मुख्य पृष्ठ हटलाइन समाचार शिक्षा / स्वास्थ्य राजनिती खेलकुद समाज अपराध अर्थ / व्यापार अन्तराष्ट्रिय भिडियो लेख तथा रचना

फेन्सिङमा आजकाे प्रतियोगिता सम्म आर्मी र बागमती समान दुई स्वर्ण


२०७९, असोज २५, मंगलबार

News Title

पाेखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत
फेन्सिङको अंक तालिका अनुसार आर्मी र्शिष स्थानमा छ । आर्मीले दुई स्वर्ण, ३ रजत र ४ कास्य सहित ९ पदक प्राप्त गरेको छ । त्यसै गरी बागमती प्रदेश २ स्वर्ण, १ रजत र १ कास्य सहित ४ पदक प्राप्त गरेको छ । शसस्त्र प्रहरी १ स्वण, २ रजत र ६ कास्य सहित ९ पदका साथ तेस्रो स्थानमा छ । सुदुरपश्चिम प्रदेश १ स्वर्ण पदक सहित चौथो स्थान छ । त्यसै गरी गण्डकी प्रदेश १ कास्य सहित पाचौं स्थानमा रहेको छ । प्रदेश नम्बर एकले अहिले सम्म पदक जित्न सकेका छैनन् ।


राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंक लाल घिसिङले नवौँ राष्ट्रिय खेलकुद २०७९ अन्तर्गत फेन्सिङ खेलका पदक विजेता खेलाडिहरुलाई मेडल वितरण गर्नु भएको छ । मङगलबार राखेप सदस्य सचिव घिसिङले दोस्रो दिनको फेन्सिङ खेलका पदक विजेता खेलाडिहरुलाई मेडल वितरण गर्नुभएको हो । 

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत दोस्रो दिन फेन्सिङ एकल सेवर तर्फ एपिएफका राजेन्द्र गजुरेल, महिला तर्फको फोयलमा आर्मीकी रमा सिंह र पुरुष तर्फको इपिमा बागमती प्रदेशका ओमकार सिंहले स्वर्ण पदक जिते ।

एपिएफका गजुरेलले एपिएफका लागि पहिलो स्वर्ण जिते । यस अगाडी ७ औ राष्ट्रिय खेलकुदमा टिम इभेन्टमा रजत, ८ औमा टिम र एकल दुईमा रजत पदक जितेका थिए । सेभरमा नेपाल आर्मीका उपेन्द्रबहादुर शाहीले रतज पदक जितेका छन् । त्यसै गरी आर्मी कै रघुविर चन्द्र र एपिएफका खेमराज खत्रीले कास्य पदकमा चित्त बुझाए ।
  
महिला तर्फको फोयरमा स्वर्ण पदक विजेता सिंहले ७ औ राष्ट्रिय खेलकुदमा स्वण र ८ औमा रजत पदक जितेकी थिइन् । एपिएफकी मनिषा राईले रजत पदक र एपिएफकी मनिसा थापा र अनिता अधिकारीले कास्य पदक हात पारे ।

पुरुष तर्फका इपिमा स्वर्ण जित्ने सिंहले ८ औंमा पनि स्वर्ण पदक जितेका थिए । इपिमा आर्मीका राम थापाले रजत पदक जिते । त्यसै गरी गण्डकी प्रदेशका विजय अधिकारी र एपिएफका मिन कार्कीले कास्य पदक जित्न सफल भए । गण्डकी प्रदेशका अधिकारीले पहिलो पदक जित्न सफल भएका हुन् ।

 




ताजा समाचार


माओवादी केन्द्र ललितपुर जिल्लाका संयोजक र सचिवले दिए राजिनामा

ललितपुर । नेकपा (माओवादी केन्द्र) ललितपुर जिल्ला संयोजक शिवप्रसाद कट्टेल र सचिव दिपक पुलामीले आफ्नो पदबाट राजिनामा दिएका छन् ।

मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधि सभा र प्रदेश सभामा माओवादी केन्द्रका उम्मेदवारलाई जिताउन नसकेको भन्दै राजिनामा दिएका हुन् ।

आइतबार संयोजक कट्टेल र सचिव पुलामीले माओवादी केन्द्र बागमती प्रदेशका अध्यक्ष सरल सहयात्री पौडेललाई भेटेर राजिनामा पत्र बुझाएका हुन् ।

मंसिर ४ गते भएको ललितपुर–३ मा माओवादी केन्द्रका उपमहासचिव पम्फा भुसाल चुनावी प्रतिस्पर्धामा थिइन भने केन्द्रीय सदस्य हरि दाहाल ललितपुर–१ (क) र राजकाजी महर्जन ललितपुर–३(क) मा उम्मेदवारी दिएका थिए ।



पुरा हेर्नुहोस्

उर्जा मन्त्री भुषालद्वारा नव निर्वाचित डा. ताेसिमा कार्कीलाई बधाई ज्ञापन

ललितपुर , उर्जा, जलस्रोत तथा सिचाइ मन्त्री मा.पम्फा भुषालद्वारा ललितपुर क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित डा. तोसिमा कार्कीलाई बधाई तथा सफल कार्यकालको शुभकामना ज्ञापन गर्नुभएकाे छ ।
 
मन्त्री भुषालकाे बधाई तथा शुभकामना सन्देशमा संघीय लोकतान्त्रिक गणतन्त्र, राष्ट्रिय स्वाधीनता, समावेशी, समानुपातिक प्रतिनिधित्व लगायतका परिवर्तनलाई थप संस्थागत गर्दै जनताको आर्थिक उन्नति र देशको संमृद्धिको लागि गरिने हरेक सकारात्मक कार्यमा साथ र सहयोग रहनेछ समेत उल्लेख गर्नुभएकाे छ ।

मन्त्री भुषालले निर्वाचनमा अहोरात्र खट्ने सिङ्गो पार्टी पङ्क्ति,  गठबन्धनमा सहभागी दल, नेता तथा कार्यकर्ता, समर्थक, शुभचिन्तक, राष्ट्र सेवक कर्मचारी, सुरक्षाकर्मी, प्रतिनिधि, पर्यवेक्षक साथै पत्रकार लगायत सम्पूर्णमा हार्दिक धन्यवाद व्यक्त गर्दै विश्वास गरेर मत दिनुहुने जनताप्रति आभार प्रकट गर्नुभएकाे छ । यो निर्वाचनमा जनताले दिएको मतको सम्मान गर्दै ललितपुर -३ र सिङ्गो नेपालको विकास र जनताको समृद्धिको लागि सदैव जनताकाे साथमा रहने समेत बताउनुभएकाे छ ।



पुरा हेर्नुहोस्

ललितपुर २ नम्बर निर्वाचन क्षेत्र स्तरीय संयुक्त बाम लाेकतान्त्रिक युवा भेला सम्पन्न

ललितपुर ।  ललितपुर २ नम्बर निर्वाचन क्षेत्र स्तरीय संयुक्त बाम लाेकतान्त्रिक युवा भेला सम्पन्न भएकाे छ ।

संयुक्त बाम लाेकतान्त्रिक युवा भेलामा चुनावमा युवाहरुकाे भूमिका विषयमा युवा र उम्मेदवार विच अन्तरक्रिया समेत गरेकाे थियाे  । उक्त अन्तरक्रिया कार्यक्रममा युवाहरुलाई स्वदेशमै आत्मनिर्भर र स्वराेजगार बनाउने खालकाे याेजना निर्मणमा युवाहरुकाे सहभागीता, जनताकाे चाहाना र आबश्यकता अनुसार विकासकाे याेजनाहरु निर्माणमा युवाहरुकाे भुमिका, कला सँकृतिकाे संरक्षण र सम्बर्द्धनमा युवाहरुकाे उपस्थिति, खेलकुद सम्बन्धि नीति तथा याेजनाहरु निर्माणमा युवाहरुकाे सहभागीताकाे विषयमा महत्त्वपूर्ण छलफल भएकाे थियाे ।

संयुक्त बाम लाेकतान्त्रिक युवा भेलाले जातिय, क्षेत्रीय, भाषिक र सामाजिक-साँस्कृतिक रुपमा उत्पिडनमा परेका जनताले आफ्नाे हक र अधिकारका निमित्त  सात दश गरेकाे मेहनत, त्याग, तपस्या र बलिदानबाट प्राप्त संविधान, गणतन्त्र, संघियता, धर्मनिरपेक्षता, समानुपातिक, समावेशीतालाई संस्थागत गर्दै दिर्घकालिन शान्ति, दिर्घकालिन स्थायित्व र दिर्घकालिन विकासकाे लागि बाम लाेकतान्त्रिक गठबन्धनकाे जित अनिवार्य भएकाेले सबै युवाहरु एकताबद्ध भएर लाग्ने र गठबन्धनका उम्मेदवारहरुलाई अत्याधिक बहुमतद्वारा जिताउन एकमत भएर चुनावी कार्यक्रम हाेमिने प्रतिबद्धता व्यक्त गरेका थिए ।

चुनाव प्रचार प्रसार युवा समितिका सह- संयाेजक तथा वाईसीएल नेपालका ललितपुर २ नम्बर निर्वाचन क्षेत्रिय कमिटीका संयाेजक पुण्य रत्न शाक्यकाे सभाअध्यतामा आयाेजित उक्त बृहत् कार्यक्रममा प्रमुख अतिथिकाे रुपमा २ नम्बर निर्वाचन क्षेत्र प्रतिनिधि सभाकाे प्रत्यक्ष तर्फका उम्मेदवार कृष्णलाल महर्जन, विशेष अतिथिहरुमा 'ख' प्रदेश सभाका उम्मेदवार रामकृष्ण चित्रकार, 'क' प्रदेश सभाका उम्मेदवार रिशा श्रेष्ठ लगाएत समानुपातिक तर्फका उम्मेदवारहरुकाे उपस्थिति रहेकाे थियाे । 



पुरा हेर्नुहोस्


अर्थ मन्त्री शर्माकाे लाेकप्रिय निर्णय : जनयुद्धका सहिद र बेपत्ता परिवारले मासिक तीन हजार पाउने

काठमाडौं- तत्कालीन नेकपा (माओवादी) ले सञ्चालन गरेकाे १० वर्षे जनयुद्धका सहिद तथा बेपत्ता परिवारले अब मासिक भत्ता पाउने भएका छन् ।

नेकपा (माओवादी केन्द्र) का नेता समेत रहेका अर्थमन्त्री जनार्दन शर्माले जनयुद्धका शहिद तथा बेपत्ता परिवारलाई अब मासिक भत्ता उपलब्ध गराउने मन्त्रीस्तरिय निर्णय गरेका हुन् ।

अर्थ मन्त्रालयले गृह मन्त्रालयलाई ‘राजनीतिक आन्दोलनमा बलिदान गर्ने परिवारका लागि जीवनवृत्ति वापत मासिक रकम उपलब्ध गराउनेसम्बन्धी कार्यविधिमा सहमति प्रदान गरेको छ ।

मस्यौदामा उल्लेखित ‘आन्दोलन’ को परिभाषामा ‘सम्भव २०५२ सालबाट सुरु भएको सशस्त्र द्वन्द्व र मधेस आन्दोलनलाई सम्झनुपर्छ भनि मिलाउने’ र ‘बलिदानको परिषाभामा ‘…सशस्त्र द्वन्द्व र मधेस आन्दोलनका घटनामा परी वीरगति प्राप्त गरेका भनि नेपाल सरकारबाट एकीन भई अभिलेख भएको सम्झनुपर्छ भनि मिलाउने गरी र सो क्रममा बेपत्ता पारिएका व्यक्तिहरुको परिवारलाई समेत समेट्नेगरी सहमति’ प्रदान गरिएको हो ।

पुरा हेर्नुहोस्


विश्व बक्सिङ संघ (आइबा) काे अध्यक्षमा उमार क्रेकलेभलाई निरन्तरता

काठमाडौं । अन्तर्राष्ट्रिय बक्सिङ संघ (आइबा)को अध्यक्षमा पुनः उमर क्रमलेभले नै निरन्तरता पाएका छन् । यसअघि मे १३–१४ मा टर्कीको इस्तानबुलमा सम्बन्न आइबाको विशेष साधारण सभाबाट उमार अध्यक्ष पदमा चुनिएका थिए ।

तर, अध्यक्षका अर्का प्रत्यासी वोरिश मान डी भोसेले स्वीटजरल्यान्डको खेलकुद सम्बन्धी अदालतमा उजुरी हालेसँगै पुनः निर्वाचन गर्न आदेश आएको थियो । सोही अनुसार अर्मेनियाको राजधानी येरेभानमा आइतबार भएको विशेष साधारण सभामा पुनः निर्वाचन गर्नु पर्दैन भन्ने पक्षमा बहुमत आएपछि उमारले नै निरन्तरता पाएका हुन् ।

भौतिक रुपमा उपस्थित ९९ र अनलाइनबाट सहभागी भएका ५६ सदस्य राष्ट्रका प्रतिनिधिबीच फेरि चुनाव गर्ने किन नगर्ने भन्ने पक्षमा मतदान भएको थियो । उक्त निर्वाचनमा १ सय ६ राष्ट्रले पर्दैन, ३८ वटाले फेरि गर्नुपर्छ र चार मुलुकले तटस्थ बस्ने पक्षमा मतदान गरे । बाँकी सात मत बदर भएको थियो ।

करिब ७५ प्रतिशत सदस्यबाट विश्वासको मत पाएसँगै उमारले नै आइबाको आगामी चार वर्षको बागडोर सम्हाल्ने भएका छन् ।

पुरा हेर्नुहोस्


कुनै एकदिन कुनै पुस्ताले सानुकान्छा श्रेष्ठको योगदानको इतिहास खोजी गर्नेछ ।

समाजसेवी क.सानुकान्छा श्रेष्ठ 

✍️ अनुराग अरुण 

२०५२ सालमा लुभुमा खानेपानीको साह्रै समस्या थियो । बिहान टोल टोलमा रहेको सार्वजनिक धारामा एक दुई घण्टा पानी आउँथ्यो । टोलभरिका महिलाहरु गाग्री लाइनमा लश्करै राखेर आफ्नो पालो अनुसार पानी थाप्थे । कुनैबेला पानीको लागि टोल टोलमा महिलाहरु आपसमै झगडा गरिरहेको दृश्य यदाकदा देखिन पाईन्थ्यो । कुनै टोलमा टोकन अनुसार पालैपाला पानी थाप्थे । कुनै बेला चार पाँच दिन धाराबाट पानी आउँथेन । तब मान्छेहरु साइकल, गाडी र मोटरसाइकलमा पानी राख्ने ग्यालेन लिएर लामाटार ढुगिंनसम्म पानी लिन जान्थे ।

त्यतिबेला लुभुबासीहरु नुहाउन र लुगा धुन इनारको पानी र गोदावरी खोलाको पानी प्रयोग गर्थे । चैत्र बैसाखको गर्मीमा इनारमा पानी पनि उतिसारो हुन्थिएन । नुहाउन र लुगा धुने झन समस्या थियो । एक एक थोपा पानीको अति नै अमुल्य महत्व थियो ।

तर आज अधिकांश लुभुबासीहरुको घर घरमा खानेपानीको धारा जडान भएको छ । बिहान बेलुका धारामा पानी आइरहन्छ । अब पहिले जस्तो नुहाउन, लुगाधुन र पिउन पानीको कुनै समस्था छैन । पहिले जस्तो टोल टोलमा खानेपानीको लागि झगडा गरिरहनुपर्ने अब अवस्था छैन । 

जब म पानी पिउँछु । पिउने पानीको गिलासमा क.सानुकान्छा श्रेष्ठको पसिनाले लतपतिएको अनुहार झल्झल देख्छु । यिनैको भगिरथ त्याग, तपश्या र अथक प्रयासले आज लुभुभरिमा खानेपानीको सर्व सुलभता भएको छ । अहिले लुभु खानेपानीको सञ्चालक समितिमा सबै पार्टीका मान्छेहरु सञ्चालक हुनुहुन्छ । उहाँहरु सबैलाई यो कुरा विदितै छ, लुभुमा खानेपानीको लागि सानुकान्छा श्रेष्ठले के कति गरे ? सधैं दिन रात आफै खटेका छन् । यति मात्र होइन, खानेपानीलाई आफ्नो करौडौं मुल्यपर्ने जग्गा समेत दिएका छन् ।

दु:ख लाग्छ, हामी कुनै अमुक दलका कार्यकर्ता वा मतदाता त भयौं । तर हामीमा राजनीतिको उच्च सभ्य संस्कार भएन । चेतना आएन । मलाई लाग्छ, आज नभए भोलि कुनै न कुनै एकदिन कुनै पुस्ताले क.सानुकान्छा श्रेष्ठको यो योगदानको इतिहास खोजी गर्नेछ, र त्यसको निष्पक्ष मुल्याकंन अवस्य गर्नेछ ।

पुरा हेर्नुहोस्



शिक्षा / स्वास्थ्य


अरु हेर्नुहोस्


लेख तथा रचना


अरु हेर्नुहोस्


अन्तराष्ट्रिय


  • ⇒ विश्व बक्सिङ संघ (आइबा) काे अध्यक्षमा उमार क्रेकलेभलाई निरन्तरता
  • ⇒ आईबा अध्यक्षमा पुन: उमार क्रेमलेभ दुई तिहाई बहुमतका साथ विजयी
  • ⇒ संसद्‌बाट भएको व्याख्यात्मक अनुमोदन एमसीसीले स्वीकार्‍यो ।
  • ⇒ रुसबिरुद्ध बन्दुक बोकेर सडकमा उत्रिए युक्रेनका पूर्व राष्ट्रपति ।
  • ⇒ पेरु जनयुद्धका नायक विश्व क्रान्तिका चम्किलो तारा नेता गाेन्जालाेकाे जेलमै दु:खद निधन ।
  • अरु हेर्नुहोस्


    अन्य


  • ⇒ माओवादी केन्द्र ललितपुर जिल्लाका संयोजक र सचिवले दिए राजिनामा
  • ⇒ ललितपुर २ नम्बर निर्वाचन क्षेत्र स्तरीय संयुक्त बाम लाेकतान्त्रिक युवा भेला सम्पन्न
  • ⇒ नयाँ दिल्लीले २०२३ आईबीए महिला विश्व च्याम्पियनसिप आयोजना गर्ने
  • ⇒ ओ सी ए सेमिनारमा सहभागी टाेलीलाई बक्सिङ संघद्वारा स्वागत
  • ⇒ रामेछापका ऐमाले नेता रामकृष्ण लामा माओवादी केन्द्रमा प्रवेश
  • अरु हेर्नुहोस्