मुख्य पृष्ठ हटलाइन समाचार शिक्षा / स्वास्थ्य राजनिती खेलकुद समाज अपराध अर्थ / व्यापार अन्तराष्ट्रिय भिडियो लेख तथा रचना

टी-२० विश्वकप : पाकिस्तानलाई पराजित गर्ने अमेरिकी टोलीका यी आप्रवासी खेलाडी


२०८१, जेठ २९, मंगलबार

News Title

काठमाडौँ : आईसीसी टी-२० विश्वकप २०२४ को समूह चरणमा भएको खेलमा सह-आयोजक अमेरिकाले पाकिस्तानलाई सुपर ओभरमा हराएको छ।

अमेरिकाले पहिलो पटक पाकिस्तानलाई हराएको हो। 

निर्धारित २० ओभरमा दुवै टोलीको स्कोर बराबरी भएपछि खेल सुपर ओभरमा पुग्यो।

पाकिस्तानका मोहम्मद आमिरले बलिङ गरेको सुपर ओभरमा अमेरिकाले १८ रन बनायो। 

पाकिस्तानलाई खेल जित्न १९ रन चाहिएको थियो। तर अमेरिकाका सौरभ नेत्रवालकरले गरेको बलिङमा पाकिस्तानले जम्मा १३ रन मात्र बनाउन सकेपछि अमेरिकाले पाकिस्तानलाई ५ रनको ऐतिहासिक जित हासिल गर्‍यो।

निर्धारित २० ओभरमा १६० रनको लक्ष्य पछ्याएको अमेरिकाले पूरै ओभर खेलेर ३ विकेट गुमाउँदै १५९ रन बनायो र दुवै टोलीको स्कोर बराबर भयो।

अन्तिम ओभरमा अमेरिकालाई जितको लागि ६ बलमा १५ रन चाहिएका वेला पाकिस्तानका तीव्र गतिका बलर ह्यारिस रउफको बलिङमा १४ रन मात्र बनाएपछि खेल बराबर भएको थियो।

अमेरिकाको जितमा कप्तान मोनांक पटेलले ३८ बलमा ७ चौका र १ छक्कासहित सर्वाधिक ५० रन बनाए। ओपनर स्टिभ टेलर १६ बलमा १ चौका हान्दै १२ रन बनाएर आउट भएका थिए। त्यसपछि दोस्रो विकेटका लागि मोनांक र एन्ड्रिस गौसले ४८ बलमा ६८ रनको साझेदारी गर्दै जितको आधार तयार पारे।

गौस २६ बलमा ५ चौका र १ छक्काको सहायताले ३५ रन बनाएर आउट भए। आरोन जोन्सले अविजित रहँदै २६ बलमा २ चौका र २ छक्का हान्दै ३६ रन बनाए भने नितिश कुमारले पनि अविजित रहँदै १४ रन बनाए।

पाकिस्तानका लागि मोहम्मद आमिर, नसिम साह र ह्यारिस रउफले १/१ विकेट लिए।

त्यसअघि ग्राण्ड प्रेअरी क्रिकेट रंगशाला डालसमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पाकिस्तानले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १५९ रन बनाएको थियो।

कप्तान बाबर आजमले ४३ बलमा ३ चौका र २ छक्कासहित सर्वाधिक ४४ बनाए। स्पिन अलराउण्डर सादाब खानले २५ बलमा १ चौका र ३ छक्कासहित ४० बनाए पनि पाकिस्तानलाई जिताउन सकेन।

शाहीन शाह अफ्रिदीले १६ बलमा १ चौका र २ छक्कासहित २३ रन बनाएर नट आउट रहे। इफ्तिखार अहमद १४ बलमा ३ चौकासहित १८ रन, ह्यारिस रउफले ३ रन, मोहम्मद रिजवानले ९ रन, उस्मान खानले ३ रन र फखर जमानले ११ रन बनाएर आउट भए।

अमेरिकाका नोष्थुश केजिंगेले ४ ओभरमा ३० रन खर्चेर ३ विकेट लिए। सौरभ नेत्रवालकरले ४ ओभरमा १८ रन खर्चेर २ विकेट लिए। अली खान र जसदीप सिंहको नाममा १–१ विकेट रह्यो।

जारी विश्वकपमा आफ्नो पहिलो खेलमा क्यानडालाई ७ विकेटले हराएको अमेरिकाले आफ्नो उच्च लयलाई कायम राखेको छ। विश्वकपमा अमेरिकाका लागि खेलिरहेका अधिकांश खेलाडी बाहिरबाट गएका हुन्। अमेरिकी टिमका अधिकांश विदेशी खेलाडी छन्।

स्टिभन टेलर

संयुक्त राज्य अमेरिका क्रिकेटको वर्तमान पुस्ताका उत्कृष्ट स्वदेशी प्रतिभामध्ये एक हुन् स्टिभन टेलर। पावर-हिटर उनी एसोसिएट राष्ट्रका प्रभावशाली खेलाडीमध्ये एक मानिन्छन्।

सन् १९९३ मा फ्लोरिडामा जन्मिएका उनी उनका पुर्खा जमैकाबाट आप्रवासीका रूपमा अमेरिका आइपुगेको थियो। उनले ९ वर्षको उमेरमा क्रिकेट खेल्न थालेका थिए।

टेलरले नोभेम्बर सन् २००८ मा आफ्नो डेब्यु खेल जमैकाविरुद्ध १६ वर्षको उमेरमा गरे। सन् २०११ मा उनले आयरल्याण्डमा अण्डर-१९ विश्वकप छनोटमा पपुवा न्यूगिनीविरुद्ध १२० बलमा १४० रनको पारी खेलेका थिए। क्यानडाविरुद्ध शुन्यमा आउट भएका उनी पाकिस्तानविरुद्ध १२ रन बनाएर आउट भएका थिए।

मोनांक पटेल 

भारतको गुजरातमा सन् १९९३ मा जन्मिएका पटेल जारी विश्वकपमा अमेरिकाका कप्तान हुन्। राइट ह्याण्ड ब्याटर र विकेटकिपर उनले क्यानडाविरुङ १६ रन बनाएका थिए भने पाकिस्तानविरूद्ध उत्कृष्ट पुनरागमन गर्दै अर्धशतक हाने।

एण्ड्रिस गोस

सन् १९९३ मा दक्षिण अफ्रिकामा जन्मिएका एण्ड्रिस गोस राइट ह्याण्ड ब्याटर र विकेटकिपर हुन्। जारी विश्वकपमा क्यानडाविरुद्ध उनले ६५ रनको शानदार पारी खेले।

दक्षिण अफ्रिकाको अण्डर-१९ मा खेलेका उनले अबुधाबी नाइटराइडर्स, वासिङटन फ्रिडमजस्ता क्लबबाट खेलेका छन्। उनले पाकिस्तानविरुद्ध ३५ रनको योगदान दिए।

आरोन जोन्स

अमेरिकामा जन्मिएका जोन्सले सन् २०१६ मा बार्बाडोसका लागि लिस्ट-एमा डेब्यू गरेका थिए। न्यूयोर्कको क्विन्समा जन्मेका जोन्स टोलीमा डेब्यू गरेको केही समयमा नै राष्ट्रिय टोलीको आधार स्तम्भ बने।

सन् २०१९ मा डब्लुसिएल डिभिजन-२ मा नामिबियाविरुद्ध उनको पहिलो शतकले अमेरिकालाई ओडिआई मान्यता प्राप्त गर्न सफल बनाएको थियो।

सन् २०२४ मा विश्वकपको उद्घाटन खेलमा जोन्सले ४० बलमा अविजित ९४ रन बनाएर अमेरिकालाई क्यानडामाथि शानदार जित दिलाए। उनले पाकिस्तानविरुद्ध ३६ रनको योगदान दिए।

कोरी एण्डरसन

न्युजिल्याण्डका चर्चित क्रिकेटर कोरी एण्डरसनले २९ वर्षको उमेरमै न्युजिल्याण्डका लागि अन्तरराष्ट्रिय क्रिकेटबाट सन्यास लिए। हाल उनी अमेरिकाका लागि अन्तरराष्ट्रिय क्रिकेट खेलिरहेका छन्।

टेस्ट, एकदिवसीय र टी–२० अन्तरराष्ट्रिय गरी ९३ अन्तरराष्ट्रिय खेलमा न्युजिल्याण्डको प्रतिनिधित्व गरेका एण्डरसन टेस्ट र एकदिवसीय करिअरमा १/१ शतक प्रहार गरेका एण्डरसन एकदिवसीय क्रिकेटको त्यही एकमात्र शतकका कारण चर्चित भएका थिए।

सन् २०१४ को जनवरी १ मा वेष्ट इण्डिजविरुद्ध एण्डरसनले क्विन्सटाउनका बनाएको त्यो शतक एकदिवसीय इतिहासकै सबैभन्दा कम बलमा बनेको शतक थियो।

उनले जारी खेलमा क्यानडाविरुद्ध ३ रन बनाए भने ३ ओभर बलिङ गर्दै १ विकेट लिए। पाकिस्तानविरूद्ध एक ओभर बलिङ गर्दै ६ रनमात्र दिए।

अली खान

खान अन्तरराष्ट्रिय क्रिकेटमा धेरै असामान्य उपलब्धि हासिल गर्ने खेलाडी हुन्। पाकिस्तानमा जन्मिएर त्यहीँ हुर्केका उनी १८ वर्षको उमेरमा आफ्ना आमाबाबुसँग अमेरिका गए। ओहायोमा बसोबास गरे।

उनले संयुक्त राज्य अमेरिका वरिपरिका विभिन्न निजी टी-२० क्रिकेट प्रतियोगिताहरूमा नियमित भाग लिए। करिब १३५ किलोमिटर प्रति घण्टाको गतिमा बल स्विङ गर्दा लगातार योर्कर गर्ने उनको क्षमताले उनलाई क्यारेबियन प्रिमियर लिग ड्राफ्ट र पछि गुयाना अमेजन वारियर्समा स्थान दिलायो।

सिपिएल डेब्युमा खानले आफ्नो पहिलो बलमा कुमार संगकारालाई आउट गरेका थिए। लस एन्जलसमा सन् २०१६ मा एण्टी कप र आईसीसी डब्लुसिएल डिभिजन फोरको लागि पहिलो पटक अमेरिकी टोलीमा छनोट भएका थिए।

जारी खेलमा उनले क्यानडाविरुद्ध ४ ओभर बलिङ गर्दै १ विकेट लिए भने पाकिस्तानविरुद्ध पनि १ विकेट लिए।

सौरभ नेत्रवालकर

भारतको मुम्बईमा सन् १९९१ मा जन्मिएका हुन सौरभ। उनी सन् २०१० को यू–१९ विश्वकपमा भारतीय टोलीमा थिए। सन् २०१० को यू–१९ विश्वकपमा पाकिस्तानले क्वार्टरफाइनलमा भारतलाई २ विकेटले हराउँदै सेमिफाइनलमा पुगेको थियो। सौरभले उक्त खेलमा ५ ओभरमा १ मेडनसहित १६ रन खर्चेर १ विकेट लिएका थिए।

सन् २०१३ डिसेम्बरमा मुम्बईबाट उनले कर्नाटकाविरुद्ध रणजी ट्रफीमा डेब्यू गर्दै कुल ३ विकेट लिएका थिए। उनले कम्प्युटर इन्जिनियरिङ पढेका छन्। भारतमा क्रिकेटमा अवसर नपाएवछि कम्प्युटर विज्ञान पढ्न सन् २०१५ मा उनी अमेरिका पुगेका हुन्। अमेरिकामा उनले घरेलु क्रिकेट खेल्न थाले। सन् २०१८ मा उनी पहिलो पटक अमेरिकाको टोलीमा परेका थिए।

जारी खेलमा क्यानडाविरूद्ध कुनै विकेट नलिएका उनले पाकिस्ताविरुद्ध जितका लागि शानदार प्रदर्शन गरे। उनले २ विकेट लिए।

हरमित सिंह

हरमितको जन्म ७ सेप्टेम्बर १९९२ मा मुम्बईमा भएको थियो। उनलाई बाल्यकालदेखि नै क्रिकेटको लगाव थियो।

उनले सन् २००९ मा मुम्बईका लागि पहिलो कक्षामा डेब्यू गरेका थिए। उनले ३१ खेलमा ८७ विकेट लिएका छन् भने ७३३ रन बनाएका छन्। उनले मुम्बईबाहेक त्रिपुराबाट पनि क्रिकेट खेलेका थिए।

विजय हजारे ट्रफी २०१८-१९ मा उनले ८ खेलमा १३ विकेट लिएका थिए। त्यो सिजनमा उनी सर्वाधिक विकेट लिने खेलाडी हुन्। सन् २०१२ मा उनले भारतका लागि अन्डर-१९ विश्वकप खेलेका थिए।

त्यस प्रतियोगितामा ४ खेलमा ६ विकेट लिएका थिए। यसबाहेक उनी आईपीएलमा राजस्थान रोयल्सको पनि हिस्सा भइसकेका छन्।

उन्मुक्त चन्दको कप्तानीमा भारतीय टोलीले सन् २०१२ को अन्डर-१९ विश्वकप जितेको थियो। हरमित यो टोलीमा समावेश थिए। यद्यपि, राम्रो क्रिकेट अवसरको खोजीमा उनी अमेरिका गए जहाँ उनले सानो लिग क्रिकेटमा सियाटलबाट खेल्ने मौका पाए।

उनले जारी खेलमा क्यानडाविरुद्ध ३ ओभरमा १ विकेट लिएका छन्। पाकिस्तानविरुद्ध भने विकेट लिन सकेनन्।

जसदिप सिंह

उनको उत्साहले जेसी सिंहलाई अमेरिकाका लागि मैदानमा मिस गर्न गाह्रो बनाउँछ। न्यूयोर्कमा सन् १९९३ मा जन्मेका जेसीको परिवार उनी ३ वर्षको हुँदा पञ्जाब फर्कियो तर उनी १३ वर्षको भएपछि फेरि न्यु जर्सी फर्किए।

जेसी सन् २०११ मा यू-१९ विश्वकप छनोट टोलीका लागि आयरल्याण्ड भ्रमण गर्ने अन्तिम खेलाडीमध्ये एक थिए। जारी खेलमा उनले क्यानडाविरुद्ध ३ ओभर बलिङ गरे तर कुनै विकेट लिन सकेनन्।

हेडले भ्यान शाल्कविक

हेडले भ्यान शाल्कविक इगल्स र फ्रि स्टेटका बायाँ हाते फास्ट बलर हुन्। साउथ अफ्रिकाको केप टाउनमा सन् १९८८ मा जन्मिएका उनी सन् २००६ मा पाकिस्तान भ्रमणमा पुग्दा क्रिकेटप्रति मोहित भएका थिए।

उनी दक्षिण अफ्रिकी एकेडेमीमा भर्ना गरियो। उनले फेब्रुअरी २००८ मा पश्चिमी प्रान्तका लागि आफ्नो लिस्ट ए डेब्यू गरेका थिए। पछि उनी अमेरिका पुगे। अहिले उनले अमेरिकामा राष्ट्रिय क्रिकेट खेलिरहेका छन्। जारी खेलमा क्यानडाविरुद्ध ३ ओभरको बलिङमा ३४ रन दिए।

नोस्थुस केन्जिगे

जारी विश्वकपमा पाकिस्तानलाई पराजित गर्न महत्वपूर्ण भूमिका खेल्ने खेलाडी हुन् नोस्थुस केन्जिगे। ३ ओभर बलिङ गरेर उनी पाकिस्तानका ३ विकेट लिन सफल भए। 

सन् १९९१ मा अमेरिकाको अलबामामा जन्मिएका उनले सन् २०१७ मा युगान्डामा भएको आईसीसी विश्व क्रिकेट लिग डिभिजन-३ मा अमेरिकी राष्ट्रिय टोलीको लागि डेब्यु गरेका थिए। उनी बायाँ हाते ब्याट्सम्यान र बलर हुन्।

नितिस कुमार

क्यानडाको ओन्टारियोमा सन् १९९४ मा जन्मिएका कुमारले पाकिस्तानविरुद्ध १४ रनको योगदान गरे। सन् २०१० को अन्डर-१९ विश्वकप छनोटमा क्यानडाले खेलेका ८ खेलमध्ये एउटाबाहेक सबै खेले।

उनी अगस्ट २००९ मा केन्याविरुद्ध आईसीसी इन्टरकन्टिनेन्टल कप फिक्स्चरमा खेल्दा क्यानडाका लागि प्रथम श्रेणी खेलमा डेब्यु गर्ने सबैभन्दा कान्छो खेलाडी बने।

फेब्रुअरी २०१० मा १५ वर्ष २७३ दिनको उमेरमा ओडीआई खेल्ने दोस्रो कान्छो खेलाडी बने। पछि उनी संयुक्त राज्य अमेरिका पुगे। अहिले अमेरिकाको राष्ट्रिय टोलीबाट खेलिरहेका छन्।

निसर्ग पटेल

पटेल सन् १९८८ मा भारतको गुजरातमा जन्मिएका हुन्। सन् २००३ मा अमेरिका जानुअघि उनले भारतमा पढेका थिए। पटेलले औषधि विज्ञानमा स्नातकोत्तर गरेका छन्। इङल्याण्ड पनि पुगेका उनी अन्ततः अमेरिकाको अन्डर-१९ मा समावेश भएका थिए।

 सन् २०१९ मा टी-२० आई खेल्न शुरू गरेका पटेलले २१ खेलमा ११५ रन र २७ विकेट लिएका छन्।

मिलिन्द कुमार

कुमार सन् १९९१ मा दिल्लीमा जन्मिएका हुन्। उनले दिल्ली र सिक्किमका लागि घरेलु क्रिकेट खेलेका छन्। दायाँ हाते ब्याट्सम्यान उनी कहिलेकाहीँ अफब्रेक बलिङ पनि गर्छन्।

उनले अमेरिकाका लागि ७ अप्रिल २०२४ मा क्यानडाविरुद्ध टी-२० आईमा डेब्यु गरेका थिए।

शायन जहाँगिर

शायन पाकिस्तानमा जन्मिएका अमेरिकी खेलाडी हुन्। सन् १९९४ मा कराँचीमा जन्मिएका उनी दायाँ हाते ब्याट्सम्यान र विकेटकिपर हुन्। उनले पाकिस्तान इन्टरनेशनल एयरलाइन्सका लागि २०१४-१५ कायद-ए-आजम ट्रफीका लागि खेलेका थिए।

सन् २०२० मा क्यारेबियन प्रिमियर लिगको लागि बार्बाडोस ट्राइडेन्ट्सको टोलीमा नाम दिइएको थियो। उनले सीपीएलमा बार्बाडोस ट्राइडेन्ट्सको लागि ५ सेप्टेम्बर २०२० मा टी-२० करियर डेब्यू गरेका थिए।

एजेन्सीको सहयोगमा

 

ताजा समाचार


सुटिङकी सुस्मिताले पेरिस ओलम्पिक खेल्ने

काठमाडौँ । नेपाली सुटिङ खेलाडी सुस्मिता नेपालले पेरिस ओलम्पिक खेल्ने भएकी छन् । उनले फ्रान्सको राजधानी पेरिसमा जुलाई २६ देखि अगस्ट ११ सम्म हुने ३३ औं ग्रीष्मकालीन ओलम्पिकका लागि स्थान पक्का गरेकी हुन् । 

सुस्मिता पेरिस ओलम्पिकका लागि छानिएकी नेपालकी छैटौं खेलाडी हुन् । यसअघि टेबलटेनिसबाट स्यान्टु श्रेष्ठ दक्षिण एसियाली छनोट चरण पार गरेर ओलम्पिकका लागि छानिसकेका छन् । त्यसैगरी, ब्याडमिन्टनबाट प्रिन्स दाहाल, पौडीबाट डुवाना लामा र एलेक्जेन्डर शाह तथा एथलेटिक्सबाट सन्तोषी श्रेष्ठले वाइल्ड कार्डमार्फत ओलम्पिकमा सहभागिता पक्का गरेका हुन् । नेपालले सन् १९८८ को सोल ओलम्पिकदेखि सुटिङमा सहभागिता जनाउन थालेको हो । त्यसयता रियो २०१६ बाहेक सबै ओलम्पिकमा सहभागिता जनाउँदै आएको छ ।

नेपाल ओलम्पिक कमिटी (एनओसी) ले सुस्मिताको सहभागिता निश्चित भएको शुक्रबार जनाएको छ । एनओसी र नेपाल सुटिङ संघले सुस्मिताका लागि अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) समक्ष वाइल्ड कार्ड प्रस्ताव गरेको थियो । उनलाई युनिभर्सालिटी कोटा प्रदान गरिएको एनओसीले जनाएको छ । सुस्मिताले महिला १० मिटर एयर राइफलमा प्रतिस्पर्धा गर्ने छिन् । आवश्यक न्युनतम स्कोर पूरा गरेकी कारण सुम्मिता उक्त कोटाका लागि योग्य भएकी हुन् । २४ वर्षीया सुटर सुम्मिताले इन्डोनेसियाको जकार्तामा भएको एसियन च्याम्पियनसिपको क्वालिफिकेसनमा १० मिटर एयर राइफलमा ६१२.२ स्कोर गरेकी थिइन् । उनी त्यसमा ५० औं वरीयतामा रहेकी थिइन् । अघिल्लो वर्ष जकार्तामै भएको विश्वकप सुटिङ च्याम्पियनसिपमा ६०२.२ स्कोर गरेकी थिइन् । यसमा उनी ५३ औं वरीयतामा थिइन् ।

सुस्मिताले १९ औं एसियाली खेलकुदमा भाग लिएकी थिइन् । हाङचाउमा १० मिटर एयर राइफलमा सुस्मिता र श्लिसा भण्डारीले प्रतिस्पर्धा गरेका थिए । श्लिसा ६१६.९ स्कोर गर्दै ४७ औं स्थान र सुस्मिता ६०७.९ स्कोरसहित ५८ औं स्थानमा रहेका थिए । सुस्मिताले सन् २०१८ को जकार्ता एसियाडमा पनि खेलेकी छन् । उनले त्यतिबेला ५८७.२ स्कोर गरेकी थिइन् । सुस्मिता ४६ औं स्थानमा रहेकी थिइन् । यसअघिको ओलम्पिक टोकियो २०२० कल्पना परियारले खेलेकी थिइन् । १० मिटर एयर राइफलमा प्रतिस्पर्धा गर्दा कल्पनाले ६१६.८ स्कोर बनाएकी थिइन् । बिहीबार सम्पन्न राष्ट्रिय सुटिङ प्रतियोगिताको २५ औं संस्करणमा वागमती प्रदेशबाट खेलेकी सुस्मिताले दोहोरो रजत जितेकी थिइन् । व्यक्तिगत र मिक्स टिममा रजत जितेकी हुन् ।



पुरा हेर्नुहोस्

विद्युत् प्राधिकरणको आफ्नै डेटा सेन्टर

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले अन्तर्राष्ट्रियस्तरको डेटा सेन्टर सञ्चालनमा ल्याएको छ । प्राधिकरणले भविष्यमा व्यावसायिक कम्पनीलाई समेत सेवा उपलब्ध गराउन सक्ने गरी काठमाडौंको स्युचाटारस्थित भार प्रेषण केन्द्रसँगै सुविधासम्पन्न डेटा सेन्टर सञ्चालनमा ल्याएको हो ।

‘प्रि–फेब्रिकेटेड कन्टेनर’ प्रयोग गरी तयार गरिएको तीन तलाको भवनको भुइँतलामा काठमाडौं उपत्यकाको भूमिगत विद्युत् वितरण प्रणाली अनुगमन, नियमन तथा नियन्त्रण र सुरक्षा सञ्चालन कक्ष छन् । पहिलो तलामा कार्यालय तथा नेटवर्क सञ्चालन कक्ष र सबैभन्दा माथिल्लो तलामा डेटा सेन्टर छन् ।

टियर ३ अन्तर्राष्ट्रिय मापदण्डलाई पालना गरी डेटा सेन्टर निर्माण गरिएको छ । आफ्नो सेवा प्रवाहलाई डिजिटल तथा आधुनिक बनाउने उद्देश्यलाई पूरा गर्न डिजिटल एनईए कार्यक्रमअन्तर्गत निर्माण गरिएको यो मोडलको डेटा सेन्टर नेपालमै पहिलो रहेको प्राधिकरणको दाबी छ । डेटा सेन्टरमा प्राधिकरणका सूचना प्रविधिसँग सम्बन्धित सर्भरलगायतका सबै डेटा एकीकृत भण्डार गरी क्रमशः राखिने बताइएको छ ।

डेटा सेन्टर सञ्चालनमा आएसँगै प्राधिकरणले अब डेटा भण्डारणका लागि आफ्नो छुट्टै प्राइभेट क्लाउड बनाउन लागेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जनाए । डेटा सुरक्षाका लागि नवलपरासीको सुनवलस्थित नयाँ बुटवल सबस्टेसनमा विपद् रिकभरी सेन्टर निर्माण गर्ने प्रक्रिया अगाडि बढेको कार्यकारी निर्देशक घिसिङले उल्लेख गरे । उक्त विपद् रिकभरी सेन्टर निर्माण नहुन्जेल हाल प्राधिकरणको प्रधान कार्यालयमा रहेको पुरानो डेटा सेन्टरलाई रिकभरी सेन्टरका रूपमा सञ्चालन गरिनेछ ।

सञ्चालनमा ल्याइएको डेटा सेन्टरमा ४० वटा सूचना प्रविधि र्‍याका छन् । जसमा ३६ वटा सर्भर र ४ वटा नेटवर्क र्‍याक छन् । टियर ३ मापदण्डका लागि तोकिएका सर्त पूरा गर्न आवश्यक ब्याकपसहितको अविच्छिन्न विद्युत् आपूर्ति (एन प्लस वान पावर सप्लाई), चिस्यान (कुलिङ), स्वचालित अग्नि नियन्त्रण, सीसीटीभी निगरानी, सञ्चालन तथा सुरक्षाको अनवरत निगरानीलगायतको व्यवस्था गरिएको छ । अविछिन्न विद्युत् आपूर्तिका लागि बहुवैकल्पिक व्यवस्था गरिएको छ ।

स्थानीय तथा देशको विद्युत् प्रणालीमै समस्या आई विद्युत् आपूर्ति बन्द भए डेटा सेन्टरलाई सुरक्षित रुपमा सञ्चालन गर्न १ मेगावाट क्षमताका दुईवटा जेनेरेटर तयारी हालतमा राखिएको छ । तीन सय केभीए क्षमताका दुई थान मोड्युलर युपिएस जडान गरिएको छ । यूपीएसको विश्वसनीयतालाई ध्यान दिएर लिथियम आयन ब्याट्री प्रयोग गरिएको छ । मर्मतसम्भार तथा उपकरण प्रतिस्थापन गर्दा सेन्टरलाई बन्द गर्नुपर्दैन ।

प्राधिकरणको रत्नपार्कमा रहेको प्रधान कार्यालय र डेटा सेन्टरलाई जोड्न वैकल्पिक मार्गसहितको अप्टिकल फाइबर जडान गरिएको छ । प्राधिकरणको प्रधान कार्यालय र डेटा सेन्टरलाई टेकु र बालाजुतर्फबाट अप्टिकल फाइबरमार्फत जोडिएको हो । डेटा सेन्टरलाई २४ घण्टा सञ्चालन गर्न कर्मचारीहरू खटाइएको छ ।

डेटा सेन्टरका अतिरिक्त सेन्टरबाट काठमाडौं उपत्यकाको विद्युत् वितरण प्रणालीलाई स्वचालित बनाउन निर्माणाधीन भूमिगत वितरण प्रणालीलाई अनुगमन, नियमन र नियन्त्रण गर्न सकिने पूर्वाधार संरचना निर्माण गरिएको छ । यसमा उपत्यकाका सबस्टेसन तथा स्विचिङ स्टेसन जोडिनेछन् । केन्द्रबाटै ११ केभीभन्दा मुनिका ग्राहकको घरसम्म पुग्ने विद्युत् वितरण प्रणालीको व्यवस्थापन, अनुगमन र नियन्त्रण गर्न सकिनेछ । डेटा सेन्टर परिसरमा तीन वटा विद्युतीय गाडी एकैपल्ट चार्ज गर्न मिल्ने गरी चार्जिङ स्टेसन पनि सञ्चालनमा ल्याइएको छ ।

 



पुरा हेर्नुहोस्

गण्डकीमा फ्लोर क्रस गर्ने देवकोटा पदमुक्त

गण्डकी प्रदेश । गण्डकीका मुख्यमन्त्री सुरेन्द्र पाण्डेलाई विश्वासको मत दिने क्रममा माओवादीको ह्विप उल्लंघन गरेका फणीन्द्र देवकोटा प्रदेश सभा सदस्यबाट पदमुक्त गरिएका छन् । 

माओवादीको चुनाव चिह्नमा निर्वाचन लडेका नेपाल समाजवादीका नेता देवकोटाले २९ जेठमा फ्लोर क्रस गरेपछि मुख्यमन्त्री पाण्डेले विश्वासको मत पाएका थिए । लगत्तै ऊर्जामन्त्रीसमेत बनेका देवकोटालाई माओवादीको सिफारिसमा सभामुख कृष्ण धितालले पदमुक्त गरिएको व्यहोराको पत्र शुक्रबारको प्रदेश सभा बैठकमा पढेर सुनाए । 

माओवादीले देवकोटालाई २९ जेठमा २४ घण्टाको समय दिएर स्पष्टीकरण सोधेको थियो । देवकोटाले आफू माओवादी नभई नेपाल समाजवादीको सांसद भएको व्यहोराको जवाफ दिएका थिए । देवकोटाले भने आफ्नो कानुनी अधिकार र संवैधानिक हकमाथि प्रहार भएको बताउँदै अदालत जाने चेतावनी दिए । ‘म माओवादी सांसद होइन, नेसपाको हो । कसैको रैती बन्न नचाहँदा ममाथि कारबाही भएको हो । कानुनी उपचारमा जान्छु,’ उनले भने ।



पुरा हेर्नुहोस्


विद्युत् प्राधिकरणको आफ्नै डेटा सेन्टर

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले अन्तर्राष्ट्रियस्तरको डेटा सेन्टर सञ्चालनमा ल्याएको छ । प्राधिकरणले भविष्यमा व्यावसायिक कम्पनीलाई समेत सेवा उपलब्ध गराउन सक्ने गरी काठमाडौंको स्युचाटारस्थित भार प्रेषण केन्द्रसँगै सुविधासम्पन्न डेटा सेन्टर सञ्चालनमा ल्याएको हो ।

‘प्रि–फेब्रिकेटेड कन्टेनर’ प्रयोग गरी तयार गरिएको तीन तलाको भवनको भुइँतलामा काठमाडौं उपत्यकाको भूमिगत विद्युत् वितरण प्रणाली अनुगमन, नियमन तथा नियन्त्रण र सुरक्षा सञ्चालन कक्ष छन् । पहिलो तलामा कार्यालय तथा नेटवर्क सञ्चालन कक्ष र सबैभन्दा माथिल्लो तलामा डेटा सेन्टर छन् ।

टियर ३ अन्तर्राष्ट्रिय मापदण्डलाई पालना गरी डेटा सेन्टर निर्माण गरिएको छ । आफ्नो सेवा प्रवाहलाई डिजिटल तथा आधुनिक बनाउने उद्देश्यलाई पूरा गर्न डिजिटल एनईए कार्यक्रमअन्तर्गत निर्माण गरिएको यो मोडलको डेटा सेन्टर नेपालमै पहिलो रहेको प्राधिकरणको दाबी छ । डेटा सेन्टरमा प्राधिकरणका सूचना प्रविधिसँग सम्बन्धित सर्भरलगायतका सबै डेटा एकीकृत भण्डार गरी क्रमशः राखिने बताइएको छ ।

डेटा सेन्टर सञ्चालनमा आएसँगै प्राधिकरणले अब डेटा भण्डारणका लागि आफ्नो छुट्टै प्राइभेट क्लाउड बनाउन लागेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जनाए । डेटा सुरक्षाका लागि नवलपरासीको सुनवलस्थित नयाँ बुटवल सबस्टेसनमा विपद् रिकभरी सेन्टर निर्माण गर्ने प्रक्रिया अगाडि बढेको कार्यकारी निर्देशक घिसिङले उल्लेख गरे । उक्त विपद् रिकभरी सेन्टर निर्माण नहुन्जेल हाल प्राधिकरणको प्रधान कार्यालयमा रहेको पुरानो डेटा सेन्टरलाई रिकभरी सेन्टरका रूपमा सञ्चालन गरिनेछ ।

सञ्चालनमा ल्याइएको डेटा सेन्टरमा ४० वटा सूचना प्रविधि र्‍याका छन् । जसमा ३६ वटा सर्भर र ४ वटा नेटवर्क र्‍याक छन् । टियर ३ मापदण्डका लागि तोकिएका सर्त पूरा गर्न आवश्यक ब्याकपसहितको अविच्छिन्न विद्युत् आपूर्ति (एन प्लस वान पावर सप्लाई), चिस्यान (कुलिङ), स्वचालित अग्नि नियन्त्रण, सीसीटीभी निगरानी, सञ्चालन तथा सुरक्षाको अनवरत निगरानीलगायतको व्यवस्था गरिएको छ । अविछिन्न विद्युत् आपूर्तिका लागि बहुवैकल्पिक व्यवस्था गरिएको छ ।

स्थानीय तथा देशको विद्युत् प्रणालीमै समस्या आई विद्युत् आपूर्ति बन्द भए डेटा सेन्टरलाई सुरक्षित रुपमा सञ्चालन गर्न १ मेगावाट क्षमताका दुईवटा जेनेरेटर तयारी हालतमा राखिएको छ । तीन सय केभीए क्षमताका दुई थान मोड्युलर युपिएस जडान गरिएको छ । यूपीएसको विश्वसनीयतालाई ध्यान दिएर लिथियम आयन ब्याट्री प्रयोग गरिएको छ । मर्मतसम्भार तथा उपकरण प्रतिस्थापन गर्दा सेन्टरलाई बन्द गर्नुपर्दैन ।

प्राधिकरणको रत्नपार्कमा रहेको प्रधान कार्यालय र डेटा सेन्टरलाई जोड्न वैकल्पिक मार्गसहितको अप्टिकल फाइबर जडान गरिएको छ । प्राधिकरणको प्रधान कार्यालय र डेटा सेन्टरलाई टेकु र बालाजुतर्फबाट अप्टिकल फाइबरमार्फत जोडिएको हो । डेटा सेन्टरलाई २४ घण्टा सञ्चालन गर्न कर्मचारीहरू खटाइएको छ ।

डेटा सेन्टरका अतिरिक्त सेन्टरबाट काठमाडौं उपत्यकाको विद्युत् वितरण प्रणालीलाई स्वचालित बनाउन निर्माणाधीन भूमिगत वितरण प्रणालीलाई अनुगमन, नियमन र नियन्त्रण गर्न सकिने पूर्वाधार संरचना निर्माण गरिएको छ । यसमा उपत्यकाका सबस्टेसन तथा स्विचिङ स्टेसन जोडिनेछन् । केन्द्रबाटै ११ केभीभन्दा मुनिका ग्राहकको घरसम्म पुग्ने विद्युत् वितरण प्रणालीको व्यवस्थापन, अनुगमन र नियन्त्रण गर्न सकिनेछ । डेटा सेन्टर परिसरमा तीन वटा विद्युतीय गाडी एकैपल्ट चार्ज गर्न मिल्ने गरी चार्जिङ स्टेसन पनि सञ्चालनमा ल्याइएको छ ।

 

पुरा हेर्नुहोस्


२० वर्षपछि सौर्य आँधी पृथ्वीसँग ठोक्कियो, लद्दाखदेखि फ्लोरिडासम्म रङ्गीन प्रकाश देखियो

शक्तिशाली सौर्य आँधी २० वर्षपछि शुक्रबार मे १० मा पृथ्वीमा आइपुगेको छ । आँधीका कारण तस्मानियादेखि बेलायतसम्मको आकाशमा कडा चट्याङ परेको थियो । धेरै स्याटेलाइट र पावर ग्रिडमा पनि क्षति पुगेको छ । सौर्य आँधीका कारण विश्वका धेरै ठाउँमा अरोरा(ध्रुवीय प्रकाश) पनि देखियो । सो समयमा सौर्य आँधीका कारण आकाशमा विभिन्न रङ देखिन थालेको थियो ।

अमेरिकी वैज्ञानिक संस्था ‘नेसनल ओशिनिक एन्ड एटमोस्फेरिक एडमिनिस्ट्रेशन’ (एनओएए)का अनुसार यो सौर्य आँधीको प्रभाव हप्ताको अन्त्यसम्म रहनेछ। यो मुख्यतया विश्वको उत्तरी र दक्षिणी भागहरूमा देख्न सकिन्छ। तर यदि यो तीव्र रहेछ भने यो अन्य धेरै ठाउँहरूमा देख्न सकिन्छ। यसका कारण विश्वभरका स्याटेलाइट अपरेटरहरू, एयरलाइन्स र पावर ग्रिड अपरेटरहरू अलर्टमा छन्।
 
सौर्य आँधी आउने कारण सूर्यबाट निस्कने कोरोनल मास इजेक्शन हो। वास्तवमा, कोरोनल मास इजेक्शनको समयमा, सूर्यबाट आउने कणहरू पृथ्वीको चुम्बकीय क्षेत्रमा प्रवेश गर्छन्। कणहरू पृथ्वीमा प्रवेश गरेपछि एक प्रतिक्रिया हुन्छ, जसको कारण कणहरू उज्यालो रंगीन बत्तीको रूपमा देखा पर्दछ। सरल शब्दमा कोरोनल मास इजेक्शन भनेको सूर्यको सतहबाट प्लाज्मा र चुम्बकीय शक्ति निस्कनु हो।

सौर्य आँधीले पृथ्वीको चुम्बकीय क्षेत्रलाई असर गर्छ। त्यस्ता हावाहुरीका कारण पावर ग्रिड पनि बिग्रन्छ । साथै, विमानहरूमा टर्ब्युलेन्सको समस्या पनि आउँछ। यसका कारण नासाले पनि आफ्ना अन्तरिक्ष यात्रीहरूलाई आँधीबेहरीको समयमा अन्तरिक्ष स्टेशन भित्रै बस्न सल्लाह दिन्छ।

यसअघि अक्टोबर २००३ को 'हेलोवीन स्टर्म'नामक सौर्य आँधी आएको थियो। हेलोवीन आँधीले स्वीडेनमा ब्ल्याकआउट निम्त्याएको थियो। आँधीका कारण दक्षिण अफ्रिकामा ग्रिडहरू अवरुद्ध भएका थिए।  

वैज्ञानिकहरूले पनि यस सौर्य आँधीको बारेमा जानकारी दिंदै आगामी दिनमा धेरै सीएमई कणहरू पृथ्वीमा प्रवेश गर्न सक्ने बताएका छन्।

संसारको सबैभन्दा शक्तिशाली सौर्य आँधी १८५९ मा पृथ्वीमा ठोक्किएको थियो। यसको नाम क्यारिंटोन इभेन्ट राखिएको थियो। यस आँधीका कारण टेलिग्राफ लाइनहरू पूर्ण रूपमा क्षतिग्रस्त भएका थिए। धेरै टेलिग्राफ लाइनमा पनि आगो पनि लागेको  थियो। 

पुरा हेर्नुहोस्


गीतकार प्रमिला बस्नेतको नयाँ गीत ‘यो जिन्दगीको‘ सार्वजनिक

काठमाण्डौं । गीतकार प्रमिला बस्नेतको नयाँ गीत ‘यो जिन्दगीको‘ बजारमा आएको छ । ‘यो जिन्दगीको‘ शिर्षकमा रहेको गीतमा गायिका अन्जु विश्वकर्मा ले स्वर दिएकी छन ।

सरोज प्याकुरेलको संगीत , फडिन्द्र  राईको एरेन्जमा गीतमा निमार्ण गरिएको छ ।  प्रेमील जोडि विचको भावनात्मक सम्वन्धलाई निकै कलात्मक रुपमा प्रस्तुत गरिएको छ ।आफनो मनको कुरा बुझने मायालाई आफुले पाएको कुरा लाई गीतमा ब्यक्त गरिएको छ ।सुरेन्द्र श्रेष्ठको छायाँकन तथा सम्पादनमा भिडियो निमार्ण गरिएको छ ।  

भिडियो लिङ्क्

https://www.youtube.com/watch?v=51L1Cdiy9w8

पुरा हेर्नुहोस्



शिक्षा / स्वास्थ्य


अरु हेर्नुहोस्


लेख तथा रचना


अरु हेर्नुहोस्


अन्तराष्ट्रिय


  • ⇒ २० वर्षपछि सौर्य आँधी पृथ्वीसँग ठोक्कियो, लद्दाखदेखि फ्लोरिडासम्म रङ्गीन प्रकाश देखियो
  • ⇒ रामेछापका पाण्डेद्वारा अफ्रिकाको सर्वोच्च शिखर किलिमञ्जारोको सफल आरोहण
  • ⇒ विषाक्त ग्याँस लिक हुँदा १६ जनाको मृत्यु
  • ⇒ अमेरिकामा गोली चल्दा ४ जनाको मृत्यु
  • ⇒ महाराष्ट्रमा बसमा आगलागी हुँदा २५ जनाको मृत्यु
  • अरु हेर्नुहोस्


    अन्य


  • ⇒ विद्युत् प्राधिकरणको आफ्नै डेटा सेन्टर
  • ⇒ नेपाल दक्षिण अफ्रिकासँग १ रनले पराजित
  • ⇒ पार्टीभित्र अब मनोनयन हुँदैन, प्रत्यक्ष निर्वाचन हुन्छ : प्रधानमन्त्री प्रचण्ड
  • ⇒ टी-२० विश्वकप : पाकिस्तानलाई पराजित गर्ने अमेरिकी टोलीका यी आप्रवासी खेलाडी
  • ⇒ प्रधानमन्त्रीलाई संयुक्त राष्ट्रसङ्घ महासचिवको निमन्त्रणा
  • अरु हेर्नुहोस्