×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन कैरन नेपाल अर्थ समाचार

राजनीति

मन्थलीमा कांग्रेस परित्याग गरी उज्यालो नेपाल पार्टीमा प्रवेशको लहर

मन्थलीमा कांग्रेस परित्याग गरी उज्यालो नेपाल पार्टीमा प्रवेशको लहर

रामेछाप। रामेछापको मन्थली नगरपालिका–७ मा नेपाली कांग्रेस परित्याग गर्दै ज्ञानबहादुर माझीसहित माझी समुदायका सदस्यहरू उज्यालो नेपाल पार्टीमा प्रवेश गरेका छन्।

उज्यालो नेपाल पार्टीका केन्द्रीय अध्यक्ष कुलमान घिसिङ, केन्द्रीय सदस्यहरू तथा जिल्ला तहका नेताहरूको उपस्थितिमा आयोजित कार्यक्रममा उनीहरू पार्टीमा प्रवेश गरेका हुन्।

पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै नेताहरूले स्थानीय तहमा संगठन विस्तार, जनतासँग प्रत्यक्ष सम्बन्ध स्थापना तथा जनताका आवश्यकता र समस्यालाई केन्द्रमा राखेर राजनीतिक गतिविधि अघि बढाउनुपर्नेमा जोड दिएका थिए।

कार्यक्रममा स्थानीय युवाहरूसँग संगठन निर्माण, पार्टीको भावी कार्यदिशा तथा समसामयिक राजनीतिक विषयमा छलफलसमेत गरिएको थियो। स्थानीय स्तरमा युवाहरूको सहभागिता बढाउँदै संगठनलाई थप सुदृढ बनाउने विषयमा समेत विचारविमर्श भएको जनाइएको छ।

उज्यालो नेपाल पार्टीले सुशासन, समृद्धि र सामाजिक न्यायलाई केन्द्रमा राख्दै स्थानीय समुदायको सहभागितामा संगठन विस्तार तथा जनमुखी राजनीतिक अभियानलाई अघि बढाउने लक्ष्य लिएको छ।

मन्थली नगरपालिका–७ मा भएको यस पार्टी प्रवेश कार्यक्रमलाई रामेछापमा पार्टीको संगठन विस्तार तथा स्थानीय समुदायसँगको राजनीतिक सम्बन्ध सुदृढ गर्ने प्रयासका रूपमा हेरिएको छ।

प्रतिकृया दिनुहोस्