मुख्य पृष्ठ हटलाइन समाचार शिक्षा / स्वास्थ्य राजनिती खेलकुद समाज अपराध अर्थ / व्यापार अन्तराष्ट्रिय भिडियो लेख तथा रचना

एनएसीका पाइलट विजय लामा र भावना पन्त ग्राउण्डेड


२०८१, जेठ २४, बिहीबार

News Title

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थलको निषेधित क्षेत्रमा फोटो र भिडियो अन्तर्वार्ता दिएको भन्दै नेपाल वायुसेवा निगमका दुई पाइलटलाई कारवाही गरेको छ।

प्राधिकरणले निगमका वरिष्ठ पाइलट विजय लामा र भावना पन्तलाई ग्राउण्डेड गर्दै अध्ययन समिति समेत गठन गरेको छ। प्राधिकरणका प्रवक्ता हशंराज पाण्डेले दुबै पाइलटले फोटो खिच्ने र भिडियो अन्तर्वार्ता दिएका कारण उडानमा प्रतिवन्ध लगाएको जानकारी दिए।

लामाले विमानस्थल परिसरमा निगमको जहाजसहितको फोटो खिचेर फेसबुकमा हालेका छन् भने पन्तले एक टेलिभिजन च्यानलसँग विमानस्थलको अति संवेदनशील क्षेत्रमा अन्तर्वार्ता दिएकी छिन्। पाण्डेका अनुसार दुबै पाइलटसँग स्पष्टीकरण सोधेर थप कारवाही अगाडि बढाइनेछ।

क्याप्टेन लामा एयरबस-३३०का पाइलट हुन् भने क्याप्टेन पन्त एयरबस-३२० का पाइलट हुन्।

वाइडबडी उडानमा क्याप्टेन अभाव

क्याप्टेन लामा ग्राउण्डेड भएसँगै नेपाल वायुसेवा निगमको लङ हल रुट अन्तर्गत जापान, हङकङ लगायत उडान प्रभावित हुने प्राविधिक प्रवक्ता देवेन्द्र पुनले जानकारी दिए।  

निगममा वाइडबडी जहाजका लागि कुल आठ जना क्याप्टेन र पाँच कोपाइलट छन्। त्यसमा पनि तीन जना वरिष्ठ क्याप्टेन ग्राउण्डेड भइसकेका कारण वाइडबडी उडानमा पाइलट अभाव भएको उनले बताए।

‘न्यारोबडी जहाज उडान व्यवस्थापन गर्न सकिन्छ तर वाइडबडी उडानमा यसैपनि पाइलट अभाव थियो। कारवाही अवधिभर उडान प्रभावित हुने देखिन्छ,’प्रवक्ता पुनले भने,’फ्लाइङ आवरले उडानमा असर पर्ने देखिएको छ।’

निगमको वाइडबडी जहाजका क्याप्टेन सुवास रिजाल स्वास्थ्यका कारण ग्राउण्डेड छन् भने क्याप्टेन श्रवण रिजाल वाइडबडी खरिद प्रकरणमा मुद्दा दायरका कारण दुई महिनादेखि ग्राउण्डेड छन्। यसैगरी क्याप्टेन योगेश हिराचनले ३ महिना अगाडि नै निगमबाट विदा भइसकेका छन्।   

एक जना पाइलटले मासिक सय घण्टा मात्र उडान गर्न पाउने मापदण्डका कारण वाइडबडी जहाज उडान व्यवस्थापन कठिन बनेको उनले बताए।

ताजा समाचार


टी-२० विश्वकप : प्रधानमन्त्री प्रचण्ड र सदस्य–सचिव घिसिङ क्रिकेट हेर्दै

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का संरक्षक प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राखेपका सदस्य–सचिव टंकलाल घिसिङले वेस्ट इन्डिजमा भइरहेको आईसीसी टी– २० विश्वकप अन्तर्गत नेपाल र दक्षिण अफ्रिकाबीचको खेलसंगै  बसेर हेरिरहेका छन् ।

प्रधानमन्त्री प्रचण्ड र सदस्य–सचिव घिसिङले प्रधानमन्त्री निवास बालुवाटारमा संगै बसेर खेल हेरिरहेका छन् । टस जितेर फिल्डिङ गर्ने निर्णय लिएको नेपालले दक्षिण अफ्रिकालाई मध्यम योगफलमा रोक्न सफल भएको छ ।

दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै नेपाल सामू १ सय १६ रनको लक्ष्य प्रस्तुत गरेको छ । नेपालका लागि स्पिनरद्वय कुशल भुर्तेल र दीपेन्द्रसिंग ऐरीले उत्कृष्ट बलिङ गर्दै क्रमशः ४ र ३ विकेट लिए । नेपालले अहिले ब्याटिङ गरिरहेको छ ।



पुरा हेर्नुहोस्

नेपाल दक्षिण अफ्रिकासँग १ रनले पराजित

काठमाडौं । नेपाल आईसीसी टी-२० विश्वकप २०२४ मा दक्षिण अफ्रिकासँग १ रनले पराजित भएको छ । योसँगै नेपालको सुपर-८ यात्रा पनि समाप्त भएको छ ।

नेपाललाई जितको लागि अन्तिम ओभरमा ८ रन चाहिएको थियो । गुलशनले तेस्रो बलमा चौको र चौथो बलमा दुई रन बटुलेका थिए ।

दुई बलमा दुई रन चाहिएको थियो । गुलशन झालाई ओटनिल बार्टमानले डट राखे । अन्तिम बल मिस गरेका गुलशन नन स्ट्राइकमा रन आउट भए ।

११६ रनको विजयी लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ७ विकेट गुमाउँदै ११४ रन बनायो । नेपालका ओपनर आसिफ शेखले ४९ बलमा ४ चौका र १ छक्कासहित सर्वाधिक ४२ रन बनाए । सुरुवातमै कागिसो रबाडाले उनको क्याच १ रनमा छोडेका थिए ।

नेपाललाई ओपनर कुशल भुर्तेल र आसिफ शेखले ७.२ ओभरमा ३४ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । कुशल भुर्तेल २१ बलमा १ चौका र १ छक्कासहित १३ रनमा आउट भए । रोहित पौडेल शून्यमा बोल्ड आउट भए ।

अनिल साह २४ बलमा ३ चौका र १ छक्कासहित २७ रनमा क्याच आउट भए । तेस्रो विकेटका लागि आसिफ र अनिलले ३६ बलमा ५० रनको साझेदारी गरेका थिए । दीपेन्द्र ६ रनमा आउट भए । सोमपाल कामी ८ र गुलशन झाले ६ रन बनाए ।

दक्षिण अफ्रिका तबरेज शाम्सीले ४ ओभरमा १९ रन खर्चेर ४ विकेट लिए ।

त्यसअघि सेन्ट भिन्सेन्टमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको दक्षिण अफ्रिकाले २० ओभरमा ७ विकेट गुमाउँदै ११५ रन बनाएको थियो ।

ओपनर रिजा हेन्ड्रिक्सले ४९ बलमा ५ चौका र १ छक्कासहित सर्वाधिक ४३ रन बनाएका थिए । नेपालको उत्कृष्ट स्पिन बलिङ आक्रामण सामु दक्षिण अफ्रिकाका कुनैपनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् ।

ओपनर क्विन्टन डि कक १०, एडेन माक्ररम १५, हेनरिक क्लासेन ३, डेविड मिलर ७ र ट्रिस्टन स्टब्सले २७ रन बनाए । नेपालका कुशल भुर्तेलले ४ ओभरमा १९ रन खर्चेर ४ विकेट लिए । दीपेन्द्रसिंह ऐरीले ४ ओभरमा २१ रन खर्चेर ३ विकेट लिए ।



पुरा हेर्नुहोस्

पार्टीभित्र अब मनोनयन हुँदैन, प्रत्यक्ष निर्वाचन हुन्छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी केन्द्रको विधान अधिवेशनबाट प्रत्यक्ष निर्वाचन गर्ने निर्णय भएकाले आगामी दिनमा पार्टीभित्र प्रत्यक्ष निर्वाचन गर्ने र मनोनयन प्रथा अन्त्य गरिने बताएका छन्।

अनेरास्ववियु (क्रान्तिकारी)को चौथो पूर्ण बैठकलाई आज काठमाडौंमा सम्बोधन गर्दै प्रधानमन्त्री एवं पार्टी अध्यक्ष प्रचण्डले पार्टीका सबै निकायमा निर्वाचन प्रणाली लागू गरिने बताएका हुन्। 

‘विधान अधिवेशनबाट पार्टीमा प्रत्यक्ष निर्वाचन गर्ने निर्णय गरिएको छ,’ उनले भने, ‘मनोनयन गर्ने प्रथा अब रहँदैन, विद्यार्थीमा पनि प्रत्यक्ष निर्वाचन हुन्छ ।’

उनले नेपालका कम्युनिस्टहरू एकताबद्ध गर्नुपर्नेमा जोड दिँदै एकीकृत पार्टीको नेतृत्व आफू नेतृत्वको पार्टीले गर्न सक्नुपर्ने बताए । 

‘हामी कमजोर छैनौँ, पार्टीको जनमत बढ्दै छ । पार्टी क्रमशः बलियो हुँदै गएको छ,’ अध्यक्ष प्रचण्डले भने, ‘हामी एकताबद्ध हुँदा धेरै कुरा जित्न सकिन्छ, त्यसैले उच्च मनोबलका साथ जनतासँग एकाकार भएर काम गर्नु हाम्रो जिम्मेवारी हो ।’ 

पछिल्लो समय अन्तर्राष्ट्रिय मञ्चहरूमा नेपालको प्रस्तुति निकै शक्तिशाली भएको स्पष्ट पार्दै प्रधानमन्त्री प्रचण्डले  अन्तर्राष्ट्रिय मञ्चहरूबाट नेपालले विश्वलाई शक्तिशाली सन्देश दिएको जनाए।

माओवादी निर्णायक शक्ति भएर अगाडि बढिरहेको उल्लेख गर्दै उनले भने, ‘कतिलाई लाग्छ– माओवादीले आफ्नो स्वतन्त्र अस्तित्व गुमाउँछ कि ! तर, यथार्थ त्यस्तो हुँदैन, हेर्दै जानुहोला– माओवादी नै निर्णायक हुन्छ । हामी नै राजनीतिको केन्द्रमा रहन्छौँ ।’

आज पनि विचार र राजनीतिमा माओवादी श्रेष्ठ रहेको बताउँदै प्रचण्डले माओवादी नेतृत्वप्रति जनताको भरोसा रहेको जिकिर गरे। उनले थपे, ‘माओवादीलाई अपदस्थ गर्न सकिन्छ, घेरा हाल्न सकिन्छ भन्ने लागेको होला, त्यो सम्भव छैन । अहिले पनि नेतृत्व हाम्रो नै छ ।’

सामाजिक सञ्जालमा धेरैखालका सामग्री आउने र त्यसमध्ये कतिपय भ्रामक हुने गरेको उल्लेख गर्दै तथ्यमा आधारित भएर उच्च मनोबलका साथ काम गर्न निर्देशन दिए । 



पुरा हेर्नुहोस्


एनएसीका पाइलट विजय लामा र भावना पन्त ग्राउण्डेड

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थलको निषेधित क्षेत्रमा फोटो र भिडियो अन्तर्वार्ता दिएको भन्दै नेपाल वायुसेवा निगमका दुई पाइलटलाई कारवाही गरेको छ।

प्राधिकरणले निगमका वरिष्ठ पाइलट विजय लामा र भावना पन्तलाई ग्राउण्डेड गर्दै अध्ययन समिति समेत गठन गरेको छ। प्राधिकरणका प्रवक्ता हशंराज पाण्डेले दुबै पाइलटले फोटो खिच्ने र भिडियो अन्तर्वार्ता दिएका कारण उडानमा प्रतिवन्ध लगाएको जानकारी दिए।

लामाले विमानस्थल परिसरमा निगमको जहाजसहितको फोटो खिचेर फेसबुकमा हालेका छन् भने पन्तले एक टेलिभिजन च्यानलसँग विमानस्थलको अति संवेदनशील क्षेत्रमा अन्तर्वार्ता दिएकी छिन्। पाण्डेका अनुसार दुबै पाइलटसँग स्पष्टीकरण सोधेर थप कारवाही अगाडि बढाइनेछ।

क्याप्टेन लामा एयरबस-३३०का पाइलट हुन् भने क्याप्टेन पन्त एयरबस-३२० का पाइलट हुन्।

वाइडबडी उडानमा क्याप्टेन अभाव

क्याप्टेन लामा ग्राउण्डेड भएसँगै नेपाल वायुसेवा निगमको लङ हल रुट अन्तर्गत जापान, हङकङ लगायत उडान प्रभावित हुने प्राविधिक प्रवक्ता देवेन्द्र पुनले जानकारी दिए।  

निगममा वाइडबडी जहाजका लागि कुल आठ जना क्याप्टेन र पाँच कोपाइलट छन्। त्यसमा पनि तीन जना वरिष्ठ क्याप्टेन ग्राउण्डेड भइसकेका कारण वाइडबडी उडानमा पाइलट अभाव भएको उनले बताए।

‘न्यारोबडी जहाज उडान व्यवस्थापन गर्न सकिन्छ तर वाइडबडी उडानमा यसैपनि पाइलट अभाव थियो। कारवाही अवधिभर उडान प्रभावित हुने देखिन्छ,’प्रवक्ता पुनले भने,’फ्लाइङ आवरले उडानमा असर पर्ने देखिएको छ।’

निगमको वाइडबडी जहाजका क्याप्टेन सुवास रिजाल स्वास्थ्यका कारण ग्राउण्डेड छन् भने क्याप्टेन श्रवण रिजाल वाइडबडी खरिद प्रकरणमा मुद्दा दायरका कारण दुई महिनादेखि ग्राउण्डेड छन्। यसैगरी क्याप्टेन योगेश हिराचनले ३ महिना अगाडि नै निगमबाट विदा भइसकेका छन्।   

एक जना पाइलटले मासिक सय घण्टा मात्र उडान गर्न पाउने मापदण्डका कारण वाइडबडी जहाज उडान व्यवस्थापन कठिन बनेको उनले बताए।

पुरा हेर्नुहोस्


२० वर्षपछि सौर्य आँधी पृथ्वीसँग ठोक्कियो, लद्दाखदेखि फ्लोरिडासम्म रङ्गीन प्रकाश देखियो

शक्तिशाली सौर्य आँधी २० वर्षपछि शुक्रबार मे १० मा पृथ्वीमा आइपुगेको छ । आँधीका कारण तस्मानियादेखि बेलायतसम्मको आकाशमा कडा चट्याङ परेको थियो । धेरै स्याटेलाइट र पावर ग्रिडमा पनि क्षति पुगेको छ । सौर्य आँधीका कारण विश्वका धेरै ठाउँमा अरोरा(ध्रुवीय प्रकाश) पनि देखियो । सो समयमा सौर्य आँधीका कारण आकाशमा विभिन्न रङ देखिन थालेको थियो ।

अमेरिकी वैज्ञानिक संस्था ‘नेसनल ओशिनिक एन्ड एटमोस्फेरिक एडमिनिस्ट्रेशन’ (एनओएए)का अनुसार यो सौर्य आँधीको प्रभाव हप्ताको अन्त्यसम्म रहनेछ। यो मुख्यतया विश्वको उत्तरी र दक्षिणी भागहरूमा देख्न सकिन्छ। तर यदि यो तीव्र रहेछ भने यो अन्य धेरै ठाउँहरूमा देख्न सकिन्छ। यसका कारण विश्वभरका स्याटेलाइट अपरेटरहरू, एयरलाइन्स र पावर ग्रिड अपरेटरहरू अलर्टमा छन्।
 
सौर्य आँधी आउने कारण सूर्यबाट निस्कने कोरोनल मास इजेक्शन हो। वास्तवमा, कोरोनल मास इजेक्शनको समयमा, सूर्यबाट आउने कणहरू पृथ्वीको चुम्बकीय क्षेत्रमा प्रवेश गर्छन्। कणहरू पृथ्वीमा प्रवेश गरेपछि एक प्रतिक्रिया हुन्छ, जसको कारण कणहरू उज्यालो रंगीन बत्तीको रूपमा देखा पर्दछ। सरल शब्दमा कोरोनल मास इजेक्शन भनेको सूर्यको सतहबाट प्लाज्मा र चुम्बकीय शक्ति निस्कनु हो।

सौर्य आँधीले पृथ्वीको चुम्बकीय क्षेत्रलाई असर गर्छ। त्यस्ता हावाहुरीका कारण पावर ग्रिड पनि बिग्रन्छ । साथै, विमानहरूमा टर्ब्युलेन्सको समस्या पनि आउँछ। यसका कारण नासाले पनि आफ्ना अन्तरिक्ष यात्रीहरूलाई आँधीबेहरीको समयमा अन्तरिक्ष स्टेशन भित्रै बस्न सल्लाह दिन्छ।

यसअघि अक्टोबर २००३ को 'हेलोवीन स्टर्म'नामक सौर्य आँधी आएको थियो। हेलोवीन आँधीले स्वीडेनमा ब्ल्याकआउट निम्त्याएको थियो। आँधीका कारण दक्षिण अफ्रिकामा ग्रिडहरू अवरुद्ध भएका थिए।  

वैज्ञानिकहरूले पनि यस सौर्य आँधीको बारेमा जानकारी दिंदै आगामी दिनमा धेरै सीएमई कणहरू पृथ्वीमा प्रवेश गर्न सक्ने बताएका छन्।

संसारको सबैभन्दा शक्तिशाली सौर्य आँधी १८५९ मा पृथ्वीमा ठोक्किएको थियो। यसको नाम क्यारिंटोन इभेन्ट राखिएको थियो। यस आँधीका कारण टेलिग्राफ लाइनहरू पूर्ण रूपमा क्षतिग्रस्त भएका थिए। धेरै टेलिग्राफ लाइनमा पनि आगो पनि लागेको  थियो। 

पुरा हेर्नुहोस्


गीतकार प्रमिला बस्नेतको नयाँ गीत ‘यो जिन्दगीको‘ सार्वजनिक

काठमाण्डौं । गीतकार प्रमिला बस्नेतको नयाँ गीत ‘यो जिन्दगीको‘ बजारमा आएको छ । ‘यो जिन्दगीको‘ शिर्षकमा रहेको गीतमा गायिका अन्जु विश्वकर्मा ले स्वर दिएकी छन ।

सरोज प्याकुरेलको संगीत , फडिन्द्र  राईको एरेन्जमा गीतमा निमार्ण गरिएको छ ।  प्रेमील जोडि विचको भावनात्मक सम्वन्धलाई निकै कलात्मक रुपमा प्रस्तुत गरिएको छ ।आफनो मनको कुरा बुझने मायालाई आफुले पाएको कुरा लाई गीतमा ब्यक्त गरिएको छ ।सुरेन्द्र श्रेष्ठको छायाँकन तथा सम्पादनमा भिडियो निमार्ण गरिएको छ ।  

भिडियो लिङ्क्

https://www.youtube.com/watch?v=51L1Cdiy9w8

पुरा हेर्नुहोस्



शिक्षा / स्वास्थ्य


अरु हेर्नुहोस्


लेख तथा रचना


अरु हेर्नुहोस्


अन्तराष्ट्रिय


  • ⇒ २० वर्षपछि सौर्य आँधी पृथ्वीसँग ठोक्कियो, लद्दाखदेखि फ्लोरिडासम्म रङ्गीन प्रकाश देखियो
  • ⇒ रामेछापका पाण्डेद्वारा अफ्रिकाको सर्वोच्च शिखर किलिमञ्जारोको सफल आरोहण
  • ⇒ विषाक्त ग्याँस लिक हुँदा १६ जनाको मृत्यु
  • ⇒ अमेरिकामा गोली चल्दा ४ जनाको मृत्यु
  • ⇒ महाराष्ट्रमा बसमा आगलागी हुँदा २५ जनाको मृत्यु
  • अरु हेर्नुहोस्


    अन्य


  • ⇒ नेपाल दक्षिण अफ्रिकासँग १ रनले पराजित
  • ⇒ पार्टीभित्र अब मनोनयन हुँदैन, प्रत्यक्ष निर्वाचन हुन्छ : प्रधानमन्त्री प्रचण्ड
  • ⇒ टी-२० विश्वकप : पाकिस्तानलाई पराजित गर्ने अमेरिकी टोलीका यी आप्रवासी खेलाडी
  • ⇒ प्रधानमन्त्रीलाई संयुक्त राष्ट्रसङ्घ महासचिवको निमन्त्रणा
  • ⇒ सन्दीपले वेष्ट इन्डिजमा विश्वकपका दुई खेल खेल्ने
  • अरु हेर्नुहोस्