×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

शेयर बजार

५.३२ अंक बढ्यो सेर बजार, घट्यो कारोबार

५.३२ अंक बढ्यो सेर बजार, घट्यो कारोबार

मङ्सिर ९, २०८२

काठमाडौं । मंगलबार सेयर बजारको परिसूचक नेप्से ५.३२ अंक बढेको छ । सो वृद्धिपछि नेप्से २६५५ अंकमा कायम भएको छ । यो सहित ३ दिनदेखि बजार निरन्तर बढेको छ । नेप्से बढे पनि कारोबार रकम घटेको छ । अघिल्लो दिन ७ अर्ब ३ करोडको कारोबार भएकोमा आज ५ अर्ब ८२ करोडको भयो । १२२ कम्पनीको मूल्य बढ्दा १२५ को घट्यो भने १० को स्थिर रह्यो । दिनभर बजार सामान्य उतारचढामा रहे पनि अन्ततः बढेर बन्द भएको छ । समूहगत सूचकमा मिश्रित प्रतिक्रिया देखिएको छ ।

सबै पढ्नुहोस