×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

एमाले राष्ट्रिय महाधिवेशनमा २१५४ जना प्रतिनिधि सहभागी हुने

एमाले राष्ट्रिय महाधिवेशनमा २१५४ जना प्रतिनिधि सहभागी हुने

काठमाडौँ । नेकपा (एमाले) ले ११ औँ राष्ट्रिय महाधिवेशनका प्रतिनिधिहरुको टुंगो लगाएको छ । बुधबार बसेको प्रतिनिधि–व्यवस्थापन समितिको  बैठकले महाधिवेशनका प्रतिनिधिहरुको टुंगो लगाएको हो । 

बैठकले महाधिवेशनमा निर्वाचित, विशेष र पदेन गरि २१५४ जना प्रतिनिधि सहभागी हुनेगरी टुंग्याइएको एमाले स्थायी कमिटी सदस्य काशीनाथ अधिकारीले जानकारी दिएका छन् । उनका अनुसार केन्द्रीय सल्लाहाकार परिषदका ३०९ जना सदस्यहरुको पनि महाधिवेशनमा सहभागिता रहनेछ ।

एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन मंसिर २७ गतेदेखि सुरु हुँदैछ । 

प्रतिकृया दिनुहोस्