रामेछाप । उज्यालो नेपाल पार्टीले रामेछापको दोरम्बा शैलुङ गाउँपालिकामा संगठन विस्तार अभियानलाई निरन्तरता दिएको छ। यसैक्रममा गाउँपालिका वडा नं। ५ मा इन्द्रबहादुर तामाङको अध्यक्षतामा २५ सदस्यीय वडा कमिटी गठन गरिएको छ।
नवगठित कमिटीले वडा तहमा पार्टीको संगठन विस्तार, जनसम्पर्क तथा स्थानीय जनताका समस्या र सवाललाई प्राथमिकताका साथ उठाउने जिम्मेवारी पाएको छ।
वडा कमिटी गठनसँगै उज्यालो नेपाल पार्टीले दोरम्बा शैलुङ गाउँपालिकामा आफ्नो संगठनात्मक संरचनालाई थप व्यवस्थित र सुदृढ बनाउने अभियानलाई अघि बढाएको छ।
पार्टीले नवगठित वडा कमिटीका अध्यक्ष इन्द्रबहादुर तामाङसहित सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ।
सुशासन, समृद्धि र सामाजिक न्यायको लक्ष्यसहित अघि बढिरहेको उज्यालो नेपाल पार्टीले स्थानीय तहसम्म संगठन विस्तार गर्दै जनतासँग जोडिने राजनीतिक अभियानलाई निरन्तरता दिने जनाएको छ।