×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

धादिङ र काभ्रेका प्रमुख जिल्ला अधिकारी गृह मन्त्रालय तानिए

धादिङ र काभ्रेका प्रमुख जिल्ला अधिकारी गृह मन्त्रालय तानिए

काठमाडौँ । गृह मन्त्रालयले धादिङ र काभ्रेका प्रमुख जिल्ला अधिकारीलाई गृह मन्त्रालयमा तानेको छ । 

धादिङका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डे र काभ्रेका प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेडाईको सरुवा भएको गृह मन्त्रालयका सहसचिव तथा प्रवक्ता ऋषिराम तिवारीले बताए । 

मन्त्रालयले धादिङमा पाण्डेको ठाउँमा सुमन घिमिरे र काभ्रेमा सेडाईको ठाउँमा उमेश ढकाललाई पठाएको छ । प्रवक्ता तिवारीले दुवै प्रमुख जिल्ला अधिकारीको नियमित सरुवा भएको दाबी गरेका छन् । असोज १० गतेदेखि परेको अविरल वर्षापछि काभ्रे र धादिङमा पनि जनधनको क्षति भएको थियो ।
 

प्रतिकृया दिनुहोस्