×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाज

एन्फा एकेडेमीका ३ बालकको शव श्रद्धाञ्जलीका लागि हेटौंडाको हुप्रचौरमा

एन्फा एकेडेमीका ३ बालकको शव श्रद्धाञ्जलीका लागि हेटौंडाको हुप्रचौरमा

काठमाडौं । सिस्नेरी पहिरोमा परी मृत्यु भएका एन्फा एकेडेमीका ३ बालकको शव श्रद्धाञ्जलीका लागि हेटौंडाको हुप्रचौरमा राखिएको छ । गत शनिबार इन्द्रसरोबर गाउँपालिका सिस्नेरीमा पहिरोमा पुरिएर बत्सलादेवी माविमा फुटबल सिक्दै गरेका ६ जना बालकको मृत्यु भएको थियो ।

मृत्यु भएकामध्ये हेटौंडाका अनुपम घलान, मकवानपुरगढीका साइमन योन्जन र बाराका विकल रेग्मीको शव श्रद्धाञ्जलीका लागि हेटौंडा उपमहानगरपालिका-४ स्थित हुप्रचौरमा राखिएको हो ।

उनीहरुको शव सोमबार बिहान काठमाडौंबाट हेलिकप्टरमा हेटौंडा ल्याइएको थियो । शव ल्याएपछि जिल्ला खेलकुद विकास समितिले श्रद्धाञ्जली कार्यक्रम राखेको हो ।

प्रतिकृया दिनुहोस्