काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत मलेखु–मुग्लिङ सडकखण्डको घोप्टेभीरमा गएराति खसेको सुक्खा पहिरो हटाइएको छ ।
जिल्ला प्रहरी कार्यालय धादिङका एसपी सुमित खड्काका अनुसार, गएराति ११ बजेतिर पहिरो गएको हो । पहिरोका कारण अवरुद्ध भएको सो सडकखण्ड अहिले पुनः सञ्चालनमा आएको उनले बताए ।
राति नै पहिरो गएपछि राजमार्गमा यात्रुहरू अलपत्र परेका थिए । यसअघि हिजो पनि सोही खण्डमा पहिरो खसेको थियो । उक्त पहिरो दिउँसो ९ घण्टापछि मात्रै हटाउन सकिएको थियो ।