मुख्य पृष्ठ हटलाइन समाचार शिक्षा / स्वास्थ्य राजनिती खेलकुद समाज अपराध अर्थ / व्यापार अन्तराष्ट्रिय भिडियो लेख तथा रचना

गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्री प्रचण्डद्वारा संविधान दिवसकाे शुभकामना


२०७९, असोज ३, सोमबार

News Title

काठमाडौं । गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'द्वारा संविधान दिवस-२०७९ को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको कामना सहित शुभकामना व्यक्त गर्नुभएकाे छ । अध्यक्ष प्रचण्डले सर्वप्रथम यो संविधानका लागि जीवन उत्सर्ग गर्ने महान् सहिदहरुप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै बेपत्ता, घाइते, अपाङ्गता भएका योद्धाहरुप्रति उच्च सम्मान प्रकट गर्नुभएकाे छ ।

अध्यक्ष प्रचण्डद्वारा एक विज्ञप्ति जारी गर्दै संविधान दिवसकाे शुभकामना दिनुभएकाे हाे ।

शुभकामना

संविधान दिवस–२०७९ को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछु । सर्वप्रथम यो संविधानका लागि जीवन उत्सर्ग गर्ने महान् सहिदहरुप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै बेपत्ता, घाइते, अपाङ्गता भएका योद्धाहरुप्रति उच्च सम्मान प्रकट गर्दछु ।

लामो संघर्ष र नेपाली जनताको त्याग र बलिदानको प्रतिफलका रुपमा वर्तमान संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान प्राप्त भएको हो । संविधानले मुलुकमा लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत मात्र गरेको छैन, समानुपातिक, समावेशी, मौलिक हक, पहिचान  र अधिकार लगायतका विषयमा अग्रगामी पनि छ ।

सिंहदरबारमा रहेको एकात्मक राज्य व्यवस्थाको केन्द्रीकृत शासन प्रणालीलाई नागरिकको घरदैलोमा पुर्याउने श्रेय पनि वर्तमान संविधानलाई जान्छ । यसले नागरिकलाई ‘गाउगाउँमा सिंहदरबार’को अनुभूति गराएको छ ।

वर्तमान संविधानकै कार्यान्वयनको क्रममा हामी आउँदो मंसिर ४ गते हुने प्रतिनिधि सभा / प्रदेश सभा सदस्य निर्वाचनको प्रक्रियामा छौं । संविधान एवं सिंगो व्यवस्थाको रक्षा र सुदृढीकरणका लागि यस निर्वाचनमा गठबन्धनमा रहेका दलहरुको जीत अपरिहार्य भएको छ । त्यसका लागि प्रतिगमन विरोधी अग्रगामी सम्पूर्ण नेपाली जनसमुदायलाई गठबन्धनमा रहेका दलहरुलाई विजयी गराई संविधान रक्षा एवं सफल कार्यान्वयनका लागि हार्दिक अपील गर्दै पुनः एकपटक संविधान दिवसको अवसरमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।

०३ असोज, २०७९
.................................
पुष्पकमल दाहाल ‘प्रचण्ड’
अध्यक्ष




ताजा समाचार


विश्व बक्सिङ संघ (आइबा) काे अध्यक्षमा उमार क्रेकलेभलाई निरन्तरता

काठमाडौं । अन्तर्राष्ट्रिय बक्सिङ संघ (आइबा)को अध्यक्षमा पुनः उमर क्रमलेभले नै निरन्तरता पाएका छन् । यसअघि मे १३–१४ मा टर्कीको इस्तानबुलमा सम्बन्न आइबाको विशेष साधारण सभाबाट उमार अध्यक्ष पदमा चुनिएका थिए ।

तर, अध्यक्षका अर्का प्रत्यासी वोरिश मान डी भोसेले स्वीटजरल्यान्डको खेलकुद सम्बन्धी अदालतमा उजुरी हालेसँगै पुनः निर्वाचन गर्न आदेश आएको थियो । सोही अनुसार अर्मेनियाको राजधानी येरेभानमा आइतबार भएको विशेष साधारण सभामा पुनः निर्वाचन गर्नु पर्दैन भन्ने पक्षमा बहुमत आएपछि उमारले नै निरन्तरता पाएका हुन् ।

भौतिक रुपमा उपस्थित ९९ र अनलाइनबाट सहभागी भएका ५६ सदस्य राष्ट्रका प्रतिनिधिबीच फेरि चुनाव गर्ने किन नगर्ने भन्ने पक्षमा मतदान भएको थियो । उक्त निर्वाचनमा १ सय ६ राष्ट्रले पर्दैन, ३८ वटाले फेरि गर्नुपर्छ र चार मुलुकले तटस्थ बस्ने पक्षमा मतदान गरे । बाँकी सात मत बदर भएको थियो ।

करिब ७५ प्रतिशत सदस्यबाट विश्वासको मत पाएसँगै उमारले नै आइबाको आगामी चार वर्षको बागडोर सम्हाल्ने भएका छन् ।



पुरा हेर्नुहोस्

आईबा अध्यक्षमा पुन: उमार क्रेमलेभ दुई तिहाई बहुमतका साथ विजयी

अन्तर्राष्ट्रिय बक्सिङ संघका अध्यक्षमा रसियाका उमार क्रेमलेभ दुई तिहाई बहुमतका साथ पुन: दाेस्राे कार्यकालकाे लागि निर्वाचित भएका छन् ।  

आर्मेनियाको राजधानी येरेभानमा आज सेप्तेम्बर २४ तारिख मा सम्पन्न अन्तर्राष्ट्रिय बक्सिङ्ग संघ (आईबा) को एक्स्ट्रा अर्डीनरी कांग्रेसले उमर क्रेमलेभको लागि विश्वासको मत व्यक्त गरेकाे हाे । 

इन्टरनेशनल बक्सिङ एसोसिएसन (आईबीए) को कांग्रेसले आज अर्मेनियाको येरेभानमा भएको साधारण सभामा अध्यक्ष उमर क्रेमलेभको लागि विश्वासको मतलाई पुन: पुष्टि गरेकाे छ ।

कांग्रेसले नयाँ निर्वाचनको विपक्षमा मतदान गर्‍यो । प्रतिनिधिहरूले विपक्षमा १०६ मत खसाले, जुन ७५ % हो, १४६ योग्य राष्ट्रिय संघहरू मध्ये ३६ मत विपक्षमा र ४ राष्ट्र अनुपस्थित रहेका थिए । कांग्रेसको निर्णय अनुसार क्रेमलेभले ४ वर्षको लागि आफ्नो पदमा बहाल रहनेछन् ।

यस अघि गत मे १३–१४ तारिखसम्म टर्कीको राजधानी ईस्टानबुलमा सम्पन्न आईबा कंग्रेसबाट निर्विरोध निर्वाचित भएका आईबा अध्यक्ष उमार क्रेमलेभ बिरुद्ध हल्याण्डका अध्यक्ष पदको प्रत्यासी वोरिश मान डि.भोसेले स्वीच्जरल्याण्डको कोर्ट अफ आर्बिट्रेसन अफ स्पोर्टस (कास) मा हालेको उजुरी उपर २०२२ जुन १४ मा वोरिसलाई पनि सहभागीता गराएर निर्वाचन गर्नु भन्ने आदेश भएबाट अध्यक्ष पदको लागि पुन निर्वाचन भएकाे थियाे ।



पुरा हेर्नुहोस्

आईबा अध्यक्षमा पुन: उमार क्रेमलेभ दुई तिहाई बहुमतका साथ विजयी

अन्तर्राष्ट्रिय बक्सिङ संघका अध्यक्षमा रसियाका उमार क्रेमलेभ दुई तिहाई बहुमतका साथ पुन: दाेस्राे कार्यकालकाे लागि निर्वाचित भएका छन् ।  

आर्मेनियाको राजधानी येरेभानमा आज सेप्तेम्बर २४ तारिख मा सम्पन्न अन्तर्राष्ट्रिय बक्सिङ्ग संघ (आईबा) को एक्स्ट्रा अर्डीनरी कंग्रेसमा दुई तिहाई मतका साथ क्रेमलेभ निर्वाचित भएका हुन ।

प्रत्यक्ष १५५ राष्ट्र सहभागी आईबाकाे एक्स्ट्रा अर्डीनरी कंग्रेसमा भर्चुअल माध्यमबाट ५७ राष्ट सहभागी भएकाे मध्य अध्यक्षमा निर्वाचित  क्रेमलेभकाे पक्षमा फेरी चुनाब गर्नुपर्दैन भन्ने पक्षमा १०६ मत प्रत्यासी अध्यक्षका उम्मेदवार वोरिश मान डि.भोसेलेकाे पक्षमा ३८ मत, न्युटल ४ मत र ७ मत बदर भएकाे थियाे ।

यस अघि गत मे १३–१४ तारिखसम्म टर्कीको राजधानी ईस्टानबुलमा सम्पन्न आईबा कंग्रेसबाट निर्विरोध निर्वाचित भएका आईबा अध्यक्ष उमार क्रेमलेभ बिरुद्ध हल्याण्डका अध्यक्ष पदको प्रत्यासी वोरिश मान डि.भोसेले स्वीच्जरल्याण्डको कोर्ट अफ आर्बिट्रेसन अफ स्पोर्टस (कास) मा हालेको उजुरी उपर २०२२ जुन १४ मा वोरिसलाई पनि सहभागीता गराएर निर्वाचन गर्नु भन्ने आदेश भएबाट अध्यक्ष पदको लागि पुन निर्वाचन भएकाे थियाे ।

उमार क्रेमलेभ अध्यक्षमा निर्वाचित भएसंगै आईबा अध्यक्षमा क्रेमलेभ अब ४ वर्ष बाहल रहनेछन् ।



पुरा हेर्नुहोस्


अर्थ मन्त्री शर्माकाे लाेकप्रिय निर्णय : जनयुद्धका सहिद र बेपत्ता परिवारले मासिक तीन हजार पाउने

काठमाडौं- तत्कालीन नेकपा (माओवादी) ले सञ्चालन गरेकाे १० वर्षे जनयुद्धका सहिद तथा बेपत्ता परिवारले अब मासिक भत्ता पाउने भएका छन् ।

नेकपा (माओवादी केन्द्र) का नेता समेत रहेका अर्थमन्त्री जनार्दन शर्माले जनयुद्धका शहिद तथा बेपत्ता परिवारलाई अब मासिक भत्ता उपलब्ध गराउने मन्त्रीस्तरिय निर्णय गरेका हुन् ।

अर्थ मन्त्रालयले गृह मन्त्रालयलाई ‘राजनीतिक आन्दोलनमा बलिदान गर्ने परिवारका लागि जीवनवृत्ति वापत मासिक रकम उपलब्ध गराउनेसम्बन्धी कार्यविधिमा सहमति प्रदान गरेको छ ।

मस्यौदामा उल्लेखित ‘आन्दोलन’ को परिभाषामा ‘सम्भव २०५२ सालबाट सुरु भएको सशस्त्र द्वन्द्व र मधेस आन्दोलनलाई सम्झनुपर्छ भनि मिलाउने’ र ‘बलिदानको परिषाभामा ‘…सशस्त्र द्वन्द्व र मधेस आन्दोलनका घटनामा परी वीरगति प्राप्त गरेका भनि नेपाल सरकारबाट एकीन भई अभिलेख भएको सम्झनुपर्छ भनि मिलाउने गरी र सो क्रममा बेपत्ता पारिएका व्यक्तिहरुको परिवारलाई समेत समेट्नेगरी सहमति’ प्रदान गरिएको हो ।

पुरा हेर्नुहोस्


विश्व बक्सिङ संघ (आइबा) काे अध्यक्षमा उमार क्रेकलेभलाई निरन्तरता

काठमाडौं । अन्तर्राष्ट्रिय बक्सिङ संघ (आइबा)को अध्यक्षमा पुनः उमर क्रमलेभले नै निरन्तरता पाएका छन् । यसअघि मे १३–१४ मा टर्कीको इस्तानबुलमा सम्बन्न आइबाको विशेष साधारण सभाबाट उमार अध्यक्ष पदमा चुनिएका थिए ।

तर, अध्यक्षका अर्का प्रत्यासी वोरिश मान डी भोसेले स्वीटजरल्यान्डको खेलकुद सम्बन्धी अदालतमा उजुरी हालेसँगै पुनः निर्वाचन गर्न आदेश आएको थियो । सोही अनुसार अर्मेनियाको राजधानी येरेभानमा आइतबार भएको विशेष साधारण सभामा पुनः निर्वाचन गर्नु पर्दैन भन्ने पक्षमा बहुमत आएपछि उमारले नै निरन्तरता पाएका हुन् ।

भौतिक रुपमा उपस्थित ९९ र अनलाइनबाट सहभागी भएका ५६ सदस्य राष्ट्रका प्रतिनिधिबीच फेरि चुनाव गर्ने किन नगर्ने भन्ने पक्षमा मतदान भएको थियो । उक्त निर्वाचनमा १ सय ६ राष्ट्रले पर्दैन, ३८ वटाले फेरि गर्नुपर्छ र चार मुलुकले तटस्थ बस्ने पक्षमा मतदान गरे । बाँकी सात मत बदर भएको थियो ।

करिब ७५ प्रतिशत सदस्यबाट विश्वासको मत पाएसँगै उमारले नै आइबाको आगामी चार वर्षको बागडोर सम्हाल्ने भएका छन् ।

पुरा हेर्नुहोस्


कुनै एकदिन कुनै पुस्ताले सानुकान्छा श्रेष्ठको योगदानको इतिहास खोजी गर्नेछ ।

समाजसेवी क.सानुकान्छा श्रेष्ठ 

✍️ अनुराग अरुण 

२०५२ सालमा लुभुमा खानेपानीको साह्रै समस्या थियो । बिहान टोल टोलमा रहेको सार्वजनिक धारामा एक दुई घण्टा पानी आउँथ्यो । टोलभरिका महिलाहरु गाग्री लाइनमा लश्करै राखेर आफ्नो पालो अनुसार पानी थाप्थे । कुनैबेला पानीको लागि टोल टोलमा महिलाहरु आपसमै झगडा गरिरहेको दृश्य यदाकदा देखिन पाईन्थ्यो । कुनै टोलमा टोकन अनुसार पालैपाला पानी थाप्थे । कुनै बेला चार पाँच दिन धाराबाट पानी आउँथेन । तब मान्छेहरु साइकल, गाडी र मोटरसाइकलमा पानी राख्ने ग्यालेन लिएर लामाटार ढुगिंनसम्म पानी लिन जान्थे ।

त्यतिबेला लुभुबासीहरु नुहाउन र लुगा धुन इनारको पानी र गोदावरी खोलाको पानी प्रयोग गर्थे । चैत्र बैसाखको गर्मीमा इनारमा पानी पनि उतिसारो हुन्थिएन । नुहाउन र लुगा धुने झन समस्या थियो । एक एक थोपा पानीको अति नै अमुल्य महत्व थियो ।

तर आज अधिकांश लुभुबासीहरुको घर घरमा खानेपानीको धारा जडान भएको छ । बिहान बेलुका धारामा पानी आइरहन्छ । अब पहिले जस्तो नुहाउन, लुगाधुन र पिउन पानीको कुनै समस्था छैन । पहिले जस्तो टोल टोलमा खानेपानीको लागि झगडा गरिरहनुपर्ने अब अवस्था छैन । 

जब म पानी पिउँछु । पिउने पानीको गिलासमा क.सानुकान्छा श्रेष्ठको पसिनाले लतपतिएको अनुहार झल्झल देख्छु । यिनैको भगिरथ त्याग, तपश्या र अथक प्रयासले आज लुभुभरिमा खानेपानीको सर्व सुलभता भएको छ । अहिले लुभु खानेपानीको सञ्चालक समितिमा सबै पार्टीका मान्छेहरु सञ्चालक हुनुहुन्छ । उहाँहरु सबैलाई यो कुरा विदितै छ, लुभुमा खानेपानीको लागि सानुकान्छा श्रेष्ठले के कति गरे ? सधैं दिन रात आफै खटेका छन् । यति मात्र होइन, खानेपानीलाई आफ्नो करौडौं मुल्यपर्ने जग्गा समेत दिएका छन् ।

दु:ख लाग्छ, हामी कुनै अमुक दलका कार्यकर्ता वा मतदाता त भयौं । तर हामीमा राजनीतिको उच्च सभ्य संस्कार भएन । चेतना आएन । मलाई लाग्छ, आज नभए भोलि कुनै न कुनै एकदिन कुनै पुस्ताले क.सानुकान्छा श्रेष्ठको यो योगदानको इतिहास खोजी गर्नेछ, र त्यसको निष्पक्ष मुल्याकंन अवस्य गर्नेछ ।

पुरा हेर्नुहोस्



शिक्षा / स्वास्थ्य


अरु हेर्नुहोस्


लेख तथा रचना


अरु हेर्नुहोस्


अन्तराष्ट्रिय


  • ⇒ विश्व बक्सिङ संघ (आइबा) काे अध्यक्षमा उमार क्रेकलेभलाई निरन्तरता
  • ⇒ आईबा अध्यक्षमा पुन: उमार क्रेमलेभ दुई तिहाई बहुमतका साथ विजयी
  • ⇒ आईबा अध्यक्षमा पुन: उमार क्रेमलेभ दुई तिहाई बहुमतका साथ विजयी
  • ⇒ संसद्‌बाट भएको व्याख्यात्मक अनुमोदन एमसीसीले स्वीकार्‍यो ।
  • ⇒ रुसबिरुद्ध बन्दुक बोकेर सडकमा उत्रिए युक्रेनका पूर्व राष्ट्रपति ।
  • अरु हेर्नुहोस्


    अन्य


  • ⇒ विश्व बक्सिङ संघ (आइबा) काे अध्यक्षमा उमार क्रेकलेभलाई निरन्तरता
  • ⇒ आईबा अध्यक्षमा पुन: उमार क्रेमलेभ दुई तिहाई बहुमतका साथ विजयी
  • ⇒ आईबा अध्यक्षमा पुन: उमार क्रेमलेभ दुई तिहाई बहुमतका साथ विजयी
  • ⇒ आईएसएफ वल्र्ड स्कुल बास्केटबल च्याम्पियनसिपमा सहभागी हुन नेपाली टोली सर्विया प्रस्थान
  • ⇒ नवाैँ राष्ट्रिय खेलकुद सुरुहुन ५० दिन बाँकी राखेपद्वारा पत्रकार सम्मेलन
  • अरु हेर्नुहोस्