
मलेसियामा जारी अन्तर्राष्ट्रिय बक्सिङ प्रतियोगितामा चार नेपाली मुक्केबाज सेमिफाइनल प्रबेश
मलेसियाकाे पेनाङ शहरमा डिसेम्बर ११ देखि डिसेम्बर १५ सम्म सन्चालन भईरहेकाे ३४ औं अन्तर्राष्ट्रिय बक्सिङ प्रतियोगितामा नेपाली मुक्केबाजहरुकाे बिजयी यात्रा सुरु भएकाेछ । डिसेम्बर १२ तारिखमा सम्पन्न खेलहरु, ५१ केजी ताैल समुहमा सिङ्गापुरे प्रतिद्वन्द्वी ड्यानी चाउ यिजीलाई ५:० अंककाे आधारमा पराजित गर्दै नेपाली मुक्केबाज प्रबल उप्रेती सेमिफाइनल प्रबेश गरेकाछन् ।