×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन कैरन नेपाल अर्थ समाचार

राजनीति

उमाकुण्डमा उज्यालो नेपाल पार्टीको गाउँपालिका समिति पुनर्गठन, टेन्डी शेर्पाको अध्यक्षतामा १९ सदस्यीय कमिटी गठन

उमाकुण्डमा उज्यालो नेपाल पार्टीको गाउँपालिका समिति पुनर्गठन, टेन्डी शेर्पाको अध्यक्षतामा १९ सदस्यीय कमिटी गठन

 

रामेछाप । रामेछापको उत्तरी भेगस्थित उमाकुण्ड गाउँपालिका–प्रीति (च्यादलु) मा उज्यालो नेपाल पार्टीको गाउँपालिका समिति पुनर्गठन कार्यक्रम सम्पन्न भएको छ। पार्टीका केन्द्रीय अध्यक्ष कुलमान घिसिङको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमबाट टेन्डी शेर्पाको अध्यक्षतामा १९ सदस्यीय नयाँ गाउँपालिका समिति सर्वसम्मत रूपमा गठन गरिएको हो।

नवगठित समितिको सचिवमा हेमराज तामाङ चयन हुनुभएको छ। पार्टीको संगठनात्मक संरचनालाई व्यवस्थित गर्दै गाउँपालिकास्तरमा समितिलाई पुनर्गठन गरिएको जनाइएको छ। कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज रामकृष्ण लामा र दीपबहादुर योन्जन, जिल्ला सभापति चिना लामा, जिल्ला सचिव मोतीलाल घिसिङ, प्रदेश कमिटीका सदस्यहरू तथा जिल्ला तहका नेता–कार्यकर्ताहरूको उपस्थिति रहेको थियो।

पुनर्गठन कार्यक्रमका अवसरमा विभिन्न राजनीतिक दल परित्याग गरी उज्यालो नेपाल पार्टीमा प्रवेश गर्नेहरूलाई स्वागत गरिएको थियो। कार्यक्रममा पार्टीका नेता तथा कार्यकर्ताहरूले संगठन विस्तार र स्थानीय तहमा पार्टीको गतिविधिलाई अघि बढाउने विषयमा समेत जोड दिएका थिए। कार्यक्रममा पार्टी अध्यक्ष कुलमान घिसिङले नवगठित गाउँपालिका समितिका पदाधिकारी तथा सदस्यहरूलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो।

उमाकुण्ड गाउँपालिका समिति पुनर्गठनलाई पार्टीको ‘Ujyalo Mission: बागमती’ अभियानअन्तर्गत संगठन विस्तारको एक कार्यक्रमका रूपमा लिइएको छ। यससँगै रामेछाप जिल्लाका स्थानीय तहमा पार्टीको संगठनात्मक गतिविधिलाई अघि बढाउने प्रयासले निरन्तरता पाएको छ।

प्रतिकृया दिनुहोस्