मुख्य पृष्ठ हटलाइन समाचार शिक्षा / स्वास्थ्य राजनिती खेलकुद समाज अपराध अर्थ / व्यापार अन्तराष्ट्रिय भिडियो लेख तथा रचना

अन्य


काठमाडौं । देशकाे राष्ट्रिय खेल भलिबल खेलका लाेकप्रीय उदयमान खेलाडी कविता भट्टले शुक्रबार पल्सर स्पाेर्ट्स अवार्ड २०८० अन्तर्गत वर्ष पिपल्स च्वाइस अवार्ड जितेकी छिन् । 

उनले ५६ प्रतिशत मत सहित अवार्ड जितेकी हुन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल खेलाडी कविता नेपाल काभा महिला नेसन्स लिग २०२४‌‌ मा नेपाल दोस्रो हुँदा र काभा महिला भलिबल च्यालेन्ज कप २०२३ मा तेस्रो हुँदा टोलीको सदस्य थिइन् ।

घरेलु प्रतियोगितामा उनको प्रदर्शन अब्बल रहेको थियो । उनले पल्सर मोटरसाइकल प्राप्त गरिन् । मतका आधारमा १९ प्रतिशत मतसहित कबड्डीकी मानमती बिष्ट दोस्रो, १६ प्रतिशत सहित फुटबलकी प्रिती राई तेस्रो तथा क्रिकेटका गुल्सन झा र रग्बीका श्रीराम चौथो भए ।

खेल‌ पत्रकार , राष्ट्रिय प्रशिक्षक र दर्शकको भोटको आधारमा यो विधाको विजेता चयन भएको हो । ईसेवाको मतभार ५० प्रतिशत रहेको थियो ।

त्यसैगरी, सामाजिक सञ्जाल (फेसबुक लाइक) को मतभार २५ प्रतिशत, राष्ट्रिय प्रशिक्षकको मतभार १२ दशमलब ५ प्रतिशत र खेलपत्रकारको मतभार १२ दशमलब ५ प्रतिशत रहेको थियो ।

पुरा हेर्नुहोस्

काठमाडौं पल्सर स्पाेर्ट्स अवाड २०८० मा शुक्रबार पारा तेक्वान्दोकी पलेशा गाेवर्धनले पारा एथलपट अवार्ड प्राप्त गरेकी छिन् ।

पलेशा गाेवर्धन पछिल्लो समय नेपाललाई पेरिस पारालिम्पिक्समा नेपाललाई ऐतिहासिक कास्य दिलाएर चर्चामा रहेकी छिन् । तर यो अवार्ड उनले १९ औँ एसियाली खेलकुदमा ऐतिहासिक कास्य पदक जितेको कारण प्राप्त गरेकी हुन् ।

२०८० मा उनले जितेको सो कास्य पदक एसियन पारा गेम्समा जितेको पहिलो पदक पनि हो । साथै उनी पेरिस पारालिम्पिक्समा पनि छनोट भएकी थिइन् ।

यीनै सफलताका लागि उनले यो अवार्ड सहित १ लाख रुपैयाँ प्राप्त गरिन् । अवार्ड जितेपछि पलेशाले सबैलाई धन्यावाद दिइन् । उनले विशेषगरी प्रशिक्षक कविराज नेगी र परिवारलाई धन्यवाद दिइन् ।

अवार्डमा यसअघि भारत्तोलनका हेमन्यपालले वर्ष युवा खेलाडी, कुशल श्रेष्ठले वर्ष प्रशिक्षक र कुमार राईले स्पेशल अवार्ड प्राप्त गरिसकेका छ्न् ।

पुरा हेर्नुहोस्

सेप्टेम्बर १३, २०२४ । इन्टरनेशनल बक्सिङ एसोसिएसन (IBA) ले बुड्वा, मोन्टेनेग्रोमा हुने IBA युवा पुरुष र महिला विश्व बक्सिङ च्याम्पियनसिपका सहभागी टोलीहरूलाई अभूतपूर्व सहयोग प्रदान गर्ने भएकाे छ, । IBA ले भाग लिने सबै बक्सरहरू र राष्ट्रिय महासंघ प्रतिधिनि ३ प्रशिक्षकहरूको लागि आवास खर्च समेत प्रदान गर्ने IBA ले जानकारी दिएको छ । कार्यक्रम २२ अक्टोबर देखि ३ नोभेम्बर २०२४ सम्म हुनेछ ।

IBA को इशारा राष्ट्रिय संघहरूलाई समर्थन गर्ने र ती प्रतिष्ठित युवा उपाधिहरूको लागि प्रतिस्पर्धा गर्नका लागि उनीहरूका बलियो खेलाडीहरू पठाउन ती टोलीहरूलाई सक्रिय रूपमा प्रोत्साहित गर्ने उद्देश्य राखिएको छ । युवा विश्व बक्सिङ च्याम्पियनसिपको अघिल्लो संस्करणको सफलतापछि, युवा उमेर वर्गमा बक्सिङको विकास गर्न ती राष्ट्रिय महासंघहरूको प्रयासलाई समर्थन गर्न पाउँदा IBA खुसी भएकाे IBA ले बताएको छ ।

"यो हाम्रा बक्सरहरूका लागि उत्कृष्ट प्रदर्शन गर्ने हाम्रो प्रतिबद्धताको अर्को प्रमाण हो," क्रिस रोबर्ट्स ओबीई, आईबीए महासचिव र सीईओले भने । ‘हामीले हाम्रा युवा एथलीटहरूलाई यी सुपरस्टारहरूलाई अन्तिम एलिट बक्सिङको बाटोमा हुर्काउनको लागि सम्भव सबै भन्दा राम्रो अवस्था सिर्जना गर्न आवश्यक छ । युवा उमेर प्रत्येक बक्सरको करियरको एक धेरै महत्त्वपूर्ण चरण हो, एलिट बक्सिङको लागि मात्र एक कदम टाढा छ, र युवा विश्व च्याम्पियनसिपमा कमाएको यी उपाधिहरू यो संक्रमण गर्न अत्यन्तै उत्साहजनक हुनेछ । प्राविधिक र रणनीतिक क्षमता भएका बक्सरहरूको जितको साक्षी हुन हामी हाम्रा बक्सरहरूलाई बुड्भामा हेर्न उत्सुक छौं ।'

प्रतियोगितामा भाग लिनका लागि अहिलेसम्म ५२ राष्ट्रका ३६० भन्दा बढी बक्सर दर्ता भएका छन् । दर्ता १५ सेप्टेम्बर सम्म जारी रहनेछ । हामी सबै राष्ट्रिय संघहरूलाई समर्थन गर्न र आवास लागतहरू कभर गर्न IBA द्वारा गरेको आर्थिक योगदानको फाइदा लिन सक्रिय रूपमा प्रोत्साहित गर्छौं ।

राष्ट्रिय संघहरूले आफ्ना टोलीहरूलाई IBA डाटाबेसमा दर्ता गर्न सक्छन् ।

फोटो IBA

पुरा हेर्नुहोस्

काठमाडौं । आईबा युथ वल्ड महिला तथा पुरुष बक्सिङ प्रतियोगिता बुड्भा मोन्टेग्रो २०२४ काे लागि राष्ट्रब्यापी  खेलाडी छनौट प्रतियोगिता सम्पन्न भएकाे छ ।

महिला महिला तर्फ ५२ के.जी तौल समूहमा जेनेक्सकी स्वस्तीका तिरुवाले ५-० अंकको आधारमा नक्सालकी दिव्या लिम्बूलाई पराजित गरिन् । 
त्यसैगरी महिला ६० के.जी तौल समूहमा कास्कीका निसिका गुरुङले ५-० अंकको आधारमा ललितपुरकी प्रीक्क्षा लामालाई पराजित गरि छनाैट भईन् ।
त्यसै गरी पुरुष तर्फ ५१ के.जी तौल समूहमा एचटुओका अर्पिल रानाले ५-० अंकको आधारमा ए.बि.सि.का पारस बोम्जन तामाङलाई पराजित गरि छनाैट भए  à¥¤

त्यसै गरी पुरुष तर्फ ५४ के.जी तौल समूहमा आर.डि. एस. का रोसिस्की शाहीले ५-० अंकको आधारमा एचटुओका संजय पुन मगर संग विजय हुन सफल भए । त्यसै गरी पुरुष तर्फ ५७ के.जी तौल समूहमा एचटुओका छेवाङ तामाङले ४-० अंकको आधारमा कास्कीका साहिल लिम्बुलाई पराजित गर्दै छनाेट भए ।

त्यसै गरी ६३.५ के.जी तौल समूहमा ललितपुरका रोविन के.सीले भाईबका आसिष रिजाललाई वल्क ओभरको आधारमा पराजय गरे । अन्त्यमा ६७ के.जी तौल समूहमा एसएसबीसीका भूगोल बम ठकुरीले केवाईबीसीका आर्दश  कार्कीलाई ५ः० अंकको आधारमा पराजित गर्दै छनौट चरण पार गर्न सफल रहेकाे थियाे । 
नेपाल बक्सिङ महासंघका अध्यक्ष राम अवालेकाे अध्यक्षतामा अन्तर्राष्ट्रिय खेलकुद परिसर सातदोबाटो स्थित राष्ट्रिय बक्सिङ ट्रेनिङ हलमा भाद्र २४ र २५ गते सन्चालन भएकाे छनाैट प्रतियोगितामा प्रथम भई उत्कृष्ट हुन सफल खेलाडीहरु यहि मिति २०८१ कार्तिक ४ गतेदेखि २१ गतेसम्म बुड्वा मोन्टेनेग्रोमा हुन गईरहेको आईवा युथ मेन्स एण्ड उमेन्स वल्र्ड बक्सिङ प्रतियोगितामा सहभागी हुने नेपाल बक्सिङ महासंघका महासचिव मान बहादुर भण्डारीले बताएका छन्  । 

छनौट प्रतियोगितामा नेपाल बक्सिङ महासंघका अध्यक्ष श्री राम अवाले, उपाध्यक्षहरु भोजराज सिटौला, ओम नारायण श्रेष्ठ, सविन भट्टाचार्य, सचिव पुष्कर राज पन्त, कोषाध्यक्ष गौतम सुजखु, सदस्यहरु संजय सिंह, नविन तण्डुकार, सुनिता महर्जन, आईवा थ्री स्टार कोचहरु दीपक महर्जन र किरण थापा,  तालिम तथा प्रशिक्षण विभागका पुर्व निर्देशक एवम मुख्य प्रशिक्षक प्रचण्ड शर्मा, पुर्व मुख्य प्रशिक्षक प्रकाश थापामगर लगायतको विशेष उपस्थिती रहेको थियो ।

पुरा हेर्नुहोस्

काठमाडौं । वर्ल्ड सेपाकताक्रो च्याम्पियनसिप २०२४ मा नेपालले ऐतिहासिक स्वर्ण पदक जितेको छ ।

थाइल्याण्डमा सम्पन्न ‘डिभिजन ए’ तर्फको प्रतिस्पर्धामा चाइनिज ताइपेइलाई पराजित गर्दै नेपालले स्वर्ण पदक जितेको हो । डिजिन ए तर्फ सहभागि ११ देशमा नेपालले स्वर्ण पदक जितेको टिमका प्रशिक्षक श्याम श्रेष्ठले पोखरा स्पोर्टसलाई जानकारी दिए ।

थाइल्याण्डको कोरात शहरस्थित टर्मिनल २१ सेन्टरमा सम्पन्न प्रतियोगितामा नेपालले १७–१५ र १७–१६ को सोझो सेटमा पराजित गरेको हो ।

च्याम्पियनसिपमा नेपालले अन्य स्पर्धामा समेत काश्य पदक जितेको छ । नेपालले मिक्स क्वाड र मेन्स क्वाड संगै नेपालले पहिलो पटक स्पर्धा गरेको कुप ताक्रोमा समेत काश्य पदक जितेको छ । नेपालले वर्ल्ड च्याम्पियनसिपमा एक स्वर्णसहित तीन काश्य पदक जितेको छ ।

नेपालले अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा पहिलो पटक १ स्वर्ण र तीन काश्प पदकसहित ४–४ वटा पदक जित्न सफल भएको प्रशिक्षक श्रेष्ठले बताए ।

भदौ १६ गते देखि २३ गते (सेप्टेम्वर १ देखि ८, २०२४) सम्म सम्पन्न वर्ल्ड च्याम्पियनसिपमा टिम क्याप्टेनमा रोशन तामाङ, खेलाडीहरु दिपेशजंग थापा, पदम् बहादुर ठाडामगर, अलिन जर्गामगर, सुजन थिङ, उमेश बहादुर महतो, चन्द्र चौधरी र सुमित्रा डंगोल सहभागीता जनाएका थिए ।

यस्तै टीम आईटीओमा नेशिर मास्के, टिम म्यानेजरमा जीतेन्द्र थापामगर, प्रशिक्षकमा महेन्द्र राई र श्याम बहादुर श्रेष्ठ एवं रेफ्रीमा सोम माया थापा मगर सहभागि थिए । नेपाली टोली सोमबार स्वदेश फर्किने छ ।

पुरा हेर्नुहोस्

काठमाडौं । पेरिस पारालिम्पिक २०२४ मा ऐतिहासिक पदक दिलाएका पारा तेक्वान्दोका प्रशिक्षक कविराज नेगी लामा राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा सेवा गर्ने गरी प्रशिक्षक (अधिकृत तृतीय) मा नियुक्तिका लागि सिफारिस भएका छन् ।

राखेपले बिहीबार प्रशिक्षक लामाको योगदानप्रति कदर गर्दै सरकारी सेवाका लागि युवा तथा खेलकुद मन्त्रालयलाई सिफारिस गरेको हो । उनको प्रशिक्षणमा पलेशा गोवर्धनले पेरिसमा कांस्य पदक दिलाएकी थिइन् । त्यो पदक नेपाली खेलकुद इतिहासकै सबैभन्दा ठूलो हो ।

पलेशाले के–४४ क्याटगोरीअन्तर्गत महिला ५७ केजीमुनि कांस्य पदक जितेकी हुन्। स्वयम्सेवक प्रशिक्षकका रूपमा नै लामाले नेपाललाई ११ वटा अन्तर्राष्ट्रिय पदक दिलाइसकेका छन्। यो सफलतामध्ये चौथो एसियाली पारा खेलकुदमा नेपालले पहिलोपल्ट कांस्य पदक जितेको पनि छ ।

विगतमा पनि विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्ने खेलाडी तथा उनीहरूका प्रशिक्षकलाई सफलताको कदर गर्दै राखेपमा सेवा गर्ने गरी नियुक्ति दिने प्रचलन थियो । सोहीअनुरूप राखेपका सदस्यसचिव टंकलाल घिसिङले प्रशिक्षक लामाको सिफारिस गरेका हुन् ।

लामा अन्तर्राष्ट्रिय लेभल–२ पारा तेक्वान्दो प्रशिक्षकसमेत हुन् । राखेपले पेरिस पारालिम्पिकमा पदक जित्ने खेलाडी, प्रशिक्षक, व्यवस्थापक र नेपाल तेक्वान्दो संघलाई राष्ट्रिय खेलकुद विकास नियमावली २०७९ मा व्यवस्था भएअनुसार नगद पुरस्कारका लागि पनि सिफारिस गरिसकेको छ ।

नेपालले पेरिस पारालिम्पिकअघि कुनै पनि ओलम्पिकमा हालसम्म पदक जित्न सकेको थिएन । नेपालले पारालिम्पिकमा सन् २००४ को एथेन्स तथा ग्रीष्मकालीन ओलम्पिकमा सन् १९६४ को टोकियो ओलम्पिकदेखि भाग लिन थालेको  थियो ।  

पुरा हेर्नुहोस्

काठमाडौं । पलेशा गाेवर्धनले पेरिस पारालिम्पिक्समा नेपाललाई पहिलाे ऐतिहासिक कास्य पदक दिलाएकी छिन् ।

के – ४४ क्याटगोरीको महिला ५७ केजीमुनि तौल समुह शुक्रवार कास्य पदक जित्दै पलेशा नेपालको लागि ओलम्पिक्स र पारालिम्पिक्समा पदक जित्ने पहिलो नेपाली खेलाडी बन्न सफल भएकी हुन् । पलेशाले जितेको कास्य पदक नेपाली खेलकुदकै अहिलेसम्मकै सबैभन्दा ठूलो पदक हो ।

कास्य पदकका लागि भएको रिपाचेजमा पलेशाले सर्बियाकी मारिजा मिकेभलाई १५-८ ले हराउँदै नेपाललाई ऐतिहासिक पदक दिलाइन । यसअघि पलेशाले पेरिस पारालिम्पिक्स अन्तर्गत रिपाचेजको पहिलो खेलमा फ्रान्सकी सोफी काभरजानलाई २-१ को स्कोरमा पराजित गरेकी थिइन् ।

सेमिफाइनलमा पलेशा विश्व नम्बर एक खेलाडी ब्राजिलियन सिल्भाना मायारा कार्डोस फरनान्डेजसँग १०-८ ले पराजित भएकी थिइन् । आजै उनले आज क्वाटरफाइनलमा भेनेजुएलाकी भलेरिया मोराल्सलाई ३१-० को फराकिलो अन्तरमा पराजित गरेकी थिइन् ।

नेपालले सन् १९६४ को टोकियोमा पहिलो पटक समर ओलम्पिक्समा सहभागिता जनाएको थियो । ६ दशकदेखि नेपालले ओलम्पिक्समा सहभागिता जनाउँदै आएको छ । तर कुनै पनि खेलाडीले ओलम्पिक्समा एक खेल समेत जित्न सकेका छैनन् ।

यो अवस्थामा पारा खेलाडी पलेशाले नेपाललाई पदक दिलाएकी छिन् । नेपाली खेलकुदलाई गुण लगाइदिएकी छिन् । तेक्वान्दोका विधान लामाले भने सिओल ओलम्पिकमा प्रदर्शनी खेलका रुपमा राखिएको तेक्वान्दोमा कास्य पदक जितेका थिए ।

विशेष क्षमताकी धनी पलेशाको जन्म एउटा हातको हत्केला बिना नै भएको थियो । उनको हत्केलालाई पलेशाले कमजोरी कहिले बनाइनन् । उनको अदम्य साहश र परिवारको साथमा यही हात उनको जीन्दगीको सफलताको कडी मात्र बनेन, देशलाई विश्व खेलकुदमा चिनाउने सशक्त माध्यम नै बन्यो । ओलम्पिक्स पदक यही विशेष क्षमताबाट सम्भव बनेको छ । उनले २०१४ मा १३ वर्षको कलिलो उमेरदेखि नै तेक्वान्दो खेल्न सुरू गरेकी थिइन् ।

उनको सफलता र मेडलको फेरिस्त लामै छ । चीनको ह्वाङझाउमा चौथो एसियाली पारा खेलकुदमा नेपाललाई ऐतिहासिक कास्य पदक दिलाएकी थिइन् । महिला के– ४४ क्याटगोरी अन्तर्गत ५७ केजीमुनि तौल समूहमा कांस्य पदक जित्दै इतिहास रचेकी थिइन् । एसियाली पारा खेलकुदमा नेपालले जितेको यो पहिलो पदक थियो ।

दोस्रो पटक पारालिम्पिक्स खेलिरहेकी पलेशा गत संस्करण भने कास्य पदकबाट चुकेकी थिइन् । उनले टोकियो ओलम्पिक्समा दुई बाउट जितेकी थिइन् ।‌ तर कास्य पदक भिडन्तमा चीनकी खेलाडीसँग पराजित भएकी थिइन् । यो पटक भने पलेशा छनोट चरण पार गर्दै पेरिस पारा पारालिम्पिक्समा सहभागी भएकी हुन् ।

राष्ट्रिय खेलकुद विकास नियमावली २०७९ अनुसार समर ओलम्पिक्स, विन्टर ओलम्पिक्स ,पारालिम्पिक्स, विशेष ओलम्पिक्स र विश्व कप फुटबल जित्नेलाई निर्धारण गरिएको पुरस्कार अनुसार पलेशालाई सरकारले ६५ लाख रुपैयाँ पुरस्कार स्वरुप दिनुपर्नेछ।

नियमावलीमा व्यक्तिगततर्फ स्वर्ण पदक जित्नेलाई १ करोड ३० लाख,  रजत पदक जित्नेलाई ९७ लाख र कास्य पदक जित्नेलाई ६५ लाख रुपैयाँ पुरस्कार दिने व्यवस्था रहेको छ। यही व्यवस्था अनुरूप पलेशाले ६५ लाख नगद नेपाल सरकारबाट प्राप्त गर्नेछिन् ।

पलेशाका प्रशिक्षक कविराज नेगी लामाले ५ लाख ८५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । त्यस्तै नेपाल तेक्वान्दो संघले ११ लाख ९२ हजार रुपैयाँ प्राप्त गर्नेछ।

पुरा हेर्नुहोस्

काठमाडौं । नेपालकै पहिलो एवम् एकमात्र पब्लिक ट्राभल्स कम्पनी “गुरु ट्राभल्स लिमिटेड” को दोश्रो वार्षिकोत्सवका अवसरमा आज मिति २०८१ श्रावण २५ गते शुक्रबारका दिन कम्पनीको काठमाडौं दरबारमार्ग स्थित कार्यालयमा एक भब्य कार्यक्रम आयोजना गरि मनाइयो । लगभग १ हजार जनाको संख्यामा आमन्त्रित रहेको उक्त कार्यक्रमलाई आमन्त्रितहरुको उपस्थितीले शोभायमान बनाएको छ र गुरु ट्राभल्स लिमिटेड परिवारलाई हर्षित तुल्याएको छ भनि गुरु ट्राभल्स लिमिटेडका प्रमुख संचालन अधिकृत अनिल धरेलले जानकारी दिएका छन् । 

 

कार्यक्रममा à¤µà¤°à¤¿à¤·à¥à¤  पत्रकार टीकाराम यात्री, गैर आवासीय नेपाली संघका संस्थापक तथा पुर्व अध्यक्ष उपेन्द्र महतो, प्रतिनिधि सभा सांम्सद तथा  माइती नेपालकी अदक्ष्य अनुराधा कोइराला, पुर्व प्रहरी नायब महानिरीक्षक तथा भ्रस्टाचार बिरोधि अभियन्ता एवं नेता रमेश खरेल लगायत अन्य विशिष्ट व्यक्तिहरुको उपस्थिती रहेको थियो à¥¤


संस्थाले उपलब्ध गरेको प्रेस बिज्ञप्तीको एक अंश यसप्रकार छ ।

१०० जना भन्दा बढी संस्थापकले माया गरेर हुर्काएको नेपालकै पहिलो र आज सम्म एकमात्र पब्लिक ट्राभल एजेन्सीलाई ट्राभल क्षेत्रमा दशक भन्दा लामो अनुभव बोकेका ब्यक्तित्वहरुले सन्चालन गरिराखेका छन् भने कुशल कर्मचारीहरु द्वारा सेवा प्रवाह हुँदै आएको छ । स्थापनाको दोश्रो बर्ष पार गर्दासम्म नै यस कम्पनीमा एक लाख भन्दा बढीको सदस्यता रहिसकेको छ भने सामाजिक सन्जालमा ७३ लाख भन्दा बढी प्रयोगकर्तामाझ आफ्नो उपस्थिती यस कम्पनीले जनाइसकेको छ । सातै दिन ग्राहक वर्गको सेवामा समर्पित रहेर बिगत दुई बर्षमा ७३० भन्दा बढी दिन यस संस्थाको कार्यलय खुला रहँदा २० हजार भन्दा बढी Inquiry (सोधपुछ) संस्थालाई प्राप्त भएका छन् । राष्ट्रको पर्यटन प्रबर्धनमा अहम् भूमिका खेल्दै आएको यस गुरु ट्राभल्स लिमिटेडले ग्राहकबर्गको बजेटमा नै सेवा उपलब्ध सक्नु नै आफ्नो सफलता र सन्तुष्टी ठान्दछ ।

संस्थागत तर्फ  १,२९६ भन्दा बढी सेवा प्रवाह गर्दा ५,७०७ जना यात्राुहरु गुरु ट्रभल्सका बिभिन्न सेवाहरुबाट लाभान्वित भई सकेका छन् । यस ट्राभल्सले राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा टिकेटिंग सेवा, होटेल बुकिंग, सवारी साधन बुकिंग, भिषा सहजीकरण सेवा, टुर ब्यबस्थापन सेवा तथा अन्य यात्रासंग सम्बधित सेवाहरु प्रदान गर्दै आएको छ ।

आजको यस वार्षिकोत्सव कार्यक्रमका मुख्य आकर्षणहरु निम्नानुसार रहेका छन् ।

१) सम्पूर्ण ग्राहकवर्गलगानीकर्ताशुभेच्छुक तथा संस्थाप्रति सरोकार राख्ने सम्पूर्णसंग बधाई तथा शुभकामना साटासाट गर्ने साथै धन्यवाद ज्ञापन गर्ने ।

२) “Invest on Travelling ” à¤…र्थात यात्रामा लगानी गरौ अवार्ड à¤ªà¥à¤°à¤¦à¤¾à¤¨ गर्ने ।

यात्रामा लगाइएको पैसा, खर्च होइन कि जीवनमा गरिएको वास्तविक लगानी हो भन्ने अवधारणालाई अबलम्बन गर्दै आएको यस गुरु ट्राभल्स लिमिटेडले यस बर्षदेखी यो अवार्डको सुरुवात गरेको छ । à¤¯à¤¸ गुरु ट्राभल्स मार्फत सेवा प्राप्त गरी यात्रामा सर्वाधिक रकमको सदुपायोग गर्नु हुने à¥§à¥§ जना ब्यक्तित्त्वहरुलाई गुरु ट्राभल्सले सम्मान स्वरुप Invest on Travelling à¤…वार्ड प्रदान गर्न लागेको हो । 

३) परिष्कृत र परिमार्जित भएका विभिन्न सेवाहरु सार्वजनिक गर्ने ।

वर्तमान समयमा ग्राहक वर्ग माझ अत्याधिक माग भै आएको तथा ग्राहक वर्ग सामु प्रख्यात रहेका केहि सेवाहरुमा आकर्षक परिमार्जन गरिएको छ । यस संस्थाले प्रदान गर्दै आईरहेका सेवाहरु मध्ये आन्तरिक तथा अन्तराष्ट्रिय पर्यटन अर्थात International Holiday तथा Domestic Holiday मा भएका केहि परिष्कृत सेवाहरु यस प्रकार रहेका छन् ।

Intrenational Holiday à¤…न्तर्गत :

– à¥¯ रात १० दिनको युरोपियन हाइलाइट्स (युरोप टुर)

– à¥­ रात ८ दिनको स्याण्ड टु सी (दुबई + बाकु टुर)

– à¥ª रात ५ दिनको अमेजिंग थाइल्याण्ड

– à¥ª रात ५ दिनको ड्याजिन्ग दुबई

– à¥¯ रात १० दिनको कम्बो एसिया (थाइल्याण्ड+मलेसिया+सिंगापुर)

– à¥© रात ४ दिनको Splendid à¤®à¤¾à¤²à¥à¤¦à¤¿à¤­à¥à¤¸

– à¥ª रात ५ दिनको म्याजिकल बाली

– à¥¬ रात ७ दिनको गोल्डेन ट्रीप (भिएतनाम + कम्बोडिया)

– à¥¯ रात १० दिनको कैलाश मानसरोवर यात्रा

– à¥® रात ९ दिनको Superb à¤²à¥à¤¹à¤¾à¤¸à¤¾ (तिब्बत)

यस्तै Domestic à¤¹à¥‹à¤²à¤¿à¤¡à¥‡ तर्फ,

– à¥ª रात ५ दिनको जोमसोम मुक्तिनाथ टुर

– à¥§ रात २ दिनको गोसाइँकुण्ड हेली टुर

– à¥§ रात २ दिनको सुकुटे बीच टुर

– à¥¬ रात ७ दिनको लुम्बिनीचितवनलुम्बिनी टुर

– à¥§à¥© रात १४ दिनको एभरेष्ट बेस क्याम्प टुर

– à¥§à¥¦ रात ११ दिनको अन्नपूर्ण बेस क्याम्प ट्रेक

– à¥ª रात ५ दिनको घोरेपानी पुनहिल ट्रेक

– à¥§ रात २ दिनको चित्लांग कुलेखानी टुर र,

– à¥ª रात ५ दिनको मार्दी बेस क्याम्प ट्रेकिंग

यसरी यात्राका पारखीहरुका लागि देश तथा बिदेशका जुनसुकै गन्तब्य अब गुरु ट्राभल्स मार्फत सजिलै पुग्न सकिने छ ।

 à¥ª) à¤¸à¤‚स्थाको संस्थागत सामाजिक उत्तरदायित्व वहन गर्दै यस बर्षका लागि CSR à¤•à¤¾à¤°à¥à¤¯à¤•à¥à¤°à¤® घोषणा गर्ने ।

कुनै पनि ब्यबसायीक संस्था समाजकै अङ्ग हो र संस्थाले यस समाजमा रहेर नै आफ्ना ब्यबसायिक कृयाकलापहरु सन्चालन गर्ने भएकोले ब्यबसायिक संस्थाको पनि समाजप्रती आफ्नो उत्तरदायित्व रहन्छ भन्ने कुरामा गुरु ट्राभल्स लिमिटेड विश्वास राख्दछ । स्थापना कालदेखि नै संस्थागत सामाजिक उत्तरदायित्व वहन गर्दै आएको यस संस्थाले यस बर्ष पनि CSR कार्यलाई निरन्तरता दिदै निम्न कार्यक्रम घोषणा गर्दछ ।

– गुरु ट्राभल्सको CSR २०८१ अन्तर्गत ३० जना बिभिन्न ब्यक्तित्वहरुले काठमान्डौ उपत्यका भित्र रहेका ७ वटा विश्वसम्पदा सुचिकृत गन्तब्यहरु निशुल्क भ्रमण गर्न पाउने छन् । हाल, काठमाडौं दरबार स्क्वायर, पाटन दरबार स्क्वायर, भक्तपुर दरबार स्क्वायर, चागुँनारायण, स्व्यम्भुनाथ, बौद्धनाथ र पशुपतीनाथ मन्दिर विश्वासम्पदा सुचिमा सुचिकृत रहेका छन् ।

अन्तमा, यस दोश्रो वार्षिकोत्सव कार्यक्रममा मा पाल्नुहुने तथा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा यस संस्थालाई माया हौशला प्रदान गर्नुहुने सम्पूर्णलाई यस गुरु ट्रभल्स परिवार हार्दिक धन्यवाद तथा आभार प्रकट गर्दछ ।

पुरा हेर्नुहोस्

काठमाण्डौं । ‘मै हुँ शिवको शिवानी ’ बोलको तीज गीत सार्वजनिक भएको छ । नजिकिँदै गरेको तीजलाई लक्षित गरेर निर्माण गरिएको गीतमा गायिका शान्ति श्री परियार को स्वर रहेको छ । भगवान शिवले गरेको योगदान र उनको प्रसंसा गर्दै गीत निमार्ण गरिएको छ ।

कृष्ण देव रुपाखेतीले निर्देशन गरेको भिडियोमा स्मारिका ढकाललाई फिचरिङ गरिएको छ । मौलिक लोक लयमा आधारित गीतको भिडियो उत्सव दाहालले खिचेका हुन् भने भिडियोको सम्पादन मिन रावल रहेको छ । गीतमा अभि वाग्लेले कोरियोग्राफी गरेका छन । यस गीतको शब्द गीतकार गिता गिरी तथा संगीत भद्र वली रहेको छ ।

ग्रेट एविजी को ब्यानरबाट युट्युबमार्फत् सार्वजनिक भएको गीतको निर्माण राम बहादुर गिरी र भगवती गिरीले निमार्ण गरेकी हुन ।

‘मै हुँ शिवको शिवानी ’ गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

https://www.youtube.com/watch?v=RKOM9wvVZb0
 

पुरा हेर्नुहोस्

काठमाडौं । एएसबीसी एशियन बक्सिङ प्रतियोगितामा सहभागी नेपाली राष्ट्रिय बक्सिङ टाेलीलाई  बिदाई गरेकाे छ । राखेख सदस्य सचिव टंकलाल घिसिङकाे प्रमुख आतिथ्यतामा राखेप सचिवालय सभा हलमा महासंघद्वारा आयाेजित खेलाडी बिदाई कार्यक्रममा सदस्य सचिव घिसिङले टीका तथा खादा लगाई  सहभागी नेपाली राष्ट्रिय टाेलिलाई खेलमा जितकाे अग्रिम शुभकामना ब्यक्त गर्दै यात्रा सफलता सहित बिदाई गरेकाेे थियाे ।

नेपाल बक्सिङ महासंघका महासचिव मान बहादुर भण्डारीका अनुसार -'एसियाली बक्सिङ महासंघको आयाेजनामा आगामी अगस्ट २७ देखी सेप्टेम्बर १० सम्म संयुक्त अरब इमिरेट्सको अल ऐनमा आयोजना हुने एएसबीसी एसियन जुनियर एण्ड स्कुल ब्वाइज एण्ड स्कुल गर्ल्स बक्सिङ च्याम्पियनसिप २०२४ मा नेपाल बाट ४ खेलाडी सहित ६ जनाकाे टाेलि सहभागी हुनेछ ।'

छनोट भएका खेलाडी र टिमको नाम यस प्रकार छ ।
१. चन्दन शाही ४६ केजी जुनियर
२. सेरफ ग्याल्जेन शेर्पा ६० केजी जुनियर
३. सूर्यन वैद्य ८० केजी जुनियर
४ रोमस श्रेष्ठ ६१ केजी विद्यालय
५. रमेश दास प्रशिक्षक IBA 2 Star (उत्कृष्ट प्रशिक्ष)
६. धनकुमार मैनाली निर्णयक आईबीएथ्री स्टार आर/जे

नेपालको तयारी सम्बन्धमा यस पटक नेपाल बक्सिङ्ग महासंघले गत श्रावण १०-१५ गतेसम्म सातदोबाटो अन्तराष्ट्रिय खेलकुद परिषरको बक्सिङ्ग हलमा राष्ट्रव्यापी छनोट प्रतियोगिता आयोजना गरिएको थियो । जस्मा १२३ केटा र ५१ केटी खेलाडीहरुको विभिन्न तौल समूहमा प्रतिस्पर्धा भएको थियो । राखिएको तौल समूह मध्ये छनोट समितिले छनोट गरिएका उत्कृष्ट ४ वटा तौल समूहका विजयी खेलाडीहरुको छनोट गरी IBA 2 स्टार प्रशिक्षक रमेश दास श्रेष्ठको प्रशिक्षणमा विगत ३ हप्ता देखि दैनिक बिहान र बेलुका प्रशिक्षणकाे तालिका बनाई तयारी गरकाे थियाे ।  

विश्व बक्सिङ रैकिङ्ग एशियाको स्थान एक नम्बरमा आउछ । भखरै पेरिसमा सम्पन्न ग्रीष्मकालीन ओलम्पिकमा बक्सिङ्ग खेलको १३ स्वर्ण १३ रजत र २६ कास्य पदक मध्ये एशियाबाट ११ राष्ट्रले ९ स्वर्ण ५ रजत र ९ कास्य पदक गरी जम्मा ५२ पदक मध्ये २३ पदक जिती विश्व बक्सिङ्गमा एशियाको बर्जस्वता कायमै राखेको छ । युएई मा हुन गईरहेको जूनियर तथा स्कूल बक्सिङ प्रतियोगिता निकै कडा प्रतिस्पर्धा हुने अनुमान गर्न सकिन्छ ।

एशिया महादेश लगायत यो प्रतियोगितामा युरोपको युक्रेनको पनि सहभागीता हुने छ भने ४५० बढी १३ वर्षदेखि १६ वर्षसम्मको जूनियर खेलाडीहरुको सहभागीता हुनेछ ।

जूनियर लेभलको दुवईमा भएको अघिल्लो प्रतियोगितामा नेपालवाट स्वस्तिका तिरुवा र वाङ्गदी छिरिङ्ग शेर्पाले कास्य पदक जितेका थिए । विजयी खेलाडीहरुले राज्यबाट प्रदान गर्ने पुरस्कार रकम समेत पाएका थिए ।

नेपाली जूनियर वक्सिङ्ग टोली आज राती २३:१५ को नेपाल एयरलाइन्सबाट दुवई प्रस्थान गर्नेछ भने सेप्टेम्बर ११ तारिखमा नेपाल फर्कने कार्यक्रम रहेको छ । प्रतियोगिता २९ अगष्टबाट शुरु हुनेछ । 

२५ भन्दा बढी देशहरूले एएसबीसी एसियन जुनियर एण्ड स्कुलब्वाइज एण्ड स्कुल गर्ल्स बक्सिङ च्याम्पियनसिप २०२४ मा सहभागीता जनाउने प्रतियोगितामा  खेलाडीकाे संख्या करिब ४५० नाघेको छ । ऐतिहासिक ओएसिस सहरको मुटुमा आयोजना हुने यस शानदार प्रतियोगितामा दुई उमेर समूहमा ब्वाइज एण्ड गर्ल्स दुबैले प्रतिस्पर्धा गर्नेछन् । 

लगभग सबै एसियाली बक्सिङ शक्तिहरूले एएसबीसी एसियन जुनियर एण्ड स्कुल ब्वाइज एण्ड स्कुल गर्ल्स बक्सिङ च्याम्पियनसिप  २०२४ पेरिस ओलम्पिक खेल पछिको पहिलो ठूलो प्रतियोगिता हुनेछ । 

२००८ र २००९ मा जन्मेका बक्सरहरूले युएईको अल ऐनमा जुनियर उमेर समूहमा प्रतिस्पर्धा गर्न सक्नेछन् । २०१० र २०११ मा जन्मेका बक्सरहरू स्कूलकी छात्र र स्कूलका छात्राहरूले प्रतियोगितामा भाग लिन योग्य हुनेछन् । 

नेपाल बक्सिङ महासंघका अध्यक्ष राम अवालेकाे अध्यक्षता आयाेजित खेलाडी बिदाई कार्यक्रममा राखेप तालिम तथा प्रशिक्षण विभाग प्रमुख  प्रचण्ड शर्मा, महासंघका बरिस्ठ उपाध्यक्ष अर्जुन बहादुर के.सी., उपाध्यक्ष श्याम काजि अवाले, महासचिव मान बहादुर भण्डारी, सचिव पुष्करराज पन्त, पुर्वचिफकाेच प्रकाश थापामगर लगाएत खेलाडी तथा अभिभावकहरुकाे उपस्थिति रहेकाे थियाे ।

पुरा हेर्नुहोस्

काठमाडौं । नेपालकाे राष्ट्रिय खेल भलिबल र तेक्वान्दो खेलकाे मुख्य प्रशिक्षकमा क्रमश : जगदीस भट्ट र पूर्ण योन्जन नियुक्ति भएकाछन् । राष्ट्रिय खेलकुद परिषद्ले भलिवल र तेक्वान्दोमा नयाँ मुख्य प्रशिक्षक नियुक्त गरेकाे राखेपले बताएकाे छ ।

भलिवल खेलको मुख्य प्रशिक्षकमा नियुक्त भएकाे जगदीस भट्ट २०५४ सालमा सहायक प्रशिक्षकका रुपमा सेवा प्रवेश गरेका भट्ट १८ बर्ष देखि राष्ट्रिय भलिवल टिमको मुख्य प्रशिक्षकको जिम्मेवारी सम्हाल्दै आएका छन् । प्रज्वलमान सिंहले उमेरहदका कारण अवकास भए पछि भट्टलाई जिम्मेवारी दिईएको हो ।  

तेक्वान्दो खेलको मुख्य प्रशिक्षकमा नियुक्त भएका पूर्ण योन्जन २०५२ सालमा सहायक प्रशिक्षकका रुपमा सेवा प्रवेश गरेका थिए । उनी हाल सिराह जिल्ला खेलकुद विकास समितिमा नायव बरिष्ठ प्रशिक्षकका रुपमा कार्यरत थिए । यस अघि नविन श्रेष्ठले तेक्वान्दोको मुख्य प्रशिक्षिकको जिम्मेवारी निर्वाह गर्दै आएका थिए । 

पुरा हेर्नुहोस्

काठमाडौं । एनएसजेएफ पल्सर स्पोर्टस् अवार्ड २०८० को पिपल्स च्वाइसको मनोनयन सार्वजनिक गरिएको छ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)ले शुक्रबार पत्रकार सम्मेलन आयोजना गर्दै यस विधामा
रग्बीका श्रीराम श्रेष्ठ सहित पाँच खेलाडीको नाम सार्वजनिक गरेको हो ।

आगामी भदौ २८ गते हुने अवार्डका लागि रग्बीका श्रीराम श्रेष्ठ, क्रिकेटका गुल्सन झा, भलिबलकी कविता भट्ट, कबड्डीकी मानमति विष्ट र फुटबलकी प्रीति राई पिपल्स च्वाइसको मनोनयनमा परेका हुन्। पत्रकार सम्मेलनमा मनोनीत प्रीति र गुल्सन भने उपस्थित थिएनन् ।

प्रीति एएफसी महिला च्याम्पियन्स लिगको प्रारम्भिक चरणको प्रतिस्पर्धाका लागि उनको क्लब एपिएफसँग मलेसिया पुगेकी छिन् भने गुल्सन भारतमा नेपाली क्रिकेट टोलीको प्रशिक्षणमा छन् ।

एनएसजेएफ पल्सर स्पोर्टस् अवार्ड २०८० को पिपल्स च्वाइसको मनोनयनमा परेका रग्बी खेलाडी श्रीराम श्रेष्ठ नेपालमा आधुनिक खेल रग्बी सुरु गर्दाको खेलाडी हुन ।

काभ्रे बनेपा नालामा जन्मिएका श्रीराम श्रेष्ठ नेपालमा आधुनिक खेल रग्बी सुरु गर्दाका खेलाडी हुन् । उनी
रास्ट्रिय खेलकुदमा बागमति प्रदेशलाई च्याम्पियन बनाउँदाका कप्तान हुन् । श्रेष्ठ १९ औं हाङ्जाउ एसियाली खेलकुद खेल्दाका मुख्य खेलाडी समेत हुन् ।

श्रीराम श्रेष्ठकाे कप्तानीमा सन् २०२२ मा भारतमा भएको वल्ड रग्बी फिप्टिन्स डिभिजन ३ बाट नेपाल डिभिजन ३ मा पहिलो पटक प्रबेश गरेको थियाे । उनी
भारतको चेन्नइमा सन् २०१५ मा भएको ओलम्पिक छनौटमा सहभागी भए त्यसैगरी २०१६ मा चेन्नइमा भएको एसियन रग्बी सेभेन्स, २०१७ मा  कतारमा भएको एसियन रग्बी सेभेन्स, २०१७ मा सिंगापुरमा भएको एसियन रग्बी सेभेन्स, रग्बी फिप्टिन्स प्रतियोगिता बगबन्धु सिरिज २०२१ सहित दर्जनाै अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा सहभागी भई रग्बी खेलकाे माध्यमबाट देशकाे नाम विश्व सामु चिनाउन महत्त्वपूर्ण भुमिका खेलेका खेलाडी हुन ।

पिपल्स च्वाइसको विजेता चयन खेल पत्रकार, राष्ट्रिय प्रशिक्षक, समर्थक र ई–सेवाकोे भोटिङबाट हुने आयोजकले जनाएको छ। ५० प्रतिशत मतभार रहने इसेवाको भोटिङ शुक्रबारदेखि नै सुरु भइसकेको छ। सामाजिक सञ्जाल फेसबुक मतभार २५ प्रतिशत (एनएसजेएफ पल्सर स्पोर्टस् अवार्डको आधिकारिक फेसबुक पेज र पल्सर नेपालको आधिकारिक पेजमा रहेको खेलाडीका फोटोमा लाइक), नेपाल ओलम्पिक कमिटीमा आबद्ध राष्ट्रिय खेल संघका मुख्य प्रशिक्षकको मतभार १२.५ प्रतिशत र एनएसजेफ सदस्यको मतभार १२.५ प्रतिशत रहनेछ ।

कमलादास्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना हुने पल्सर स्पोर्टस् अवार्ड २०८० मा उत्कृष्ट वर्ष पुरुष खेलाडी, उत्कृष्ट वर्ष महिला खेलाडी, उत्कृष्ट वर्ष प्रशिक्षक, उत्कृष्ट वर्ष युवा खेलाडी, पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड, एसियन स्पोर्टस् जर्नालिस्ट अवार्ड र टिम अफ द इयर गरी कुल नाै विधामा अवार्ड प्रदान गरिँदै छ । एनएसजेएफ पल्सर स्पोर्टस् अवार्डको मुख्य प्रायोजक गोल्छा ग्रुप रहेको छ ।

आयोजकका अनुसार यसपटक वर्ष पुरुष, वर्ष महिला, वर्ष प्रशिक्षक, वर्ष युवा र पिपल्स च्वाइस अवार्ड विजेतालाई पाँच थान बजाज पल्सर मोटरसाइकल प्रदान गरिँदै छ। पिपल्स च्वाइस अवार्डका विजेताले पल्सरको एनएस ४०० सिरिज प्राप्त गर्नेछन् । यो बजाजको नयाँ बाइक हो । अन्य चार विधाका विजेताले एनएस २०० पाउनेछन् । अन्य विधाका विजेतालाई जनही एक लाख रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ ।

पुरा हेर्नुहोस्

काठमाडौं । याेङ्ग कम्युनिस्ट लिग नेपाल, भक्तपुर जिल्ला भक्तपुर नगर समितिले गाईजात्रा बिशेश घिन्ताङ घिसी कार्यक्रम आयोजना गरि सम्पन्न गरेकाे छ  । 

गाइजात्राकाे अबसरमा वाईसीएल नगर समितिद्वारा आयाेजित घिन्ताङ घिसी कार्यक्रममा विभिन्न ब्याङ्यात्मक चित्र सहित साँस्कृतिक झाँकीद्वारा नगर परिक्रमा गरिएकाे थियाे । उक्त कार्यक्रममा प्रतिनिधि सभा सदस्य माधव सापकोटा 'सुवाेध', युवा नेता भीष्म प्रजापति, वाईसीएल नेपालका भक्तपुर जिल्ला संयाेजक सरराज उप्रेती लगाएत माओवादी केन्द्रकानेता कार्यकर्ता र स्थानीयबासीकाे उपस्थिति रहेकाे थियाे ।

पुरा हेर्नुहोस्

रामेछाप । देशकै नमुना सामुदायिक विद्यालयको रूपमा रहेको रामेछापको डहु मावि डहु बेथानले विद्यार्थीलाई सामुदायिक उत्तरदायित्वको काम सिकाउन लागेको छ ।

विद्यालय विद्यार्थीलाई सार्वजनिक स्थलमा सरसफाइ लगायतका क्रियाकलापमा सहभागी गराई सामाजिक उत्तरदायित्वको भाव विकास गराउने काम सुरु गरेको छ । त्यसको लागि विद्यालयले विद्यार्थीलाई गाउँका सार्वजनिक स्थलको संरक्षण तथा सरसफाइको लागि श्रमदान गर्न सिकाएको छ । 

सोही क्रममा शुक्रबार सुनापति गाउँपालिका–३ र ४ को सिमानामा पर्ने पर्यटकीय स्थल डम्फुपार्कको विद्यार्थीले सरसफाइ तथा मर्मत सुधारको काम गरेका छन् । विद्यार्थीले दिनभरि लगाएर सरसफाइ गरेर पार्कलाई चिटिक्क बनाएका छन् । उनीहरूले पार्कको भत्किएको तथा बिग्रिएको ठाउँमा सामान्य मर्मत समेत गरेका छन् । 

विद्यार्थीलाई समुदायसँग जोड्ने उद्देश्यका साथ सो कार्यक्रम सञ्चालन गरिएको विद्यालयका प्रधानध्यापक दलबहादुर बलले जनाएको छ ।  विद्यालयका सहायक प्रधानाध्यापक हीरालाल मोक्तानकाे संयोजकत्वमा विद्यालयबाट गएको विद्यार्थीको टोलीले सो कार्य गरेको थियाे  । स्थानीय काला संस्कृति र सम्पदाको महत्त्व दर्साउन तथा श्रमदान गरी नेपाली संस्कृतिको संवर्द्धनको लागि विद्यालयले विद्यार्थीलाई यस्तो क्रियाकलापमा संलग्न गराएको विद्यालयका प्रधानाध्यापकले बताएकाे छ । 

आफूहरूले सामाजिक उत्तरदायित्वको कार्यक्रम अन्तर्गत सो काम गरेको विद्यालयका विद्यार्थीहरू बताउँछन् । विद्यार्थीसँग विद्यालयका प्रधानाध्यापक तथा सहायक प्रधानाध्यापक पनि श्रमदानमा जुटेकाे थियाे । 'सम्पदाहरूको परिचय, यसको दीर्घकालीन महत्त्व र त्यसको जगेर्नाको लागि नयाँ पुस्तको भूमिकाको विषयमा विद्यार्थीलाई किताबी ज्ञान भन्दा व्यवहारिक ज्ञान दिन आवश्यक छ यो कार्यक्रम सञ्चालन गरिएको हो’, प्रधानाध्यापक बलले युवा सन्देशलाई बताए  । 

विद्यालयका वार्षिक शैक्षिक कार्यक्रम अन्तर्गत सो सामाजिक उत्तरदायित्वको काम गरिएको विद्यालयकी छात्रा जिनिमासाङ तामाङले बताईन । ‘हामीले शैक्षिक क्यालेण्डरमा नै वार्षमा  दुई/तीनवटा यस्ता काम गर्ने योजना छ । त्यही अनुसार यो काम गरेका हौँ’, उनीले बताईन । 

यसरी सामाजिक काम गर्न पाउँदा आफूहरूलाई आनन्द अनुभूति भएको अर्की छात्रा एञ्जिला दोङले बताइन । विद्यार्थीहरूले अन्य यस्तै काम निरन्तर गर्दै जाने बताईन् । 

विद्यार्थीहरूलाई यसरी सामाजिक काममा लगाउँदा समाज बुझ्ने समाज प्रति उत्तरदायी भई योग्य र राष्ट्रभक्त नागरिक बन्न अवश्य सहयोग पुग्ने छ । यस्तो कामको लागि डहु माविलाई साधुवाद । 

डहु मावि देशकै गुणस्तरीय शिक्षा दिने सामुदायिक विद्यालय भित्र पर्दछ । सो विद्यालयका विद्यार्थीहरू हरेक वर्षको एसईई परीक्षामा उत्कृष्ट अङ्क सहित शतप्रतिशत उत्तीर्ण हुँदै आएका छन् । 

पुरा हेर्नुहोस्

काठमाडौं । नेपाल कमर्स क्याम्पसकाे अध्यक्षमा भिम प्रसाद जैसी निर्वाचित हुँदै अखिल क्रान्तिकारी नेपाल कमर्स क्याम्पसकाे सम्मेलनले अध्यक्षमा भिम प्रसाद जैसी (घोडसैनी) लाई सर्वसम्मत निर्वाचित गर्दै सम्मेलन भब्यरुपमा सम्पन्न भएकाे छ । अखिल क्रान्तिकारी नेपाल कमर्स क्याम्पसकाे सम्मेलनबाट ३५ सदस्यीय कार्य समिति सर्वसम्मत निर्वाचित भएकाेछ ।

नेपाल कमर्स क्याम्पसकाे सम्मेलनले उपाध्यक्षमा सरोज राय, बिपिन साउद, तिर्थराज डुम्रे, बिनिशा दाहाल सचिवमा बिबेक आङ्बो, सह-सचिवमा सैलेन्द्र गुप्ता, बिकश आचार्य, बिबेक भट्ट, बिमल साम्बा, काेषाध्यक्षमा संगीता पौडेल सहित ३५ सदस्यीय कार्य समिति निर्वनचित भएकाे थियाे ।

पुरा हेर्नुहोस्

काठमाडौं । स्थानीय सरकार संस्थागत क्षमता स्वमूल्यांकन प्रणाली (लिजा)मा उत्कृष्ट भएका २५ गाउँपालिकामध्ये सबैभन्दा बढी ११ वटा नेकपा माओवादी केन्द्रले नेतृत्व गरेका रहेका छन् । त्यस्तै नेपाली कांग्रेस र नेकपा एमालेले नेतृत्व गरेका सात सात वटा गाउँपालिका उत्कृष्ट २५ मा परेका छन् । 

संघीय मामिला तथा सामान्य विकास मन्त्रालयले सार्वजनिक गरेको नतिजामा उत्कृष्ट २५ मध्ये ११ वटा गाउँपालिकाको नेतृत्व माओवादी केन्द्रका अध्यक्षहरुले गरेका छन् । जसअनुसार वेनिघाट रोराङ्ग धादिङ्ग उत्कृष्ट भएको छ, जसको नेतृत्व नेकपा माओवादी केन्द्रका कृष्णबहादुर थपलिया‘विवेक’ले गर्नुभएको छ ।  


त्यस्तै माओवादी केन्द्रका यदु ज्ञवालीले नेतृत्व गरेको रुरुक्षेत्र गुल्मी, प्रकाश विष्टले नेतृत्व गरेको राप्ती गापा दाङ, शुक्र चुमानले नेतृत्व गरेको आवुखैरेनी तनहुँ, गणेशबहादुर थापाले नेतृत्व गरेको भगवतीमाई दैलेख, विमर्श मोक्तानले नेतृत्व गरेको मरिण सिन्धुली, रिमालबाब श्रेष्ठले नेतृत्व गरेको शैलुङ्ग दोलखा, भुपाल पोख्रेलले नेतृत्व गरेको धुर्काेट गुल्मी, रमेश बाबु थापाले नेतृत्व गरेको शहिद लखन गोर्खा, युवराज केसीले नेतृत्व गरेको चन्द्रकोट गुल्मी र राजु लामा तामाङले नेतृत्व गरेको लिसंखुपाखर सिन्धुपाल्चोक उत्कृष्ट २५ गाउँपालिकामा परेका छन् । 


विभिन्न सयवटा सूचकमा भएको मूल्यांकन गर्ने गरिन्छ । खासगरी सुशासन, आर्थिक पारदर्शिता, जवाफदेहिता, प्रवाह भइरहेका सेवा, सूचनाको हकलगायत विभिन्न सूचकका आधारमा मूल्यांकन गर्ने गरिन्छ । त्यस्तै विकास निर्माण, शिक्षा, स्वास्थ्य, कृषिलगायत हरेक क्षेत्रमा स्थानीय सरकारलाई दिएको काम, कर्तव्य र अधिकारको उच्चतम कार्यान्वयनका आधारमा मूल्यांकन गर्ने गरिएको छ । 

नेकपा माओवादी केन्द्रले देशभरि १२२ पालिकाको नेतृत्व गरेको छ । उत्कृष्ट २५ गाउँपालिकामध्ये ११ वटा माओवादी केन्द्रले नेतृत्व गरेका पालिका पर्नुले माओवादी केन्द्रले लिएको सुशासन, सामाजिक न्याय र समृद्धिको एजेण्डा थप स्थापित भएको र आगामी चुनावमा जनताले थप विश्वास गर्ने आधार फराकिलो बन्दै गएको विश्लेषकहरु बताउँछन् ।
 

पुरा हेर्नुहोस्

ललितपुर । महालक्ष्मी नगर प्रमुख हरिगाेविन्द श्रेष्ठले स्मार्ट सिटि यातायात सेवा प्रा.लि. ले  महालक्ष्मी नगरपालिका वडा नं ८ शंखादेबी नेपाल चौर बाट लगनखेल हुँदै रत्नपार्क सम्म (ईलेक्ट्रिक माइक्रोबस) सार्वजनिक यातायात सेवा सन्चालनकाे उद्घाटन गरेकाछन् । 

महालक्ष्मी नगरपालिका प्रमुख हरिगाेविन्द श्रेष्ठकाे प्रमुख आतिथ्यमा आयाेजित उद्घाटन सत्रमा मेयर श्रेष्ठले सार्वजनिक यातायात सेवा प्रदानकाे उद्देश्य अनुरुप स्मार्ट सिटि यातायातका प्रा.लि. ले सन्चालन गर्न लागेकाे ईलेक्ट्रिक माइक्रोबसकाे लागि आबश्यका चार्जिङ स्टेसन बनाउन र नगरपालिकाले गर्नुपर्ने सबै सहयाेग गर्न पालिका तयार रहेकाे र यसकाे अभिभावकत्व ग्रहण गर्ने बताएका छन् । 

विशेष अतिथि नगर उपप्रमुख लक्ष्मी महर्जनले स्मार्ट सिटि यातायात सेवा प्रा.लि. ले महालक्ष्मी नगरपालिका वडा नम्बर ८ काे शंखादेबी, नेपाल चाैर, बिसन्डाेलका नागरिकले वर्षाैँ देखि सार्वजनिक यातायात सन्चालन नहुदा पाएकाे सास्तीलाई मध्यनजर गर्दै एसी जडान भएकाे ईलेक्ट्रिक माईक्रोबस सन्चालन गर्न लागेकाेमा खुशी ब्यक्त गरिन् ।

महालक्ष्मी नगरपालिका वडा नम्बर ८ र ९ अध्यक्ष विश्वराज श्रेष्ठ र जयकृष्ण बाेगटीले हाम्राे गाउँ शहरकाे नजिक हुदा पनि यातायातकाे समस्याकाे कारण बिकट र झै एकाे थियाे । यातायातकाे माध्यम बाट जनतालाई सेवा प्रदान गर्न आएकाे स्मार्ट सिटि यातायात प्रा.लि.लाई सकेकाे आबश्य सहयाेग गर्ने अझै विस्तार गर्नुपर्नेमा जाेड दिएका थिए ।

स्मार्ट सिटि यातायात सेवा प्रा.लि.का अध्यक्ष ताेयानाथ पाैडेलकाे अध्यक्षतामा आयाेजित उद्घाटन कार्यक्रममा सहभागीलाई स्थानीय समाजसेवी विवेक कार्की र सचिव जनार्दन फुयालले स्वागत मन्तब्यबाट स्वागत गर्दै यातायात सेवा प्रा.लि.ले दिने सेवा, नगरबासीले गर्नुपर्ने सहयाेग र कानुनी विषयमा प्रकाश पारेका थिए ।

कार्यक्रममा सिजि कम्पनीका प्रतिनिधिहरु अशाेक थापा, विवेक झा, राजन लामिछाने, मिना क्षेत्र, राजाराम घिमिर नविल बैंक जाउलाखेलका म्यानेजर पुर्ण भाट, प्रतिनिधि राेहन, ब्यबसायी, स्थानीय ब्यक्तिहरुकाे उपस्थिति रहेकाे थियाे भने कार्यक्रम धनकुमार मैनाली (अभिलाष)ले सन्चालन गरेका थिए । आजै बाट २० वटा ईलेक्ट्रिक माईक्रोबसले सेवा प्रदान गर्ने छ ।

पुरा हेर्नुहोस्

ललितपुर । स्मार्ट सिटि यातायात सेवा प्रा.लि. ले ललितपुर महालक्ष्मी नगरपालिका वडा नं ८ शंखादेबी नेपाल चौर बाट लगनखेल हुँदै रत्नपार्क सम्म (ईलेक्ट्रिक माइक्रोबस) सार्वजनिक यातायात सेवा सन्चालन गर्न लागेकाे हुदा सबै सेवाग्राहीलाई उद्घाटनमा सहभागी हुन आवहान गरेकाे छ ।

स्मार्ट सिटि यातायात सेवा प्रा.लि. ले महालक्ष्मी नगरपालिका वडा नम्बर ८ काे शंखादेबी, नेपाल चाैर, बिसन्डाेलका नागरिकले वर्षाैँ देखि सार्वजनिक यातायात सन्चालन नहुदा पाएकाे सास्तीलाई मध्यनजर गर्दै एसी जडान भएकाे ईलेक्ट्रिक माईक्रोबस सन्चालन गर्न लागेकाेमा खुशी ब्यक्त गर्दै सबै खाले सहयाेग गर्न तयार रहेकाे स्थानीय समाजसेवी युवा विवेक कार्कीले सामाजिक सन्जाल मार्फत उद्घाटनमा सहभागी हुन आवहान गरेका छन् ।

स्मार्ट सिटि यातायात सेवा प्रा.लि.का अध्यक्ष ताेयानाथ पाैडेलले मिति २०८१/०५/७ गते शुक्रबार बिहान ९ बजेबाट  नागरिककाे सेवाकाे लागि सार्वजनिक यातायात ईलेक्ट्रिक माईक्रोबस ब्यबस्थित तबरले  सन्चालन गर्ने बताएकाछन् । भाेली शुक्रबार उद्घाटन पश्चात् १८ वटा ईलेक्ट्रिक माईक्रोबसलेलसेवा प्रदान गर्ने बताएकाछन् ।

पुरा हेर्नुहोस्

काठमाडौं । गत बिहीबार भक्तपुरको गठ्ठाघरमा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको दुर्घटनाबारे ट्रक चालकले थाहै नपाएको छानबिन समितिले निष्कर्ष निकालेको छ । प्रहरीले उपत्यका प्रहरी कार्यालयका प्रहरी उपरीक्षक प्रजित केसी नेतृत्वमा गठन गरेको समितिले मंगलबार बुझाएको प्रतिवेदनमा ट्रक चालकले आफूले स्कुटर नै नदेखेको बयान दिएको उल्लेख छ ।

ना ६ ख २१७३ नम्बरका ट्रकका चालक सर्लाही मलंगवा नगरपालिका–२ का ३२ वर्षीय सतेन्द्र श्रेष्ठसँग समितिले सोधपुछ गरेको थियो । त्यस क्रममा आफूले स्कुटर नदेखेको र केही पछि मात्रै चक्काले केही वस्तु घिसारेजस्तो लागेपछि लुकिङ ग्लास हेर्दा दुर्घटना भएको थाहा पाएको बयान दिएका छन् ।

त्यसपछि ट्रक नै रोकेको उनले बयानमा खुलाएका छन् । दुर्घटना हुँदा ट्रक भन्दा पछाडि आइरहेको अर्को गाडीका चालकसँग पनि समितिले सोधपुछ गरेको उपत्यका प्रहरी कार्यालय प्रमुख एआईजी किरण बज्रचार्यले बताइन् । ती चालकले पनि दुर्घटना भएपछि मात्र स्कुटर देखेको बयान दिएका छन् ।

दुर्घटनापछि डरले आफू फरार भएको चालकले बयान दिएका छन् । बिहीबार दिउँसो १ः४० बजे श्रेष्ठले चलाएको ट्रकले ठक्कर दिँदा बा ४९ प ८९४४ नम्बरको स्कुटरका चालक ओखलढुंगाको चिशंखुगढी गाउँपालिका–४ छहरे घर भई काठमाडौं कपनमा बस्दै आएका ६५ वर्षका उत्तम कोइरालाको घटनास्थमै मृत्यु भएको थियो ।

दुर्घटनामा ट्राफिक प्रहरीको लापरबाही भएको आरोप लागेपछि प्रहरीले एसपी केसीको नेतृत्वमा आन्तरिक छानबिन समिति बनाएर घटनाको छानबिन गरेको थियो । तर छानबिन समितिले विभिन्न व्यक्तिसँग गरेको सोधपुछ र सीसीटीभी फुटेजलाई आधार मान्दै ट्राफिकको कमजोरी नरहेको राय दिएको छ ।

दुर्घटनास्थल नजिकै ३ जना ट्राफिक प्रहरी ड्युटी गरिरहेको सीसीटीभी फुटेजमा देखिन्छ । सोही क्रममा काठमाडौंबाट भक्तपुरतर्फ जाँदै गरेको ट्रकले आफूभन्दा अघि रहेको स्कुटरलाई किच्दै अघि बढेको देखिन्छ । स्कुटर देब्रेतर्फ उछिटिन्छ भने स्कुटरमा सवार व्यक्तिलाई ट्रक केही मिटर परसम्म घिसारेको देखिन्छ ।

त्यसपछि त्यहाँ उभिएका ३ जना मध्ये एक जना ट्राफिक प्रहरी दौडिंदै ट्रकतर्फ अघि बढेको देखिन्छ । एक ट्राफिक प्रहरी दौडिएपछि अरु दुई ट्राफिक पनि पछि पछि गएका हुन्छन् । लगत्तै ट्रक रोकिन्छ र एक व्यक्ति ट्रकबाट ओर्लिएको देखिन्छ । जसकारण यो दुर्घटनामा ट्राफिकको कुनै गल्ती नरहेको एसपी केसीको समितिले औंल्याएको छ ।

गृहमन्त्री रमेश लेखकको निर्देशनपछि जिल्ला प्रशासन कार्यालय भक्तपुरका सहायक प्रहरी जिल्ला अधिकारी डोरेन्द्र निरौला नेतृत्वको अर्को समितिले पनि छानबिन सुरु गरेको छ । समितिमा भक्तपुरका डीएसपी राजन कार्की र एक जना मेकानिकल इन्जिनियरसहित ५ जना सदस्य छन् ।

आइतबारबाट काम सुरु गरेको उक्त समितिले आगामी आइतबार प्रतिवेदन बुझाउने गरी म्याद दिइएको छ । प्रारम्भिक अनुसन्धानको क्रममा मेकानिकल इन्जिनियरले ट्रकको अवस्था पनि ठीक रहेको राय दिएका छन् ।

ट्रकको अवस्था पनि ठीक रहेको, स्पीडमा पनि नरहेको, चालकले मादक पदार्थ सेवन पनि नगरेको पाइएकाले लापरबाहीपूर्ण तरिकाले चलाएर भन्दा पनि भवितव्यमा दुर्घटना भएको समितिले औंल्याएको छ ।

ट्राफिकले जथाभावी चेकजाँच गर्दा दुर्घटना भएको भन्दै दुर्घटनापछि गठ्ठाघर चोकमा प्रदर्शन भएपछि स्थिति तनावग्रस्त बनेको थियो । प्रदर्शनलाई नियन्त्रणमा लिन भक्तपुरका एसपी वेद विष्टको कमाण्डमा ११८ जना र काठमाडौंका विभिन्न कार्यालयबाट १३० जना र सशस्त्र प्रहरीको १२० जनाको टोली खटिएको थियो । स्थिति नियन्त्रणमा लिन प्रहरीले २२ राउण्ड अश्रु ग्यास समेत प्रहार गर्नु परेको थियो ।

प्रदर्शनका क्रममा एसपी विष्ट, प्रहरी सहायक हबलदार बहादुरे राउत र भक्तपुरको गट्ठाघर बस्ने सौगात सापकोटा सामान्य घाइते भएका थिए । प्रदर्शनकारीले ट्राफिक आइल्याण्ड, प्रहरी बिट, बिटमा रहेको टेबल र ह्याण्ड सेटमा समेत क्षति पुर्‍याएका थिए । तर एसपी केसी नेतृत्वको समितिले ट्राफिकको कमजोरी भने नरहेको उल्लेख गरेको छ ।

समितिको प्रतिवेदनपछि कसुर आकर्षित हुन्छ : एसपी विष्ट
दुर्घटनापछि छानबिन गर्न बनेको एसपी केसीको समितिले प्रतिवेदन बुझाए पनि सहायक सीडीओ निरौला नेतृत्वको समितिले प्रतिवेदन बुझाउन बाँकी नै छ । सम्भवत आउँदो आइतबार प्रतिवेदन बुझाउने गरी समितिले काम गरिरहेको छ ।

यी दुबै समितिका प्रतिवेदन दिएको राय–सुझावपछि मात्रै कुन कसुरमा कारबाही प्रक्रिया अघि बढ्ने भन्नेबारे टुंगो लाग्ने जिल्ला प्रहरी परिसर भक्तपुरका एसपी वेद विष्टले बताए ।

‘ट्रक चालकलाई अहिले हिरासतमा लिएर अनुसन्धान गरिरहेका छौं । समितिले बुझाएपछि त्यसको आधारमा सवारी ज्यानमा पनि कुन दफा आकर्षित हुने भन्ने टुंगो लाग्छ’ एसपी बिष्टले अनलाइनखबसँग भने ।

यातायात व्यवस्था तथा सवारी ऐन २०४९ को दफा १६१ मा ज्यान मरेमा हुने सजाय बारेमा उल्लेख छ । दफा १६१ को उपदफा (१) मा ज्यान मार्ने उदेश्यले सवारी चलाएर कसैको ज्यान गएमा सर्वस्वसहित जन्मकैद हुने व्यवस्था छ ।

उपदफा (२) मा ज्यान मार्ने मनसाय तथा उद्देश्य नराखी लापरबाही तरिकाले सवारी चलाएर कसैको मृत्यु भएमा कसुरको मात्रा हेरेर २ वर्षदेखि १० वर्षसम्म कैद हुने व्यवस्था ऐनमा उल्लेख छ ।

उपदफा (३) मा ज्यान मर्न सक्छ भन्ने नदेखिएको अवस्थामा सवारी दुर्घटना भइ कसैको मृत्यु भएमा चालकलाई १ वर्षसम्म कैद वा २ हजार रुपैयाँसम्म जरिवाना वा दुबै सजाय हुने व्यवस्था छ ।

चालकको लाइसेन्स रहेकाले समितिको प्रतिवेदनपछि माथि उल्लेखित तीन वटा दफा मध्य जुन आकर्षित हुन्छ सोही अनुसार मुद्दाको प्रक्रिया अघि बढाउने तयारी प्रहरीको छ ।

दुर्घटनापछि मृतकबारे गलत जानकारी दिएको आरोपमा प्रहरीले शम्भु नेपालीलाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ । उनीविरुद्ध अभद्र व्यवहार मुद्दामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीले दुर्घटनापछि आफन्तले दिएको जानकारीका आधारमा महिलाको मृत्यु भएको बताएको थियो । तर सीसीटीभी फुटेज हेर्दा पुरुषको मृत्यु भएको देखिएपछि घटनास्थलमा फेला परेका लाइसेन्सका आधारमा मृतक उत्तम कोइराला रहेको पुष्टि भएको थियो ।

पुरा हेर्नुहोस्

काठमाडौं । काठमाडौंको ठमेलमा गाईजात्राकाे अबसरमा प्राइड परेडको आयोजना गरिएको छ । 

मंगलबार दिउँसो ठमेलमा गाईजात्राको अवसरमा नेपाल ब्लु डाइमन्‍ड सोसाइटीको आयोजनामा २१ औं प्राइड परेडको आयोजना गरिएको हो ।

‘संस्कृति मनाऔं, लैंगिक विविधतालाई अंगालौं’ भन्ने मूल नाराका साथ कार्यक्रमको आयोजना गरिएको थियो । 
आफ्नो पहिचानमाथि गर्व गर्दै उत्सवको रूपमा सार्वजनिक उद्घोष गर्न, मृत समुदायका व्यक्तिप्रति शोक प्रकट गर्न र समुदायमाथि हुने लाञ्छना, विभेद र घृणाविरुद्ध समुदायको अधिकारका लागि आवाज उठाउन परेड गरिएको अभियन्ताहरूले बताएका छन् ।

यौनिक अल्पसंख्यक समूहले गाईजात्राको अवसरमा ‘प्राइड परेड’ प्रदर्शन गर्दै काठमाडौं दरबार क्षेत्रस्थित वसन्तपुरदेखि टुँडिखेलसम्म परिक्रमा गरेकाे थियाे ।

पुरा हेर्नुहोस्

ताजा समाचार


test test

काठमाडौं । करातेकी एरिका गुरूङले‌ पल्सर स्पोर्ट्स अवार्ड २०८० मा वर्ष उत्कृष्ट महिला खेलाडीको अवार्ड जितेकी छिन् ।

एरिकाले चीनको हाङचाउमा गत वर्ष भएको १९औं एसियाली खेलकुदमा नेपाललाई ऐतिहासिक रजत पदक दिलाएकी थिइन्। उनले ६८ केजी तौल समुहमा नेपालको लागि रजत पदक हात पारेकी हुन्।

एसियाली खेलकुदमा नेपालको लागि व्यक्तिगततर्फ रजत जित्ने उनी दोस्रो खेलाडी हुन्। यसअघि तेक्वान्दोकी सविता राजभण्डारीले रजत जितेकी थिइन्।‌

उनको यो रजत नेपाली करातेको अहिलेसम्म कै ठुलो पदक पनि हो। यस्तै वर्ष २०८० मा उनले इन्डोनेसियाको जकार्तामा भएको विश्व सितोरियो कराते च्याम्पियनसिपमा स्वर्ण पदक आफ्नो नाममा लेखाएकी थिइन्। 

यही सफलतामा उनले मनोनयनमा परेका कबड्डीकी मेनुको राजवंशी, क्रिकेटकी रुबिना क्षेत्री, फुटबलकी सावित्रा भण्डारी र एथलेटिक्सकी सन्तोषी श्रेष्ठलाई पछि पारिन्।

एरिकाले यो अवार्ड जित्नु आफ्नो लागि ठुलो प्रतिष्ठाको विषय रहेको बताइन। उनले राष्ट्रिय खेलकुद परिषद, कराते महासंघ, नेपाल ओलम्पिक कमिटी, नेपाल प्रहरी र प्रशिक्षकलाई धन्यवाद दिइन्। उनले यो अवार्ड उत्कृष्ट खेलाडी बन्ने सपना देखिरहेकाहरूलाई समर्पण गरिन्।



पुरा हेर्नुहोस्

भलिबल खेलाडी कविताले जितिन् पिपल्स च्वाइस अवार्ड

काठमाडौं । देशकाे राष्ट्रिय खेल भलिबल खेलका लाेकप्रीय उदयमान खेलाडी कविता भट्टले शुक्रबार पल्सर स्पाेर्ट्स अवार्ड २०८० अन्तर्गत वर्ष पिपल्स च्वाइस अवार्ड जितेकी छिन् । 

उनले ५६ प्रतिशत मत सहित अवार्ड जितेकी हुन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल खेलाडी कविता नेपाल काभा महिला नेसन्स लिग २०२४‌‌ मा नेपाल दोस्रो हुँदा र काभा महिला भलिबल च्यालेन्ज कप २०२३ मा तेस्रो हुँदा टोलीको सदस्य थिइन् ।

घरेलु प्रतियोगितामा उनको प्रदर्शन अब्बल रहेको थियो । उनले पल्सर मोटरसाइकल प्राप्त गरिन् । मतका आधारमा १९ प्रतिशत मतसहित कबड्डीकी मानमती बिष्ट दोस्रो, १६ प्रतिशत सहित फुटबलकी प्रिती राई तेस्रो तथा क्रिकेटका गुल्सन झा र रग्बीका श्रीराम चौथो भए ।

खेल‌ पत्रकार , राष्ट्रिय प्रशिक्षक र दर्शकको भोटको आधारमा यो विधाको विजेता चयन भएको हो । ईसेवाको मतभार ५० प्रतिशत रहेको थियो ।

त्यसैगरी, सामाजिक सञ्जाल (फेसबुक लाइक) को मतभार २५ प्रतिशत, राष्ट्रिय प्रशिक्षकको मतभार १२ दशमलब ५ प्रतिशत र खेलपत्रकारको मतभार १२ दशमलब ५ प्रतिशत रहेको थियो ।



पुरा हेर्नुहोस्

पल्सर स्पाेर्ट्स अवाड २०८० मा पलेशालाई‌ पारा एथलिट अवार्ड

काठमाडौं पल्सर स्पाेर्ट्स अवाड २०८० मा शुक्रबार पारा तेक्वान्दोकी पलेशा गाेवर्धनले पारा एथलपट अवार्ड प्राप्त गरेकी छिन् ।

पलेशा गाेवर्धन पछिल्लो समय नेपाललाई पेरिस पारालिम्पिक्समा नेपाललाई ऐतिहासिक कास्य दिलाएर चर्चामा रहेकी छिन् । तर यो अवार्ड उनले १९ औँ एसियाली खेलकुदमा ऐतिहासिक कास्य पदक जितेको कारण प्राप्त गरेकी हुन् ।

२०८० मा उनले जितेको सो कास्य पदक एसियन पारा गेम्समा जितेको पहिलो पदक पनि हो । साथै उनी पेरिस पारालिम्पिक्समा पनि छनोट भएकी थिइन् ।

यीनै सफलताका लागि उनले यो अवार्ड सहित १ लाख रुपैयाँ प्राप्त गरिन् । अवार्ड जितेपछि पलेशाले सबैलाई धन्यावाद दिइन् । उनले विशेषगरी प्रशिक्षक कविराज नेगी र परिवारलाई धन्यवाद दिइन् ।

अवार्डमा यसअघि भारत्तोलनका हेमन्यपालले वर्ष युवा खेलाडी, कुशल श्रेष्ठले वर्ष प्रशिक्षक र कुमार राईले स्पेशल अवार्ड प्राप्त गरिसकेका छ्न् ।



पुरा हेर्नुहोस्


गाईजात्रा बिशेष घिन्ताङ घिसी कार्यक्रम आयाेजना गर्दै वाईसीएल नेपाल भक्तपुर नगर समिति

काठमाडौं । याेङ्ग कम्युनिस्ट लिग नेपाल, भक्तपुर जिल्ला भक्तपुर नगर समितिले गाईजात्रा बिशेश घिन्ताङ घिसी कार्यक्रम आयोजना गरि सम्पन्न गरेकाे छ  । 

गाइजात्राकाे अबसरमा वाईसीएल नगर समितिद्वारा आयाेजित घिन्ताङ घिसी कार्यक्रममा विभिन्न ब्याङ्यात्मक चित्र सहित साँस्कृतिक झाँकीद्वारा नगर परिक्रमा गरिएकाे थियाे । उक्त कार्यक्रममा प्रतिनिधि सभा सदस्य माधव सापकोटा 'सुवाेध', युवा नेता भीष्म प्रजापति, वाईसीएल नेपालका भक्तपुर जिल्ला संयाेजक सरराज उप्रेती लगाएत माओवादी केन्द्रकानेता कार्यकर्ता र स्थानीयबासीकाे उपस्थिति रहेकाे थियाे ।

पुरा हेर्नुहोस्


गरिबीबाट उठ्दै ओलम्पिक स्वर्ण जितेका नदिमलाई १५ करोड बढी पुरस्कार घोषण

काठमाडौं । गरिबीमा हुर्किँदा एक छाक मासु खाना वर्ष (इद उत्र फित्र) कुर्नुपर्ने, केही अघिसम्म पनि नयाँ ज्याभलिन खरिद गर्न चन्दा उठाउनुपर्ने परिस्थितिबाट गुज्रिएका आर्शद नदिमको पेरिस ओलम्पिक २०२४ च्याम्पियन भएपछि भाग्य फेरिने भएको छ।

पाकिस्तानलाई ३२ वर्षपछि ओलम्पिक पदक दिलाएका उनलाई करोडौं पुरस्कार घोषणाको होड नै चलेको छ। अहिलेसम्म १५ करोड रुपियाँ बढी पुरस्कार घोषणा भइसकेको छ। ज्याभलिन थ्रोमा ओलम्पिक कीर्तिमानसहित बिहीबार स्वर्णपदक जितेपछि २७ वर्षीय नदिमले वर्ल्ड एथलेटिक्सबाट ५० हजार अमेरिकी डलर (नेपाली रुपियाँ ६७,१६,७५०) पाउने पक्का छ नै। उनलाई स्वदेशमै करोडौं पुरस्कार दिने घोषणा भइरहेको छ।

पन्जाबका मुख्यमन्त्री मारियम नवाजले पाकिस्तानी रुपी १० करोड (नेपाली रुपियाँ ४,८२,१४,२१८/०५) स्वतन्त्रता दिवस (१४ अगस्ट) को अवसरमा प्रदान गर्ने घोषणा गरिन्। त्यस्तै, कराँचीमा मेयर बारिस्टर मुर्ताजा वाहबले नदिमलाई सिन्ध सरकारको तर्फबाट पाकिस्तानी रुपी ५ करोड (नेपाली रुपैयाँ २,४१,०७,१०९/०३) दिने सामाजिक सञ्जाल एक्समार्फत् जनाएका छन्। उनले नदिमलाई व्यक्तिगत रूपमा १० लाख पाकिस्तानी रुपी दिने पनि बताएका छन्।

सिन्धका गभर्नर कामरन खान तेसोरीले २० लाख, गायक अली जाफरले १० लाख दिने एक्सले लेखेका छन्। सुक्कुरमा मेयर बारिस्टर अर्सलन इस्लाम शैखले नदिमलाई सुनको मुकुटबाट सम्मान गर्दै उनकै नाममा सुक्कुरमा नयाँ रंगशालामा निर्माण गर्ने घोषणा गरे। कराँचीमा आर्शद नदिम एथलेटिक्स एकेडेमी स्थापना गर्ने घोषणा पनि भइसकेको छ।

गत वर्षको विश्व च्याम्पियनसिपमा रजत पदक हात पारेका नदिमले पेरिसमा ९२.९७ मिटर फाल्दै ज्याभलिन थ्रोमा स्वर्ण जितेका हुन्। पाकिस्तानले ओलम्पिकमा जितेको चौथो स्वर्ण हो यो। ४० वर्षयता ओलम्पिकमा पाकिस्तानको पहिलो स्वर्ण हो भने व्यक्तिगत स्पर्धाको पहिलो स्वर्ण पनि नदिमले नै दिलाएका हुन्।

उनले भारतका डिफेन्डिङ च्याम्पियन नीरज चोपरालाई रजतमा खुम्च्याउँदै ऐतिहासिक सफलता हात पारेका हुन्। नीरजले ८९.४५ मिटर फालेका थिए। निरजले ३ वर्षअघि टोकियोमा स्वर्ण जित्दा नदिम पाँचौं भएका थिए। नदिमले दशरथ रंगशालामा १३औं दक्षिण एसियाली खेलकुद (साग २०१९) अन्तर्गत ज्याभलिन थ्रोमा स्वर्ण पदक जितेका थिए।

एकपछि अर्को सफलता चुमिरहेका नदिमको ओलम्पिक स्वर्णलाई पाकिस्तानमा देशको स्वतन्त्रता दिवस नजिकिँदा उत्कृष्ट उपहारको रूपमा लिइएको छ। त्यसैले पनि उनी करोडौं पुरस्कारको हकदार हुने नै भए।

पुरा हेर्नुहोस्


गीतकार गिता गिरीको ‘मै हुँ शिवको शिवानी ’ सार्वजनिक

काठमाण्डौं । ‘मै हुँ शिवको शिवानी ’ बोलको तीज गीत सार्वजनिक भएको छ । नजिकिँदै गरेको तीजलाई लक्षित गरेर निर्माण गरिएको गीतमा गायिका शान्ति श्री परियार को स्वर रहेको छ । भगवान शिवले गरेको योगदान र उनको प्रसंसा गर्दै गीत निमार्ण गरिएको छ ।

कृष्ण देव रुपाखेतीले निर्देशन गरेको भिडियोमा स्मारिका ढकाललाई फिचरिङ गरिएको छ । मौलिक लोक लयमा आधारित गीतको भिडियो उत्सव दाहालले खिचेका हुन् भने भिडियोको सम्पादन मिन रावल रहेको छ । गीतमा अभि वाग्लेले कोरियोग्राफी गरेका छन । यस गीतको शब्द गीतकार गिता गिरी तथा संगीत भद्र वली रहेको छ ।

ग्रेट एविजी को ब्यानरबाट युट्युबमार्फत् सार्वजनिक भएको गीतको निर्माण राम बहादुर गिरी र भगवती गिरीले निमार्ण गरेकी हुन ।

‘मै हुँ शिवको शिवानी ’ गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

https://www.youtube.com/watch?v=RKOM9wvVZb0
 

पुरा हेर्नुहोस्



शिक्षा / स्वास्थ्य


अरु हेर्नुहोस्


अन्तराष्ट्रिय


  • ⇒ गरिबीबाट उठ्दै ओलम्पिक स्वर्ण जितेका नदिमलाई १५ करोड बढी पुरस्कार घोषण
  • ⇒ ब्राजिलमा विमान दुर्घटना, ६२ को मृत्यु
  • ⇒ बिहीबारसम्म पेरिस ओलम्पिकमा ३० स्वर्णसहित अमेरिक शीर्ष स्थानमा
  • ⇒ बंगलादेशमा १७ सदस्यीय अन्तरिम सरकार : २६ वर्षका विद्यार्थीदेखि पूर्व जर्नेलसम्म मन्त्री
  • ⇒ फ्रान्सबाट बंगलादेश फर्किए युनुस, साँझ साढे ८ बजे शपथ
  • अरु हेर्नुहोस्


    अन्य


  • ⇒ भलिबल खेलाडी कविताले जितिन् पिपल्स च्वाइस अवार्ड
  • ⇒ पल्सर स्पाेर्ट्स अवाड २०८० मा पलेशालाई‌ पारा एथलिट अवार्ड
  • ⇒ IBA ले बुड्वा युवा विश्व बक्सिङ च्याम्पियनसिपमा सबै बक्सरहरूको आवास खर्च प्रदान गर्ने
  • ⇒ आईबा युथ वल्ड बक्सिङ प्रतियोगिता बुड्भा मोन्टेग्रोका लागि खेलाडी छनौट सम्पन्न
  • ⇒ वर्ल्ड सेपाकताक्रो च्याम्पियनसिपमा नेपालकाे ऐतिहासिक जित
  • अरु हेर्नुहोस्