्रेमलेभले संगठनको समस्याको लागि बारम्बार पूर्व अध्यक्ष सीके वू - पूर्व आईओसी कार्यकारी बोर्ड सदस्य जसले 2006 र 2017 को बीचमा प्रशासकीय निकायको नेतृत्व गरेका थिए - लाई दोष दिएका छन्।

wu पछि "घोर लापरवाही र आर्थिक कुप्रबंधन" को लागि IBA द्वारा आजीवन प्रतिबन्ध लगाइएको थियो तर IOC द्वारा स्वीकृत गरिएको छैन, जसलाई उनले २०२० मा सदस्यको रूपमा छोडेका थिए, चिकित्सा सल्लाह उद्धृत गर्दै।

जुनमा अमेरिकी बक्सिङ कन्फेडेरेसन कन्टिनेन्टल फोरममा बोल्दै, क्रेमलेभले आईओसी लगायत व्यापक रूपमा निन्दा गरिएका टिप्पणीहरूमा वूलाई "बक्सिङ नष्ट गर्न" को लागि "शट" हान्नु पर्ने दाबी गरे।

क्रेमलेभले "कुनै पनि द्वन्द्व टेबुलमा बसेर र अफिसमा फोहोर लुकेर बसेर समाधान गर्न सकिन्छ" भनी जोड दिएर धेरै पटक आईओसीसँग बैठक बोलाउन आग्रह गरेको बताए।

उनले सन् १९८० देखि २००१ सम्म आइओसीको नेतृत्व गर्ने जुआन एन्टोनियो समारान्चको अध्यक्षताको पनि प्रशंसा गरे लस एन्जलस 2028 को लागि खेलकुद कार्यक्रममा बक्सिङ पुष्टि भएको छ र IBA अध्यक्ष उमर क्रेमलेभ विश्वस्त छन् कि उनको संगठनले ओलम्पिकमा खेलकुद सञ्चालनको जिम्मेवारी पुन: प्राप्त गर्नेछ ।

"समरांच एक खेलकुद नेताको उत्कृष्ट उदाहरण थियो, जसले सबै खेलाडी, सबै खेलकुद र सबै राष्ट्रिय संघहरूको हितका लागि लडे," क्रेमलेभले थपे।

"र हामीलाई थाहा छ, थोमस बाकको अध्यक्षतामा, भ्रष्टाचार आईओसीमा प्रवेश गर्यो।

"म यो भन्न डराउँदिन, तिनीहरू मैले के भन्छु भनेर डराउँछन्।

"किनभने हाम्रो प्रतिष्ठा छ र तिनीहरू डराउँछन् कि सत्य बाहिर आउला।

"उनीहरू मलाई भेट्न पनि डराउँछन्।

"मैले धेरै पटक IOC नेताहरूसँग व्यक्तिगत भेटघाट गर्न अनुरोध गरेको छु, धेरै प्रश्नहरूको जवाफ पाउन, र जवाफमा उहाँले मलाई IBA मा आर्थिक समस्या छ भन्नुभयो, र म भन्छु 'हामीले राष्ट्रिय महासंघ र खेलाडीहरूलाई मद्दत गर्यौं भने ती समस्याहरू कहाँ छन्। '।

"यो हुन सक्छ कि तिनीहरू [आईओसी] को आर्थिक समस्याहरू छन्, किनभने तिनीहरूले ओलम्पिक खेलहरूमा भाग लिने एथलीटहरू वा संघहरूलाई कुनै समर्थन गर्दैनन्।"

बाचले आईओसी सत्रलाई बताए कि उनको संगठन आईबीए संग "अत्यन्त गम्भीर समस्या" थियो, जबकि यसको महानिर्देशक क्रिस्टोफ डे केपरले निर्णय गरे कि शरीर "नो रिटर्नको बिन्दुमा पुग्यो"।

आईबीएलाई निष्कासन गर्ने संगठनको कार्यकारी बोर्डको प्रस्तावलाई आइओसीको बैठकमा जम्मा ६९ सदस्यले समर्थन गरे पनि विपक्षमा एक मतले मात्रै मतदान भयो ।

यो एक अभूतपूर्व निर्णय थियो किनकि यसअघि कुनै पनि खेलकुद प्रशासकीय निकायलाई IOC द्वारा निष्कासन गरिएको थिएन।

पुरा हेर्नुहोस्


विवादित संवाद हटाएपछि ‘आदिपुरुष’ले पायो नेपालमा प्रदर्शन अनुमति

काठमाडौं । अन्ततः विवादित संवाद फिल्मबाट हटाइएपछि नेपाली सेन्सर बोर्डले दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’लाई प्रदर्शन अनुमति दिएको छ । बिहीवार राती ८ बजे सेन्सर बोर्डका अध्यक्ष अनिलकुमार दत्तले हस्ताक्षर गरेको अनुमति पत्र वितरकलाई दिएका हुन् ।

फिल्ममा समावेश ‘जानकी भारतकी छोरी हुन्’ भन्ने वाक्यमा आपत्ति जनाउँदै बिहीवार अपरान्ह बोर्डले प्रदर्शन अनुमति दिन अस्वीकार गरेको थियो । भारतीय वितरकले फिल्मबाट विवादित वाक्य हटाएर नेपाल पठाएपछि मात्र बोर्डले अनुमति दिएको हो ।

सेन्सर बोर्डको अनुमतिपछि ‘आदिपुरुष’ शुक्रबार नेपालमा रिलिज हुने पक्का भएको छ । तर, काठमाडौं महानगरका मेयर बालेन शाहको फेसबुक स्टाटसले भने संशय पैदा गराएको छ । उनले भारतमा समेत उक्त विवादित वाक्य तीन दिनभित्र नहटाए कुनै पनि हिन्दी फिल्म काठमाडौं महानगरमा प्रदर्शन अनुमति नदिने उल्लेख गरेका छन् ।

बालेनको सचिवालयले पनि आफूहरुले तीन दिन प्रतीक्षा गर्ने तर उक्त वाक्य हटाएर माफी नमागेसम्म काठमाडौंमा कुनैपनि हिन्दी फिल्म प्रदर्शन गर्न अनुमति नदिने र सबै हललाई यसबारे पत्राचार गरिने उल्लेख गरेको छ । प्रभास र कृति सेनन स्टारर आदिपुरुष रामायणको कथावस्तुमा आधारित छ । यो फिल्मलाई नेपालमा ब्यांकटेस इन्टरटेनमेन्टले रिलिज गर्न लागेको हो ।

पुरा हेर्नुहोस्



शिक्षा / स्वास्थ्य


अरु हेर्नुहोस्


लेख तथा रचना


अरु हेर्नुहोस्


अन्तराष्ट्रिय


  • ⇒ आईबीए अध्यक्षले आईओसी नेतृत्वलाई "खेलकुदमा वेश्या" भनेका छन् र भ्रष्टाचारको आराेप लगाए
  • ⇒ विषाक्त ग्याँस लिक हुँदा १६ जनाको मृत्यु
  • ⇒ अमेरिकामा गोली चल्दा ४ जनाको मृत्यु
  • ⇒ महाराष्ट्रमा बसमा आगलागी हुँदा २५ जनाको मृत्यु
  • ⇒ ओडिसामा बस दुर्घटना हुँदा ११ जनाको मृत्यु
  • अरु हेर्नुहोस्


    अन्य


  • ⇒ आईबीए अध्यक्षले आईओसी नेतृत्वलाई "खेलकुदमा वेश्या" भनेका छन् र भ्रष्टाचारको आराेप लगाए
  • ⇒ मंगोलिया विरुद्ध ६ विश्वकीर्तिमान बनाउदै नेपाल विजयी
  • ⇒ नेपाली कुस्ती टोलीले भारतमा प्रशिक्षण गर्ने
  • ⇒ त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा दीपक मल्होत्रासँग भएका सबै सम्झौता खारेज गर्न माग
  • ⇒ नेपाल बक्सिङ महासंघकाे महासचिवमा भण्डारी निर्वाचित
  • अरु हेर्नुहोस्