×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन कैरन नेपाल अर्थ समाचार

राजनीति

उज्यालो नेपाल पार्टी खाँडादेवी गाउँपालिका–१ मा १३ सदस्यीय वडा कमिटी गठन

उज्यालो नेपाल पार्टी खाँडादेवी गाउँपालिका–१ मा १३ सदस्यीय वडा कमिटी गठन

रामेछाप। उज्यालो नेपाल पार्टीले रामेछाप जिल्लाको खाँडादेवी गाउँपालिका वडा नम्बर १ मा संगठन विस्तार अभियानलाई निरन्तरता दिँदै १३ सदस्यीय वडा कमिटी गठन गरेको छ।

पार्टीको संगठन विस्तार तथा वडा कमिटी गठनका लागि आयोजित भेलामा पार्टीका केन्द्रीय सदस्य एवं रामेछाप जिल्ला इन्चार्जको प्रमुख आतिथ्यता रहेको थियो। भेलाले सजेश मोक्तान (प्रकाश) को अध्यक्षतामा १३ सदस्यीय वडा कमिटी गठन गरेको जिल्ला सचिव मोतिलाल घिसिङले जानकारी दिनुभयो।

नवनिर्वाचित वडा कमिटीलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिँदै पार्टीले अघि सारेको सुशासन, समृद्धि र सामाजिक न्याय को राजनीतिक अभियानलाई स्थानीय तहसम्म स्थापित गर्नुपर्नेमा जोड दिइएको थियो।

उज्यालो नेपाल पार्टीले भ्रष्टाचारमुक्त शासन व्यवस्था, पारदर्शी सार्वजनिक सेवा, उत्पादनमुखी अर्थतन्त्र, रोजगारी सिर्जना, गुणस्तरीय शिक्षा तथा स्वास्थ्य सेवा र सामाजिक विभेदको अन्त्यलाई आफ्नो राजनीतिक प्राथमिकताका रूपमा अघि सारेको छ।

त्यसैगरी, पार्टीले नेपाली मौलिकता र समावेशितामा आधारित विकासको अवधारणासहित हरित क्रान्ति, स्थानीय स्रोतसाधनको सदुपयोग, युवा सहभागिता तथा महिला, दलित र पछाडि पारिएका समुदायको अर्थपूर्ण प्रतिनिधित्वलाई जोड दिँदै आएको छ।

वडा कमिटी गठनसँगै खाँडादेवी गाउँपालिकामा पार्टीको संगठनात्मक गतिविधि थप व्यवस्थित बनाउने र जनताका वास्तविक समस्या, आवश्यकता तथा आवाजलाई राजनीतिक तहमा उठाउने उद्देश्य राखिएको छ।

सुशासन, समृद्धि र सामाजिक न्यायमार्फत उज्यालो भविष्य निर्माण गर्ने संकल्पसहित पार्टीको संगठन विस्तार अभियानलाई निरन्तरता दिइने जनाइएको छ।

प्रतिकृया दिनुहोस्