×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

मनोरञ्जन

‘परान’ बन्यो धेरै कमाउने छैटौं नेपाली फिल्म

‘परान’ बन्यो धेरै कमाउने छैटौं नेपाली फिल्म

काठमाडौं । नीर शाह स्टारर फिल्म ‘परान’ ले घरेलु बक्सअफिसमा एकपछि अर्को कीर्तिमान रचिरहेको छ । फिल्मले प्रदर्शनको ३० दिन (१३ मंसिरसम्म) १६ करोडभन्दा धेरै कमाइ गरेको छ ।

सिनेपाः बक्सअफिसमा पछिल्लो शनिबारसम्म फिल्मको ग्रस कमाई १६ करोड १६ लाख ७७ हजार ५५८ नेरु ग्रस छ । फिल्मले ५ लाख ६९ हजार ७५४ टिकट बेचेको छ ।

योसँगै फिल्म ‘परान’ नेपाली फिल्मको इतिहासमा सर्वकालिन छैटौं धेरै कमाउने फिल्म बनेको छ । फिल्मले पछिल्लो सप्ताहन्तमा ‘छक्कापञ्जा १’ र ‘महाजात्रा’ को लाइफटाइम कलेक्सनलाई पनि उछिनेको छ ।

‘छक्कापञ्जा १’ को कूल कमाई १६ करोड १० लाख २२ हजार ३५० नेरु ग्रस थियो । ‘महाजात्रा’ को कूल कमाई १५ करोड ६७ लाख ९९ हजार ६१४ नेरु ग्रस थियो ।

‘परान’ भन्दा धेरै कमाउने फिल्ममा पूर्णबहादुरको सारंगी, कबड्डी ४, १२ गाउँ, छक्कापञ्जा ४ र जारी मात्र छन् ।

प्रतिकृया दिनुहोस्