मुख्य पृष्ठ हटलाइन समाचार शिक्षा / स्वास्थ्य राजनिती खेलकुद समाज अपराध अर्थ / व्यापार अन्तराष्ट्रिय भिडियो लेख तथा रचना

कम्युनिस्ट कार्यकर्ताले कसरी काम गर्ने ? माओका १६ बुदा ।


२०७८, पौष १३, मंगलबार

News Title

नेपाली कम्युनिस्ट आन्दोलनमा विश्व कम्युनिस्ट आन्दोलनका महान नेता माओत्सेतुङको प्रभाव प्रचुर भेटिन्छ । वि.सं. २००६ सालमा नेपाल कम्युनिस्ट पार्टीको स्थापना गरिँदा चीनमा माओत्सेतुङको नेतृत्वमा भर्खर नयाँ जनवादी क्रान्ति सम्पन्न भएको स्थिति थियो  त्यसैले नेपाली  क्रान्तिको ढाँचा, सिद्धान्त, नारा, नीति तथा कार्यक्रमहरुमा माओ बिचारको स्पष्ट छाप देखिन्छ ।
माओत्सेतुङको व्यक्तित्व, व्यवहार र दैनिकी समेत नेपाली नेताहरुको लागि एक मोडेल बन्यो । यो प्रभाव पछिल्लो समयमा ‘माओवाद’ र ‘माओवादी जनयुद्ध’को रुपमा उत्कर्षमा पुग्यो । यसै परिप्रेक्षमा माओवादी पार्टीभित्र नेता तथा कार्यकर्ताहरुले हिजोको समयमा काम गर्ने तरिकामा माओको शैलीलाई कतिको अनुसरण गरे भन्ने कुराको समीक्षा गर्नु सान्दर्भिक हुन्छ । यसको लागि चीनमा क्रान्तिपछि पार्टी नेता तथा कार्यकर्ताहरुका लागि काम गर्ने तरिकासम्बन्धी माओत्सेतुङले जारी गरेका सोह्रवटा निर्देशक बुँदाहरु सम्झनु उपयुक्त होला । 
कमरेड माओत्सेतुङको १२८ औं जयन्तीको अवसरमा हामीले उहाँको उच्च सम्मान सहित यो सामग्री यहाँ प्रस्तुत गरेका छौं ।

१. समझदार बन, निर्णायक बन
हाम्रा केही कामरेडहरूमा बिलकुलै सुझबुझ छैन र निर्णय पनि लिन सक्दैनन् । सुझबुझ हुनुको अर्थ हो कि तपाईं मातहत, सचिव, कारखाना म्यानेजर, मजदुर तथा किसानका अलग-अलग राय सुन्ने इच्छा राख्नुहोस् र खासगरीकन अलग विचार सुन्न तयार हुनुहोस् ।

२. केही सम्भावना देख
एउटा आम कथन के छ भने हामीले भावी कामको लागि सम्भावना देख्नुपर्छ । काममा केही लचिलोपनको सम्भावना देख्नु महत्वपूर्ण हुन्छ । क्वमिन्ताङ्ग सेनाविरुद्ध कार्वाही गर्दा हामीले तिनीहरूलाई दमन गर्न उनीहरूभन्दा कैयौं गुना बढी सैनिकलाई एकत्रित गर्दथ्यौं । बिना तयारी हामी कुनै लडाईं लड्दैन थियौं । समाजवादी निर्माण र नियोजनको लागि पनि काममा हामीले सम्भावना देख्नुपर्दछ। हाम्रो काम हाम्रो योजनाभन्दा महत्त्वपूर्ण हुनुपर्दछ। हामीले यो सम्भवना देख्नुपर्छ कि जनसाधारणले योजनाभन्दा पनि अगाडि बढेर काम गरून् । यदि लक्ष्य निकै नै ठूलो छ भने त्यहाँसम्म पुग्न कठिन हुनेछ, त्यसलाई पार गर्नु त टाढैको कुरा हो। उत्पादन टिमको प्रमुखको अक्सर भनाइ के छ भने “१०,००० को लक्ष्य हाम्रो लागि ठूलो कुरा हैन, तर असफलताको एक सम्भावनालाई प्रतिवाद गर्न १०, ००० सित हामी डराउँछौ ?” अतीतमा यो भनाइले काम गर्ने मजदुरहरूलाई काममा उत्साहित गर्न खराब असर गर्दथ्यो । यदि हामीले जानीबुझीकन जनसाधारणलाई उत्पादन लक्ष्य पार गर्न दिने हो भने तिनीहरू उत्साहित हुनेछन् र पहिलेभन्दा पनि बढी कठोर परिश्रम गर्नेछन् । यसको साथै हामीले उत्पादनप्रति पनि ध्यान केन्द्रित गर्नुपर्दछ किनकि कुनै पनि चीजप्रति ध्यान केन्द्रित भएन भने यसको अर्थ हुन्छ – त्यसप्रति कुनै पनि नीति नै छैन । यसरी नै साहित्य र कला कर्मको क्षेत्रमा पनि त्यही कुरा सत्य हो । कुनै पनि नाटक प्रदर्शनमा दर्शकहरूद्वारा सोचविचार, चर्चा गर्ने ठाउँ राखिदिनुपर्दछ । यदि नाटकको पहिलो अङ्क देखेपछि तपाईलाई दोस्रो अङ्कमा के हुँदैछ भन्ने कुरा थाहा हुने हो भने प्रदर्शन असफल हुनेछ । यसै किसिमले वक्तालाई केही कुरा नभनिकनै छाडिदिनुपर्दछ ।
३. छालको गति सरह अघि बढ
१९५७ मा हामीले दुस्साहसवादको विरोध गर्यौं । परिणामतः प्रगतिको स्तर एकदम तल झर्यो र फेरि घोडाको काठीजस्तै माथि उठ्यो । त्यस वर्ष हामीले उत्पादन लक्ष्य तल झार्नु परेको थियो । काम छालको गतिमा अघि बढ्न आवश्यक छ । यस वर्ष पनि हामीले उत्पादन लक्ष्य थोरै तल झार्यौं । वृद्धिदर ४० प्रतिशत रहेको छ । यस वर्ष हामीले १ करोड ६५ लाख टन स्टीलको उत्पादन गर्न कटिबद्ध छौँ र हामीलाई विश्वास छ कि हामीले कोइलाको कोटा पनि पूरा गर्नेछौं । कृषिको लक्ष्यमा हामीले अन्न र कपासको उत्पादनमा बढी जोड दिनुपरेको छ । आगामी वर्ष, उत्पादनको आँकडा केही कम गर्नुपर्ने हुन सक्छ । १९६१ मा हामीले एउटा महान् अग्रगामी छलाङ्ग मार्न सक्दछौं । “समाजवादी निर्माणलाई प्रवाहको गतिमा अधि बढाउनु पर्दछ ।” “स्वर्ग रिसाएपछि मनुष्यको उमेर घट्दछ, जब पृथ्वीमा वसन्त आउँदछ, अनेकौं बरदान घर भित्रिन्छ ।” प्रत्येक दिन ज्वार आउन सक्दैन । म प्रवाहको गतिमा अघि बढ्ने कार्यको विरोधी हैन, तर म दुस्साहसवादको विरोधी हुँ ।
४. बढीभन्दा बढी प्रभावको लागि प्रयास गर
बढीभन्दा बढी प्रभावको लागि योजना बनाऊ । परिस्थितिमा परिवर्तन आएअनुसार योजनामा पनि परिवर्तन गर । यदि परिस्थितिमा परिवर्तन भयो भने परिस्थितिअनुसार मानिसको सोचाइमा पनि परिवर्तन हुनुपर्दछ । यदि त्यसो भएन भने ऊ निश्क्रिय अवस्थामा पुग्नेछ । मस्तिष्कलाई जीवावशेष (fossil) बन्न नदेऊ । सामग्रीहरूको मात्रा र मानिसहरूको सङ्ख्याअनुसार योजनाहरूको निर्माण गर । मनोगत रुपले योजनाको निर्माण नगर ।

५. स्थितिको निरीक्षण गर्न कुशल बन
आफ्नो मस्तिष्कलाई जीवावशेष (fossil) बन्न नदेऊ। राजनीतिक स्थितिको अड्कल गर्न, मानिसहरूको सोच्ने प्रवृत्तिलाई अनुसन्धान गर्न र आर्थिक स्थिति पत्ता लगाउन सक्षम बन । पे-ताई-हो सम्मेलनमा उच्च लक्ष्य राखिएको थियो। होपे र शानतुङ्गको यात्राको दौरानमा मैले त्यो व्यवहारिक देखिन। चिनियाँ कम्युनिस्ट पार्टीको छैठौँ सम्मेलनमा स्टील उत्पादनको लक्ष्य घटाएर दुई करोड टन गरिदियौं। सङ्घाई सम्मेलनमा यसलाई अझ न्यून गरिदियौं। यस किसिमले हामीले कदम-कदम उत्पादनलाई पूरा गर्न योग्य बन्यौँ  ।
६. ठीक समयमा निर्णय गर
स्थितिको निरीक्षण गर्नाले नै तपाईं  महत्त्वपूर्ण मौकामा निर्णय गर्न सक्नु हुनेछ । केही कमरेडले स्थितिलाई सम्पूर्ण रुपले बुझ्न सक्दैनन् । अन्य केही काम गर्ने बेलामा निर्णय त लिन सक्दछन्, तर सही किसिमले निर्णय लिन सक्दैनन्। हुलमुलपन र निर्णयविहिनता खराब कुरा हुन्। निर्णय दृढ़तापूर्वक लिन आवश्यक छ। कुनै पनि अवसर नगुमाऊ किनकि एकपटक समय गएपछि फेरि फर्केर आउँदैन। कम्युनको समस्याबाट यो निकै स्पष्ट हुन्छ।
७. विचारलाई व्यक्त हुन देऊ
विचारहरूलाई व्यक्त हुने मौका नदिने हो भने बैठकहरू कामकाजी हुँदैनन् । कुनै पनि विचार-विमर्शभन्दा पहिला त्यसको तयारीको लागि समय चाहिन्छ। केही बैठकहरूमा कुनै विषय हुँदैन । मैले न्यूनतम पनि सय पटक यो कुरा औँल्याए हुँला कि विचार अभिव्यक्त नहुनु गलत हो। कुनै पनि समस्यालाई ढाकछोप नगर। सही अर्थमा समस्या के हो भन्ने कुरा जनतालाई बुझ्नबाट नरोक। समस्या हल गर्नुभन्दा पहिला त्यो समस्याको बारेमा सम्पूर्ण रुपले बुझ्नुपर्दछ र त्यसमाथि चर्चा हुनुपर्दछ।
८. गतिरोधलाई तोड
प्रत्येक रिपोर्टमा कुनै दृष्टिकोण हुनुपर्छ। कुनै समस्यालाई हल गर्न केही वैकल्पिक तरिका सोच। आफ्नो आधारभूत स्थिति, अलग-अलग दृष्टिकोण, समस्याको मूल बिन्दु र वास्तविक कार्य अवस्थाको बारेमा बताऊ। कुनै गतिरोध हुनु हुँदैन।

९. अल्पमत होस् । तर, सत्य नछोड

यदि एकजना व्यक्ति पनि सत्यताको पक्षमा छ भने उसले बहुसङ्ख्यकलाई आफ्नो पक्षमा लिन सक्दछ। लेनिनले के भन्नुभएको छ भने हामीमा उल्टो प्रवाहको विरोध गर्ने, आफ्नो स्वतन्त्र दृष्टिकोण राख्ने र आफ्नो कुरा भन्ने साहस हुनुपर्दछ। हाम्रा केही कमरेड गलत परिणामसित डराउँछन्। तसर्थ हामीले सोचेर तथा साहसी कम्युनिस्ट बोल्ने चरित्रलाई प्रोत्साहित गर्नुपर्दछ। आफू खत्तम हुनसम्म नडराउने साहसी व्यक्तिले मात्र सम्राटलाई घोडाबाट ओराल्न सक्दछ।


१०. समस्याहरूलाई ऐतिहासिक दृष्टिकोणबाट हेर
कुनै पनि योजनालाई परिवर्तन गर्दा त्यो परिवर्तन ऐतिहासिक प्रक्रियाको मातहत हुनुपर्दछ । गत साल हामीले महान् अग्रगामी छलाङ्ग मार्यौं । यदि यो २० प्रतिशत भए यो महान् अग्रगामी छलाङ्ग हो । यदि यो ३० प्रतिशत भए यो निरन्तर जारी महान् अग्रगामी छलाङ्ग हो ।
११. बुझ्न सकिने शैलीमा लेख, अर्ध-साहित्यिक र अर्ध-बोलचाल वा अर्ध-शास्त्रीय र अर्ध-आधुनिक शैलीमा नलेख, बुझ्न सकिने शैलीमा जोड देऊ र स्पष्ट रुख अपनाऊ ।
तिब्बतमा विद्रोहको बारेमा न्यू चाइना न्यूज एजेन्सी रिपोर्टहरूमा घटनाहरूको स्पष्ट सिलसिला देखिन्छ । हामीले लेख्दा हाम्रो पार्टी र राष्ट्रको हितलाई ख्याल राख्नुपर्दछ ।
कुनै लेखहरूमा सम्झाउन सक्ने शक्ति हुँदैन । त्यसबाट लेखकहरूलाई आफ्नो कामको क्षेत्रको कुनै स्पष्ट बुझाइ छैन र उनीहरूले जनताको मनोविज्ञानको बारेमा न त जानेका छन्, न त बुझेका छन् भन्ने कुरा थाहा हुन्छ । ताङ्ग वंशका प्रसिद्ध लेखक हान यू गद्य लेखकको रूपमा परिचित छन् । होनानमा उनी स्यू-वू होनानमा रहन्थे । उनले के कुराको वकालत गर्दथे भने आफ्नो शिक्षकको विचार अपनाऊ, तर शिक्षकको शब्दमा हैन । उनी ढर्रा र परम्परा पालना गर्ने कुराको विरोधी थिए । उनले के कुरामा जोड दिए भने हरेकसित आफ्नो विशिष्टता र शैली हुन जरुरी छ र उसले त्यसको आलोचना या प्रशंसाप्रति ध्यान दिनु हुँदैन । समानान्तर निर्माणको बारेमा पान त्सुङ्ग-जुको लेखाई पढ्न कठिन छ । यस्तो लाग्दछ कि उनले जानीजानी आफ्नो लेखलाई पढ्न कठिन बनाएका छन् ।

१२. जिम्मेवार बन
आफ्नो हातमा अधिकार भए तपाईंले आदेश दिन सक्नुहुन्छ । साहसपूर्वक जिम्मेवारी पूरा गर, नेतृत्वको अनुसरण गर ।

१३. गलत चिन्तनबाट मुक्त होऊ

राक्षससित नडराऊ, लाज नमान, कायर नबन । साहसी र दृढ होऊ । हाम्रा केही कामरेडहरूको चरित्र कमजोर छ। उनीहरू गलत चिन्तनबाट मुक्त भएका छैनन्। उनीहरू दोष हटाउन डराउँछन्। कार्यकर्ताहरूमा सत्यतामा कायम रहने साहस हुनुपर्दछ र उनीहरूले सामन्ती कालको व्यवहारको अनुसरण गर्न हुँदैन। तपाईं के कुरासित डराउनु हुन्छ ? अरु केही होइन यी ६ चीजसित डराउनु हुन्छ – पदबाट बर्खास्त, पदावनती (माथिल्लो पदबाट तल्लो पदमा झर्नु), पार्टीबाट निस्कासन, पत्नीसित छोडपत्र, हत्या र जेल जाने ।

१४. आलोचनाबारे

हामी सबै सही कमरेड हौँ । कामरेडहरूको बीचको आलोचनाको उद्देश्य सही किसिमले काम गर्ने र काम गर्ने कुशल तरिकाहरूको खोजी हो । आलोचना गर्दा पश्चात्ताप हुन्छ कि भनेर कहिल्यै पनि कल्पना गर्नु हुँदैन । आलोचना तथा आत्मालोचना मानिसहरूलाई शिक्षित गर्ने पार्टीको हतियार हो । हामीसित न त पूर्वजन्मको शिकायत छ, न त भविष्यमा नै हुनेछ । पीडा प्रगतिको लागि एक प्रेरक पक्ष हो ।

१५. सामूहिक नेतृत्व

पार्टी केन्द्रीय कमिटीको बैठक केन्द्रीय महत्त्वको विषय हो । यसका निर्णयहरूलाई जहाँतहीँ सबै ठाउँमा लागु गरिनुपर्दछ ।

१६. विभिन्न विभागहरू बीचमा सम्बन्ध
औद्योगिक विभागहरूसित सुदृढ सम्बन्ध कायम गरिनुपर्दछ । तीन राजकीय आयोगहरू (राजकीय योजना आयोग, राजकीय आर्थिक आयोग र राजकीय पूंजीगत निर्माण आयोग) र दुई मन्त्रालयहरू (धातु उद्योग मन्त्रालय र मेसिन निर्माणसम्बन्धी प्रथम मन्त्रालय) सित घनिष्ठ सम्बन्ध हुनुपर्छ।
(लाेकपाटीबाट साभार )

ताजा समाचार


ऐतिहासिक पदकसहित नेपाली बक्सिङ टोली स्वदेश फर्कियाे

काठमाडौं । एसियन बक्सिङ्ग कन्फेरेडसन (ASBC) को आयोजनामा थाईल्याण्डको राजधानी बैंककमा यहि जनवरी १६ देखि २७ तारिखसम्म भएको एएसबीसी अन्डर २२ मेन एन्ड उमन बक्सिङ च्याम्पियनसिप २०२३ मा ऐतिहासिक रजत पदक जित्न सफल सुष्मा तामाङ र कांस्य पदक जित्न सफल अन्य खेलाडीहरु लगाएत नेपाली बक्सिङ टोलिलाई त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव टंकलाल घिसिङ, नेपाल बक्सिङ संघका अध्यक्ष राम अवालेलगायतको टोलीले हिजो भव्य स्वागत गरेकाे छ ।

मिनिमम ४८ किलो तौल समुहका सुष्माले एशियनस्तरमा बलियो मानिएका भियतनाम र मंगोलियाका खेलाडीलाई ५ः० र आर एस सी को आधारमा पराजित गर्दैे फाईनल खेलमा उज्वेकिस्तानका आईवा युथ विश्व च्याम्पियनसंग अंकको आधारमा पराजित भएका थिए । उनले पहिलो राउण्डमा निकै राम्रो प्रर्दशन गर्दै ४ः१ को स्प्लिट डिसिजनमा पछाडि पारेकी थिईन भने देस्रो र तेस्रो राउण्डमा उज्वेकिस्तानका खेलाडीकाे खेल रणनीति परिवर्तन पछि उनको निरन्तर आक्रमण र अंक बटुल्ने प्रयास असफल रहेको थियो र नतिजा उज्वेकिस्तानका खेलाडीको पक्षमा गएको थियो ।

पदक विजेता अन्य खेलाडीहरुमा महिला तर्फको फेदर वैट ५४ देखि ५७ किलो तौल समुहमा हेमा राईले कास्य, महिला लाईट हेभीवेटमा ७५ देखि ८१ किलो तौल समुहमा त्रिशा जवेगुले कास्य र पुरुष तर्फ क्रुजर वैट ८० देखि ८६ किलो तौल समुहमा विजय बाटाले काश्य पदक प्राप्त गरेका छन् । २० वटा देशको सहभागिता रहेको उक्त एएसबीसी एसियनस्तरको अन्डर २२ बक्सिङ्ग प्रतियोगितामा नेपालबाट पुरुष १३ ताैल समुहमा ३ ताैल समुमा र महिला १२ ताैल समुहमा ३ ताैल समुहमा गरि जम्मा ६ ताैल समुहमा मात्र सहभागीता जनाई एक रजत पदक र तीन कास्य गरी चार पदक जित्दै वरीयताक्रममा सातौं स्थान ओगट्न सफल रहेको छ ।

सोहि प्रतियोगिताका समयमा अन्तराष्ट्रिय बक्सिङ्ग संघ आईवाबाट सञ्चालन भएको ईन्टरनेशनल टेक्निकल अफिर (आईटिओ) कोर्ष परिक्षामा नेपाल बक्सिङ्ग संघका केन्द्रीय सदस्य पुष्कर राज पन्त र आईबा टू स्टार रेफ्री/जज कोर्ष परीक्षाको लागि नेपालका आईबा वान स्टार अन्तराष्ट्रिय रेफ्री/जज राम चन्द्र थापामगर र धनकुमार मैनालीले समेत सहभागिता जनाएका थिए ।

उक्त खेलमा ऐतिहासिक रजत पदक जित्न सफल नेपालका उदीयमान खेलाडी सुष्मालगायत सम्भावना भएका उत्कृष्ट खेलाडीहरुलाई तत्काल बैदेशिक प्रशिक्षण र बढी भन्दा बढी अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागि गराएमा आगामी १९ औँ एशियन गेम्समा पनि ऐतिहासिक सफलता प्राप्त गर्न सकिने कुरा उक्त टिमका प्रशिक्षक आईबा थ्री स्टार प्रशिक्षक एवम् १६ औं एशियन गेम्सका काश्य पदक विजेता दिपक महर्जनले जानकारी गराए ।

मित्र राष्ट्र भारतमा आयाेजना हुन लागेकाे वल्र्ड बक्सिङ च्याम्पियनसिप तथा एशियन गेम्सको तयारीको रुपमा लिइएको उक्त प्रतियोगिताबाट नेपाली खेलाडीहरुले प्रायोजकका रुपमा नेपाल एयरलाईन्स, इन्फिनिट वेयर, फुड हब बाई यच टु ओ ले सहयोग गरेका थिए ।

नेपाली टिमलाई राखेपका सदस्य सचिव टंकलाल घिसिंगले बिदाई गरेका थिए र उनले वाचा गरे बमाेजिम विमानस्थलमा ऐतिहासिक विजयका साथमा स्वागत गर्ने वाचा पुरा गर्दे सदस्य सचिवले उनी लगायत विजेता खेलाडीहरुलाई नगद पुरस्कारद्वारा सम्मान गर्ने घोषणा गरे । सोही अवसरमा राम्रो प्रदर्शन गर्दा गर्दै पनि पदक जित्न नसकेका दुई मुक्केबाज लालप्रसाद उप्रेती र ईन्द्र बहादुर सुनारलाई पनि जनही रु. २५,००० को दरले सम्मान गर्ने घोषणा निवर्तमान प्रमुख प्रशिक्षक प्रकाश थापामगरले गरेका थिए ।

उक्त विदाई कार्यक्रममा नेपाल बक्सिंग संघका अध्यक्ष राम अवाले, महासचिव सविन भट्टाचार्य, केन्द्रीय सदस्यहरु रामबहादुर गिरी, मानबहादुर भण्डारी, स्यामकाजी अवाले, पुस्करराज पन्त, ओम नारायण श्रेष्ठ, लगायत प्रशिक्षक तथा खेलाडीहरुको उपस्थिति रहेको थियो । उक्त प्रतियोगितालाई नेपाल एयरलाईन्स, इन्फिनिटि स्पोर्टस वेयर, फुड हबले सह प्रायोजन गरेका थिए ।



पुरा हेर्नुहोस्

थाई स्थित नेपाली दुतावासमा बक्सिङ टाेलीलाई भब्य स्वागत

काठमाडौं । थाइल्याण्डमा भएको एएसबीसी एसियन यू–२२ बक्सिङ च्याम्पियनसिपमा सहभागी नेपाली टाेलीलाई थाईल्याण्ड स्थित नेपाली दुतावासकाे क्वाटरमा भब्य स्वागत गरेकाे छ । थाईल्याण्डका लागि नेपाली राजदुत गणेश प्रसाद ढकाले बक्सिङ टाेलीलाई औपचारिक रुपमा निमन्त्रणा गर्दै डिनर सहित भब्य स्वागत गर्नुभएकाे हाे ।

थाइल्याण्डको राजधानी बैंककस्थित ह्वामार्क इन्डोर स्टेडियममा जारी एएसबीसी एसियन यू २२ बक्सिङ च्याम्पियनसिप २०२३ मा नेपाली मुक्केबाज सुस्मा तामाङकाे फाईनल खेल हेर्न समेत पुग्नुभएका नेपाली राजदुत गणेश प्रसाद ढकालले ऐतिहासिक रजत पदक जितेकी नेपाली बक्सर सुष्मा तामाङ सहित काँस्य पदक जितेका खेलाडीहरु हेमा राई, त्रिशा जवेगु, बिजय बाटा सहित खेलाडीहरु लाल प्रसाद उप्रेती, ईन्द्र बहादुर सुनार, टिम प्रशिक्षक दिपक महर्जन, सहायक प्रशिक्षक सन्दिप श्रेष्ठ, ब्यबस्थापक नेपाल बक्सिङ संघका सदस्य ओमनारायण श्रेष्ठ अन्तर्राष्ट्रिय रेफ्री/जज रामचन्द्र थापामगर र धनकुमार मैनाली र नेपाल बक्सिङ संघका सदस्य तथा अन्तर्राष्ट्रिय काेअडिनेटर श्याम काजी अवाले सहितकाे टाेलीलाई आफ्नै निवासमा बाेलाएर बधाई तथा उज्वल खेल भविश्यकाे शुभकामना दिदै खेलाडीहरुसंग खुशी साट्न पाउँदा खुशी लागेकाे बताउनु भएकाे छ । 

नेपाल बक्सिङ संघका सदस्य तथा अन्तर्राष्ट्रिय काेअडिनेटर श्यामकाजी अवालेले बक्सिङ टाेलीलाई स्वागत गर्दै खेलाडीहरुकाे मनाेबल उच्च बनाई दिनुभएकाेमा धन्यवाद समेत व्यक्त गर्नुभएकाे थियाे । साे भेटमा एनआरएनए (NRNA) का काेषाध्यक्ष अतिस श्रेष्ठ, थाई नेपाली संघ (TNA) महासचिव  दिपक पराजुली लगाएतकाे विशिष्ट व्यक्तिहरुकाे समेत उपस्थिति रहेकाे थियाे । उहाँहरुले आगामी दिनहरुमा नेपाली खेलकुदलाई थप विकास गर्न आबश्यक र सहकार्य गर्ने समेत बताउनुभएकाे थियाे ।



पुरा हेर्नुहोस्

कराते महासंघको नेतृत्वमा राखेप पूर्व सदस्य–सचिव लामा

काठमाडौं । करातेका संस्थापक मध्येका एक युवराज लामाको अध्यक्षतामा नेपाल कराते महासंघ केन्द्रीय कार्यसमितिको तदर्थ समिति बिहीबार गठन गरिएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्व सदस्य–सचिव समेत रहेका लामाको अध्यक्षतामा २१ सदस्यीय केन्द्रीय कार्य समिति गठन गरिएको हो ।

अघिल्लो तर्दथ समितिमा कार्यावाहक अध्यक्षको जिम्मेवारीमा रहेका दावा गुरुङ सह–अध्यक्ष बने । उपाध्यक्ष्मा पुरेन्द्रविक्रम लाखे, महासचिवमा हरिशरण केसी, सह–महासचिवमा ओमकृष्ण प्रसाईं, सचिवमा श्याम शेर्पा र विआर मित्र तथा कोषाध्यक्षमा सानुलाल श्रेष्ठ रहेका छन् ।

सदस्यमा राजेन्द्र बराल, देव लामा, मजेन्द्र सिंह, नारायणबहादुर मगर, यादव काफ्ले, ध्वजमान मोक्तान, निवासगोपाल वैद्य, ध्रुवविक्रम मल्ल, तारा वली, दुर्गागोतम परियार, रवि महर्जन, डोल्मा लामा शाह र किशोरप्रसाद भट्टराई रहेका छन् ।

उनीहरुलाई राखेपका सदस्य–सचिव टंकलाल घिसिङले बिहीबारै एक कार्यक्रमबीच मनोनयन पत्र हस्तान्तरण गरे ।

महासंघले ३ महिना भित्र विधान मस्यौदा तयार गरी राखेपबाट स्वीकृत गराइ साधारण सभा तथा निर्वाचन गर्नु पर्ने छ । अघिल्लो तदर्थ समितिका अध्यक्ष शम्भु आचार्यलाई २०७५ फागुन १४ गते ३ महिना भित्र महासंघको विधान संशोधन गरी निर्वाचन गर्ने गरी तदर्थ समिति गठन गरिएकोमा जिम्मेवारी प्रदान गरिएको ४ वर्षसम्म उक्त समितिले महासंघको विधान संशोधन तथा निर्वाचन समेत गर्न सकेको थिएन ।

कार्यक्रमलाई सम्बोधन गर्दै सदस्य–सचिव घिसिङले ऐतिहासिक आवश्यकताका हिसाबले लामालाई अध्यक्षको जिम्मेवारी दिइएको बताउदै गौरवपूर्ण इतिहास बोकेको कारतेलाई गति दिनु पर्नेमा जोड दिए ।

अध्यक्ष लामाले संस्था र खेलाडीको हितलाई ध्यानमा राखेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्दै परिषद्ले दिएको ३ महिना भन्दा धेरै अगाडि निर्विवाद रुपमा चुनाव सम्पन्न गर्ने वाचा पनि गरे । उनले आस्था र फरक स्टायलका कराते कसैलाई पनि निषेध नगर्ने बताउदै कार्यसमितिका प्रत्येकले काम गर्ने अवसर प्राप्त गर्ने बताए ।

सह–अध्यक्ष गुरुङले सम्बन्धित विज्ञले सम्बन्धित संस्थाको नेतृत्व गरे मात्र संस्थाको विकास हुने मान्यतालाई आत्मासात् गरी अध्यक्ष हुँदा हुँदै पनि स्थायित्वका लागि खुशी साथ अध्यक्षको पद छाडेको बताए । उनले अनेक बहानामा खेल संस्थालाई बन्धक बनाउन नहुने विचार व्यक्त गरे ।



पुरा हेर्नुहोस्


राधाकृष्ण खानेपानी संस्थाद्वारा पुर्व प्रदेश सभा सदस्य पाैडेल सम्मानित

ललितपुर । राधाकृष्ण खानेपानी तथा सरसफाई उपभोक्ता समिति महालक्ष्मी -५ टिकाथली ललितपुरद्वारा पुर्व बागमती प्रदेश सभा सदस्य तथा बागमती प्रदेश सभा संसदीय मामिला समिति सभापति माननीय माधव प्रसाद पाैडेल सम्मानित भएका छन् । उनले खानेपानी समस्या समाधानकाे लागी संस्थालाई स्थापनाकाल देखि नै अतुलनीय याेगदान गरेका कारण संस्थाले उच्च कदर गर्दै सम्मान पत्रद्वारा सम्मान गरेकाे हाे ।

महालक्ष्मी -५ साविक टिकाथली वडा नम्बर ४ र ५ मा अनाैपचारिक रुपमा विगत १० वर्ष अघिदेखि  खानेपानीकाे समस्या समाधान गर्न मेहनतरत संस्था राधाकृष्ण खानेपानी तथा सरसफाई उपभोक्ता समितिकाे छैटौं वार्षिक साधरण सभामा पुर्व प्रदेश सांसद माधव प्रसाद पाैडेल सम्मानित भएकाे हाे । 

सम्मानित भएका पाैडेलले राधाकृष्ण खानेपानी तथा सरसफाई उपभोक्ता समितिकाे याेजना अन्तरर्गतकाे चारलाख पचास हजार लिटर क्षमताकाे ओभरहेड ट्याङ्की, १८ किलोमिटर अन्डरग्राउण्ड पाईपलाईन बिस्तार, फिल्टर प्लान, १३ सय घर धुरीमा डिजिटल मिटर जडान गर्ने लगाएतकाे कार्यहरुकाे लागि आबश्यक बजेटकाे लागि पहल गर्दै करिब १३ कराेड बजेट निकासा गराउन महत्त्वपूर्ण पहल कदमी गरेकाले उनी सम्मानित भएका हुन् । 

राधाकृष्ण खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष सुमन कुमार केसीकाे अध्यक्षता तथा प्रदेश सभा सदस्य माननीय रामेश्वर श्रेष्ठकाे प्रमुख आतिथ्यतामा सम्पन्न छैटौं वार्षिक साधरण सभामा माेतेश्वर समाजका अध्यक्ष माेहन खत्री, त्रिपुरा संगम समाजका अध्यक्ष अर्जुन बहादुर केसी, संस्थापक अध्यक्ष सानुभाई सुवेदी, नेपाल सरकारका पुर्व सचिव अनुपराज उपाध्याय, निवर्तमान वडा अध्यक्ष राजकुमार सिलवाल, संस्थाका निवर्तमान उपाध्यक्ष भैरव केसी लगाएतलाई संस्थामा महत्वपुर्ण याेगदान पुराए बापत संस्थाले सम्मान गरेकाे सचिव महेशवर घिमिरेले जानकारी दिएका छन् ।

राधाकृष्ण खानेपानी संस्थाले हाल तेह्र सय घरधुरीलाई पानी बितरण गरेकाे छ । संस्थामा कुल बचत एककराेड नाैँ लाख बचत रहेकाे छ भने कार्यालय र नियमित खानेपानी संचालनका लागि सात जना कर्मचारी रहेका छन् ।

पुरा हेर्नुहोस्


विश्व बक्सिङ संघ (आइबा) काे अध्यक्षमा उमार क्रेकलेभलाई निरन्तरता

काठमाडौं । अन्तर्राष्ट्रिय बक्सिङ संघ (आइबा)को अध्यक्षमा पुनः उमर क्रमलेभले नै निरन्तरता पाएका छन् । यसअघि मे १३–१४ मा टर्कीको इस्तानबुलमा सम्बन्न आइबाको विशेष साधारण सभाबाट उमार अध्यक्ष पदमा चुनिएका थिए ।

तर, अध्यक्षका अर्का प्रत्यासी वोरिश मान डी भोसेले स्वीटजरल्यान्डको खेलकुद सम्बन्धी अदालतमा उजुरी हालेसँगै पुनः निर्वाचन गर्न आदेश आएको थियो । सोही अनुसार अर्मेनियाको राजधानी येरेभानमा आइतबार भएको विशेष साधारण सभामा पुनः निर्वाचन गर्नु पर्दैन भन्ने पक्षमा बहुमत आएपछि उमारले नै निरन्तरता पाएका हुन् ।

भौतिक रुपमा उपस्थित ९९ र अनलाइनबाट सहभागी भएका ५६ सदस्य राष्ट्रका प्रतिनिधिबीच फेरि चुनाव गर्ने किन नगर्ने भन्ने पक्षमा मतदान भएको थियो । उक्त निर्वाचनमा १ सय ६ राष्ट्रले पर्दैन, ३८ वटाले फेरि गर्नुपर्छ र चार मुलुकले तटस्थ बस्ने पक्षमा मतदान गरे । बाँकी सात मत बदर भएको थियो ।

करिब ७५ प्रतिशत सदस्यबाट विश्वासको मत पाएसँगै उमारले नै आइबाको आगामी चार वर्षको बागडोर सम्हाल्ने भएका छन् ।

पुरा हेर्नुहोस्


कुनै एकदिन कुनै पुस्ताले सानुकान्छा श्रेष्ठको योगदानको इतिहास खोजी गर्नेछ ।

समाजसेवी क.सानुकान्छा श्रेष्ठ 

✍️ अनुराग अरुण 

२०५२ सालमा लुभुमा खानेपानीको साह्रै समस्या थियो । बिहान टोल टोलमा रहेको सार्वजनिक धारामा एक दुई घण्टा पानी आउँथ्यो । टोलभरिका महिलाहरु गाग्री लाइनमा लश्करै राखेर आफ्नो पालो अनुसार पानी थाप्थे । कुनैबेला पानीको लागि टोल टोलमा महिलाहरु आपसमै झगडा गरिरहेको दृश्य यदाकदा देखिन पाईन्थ्यो । कुनै टोलमा टोकन अनुसार पालैपाला पानी थाप्थे । कुनै बेला चार पाँच दिन धाराबाट पानी आउँथेन । तब मान्छेहरु साइकल, गाडी र मोटरसाइकलमा पानी राख्ने ग्यालेन लिएर लामाटार ढुगिंनसम्म पानी लिन जान्थे ।

त्यतिबेला लुभुबासीहरु नुहाउन र लुगा धुन इनारको पानी र गोदावरी खोलाको पानी प्रयोग गर्थे । चैत्र बैसाखको गर्मीमा इनारमा पानी पनि उतिसारो हुन्थिएन । नुहाउन र लुगा धुने झन समस्या थियो । एक एक थोपा पानीको अति नै अमुल्य महत्व थियो ।

तर आज अधिकांश लुभुबासीहरुको घर घरमा खानेपानीको धारा जडान भएको छ । बिहान बेलुका धारामा पानी आइरहन्छ । अब पहिले जस्तो नुहाउन, लुगाधुन र पिउन पानीको कुनै समस्था छैन । पहिले जस्तो टोल टोलमा खानेपानीको लागि झगडा गरिरहनुपर्ने अब अवस्था छैन । 

जब म पानी पिउँछु । पिउने पानीको गिलासमा क.सानुकान्छा श्रेष्ठको पसिनाले लतपतिएको अनुहार झल्झल देख्छु । यिनैको भगिरथ त्याग, तपश्या र अथक प्रयासले आज लुभुभरिमा खानेपानीको सर्व सुलभता भएको छ । अहिले लुभु खानेपानीको सञ्चालक समितिमा सबै पार्टीका मान्छेहरु सञ्चालक हुनुहुन्छ । उहाँहरु सबैलाई यो कुरा विदितै छ, लुभुमा खानेपानीको लागि सानुकान्छा श्रेष्ठले के कति गरे ? सधैं दिन रात आफै खटेका छन् । यति मात्र होइन, खानेपानीलाई आफ्नो करौडौं मुल्यपर्ने जग्गा समेत दिएका छन् ।

दु:ख लाग्छ, हामी कुनै अमुक दलका कार्यकर्ता वा मतदाता त भयौं । तर हामीमा राजनीतिको उच्च सभ्य संस्कार भएन । चेतना आएन । मलाई लाग्छ, आज नभए भोलि कुनै न कुनै एकदिन कुनै पुस्ताले क.सानुकान्छा श्रेष्ठको यो योगदानको इतिहास खोजी गर्नेछ, र त्यसको निष्पक्ष मुल्याकंन अवस्य गर्नेछ ।

पुरा हेर्नुहोस्



शिक्षा / स्वास्थ्य


अरु हेर्नुहोस्


लेख तथा रचना


अरु हेर्नुहोस्


अन्तराष्ट्रिय


  • ⇒ विश्व बक्सिङ संघ (आइबा) काे अध्यक्षमा उमार क्रेकलेभलाई निरन्तरता
  • ⇒ आईबा अध्यक्षमा पुन: उमार क्रेमलेभ दुई तिहाई बहुमतका साथ विजयी
  • ⇒ संसद्‌बाट भएको व्याख्यात्मक अनुमोदन एमसीसीले स्वीकार्‍यो ।
  • ⇒ रुसबिरुद्ध बन्दुक बोकेर सडकमा उत्रिए युक्रेनका पूर्व राष्ट्रपति ।
  • ⇒ पेरु जनयुद्धका नायक विश्व क्रान्तिका चम्किलो तारा नेता गाेन्जालाेकाे जेलमै दु:खद निधन ।
  • अरु हेर्नुहोस्


    अन्य


  • ⇒ ऐतिहासिक पदकसहित नेपाली बक्सिङ टोली स्वदेश फर्कियाे
  • ⇒ थाई स्थित नेपाली दुतावासमा बक्सिङ टाेलीलाई भब्य स्वागत
  • ⇒ कराते महासंघको नेतृत्वमा राखेप पूर्व सदस्य–सचिव लामा
  • ⇒ बक्सिङमा ऐतिहासिक रजत जितेकी सुष्माले ६ लाख पुरस्कार पाउने
  • ⇒ एएसबिसी यू-२२ मा नेपाली मुक्केबाज सुस्मा तामाङले रजत पदक जितिन्
  • अरु हेर्नुहोस्