×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन कैरन नेपाल अर्थ समाचार

राजनीति

दोरम्बा शैलुङ–१ मानेडाँडामा उज्यालो नेपाल पार्टीको वडा कमिटी गठन, २१ सदस्यीय समिति चयन

दोरम्बा शैलुङ–१ मानेडाँडामा उज्यालो नेपाल पार्टीको वडा कमिटी गठन, २१ सदस्यीय समिति चयन

रामेछाप । उज्यालो नेपाल पार्टीले रामेछापको दोरम्बा शैलुङ गाउँपालिका–१ मा संगठन विस्तार अभियानलाई अघि बढाएको छ। यसैक्रममा मानेडाँडा बजारमा आयोजित वडा भेलाले नवराज योञ्जनको अध्यक्षतामा २१ सदस्यीय वडा कमिटी गठन गरेको छ।

उज्यालो नेपाल पार्टीका केन्द्रीय सदस्य खड्गबहादुर घिसिङको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त भेलामा वडा क्षेत्रका स्थानीय नेता, कार्यकर्ता तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो।

भेलामा पार्टीको नीति, विचार, संगठनात्मक संरचना तथा आगामी राजनीतिक गतिविधिका विषयमा छलफल गरिएको थियो। साथै, स्थानीयस्तरमा पार्टी संगठनलाई व्यवस्थित र सक्रिय बनाउँदै जनताका आवश्यकता, समस्या तथा आवाजलाई राजनीतिक एजेन्डाका रूपमा उठाउने विषयमा जोड दिइएको थियो।

नवगठित वडा कमिटीले स्थानीय जनतासँग प्रत्यक्ष संवाद र सहकार्य गर्दै संगठन विस्तार तथा जनमुखी गतिविधिलाई अगाडि बढाउने अपेक्षा गरिएको छ।

उज्यालो नेपाल पार्टीले सुशासन, समृद्धि र सामाजिक न्यायको लक्ष्यसहित देशभर संगठन विस्तार तथा स्थानीय तहसम्म पार्टी संरचना निर्माण गर्ने अभियानलाई निरन्तरता दिइरहेको छ।

प्रतिकृया दिनुहोस्