काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ । आज छापावाला सुन तोलामा २० हजार ५ सय रुपैयाँ घटेर प्रतितोला ३ लाख १८ हजार ८ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँद्यी व्यवसायी महासंघले जनाएको छ । बिहीबार सुन प्रतितोला तिन लाख ३९ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । चाँदी तोलामा ४४० रुपैयाँ घटेर प्रतितोला ७ हजार ६५ रुपैयाँमा कारोबार भैरहेको छ ।