काठमाडौं । ललितपुर जिल्लाको चापागाउँ निवासी युवा अर्थशास्त्री डा. नारायण देशार उज्यालो नेपाल पार्टीमा प्रवेश गर्नुभएको छ। उहाँलाई पार्टीका अध्यक्ष एवं पूर्वमन्त्री कुलमान घिसिङले पार्टीमा स्वागत गर्दै बधाई तथा सफल राजनीतिक यात्राको शुभकामना व्यक्त गर्नुभएको छ।
अर्थशास्त्रको क्षेत्रमा अध्ययन, अनुभव र विज्ञता हासिल गर्नुभएका डा। देशारको पार्टी प्रवेशलाई उज्यालो नेपाल पार्टीले विभिन्न क्षेत्रका विज्ञ, युवा तथा अनुभवी व्यक्तित्वहरूलाई संगठनमा जोड्ने अभियानका रूपमा लिएको छ।
पार्टीले सुशासन, समृद्धि र सामाजिक न्यायको लक्ष्यसहित संगठन विस्तार तथा राजनीतिक गतिविधिलाई अघि बढाइरहेको सन्दर्भमा युवा अर्थशास्त्रीको प्रवेशलाई अर्थपूर्ण रूपमा हेरिएको छ।
विभिन्न क्षेत्रका विज्ञ तथा क्षमतावान व्यक्तित्वहरूको सहभागिताले पार्टीको नीति निर्माण, आर्थिक दृष्टिकोण र संगठनात्मक गतिविधिमा योगदान पुग्ने अपेक्षा गरिएको छ।