×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन कैरन नेपाल अर्थ समाचार

राजनीति

उज्यालो नेपाल पार्टीको लिखु तामाकोसी–७ मा १७ सदस्यीय वडा कमिटी गठन

उज्यालो नेपाल पार्टीको लिखु तामाकोसी–७ मा १७ सदस्यीय वडा कमिटी गठन

रामेछाप । उज्यालो नेपाल पार्टीले रामेछाप जिल्लामा संगठन विस्तार अभियानलाई निरन्तरता दिएको छ। यसैक्रममा लिखु तामाकोसी गाउँपालिका वडा नम्बर ७ मा १७ सदस्यीय वडा कमिटी गठन गरिएको छ।

उज्यालो नेपाल पार्टी लिखु तामाकोसी गाउँपालिका कमिटीको आयोजनामा संगठन विस्तार तथा वडा कमिटी गठन अभियानअन्तर्गत वडा नम्बर ७ को कटहरे घुम्ती (तिल्पुङ) मा आयोजित भेलाले मिलनराज योन्जनको अध्यक्षतामा १७ सदस्यीय वडा कमिटी गठन गरेको हो।

पार्टीको संगठन विस्तार तथा स्थानीय तहमा सांगठनिक संरचना निर्माण गर्ने उद्देश्यले आयोजित उक्त भेलाबाट नयाँ वडा कमिटी गठन गरिएको पार्टीका लिखु तामाकोसी गाउँपालिका अध्यक्ष पृतमलाल तामाङले जानकारी दिनुभयो।

उहाँका अनुसार गाउँपालिकाका विभिन्न वडामा संगठन विस्तार, पार्टीका गतिविधि सञ्चालन तथा स्थानीय नागरिकसँगको सम्बन्ध विस्तार गर्ने अभियानलाई निरन्तरता दिइनेछ।

नवगठित वडा कमिटीले आगामी दिनमा पार्टीका नीति, विचार तथा कार्यक्रमलाई स्थानीय तहसम्म पुर्‍याउँदै संगठनात्मक गतिविधि अघि बढाउने अपेक्षा गरिएको छ।

उज्यालो नेपाल पार्टीले रामेछाप जिल्लाका विभिन्न स्थानीय तह तथा वडामा संगठन विस्तार र कमिटी गठन अभियानलाई प्राथमिकताका साथ अघि बढाइरहेको छ।

प्रतिकृया दिनुहोस्