×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन कैरन नेपाल अर्थ समाचार

राजनीति

बर्तौलाको नेतृत्वमा कामनपा वडा नं.३१ मा उज्यालो नेपाल पार्टीको वडा कमिटी गठन,अध्यक्षमा शाही

बर्तौलाको नेतृत्वमा कामनपा वडा नं.३१ मा उज्यालो नेपाल पार्टीको वडा कमिटी गठन,अध्यक्षमा शाही

काठमाडौं । उज्यालो नेपाल पार्टीले काठमाडौं महानगरपालिका वडा नं. ३१ मा आफ्नो संगठन विस्तार गरेको छ। जनक बर्तौलाको नेतृत्व तथा समन्वयमा आयोजित भेलाबाट कुमार शाहीको अध्यक्षतामा वडा कमिटी गठन गरिएको हो।

२०८३ कात्तिक ६ गते सम्पन्न भेलाले कुमार शाहीलाई सर्वसम्मत रूपमा वडा कमिटीको अध्यक्षको जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको हो।

भेलामा पार्टीको संगठन विस्तार, स्थानीय तहमा पार्टीको उपस्थिति मजबुत बनाउने तथा जनताका सरोकारका विषयलाई प्राथमिकताका साथ उठाउने विषयमा छलफल भएको थियो।

नवगठित वडा कमिटीले पार्टीको नीति, विचार र उद्देश्यलाई स्थानीयस्तरसम्म पुर्‍याउँदै संगठन निर्माण, जनसम्पर्क तथा सामाजिक गतिविधिलाई अघि बढाउने अपेक्षा गरिएको छ।

उज्यालो नेपाल पार्टीले काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा संगठन विस्तार तथा कमिटी गठनलाई निरन्तरता दिँदै आएको छ।

प्रतिकृया दिनुहोस्