मुख्य पृष्ठ हटलाइन समाचार शिक्षा / स्वास्थ्य राजनिती खेलकुद समाज अपराध अर्थ / व्यापार अन्तराष्ट्रिय भिडियो लेख तथा रचना

विद्युत् प्राधिकरणको आफ्नै डेटा सेन्टर


२०८१, असार २, शनिबार

News Title

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले अन्तर्राष्ट्रियस्तरको डेटा सेन्टर सञ्चालनमा ल्याएको छ । प्राधिकरणले भविष्यमा व्यावसायिक कम्पनीलाई समेत सेवा उपलब्ध गराउन सक्ने गरी काठमाडौंको स्युचाटारस्थित भार प्रेषण केन्द्रसँगै सुविधासम्पन्न डेटा सेन्टर सञ्चालनमा ल्याएको हो ।

‘प्रि–फेब्रिकेटेड कन्टेनर’ प्रयोग गरी तयार गरिएको तीन तलाको भवनको भुइँतलामा काठमाडौं उपत्यकाको भूमिगत विद्युत् वितरण प्रणाली अनुगमन, नियमन तथा नियन्त्रण र सुरक्षा सञ्चालन कक्ष छन् । पहिलो तलामा कार्यालय तथा नेटवर्क सञ्चालन कक्ष र सबैभन्दा माथिल्लो तलामा डेटा सेन्टर छन् ।

टियर ३ अन्तर्राष्ट्रिय मापदण्डलाई पालना गरी डेटा सेन्टर निर्माण गरिएको छ । आफ्नो सेवा प्रवाहलाई डिजिटल तथा आधुनिक बनाउने उद्देश्यलाई पूरा गर्न डिजिटल एनईए कार्यक्रमअन्तर्गत निर्माण गरिएको यो मोडलको डेटा सेन्टर नेपालमै पहिलो रहेको प्राधिकरणको दाबी छ । डेटा सेन्टरमा प्राधिकरणका सूचना प्रविधिसँग सम्बन्धित सर्भरलगायतका सबै डेटा एकीकृत भण्डार गरी क्रमशः राखिने बताइएको छ ।

डेटा सेन्टर सञ्चालनमा आएसँगै प्राधिकरणले अब डेटा भण्डारणका लागि आफ्नो छुट्टै प्राइभेट क्लाउड बनाउन लागेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जनाए । डेटा सुरक्षाका लागि नवलपरासीको सुनवलस्थित नयाँ बुटवल सबस्टेसनमा विपद् रिकभरी सेन्टर निर्माण गर्ने प्रक्रिया अगाडि बढेको कार्यकारी निर्देशक घिसिङले उल्लेख गरे । उक्त विपद् रिकभरी सेन्टर निर्माण नहुन्जेल हाल प्राधिकरणको प्रधान कार्यालयमा रहेको पुरानो डेटा सेन्टरलाई रिकभरी सेन्टरका रूपमा सञ्चालन गरिनेछ ।

सञ्चालनमा ल्याइएको डेटा सेन्टरमा ४० वटा सूचना प्रविधि र्‍याका छन् । जसमा ३६ वटा सर्भर र ४ वटा नेटवर्क र्‍याक छन् । टियर ३ मापदण्डका लागि तोकिएका सर्त पूरा गर्न आवश्यक ब्याकपसहितको अविच्छिन्न विद्युत् आपूर्ति (एन प्लस वान पावर सप्लाई), चिस्यान (कुलिङ), स्वचालित अग्नि नियन्त्रण, सीसीटीभी निगरानी, सञ्चालन तथा सुरक्षाको अनवरत निगरानीलगायतको व्यवस्था गरिएको छ । अविछिन्न विद्युत् आपूर्तिका लागि बहुवैकल्पिक व्यवस्था गरिएको छ ।

स्थानीय तथा देशको विद्युत् प्रणालीमै समस्या आई विद्युत् आपूर्ति बन्द भए डेटा सेन्टरलाई सुरक्षित रुपमा सञ्चालन गर्न १ मेगावाट क्षमताका दुईवटा जेनेरेटर तयारी हालतमा राखिएको छ । तीन सय केभीए क्षमताका दुई थान मोड्युलर युपिएस जडान गरिएको छ । यूपीएसको विश्वसनीयतालाई ध्यान दिएर लिथियम आयन ब्याट्री प्रयोग गरिएको छ । मर्मतसम्भार तथा उपकरण प्रतिस्थापन गर्दा सेन्टरलाई बन्द गर्नुपर्दैन ।

प्राधिकरणको रत्नपार्कमा रहेको प्रधान कार्यालय र डेटा सेन्टरलाई जोड्न वैकल्पिक मार्गसहितको अप्टिकल फाइबर जडान गरिएको छ । प्राधिकरणको प्रधान कार्यालय र डेटा सेन्टरलाई टेकु र बालाजुतर्फबाट अप्टिकल फाइबरमार्फत जोडिएको हो । डेटा सेन्टरलाई २४ घण्टा सञ्चालन गर्न कर्मचारीहरू खटाइएको छ ।

डेटा सेन्टरका अतिरिक्त सेन्टरबाट काठमाडौं उपत्यकाको विद्युत् वितरण प्रणालीलाई स्वचालित बनाउन निर्माणाधीन भूमिगत वितरण प्रणालीलाई अनुगमन, नियमन र नियन्त्रण गर्न सकिने पूर्वाधार संरचना निर्माण गरिएको छ । यसमा उपत्यकाका सबस्टेसन तथा स्विचिङ स्टेसन जोडिनेछन् । केन्द्रबाटै ११ केभीभन्दा मुनिका ग्राहकको घरसम्म पुग्ने विद्युत् वितरण प्रणालीको व्यवस्थापन, अनुगमन र नियन्त्रण गर्न सकिनेछ । डेटा सेन्टर परिसरमा तीन वटा विद्युतीय गाडी एकैपल्ट चार्ज गर्न मिल्ने गरी चार्जिङ स्टेसन पनि सञ्चालनमा ल्याइएको छ ।

 

ताजा समाचार


प्रधानमन्त्री ओलीको नियुक्तिविरुद्ध सर्वोच्चमा अर्को रिट दर्ता

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीको नियुक्ति बदरको माग गर्दै सर्वोच्च अदालतमा अर्को रिट दर्ता भएको छ। बिहीबार अधिवक्ता विजय हमालले संविधानको धारा ७६ (३) वमोजिम प्रधानमन्त्री नियुक्तिको माग गर्दै सर्वोच्चमा रिट दायर गरेका हुन्।

राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ (२) अनुसार ३० असारमा एमाले अध्यक्ष ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेका थिए। संविधानको धारा ७६ को उपधारा ३ बमोजिम नयाँ सरकार गठन हुनुपर्ने रिट निवेदकले गरेका छन्। रिटमा राष्ट्रपति कार्यालय, प्रधानमन्त्री केपी शर्मा ओली तथा मन्त्रीपरिषदरको कार्यालय, नेकपा एमाले संसदीय दलको कार्यालय, नेपाली कांग्रेस संसदीय दल कार्यालयलाई विपक्षी बनाइएको छ। उक्त रिटमाथि सुनुवाइका लागि साउन ६ गते पेसी तोकिएको छ।

यस अघि पनि असार ३१ गते केपी ओलीको नियुक्ति गैरसंवैधानिक भएको भन्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको थियो। अधिवक्ताहरू दीपक अधिकारी खगेन्द्रप्रसाद चापागाईं र शैलेन्द्रकुमार गुप्ताले उत्प्रेषणयुक्त परमादेश माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए।

 



पुरा हेर्नुहोस्

सुकुम्बासी बस्ती हटाउन बालेनलाई बाटो खुल्यो

साउन २ गते बुधबार, २०८१ 
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहको नदी किनारमा रहेका सुकुम्बासी बस्ती हटाउने योजना कार्यान्वयनका लागि बाटो खुलेको छ । यसका लागि गत पुसमा अदालतलेगरेको फैसलाको पूर्णपाठ सार्वजनिक भएको छ ।


यससँगै अब मेयर बालेन शाहले आफ्नो योजना कार्यान्वयन गर्न पाउने छन् । यसअघि पटक पटक सुकुम्बासी बस्ती हटाउन खोजे पनि अदालतको आदेशले उनको काम रोकिँदै आएको थियो ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र विनोद शर्माको संयुक्त इजलासले नदीमा प्रदूषण नियन्त्रण गर्न तथा नदी किनाराका जग्गाको अतिक्रमण हटाउन परमादेश जारी गरेको हो।

जनहित संरक्षण मञ्चका तर्फबाट अधिवक्ताहरू प्रकाशमणि शर्मा, नारायण बेल्बासे, रमा पन्त खरेलसहितका ६ जनाले २०६८ को बैशाखमा रिट दायर गरेका थिए । उक्त रिटमा न्यायाधीशद्वयले गत पुसमा नै फैसला गरेका थिए । उक्त फैसलाको पूर्णपाठ हालै सार्वजनिक भएको हो ।

फैसलाको पूर्णपाठले भने सुकुम्बासीहरूलाई विकल्प दिएर नदी किनारका बस्ती हटाउन बाटो खोलिदिएको छ ।

सर्वोच्चको परमादेशमा भनिएको छ, “वास्तविक सुकुम्बासीहरूको पहिचान गरी इचंगुनारायणमा बनाइएको आवासमा स्थानान्तरण गर्न, त्यसले नपुगे आवश्यक संख्यामा अन्यत्र आवास निर्माण गर्न र ती स्थानहरूमा जान नचाहने, तत्काल वैकल्पिक व्यवस्था नभएका वास्तविक सुकुम्बासीहरूको हकमा स्थानान्तरणको सहजीकरणका लागि तत्काल राहतको रूपमा नगद प्रदान गरी अतिक्रमण हटाउनू ।”



पुरा हेर्नुहोस्

बागमती प्रदेश स्केटिङ तथा स्केट्बोर्डिङ्ग संघ को ८१/८२ को कार्ययोजना सार्बजनिक

साउन २ गते बुधबार, २०८१

काठमाडौं । बागमती प्रदेश स्केटिङ तथा स्केट्बोर्डिङ्ग संघ को ८१/८२ को कार्ययोजना सार्बजनिक भएकाे छ । बागमती प्रदेशका अध्यक्ष श्रेष्ठले ८१/८२ को कार्ययोजना सार्बजनिक गरेकाछन् । 

बागमती प्रदेश स्केटिङ तथा स्केट्बोर्डिङ सङ्घका ८१/८२ कार्ययोजनाहरु यसप्रकार रहेकाे छ ।
१. बाग्मती प्रदेशका १३ जिल्लामा रहेका सम्पुर्ण क्लवहरुलाई यस सङ्घ सम्बन्धन लिन पर्ने ।
२.अब प्रत्यक क्लव ,स्कुल ले बाग्मती प्रदेश बाट सर्टिफाइड कोच हरु मात्र राख्न पाउने।
३.यस खेलमा सद्भाव राख्नेहरुलाई आजिवन सदस्य बन्न पेरित गर्ने।
स्केट् को प्लयेर हरुलाई उप्त्यका को स्कुल , कलेजमा छात्रवृत्ति को ब्यावस्था मिलाउने ।
४.बागमती प्रदेश बाट बाहिर देश खेल्न जाने खेलाइडिहरुलाई सङ्ग ले केन्द्र , रा. खे . प. संघ  समन्य गरेर निशुल्क पठाउने ।
५.बागमती प्रदेश अन्तरगत पर्ने स्थानमा स्केट पार्क पालिका या ब्यापरिक परियोजन को लागि बनाउन्दा यस संघ  सङ्ग स्वीकृति लिनु पर्ने र संघ को  गाइड लाइन्स अनुसार बनाउने पर्ने ।
६.संघ को जर्सी अनिवार्य रुपमा कम्तिमा ५ वटा आफ्नो आउट्लेट्मा राख्नु पर्ने।
७.यस ८१/८२ आर्थिक बर्ष पालिका,वडा सङ्ग समन्य गरेर दुइटा स्केट पार्क बनाउने (रसुवाको रेड पान्डा पार्क भित्र ,भक्तपुर को चिल्ड्रेन पार्क भित्र) र दुइटा सरकारी स्कुलमा स्केट मैदान बनाउने काभ्रेको को बिधालय र भक्तपुर को बिधालयमा)
८.रसुवा जिल्लाको गोसाइँकुण्ड मा फिगर स्केटिङ्ग र आईस हकि गराउने आफ्नो कार्यकाल अवधि भरीमा।
बाग्मती प्रदेश को खेलाडी निर्जरा श्रेष्ठले रोलर स्केट्को  केही झलकहहरु प्रदर्शन गरका थिए । भने प्रत्येक जिल्लामा एक कोच राख्ने, संघकाे कार्यकाल अवधिमा २२ जना प्रदेशको खेलाडी बनाउने र खेलाडिले पाउने सम्पुर्ण सुबिधाहरु उप्लब्ध गराउने, स्केट खेलाडि स्वास्थ बिमा गराउने समेत याेजना रहेकाे बताएकाछन् ।

प्रदेश संघका सहयाेगी (स्पोन्सर) प्रतिनिधिहरु इ. परिवेष कोइराला र रोजन भासिमाले संघलाई सधै आबश्यक आर्थिक सहयोग गर्ने, स्केट खेल ब्यक्तिगत खेल्न मिल्ने हुनाले चाडै नै नेपालमा लोकप्रीय हुने बताएका छन् ।

बागमती कोच रोनित पुजारीले आफ्नो १५ बर्ष यस खेललाई रात दिन नभनिकन एक चित भएर महेनत गरेकाे अनुभव ब्यक्त गरेका थिए । 

प्रमुख अतिथी डा. ई. दहाल ले  नि आफ्नो समर्थन र देशलाई पर्यटकिय महत्वको कोणबाट नि  यस खेलले टेवा पुर्याउने र आइस हकि गराउनु पर्नेमा जोड दिएका छन् ।

संघकाे वार्षिक याेजनामा केन्द्रका प्रतिनिधि महा सचिव ई. सत्य थापाले बागमती प्रदेशलाई सक्दो सयोग गर्ने कुरा बताए ।

कार्यक्रमको सन्चालन बागमति प्रदेश मह सचिव साजन देउजाले गरेका थिए भने स्वागत मन्तव्य उपाध्यक्ष बिकाश लामाले गरेका थिए ।

ललितपुरको आइलिव बर्गर एण्ड बारबिक्युमा आषाढ ३१ गते बागमती प्रदेशका अध्यक्ष  ई. प्रकाश श्रेष्ठकाे अध्यक्षतामा प्रमुख अतिथि डा. ई. राजकुमार दाहल, विशिष्ट अतिथी केन्द्रका महासचिव ई. सत्य थापा, विशिष्ट अतिथी रोनित पुजारी (बागमती प्रदेश कोच),  अतिथी सुमित के.सि. (मकवानपुर अध्यक्ष ), अतिथी नवारज खड्का (दोलखा अध्यक्ष), अतिथी प्रेम थिङ, अतिथी व्हाइट रयाविट स्टुडियो का सि.इ.ओ. ई. परिवेष कोइराला(स्पोन्सर), डाइनमिक स्केट क्लब का  सि.इ.ओ. रोजन भासिमा(स्पोन्सर)काे आतिथ्यता तथा 
संघका उपाध्यक्ष बिकाश लामा, ई. सुमन कट्टेल, महासचिव साजन देउजा, कोषाध्यक्ष अनिष बानिया, सहसचिव माईकल पर्जा, सदस्यहरु सन्जिव भट्टराई, बिपिन कुइकेल, राम दहाल, आरती लामा लगाएतकाे उपस्थिति रहेका थियाे ।



पुरा हेर्नुहोस्


सुकुम्बासी बस्ती हटाउन बालेनलाई बाटो खुल्यो

साउन २ गते बुधबार, २०८१ 
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहको नदी किनारमा रहेका सुकुम्बासी बस्ती हटाउने योजना कार्यान्वयनका लागि बाटो खुलेको छ । यसका लागि गत पुसमा अदालतलेगरेको फैसलाको पूर्णपाठ सार्वजनिक भएको छ ।


यससँगै अब मेयर बालेन शाहले आफ्नो योजना कार्यान्वयन गर्न पाउने छन् । यसअघि पटक पटक सुकुम्बासी बस्ती हटाउन खोजे पनि अदालतको आदेशले उनको काम रोकिँदै आएको थियो ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र विनोद शर्माको संयुक्त इजलासले नदीमा प्रदूषण नियन्त्रण गर्न तथा नदी किनाराका जग्गाको अतिक्रमण हटाउन परमादेश जारी गरेको हो।

जनहित संरक्षण मञ्चका तर्फबाट अधिवक्ताहरू प्रकाशमणि शर्मा, नारायण बेल्बासे, रमा पन्त खरेलसहितका ६ जनाले २०६८ को बैशाखमा रिट दायर गरेका थिए । उक्त रिटमा न्यायाधीशद्वयले गत पुसमा नै फैसला गरेका थिए । उक्त फैसलाको पूर्णपाठ हालै सार्वजनिक भएको हो ।

फैसलाको पूर्णपाठले भने सुकुम्बासीहरूलाई विकल्प दिएर नदी किनारका बस्ती हटाउन बाटो खोलिदिएको छ ।

सर्वोच्चको परमादेशमा भनिएको छ, “वास्तविक सुकुम्बासीहरूको पहिचान गरी इचंगुनारायणमा बनाइएको आवासमा स्थानान्तरण गर्न, त्यसले नपुगे आवश्यक संख्यामा अन्यत्र आवास निर्माण गर्न र ती स्थानहरूमा जान नचाहने, तत्काल वैकल्पिक व्यवस्था नभएका वास्तविक सुकुम्बासीहरूको हकमा स्थानान्तरणको सहजीकरणका लागि तत्काल राहतको रूपमा नगद प्रदान गरी अतिक्रमण हटाउनू ।”

पुरा हेर्नुहोस्


कोलम्बियालाई हराउँदै अर्जेन्टिना लगातार दोस्रोपल्ट कोपा अमेरिका च्याम्पियन

असार ३१, २०८१
काठमाडौँ । सब्स्टिच्युट लउटारो मार्टिनेजले अतिरिक्त समयमा गरेको गोलमा अर्जेन्टिनाले कोपा अमेरिकाको फाइनलमा कोलम्बियालाई १–० ले पराजित गर्दै सोमबार उपाधि जितेको छ । यससँगै डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाले उपाधिको रक्षा पनि गरेको छ ।

विश्व च्याम्पियन पनि रहेको अर्जेन्टिनाले कोपा अमेरिका जितेको यो लगातार दोस्रो पल्ट हो । निर्धारित समयको खेल गोलरहित बराबरीमा टुंगेपछि प्रतिस्पर्धा अतिरिक्त समयमा गएको हो ।

यसको १ सय १२ औं मिनेटमा जियोभानी लो सेल्सोको सटिक पासमा इन्टर मिलानका फरवार्ड मार्टिनेजले गोल गरेका हुन् । यस जितसँगै अर्जेन्टिना कोपा अमेरिकाको सबैभन्दा सफल टिम भएको छ ।

उसले दक्षिण अमेरिकी फुटबलका सबैभन्दा ठूलो प्रतियोगिता जितेको यो १६ पटक हो । यसअघि १५ पटक जितेर उरुग्वेसँग बराबरीमा रहेको थियो ।

अर्जेन्टिनाका लागि एन्जेल डी मारियाले अन्तिम पटक खेले र यससँगै उनले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका छन् । सम्भवतः आफ्नो अन्तिम कोपा अमेरिका खेलिरहेका लियोनल मेसी भने पूरा समय मैदानमा रहेनन् । चोटका कारण खेलको ६५ औं मिनेटमा उनी मैदान छाड्न बाध्य रहे ।

पुरा हेर्नुहोस्


गीतकार आङ्बुहाङको चार गीति भिडियो सार्वजनिक

साउन १ गते, मंगलबार २०८१ 

काठमाडौँ– गीतकार कल्पना आङ्बुहाङको चार गीति भिडियो सार्वजनिक भएको छ ।

जमलस्थित राष्ट्रिय नाचघरमा गीतकार सङ्घ नेपालको आयोजनामा गरिएको कार्यक्रममा वरिष्ठ गायिका मीरा राणा, सङ्गीतकार बुलु मुकारुङ, नारायण गोपाल सङ्गीत कोष एवं तारा देवी स्मृति फाउन्डेसनका अध्यक्ष दीपक केसी, गीतकार सङ्घका अध्यक्ष बसन्त वित्यासी थापा, निवर्तमान अध्यक्ष शुभ मुकारुङ लगायतको उपस्थितिमा गीतका भिडियोहरु सार्वजनिक गरिएको हो ।

सार्वजनिक भिडियोहरुमा ‘पेलि फाक् सेवारो,’ ‘परदेशी जीवन,’ ‘पत्थर कोइला,’ र ‘हुलाकी दाई’ हुन् । सार्वजनिक गीत अनि भिडियोको समीक्षा सङ्गीतकार मुकारुङले गरेका थिए ।

कार्यक्रममा संघका अध्यक्ष थापाले हरेक गीतकारहरुले आफ्नो मनसँगै आफ्नोपन, परिवार, समाज, समुदाय, भेग, परम्परा संस्कृति एवं जागरण, चेतना, सन्देश, ज्ञान दिलाउने गीतहरु लेख्नुपर्ने धारणा राखे ।

उनले भने, ‘रहर र मनोरञ्जनको रूपमा मात्रै गीतलाई लिनु हुँदैन यो बौद्धिक सम्पत्ति हो । गीत सिर्जनाले आर्थिक आय आर्जन पनि गर्दछ र समाजलाई समृद्धिको बाटो साथै देशको विकासमा पनि टेवा पुर्‍याउँछ ।’

कार्यक्रममा गीत सङ्गीत, साहित्य, कलाकर्मी, पत्रकार क्षेत्रका प्रतिष्ठित व्यक्तित्वको उपस्थित रहेको थियो ।

पुरा हेर्नुहोस्



शिक्षा / स्वास्थ्य


अरु हेर्नुहोस्


लेख तथा रचना


अरु हेर्नुहोस्


अन्तराष्ट्रिय


  • ⇒ कोलम्बियालाई हराउँदै अर्जेन्टिना लगातार दोस्रोपल्ट कोपा अमेरिका च्याम्पियन
  • ⇒ अमेरिकी पूर्वराष्ट्रपति ट्रम्प गोली प्रहारबाट घाइते, दुईको मृत्यु
  • ⇒ युक्रेनसँग शान्ति वार्ता सुरु गर्न पुटिनले राखे दुई शर्त
  • ⇒ २० वर्षपछि सौर्य आँधी पृथ्वीसँग ठोक्कियो, लद्दाखदेखि फ्लोरिडासम्म रङ्गीन प्रकाश देखियो
  • ⇒ रामेछापका पाण्डेद्वारा अफ्रिकाको सर्वोच्च शिखर किलिमञ्जारोको सफल आरोहण
  • अरु हेर्नुहोस्


    अन्य


  • ⇒ प्रधानमन्त्री ओलीको नियुक्तिविरुद्ध सर्वोच्चमा अर्को रिट दर्ता
  • ⇒ बागमती प्रदेश स्केटिङ तथा स्केट्बोर्डिङ्ग संघ को ८१/८२ को कार्ययोजना सार्बजनिक
  • ⇒ कोलम्बियालाई हराउँदै अर्जेन्टिना लगातार दोस्रोपल्ट कोपा अमेरिका च्याम्पियन
  • ⇒ डा रुइतलाई श्रीपति समाजसेवा पुरस्कार
  • ⇒ मानव सेवा आश्रमलाई नबिल बैंकले दियो २ थान उद्धार वाहन
  • अरु हेर्नुहोस्