कक्षा १२ को वार्षिक परीक्षाको समय तालिका सार्वजनिक
काठमाडौं, २२ फागुन । परीक्षा नियन्त्रण कार्यालय (कक्षा ११ र १२) कक्षा १२ को वार्षिक परीक्षाको समय तालिका सार्वजनिक गरेको छ । बोर्डले कक्षा १२ को साधारण, परम्परागत र प्राविधिक विषय समूह तर्फका नयाँ तथा पुराना पाठ्यक्रम अनुसार नियमित, ग्रेडबृद्धि एवं आंशिक परीक्षाको तालिका सार्वजनिक गरेको हो ।
२६ वैशाख २०८० देखि सुरु हुने परीक्षा ५ जेठमा सकिनेछ । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म हुने बोर्डले जनाएको छ । परीक्षा तोकिएको परीक्षा कार्यक्रम अनुसार परीक्षामा अनुपस्थित हुने परीक्षार्थीको लागि पुनः अर्को व्यवस्था नगरिएको बोर्डले जनाएको छ । कुनै आकस्मिक बिदा पर्न गएमा समेत परीक्षा नियन्त्रण कार्यालयको पूर्व सूचनाबिना परीक्षा स्थगित हुनेछैन ।

ताजा समाचार
नेपाली बक्सिङ टाेली ईतिहास रच्दै स्वदेश फिर्ति

ललितपुर । भारतको नयाँ दिल्लीमा मार्च १६ देखि २६, २०२३ सम्म सन्चालन भएकाे आईबीए महिला विश्व बक्सिङ च्याम्पियनसिप-२०२३ मा सहभागी नेपाली बक्सिङ टाेली स्वदेश फर्किएका छन् ।
आईबिएले आयाेजना गरेकाे विश्व महिला बक्सिङ प्रतियोगिता २०२३ मा नेपालबाट सहभागी अञ्जनी तेलीले ५२ केजी तौल समुहमा डोमीनिकन रिपब्लिककी मुक्केवाज हेर्नान्डेज गारसिया मेगुईनालाई ३:२ अंककाे आधारमा र हैटीकी बक्सर विरुद्ध ५-० को जित हासिल गर्दै दाेस्राे बाउट जित्दै ईतिहास बनाउन सफल भएकी थिईन । उनी संगै नेपालबाट सुस्मा तामाङ ४८ केजी, अस्मिता दुवाल ५० केजी, मिनु गुरुङ ५४ केजी चन्द्रकला थापा ५७ केजी संगीता सुनार ६० केजी र सरस्वती राणा ७० केजीमा सहभागी रहेकाे थियाे ।
नेपालबाट ७ शीर्ष महिला मुक्केबाजहरु सहित मुख्य प्रशिक्षक प्रचण्ड शर्मा, पुर्व मुख्य प्रशिक्षक प्रकाश थापामगर, दिपक महर्जन र अनुराधा लामा आईबीए महिला विश्व बक्सिङ च्याम्पियनसिप-२०२३ सहभागी भएका थिए । नेपाली खेलाडीहरुले हाई प्रोफाइल क्युबाली प्रशिक्षकसँग पञ्जाब इन्स्टिच्युट अफ स्पोर्ट्समा ३ हप्ताको उन्नत प्रशिक्षण समेत लिएका थिए ।
महिला विश्व बक्सिङ च्याम्पियनसिप-२०२३ मा सहभागी भै फर्किएका नेपाल टाेलीलाई नेपाल बक्सिङ संघका अध्यक्ष राम अवाले, केन्द्रीय सदस्य मान बहादुर भण्डारी, पुष्करराज पन्त आईबिए टु स्टार रेफ्री तथा प्रदेश खेलकुद विकास परिषद, बागमती प्रदेशका बाेर्ड सदस्य धनकुमार मैनाली सहितकाे टाेलीले स्वागत गरेका थिए ।
बागमती प्रदेशबाट प्राे बक्सिङमा सहभागी तिनै जना मुक्केबाजले जित हासिल गरे

काठमाडौं । नेपाल प्राेफेशनल बक्सिङ संघकाे तत्वावधानमा यूनाईटेड प्राेफेशनल बक्सिङ क्लबले लुम्बिनी टाईगर प्यालेस रिसाेर्टमा आयाेजना गरेकाे यूनाईटेड प्राेफेशनल बक्सिङ फाईट क्लब नेपाल एडिशनमा नेपालबाट सहभागी तिनै जना मुक्केबाजहरु बिजय भएका छन् ।
बागमती प्रदेशका बक्सिङ खेलाडीहरुले देशकाे प्रतिनिधित्व गर्दै सहभागी मुक्केबाजहरु लक्ष्मण राईले ५० केजी ताैल समुहमा भारतका मुक्केबाज शुभम चाैहानलाई ३:० अंककाे आधारमा त्यसैगरी शुलभ मालाकारले ५७ केजी ताैल समुहमा भारतका मुक्केबाज बिनय चाैहानलाई नकआउटकाे आधारमा र मनाेज तामाङले ७६ केजी ताैल समुहमा भारतमा मुक्केबाज कुल्दिप सिंहलाई टेक्निकल नकआउटकाे आधारमा जित हासिल गरेका थिए ।
नियमित रुपमा बक्समाण्डु बक्सिङ क्लबमा प्रशिक्षण गरिरहेका बागमती प्रदेशका बक्सिङ खेलाडीहरुले नेपालकाे प्रतिनिधित्व गर्दै लुम्बिनी टाईगर प्यालेस रिसाेर्टमा आयाेजना भएकाे यूनाईटेड प्राेफेशनल बक्सिङ फाईट क्लब नेपाल एपिसाेडमा जित हासिल गरेकाे प्राेफेशनल बक्सिङ ईतिहासकाे पहिलाे जित हाे ।
सहभागी तीन मुक्केबाज सहित प्रशिक्षक सन्दिप श्रेष्ठ, उमेश कटुवाल र चन्द्र तामाङ सहितकाे नेपाली टाेलीलाई प्रदेश खेलकुद विकास परिषद, बागमती प्रदेशका बाेर्ड सदस्य धनकुमार मैनालीले जितकाे अग्रिम शुभकामना सहित यात्रा सफलताकाे कामना गर्दै बक्समाण्डु बक्सिङ क्लबमा २०२३ मार्च २३ मा
बिदाई गरेका थिए । आज सम्पन्न खेलमा बिजेता मुक्बेबाजहरुले जनहि १५ हजार नगद, मेडल र प्रमाणपत्र पाउनेछ ।
युवा मुक्केबाजहरु विशेष प्रशिक्षणका लागि भारत प्रस्थान

ललितपुर । भारतीय बक्सिङ संघकाे आयाेजनामा यही २०२३ मार्च २५ देखि अप्रिल ६ तारिख सम्म भारतकाे राेतक शहर हरियानामा शुरुहुन गईरहेकाे बहुराष्ट्रिय बक्सिङ प्रशिक्षण शिबिरमा सहभागी हुन नेपाली युवा मुक्केबाजहरु भारत प्रस्थान गरेका छन् ।
राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले युवा मुक्केबाजहरु वाङ्दि छिरिङ शेर्पा, रिजन गुरुङ, आयुस थापा, प्रवल उप्रेती, राेशन ठाकुरलाई खादामाला लगाई यात्रा सफलता सहित राम्राे प्रशिक्षण लिनका लागि शुभकामना दिनुभएका थियाे ।
सदस्य सचिव घिसिङले युवा खेलाडीहरु यसरी खेलकुदमा देखा पर्दा आफू पनि युवा नै रहेकाे र आफुमा अझ बढि जाेसजाँगर पैदाहुने बताए । उहाँले खेलाडीहरुले स्फुर्तरुपमा खेल खेल्न पाउने वातावरण बनाउन संघ, परिषद र सरकार कामदारकाे भुमिकामा रहेकाेले खेलाडीले आफ्नाे ध्यान आकर्ष गराई हामीलाई पछि-पछि दाैडिने वातावरण बनाउन युवा खेलाडीहरुलाई हाैसल प्रदान गर्नुभएका थियाे ।
नेपाल बक्सिङ संघका अध्यक्ष राम अवालेकाे अध्यक्षतामा आयाेजित खेलाडी बिदाई कार्यक्रममा सदस्य सचिव घिसिङले बक्सिङ खेलले एक पछि अर्काे सफलता हासिल गर्दै अगाडि बढेकाे र बक्सिङ प्रशिक्षणकाे लागि अतिआबश्यबक अन्तर्राष्ट्रिय स्तरकाे बक्सिङ कभर्डहल निर्माणमा आफ्नाे चासाे र चिन्ता भएकै कारण डिपिआर गर्न आबश्यक जनशक्ति परिचालन गरेकाे र आगामी वर्ष बजेट समेत बिनियाेजन गर्ने बताउनु भयाे ।
सन् २००४ र २००५ मा जन्म भएका उदयमान युवा खेलाडीहरुकाे लागि तयार पारिएकाे उक्त बिशेश बक्सिङ प्रशिक्षणमा नेपाल लगाएत अन्य थुप्रै राष्ट्रहरुकाे सहभागीता रहने छ । उक्त प्रशिक्षण शिबिरलाई नेपाल बक्सिङ संघले एएसबिसी यूथ मेन एण्ड उमन्स बक्सिङ च्याम्पियनसिपकाे तयारीकाे रुपमा राखेकाे बताएकाे छ ।
उक्त शिबिरमा एएसबिसी जुनियर बक्सिङ च्याम्पियनसिपमा काँस्य पदक विजेता तथा राष्ट्रिय खेलकुद परिषदद्वारा प्रदान गरिएकाे राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पदक विजेता खेलाडी पुरस्कार -२०७८ काे पुरस्कार (नगद एक लाख पचास हजार) विजेता वाङ्दि छिरिङ शेर्पा (टाेलि नेता) सहित प्रदेश खेलकुद विकास परिषद, बागमती प्रदेश र मकवानपुर जिल्ला बक्सिङ संघकाे आयाेजनामा भर्खरै सम्पन्न अल नेपाल नाेभिस बक्सिङ प्रतियोगिता -२०७९ मा स्वर्ण पदक विजेता खेलाडीहरु प्रबल उप्रेती र आयुस थापा सहित रिजन गुरुङ, राेशन ठाकुर र बरिस्ठ बक्सिङ प्रशिक्षक ओलम्पियन डम्बर दत्त भट्ट सहभागी रहेकाछन् ।
खेलाडी बिदाई कार्यक्रममा संघका उपाध्यक्ष किरण बहादुर श्रेष्ठ, सदस्यहरु मान बहादुर भण्डारी, श्यामकाजी अवाले, आईटिओ पुष्करराज पन्त, प्रदेश खेलकुद विकास परिषद, बागमती प्रदेशका बाेर्ड सदस्य तथा आईबा टु स्टार रेफ्री/जज धनकुमार मैनाली लगाएत खेलप्रेमी महानुभावहरुकाे उपस्थिति रहेकाे थियाे ।

काठमाडौं, २७ फागुन । बाराको कोल्हवी नगरपालिका-५ का वडाध्यक्ष पक्राउ परेका छन् । वडाध्यक्ष नन्दकिशोर चौधरीलाई प्रहरीले आज पक्राउ गरेको हो ।
वन डिभिजन कार्यालय बाराका वन अधिकृतलाई दुर्व्यवहार गरेको आरोपमा चौधरी पक्राउ परेका हुन् । वन डिभिजन कार्यालयले अतिक्रमण हटाएर वृक्षारोपण गरेको जमीनको विषयमा छलफल गर्ने क्रममा वडाध्यक्ष चौधरीले अपशब्द प्रयोग गरेका थिए ।
घटनाको अनुसन्धानका लागि उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
सी जिनपिङ तेस्रो कार्यकालका लागि चीनको राष्ट्रपति चयन
काठमाडौं । सी जिनपिङ तेस्रो कार्यकालका लागि चीनको राष्ट्रपति बनेका छन् । उनी १४औं राष्ट्रिय जनकंग्रेसको जारी अधिवेशनबाट शुक्रबार सर्वसम्मतिले राष्ट्रपतिमा निर्वाचित भएका हुन् ।
ग्रेट हल अफ द पिपलमा उपस्थित नेशनल पिपुल्स कंग्रेस (एनपीसी) का झण्डै तीन हजार सदस्यहरूले ६९ वर्षीय सीलाई सर्वसम्मत रूपमा राष्ट्रपतिमा चयन गरेको समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ । योसँगै उनले माओत्सेतुङपछिको सबैभन्दा शक्तिशाली नेताका रूपमा आफ्नो पकड बलियो बनाएका छन् ।
सीविरुद्धमा कोही प्रतिस्पर्धी थिएनन् । उनी देशको केन्द्रीय सैन्य आयोगको अध्यक्षमा पनि तेस्रो कार्यकालका लागि सर्वसम्मत निर्वाचित भएका छन् । झाओ लेजी संसदका नयाँ सभामुख र हान झेंग उपाध्यक्षमा निर्वाचित भएका छन् ।
सुनचाँदीको मुल्य स्थिर, प्रतितोला कति ?

काठमाडौं, १६ फागुन । मंगलबार नेपाली बजारमा सुनचाँदीको मुल्य स्थिर छ । आज छापावाला सुन प्रतितोला एक लाख १ हजार ८ सय रुपैयाँमा कारोबार भैरहेको छ । त्यस्तै तेजावी सुन प्रतितोला एक लाख १ हजार तिन सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदी प्रतितोला एक हजार दुई सय ५५ रुपैयाँमा कारोबार भैरहेको छ ।