काठमाडौं । उज्यालो नेपाल पार्टीका केन्द्रीय सदस्य एवं खेलकुद महासंघका केन्द्रीय इन्चार्ज जनक बर्तौलाकी दिवंगत आमा मायादेवी बर्तौलाप्रति नेपाली कम्युनिस्ट पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ।
९२ वर्षको उमेरमा निधन हुनुभएकी मायादेवी बर्तौलाको नवौँ दिनको पुण्यतिथिमा अध्यक्ष प्रचण्ड श्रद्धाञ्जली अर्पण गर्न पशुपति क्षेत्रस्थित क्रियापुत्री भवन पुग्नुभएको हो।
सो अवसरमा अध्यक्ष प्रचण्डले स्वर्गीय मायादेवी बर्तौलाको तस्वीरमा माल्यार्पण गर्दै श्रद्धाञ्जली अर्पण गर्नुभयो। उहाँले दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्नुभयो।
श्रद्धाञ्जलीका क्रममा अध्यक्ष प्रचण्डले परिवारजनसँग भेटघाट गर्दै दुःखको यस घडीमा धैर्यधारण गर्न आग्रह गर्नुभएको थियो।
स्वर्गीय मायादेवी बर्तौलाको ९२ वर्षको उमेरमा भएको निधनप्रति विभिन्न राजनीतिक दलका नेता, कार्यकर्ता, आफन्त तथा शुभेच्छुकहरूले दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरिरहेका छन्।
फोटो क्याप्सन:
स्वर्गीय मायादेवी बर्तौलाको नवौँ दिनको पुण्यतिथिमा श्रद्धाञ्जली अर्पण गर्दै नेपाली कम्युनिस्ट पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ।